औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि पसललाई निलम्बन गरेको छ। निलम्बनमा परेकामध्ये ११ औषधि पसल बाँकेका र पाँच कैलालीका रहेका छन्।
औषधि व्यवस्था विभाग, नेपालगन्जका सूचना अधिकारी दीपा पौडेलका अनुसार आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्ममा ती पसललाई निलम्बन गरेर कारबाही गरिएको हो। अनुगमनका क्रममा व्यवसायी उपस्थित नभएको, बिना दर्ता औषधि पसल सञ्चालन गरेको, म्याद नाघेका औषधि फेला परेको लगायतका कैफियत देखिएपछि ती पसल निलम्बनमा परेका उनले बताए।
अनुगमनपछि १४ मुद्दासमेत अदालतमा दर्ता गरिएको छ। विभागका फार्मेसी सुपरभाइजर निरीक्षक दिनेशराज न्यौपानेका अनुसार बिनाइजाजत औषधि पसल सञ्चालन गर्ने, दर्ता नभएका औषधि बिना अनुमति पैठारी गर्ने, अवैध रूपमा औषधि आयात गर्ने तथा औषधिको अनुचित प्रयोग वा दुरुपयोग गर्ने जस्ता कसुरमा मुद्दा दर्ता भएका हुन्। औषधी ऐन २०३५ बमोजिम दफा १० को अनूसुचि ९ बमोजिम कसुरअनुसार उनीहरुमाथि कारबाही हुनेछ।
यसैगरी, विभागले कार्यालयमा आउने उजुरीको फछ्र्यौटमा पनि सक्रियता देखाएको छ। स्थानीय प्रशासनबाट प्राप्त चारवटै उजुरीको फछ्र्यौट गरिसकिएको छ भने नागरिकबाट आएका ६ वटा उजुरीमध्ये चारवटा उजुरीको टुङ्गो लगाइसकिएको फार्मेसी सुपरभाइजर न्यौपानेले जानकारी दिए। यस अवधिमा शाखा कार्यालय नेपालगन्जले बजार अनुगमनका क्रममा सङ्कलन गरिएका ४५ प्रकारका औषधि गुणस्तर परीक्षणका लागि काठमाडौ पठाएको छ।
औषधि व्यवस्था विभागले चालु आर्थिक वर्ष २०८२/८३ को फागुन महिनासम्म ४४१ औषधि पसलको अनुगमन तथा निरीक्षण गरेको थियो। सो शाखाले लुम्बिनी प्रदेशका ६ जिल्ला बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम, प्यूठान र रोल्पासहित कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा रहेका औषधि पसलको अनुगमन तथा निरीक्षणको जिम्मेवारी सम्हाल्दै आएको छ। कुल २५ जिल्लाको नियमन तथा निरीक्षण गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभाग नेपालगन्जमा प्राविधिक र अप्राविधिक गरेर कुल आठ जनाको दरबन्दी रहेको छ। रासस
काठमाडौं । सोमबार सेयर बजार २६.०७ अंक घटेको छ । सो अंकको कमीपछि बजार परिसूचक नेप्से २७९८ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १४ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ११ अर्ब ९७ करोडमा खुम्चिएको छ ।
४८ कम्पनीको मूल्य बढ्दा २११ को घट्यो भने ४ को स्थिर रह्यो । उत्पादन तथा प्रशोधनबाहेक सबै समूहका सूचक घटेका छन् । सो समूहको सूचक ०.२५ प्रतिशत बढ्यो ।
बैंकिङ १.६१, विकास बैंक ०.८४, फाइनान्स ०.७१, होटल तथा पर्यटन ०.२६, लगानी १.५२, जीवन बीमा ०.९४, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा ०.४५, अन्य १.०९ तथा व्यापार समूह ०.२१ प्रतिशत घटे ।
५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, अपर हेवाखोला, सोलु हाइड्रोपावर र होटल फरेस्ट इन छन् । त्यस्तै पिपुल्स हाइड्रोपावरको ६.५१, सिन्धु विकास बैंकको ६.३३, नेसनल हाइड्रोपावरको ५.३६ प्रतिशत मूल्य बढ्यो ।
नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ४.१८ प्रतिशत घट्यो । ग्रिनलाइफ हाइड्रोपावरको ३.९८ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपरहेवाखोला, एसवाई प्यानल र रिडी पावर छन् ।
रञ्जना बिसी, कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाएका वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यरत भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोलीले मन्त्रालयबाटै पक्राउ गरेको हो।
मुख्यमन्त्रीका स्वकीय सचिव प्रयाज्ञ खनालले भट्टविरुद्ध विद्युतीय अपराधमा जाहेरी दिएका थिए । भट्टले आफ्नो सरुवा रोक्न मुख्यमन्त्रीले रकम मागेको दाबी गर्दै आएका थिए भने मुख्यमन्त्रीले त्यसलाई निराधार भन्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले भट्ट विरुद्ध २९ गते विद्युतिय अपराधमा जाहेरी परेको बताए । सो जोहेरीको आधारमा आज दिउँसो १ बजे भट्ट कार्यरत उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाटै पक्राउ गरिएको उनले बताए । ‘२९ गते विद्युतिय अपराधमा परेको जोहेरीको आधारमा उहाँलाई पक्राउ गरेका हौ । अव अदालत बाट म्यमद थप गरेर अनुसन्धान अघि बढ्छ,’ डीएसपी तिमिल्सिनाले भने ।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको प्रमुख सचिवस्तरीय निर्णयबाट साउन ३० गते पक्राउ परेका भट्टको पहलमानपुर सरुवा भएको थियो । ऐनविपरीत आफूहरूको सरुवा गरिएको भन्दै भट्टले उच्च अदालत दीपायलमा रिट दायर गरेको थिए । अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । केही समयपछि उच्च अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न दिएको आदेश निष्क्रिय पारेकोमा वरिष्ठ डिभिजनल वन अधिकृत भट्टलाई प्रदेश वन निर्देशनालय तानिएको थियो । भट्टले पाँच लाख रुपैयाँ नदिएपछि मुख्यमन्त्रीले आफूखुसी सरुवा गरेको आरोप लगाएका थिए ।
काठमाडौं- सुर्खेतकी इनिशा विक हत्या सम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानुन बमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ ।
पीडित परिवारकोतर्फबाट इनिशा विकका दाई चन्द्र बहादुर विक र तपेन्द्र विकले सोमबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटगरी घटनाको सत्यतथ्य सार्वजनिक सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन आग्रह गरेका हुन ।
साथै यस्ता प्रकारका महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा जघन्य अपराधका घटनाहरु दोहोरिन नदिन तथा न्यायको सुनिश्चितता र सुरक्षित् समाज निर्माणका लागि सम्बन्धित निकाय, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाले गम्भीरतापूर्वक ध्यान दिन पीडित परिवारले माग गरेको छ ।
ज्ञापन–पत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए ।
उनले मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनैपनि प्रकारका आपराधिक घटना र अवान्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कामय गर्न सरकार जिम्मेवारीताका साथ लागि परेको बताए ।
गत फागुन २३ गते सुर्खेतको विरेन्द्रनगर–४ सहितदपार्क नजिकै जनजागरण सामुदायिक बनमा १६ वर्षीय बालिका इनिशा विकको बलात्कारपछि हत्या भएको थियो ।
बेइजिङ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेटको सुरक्षाका लागि युद्धपोत पठाउन गरेको आग्रहलाई चीनले कूटनीतिक रूपमा पन्छाएको छ। ट्रम्पले सार्वजनिक रूपमै सैन्य सहयोग मागेको केही घण्टाभित्रै प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयले मध्यपूर्वको तनावप्रति चिन्ता व्यक्त गरेको छ, तर युद्धपोत पठाउने विषयमा भने कुनै ठोस प्रतिवद्धता जनाएको छैन।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले वर्तमान स्थितिलाई ‘अत्यन्तै तनावपूर्णू भन्दै यसले विश्वव्यापी स्थिरतामा खलल पुर्याएको बताए। उनले भने,’ ‘चीन सबै पक्षलाई सैन्य कारबाही तुरुन्त रोक्न, तनाव बढ्न नदिन र क्षेत्रीय अस्थिरताबाट विश्व अर्थतन्त्रमा पर्न सक्ने असर रोक्न आग्रह गर्दछ।’
यसअघि आइतबार ‘फाइनान्सियल टाइम्स’ सँगको अन्तर्वार्तामा ट्रम्पले चीनले आफ्नो ९० प्रतिशत तेल होर्मुज स्ट्रेटबाटै प्राप्त गर्ने भएकाले सुरक्षामा सहयोग गर्नुपर्ने बताएका थिए । उनले सहयोग नगरे चिनियाँ राष्ट्रपति सी चिनपिङसँगको प्रस्तावित शिखर वार्ता समेत स्थगित हुन सक्ने संकेत दिएका थिए । यसबारे सोधिएको प्रश्नमा प्रवक्ता लिनले चिनियाँ र अमेरिकी नेतृत्वबीच सञ्चार भइरहेको बताउँदै सीधा जवाफ दिन इन्कार गरे।
होर्मुज स्ट्रेट युद्धका कारण प्रभावकारी रूपमा बन्द भएपछि ट्रम्पले चीनसहित फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलाई पनि नौसैनिक सहयोग पठाउन दबाब दिइरहेका छन् ।
बाजुरा । बाजुरामा छाउप्रथा अझै कायम छ। यहाँका महिलाहरूले बस्दै आएका छाउगोठ भत्किएपनि स्थानीयहरूको सोचमा परिवर्तन नआएपछि यो प्रथा जारी रहेको छ।
छाउप्रथाका कारण यहाँका किशोरीहरूले महिनावारी भएको बेला चिसो छाउगोठमा बस्न बाध्य हुनुपरेको छ। महिनावारी हुँदा घरमा बस्दा देवता रिसाउने भनाइका कारण महिलाहरू र किशोरीहरूलाई बाहिर छाउगोठमा राखिन्छ। त्यतिमात्र होइन, महिनावारी भएका महिलाहरूलाई दही, मही र दूधजस्ता पौष्टिक खानेकुरा पनि दिइँदैन।
खप्तड छेडेदह गाउँपालिका–५ डोगडीकी किशोरी पवित्रा बुढाले बताउनुभयो, “अभिभावक र धामी–झाँक्रीहरूको प्रभावका कारण छाउप्रथा कायम छ। अहिलेका किशोरीहरूले घरमा बस्ने खोजे पनि पहिलेका महिलाहरूले बस्न नदिने भएकाले बाहिर छाउगोठमा बस्न बाध्य छन्। मैले आफैं आफ्ना घरवालालाई बुझाएर घरमा बस्न पाएँ, तर अन्य किशोरीहरू अझै छाउगोठमा बस्दै आएका छन्।”
छाउगोठमा बस्दा झन्डै तीन जनाको ज्यान गएको घटना पनि छ। २०७५ पुस २५ गते बुढीनन्दा–९ अगाउँपानीमा आमा अम्भा बोहरा र उनका दुई छोरासहितको छाउगोठमा आगोले ज्यान गएको थियो।
बाजुरामा हालसम्म करिब ५४० वटा छाउगोठ भत्किएका छन्, तर स्थानीयहरूको सोच परिवर्तन नभएपछि प्रथा कायमै छ। त्रिवेणी, खप्तड छेडेदह, बडीमालिका, हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा गौमुल र बुढीगङ्गा नगरपालिकामा छाउप्रथा अझै कायम छ।
बुढीगङ्गा नगरपालिकामा सबैभन्दा बढी महिलाले छाउप्रथा मान्ने गर्छन्। यहाँका महिलाहरू महिनावारी हुँदा महि, दही र दूधजस्ता पोषिला खानेकुरा पाउँदैनन् र गाई–भैसीसमेत छुन पाउँदैनन्।
जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी निरौलाले भन्नुभयो, “महिनावारी भएको बेलामा छाउगोठमा बस्न प्रोत्साहन गर्ने निवेदन आउने वित्तिकै कानुनी कारबाही गरिनेछ। गोठ भत्काएर मात्र समस्या समाधान हुँदैन। सबैभन्दा ठूलो बाधा स्थानीयहरूको सोच हो। त्यसमा परिवर्तन आएपछि मात्र यो प्रथा हट्ने छ।”
उहाँले थप्नुभयो, “धर्म र रीतिरिवाजका कारण यो प्रथा जारी भए पनि कानुनी रूपमा गलत हो। महिनावारी भएकालाई घरबाट खानेकुरा वञ्चित गर्नु वा छाउगोठमा बस्न बाध्य पार्नु कानुनविरुद्ध छ। यस्तो गरेको खण्डमा जिम्मेवार व्यक्तिविरुद्ध कारबाही हुनेछ।”
कैलाली- १६ वर्षीया बालिका इनिशा विकमाथि भएको सामूहिक बलात्कार तथा हत्या घटनाको विरोधमा नेपाल महिला संघ कैलालीले सरकारको ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय कैलालीलाई ज्ञापन पत्र बुझाएको छ।नेपाल महिला संघ कैलालीकी अध्यक्ष शारदा सुनामको नेतृत्वमा बुझाइएको ज्ञापन पत्रमा सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका घर भई हाल बिरेन्द्रनगर नगरपालिका–१ मा बसोबास गर्दै आएकी तथा स्थानीय वालवाटिका स्कुलमा अध्ययनरत १६ वर्षीया इनिशा विकमाथि भएको जघन्य अपराधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
ज्ञापन पत्रमार्फत महिला तथा बालिकामाथि बढ्दै गइरहेका हिंसा, बलात्कार र हत्या जस्ता घटनाले समाजमा असुरक्षाको भावना बढाएको उल्लेख गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ।
त्यसैगरी पीडित परिवारलाई छिटो न्याय दिलाउन तथा भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन राज्यका सबै निकाय जिम्मेवार र प्रभावकारी रूपमा लाग्नुपर्ने आवश्यकता औंल्याइएको छ।
नेपाल महिला संघ कैलालीले देशका विभिन्न स्थानमा इनिशा विकको न्यायका लागि भइरहेका आन्दोलन तथा विरोध कार्यक्रमप्रति पूर्ण ऐक्यबद्धता समेत जनाएको छ।
ज्ञापन पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौंमार्फत जिल्ला प्रशासन कार्यालय कैलालीलाई बुझाइएको हो।
नेकपा एमालेका सचिव महेश बस्नेतले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई जनविरोधी काम भन्दै आक्रोश पोखेका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै बस्नेतले सरकारले गरेको कामलाई नयाँ जनादेशको काम भनेर चित्त बुझाउने कि जनविरोधी मान्ने भन्दै प्रश्न गरेका छ ।
पेट्रोलमा प्रति लिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर १० रुपैयाँ मूल्य वृद्धि भएपछि अब महँगी बढ्ने बताउँदै उनले लेखेका छन्, ‘महँगीले जनताको ढाड नै सेक्ने अवस्था सिर्जना हुँदैछ। इन्धनको मूल्य बढेसँगै अब दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्ने लगभग निश्चित छ। यसले सामान्य नागरिकलाई जीवन धान्न झन् कठिन बनाउने देखिन्छ।’
पेट्रोलियम पदार्थको मूल्यवृद्धि नयाँ जनादेशको पार्टीसँग जोडिएको टिप्पणी उनले गरेका छन् । वर्तमान सरकार रास्वपा समर्थित सरकार भन्दै उनले जनमतलाई गलत प्रयोग गरिएको टिप्पणी पनि गरेका छन् ।
सचिव बस्नेतले भनेका छन्, ‘रास्वपा सरकार बनाउने चरणमा रहेको र उसकै समर्थनमा सरकार सञ्चालन भइरहेको अवस्थामा यस्तो निर्णयलाई अन्तर्राष्ट्रिय परिस्थिति (अमेरिका–इरान तनाव र विश्वव्यापी महँगी) को कारण भनेर चित्त बुझाउने हो, कि जनविरोधी निर्णय भनेर विरोध गर्ने हो ?
परिवर्तन चाहने जनताले यस विषयमा गम्भीरतापूर्वक मनन गर्नु आवश्यक छ।’
काठमाडौं । प्रतिनिधिसभामा एकल बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण गर्ने भएको छ । पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले चैत ३ र ४ गते काठमाडौंमा दुईदिने अभिमुखीकरण गर्न लागिएको जानकारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिट जितेको छ । रास्वपाबाट निर्वाचति केही सांसदहरू मात्र दोस्रोपटक संसद् पुगेका हुन् । रास्वपामा धेरै सांसदहरू पहिलोपटक संसद् पुगेकाले उनीहरूलाई पार्टीको धारणा र संसदीय अभ्यासबारे अभिमुखीकरण गरिने रास्वपाले जनाएको छ ।
प्रत्यक्षतर्फको अबै १६५ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फ पनि दलहरूले निर्वाचित गर्न निर्वाचन आयोगलाई आफूले पाएको सिट संख्याअनुसार नाम सिफारिस गरिसकेका छन् । अब निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदको नाम घोषणा गर्नेछ । र राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाउनेछ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । रास्वपाले चुनावअघि नै वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्री घोषणा गरेकाले उनी नै प्रधानमन्त्री बन्ने पक्काजस्तै छ ।
इरानी महिला फुटबल टोलीकी पाँचौँ सदस्यले अस्ट्रेलियाको शरण प्रस्ताव फिर्ता लिएकी छिन् । अस्ट्रेलियामा शरण खोजेकी इरानी महिला फुटबल टोलीकी पाँचौँ सदस्यले आफ्नो मन परिवर्तन गर्दै स्वदेश फर्किने निर्णय गरेकी अस्ट्रेलियाली सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
यसअघि हिजो इरानी टोलीका तीन सदस्य र गएको हप्ता एक सदस्यले स्वदेश फर्किने निर्णय गरेका थिए । घर फर्किँदा हुने सम्भावित उत्पीडनको डरले शरण मागेका इरानी टोलीका ६ खेलाडी र एक सहयोगी कर्मचारीलाई गएको हप्ता अस्ट्रेलियाले मानवीय भिसा दिएको थियो ।
महिला एशियाली कपमा दक्षिण कोरियासँगको खेलअघि इरानी टोलीले राष्ट्रिय गान गाउन अस्वीकार गरेपछि समर्थकहरूले उनीहरूको सुरक्षाका लागि चिन्ता व्यक्त गरेका थिए । यो घटनापछि इरानभरि आलोचना बढेको थियो ।
अस्ट्रेलियाको मानवीय भिसा कार्यक्रमले शरणार्थी र मानवीय आवश्यकतामा परेका मानिसहरूलाई स्थायी सुरक्षा प्रदान गर्दछ । त्यस्तो भिसा भएकाहरूले अस्ट्रेलियामा बस्न, काम गर्न र अध्ययन गर्न सक्छन् ।
काठमाडौँ। जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिएको घोषणा गरेका छन् । अध्यक्ष राउतले साेमबार सामाजिक सञ्जालमार्फत संसदीय राजनीतिबाट सन्यास लिएको घोषणा गर्दै संघर्षको राजनीति भने जारी राख्ने बताएका हुन् । उनले सक्रिय राजनीतिबाट बिदा लिए पनि जनताको सेवामा रहिरहने प्रष्ट पारे । उनले आफ्नो सिद्धान्त र एजेन्डालाई निरन्तर अगाडि बढाउँदै जनताको लागि निरन्तर संघर्ष गरिरहने बताएका छन् । उनले व्यक्तिगत इच्छाविपरीत संसदीय निर्वाचन लडेको र अब नलड्ने पनि बताए ।
अध्यक्ष राउत यसपटक सप्तरी–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए। तर उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादवले पराजित गरेका हुन् । संसदीय राजनीति नलडे पनि पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने उनले जानकारी गराएका छन् । अघिल्लो पटकको चुनावमार्फत संसदीय राजनीतिमा आएका अध्यक्ष राउतको पार्टीले यसपटक समानुपातिक थ्रेसहोल्ड कटाउन समेत नसकेकाे हाे ।
साेही निर्वाचनमा साेचे जस्ताे नतिजा ल्याउन नसकेपछि अध्यक्ष राउतले संसदीय राजनीतिबाट सन्यास लिएको घोषणा गरेको बुझिएकाे छ।
इरानसँगको युद्धमा अमेरिकाले दुई हप्तामै १२ अर्ब डलर अर्थात् १७ खर्ब ७५ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेको विवरण सार्वजनिक भएको छ ।
गएको फेब्रुअरी २८ मा इजरायलसँग मिलेर इरानमाथि संयुक्त आक्रमण शुरू गरेदेखि अमेरिकाले १२ अर्ब डलर खर्च गरिसकेको ट्रम्पका शीर्ष आर्थिक सल्लाहकारले बताएको समाचार संस्था अलजजीराले जनाएको छ ।
युद्धको लागत बढ्दै जाँदा र इरान युद्ध कहिले सकिन्छ भन्ने अस्पष्ट नहुँदा अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प प्रशासनमाथि दबाव बढ्दै गएको खबरमा उल्लेख छ ।
ह्वाइट हाउस राष्ट्रिय आर्थिक परिषद्का निर्देशक केभिन ह्यासेटले इरान युद्धको पहिलो हप्तामा मात्र ५ अर्ब डलरभन्दा धेरैको हतियार खर्च भएको बताउनुभएको छ । यद्यपि उनले इरान युद्धमा ठूलो रकम खर्च भइरहे पनि यसले अमेरिकी अर्थतन्त्रमा खासै असर नगर्ने दाबी गरे ।
विश्वको २० प्रतिशत तेल आपूर्ति हुने ‘स्ट्रेट अफ हर्मुज’ मा इरानी अवरोधका कारण विश्व बजारमा इन्धनको मूल्य बढेको छ ।
यसैबीच अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानमाथिको आक्रमण झनै तीव्र बनाउने चेतावनी दिएको छ । युद्धको खर्च बढिरहँदा रक्षामन्त्रीको भनाइसँगै आउँदा दिनमा सैन्य खर्च झन् बढ्न सक्ने सङ्केत गरेको छ ।
अमेरिका–इजरायल र इरानबीचको युद्धको असर मध्यपूर्वभरि नै देखिएको छ । इजरायल, इरान र क्षेत्रीय समूहबीच मिसाइल, ड्रोन र रकेट आक्रमण तीव्र हुँदा मानवीय तथा आर्थिक सङ्कट गहिरिँदै गएको छ ।
काठमाडौं- स्वास्थ्य बिमा बोर्डले आफ्नो कार्यक्रमको प्रचारप्रसार तथा नागरिकमा स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गरेको छ ।
बोर्डले आफ्नो १०औँ वार्षिकोत्सवको अवसर पारेर नागरिकलाई डिजिटल माध्यममार्फत स्वास्थ्य बिमाको महत्त्वबारे जानकारी दिन र यो कार्यक्रमप्रति सहभागिता बढाउन प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहनेले स्वास्थ्य बिमासम्बन्धी विषयवस्तु समेटेर अधिकतम एक मिनेटको ‘भर्जिकल रिल्स फर्म्याट’मा भिडियो बनाउनुपर्ने हुन्छ । सहभागीले आफ्नो भिडियो टिकटक वा फेसबुकको रिल्समा पोस्ट गरी तोकिएको ह्यासट्याग प्रयोग गर्नुपर्छ ।
पोस्ट गरिएको भिडियो यही चैत २ देखि १५ गतेभित्र बोर्डको इमेल [email protected] मा पठाउनुपर्ने जनाइएको छ ।
बोर्डका अनुसार, भिडियोको मूल्यांकन त्यसमा आउने लाइक, सेयर, कमेन्ट र भ्युज तथा सन्देशको स्पष्टता, सिर्जनात्मक प्रस्तुति एवं सामाजिक सन्देशका आधारमा गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई नगद पुरस्कार प्रदान गरिनेछ । प्रथम पुरस्कार ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने बोर्डले जनाएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कसुर संशोधन गर्ने महान्यायाधीवक्ताको निर्णय बदरको माग गर्दै दायर रिटमाथि जारी बहस आज पनि ८ नम्बर इजलासमा पेसी चढेको छ । उक्त इजलासमा सारङ्गा सुवेदी र सुनीलकुमार पोखरेल न्यायाधीश छन् ।
आइतबार उक्त इजलासमा भएको बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ मा परेको थियो । सोही बहसको निरन्तरता स्वरुप आज फेरि उही बेञ्चमा बहस हुने भएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित युवराज पौडेल (सफल), आभाष रेग्मीलगायतले उक्त रिट दायर गरेका हुन् ।
आइतबार रिट निवेदकका तर्फबाट स्वयं निवेदक एवं वरिष्ठ अधिवक्ता त्रिपाठी, वरिष्ठ अधिवक्ताहरु टीकाराम भट्टराई र सुरेन्द्र भण्डारीले बहस गरेका थिए। महान्यायाधीवक्ता सविता भण्डारीसहित एकजना नायब महान्यायाधीवक्ताले पनि बहस गरेका थिए।
महान्यायाधिवक्ता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाबाट ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ को दाबी कायम नरहने गरी अभियोग पत्र संशोधनको गर्ने निर्णय गरेकी थिइन् । तीमध्ये रुपन्देही र कास्की जिल्ला अदालतले संशोधन स्वीकार गरेका छैनन् ।
कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले यहाँस्थित शुक्लाफाँटा नगरपालिकाले १३३ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ ।
आर्थिक रूपमा विपन्न, दलित, जनजाति, महिला, अपाङ्गता भएका व्यक्ति, सहिद परिवार, द्वन्द्वपीडित तथा विदेशबाट फर्केका व्यक्तिलाई लक्षित गरी नगरपालिकाले चालु आर्थिक वर्षमा लघु तथा घरेलु उद्योग प्रवर्द्धन कार्यक्रमअन्तर्गत सीपमूलक तालिम प्रदान गरेको हो ।
सो कार्यक्रमअन्तर्गत काष्ठकला सम्बन्धी २०, ग्यास चुलो मर्मत सम्बन्धी २०, गुन्द्री बनाउने २०, खेलौना बनाउने १३, अटो ड्राइभिङ २०, दुना–टपरी बनाउने २० र फुट मसाज (सुत्केरी स्याहार) सम्बन्धी २० जनाले तालिम लिएका छन् । तालिम लिएका व्यक्तिलाई व्यवसाय सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले आवश्यक सामग्री पनि अनुदानमा उपलब्ध गराइएको कार्यक्रमका उद्यम विकास सहजकर्ता धनबहादुर चौधरीले बताए ।
“तालिमसँगै आवश्यक सामग्री उपलब्ध गराएर लक्षित समूहका व्यक्तिलाई आत्मनिर्भर बनाउने प्रयास गरेका छौँ,” उनले भने, “तालिम लिएका मध्ये धेरै जना स्वरोजगारमा संलग्न भई व्यावसायिक गतिविधि सञ्चालन गरिरहेका छन् ।” तालिम लिएकामध्ये ३९ जनाले आफ्नै व्यवसाय सञ्चालन गर्न थालेका छन् ।
दुना–टपरी बनाउने तालिम लिएकी सरिता चौधरीले तालिमपछि दुना–टपरी उत्पादन गरी बजारमा बिक्री गरेर आम्दानी गर्न थालेको बताइन् । तालिम लिएर आधुनिक सिलाइ मेसिन अनुदानमा प्राप्त गरेका जगतबहादुर सिंहले गार्मेन्ट व्यवसाय विस्तार गर्न तालिमले सहयोग पुगेको बताए ।
तालिम लिनेमा १८ वर्ष देखि ५५ वर्ष समूहका छन् । जसमा धेरैजसो महिला छन् । नगरपालिकाका प्रवक्ता लालबहादुर ऐरले ‘हात–हातमा सीप र घर–घरमा रोजगारी’ पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए ।
बाजुरा। बाजुराका उच्च स्थानमा वर्षासँगै हिमपात भएको छ। गत आईतबार बेलुकी पानीसँगै उच्च स्थानमा हिमपात परेको हो।
जिल्लाका हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, त्रिवेणी र खप्तड छेडेदह लगायतका उच्च स्थानमा हिमपात भएको छ।
हिमाली भेगमा हिउँ परेको भए पनि अन्य केही ठाउँमा पानीसँगै असिना परेको छ। पानीले खेतीलाई केही राहत पुर्याए पनि असिनाले गहुँबालीमा सामान्य क्षति पर्याएको किसानहरूले बताउँछन्।
फागुन, चैत र वैशाखमा पर्ने असिनाले हिउँदे बाली, विशेषगरी गहुँबालीमा ठूलो क्षति पुर्याउने जोखिम हुने यहाँका किसानहरूको अनुभव छ।
काठमाण्डाै- कुवेतमा रहेको नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ ।
मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने कुवेतमा बसोबास गर्ने नेपालीलाई ‘अनलाइन’ मार्फत साउदी भिसाका लागि आवेदन दिन सकिने दूतावासले जनाएको छ ।
भिसा प्राप्त भएपछि सडकमार्गबाट साउदी प्रवेश गरी साउदीको विमानस्थल हुँदै नेपाल जान सकिने भएकाले भिसाका लागि अनलाइनमार्फत आवेदन दिन दूतावासले अनुरोध गरेको हो । सरकारले द्वन्द्वग्रस्त मध्यपूर्वमा अलपत्र रहेका नेपालीहरूलाई सम्बन्धित देशमा रहेका दूतावासमार्फत उद्धार गर्ने निर्णय गरेको छ ।
यसैबीच यूएईमा रहेका नेपालीलाई युद्धका दृश्यहरु खिच्ने र सार्वजनिक गर्ने काम नगर्ने अवुधावीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।
काठमाण्डाै- चुनावमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरेका ११० जना उम्मेदवारको नाममा निर्वाचन आयोगले ‘क्लस्टर’ अनुसार रुजु प्रक्रिया अघि बढाएको छ ।
सदर मतमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ जना सांसदको सूची हिजो आयोगमा पेस गरेको छ । यसैगरी नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४/४ जना उम्मेदवारको सूची क्लस्टर मिलाएर पेस गरेका छन् ।
क्लस्टर अर्थात् समावेशी समूहअनुसार सूची मिले/नमिलेको रुजु प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ । दलहरूले बुझाएको सूचीमा त्रुटि नभए आज नै निर्वाचितको सूची सार्वजनिक गर्ने आयोगको तयारी छ ।
दलहरूले समावेशी समूहअनुसार बुझाएको सूचीमा केही त्रुटि भएमा मिलाएर पठाउन फेरि समय दिनुपर्ने आयोगको भनाइ छ । सूची प्रकाशनपछि निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ ।
समानुपातिकतर्फ निर्वाचित सांसदको टुङ्गो लागिसकेपछि प्रतिवेदन तयार गरेर निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाउनेछ । त्यसपछि नयाँ सरकार बनाउने बाटो खुल्नेछ
। अबको एक हप्ताभित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने रास्वपाले जनाएको छ ।
कैलाली — भारतस्थित प्रगति फाउण्डेशन ट्रस्टद्वारा प्रदान गरिने “वीर बिरसा मुन्डा अन्तर्राष्ट्रिय रक्तदाता सम्मान–२०२६” बाट रक्तदाता दीपक उपाध्याय सम्मानित भएका छन्। उपाध्यायलाई प्रमुख अतिथि पुर्व बिधायक हरिराम चेरोले सम्मानित गरेका थिए ।
रक्तदानको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उपाध्यायलाई विशिष्ट आतिथ्यता सहित उक्त सम्मान प्रदान गरिएको हो। उनले हालसम्म ११२ औँ पटक रक्तदान गर्दै मानव जीवन बचाउन खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ। सम्मान कार्यक्रममा भारतका बिभिन्न प्रदेशबाट सयौको संख्यामा रक्तदाताहरु उपस्थित भएका थिए ।
रक्तदानमार्फत समाजमा मानवीय सेवा र जीवनरक्षा अभियानलाई निरन्तरता दिएको भन्दै उपाध्यायको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा समेत कदर गरिएको हो।
को हुन् वीर बिरसा मुन्डा ? वीर बिरसा मुन्डा (१५ नोभेम्बर १८७५ – ९ जुन १९००) भारतका एक आदिवासी स्वतन्त्रता सेनानी तथा मुन्डा जनजातिका लोकनायक हुन्। उनले ब्रिटिस शासनकालमा १९औँ शताब्दीको अन्त्यतिर बंगाल प्रेसीडेन्सी (हालको झारखण्ड) क्षेत्रमा भएको आदिवासी धार्मिक तथा सामाजिक आन्दोलनको नेतृत्व गरेका थिए।
उनको नेतृत्वमा भएको आन्दोलनले भारतीय स्वतन्त्रता आन्दोलनको इतिहासमा महत्वपूर्ण स्थान बनाएको छ।
भारतका आदिवासी समुदायले उनलाई भगवानसरह मान्ने गर्छन् र उनी “धरती आबा” (धरतीका पिता) नामले पनि परिचित छन्।
धनगढी, २ चैत ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सिफारिसमा गणेश विश्वकर्मा प्रतिनिधि सभा सदस्य नियुक्त हुदैछन् ।
नेकपाले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकको सूचीमा विश्वकर्माको नाम समावेश छ ।
सुदूर पश्चिमको बझाङमा जन्मिएका विश्वकर्मा विद्यार्थीकालदेखि नै बामपन्थी राजनीतिमा संलग्न थिए । लामो समय नेकपा एमालेमा आवद्ध रहेपनि उनी पटक पटक राजनैतिक अवसर र नियुक्तिबाट बञ्चित हुदै आएका थिए ।
राष्ट्रिय दलित नेटवर्कको स्थापना गरी दलित अधिकारका लागि पैरवी गर्दै आएका विश्वकर्माले दलित संसद समेत सञ्चालन गर्दै आएका थिए । हलिया, मुक्त कमैया र कम्लहरीहरुको अधिकारका लागि समेत वकालत गर्दै आएका उनले नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार रहदा सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष समेत जिम्मेवारी निर्वाह गरेका थिए ।
एमालेबाट नेकपा हुदै नेकपा एकीकृत समाजवादीको राजनीतिमा सक्रिय रहेका विश्वकर्मा समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेकपामा आवद्ध भए ।
उनी पहिलो पटक प्रतिनिधि सभा सदस्य नियुक्त हुन लागेका हुन् ।
काठमाडौ । झन्डै दुईतिहाइ बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवारको सूची टुंग्याउँदै मन्त्रिपरिषद् गठनको गृहकार्य अघि बढाएको छ। रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहबीच सघन छलफल भइरहेको छ। पार्टी सचिवालयको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को समानुपातिक उम्मेदवारको सूची टुंग्याएको छ। पार्टी सचिवालयको निर्णयअनुसार सूचीमा रहेका जम्मा ५७ जना प्रस्तावित समानुपातिक सांसदहरूका नामावली बुझाइनेछ।
खसआर्यबाट १७ जना, आदिवासी जनजाति १६ जना, मधेसी ९ जना, दलित ८ जना थारु ४ जना र मुस्लिम ३ जना छन्। जसमा ४८ जना महिला र ९ जना पुरुष छन्। पार्टी प्रवक्ता मनिष झाले मनोनयनमा परेकाहरूको नामावली निर्वाचन आयोगले आवश्यक प्रक्रियापश्चात् प्रकाशित गर्ने बताए।
‘यसअघि सदनमा पनि अन्य दलको भन्दा तुलनात्मक रूपमा रास्वपा समावेशि थियो,’ उनले भने, ‘समावेशिताको उत्कृष्ट अभ्यासको निरन्तरता रास्वपाले दिने छ।’ यसअघिको प्रतिनिधिसभामा ४० दशमलव ८ प्रतिशत महिलाको प्रतिनिधित्व थियो। यसपटक पनि महिलालाई प्राथमिकता दिइएको जनाइएको छ।
२०७९ असार ७ गते उदय भएको रास्वपाले तीन वर्षको छोटो समयमा मुलुकको सबैभन्दा ठूलो पार्टी बनेको हो। प्रत्यक्षमा १ सय २५ सिट र समानुपातिकमा ५७ सिट गरी कुल १ सय ८२ जितेको छ। रास्वपालाई दुईतिहाइ बहुमतका लागि दुई सिट अपुग छ। २०७९ को निर्वाचनमा रास्वपाले करिब १२ लाख मत र २१ सिटमा जित हासिल गरेको थियो। गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालयका अल्पकालीन जिम्मेवारी सम्हालेको थियो।
पार्टीको केन्द्रीय कार्यसमितिले विधान संशोधनलाई अनुमोदन गरेपश्चात् संसदीय दलको नेतामा बालेन्द्रलाई निर्वाचित गरिनेछ। प्रवक्ता झाले प्रक्रियागत रूपमा अघि बढाउन केही समय लाग्ने उल्लेख गर्दै प्रतिबद्धता नबर्सिएको बताए।‘दलको नेता बनाउन प्रक्रियागत रूपमा अघि बढाउन केही नेताको उपस्थितिको प्रतिक्षामा छौं। स्वास्थ्य अवस्थाका कारण केही नेताको उपस्थिति कुरिरहेका छौं,’ प्रवक्ता झाले भने, ‘हामी जिम्मेवार छौं। प्रतिबद्धता बिर्सेका छैनौं। केही तलमाथि होला कि भन्ने आशंका नगरियोस् ।’
गत पुस १३ गते बालेन्द्रलाई प्रधानमन्त्रीको उम्मेदवार हुने गरी ७ बुँदे सहमति भएको थियो।पार्टी सभापति लामिछानेसँग सहमतिपश्चात् बालेन्द्रले काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा गरी प्रतिनिधिसभा निर्वाचनमा झापा–५बाट उम्मेदवारी दिएका थिए।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतले आइतबार हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि सुनुवाइ तोकेको हो । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आइतबार हेर्दाहेर्दैमा राखेका थिए ।
यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न आइतबार लागि पेस गर्न आदेश दिएको थियो ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् ।
उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।
काठमाडौं, २ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको जनाएको छ ।
निगमका अनुसार पेट्रोलमा १५ र डिजल मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । वृद्धि भएको मूल्य आईतवार राति १२ बजेबाट लागू भएको छ ।
निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।
दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजल र मट्टीतेलको मूल्य १५१ पुगेको छ ।
त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजल–मट्टीतेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।
यस विषम परिस्थितिबीच नेपाल आयल निगम लिमिटेडले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसबाट आम उपभोक्ता लगायत सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवदेनशील छ ।’
काठमाडौँ १ चैत्र — प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई मनोनीत गरेकी छिन् ।
प्रधानमन्त्री एवं कोषका संरक्षक कार्कीले श्रेष्ठलाई आगामी पाँच वर्षका लागि उक्त पदमा मनोनयन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । श्रेष्ठ प्रधानमन्त्री कार्कीका स्वकीय सचिवसमेत हुन् ।
यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनीत गरिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ मा कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था रहेको छ । सिन्धुलीका श्रेष्ठले समाजशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् ।
प्रधानमन्त्री नियुक्त भएसँगै कार्कीले सर्वोच्चको सूचना प्रविधि महाशाखामा कार्यरत नासु श्रेष्ठलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेकी थिइन् । कार्की प्रधानन्यायाधीश हुँदा श्रेष्ठ पेशी व्यवस्थापनको जिम्मेवारीमा थिए ।
त्यही पुरानो चिनजान र विश्वासका आधारमा कार्कीले कम्प्युटर अपरेटर पदमा कार्यरत उनलाई २९ भदौमा प्रमुख स्वकीय सचिव नियुक्त गरेकी थिइन् । सचिवसरहको सेवा सुविधा पाउने प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव नियुक्त भएको चौथो दिन २ असोजमा श्रेष्ठले श्रीमती संगीता श्रेष्ठलाई सहसचिवसरह सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको स्वकीय सहसचिव नियुक्त गरेका थिए ।
काठमाडौं,१ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनबाट हेमराज शर्मालाई अध्यक्ष चयन भएका छन् ।
काठमाडौंमा जारी महाधिवेशनबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष शर्मा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् । सबै पक्षको सहमतीमा शर्मा अध्यक्ष चयन भएका हुन् ।
विगत केही वर्षयता विभाजित र टुटफुटको शिकार भएको एनआरएनए एकताको महाधिवेशनबाट पुनः एक ढिक्का भएको छ । यसअघि डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वमा रहेका एनआरएनएका दुबै समूह एकता महाधिवेशनबाट एउटै कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्न सहमत भएका हुन्।
विभाजित अवस्थामा बेग्लाबेग्लै गतिविधि गर्दै आएका गैरआवासीय नेपालीहरूका दुई संस्थाबीच गत मंसिर दोस्रो साता एक भएर अघि बढ्ने सहमति भएको थियो ।
केसी र श्रेष्ठबीचका दुई संस्थाबीच एकताको लागि पटकपटक प्रयास भएका भए पनि सफल हुन सकेको थिएन ।
मंसिरमा भएको सहमतिसँगै दुई कार्यसमिति एकीकरण भएपछि दुवै अध्यक्षको पद कायम गरी महाधिवेशन गरिएको हो ।
महाधिवेशनले दुवै पक्षबाट ५०र५० प्रतिशतका दरले पदाधिकारी र कार्यसमिति चयन गर्ने सहमति भएको ती पदाधिकारीले बताए ।
सहमति अनुसार, एक अध्यक्ष र दुई महासचिवको पद रहने छ ।
उपाध्यक्ष र अन्य पदाधिकारीको संरचना कस्तो रहने भन्नेबारे अझै सहमति भइसकेको छैन ।
हालसम्म उपाध्यक्षमा श्रेष्ठ समूहबाट बुद्धिसागर सुवेदी, मनोज गोर्खाली, लोक दाहाल तथा केसी समूहबाट रोविन शेरचन र रोजिना प्रधान राईको नाममा सहमति भइसकेको स्रोतले बतायो ।
हाल दुई युवा उपाध्यक्षसहित आठ जना उपाध्यक्षको पद रहेकोमा यो थपिन पनि सक्ने ती पदाधिकारी बताउँछन् ।
महासचिव पदमा केसी समूहबाट डा। चिरञ्जिवि खड्काको नाम तय भइसकेको तर श्रेष्ठ समूहको नाममा सहमति जुट्न बाँकी रहेको स्रोतको भनाइ छ ।
यसअघि अध्यक्ष पदमा शर्मासहित रोविन शेरचन र रविन बज्राचार्यले दाबी गरेका थिए ।
यसअघि नै शेरचन र शर्माबीच सहमति भइसकेकोमा आइतबार शर्मालाई समर्थन गर्दै बज्रचार्यले पनि उम्मेदवारी फिर्ता लिए ।
संघको पदाधिकारीको संख्या बढाउँदा विधान संशोधन गर्नुपर्ने हुन्छ । पदाधिकारीको संख्या र नाममा सहमति भइसकेपछि महाधिवेशनबाट विधान संशोधन पारित गरिने स्रोतले बतायो ।
संशोधित विधान परराष्ट्र मन्त्रालयको स्वीकृति पछि मात्रै लागू हुन्छ ।
‘विधान संशोधन भएर आएपछि केही घण्टामै स्वीकृति दिने आश्वासन मन्त्रालयबाट प्राप्त भएको छ,’ स्रोतले भन्यो, ‘सोमबारसम्म विधान संशोधन र कार्यसमिति चयनको काम सम्पन्न हुनेछ ।’
इरानको तेल निर्यातको महत्त्वपूर्ण केन्द्रका रूपमा रहेको उक्त टापुलाई तेहरानको अर्थव्यवस्थाको जीवनरेखा मानिन्छ।
ट्रम्पले खार्ग टापुका सैन्य ठेगानाहरू “पूर्ण रूपमा ध्वस्त” भएका तर तेलसम्बन्धी पूर्वाधारलाई निशाना नबनाइएको पनि उल्लेख गरे।
तर इरान वा अरूले इरानी तटको दक्षिणमा अवस्थित विश्वको सबैभन्दा महत्त्वपूर्ण ढुवानी मार्गमध्येको हर्मुज स्ट्रेटमा जहाजहरूको सुरक्षित आवतजावतमा “कुनै हस्तक्षेप गरे” खार्ग द्वीपका तेलसम्बन्धी पूर्वाधारहरूलाई निशाना नबनाउने निर्णयमा पुनर्विचार गरिने उनको चेतावनी थियो।
त्यसको प्रतिक्रियामा इरानी सेनाले खार्गका तेल पूर्वाधारहरूमा आक्रमण भए अमेरिकासँग सहकार्यमा रहेका कम्पनीका तेल र ऊर्जा पूर्वाधार “तुरुन्तै नष्ट” गरिने बताएको छ।
इरानका निम्ति उक्त टापु किन महत्त्वपूर्ण छ?
खार्ग टापु इरानी तटबाट १५ नटिकल माइल (२४ किलोमिटर) को दूरिमा रहेको सानो चट्टानी क्षेत्र हो।
आकारमा सानो भए पनि यो इरानको ऊर्जा पूर्वाधारको सबैभन्दा महत्त्वपूर्ण भागहरू मध्येको एक हो।
उत्तरी खाडीमा रहेको यो सानो तर महत्त्वपूर्ण टापुमा अमेरिकाले हमला गर्नु इरानी अर्थतन्त्रको घाँटीको नसामा चोट पुर्याउनुसरह हो।
इरानको कच्चा तेलको नब्बे प्रतिशत यही टापुमा रहेको टर्मिनलबाट आउँछ।
प्रत्येक दिन यहाँ लगभग १३ लाख ब्यारेल कच्चा तेल प्रशोधन हुन्छ र त्यसलाई अबूजार, फोरोजन र डोरूद गरी इरानका तीन मुख्य समुद्री क्षेत्र हुँदै पानीमुनि बिछ्याइएका पाइपलाइनहरूको जटिल सञ्जालमार्फत् ढुवानी गरिन्छ।
यसको भण्डारण क्षमता १ करोड ८० लाख ब्यारेल छ। त्यो भनेको सामान्य अवस्थामा लगभग १०-१२ दिनको निर्यात हो।
८ करोड ५० लाख ग्यालनसम्म बोक्न सक्ने ठूल्ठूला ट्याङ्करहरू तेल लिन टापुका लोडिङ डकसम्म पुग्न सक्छन्।
टापुको तट गहिरो जलक्षेत्र नजिकै छ जुन मुख्य भूमिको तटको विपरीत हो।
त्यसपछि ट्याङ्करहरू खाडी हुँदै हर्मुज स्ट्रेटबाट बाहिर निस्केर चीनतर्फ लाग्छन्। चीन इरानी तेलको मुख्य खरिदकर्ता हो।
यो टापु इस्लामिक रिभोल्यूसनरी गार्ड कर्प्स (आईआरजीसी) का निम्ति आम्दानीको प्रमुख स्रोत हो।
किन निशानामा परेनन् तेलका पूर्वाधार
तस्बिर स्रोत,Planet Labs via Reuters
तस्बिरको क्याप्शन,भूउपग्रहमार्फत् लिइएको तस्बिरमा देखिएको खार्ग टापुस्थित तेल टर्मिनल
शुक्रवार ट्रम्पले अमेरिकी सेन्ट्रल कमान्डले मध्यपूर्वको इतिहासकै शक्तिशालीमध्येको कारबाही पूरा गरेको र उक्त द्वीपमा रहेका हरेक सैन्य ठेगानालाई पूरै नष्ट गरिएको” उल्लेख गरे।
सँगसँगै उनले “शिष्टाचारका कारणले” आफूले “उक्त द्वीपको तेलसम्बन्धी पूर्वाधारहरूलाई नष्ट नगर्ने बाटो लिएको” पनि बताए।
इरानका सरकारी मिडियाले पनि टापुमा रहेका तेलका पूर्वाधारहरूमा कुनै क्षति नपुगेको विवरण दिएका छन्।
समाचारसंस्था फार्सका अनुसार अमेरिकाले हवाई प्रतिरक्षा, नौसेनाका आधारहरू, विमानस्थलको कन्ट्रोल टावर र हेलिकप्टर राख्ने ठाउँलाई निशाना बनाएको थियो।
सँगसँगै इरानी सेनाले आफ्ना ऊर्जा पूर्वाधारहरूमा आक्रमण गरिए अमेरिकासँग काम गर्ने फर्महरूका तेल र ऊर्जा पूर्वाधारमाथि आक्रमण गरेर “तिनलाई तुरुन्तै नष्ट गर्नुका साथै खरानीको थुप्रोमा परिणत गर्ने” चेतावनी दिएको छ।
टापुका पूर्वाधार नष्ट गर्न चलाइने सैन्य कारबाही इरानका लागि अत्यन्तै हानिकारक हुनेछ। साथै त्यसले तनाव पनि उल्लेखनीय रूपमा बढाउनेछ।
यसबाट तेलको मूल्य विश्वव्यापी रूपमै अझ बढ्न सक्छ र इरानले मध्यपूर्वभरि थप तेल पूर्वाधारहरूलाई निशाना बनाउन सक्छ।
युद्धको दुई सातापछि पनि इरानसँग अझै खाडीका आफ्ना अरब छिमेकीहरूका साथै मालबाहक जहाजहरूमाथि ठूलो सङ्ख्यामा कम लागतका उच्च विस्फोटक ड्रोनहरू प्रहार गर्न सक्ने क्षमता छ।
साथै इरानले लाखौँ मानिस प्रभावित हुने गरी खानेपानी प्रशोधन केन्द्रहरू जस्ता महत्त्वपूर्ण पूर्वाधारहरूसम्म आफ्नो निशाना विस्तार गर्न सक्छ।
सैन्य विश्लेषक तथा ब्रिटिश सेनाका पूर्वअधिकारी जस्टिन क्रम्पका विचारमा खार्गमा बमबारी गरेर ट्रम्पले इरानलाई द्वन्द्व चर्काउनबाट रोक्न खोजेका हुन्।
“उनी आफू नरम भएको देखाइरहेका छन् तर सँगै तेलका पूर्वाधारलाई निशाना बनाएर आईआरजीसीप्रति थप कठोर हुन सक्ने पनि बताइरहेका छन्,” उनले बीबीसी रेडिओ फोरको टूडे कार्यक्रममा भने।
ट्रम्पले पहिले उक्त युद्धको उद्देश्य इरानी जनतालाई जगाएर इस्लामिक गणतन्त्रको शासनलाई फ्याँक्न सक्षम बनाउनु भएको बताएका थिए।
भलै उनले पछि युद्धका अन्य उद्देश्यहरूबारे पनि बोले। क्रम्पका अनुसार इरानको आर्थिक जीवन रेखालाई लामो समयसम्मका निम्ति असर पार्ने भएकाले उक्त टापुका तेल पूर्वाधारलाई निशाना बनाउन “कठिन” थियो।
अमेरिकाले कब्जा गर्ने कोसिस गर्ला?
तस्बिर स्रोत,Getty Images
अमेरिकी सेनाले कुनै विन्दुमा गएर खार्ग टापु कब्जा गर्ने कोसिस गर्न सक्नेबारे पनि विभिन्न अड्कलबाजी भइरहेका छन्।
त्यसो गर्दा इरानको तेल निर्यात रोकिने मात्र नभई मुख्य भूमिविरुद्ध हमला गर्न उपयोगी स्थल पनि प्राप्त हुन्छ।
अमेरिकाले लगभग ५,००० नौसैनिक र जहाजी कामदारहरू मिलाएर तयार पारिएको ‘एम्फिबिअस’ जहाज (समुद्रबाट जमिनमा हमला गर्न सक्षम) खाडीतर्फ पठाउँदै गरेको भनी अमेरिकी सञ्चारमाध्यमहरूमा आएका विवरणले पनि उक्त अनुमानलाई बल दिएको छ।
पेन्टागनले त्यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ।
बीबीसीको ‘सेक्युरिटी ब्रिफ’का सुरक्षा विश्लेषक माइकी केका अनुसार टापु कब्जा भयो भने आईआरजीसीको आर्थिक जीवन रेखा नराम्ररी प्रभावित हुनुका साथै युद्ध सञ्चालन गर्ने क्षमतामा असर पर्नेछ।
यस्तो छ खार्ग टापुको इतिहास
तस्बिर स्रोत,Getty Images
खार्गले पर्सियन साम्राज्यको बेलादेखि नै खाडीमा रणनीतिक भूमिका निर्वाह गर्दै आएको छ।
दुई हजार वर्षभन्दा पनि अघि प्राकृतिक जलधाराहरूले यसलाई महत्त्वपूर्ण व्यापारिक बन्दरगाह बनाएका थिए।
यो १६ औँ र १७ औँ शताब्दीमा पोर्चुगिज र डच शासनको अधीनमा थियो।
सन् १९०० को दशकको सुरुवाती वर्षहरूमा यहाँ उच्च सुरक्षायुक्त कारागार अवस्थित थियो।
त्यसपछि सन् १९५० को दशकमा शाह मोहम्मद रेजा पह्लवीको शासनकालमा हाइड्रो कार्बन भण्डारण र वितरण केन्द्रको निर्माण सुरु भयो र चाँडै नै यो इरानको मुख्य निर्यात विन्दु बन्यो।
अमेरिकी तेल कम्पनी अमोकोको संलग्नतामा पूर्वाधार विकास गरिएसँगै सन् १९६० को दशकदेखि २४ वर्ग किलोमिटरको यो टापुले इरानी तेल निर्यातमा मुख्य भूमिका खेलेको छ।
सन् १९७९ को इस्लामिक क्रान्ति को बेलासम्म टापुको पूर्वाधारका केही भाग त्यहाँ रहेका अमेरिकी कम्पनीहरूको स्वामित्वमा थियो।
काठमाण्डौं, १ चैत ।
नेपाली कांग्रेसले समानुपातिकतर्फका २० जना उम्मेदवारको टुंगो लगाएको छ ।
कार्यसम्पादनको बैठकपछि प्रवक्ता देवराज चालिसेले १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेश गर्ने निर्णय गरिएको जानकारी गराएका थिए ।
काँग्रेसले निर्वाचन आयोगमा पेश गरेको सूचीमा खस आर्य क्लष्टरमा दुई पुरुष र चार महिला रहेका छन् ।
त्यस्तै आदिवासी जनजाति, थारु, दलित, मधेशी र मुस्लिम कोटाबाट विभिन्न महिला र पुरुष उम्मेदवारको नाम सिफारिस गरिएको छ।
खस आर्य पुरुषबाट अर्जुननरसिंह केसी र कालीबहादुर सहकारी नाम पठाएको काँग्रेसले क्लष्टरमा महिलातर्फ सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलियालाई समेटेको छ ।
खस आर्यबाट दुई पुरुष राख्न नमिल्ने अवस्थामा सोही क्लष्टरबाट महिलामा गंगा शाही हुनेगरी सूची पठाइएको शीर्ष तहका एक नेताले जानकारी गराए ।
आदिवासी जनजातिमा महिलाबाट गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचाको नाम निश्चित भएको छ ।
यसै क्लष्टरमा पुरुषबाट भिष्मराज आङ्देम्बे र मदनकृष्ण श्रेष्ठ (अपांग) नाम पठाइएको छ । यो क्लष्टरबाट महिलाको संख्या अपुग भएको अवस्थामा मदनकृष्ण श्रेष्ठको स्थानमा सुनितादेवी सुवेदी (श्रेष्ठ) ले अवसर प्राप्त गर्नेछिन् ।
थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदार परेकी छन् । दलितबाट हरिनादेवी कामी, पवित्रा विक, मनमाया विश्वकर्माको नाम सिफारिस गरिएको छ ।
मधेशी कोटामा महिलामा निनुकुमारी कर्ण र रेखाकुमारी यादव परेका छन् । यसै क्लष्टरबाट पुरुषमा चन्द्रमोहन यादवको नाम सिफारिस भएको छ । मुस्लिम कोटामा शाहजान खातुन परेकी छन् ।