रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

द एभरेष्ट पोष्ट
२ चैत २०८२ ११:५५
रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कसुर संशोधन गर्ने महान्यायाधीवक्ताको निर्णय बदरको माग गर्दै दायर रिटमाथि जारी बहस आज पनि ८ नम्बर इजलासमा पेसी चढेको छ । उक्त इजलासमा सारङ्गा सुवेदी र सुनीलकुमार पोखरेल न्यायाधीश छन् ।

आइतबार उक्त इजलासमा भएको बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ मा परेको थियो । सोही बहसको निरन्तरता स्वरुप आज फेरि उही बेञ्चमा बहस हुने भएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित युवराज पौडेल (सफल), आभाष रेग्मीलगायतले उक्त रिट दायर गरेका हुन् ।

आइतबार रिट निवेदकका तर्फबाट स्वयं निवेदक एवं वरिष्ठ अधिवक्ता त्रिपाठी, वरिष्ठ अधिवक्ताहरु टीकाराम भट्टराई र सुरेन्द्र भण्डारीले बहस गरेका थिए। महान्यायाधीवक्ता सविता भण्डारीसहित एकजना नायब महान्यायाधीवक्ताले पनि बहस गरेका थिए।

महान्यायाधिवक्ता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाबाट ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ को दाबी कायम नरहने गरी अभियोग पत्र संशोधनको गर्ने निर्णय गरेकी थिइन् । तीमध्ये रुपन्देही र कास्की जिल्ला अदालतले संशोधन स्वीकार गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस