कैलाली-१ बाट द्वारिका न्यौपानेको उम्मेदवारी

कैलाली- कैलाली क्षेत्र नं १ मा नेकपा एमालेबाट द्वारिका न्यौपानेले उम्मेदवारी दिएका छन् । एमालले जेन–जी आन्दोलनपछि  कैलाली क्षेत्र नं १ बाट युवा नेता द्वारिका न्यौपानेलाई उम्मेदवार बनाएपछि आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

युवा नेता न्यौपाने यसअघि प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका थिए ।

युवामाझ लोकप्रिय न्यौपाने कैलालीको विकास निर्माणमा केन्द्रीय तहबाट सहयोग गर्दै आएका छन् । उत्पादनलाई राजनीतिसँग जोड्नुपर्छ भन्दै अभियान सुरु गरेका न्यौपानेको उम्मेदवारी दर्तालाई सकारात्मक रुपमा लिइएको छ ।

कांग्रेस त्यागेका चन्दले बैतडीबाट स्वतन्त्र उम्मेदवारी दिए

बैतडी- नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका तेज बहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । बैतडीबाट प्रतिनिधिसभा सदस्यको लागि मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

दलगत राजनीति त्यागेर स्वतन्त्ररुपमा नयाँ राजनीतिक रुपमा अघि बढ्ने बताउँदै चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका छन् । नेपाली काङ्ग्रेस गलत बाटोतर्फ गएकाले निर्दलीय रुपमा अघि बढेको चन्दले बताएका छन्  ।

कञ्चनपुर-१ बाट जेनजी अभियानी यादव सिंहले दिए स्वतन्त्र उम्मेदवारी

कञ्चनपुर- जेनजी अभियानी २७ वर्षीय यादव सिंहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

उनले मंगलबार कञ्चनपुर क्षेत्र नम्बर- १ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार दर्ता गराएका हुन्।

स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गराएको  सिंहले सेतोपाटीलाई जानकारी दिए।

उनी कञ्चनपुर पुनर्वास नगरपालिका-१० को स्थानीय हुन्। उनको जेन-जी आन्दोलनमा सक्रिय सहभागिता थियो।

उनी केही समयअघि घाइते जेन-जीको प्रतिनिधित्व गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाही माग गर्दै भन्दै  आमरण अनसन बसेका थिए।

१० दिन माइतीघर मण्डलमा आमरण अनशस बसेपछि प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको स्वकीय सचिव धिरज जोशीको उपस्थितिमा अनसन तोडेका थिए।

रमेश लेखकले टिकट नपाएपछि गगन र विश्वप्रकाशको पुत्ला जलाइयो

कञ्चनपुर नेपाली कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको पुत्ला जलाइएको छ। पूर्वगृहमन्त्री रमेश लेखकलाई टिकट नदिएको भन्दै उनका समर्थकहरूले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा सभापति थापा र उपसभापति शर्माको पुत्ला जलाएका हुन्।

नेपाली कांग्रेसले कञ्चनपुर ३ मा लेखकलाई टिकट नदिएर हरि बोहरालाई उम्मेदवार बनाएको छ।

यो क्षेत्रबाट २०५६, २०७० र २०७९ को निर्वाचनमा प्रतिनिधि सभामा पूर्वगृहमन्त्री लेखक निर्वाचित भएका थिए । लेखक देउवाका विश्वास पात्र हुन । तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कांग्रेसले क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति गोपी उपाध्याय,क्षेत्र नम्बर २ मा पूर्व मन्त्री एनपी साउँद उम्मेदवार बनाएको छ ।

कैलाली ५ बाट उज्यालो नेपालका शंकर साउदको उम्मेदवारी

कैलाली । कैलाली क्षेत्र नम्बर ५ बाट उज्यालो नेपाल पार्टीका प्रतिनिधि सभा सदस्यका शंकर साउँदलले उम्मेदवारी दर्ता गरेका हुन्।
क्षेत्र नम्बर ५ काे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा उनलेे उम्मेदवार दर्ता गराएका हुन्।

दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटे

काठ्माण्डौ- विभिन्न विषयमा अफवाह फैलाएको आरोपमा पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ । प्रहरीका अनुसार उनको बयान लिइएको र हिरासत बाहिरै राख्न उपयुक्त हुने कारण आफन्तको जिम्मामा छोडिएको हो ।

पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा उनी हिजो चाउथेबाट पक्राउ परेका थिए । कांग्रेसको आधिकारिकता विवादमा पैसा खाएर निर्वाचन आयोगले निर्णय लिएको भन्दै उनले सार्वजनिक अभिव्यक्ति दिएपछि आइतबार आयोगले कारबाही प्रक्रियाको अनुरोधसहित साइबर ब्युरोमा पत्राचार गरेको थियो ।

कैलाली-१ मा रेशम चौधरीले दर्ता गराए उम्मेदवारी

कैलाली- नागरिक उन्मुक्ति पार्टी नेपालका स‌ंरक्षक रेशम चौधरीले कैलाली क्षेत्र नं.१ मा उम्मेदवारी दर्ता गराएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले उम्मेदवारी दर्ता गराएका हुन्।

कैलाली ४ मा लेखराज भट्टले गरे मनोनयन दर्ता

कैलाली- नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले कैलाली-४ मा मनोनयन दर्ता गरेका छन । विषम परिस्थितिमा भैरहेको निर्वाचनमा संविधानको रक्षा, समृद्धि र विकासका लागि जनताले एमालेलाई जिताउने भट्टले बताए ।

सुदूरपश्चिमको गरिबी अन्त्य, विकास र सुशासनका क्षेत्रमा काम गर्न आफूले नेतृत्व गर्ने उनले बताए । यो निर्वाचन क्षेत्रमा नेकपाबाट हरि चौधरी उत्सवले मनोनयन दर्ता गरेका छन ।

रास्वपाबाट हरि रेग्मीले मनोनयन दर्ता गरेका छन । नेपाली कांग्रेसबाट वीरबहादुर बलायरले चुनाब नलड्ने भनेकाले अझै मनोनयन दर्ता भएको छैन । २०७९ मा नेपाली कांग्रेसका बलायर निर्वाचित भएका थिए ।

राजसंस्था पुनस्थापनाको मुद्दा उठाउँदै कैलाली ५ मा राप्रपाका रोशन शाही उम्मेदवारी

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रोशन शाहीले रोशन शाहीले  कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।
निर्वाचन आयोगले निर्धारण गरेको समय का अनुसार उनी निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
मनोनयनपछि उम्मेदवार शाहले राजसंस्था पुनःस्थापना र सुशासनका मुद्दा लिएर चुनावमा होमिएको बताए।

प्रचण्डले दर्ता गराए उमेदवारी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उमेदवारी दर्ता गराएका छन् । उनले रुकुमपूर्वबाट उमेदवारी दर्ता गराएका हुन् ।

आगामी फागुन २१ गते हुने प्रतनिधिसभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने कार्यतालिका छ । सोहीअनुसार मुलुकभर मनोनयनदर्ता भइरहेको छ ।

कैलाली–५ मा नेपाली कांग्रेस नरनारायण शाहको उम्मेदवारी दर्ता

कैलाली । नेपाली कांग्रेस पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नरनारायण शाह (मनु) ले मनोनयन दर्ता गराएका छन्।
निर्वाचन आयोगले निर्धारण गरेको समय तालिका अनुसार उनी २:५० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

हर्क साम्पाङले उम्मेदवारी दर्ता गरे

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराव राई (हर्क साम्पाङ)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले सुनसरी– १ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।

धरान उपमहानगर प्रमुखबाट राजीनामा दिएर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

 

बालेनसँग भिड्न ओलीले दर्ता गराए झापा–५ बाट उम्मेदवारी

काठमाडौँ- रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग भिड्न एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

रास्वपाले बालेन र एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । यो निर्वाचन क्षेत्रमा ओली र बालेनको भिडन्तलाई चासोका साथ हेरिएको छ ।

कैलाली–५ बाट प्रतिनिधिसभा चुनावमा होमिए प्रेम आले

रञ्जना बीसी कैलाली । 
नेपाल कम्युनिस्ट पार्टीबाट प्रेम आलेले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।
निर्वाचन आयोगले निर्धारण गरेको समय तालिका अनुसार उनी २ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। मनोनयन दर्ताका क्रममा पार्टी नेता बााजागाजा सहीत सामअर्तथक्को बाक्लओ उपस्थिति थियो।
मनोनयनपछि उनले जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

बैतडीबाट एमालेका भण्डारीले गरे उम्मेदवारी दर्ता

बैतडी- २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेकपा एमालेको तर्फबाट दामोदर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मंगलबार बिहान पौने १२ बजे भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

भण्डारी यसअघि २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ६११ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनका नरेन्द्र कुँवरले ३२ हजार ८० मत ल्याएका थिए ।

कैलाली ४ बाट टिकट पाएका वीरबहादुर बलायर चुनाव नलड्ने

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्ने तयारीमा रहेका वीरबहादुर बलायरले अन्तिम समयमा आएर चुनाव नलड्ने निर्णय गरेका छन्। मंगलबार मनोनयन दर्ताको तयारी तीव्र भइरहेका बेला उनले निर्वाचन प्रक्रियाबाट अलग हुने घोषणा गरेका हुन् ।
बारम्बार छोटो अवधिमै निर्वाचन गर्नुपर्ने अवस्थाप्रति असन्तुष्टि जनाउँदै बलायरले यसपटक प्रतिस्पर्धामा नजाने स्पष्ट पारे। उनले जनप्रतिनिधि पाँच वर्षका लागि निर्वाचित भए पनि केही महिनामै फेरि चुनावमा होमिनुपर्ने परिस्थिति व्यवहारिक नभएको बताए ।
बलायरले भने, “ यो संविधानबाट बनेको संसद भंग भयो । फेरि यहि संविधानबाट चुनाव हुँदैछ । यो निर्वाचन पछिको संसद भंग हुँदैन भन्ने ग्यारेन्टी के छ,” उनले प्रश्न गर्दै उनले चुनाव नलड्ने बताए ।

कैलाली ५ मा रासोपा आनन्द चन्दको उम्मेद्वारी दर्ता

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कैलाली -५ मा आन्नद चन्दले उम्मेदवारी दर्ता गराएका छन्।
मुख्यनिर्वाचन अधिकृतकाे कार्यालयमा उनलेे उम्मेदवारी दर्ता गराएका हुन्।

कैलाली-५ बाट रानाले दिए स्वतन्त्र उम्मेदवारी

कैलाली- फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा पूर्व संविधान सभा सदस्य प्यारेलाल रानाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली काङ्ग्रेसबाट संविधान सभा सदस्य बनेका राना केही समयदेखि पार्टीसँग असन्तुष्ट रहँदै आएका थिए । उनले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कैलाली-५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

कैलाली-५ मा नेपाली काङ्ग्रेसबाट नरनारायण शाह, नेकपा एमालेबाट यज्ञ ढुङ्गाना, नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट प्रेम आले तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आनन्द चन्द उम्मेदवार रहेका छन् ।

आज सो क्षेत्रका सबै उम्मेदवारहरूले मनोनयन दर्ता गराउने कार्यक्रम रहेको छ ।

झापा–५ मा बालेनले गरे उम्मेदवारी दर्ता

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा–५ बाट उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

सयौँ समर्थका साथमा निर्वाचन कार्यालय झापा पुगेका बालेनले मंगलबार अपराह्न उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा भेषराज भट्टराई र समर्थकमा भूमिनन्द बराल रहेका छन् ।

झापा–५ मा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीबाट रञ्जित तामाङ पनि उम्मेदवारी दर्ता गर्दैछन् । झापा–५ मा बालेन र केपी शर्मा ओलीबिच प्रतिस्पर्धा हुने भएपनि त्यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ ।

बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गरेको छ भने एमालेले ओलीलाई अघि सारेको छ ।

रमेश लेखकको क्षेत्रबाट हरि बोहरा कांग्रेसको उम्मेदवार

कञ्चनपुर: नेपाली कांग्रेसले कञ्चनपुर –३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ । यसअघि पूर्वगृहमन्त्री रमेश लेखक निर्वाचन लड्दै आएको क्षेत्रबाट कांग्रेसले कञ्चनपुरका पूर्व पार्टी सभापति हरि बोहरालाई उम्मेदवार बनाएको हो ।

नेता बोहराले आफू टिकट लिइरहेको बताए । यस क्षेत्रबाट २०५६, २०७० र २०७९ को निर्वाचनमा प्रतिनिधि सभामा पूर्वमन्त्री लेखक निर्वाचित भएका थिए । लेखक देउवाका विश्वास पात्र हुन । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कांग्रेसले क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापती गोपी उपाध्याय, क्षेत्र नम्बर २ मा पूर्व मन्त्री एनपी साउँद उम्मेदवार बनाएको छ ।

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहले दिएको रिटमा आज सुनुवाइ

काठमाडौं- निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसको संस्थापन पक्षले दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षधरले उक्त निर्णय बदरको माग गर्दै सर्वोच्च रिट दायर गरेको हो।

माघ २ गते थापा नेतृ्त्वको कांग्रेसलाई आधिकारिकता दिने आयोगको निर्णय संविधान,प्रचलित कानुन र कांग्रेसको विधान विपरीत रहेको भन्दै यसलाई बदरको माग गरिएको छ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापालाई आधिकारिकता प्रदान गर्दै कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा दिएको छ।

महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

म्याग्दी- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन् । मन्त्रीबाट राजीनामा दिएका उनले म्याग्दी पुगेर मनोनयन दर्ता गरेका हुन् ।

कैलालीमा ठुला दल सबैले उम्मेदवार टुङ्ग्याए, मनोनयनको तयारी

कैलाली- कैलालीमा ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुंगिएपछि मनोनयनको तयारी थालेका छन्।

नेकपा एमालेबाट कैलाली–१ मा द्वारिका न्यौपाने –२ मा सूर्यबहादुर थापा, कैलाली–३ गौरी शंकर थारु, कैलाली–४ मा लेखराज भट्ट र कैलाली–५ मा यज्ञराज ढुंगानाले उम्मेदवारी दिने भएका छन्।

यसैगरि नेपाली कांग्रेसबाट कैलाली–१ मा जनक चौधरी, कैलाली–२ मा विजय स्वार, कैलाली–३ मा भीम बडवाल, कैलाली–४ मा वीर बहादुर बलायर र कैलाली–५ मा नरनारायण शाहले उम्मेदवारी दिने भएका छन्।

यसैगरि नेकपाबाट कैलाली–१ रामलाल डगौरा, कैलाली–२ मा राजेन्द्र साउँद, कैलाली–३ मा विरभान चौधरी, कैलाली–४ हरि चौधरी उत्सव र कैलाली– ५ मा प्रेम आले मनोनयन दर्ता गर्ने तयारी गरेका छन्।

यसैगरि रास्वपाबाट कैलाली–१ मा कोमल ज्ञवाली, कैलाली–२ मा केपी खनाल,कैलाली–३ मा लक्ष्मण थारु, कैलाली–४ मा हरी रेग्मी र कैलाली–५ आनन्द चन्दले मनोनयन दर्ता गर्ने भएका छन्।

कञ्चनपुरमा दलहरुले लगाए उम्मेदवारको टुङ्गो, मनोनयन पत्र दर्ताको तयारी

कञ्चनपुर- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारहरुको टुङ्गो लगाएका छन् । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कांग्रेससहितका दलहरुले उम्मेदवारको अन्तिम टुङ्गो लगाएका हुन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ का लागि नेकपा एमालेबाट तारालामा तामाङ उम्मेदवार बनेका छन् । नेता तामाङ विसं २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि निर्वाचित भएका थिए। तर जेनजी आन्दोलनका कारण संसद विगठन भएपछि आगामी फागुन २१ मा हुने निर्वाचनमा तामाङ पुनः उम्मेदवार बनेका हुन् । यस अघि २०७९ सालमा पाँच हजार ५४६ मतान्तरले विना मगरलाई पराजित तामाङ विजयी भएका थिए ।

यस पटक पनि क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीबाट विबा मगर उम्मेदवार बनेका छन् । मगर यस अघि विसं २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा १९ हजार २४८ मतान्तरले नेपाली कांग्रे्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई पराजित गर्दे विजयी भएका थिए । तर विसं २०७९ सालमा भएको निर्वाचनमा भने नेकपा एमालेका उम्मेदवार तामाङसँग मगर पराजित भएका हुन् । तामाङले २२ हजार ५३५ मत प्राप्त गर्दा मगरले १७ हजार ५७ मत पाएका थिए ।

यसैगरी, नेपाली कांग्रेसले निर्वाचन क्षेत्र नम्बर १ बाट गोपी प्रसाद उपाध्यायलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सचिव भीमराज भट्टका अनुसार, तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको टङ्गो लगाइएको हो । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चनपुर क्षेत्र नम्बर १ मा दिल्ली शाही उम्मेदवार बनेका छन् । शाही पार्टीका क्षेत्रीय संयोजक छन् भने स्थानीय तह जिल्ला परिचालन समितिका जिल्ला संयोजक पनि छन् । राष्ट्रिय स्वतन्त्र पार्र्टीबाट क्षेत्र नम्बर १ मा जनक सिंह धामी उम्मेदवार बनेका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले पूर्व परराष्ट्र मन्त्री नारायण प्रकाश साउदलाई उम्मेदवार बनाएको छ । यसअघि २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट साउँदले नेकपा एमालेका नरबहादुर धामीलाई ६ हजार ४५५ को मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए ।

नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नम्बर २ मा माधव पन्तलाई उम्मेदवार बनाएको छ । यस अघि नेता लालबहादुर खड्कालाई उम्मेदवार बनाउने चर्चा चुलिए पनि पन्तलाई उम्मेदवार बनाइएको हो । यसैगरी, नेकपा एमालेबाट क्षेत्र नम्बर–२ का लागि बचन बहादुर सिंह उम्मेदवार बनेका छन् । सिंह राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष समेत हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र नम्बर २ मा दिपक बोहरा उम्मेदवार बनेका छन् । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पार्टीका केन्द्रीय सदस्य तीर्थराज चटौत उम्मेदवार बनेका छन्  । युवा व्यवसायी चटौत सामाजिक कार्यसँगै राजनीतिमा सक्रिय छन्  ।

निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेबाट डा। दीपकप्रकाश भट्ट उम्मेदवार बनेका छन्  । अन्तर्राष्ट्रिय क्षेत्रमा सुरक्षाविद्को पहिचान बनाएका डा। भट्ट यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर–३ बाट निर्वाचित भएका भएका थिए । नेपाली कांग्रेसका नेता रमेश लेखकलाई दुई सय ५८ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका थिए ।

निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाली कम्युनिष्ट पार्टीबाट मानबहादुर सुनार उम्मेदवार बनेका छन् । यसैगरी, नेपाली कांग्रेसबाट पूर्व गृहमन्त्री रमेश लेखक उम्मेदवार बनेका छन् । २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लेखक नेकपा एमालेका उम्मेदार डा. भट्टसँग २५८ मतान्तरले पराजित भएका थिए । लेखक २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने एमालेका निरुदेवीपाललाई १२ हजार ३० को मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए ।

यसैगरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केन्द्रीय सह प्रवक्ता पूर्णबहादुर चन्द उम्मेदवार बनेका छन्  । चन्द पूर्व जिल्ला अध्यक्ष समेत छन्  । राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्र महता उम्मेदवार बनेका छन् ।

निर्वाचन कार्यतालिका अनुसार, मङ्गलबार बिहान १० बजेदेखि उम्मेदवारहरुको मनोनयनपत्र दर्ताको समय तोकिएको छ । मनोनयन दर्ताका लागि दलका नेताहरुले तयारी थालेका छन् ।

पूर्व प्रधानमन्त्री देउवा चुनावमा उम्मेदवार नबन्ने

काठमाण्डौ- पूर्व प्रधानमन्त्री एवम् कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार नबन्ने भएका छन्। उनको स्वकीय सचिवालयकाले देउवा उम्मेदवार नबन्ने जानकारी गराएको हो ।

प्रतिनिधिसभा चुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आउँदो चुनावमा देउवाले भाग नलिने जानकारी दिएका छन् ।

देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट उठ्दै र जित्दै आएका थिए । देउवा अहिलेसम्म सात पटक विजयी भइसकेका छन् ।

शिक्षामन्त्री महाविर पुनद्वारा राजीनामा

काठमाण्डौ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जालमार्फत् मन्त्री पुनले राजीनामा दिएको उल्लेख गरेका छन् ।

पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिएको अर्थमन्त्री खनालले लेखेका छन्। यसअघि प्रतिनिधिसभा सदस्य चुनावका लागि उम्मेदवारी दिन सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलसहित, खेलकुदमन्त्री बब्लु गुप्ता, उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएका थिए ।

ऋषि धमला रौतहट–४ बाट आम जनता पार्टीको तर्फबाट उम्मेदवारी

काठमाडौं । वरिष्ठ पत्रकार ऋषि धमलाले औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका छन्। आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका हुन्।

आम जनता पार्टीले धमलालाई उक्त क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा अघि सारेको हो। पार्टीका अनुसार उनको चुनाव चिह्न मोबाइल निर्धारण गरिएको छ। धमला हाल मनोनयन दर्ताको प्रक्रिया पूरा गर्न रौतहटतर्फ प्रस्थान गरिसकेका छन्।

धमलाको राजनीतिक यात्राबारे जानकारी उनकी पत्नी एलिजा गौतमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्। गौतमले लामो समयदेखि पत्रकारितामार्फत सत्य र निष्पक्षताको पक्षमा उभिँदै आएका धमलाले अब राजनीतिक क्षेत्रमार्फत पनि सकारात्मक योगदान दिन सक्ने विश्वास व्यक्त गरेकी छन्।

उनले धमलाको अनुभव, स्पष्ट विचार र अडानले सार्वजनिक जीवनमा नयाँ अभ्यास र उत्तरदायित्वको संस्कार विकास गर्न मद्दत गर्ने उल्लेख गर्दै सेवा भावनाका साथ राजनीतिमा प्रवेश गरिएको बताएकी छन्।

नेपाली काँग्रेसबाट डडेल्धुरामा महर उम्मेदवार

काठमाण्डौं, ६ माघ ।

डडेल्धुरामा प्रतिनिधि सभाको निर्वाचनमा नेविसंघका पूर्व अध्यक्ष नैन सिंह महरले टिकट पाएका   छन् ।

नेपाली काँग्रेसले  फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि महरलाई टिकट दिएको हो ।

पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले सात पटक जितेको डडेल्धुरामा यस पटक महरले टिकट पाएका हुन् । देउवाले पनि महरको नाममा सहमती जनाएका छन् । महरलाई नेपाली काँग्रेस डडेल्धुराका सभापति भीम बहादुर साँउदले समेत समर्थन गरेका छन् ।

साँउदले महरलाई टिकट दिने कुरामा सहमती जनाएका थिए । साँउद स्वयम पनि आकांक्षी थिए ।

 

 

खोज्नुहोस