डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु

द एभरेष्ट पोष्ट
१४ असार २०८३ १२:४८

डोटी । डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका–२ खरहरमा घरमा झ्याल–ढोका बनाउने क्रममा सोही ठाउँका अन्दाजी ५०-५१ वर्षीय हर्कबहादुर पल्ली मगरलाई अचानक करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार साँझ करिब ४ः४५ बजे स्थानीय डम्बरबहादुर पल्ली मगरको घरमा झ्याल–ढोका बनाउने क्रममा सोही ठाउँका हर्कबहादुर पल्ली मगरलाई अचानक करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक रण बहादुर चन्द जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस