मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

द एभरेष्ट पोष्ट
२ चैत २०८२ १४:५२
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

रञ्जना बिसी, कैलाली ।  सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाएका वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यरत भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोलीले मन्त्रालयबाटै पक्राउ गरेको हो।
मुख्यमन्त्रीका स्वकीय सचिव प्रयाज्ञ खनालले भट्टविरुद्ध विद्युतीय अपराधमा जाहेरी दिएका थिए  । भट्टले आफ्नो सरुवा रोक्न मुख्यमन्त्रीले रकम मागेको दाबी गर्दै आएका थिए भने मुख्यमन्त्रीले त्यसलाई निराधार भन्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले भट्ट विरुद्ध २९ गते विद्युतिय अपराधमा जाहेरी परेको बताए । सो जोहेरीको आधारमा आज दिउँसो १ बजे भट्ट कार्यरत उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाटै पक्राउ गरिएको उनले बताए । ‘२९ गते विद्युतिय अपराधमा परेको जोहेरीको आधारमा उहाँलाई पक्राउ गरेका हौ । अव अदालत बाट म्यमद थप गरेर अनुसन्धान अघि बढ्छ,’  डीएसपी तिमिल्सिनाले भने ।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको प्रमुख सचिवस्तरीय निर्णयबाट साउन ३० गते पक्राउ परेका भट्टको पहलमानपुर सरुवा भएको थियो । ऐनविपरीत आफूहरूको सरुवा गरिएको भन्दै भट्टले उच्च अदालत दीपायलमा रिट दायर गरेको थिए । अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । केही समयपछि उच्च अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न दिएको आदेश निष्क्रिय पारेकोमा वरिष्ठ डिभिजनल वन अधिकृत भट्टलाई प्रदेश वन निर्देशनालय तानिएको थियो । भट्टले पाँच लाख रुपैयाँ नदिएपछि मुख्यमन्त्रीले आफूखुसी सरुवा गरेको आरोप लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस