काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकबाट विधेयक पारित भएको हो ।
विधेयकमाथि प्रस्तुत भएको संशोधन अस्वीकृत भयो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारितको प्रस्ताव गरेका थिए ।

कैलाली । कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली नदीमा झुलुङ्गे पुल निर्माण भएपछि आन्तरिक पर्यटकको घुइँचो बढेको छ ।
केही दिनअगाडि मात्रै पुलको काम सम्पन्न भएर आवागमन सञ्चालन भएपछि कर्णाली नदी, आसपासका फाँटको सुन्दरता अवलोकन गर्न तथा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो ।
“गर्मी बढी छ, साँझको समयमा शीतलताका लागि पुलको अवलोकन गर्न जान्छौँ”, टीकापुर-५ का किरण चौधरीले भने, “यहाँ सोचेभन्दा बढीको सङ्ख्यामा आगन्तुकको घुइँचो हुँदोरहेछ ।”
पुलमा तस्बिर लिन तथा श्रव्यदृश्य सामग्री बनाउनेलाई व्यावसायिक फोटोग्राफरका रूपमा सेवा दिँदै आइएको उनले बताए । “पहिले टीकापुर पार्क, बर्दियाको इन्टेक क्षेत्रमा फोटोग्राफीको काम गर्दै आएका थियौँ”, बर्दियाका राजेश चौधरीले भने, “केही दिनदेखि यहाँ पुल अवलोकन गर्न आउने पर्यटकको आगमन बढेसँगै प्रशस्त आम्दानी पनि भइरहेको छ, अन्यत्र जानु परेको छैन ।”
पुल बनेपछि आन्तरिक पर्यटकका लागि मात्रै नभई कैलालीको टीकापुर र बर्दियाको राजापुरसँगको दूरी नजिकिएको छ । पुल बनेपछि करिब २४ किलोमिटरको दूरी १५ किमीमा छोटिएको छ भने डुङ्गामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता सधैका लागि हटेको छ ।
“दुई जिल्लाको पर्यटकीय सम्भावनालाई जोड्नुका साथै स्थानीय नागरिकलाई आवागमनमा सहजता भएको छ”, स्थानीय प्रेमप्रसाद भण्डारी भने, “पुलसँग नजिकै रहेको टीकापुर पार्कमा पनि आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा छ । यसले पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयआर्जन वृद्धि हुने अपेक्षा छ ।” उनले पर्यटन प्रवर्द्धनसँगै टीकापुर र राजापुर क्षेत्रका नागरिकको दैनिक जीवन सहज हुने विश्वास व्यक्त गरे ।
विसं २०८४ असार ११ गतेसम्म समय पाएको थानी निर्माण सेवाले एक वर्षमा काम सम्पन्न गरेको जनाएको छ । विसं २०८२ असार ११ गते सम्झौता भएको उक्त आयोजनाको काम सम्पन्न भई पुल सञ्चालन भएको निर्माण कम्पनीका प्रबन्धक विक्रम बस्नेतले जानकारी दिए । “पुलको काम सम्पन्न गरेर आवागमन सञ्चालन भइसकेको छ”, उनले भने, “अब हस्तान्तरणको तयारी पनि हुँदैछ ।”
यही असार १२ गते पुल उद्घाटन गर्ने तयारी भएकामा विविध कारणले रोकिएको थियो । करिब रु १५ करोड ७३ लाख ९५ हजार ५२८ को लागतमा बनेको उक्त पुलको लम्बाइ ४८२ मिटर रहेको कम्पनीका प्रबन्धक बस्नेतले जानकारी दिए ।
“आवतजावतको सहजतमा मात्रै नभई कर्णाली नदीमा बनेको पुल पर्यटकको आकर्षण केन्द्र बन्न सक्ने सम्भावना छ”, स्थानीय सुन्दरलाल थारुले भने, “त्यसो हुँदा अन्य व्यावसायिक गतिविधि बढ्ने र स्थानीयको आम्दानीमा वृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।”
यसैगरी, कर्णाली नदीमा दुई वटा पुल निर्माणसम्पन्न भएका छन् । टीकापुर नगरपालिका हुँदै बर्दियाको गेरुवा गाउँपालिका जोड्ने सन्कट्टीस्थित कर्णाली नदीमाथि पनि पक्की पुल निर्माणसम्पन्न भएर आवागमन सञ्चालन भइसकेको छ । रासस
कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको गणना सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घको आयोजनामा आजदेखि तीन दिनसम्म हरिहाँसको गणना गरिनेछ ।
गणना टोलीमा आठ जना सहभागी छन् । तीन वटा उपसमूह बनाएर तीन वटा ब्लकमा एकसाथ गणना सुरु गरिएको नेपाल पन्छी संरक्षण सङ्घका स्थलगत परियोजना अधिकृत हिरुलाल डगौराले जानकारी दिए ।
उनका अनुसार घोडाघोडी सिमसार क्षेत्रमा प्रत्येक वर्ष जाडो र गर्मीयाममा सूचक प्रजाति हरिहाँसको गणना गरिँदै आइएको छ । जाडोयामको तुलनामा गर्मीयाममा हरिहाँसको सङ्ख्यामा कमी आउने उनले बताए ।
डगौराका अनुसार कैलालीको भजनी नगरपालिकास्थित लौकाहा–भौकाहा, घोरताल तथा सोनियाँ–रुपियाँलगायत सिमसार क्षेत्रमा हरिहाँसले प्रजनन (ब्रिडिङ) गर्ने गर्दछन् । प्रजननका लागि हरिहाँस जिल्लाका विभिन्न सिमसार क्षेत्रमा फैलिने भएकाले गर्मीयाममा घोडाघोडी क्षेत्रमा यसको सङ्ख्या जाडोयामको तुलनामा कम देखिने गरेको उनले बताए ।
गर्मीयामको गणनाअनुसार सन् २०२३ मा २१२, सन् २०२४ मा २२५ र सन् २०२५ मा १६४ वटा हरिहाँस यहाँ अभिलेख भएका छन् । जाडोयाममा भने सन् २०२२ मा ३९४, सन् २०२३ मा ३१६ र सन् २०२४ मा ४११ पुगेको थियो ।
सन् २०२५ मा यो सङ्ख्या घटेर ३७२ मा झरेको थियो । सन् २०२६ को जाडोयाममा भने हरिहाँसको सङ्ख्या ४२९ पुगेको तथ्याङ्क छ । सोही अवधिमा अन्य जलपंक्षीको सङ्ख्या भने क्रमशः घट्दै गएको तथ्याङ्कले देखाएको छ ।
यस वर्षको गर्मीयामको गणना सम्पन्न भएपछि हरिहाँसको वास्तविक अवस्था, वितरण तथा सङ्ख्याको विस्तृत विवरण सार्वजनिक गरिने पन्छी संरक्षण सङ्घका अधिकृत डगौराले बताए । हरिहाँससँगै घोडाघोडी सिमसार क्षेत्रमा पाइने अन्य जलपन्छीको पनि गणना गरिने उनले जानकारी दिए ।
घोडाघोडी ताल तराइकै ठूलो सिमसार क्षेत्रका रूपमा रहेको छ । सन् २००३ मा घोडाघोडीलाई विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको हो । त्यतिबेला हरिहाँसको सङ्ख्या एक हजार थियो ।
घोडाघोडी संरक्षणका लागि विभिन्न निकायले काम गर्दै आएका छन् । चराको उचित बासस्थान रहेकाले पनि यस क्षेत्रलाई २०७८ फागुन २७ फागुन गते नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो । घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर गोही, हरिहाँस र जङ्गली धान हुन् । रासस
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सवारी नियम उलंघन गर्नेलाई मात्रै नभइ पूर्वाधार निर्माणमा कमजोरी गर्नेलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा नेता शाहीले ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई कडा कानुनी सजाय गर्ने भन्ने चर्चा सुनिएको भन्दै सडक पूर्वाधार निर्माणमा कमजोरी गर्नेलाई पनि कडा कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए।
नागरिकले ट्राफिक नियम उल्लङ्घन गर्दा एक लाख रुपैयाँसम्म जरिवाना तिर्न सक्छन् भने राज्य पनि जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । उनले बाटोमा खाल्डो मात्र भेटियो भने एक लाख जरिवाना राज्यले तिर्ने,ट्राफिक बत्ती बिग्रेको अवस्था बनाएन भने एक लाख तिर्ने,ट्राफिक प्रहरीले रुखो व्यवहार गरेमा पचास हजार तिर्ने,राति सडकमा बत्ती बिग्रिएमा पचास हजार तिर्नुपर्ने कानुन ल्याउन कानुनमन्त्रीसमक्ष अपील गरे।
उनले कानुन जनता र सरकार मिलेर सहकार्यमा बनाउनुपर्नेमा जोड दिए । आम नागरिकसँगै राज्यलाई समेत उतरदायी बनाउने कानुन ल्याए संसदबाट पास गर्न सहयोग गर्ने उनको भनाइ छ ।
काठमाडौं- सरकारले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेश्रो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा प्रस्तुत गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक संसदमा प्रस्तुत गरेका हुन् ।
अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धिकरणको बिषयमा गरिने अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानूनमा तत्काल संशोधन गर्न आवश्यक भएकाले संसदको अधिवेशन नचलेको अवस्थामा सरकारले अध्यायादेश जारी गरेकोमा अहिले प्रतिस्थापन विधेयक पेश गरेको जानकारी दिए।
बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गरेकी छन् भने प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोश्रो संशोधन) विधेयक २०८३ सदनमा प्रस्तुत गरेकी छन् । त्यस्तै बैठकमा कानूनमन्त्री गौतमले प्रधानमन्त्रीको तर्फबाट महालेखा परीक्षकको ६३ औं प्रतिवेदन समेत पेश गरेकी छन् ।
डोटी । डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका–२ खरहरमा घरमा झ्याल–ढोका बनाउने क्रममा सोही ठाउँका अन्दाजी ५०-५१ वर्षीय हर्कबहादुर पल्ली मगरलाई अचानक करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार साँझ करिब ४ः४५ बजे स्थानीय डम्बरबहादुर पल्ली मगरको घरमा झ्याल–ढोका बनाउने क्रममा सोही ठाउँका हर्कबहादुर पल्ली मगरलाई अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक रण बहादुर चन्द जानकारी दिए ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा सजाय गर्ने गरी कानुन ल्याउन लागेकामा सुझाव दिएका छन् । आइतबार (असार १४) प्रतिनिधिसभा बैठकमा उनले जनतालाई दण्ड दिन मात्र कानुन बनाउन नहुने बताए ।
उनले राज्यले अपराध गरे जरिवाना तिर्ने कि नतिर्ने ? भनेर प्रश्न गरे । “नागरिकले एक लाखसम्म तिर्न सक्छन् भने तिर्नुपर्छ । नागरिकले जरिवाना तिर्छन् भने राज्यले अपराध गरे जरिवना तिर्ने कि नतिर्ने ? म प्रस्ताव राख्न चाहन्छु– यदि, नागरिकले एक लाख जरिवाना तिर्छन् भने २४ घण्टाभित्र बाटोमा खाल्डो मात्र भेटियो भने राज्यले एक लाख तिर्ने, ट्राफिक बत्ती बिग्रेकोमा बनाएन भने एक लाख तिर्ने, ट्राफिक प्रहरीले रुखो व्यवहार गरेमा ५० हजार तिर्ने, राति सडकमा बत्ती बिग्रिएमा ५० हजार तिर्ने,” उनले भने, “ट्रायल पास भएको सात दिनमा लाइसेन्स आएन भने ५० हजार तिर्ने । यदि, कुनै पनि नागरिकलाई सडकमा खाल्डो भएर, अवस्था बिग्रिएर सवारी दुर्घटना भयो भने सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने कानुन ल्याउन कानुनमन्त्रीलाई अपिल गर्न चाहन्छु ।”
कानुन बनाइँदा सम्बन्धित निकाय जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरूले मुलुकको सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे सदनमै पुनः स्पष्ट पार्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको आइतबार बैठक सुरू हुने वित्तिकै विपक्षी दलका सांसदहरू आ-आफ्नो सिटबाट उठेर विरोध जनाए।
विरोधमा उत्रिएपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई आफ्ना धारणा राख्न समय दिए। बोल्ने क्रममा नेपाली कांग्रेसका रेनुका काउँचाले प्रधानमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्ने विषयहरु पार्टीको महाधिवेशनमा प्रस्तुत हुनुले सदनको गरिमा घटाएको आरोप लगाए।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा. पुष्पराज कँडेलले पनि प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्नेमा जोड दिँदै सीमासम्बन्धी अभिव्यक्ति स्पष्ट पार्नुपर्ने बताए । उनले नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सरकारले पूर्वाग्रही भएर पक्राउ गरेको आरोप लगाए।
नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्नेतर्फ सरकारका प्रयास परिलक्षित हुनुपर्नेमा जोड दिए । उनले प्रदेशसभा खारेज गरी सङ्घीयताको पुनःसंरचना गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावप्रति विमति जनाए।
श्रम संस्कृति पार्टीका आरेन राईले राष्ट्रियतासँग सम्बन्धित विषयमा प्रधानमन्त्रीले सदनमा उपस्थित भएर स्पष्ट पार्नुपर्ने माग गरे। बैठक जारी छ।
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रास्वपाको प्रतिस्पर्धी शक्ति बन्ने जिकिर गरेको छ । यसपालिको निर्वाचनको हार सधैंका लागि नभएको भन्दै उसले पुन: प्रतिस्पर्धी शक्ति बनेर आउने जनाएको हो ।
आजको संसद बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलाल (शरद)ले भने, ‘हामी आवधिक चुनावमा यो पटक तपाईंहरुसँग हारेका हौं, सधैंका लागि हारेका होइनौं । हामी पुन: प्रतिस्पर्धी शक्ति बनेर आउने छौं । दायाँ आसनमा फेरि अरु पनि बस्न आइपुग्न सक्छन् भन्ने कुरा सत्तारुढ दललाई हेक्का दिलाउन चाहान्छु ।’
संसदीय निर्वाचनको संख्यामा सानो–ठूलो हुनु आवधिक परिणाम भएको बताउँदै उनले भने, ‘वास्तविकता के हो भने हामी विचारका बीज हौं । विचार सही भए, विचारको समय सापेक्ष विकास भए सारालाई प्रभाव पार्न सक्छ । जसरी एउटा सानो झिल्कोले सिंगो जंगल सखाप पार्न सक्छ ।’
उनले नेपालका प्रगतिशील, लोकतान्त्रिक एवम् वामपन्थी जनमतको पुन: सम्मान गर्दै देशको नेतृत्व गर्ने हाम्रो सपना बिचलित नभएको बताए । ‘हामी एकताबद्ध भएर नवीन विचार, नेतृत्व र पहलकदमीसहित अघि बढ्नेछौं । हामी स्वच्छ, प्रतिस्पर्धासहित राष्ट्र निर्माणमा अगाडि बढ्नेछौं,’ सांसद दुलालले भने ।
उनले सरकारको नेतृत्व गरेको दल रास्वपाको पहिलो महाधिवेशनबाट पारित दस्ताबेजमा ‘लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध’ आइरहेको टिप्पणी गरे । त्यसपछि आफूहरु सचेत रहेको बताउँदै उनले भने, ‘लोकप्रियताको सुन्दर घुम्टोले केमोफाइज भएर जनमत जितेको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई जिस्काइ जिस्काई सेबेटोज गर्न बढ्दै गएको कपट र षडयन्त्रप्रति हामी गम्भीर र सचेत छौं ।’
यद्यपि उनले महाधिवेशनबाट चुनिएको रास्वपाको नेतृत्व र सिंगो केन्द्रीय कमिटी टिमलाई बधाई दिए ।
काठमाडौं । एमाले सांसद पुष्प कँडेलले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको रिहाइ माग गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो माग गरेका हुन् ।
“एकजना उहाँ प्रतिस्पर्धी र वर्तमान प्रधानमन्त्रीलाई गत निर्वाचनमा गाडी उपलब्ध गराउने व्यक्तिका पोलको आधारमा समातिएको भन्ने समाचारहरू आएका छन्,” उनले भने, “उहाँको गिरफ्तारी गत चैतमा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको प्रतिशोधी गिरफ्तारीको अर्को रूप हो ।”
उनले गिरफ्तारी सम्पूर्ण विपक्षीलाई तर्साउन र एमालेलाई बद्नाम गर्ने उदेश्यले प्रेरित भएको बताए । पौडेल बेकसुर भएको उनको भनाइ छ । दोष अरुलाई देखाउने व्यवहार निन्दनीय भएको उनले बताए ।
“काँक्रो आफू खाने र बिँया अर्कोतिर लगाइदिने व्यवहार निन्दनीय छ,” उनले भने । पौडेलललाई असार ९ गते सम्पति सम्पति शुद्धीकरणमा पक्राउ गरिएको थियो ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार ७०० र चाँदी १४५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३२५ कायम भएको छ ।
गत शुक्रबार एक तोला सुन दुई लाख ७९ हजार १०० र चाँदी चार हजार १८० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस
काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गतको समूह चरणको सम्पूर्ण खेलहरू सकिएको छ। समूह चरणको खेलहरू सकिँदा नकआउट चरणको तालिका निश्चित बनेको छ।
राउन्ड अफ ३२ मा पहिलो खेल दक्षिण अफ्रिका र क्यानडाले खेल्नेछन्। त्यस्तै दोस्रो खेलमा ब्राजिल र जापान ले खेल्ने तय भएको हो।
राउन्ड अफ ३२ को तालिका :
दक्षिण अफ्रिका भर्सेस क्यानडा -२९ जुन
ब्राजिल भर्सेस जापान- जुन२९
जर्मनी भर्सेस पराग्वे- जुन३०
नेदरल्यान्ड्स भर्सेस मोरक्को-जुन ३०
आइभरि कोस्ट भर्सेस नर्वे- जुन ३०
फ्रान्स भर्सेस स्विडेन – जुलाई १
मेक्सिको भर्सेस इक्वेडर -जुलाई १
इङ्ल्यान्ड भर्सेस डिआर कंगो – जुलाई १
बेल्जियम भर्सेस सेनेगल – जुलाई २
अमेरिका भर्सेस बोस्निया एन्ड हर्जगोभिना -जुलाई २
स्पेन भर्सेस अस्ट्रिया – जुलाई ३
पोर्चुगल भर्सेस क्रोएसिया- जुलाई ३
स्विट्जरल्यान्ड भर्सेस अल्जेरिया – जुलाई ३
अस्ट्रेलिया भर्सेस इजिप्ट- जुलाई ३
अर्जेन्टिना भर्सेस केप भर्डे – जुलाई ४
कम्बोडिया भर्सेस घाना-जुलाई ४
काठमाडौं– संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक बस्दैछ। आइतबार बिहान ११ बजे बस्ने बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ।
यसैगरी बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सोही विधेयकलाई बैठकमा प्रस्तुत गर्ने लगायत कार्यसूची छ।
काठमाडौं । फिफा विश्वकप २०२६ मा लियोनल मेसी भर्सेस क्रिस्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धा होला कि नहोला भन्ने धेरै समर्थकहरुलाई चासो थियो ।
उत्तर अमेरिकामा भइरहेको विश्वकप फुटबलको महाकुम्भमा कीर्तिमानी छैटौं पटक विश्वकप खेलिरहेका अर्जेन्टिनाका मेसी र पोर्चुगलका रोनाल्डोबीचको प्रतिस्पर्धा हेर्न धेरै समर्थक इच्छुक थिए ।
अर्जेन्टिना र पोर्चुगल आप्नो समूहको विजेता बन्दै अघि बढेमा क्वाटरफाइनलमा यी दुई टोली भेट हुने सम्भावना थियो । जहाँ मेसी र भर्सेस रोनाल्डोको खेल हेर्ने पाइनेमा आशामा विश्वभरका फुटबल समर्थकहरु प्रतिक्षा गरिरहेका थिए । धेरैका लागि यो ड्रिम खेल थियो ।
तर पोर्चुगलले पछिल्लो खेलमा कोलम्बियासँग बराबी खेलेपछि अर्जेन्टिना र पोर्चुगलबीच तत्काल खेल हुने सम्भावना टरेको छ ।
मेसीको अर्जेन्टिना समूह जे को विजेता बन्दा रोनाल्डोको पोर्चुगल भने समूह के को उपविजेता बन्यो । यसले गर्दा यी दुई टोली अब फरक-फरक पुलबाट अघि बढ्नेछन् ।
यदी दुवै टोलीले जित हात पार्दै अघि बढेमा मात्र मेसी र रोनाल्डोको खेल हुने सम्भावना रहन्छ । त्यो पनि फाइनलमा मात्र ।
अब मेसी भर्सेस रोनाल्डो खेल हुनका लागि अर्जेन्टिना र पोर्चुगलले नकआउट चरणमा चारवटै खेल जित्नुपर्नेछ ।
काठमाण्डौ। यसपाली देशमा मनसुन भित्रिएको एक हप्तासम्म पनि कमजोर रहिरहेका बेला आउँदो बुधवारदेखि देशभर वर्षाको संभावना रहेको मौसमविद्ले बताएका छन् । पर्यावरण तथा मौसमबिज्ञ उज्जवल उपाध्यायका अनुसार आउँदो बुधवारदेखि देशका सबैजसो ठाउँमा वर्षाको संभावना छ ।
उनका अनुसार पश्चिम र सुदुरपश्चिममा भने बिहिवार वर्षा हुनेछ । धान रोपाइँका लागि आकासे पानीको भर पर्नेहरुका लागि केही दिनको वर्षाका कारण आउँदो शुक्रवार उपयुक्त हुने मौसमविद्को भनाई छ ।
पूर्वमा मेचीदेखि पश्चिममा नारायणी नदीबीचका तराई क्षेत्रमा भने आउँदो मंगलवार नै राम्रो वर्षा हुने संभावना छ । पूर्वी पहाड तथा मध्यपहाडका केही ठाउँमा भने आज भोलि पनि वर्षाको संभावना छ ।
अर्को हप्ता अर्थात असार २२ गतेदेखि २९ गतेको बीचमा भने देशभर नै अलि ठूलो वर्षाको संभावना रहेको मौसमविद् उपाध्यायले बताए ।
यसैबीच अबको ३/४ दिनभित्र मनसुन देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलवारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार हुने सम्भावना छ ।
यसवर्ष सरदर मिति भन्दा ६ दिन ढिला गरी गएको असार ५ गते पूर्वमा प्रवेश गरेको मनसुन असार ८ देखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो । तर मनसुन कमजोर अवस्थामै छ ।
धनगढी- धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका निमराज चौधरीका १० वर्षीय छोरा तनुज चौधरी बुधबार दिउँसो घरबाट साइकल चढेर निस्किएका थिए । केही पर पुगेपछि उनले आफ्नै उमेर समूहका साथी राम चौधरी (नाम परिवर्तन) लाई भेटेका थिए ।
रामले गौरीगंगा नगरपालिका–६ मोयामा आफ्ना बुवा खेतमा रोपाइँ गरिरहेको भन्दै आफू त्यतै जाँदै गरेको बताए । छिमेकी तथा दौंतरी रहेका रामसँगै तनुज पनि मोया जान तयार भए । दुवै जना छुट्टाछुट्टै साइकल चलाएर रामका बुवा दिलखुस चौधरीले रोपाइँ गरिरहेको खेतमा पुगेका थिए ।
दिलखुस रोपाइँमा व्यस्त रहेकै बेला तनुज र राम खेत नजिकैको खोलामा गंगटा मार्न गएका थिए । उनीहरूले मारेका गंगटा दिलखुस चौधरी, रोपाइँमा सघाउन आएका विष्णु चौधरी, स्थानीय टेक कठायत र उनका छोरा खगेन्द्र कठायतले पोलेर खाएका थिए । उनीहरूले गंगटासँगै घरेलु मदिरासमेत सेवन गरेका थिए ।
त्यो बेला तनुज र राम पनि उनीहरूसँगै थिए । गंगटा खाइसकेपछि दुवै जना नजिकै रहेको कठायतका आफन्तको घरमा पानी पिउन गएका थिए । पानी पिएपछि उनीहरू छुट्टिए । रामले आफू बुवासँगै आउने बताएपछि तनुज भने एक्लै घर फर्किने भन्दै हिंडेको बयान ती बालकले प्रहरीलाई दिएको स्रोतले जनाएको छ ।
साँझ करिब ६ बजे गौरीगंगा–६ मोयाबाट नजिकै रहेको धनगढी–१७ उत्तरखैरेनी शिविर फर्किने भन्दै निस्किएका तनुज घर नपुगेपछि परिवारले खोजी थालेको थियो ।
तनुज बेपत्ता भएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयले संयुक्त रूपमा खोजी गर्ने क्रममा शुक्रबार धनगढी र गौरीगंगाको सीमा क्षेत्रमा पर्ने कालिका सामुदायिक वनभित्र उनको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला पारे ।
कच्ची सडकबाट करिब ४० मिटरभित्र जंगलमा तनुजको शव भेटिएको हो । उनी चढेको साइकल, कालो प्लास्टिकको झिल्ली तथा गंगटाका अवशेष शव नजिकै फेला परेको प्रहरीले जनाएको छ । तनुजका चप्पल पनि घटनास्थल नजिकै भेटिएका छन् ।
शव आंशिक रूपमा सड्न थालेको अवस्थामा भए पनि घटनास्थल वरपर रगतका छिटा देखिन्थे । रगतले लतपतिएका ढुंगा, कच्ची सडकदेखि शव रहेको स्थानसम्म फेला परेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । बेपत्ता बालक जंगलभित्र हत्या गरिएको अवस्थामा भेटिएपछि कैलाली प्रहरीले घटनाको गम्भीर अनुसन्धान गरिरहेको छ ।
घटनास्थलको प्रकृति र प्रारम्भिक अनुसन्धानका आधारमा, बालकको हत्या गरिएको निष्कर्षमा प्रहरी पुगेको स्रोतले जनाएको छ । हत्याको कारण भने बालकले कानमा लगाएको सुनको मुन्द्रा हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
मृतककी मामली बज्यै अनितादेवी चौधरीका अनुसार तनुजले एउटा कानमा करिब एक आना बराबरको सुनको मुन्द्रा लगाएका थिए । सोही मुन्द्रा लुट्ने उद्देश्यले नातिको हत्या गरिएको आशंका गर्दै उनले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेकी छन् ।
प्रहरीले पनि घटनास्थलमा बालकको कानको मुन्द्रा नभेटिएकाले लुटपाटपछि हत्या भएको हुनसक्ने जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार तनुज बेपत्ता भएको दिन उनीसँगै रहेका नाबालक साथीसहित चार जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा नाबालक, उनका बुवा दिलखुस चौधरी, विष्णु चौधरी र स्थानीय टेक कठायत रहेका छन् । तर, बालकसँगै गंगटा खाएका करिब २५ वर्षीय खगेन्द्र कठायत भने फरार छन् । प्रहरीले उनको खोजी तीव्र बनाएको जनाएको छ ।
घटनाको प्रकृति, पक्राउ परेकाहरूको बयान तथा प्रारम्भिक अनुसन्धानका आधारमा खगेन्द्र कठायतसहितको संलग्नतामा बालकको हत्या गरी सुनको मुन्द्रा लुटिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
जिल्ला प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान जारी रहेको र शंकास्पद व्यक्तिको खोजी भइरहेकाले अहिले नै निष्कर्षमा पुग्न नसकिने जनाएको छ । अनुसन्धान प्रभावित हुन सक्ने भएकाले प्रहरीले पक्राउ परेकाहरूको परिचयसमेत हाल गोप्य राखेको छ । -अनलाइनखबरबाट
काठमाण्डौ- सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले पाँच वर्ष नाघेका मुद्दाहरूलाई छिटो किनारा लगाउने अदालतको लक्ष्यमा नवयुवाको आन्दोलनले चुनौती थपेको बताएका छन् ।
गएको वर्ष आठ वर्ष पुराना मुद्दाहरू फछर्यौट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष पाँच वर्ष नाघेका मुद्दाहरूलाई शुन्यमा झार्ने लक्ष्य लिएको थियो । तर भदौ २३ र २४ गतेका घटना र त्यसपछिको परिस्थितिले लक्ष्य प्राप्तिमा अवरोध पुगेको न्यायाधीश पौडेलले बताए ।
उनले प्रतिकूल परिस्थितिका बाबजुद पनि आगामी दिनमा कार्यसम्पादन बढाएर लक्ष्य प्राप्ति गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । न्यायाधीश पौडेलले न्यायालय सधैँ स्वतन्त्र न्यायपालिकाको हिमायती रहेको र रहने स्पष्ट पारे ।
यो कठिन अवस्था नआएको भए असार मसान्तसम्म ५ वर्ष नाघेको कुनै पनि मुद्दा बाँकी नरहने उनले उल्लेख गरेका छन् । अस्वाभाविक रूपमा भदौ २४ गतेको घटनापछि मिसिलसम्बन्धी उत्पन्न परिस्थितिले न्यायलयलाइै निकै पछाडि धकेलेको र यो वर्ष मुद्दाको सङ्ख्या पनि बढ्न सक्ने उनले बताए ।
अदालतले न्याय सम्पादनलाई शिघ्र र प्रभावकारी बनाउन प्रयास जारी राखेको बताउँदै उनले परिस्थितिलाई बुझिदिन आम जनसमुदायलाई आग्रह समेत गरे ।
उनले सञ्चारमाध्यमलाई न्यायपालिकाको आवाज जनमानसमा पु¥याउने सहयात्री र परिपूरकका रूपमा चित्रण गरे । पछिल्लो समय चर्चामा रहेको ‘मिडिया ट्रायल’ र समाचार संप्रेषणको सीमाका सम्बन्धमा उनले सर्वोच्च अदालतबाट भएका विभिन्न फैसलाहरूले यसको परिधि स्पष्ट पारिसकेको बताए ।
काठमाण्डौ- बर्डफ्लुको संक्रमण तीव्र बनेपछि सरकारले भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने काम सुरु गरेको छ । ११ वटा जिल्लाको ८२ ठाउँमा संक्रमण पुष्टि भइसकेकोमा फैलने क्रम तीव्र बनेपछि सङ्क्रमित भाइरसमा आनुवंशिक परिवर्तन भए-नभएको थाहा पाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा जिन विश्लेषण सुरु गरिएको पशुसेवा विभागले जनाएको छ ।
काठमाण्डौ उपत्यकामा देखिएको भाइरसको नमुनाबाट यो विश्लेषण भइरहेको विभागले जनाएको छ । यसबाट भाइरस कस्तो किसिमको र कहाँबाट आएको हो भनी पत्ता लगाइन्छ । नयाँ भेरियन्ट भएमा थप संक्रामक हुन सक्ने भएकाले खोप र उपचार विधिमा पनि सुधार आवश्यक पर्न सक्छ ।
काठमाण्डौ, ललितपुर, भक्तपुर तथा काभ्रेका केही क्षेत्रमा संक्रमण अझै देखिइरहेकाले विशेष निगरानी बढाएको विभागका महानिर्देशक डा.उमेश दाहालले जानकारी दिए ।
विभागले पन्छीपालक किसानलाई फार्ममा जैविक सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनःप्रयोग नगर्न, ढुवानीका साधन पूर्ण निसङ्क्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन तथा जङ्गली पन्छीसँग घरपालुवा पन्छीको सम्पर्क हुन नदिन आग्रह गरेको छ ।
साथै पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा भेटेरिनरी प्रमाणपत्र अनिवार्य लिन, नियमित खोप लगाउन तथा फार्ममा अस्वाभाविक रूपमा धेरै पन्छी बिरामी वा मरेको देखिए तत्काल नजिकको पशुसेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ ।
धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकारवाला सबै निकाय जिम्मेवार बन्नुपर्ने बताएका छन्। शनिबार धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले नागरिकको जिउधन र राज्यको सुरक्षामा सरकार, सुरक्षा निकाय, अदालत तथा सञ्चार क्षेत्रको महत्त्वपूर्ण भुमिका हुनेमा जोड दिए ।
“राज्यका सम्पूर्ण निकायहरू एकअर्काका परिपूरक हुन।,” मुख्यमन्त्री शाहले भने, “राज्यका सबै निकायबीच समन्वय र सहकार्य भयो भने मात्रै प्रभावकारी नतिजा हासिल गर्न सकिन्छ ।,” जनताको सुरक्षालाइ केन्द्रविन्दुमा राखेर काम गरे मात्रै नागरिकको भरोसा जित्न सकिने स्पष्ट पार्दै मुख्यमन्त्री शाहले सरकार र नेपाल प्रहरीबिचको आपसी समन्वय र सहकार्यबाट सम्भब हुने बताए ।
उनले अपराध अनुसन्धानका क्षेत्रमा देखिएका कमजोरी सुधार गर्दै प्रदेशभर एकरूप कार्यशैली विकास गर्नुपर्नेमा जोड दिए। नेपाल प्रहरीको अनुसन्धान प्रणालीलाई अझ प्रभावकारी, व्यावसायिक तथा नतिजामुखी बनाउन स्पष्ट रणनीति तय गरी कार्यान्वयन गर्नुपर्ने मुख्यमन्त्री शाहको भनाइ थियो।
धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाही र लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमलेशप्रसाद यादवबीच देखिएको विवाद आपसी सहमतिमार्फत समाधान भएको छ। सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयमा भएको वार्तामा दुवै पक्षले आपसी समन्वय, सहकार्य र सम्मानका साथ अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। वार्तामा सामाजिक विकास मन्त्री बेलबहादुर रानामगर तथा प्रदेशसभा सदस्य दिवानसिंह विष्ट सहभागी थिए।
छलफलपछि अस्पतालको गरिमा कायम राख्ने, कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने तथा सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी अघि बढ्ने सहमति भएको जनाइएको छ। केही समयदेखि अस्पताल सञ्चालन र व्यवस्थापनका विषयलाई लिएर नगरप्रमुख शाही र निमित्त मेसु यादवबीच विवाद चर्किएको थियो।
विवाद सार्वजनिक भएपछि सामाजिक विकास मन्त्रालय, चिकित्सक संघलगायत सरोकारवाला निकायहरूले स्वास्थ्यकर्मीको पेशागत मर्यादा, सुरक्षित कार्य वातावरण र स्वास्थ्य सेवामा गैरकानुनी हस्तक्षेप अस्वीकार्य हुने भन्दै धारणा सार्वजनिक गरेका थिए। वार्तापछि दुवै पक्षले विगतका असमझदारी अन्त्य गर्दै संवाद र सहकार्यका माध्यमबाट लम्कीचुहा प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसअघि नगरप्रमुख शाहीले स्थानीय तहसँग आवश्यक सहमति नगरी लम्की अस्पताललाई प्रादेशिक अस्पताल बनाइएको आरोप लगाउँदै मुख्यमन्त्री कमलबहादुर शाहको खुलेर विरोध गर्दै आएकी थिइन्। मुख्यमन्त्री शाहले भने शाही विदेश भ्रमणमा रहेका बेला अस्पतालको प्रादेशिक संरचनाको उद्घाटन गरेका थिए। अहिले डाक्टर यादव र मेयर शाहीबीचको विवाद मिलाउन मुख्यमन्त्री शाह इतर पक्षले भूमिका खेलेको बताइन्छ। शाहलाई मुख्यमन्त्रीबाट हटाउने अभियानमा सक्रिय प्रदेशसभा सदस्य दिवानसिंह विष्टको पहलमा डाक्टर र मेयरबीच सहमति जुटेको चर्चा छ।
यसअघि अस्पताल विवाद समाधानका लागि मुख्यमन्त्री र मेयरका छुट्टाछुट्टै प्रस्ताव सार्वजनिक भए पनि एकअर्काका प्रस्ताव स्वीकार नगर्दा सहमति हुन सकेको थिएन। अन्ततः प्रदेशसभा सदस्य विष्टकै आग्रहमा मेयर शाही डाक्टरसँग सहमति गर्न तयार भएकी बताइन्छ।
काठ्माण्डौ- जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा देखिने भएका छन्।
कार्यक्रमको प्रमुख अतिथिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने छिन्। उक्त कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सह-संयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने भएका छन्।
विशेषगरी एमाले अध्यक्ष ओली र नेकपाका सह-संयोजक माधव नेपाल लामो समयपछि एउटै मञ्चमा देखिने भएका हुन्।
मदन भण्डारी फाउन्डेसनले असार १४ गते दिउँसो १ः३० बजे राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ आयोजना गरेको छ।
काठमाडौं । चलचित्र ‘लालिबजार’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ । वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको ‘लालीबजार’ले आज (शनिबार) प्रदर्शनको ५१औँ दिन पूरा गरेको हो ।
‘लालीबजार’ले क्यूफएक्स अन्तर्गत भक्तपुर, सिभिल मल, सिटी स्क्वायर, कमलपोखरीको बिग मुभिज, सुन्धाराको सीडीसी सिनेमाज, सितापाइलाको सिके सिमाज, न्युरोडको रञ्जना सिनेप्लेक्स, फ्रेन्ड्स सिनेमाज बुटवल र इलाम, नेपालगञ्जको सिने रोयल प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ ।
कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराईले चलचित्रको पाएको सफलतालाई दर्शकसँग साट्न दिनभर विभिन्न हलमा पुगेर दर्शक भेट गर्ने बताए ।
यस वर्ष हालसम्म प्रदर्शनमा आएका नेपाली फिल्महरूमध्ये ‘लालीबजार’ व्यावसायिक रूपमा सबैभन्दा सफल फिल्ममध्ये एक बनेको छ । घरेलु बक्सअफिसमा ९ करोड रुपैयाँभन्दा बढी ग्रसकलेक्सन गरिसकेको फिल्मको यात्रा अहिले १० करोड क्लबतर्फ उन्मुख छ ।
चलचित्रको निर्देशन यम थापाले गरेका हुन् । स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डेलगायतको अभिनय छ ।
नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रिया तत्काल स्थगन गर्न साउदी सरकारसँग औपचारिक आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र वैदेशिक रोजगारीमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले सरकारले यस्तो आग्रह गरेको हो।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए म्निखर तथा प्रथम सचिव अब्दुल रहमान के घोषोमसँग शनिबार भएको शिष्टाचार भेटका क्रममा उक्त विषयमा विशेष ध्यानाकर्षण गराएका हुन्।
भेटमा मन्त्री यादवले साउदी अरब जान तयारी अवस्थामा रहेका नेपाली श्रमिकहरू सीप प्रमाणीकरण प्रक्रियासम्बन्धी अन्योलका कारण समस्यामा परेको उल्लेख गर्दै उक्त प्रक्रिया तत्काल स्थगन गरी भिसा प्रक्रिया यथावत् सञ्चालन गर्न आग्रह गरे। उनले श्रमिकहरूको रोजगारीमा कुनै अवरोध नआउने वातावरण सुनिश्चित गर्न पनि अनुरोध गरे।
मन्त्री यादवले सीप प्रमाणीकरणसँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श, आपसी सहमति र स्थापित संयन्त्रमार्फत समाधान गरिनुपर्नेमा जोड दिँदै कुनै पनि नयाँ व्यवस्था लागू गर्नुअघि दुवै देशबीच पर्याप्त समन्वय आवश्यक रहेको बताए।
जवाफमा साउदी राजदूत म्निखरले यस विषयमा साउदी सरकारसँग आवश्यक परामर्श गरी थप जानकारी उपलब्ध गराइने जानकारी दिएका छन्।
कैलाली- कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले स्पष्टीकरण सोधेको छ। नेकपाले उनलाई २४ घण्टाभित्र लिखित रूपमा स्पष्टीकरण दिन निर्देशन समेत दिएको छ।
उपाध्यक्ष गिरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएको भन्दै पार्टीको सुदूरपश्चिम प्रदेश समितिले उनीसँग स्पष्टीकरण मागेको हो। प्रदेश संयोजकले जारी गरेको विज्ञप्तिमा गिरी तत्कालीन नेकपा (माओवादी केन्द्र) को तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएको उल्लेख छ। साथै स्पष्टीकरणमा संघीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई सहयोग नगरेको आरोप छ।
गिरी चितवनमा भएको रास्वपाको महाधिवेशनमा सहभागी हुन चितवन गएका कारण गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने गाउँसभामा उपस्थित नभएको बताइएको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिकाको उपाध्यक्ष बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक रहने व्यवस्था छ।
कैलाली । टीकापुर नगरपालिकाको सामी कार्यक्रमले यहाँका महिलालाई वित्तीय साक्षरता कक्षा दिएपछि सीप सिकेर आत्मनिर्भर बन्न थालेका छन् । वैदेशिक रोजगारीमा रहेका परिवारका महिलाले श्रीमान्को कमाइ बचत गर्नुका साथै सीपमार्फत आफूहरू स्वरोजगार बन्न थालेका हुन् ।
‘स्वदेशमा रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र सीप सिकेर मात्र जाऔँ’ भन्ने नाराका साथ वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि सामी कार्यक्रमले सघाउँदै आएको छ । सामीले मनोसामाजिक परामर्श सेवा र वित्तीय साक्षरता कक्षामा सहभागी गराएपछि आफूहरूको जीवन फेरिनुका साथै आयआर्जनका कार्यमा लागेका महिलाहरू बताउँछन् ।
वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि टीकापुरको सत्तीकी विपना गुरुङमा आत्मविश्वास बढेको छ । उनले दैनिक जीवनमा आइपर्ने व्यवहारिक ज्ञान, रकमको महत्वलगायत बारेमा बुझेको बताउँदै विदेश जानै परे सीप सिकेर मात्रै जानुपर्छ भन्ने जानकारी पाएको उल्लेख गरिन् ।
विपनाका श्रीमान् सुरुमा विदेश जाँदा तालिमबिना गएका थिए । उनले विदेशमा धेरै कठिन काम गर्नुपर्यो । सीप सिकेर मात्रै विदेश जानुपर्छ भन्ने सिकेपछि विपनाका श्रीमान् पछिल्लो पटक स्वदेश फर्किएर तालिम लिएपछि वैदेशिक रोजगारीमा गएको उनले बताइन् । “राम्रो कमाइ भइरहेको छ । वित्तीय साक्षरता कक्षापछि विपनाले टीकापुर नगरपालिकाले दिएको वेतबासका फर्निचर निर्माणसम्बन्धी ४५ दिने तालिम लिनुभयो”, उनले भनिन् ।
तालिमपछि सत्तीमा विपनाले रोजगारी पाएकी छन् । अहिले उनको कमाइले घर खर्च चलेको छ भने श्रीमान्को कमाइ बचत हुने गरेको छ । “पहिला घर खर्च धेरै हुन्थ्यो, श्रीमान्को कमाइ घर खर्चमै सकिन्थ्यो”, उनले भनिन्, “पालिकाले तालिम दिएपछि सीप सिकेर स्थानीय तिलगङ्गा बेतवास फर्निचर उद्योगमा काम गरिरहेकी छु । अब म घरमै बसेर बेतवासका फर्निचर बनाएर कमाउन सक्छु ।”
वित्तीय साक्षरता कक्षामा वैदेशिक रोजगारीमा जाने परिवारका महिला सदस्यलाई विदेशको कमाइ कसरी बचत गर्ने र स्वदेशमै आयआर्जन गरी आम्दानीका स्रोत कसरी बढाउने भन्ने विषयमा सिकाइन्छ । उनीहरूको अनावश्यक खर्च घटाउने, खर्च र आम्दानीको हिसाबकिताब राख्नेलगायत दैनिक अनावश्यक पर्ने विषयमा सचेत भइएको तालिममा सहभागी महिला बताउँछन् । यस वर्ष टीकापुरका दुई ठाउँमा वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको थियो ।
पना जस्तै टीकापुर नगरपालिका–२ कोठारपुरकी सीता चौधरीको वित्तीय साक्षरता कक्षापछि जीवन फेरिएको छ । श्रीमान् विदेशमा हुँदा उनको कमाइ पर्खेर बस्ने सीतालाई तालिमपछि खर्च र आम्दानीको लेखाजोखा, सीप सिकेर स्वरोजगार बन्नुपर्छ भन्ने ज्ञान भएपछि उनले पनि मेड्पा कार्यक्रमअन्तर्गत तालिम लिइन् ।
सुरुमा सिलाइकटाई तालिम लिएर अरुको पसलमा काम गरेकी सीता अहिले आफैँले टेलर सञ्चालन गर्दै आएकी छिन् । पसलबाट प्रशस्त आम्दानी भइरहेकाले दैनिक पाँच जनाले यहाँ नियमित रूपमा सिलाइकटाई सिकिरहेका उनले बताइन् । “अब म कपडा सिलाएर कमाइ गर्ने र अरूलाई पनि सिकाउने भएकी छु”, उनले भनिन्, “मैले समयमा सीप सिक्न पाएँ, कमाइ गर्न थालेपछि श्रीमान् पनि खुसी हुनुभएको छ ।”
वित्तीय साक्षरता कक्षामा सहभागी धेरै महिलाको पछिल्लोसमय जीवन फेरिएको छ । टीकापुरको अस्नेहरीकी सीता चौधरीले पनि वित्तीय साक्षरता कक्षामा सहभागी भएर नास्ता पकाउने तालिम लिएकी छिन् । योसँगै नजिकै रहेको विद्यालयमा भान्से पदमा रोजगारी गर्ने सल्लाह भइरहेको उनले बताइन् ।
सीताले खाना पकाउँदा बिजुलीको बचत कसरी गर्ने, आगोको बचत कसरी गर्ने, आफू सुरक्षित कसरी हुने र बालबालिकालाई गलत बाटोमा लाग्नबाट कसरी जोगाउने भन्ने बारेमा पनि सिकेकी छिन् । उनका श्रीमान् पाँच वर्ष मलेसिया बसेर घर फर्किएका छन् । अहिले काठमाडौँमा सीप सिक्दै छन् ।
सीप सिकेर फेरि विदेश जाने तयारीमा श्रीमान् रहेकाे सीताले बताइन् । “मैले घरमै पनि महिलाले अनावश्यक हुने खर्च कसरी बचत गर्न सक्छन् भन्ने सिकेँ”, उनले भनिन, “आजभोलि मेरो घरमा पानी र बिजुलीको बिल पनि पहिलेको तुलनामा घटेको छ ।”
टीकापुर–१ की उर्मिला खड्काले विदेश जाँदा राहदानी मात्रै चाहिन्छ भन्ने बुझेकी थिइन् । वित्तीय कक्षामा सहभागी भएपछि विदेश जाँदा अन्य कागजात पनि चाहिन्छ, कागजातको फोटोकपी परिवारका सदस्यले पनि राख्नुपर्छ भन्नेबारे जानकारी पाएको उनले बताइन् ।
परिवारका सदस्यले पनि आयआर्जनका कार्यमा लाग्नुपर्छ भन्ने बुझाइको विकास भएको खड्काले बताए । “विगतमा आफ्नो बारीमा फलेको तरकारी छिमेकीलाई बाड्ने, बचेको गाईवस्तुलाई खुवाउने गर्थेँ”, उनले भने, “आजभोलि बिक्री गर्न थालेकी छु । मैले पनि सिलाइकटाई तालिम सिकेकी छु । अब कामको खोजीमा छु । घरायसी खर्च घटाउन थालेको छु ।”
सामी परियोजनाका स्वयंसेवक धनबहादुर बुढामगरले विसं २०७० देखि निरन्तर रूपमा वैदेशिक रोजगारी सुरक्षित बनाउँदै परिवारको सहज जीवनका लागि सामी कार्यक्रममा काम गरिरहेको बताए । उनले भने, “१३ वर्षअघिको वैदेशिक रोजगारीको सुरक्षा र अहिलेको वैदेशिक रोजगारीमा जानेको अवस्था फेरिएको छ । हामी जस्ता स्वयंसेवकका बारेमा स्थानीय सरकारले विशेष कार्यक्रम ल्याएर सम्बोधन गर्नुपर्छ ।”
टीकापुर–१ का वडाध्यक्ष मोहनलुहार विकले सामी कार्यक्रमले वैदेशिक रोजगारीमा गएका परिवारको सुरक्षा र वित्तीय बचतमा सघाँएको बताए । उनले तालिम सिकिसकेकाहरू उद्यमी बन्ने तथा व्यवसाय सुरु गर्न सक्षम हुने उल्लेख गरे । “हामी सीप सिकेर व्यवसाय गर्नेलाई जहिले सघाउँछौँ । हामीसँग सीप सिकाउने रोजगार सेवा केन्द्र, मेड्पालगायत कार्यक्रम छन्”, उनले भने, “सीपपछि व्यवसाय गर्नेलाई समन्वय र अन्य सहयोग पनि जुटाइदिने छौँ ।”
वडा नं ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले हाम्रो समाजका पुरुष अधिकांश विदेशमा, केही कृषि कर्ममा लागेका र केही लागुऔषध दुव्यर्सनमा फसेका भन्दै यस्ता सीपले उनीहरूलाई व्यस्त बनाउँदै लागुऔषध दुव्यर्सन मुक्त बनाउन पनि सहयोग गर्ने बताए । उनले विदेशको कमाइ व्यवस्थापनमा महिलाको ठुलो जिम्मेवारी हुने बताउँदै वित्तीय कारोबार गर्दा सचेत र जिम्मेवार हुनका साथै फजुल खर्च घटाउन सुझाव दिए ।
टीकापुर नगरपालिकाका रोजगार शाखा प्रमुख दिनेशराज शर्माले पालिकाले एकीकृत रूपमा सीपमूलक तालिम दिन प्रयास गरिरहेको बताउँदै सङ्घ सरकारको कार्यविधि आइसकेकाले सहकार्य गरी एकीकृत रूपमा उद्यमी बन्न चाहने, सीप सिक्न चाहनेका लागि तालिमका अवसर सिर्जना गरिने जानकारी दिए ।
टीकापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी ओडले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुका साथै कमाइ सही सदुपयोग गर्नुपर्नेमा परिवारका सदस्यसमेत सचेत हुनुपर्ने बताए ।
सामी कार्यक्रमका मनोसामाजिक परामर्शकर्ता मीना कुँवरले वैदेशिक रोजगारीले मानसिक समस्या हुनसक्ने भएकाले परिवारका सदस्य काममा व्यस्त रहनुपर्ने बताइन् । “हामीले समस्यामा रहेकालाई मनोसेवा दिने गरेका छौँ, यसका साथै वित्तीय साक्षरता कक्षामार्फत आयआर्जनका कार्यमा लाग्न हौसला दिन्छौँ”,उनले भनिन्, “विदेश र स्वदेशको कमाइ सही ठाउँमा लगानी गर्न, सुरक्षित कारोबार गर्न सिकाउने गरेका छौँ ।” रासस
टीकापुर। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदूरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक क्याम्पसको अतिक्रमणमा परेको जग्गा प्रयोगमा ल्याइने गरी काम अघि बढेको बताएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले टीकापुर क्याम्पसको अतिक्रमणमा परेको ३०० बिघा जमिन प्रयोगमा ल्याउन काम सुरु भइसकेको स्पष्ट पारेका हुन् ।
मन्त्री पोखरेलले विश्वविद्यालयबाट दीक्षित हुने विद्यार्थीको सङ्ख्या विगतको तुलनामा दोब्बर बढेकामा सराहना गरे । ‘यसअघि एक हजार ३०० विद्यार्थी दीक्षित हुनुभएको रहेछ’, उनले भने, ‘अहिले दुई हजार ४०० भन्दा बढी विद्यार्थी दीक्षित हुनुभएको छ ।’ स्थानीय नागरिकको भावनाअनुरुप विश्वविद्यालयमा विभिन्न विषय र सङ्काय थप गरिने बताउँदै मन्त्री पोखरेलले भने, ‘विश्वविद्यालयबाट प्राप्त ज्ञान र सीप दैनिक जीवनमा प्रयोग गर्नुहोला ।’
विश्वविद्यालयका छवटै सङ्कायका स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी तहका विद्यार्थीहरू एकैपटक दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहका अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने विभिन्न छात्रछात्रालाई चान्सलर, भाइस चान्सलर, स्वर्ण पदक तथा डिन पदक प्रदान गरियो ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार व्यवस्थापन सङ्कायका निशान्त चन्दले चान्सलर पदक र कृषि विज्ञान सङ्कायका कैलाशराज भट्टले भाइस चान्सलर पदक प्राप्त गरेका छन् । यसपटकको दीक्षान्त समारोहमा उक्त विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गर्ने पहिलो महिला छात्राका रूपमा डा. तुलसीकुमारी शर्मा समेत दीक्षित भएकी छन् । रासस
काठमाण्डौ – अबको ३-४ दिनभित्र मनसुन देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार हुने सम्भावना छ । यस वर्ष सरदर मिति भन्दा ६ दिन ढिला गरी गएको असार ५ गते अर्थात् (जुन १९ तारिख)मा पूर्वमा प्रवेश गरेको मनसुन असार ८ देखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो ।
तर मनसुन कमजोर अवस्थामै छ । देशका बाँकी ठाउँमा अहिले पनि पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । पानी पर्न नसक्दा लुम्बिनीसहित पश्चिमको तराई क्षेत्रमा गर्मी बढेको छ । त्यस्तै धान रोपाइँ प्रभावित हुँदै आएको छ । आज कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका केही, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक/दुई ठाउँमा मेघ गर्जनसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
कोशीका पहाडी तथा तराईका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ । आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा तातो लहरको सम्भावना छ ।
कैलाली। सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८५ स्थानीय तहले आफ्नो बजेट सार्वजनिक गरेका छन् । बजेट प्रस्तुत नगर्नेमा कैलालीका दुई र अछामको एउटा पालिका रहेका छन् । स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि अझै केही पालिकाले बजेट ल्याउन सकेका छैनन् । बाजुराका जिल्ला समन्वय प्रमुख तुलसीराम रोकायाका अनुसार बाजुराका नौ वटै पालिकाको बजेट सार्वजनिक भइसकेको छ ।
बझाङका समन्वय प्रमुख नरबहादुर बोहराका अनुसार बझाङका १२ वटै पालिकामै निर्धारित समयमै बजेट ल्याइएको छ । अछामका १० मध्ये एउटा बान्नीगढीजयगढ गाउँपालिकामा बजेट आउन बाँकी रहेको समन्वय प्रमुख ललितबहादुर कुँवरले बताउनुभयो । बैतडीका १० र दार्चुलाका पनि नौ वटै पालिकाको बजेट आएको छ ।
यस्तै डडेलधुराका सात वटै पालिकाको बजेट आइसकेको छ । डोटी जिल्ला समन्वय प्रमुख लक्ष्मणबहादुर सिंहका अनुसार डोटीका नौ वटै पालिकामा बजेट ल्याइएको छ । कञ्चनपुरका समन्वय प्रमुख दुर्गादत्त बोहोराका अनुसार कञ्चनपुरका सातै पालिकाको बजेट आएको छ ।
सबैभन्दा बढी १३ पालिका रहेको कैलालीमा टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाबाहेक सबै पालिकाको बजेट आएको छ । टीकापुर नगरप्रमुख र उपप्रमुखविहीन भएकाले आगामी साता बजेट ल्याउने गरेर तयारी भएको छ ।
बैतडीका नगरपालिकाको बजेट दुई अर्ब बयानब्बे करोडभन्दा बढी
वासुलिङ समाचारदाताका अनुसार बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन् । जिल्लाका चार वटै नगरपालिकाले नगर सभामार्फत बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास तथा रोजगारीलाई प्राथमिकतामा राखेका छन् ।
जिल्लाको सदरमुकाम रहेको दशरथचन्द नगरपालिकाले आगामी आवका लागि ९१ करोड ७२ लाख ३६ हजार रुपियाँको बजेट ल्याएको छ । नगर सभाको नवौँ अधिवेशनमा उपप्रमुख कौशिला चन्दले बजेट प्रस्तुत गर्नुभएको हो ।
बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा रोजगारी प्रवर्धनका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ । साथै नगर बससेवा विस्तार र नगर प्रहरी भर्ना गर्ने योजना पनि समेटिएको छ । यसअघि नगरप्रमुख पुष्करराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विगतका सफल कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभएको थियो ।
यस्तै पुर्चौंडी नगरपालिकाले आगामी आवका लागि ७३ करोड १३ लाख ७६ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मीना धानुकको निर्देशनमा नगर प्रवक्ता धीरेन्द्र वमले नगर सभामा बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान, राजस्व बाँडफाँट र आन्तरिक स्रोतलाई आधार बनाइएको जनाइएको छ ।
पाटन नगरपालिकाले आगामी आवका लागि ६९ करोड ५८ लाख ६६ हजार पाँच सय रुपियाँको बजेट बहुमतबाट पारित गरेको छ । उपप्रमुख कमलसिंह बोहोराको असहमतिबिच नगर सभाले बजेट पारित गरेको हो । नगरप्रमुख गौरीसिंह रावलले सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष हरिश विष्टमार्फत बजेट प्रस्तुत गराउनुभएको थियो ।
उपप्रमुख बोहोराले योजना तर्जुमा सम्बन्धी कानुनी व्यवस्था अनुसार बजेट निर्माण प्रक्रिया सहभागितामूलक, पारदर्शी र विधिसम्मत हुनुपर्ने भए पनि पाटन नगरपालिकामा ती प्रक्रियाको पर्याप्त पालना नभएकाले बजेट नपढेको बताउनुभयो । उहाँले बजेटमा जनताको आवश्यकता, सहभागिता र कानुनी प्रक्रियाका आधारमा निर्माण हुनुपर्नेमा जोड दिँदै बहुमतका आधारमा मात्र बजेट पारित गर्ने प्रयास स्थानीय लोकतन्त्र, सुशासन र विधिको शासनको पालनाविपरीत भएको जिकिर पनि गर्नुभयो ।
मेलौली नगरपालिकाले पनि आगामी आव २०८३/८४ का लागि ५७ करोड ७९ लाख ४४ हजार रुपियाँ बराबरको बजेट ल्याएको छ । नगर सभाको पहिलो अधिवेशनमा उपप्रमुख पार्वती बोहोरा विष्टले बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा सङ्घीय तथा प्रदेश सरकारका वित्तीय समानीकरण, ससर्त, विशेष तथा समपूरक अनुदानलाई मुख्य स्रोतका रूपमा समेटिएको छ ।
नगरप्रमुख भीमबहादुर चन्दका अनुसार विकासनिर्माण, सेवा प्रवाह तथा आधारभूत क्षेत्रको सुदृढीकरणलाई बजेटले प्राथमिकता दिएको छ । चार वटै नगरपालिकाले सार्वजनिक गरेको बजेटको आकार दुई अर्ब ९२ करोड २४ लाख रुपियाँ पुगेको छ ।
यसैबिच जिल्लाका छ वटै गाउँपालिकाले पनि आगामी आवका लागि अनुमानित बजेट गाउँ सभामा पेस गरेका छन् । गाउँ सभाबाट पारित भएपछि ती बजेट सार्वजनिक गरिने जनाइएको छ ।
स्थानीय तहले आगामी आवका लागि बजेटमार्फत विकासनिर्माण, सेवा प्रवाह सुधार तथा नागरिकको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् ।
दार्चुलामा रोजगारी र उद्योग प्रवर्धमा जोड
खलङ्गा समाचारदाताका अनुसार सुदूरपश्चिम प्रदेशको हिमाली जिल्लाका रूपमा रहेको दार्चुलाका नौ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट ल्याएका छन् । यहाँका दुई नगरपालिका र सात वटा गाउँपालिकाले बुधबार आगामी आवका लागि बजेट ल्याएका हुन् । संवैधानिक व्यवस्था अनुसार असार १० गते नै यहाँका सबै स्थानीय तहले नीति तथा कार्यक्रमसँगै बजेट ल्याएका छन् ।
जिल्ला सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने, कृषि, पर्यटन र साना उद्योगको प्रवर्धनबाट नागरिकको आर्थिक सशक्तीकरण गर्नेलगायतका विषयलाई प्राथमिकतामा राखिएको नगर उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले जानकारी दिनुभयो । नगरपालिकाले आगामी आवका लागि चालुतर्फ ६० करोड ९७ लाख, पुँजीगततर्फ सात करोड ८० लाख र वित्तीयतर्फ ९६ लाख रुपियाँको बजेट ल्याएको छ ।
शैल्यशिखर नगरपालिकाका नगर उपप्रमुख शान्ति खडायतका अनुसार आगामी आवका लागि चालुतर्फ ४२ करोड ८३ लाख ७५ हजार र पुँजीगततर्फ ३८ करोड २९ लाख ४४ हजार गरेर कुल ८१ करोड ३३ लाख १९ हजार रुपियाँको बजेट सभामा पेस गरिएको छ । बजेटमार्फत केही पुराना कार्यक्रम तथा केही नयाँ कार्यक्रमलाई प्राथमिकता दिएको उहाँको भनाइ छ ।
दार्चुलाको लेकम गाउँपालिकाले आगामी आवका लागि कुल ५३ करोड ९४ लाख ८३ हजार रुपियाँको बजेट सभामा पेस गरेको उपाध्यक्ष माधवी जोशीले जानकारी दिनुभयो । गाउँपालिकाले आन्तरिक राजस्व ५० लाख, सङ्घीय सरकारको राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम दुई करोड २३ लाख ५७ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १८ लाख नौ हजार, अन्तरसरकारी वित्तीय हस्तान्तरणको ४५ करोड ३१ लाख ५१ हजार रुपियाँ प्राप्त हुने अनुमानसहित गाउँपालिकाको १९ औँ अधिवेशनमार्फत बजेट सभामा पेस गरिएको उपाध्यक्ष जोशीले बताउनुभयो ।
नौगाड गाउँपालिकाले आगामी आवका ५२ करोड ७० लाख ९८ हजार रुपियाँको बजेट सभामा पेस गरेको उपाध्यक्ष जगतसिंह ठगुन्नाले जानकारी दिनुभयो । मार्मा गाउँपालिकाले आगामी आवका लागि ५१ करोड २३ लाख १२ हजार बजेट गाउँ सभामा पेस गरेको उपाध्यक्ष शर्मिलाकुमारी चन्द सिंहले जानकारी दिनुभयो ।
अपिहिमाल गाउँपालिकाले आगामी आवका लागि ४४ करोड ३५ लाख ४२ हजार रुपियाँको बजेट प्रस्तुत गरेको उपाध्यक्ष देवकीदेवी बोहोराले जानकारी दिनुभयो । यस्तै दुहुँ गाउँपालिकाका उपाध्यक्ष शान्ति बमका अनुसार गाउँपालिकाले आगामी आवका लागि कुल ३७ करोड ७० लाख ७४ हजार रुपियाँको बजेट गाउँ सभामार्फत प्रस्तुत गरिएको छ । बजेटले शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्नेलगायतका क्षेत्रलाई समेटेको उहाँले जानकारी दिनुभयो ।
यस्तै मालिकार्जुन गाउँपालिकाले आगामी आवका लागि ६८ करोड ६९ लाख ३४ हजार रुपियाँको अनुमानित वार्षिक बजेट प्रस्तुत गरिएको उपाध्यक्ष कल्यानसिंह धामीले जानकारी दिनुभयो । व्यास गाउँपालिकाले आगामी आवका लागि कुल ५५ करोड ३४ हजार रुपियाँको बजेट ल्याएको उपाध्यक्ष विनोदसिंह कुँवरले जानकारी दिनुभयो ।
अजयमेरुको बजेट ४९ करोडभन्दा बढी
अमरगढी समाचारदाताका अनुसार अजयमेरु गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४९ करोड पाँच लाख ७२ हजार रुपियाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित गाउँ सभामा गाउँपालिका उपाध्यक्ष वसन्ती पालले कुल आयव्ययको बजेट प्रस्तुत गर्दै विकास, सेवा प्रवाह र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
बजेट वक्तव्यमा गाउँपालिकाका प्रत्येक नागरिकलाई आधा घण्टाभित्र आधारभूत स्वास्थ्यसेवा उपलब्ध गराउने व्यवस्था गरिएको, गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको, कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको तथा ऐतिहासिक अजयमेरुकोट संरक्षण गरी विश्वसम्पदा सूचीमा सूचीकृत गराउने पहल अघि बढाइएको उल्लेख गरिएको छ ।
गन्यापधुराको बजेट ४८ करोड
गन्यापधुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४८ करोड ३८ लाख रुपियाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको गाउँ सभामा उपाध्यक्ष ज्ञानु सेटी देउवाले गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीको अनुमतिमा बजेट प्रस्तुत गर्दै जनअपेक्षा सम्बोधन गर्ने गरेर योजना तथा कार्यक्रम समेटिएको बताउनुभयो ।
बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार विकास, सामाजिक सुरक्षा तथा आर्थिक समृद्धिसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाइएको छ । गाउँपालिकाको कुल बजेटमध्ये चालुतर्फ २९ करोड ५८ लाख ८६ हजार रुपियाँ र पुँजीगततर्फ १८ करोड ८० लाख रुपियाँ विनियोजन गरिएको छ ।
शुक्लाफाँटाको बजेट छयानब्बे करोड
बेलौरी समाचारदाताका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । पालिकाको २२ औँ नगर सभाबाट नगर उपप्रमुख कल्पना पन्तले आगामी आवका लागि ९५ करोड ८४ लाख रुपियाँभन्दा बढीको बजेट सार्वजनिक गर्नुभएको हो
त्यसै गरी लालझाडी गाउँपालिकाको २० औँ गाउँ सभाको दोस्रो बैठकले ४६ करोड पाँच लाख रुपियाँभन्दा बढीको बजेट सार्वजनिक गरेको थियो । बजेट उपाध्यक्ष सपना चौधरी रानाले प्रस्तुत गर्नुभएको थियो ।
शिक्षक आन्दोलनले बजेट स्थागित
घोडाघोडी समाचारदाताका अनुसार कैलालीको जोशीपुर गाउँपालिकाले शिक्षक आन्दोलनका कारण निर्धारित समयमा बजेट ल्याउन सकेको छैन । गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीले निजी स्रोतका शिक्षकले परीक्षा नलिई सिधै स्थायी गर्नुपर्ने माग राखेर आन्दोलन गरेपछि असार ९ गते सार्वजनिक गर्ने भनिएको बजेट सार्वजनिक हुन नसकेको जानकारी दिनुभयो ।
उहाँले निजी शिक्षकलाई स्थायी नगर्दासम्म बजेट पास हुन नदिन दबाब दिँदै गाउँपालिकामा धर्ना दिएपछि बुधबार वार्ताका लागि छलफलमा बसेको बताउनुभयो । गाउँपालिकाको आन्तरिक बजेट एक करोड ८२ लाख मात्र रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यति थोरै बजेटले पालिकाको विकास गरौँ कि शिक्षकको तलबमा खर्च गरौँ ।”
असार १० गतेभित्र नीति तथा कार्यक्रम, बजेट सार्वजनिक गरिसक्नुपर्ने भए पनि यस पटक कैलालीका केही पालिकाले निर्धारित समयअगावै आगामी वर्षका लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । भजनी, लम्कीचुहा, गौरीगङ्गालगायत नगरपालिकाले असार पहिलो साता आगामी वर्षका लागि बजेट सार्वजनिक गरिसकेको जनाएका छन् ।
त्यस्तै घोडाघोडी नगरपालिकाका उपप्रमुख गुलियाकुमारी चौधरीले नगर सभाको २३ औँ अधिवेशन नगर सभामा आव २०८३/८४ का लागि एक अर्ब चार करोड ४७ लाख आठ हजार रुपियाँको अनुमानित बजेट प्रस्तुत गर्नुभयो ।
घोडाघोडीको चालु आवभन्दा तीन करोड रुपियाँले बढेर आगामी वर्षका लागि बजेट आएको छ । नगरपालिकाको चालु आवको अनुमानित आन्तरिक आम्दानी १४ करोड ८१ लाख ३२ हजार ९६२ रुपियाँ रहेको थियो ।
त्यसै गरी बर्दगोरिया गाउँपालिकाले आगामी आव २०८२/८३ का लागि एक अर्ब नौ करोड २१ लाख १५ हजार रुपियाँ अनुमानित बजेट सार्वजनिक गरेको छ । आव २०८२/८३ का लागि एक अर्ब दुई करोड ९१ लाख रुपियाँको वार्षिक बजेट सार्वजनिक गरेको उक्त पालिकाको यस पटकको बजेटको आकार करिब सात करोड रुपियाँले वृद्धि भएको देखिन्छ ।
टीकापुरको बजेट अनिर्णीत
टीकापुर समाचारदाताका अनुसार समयमै बजेट ल्याउने टीकापुर नगरपालिकाको यस वर्ष नगर सभा बस्न नसकेर बजेट र नीति तथा कार्यक्रम नै आउन सकेको छैन ।

असार १० गते स्थानीय सभामा बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि नगरपालिकाको कार्यवाहक नगरप्रमुख को हुने भन्ने विवादका कारण नगर सभा प्रभावित भएर बजेट अनिर्णीत भएको हो । निर्वाचित नगरप्रमुख र उपप्रमुख नभएको नगरपालिकामा २०८२ फागुन कार्यवाहक नगरप्रमख बन्नुभएका कार्यपालिका सदस्य रामबहादुर नगार्जीलाई २०८३ जेठ १४ गते कार्यपालिकाका बहुमत सदस्यले हटाएर ६ नम्बर वडाका अध्यक्ष बलिराम चौधरीलाई नयाँ कार्यवाहक चयन गरेपछि विवाद सुरु भएको छ ।
नगार्जीले आफूलाई हटाउन नमिल्ने भन्दै सर्वोच्च अदालत गुहारेपछि अदालतले जेठ १४ गतेको कार्यपालिकाको निर्णय कार्यान्वयन नगर्नु भनेर अल्पकालीन आदेश जारी गर्दै असार ८ गते दुवै पक्षलाई बोलाएको थियो । असार ८ मा हेर्न नभ्याइने भन्दै सुनुवाइ नभएपछि अदालतले असार २२ का लागि पेसी तोकेको छ ।
नगर सभाको नीति तथा कार्यक्रम तयार भइसकेको, वडा भेलामार्फत योजना छानेर नगरपालिकामा बुझाइसकेको र शाखाले पनि योजना बुझाइसकेकाले असारभित्रै सभा हुने गरेर तयारी भइरहेको आर्थिक विकास समितिका संयोजक तथा ७ नम्बर वडाका अध्यक्ष यज्ञप्रसाद न्यौपाने बताउनुभयो । समयमा सभा हुन नसकेपछि सुदू्रपश्चिम प्रदेशको गाउँ सभा नगर सभा कार्य सञ्चालन ऐन, २०७५ को दफा ३ (६) अनुसार सभाका एक चौथाइ सदस्यले सभा बोलाउनुपर्ने माग गर्दै सभाका ज्येष्ठ सदस्यलाई निवेदन हाल्ने तयारी भइरहेको छ ।