बैतडीबाट एमालेका भण्डारीले गरे उम्मेदवारी दर्ता
बैतडी- २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेकपा एमालेको तर्फबाट दामोदर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मंगलबार बिहान पौने १२ बजे भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन् ।
भण्डारी यसअघि २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ६११ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनका नरेन्द्र कुँवरले ३२ हजार ८० मत ल्याएका थिए ।
