डडेल्धुरामा रास्वपाका डा. जोशी चार हजार मतले अगाडि

डडेल्धुरा- नेपाली कांग्रेसको किल्ला मानिने डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता कायमै रहेको छ । २०४८ सालपछि पहिलो पटक नयाँ उम्मेदवार बनाएको कांग्रेस रास्वपाका उम्मेदवार भन्दै निकैपछि परेका छन् ।

कांग्रेस उम्मेदवार नैनसिंह महरलाई रास्वपाका उम्मेदवार डा। तारा जोशीले चार हजार मत अन्तरले पछि पारेका छन् । एक मात्रै प्रतिनिधि सभा क्षेत्र रहेको डडेल्धुरामा यस अघि २०४८ साल यता भएका निर्वाचनमा पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार बन्दै निर्वाचित हुँदै आएका थिए । यस पटक भने उनले उम्मेदवार मनोनयन दर्ताको अघिल्लो राति मात्रै उम्मेदवार नबन्ने जानकारी गराएका थिए ।

रास्वपाका उम्मेदवार जोशीको अग्रता कायमै रहदा कांग्रेसको किल्ला भत्किने पक्का भएको छ । देउवा २०४८ यताका सात वटै चुनावमा निर्वाचित हुँदा डडेल्धुरालाई कांग्रेसको किल्लाको रूपमा लिइन्थ्यो । रास्वपा उम्मेदवार जोशी २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई सुदूरपश्चिम प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । प्रदेश सभा सदस्यबाट राजीनामा दिँदै उनी प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका हुन् ।

सात वटा पालिका रहेको डडेल्धुरामा हालसम्मको जानकारी अनुसार रास्वपाका उम्मेदवार जोशीले ११ हजार ८०१ मत प्राप्त गरी अग्रता कायमै राख्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी  कांग्रेस उम्मेदवार महरले सात हजार ७२६ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाका अनुसार हालसम्म ३० हजार ५५६ मत गणना गरिएको छ । अहिलेसम्म एक हजार ७५२ मत बदर भएको उनले जानकारी दिए ।

जिल्लाको सबैभन्दा बढी मतदाता सङ्ख्या रहेको परशुराम नगरपालिकाका मतदान केन्द्रका मतपेटिकाबाट मतगणना सुरु गरिएको उनले बताए । अहिलेसम्म परशुराम नगरपालिकासँगै भित्रि मधेशकै आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका, नवदुर्गा गाउँपालिका र अजयमेरु गाउँपालिका १, २ र ५ को मतगणना सकिएको छ ।

अब अजयमेरु गाउँपालिका ३, ४ र ६ सँगै जिल्ला सदरमुकामको अमरगढी नगरपालिका र रास्वपा उम्मेदवारको गृह पालिका गन्यापधुरा गाउँपालिकाको मत गणना हुन बाँकी छ ।

२१ गते भएको निर्वाचनमा डडेल्धुरामा जम्मा ४५ हजार ९०९ मत खसेका थिए । कुल मतदाता सङ्ख्या ९३ हजार ४०३ रहेको डडेल्धुरामा महिला २५ हजार ३१३ र पुरुष २० हजार ५९६ मत गरी उक्त सङ्ख्यामा मत खसेका थिए ।

ओलीभन्दा बालेन ३१ हजार ११६ मतले अगाडि

झापा : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा–५ को मत परिणाम अनुसार बालेन (बालेन्द्र) शाहले ४२ हजार ५४३ ल्याएका छन् । उनका मुख्य प्रतिष्पर्धी पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हालसम्म ११ हजार ४२७ मत मात्रै पाएका छन् ।

घण्टीका उम्मेदवार बालेन एमाले उम्मेदरवार ओली भन्दा ३१ हजार ११६ मतले अगाडि छन् । झापा–५ मा मतगणना अझै जारी छ । अघिल्लो निर्वाचनमा ओलीले २८ हजार ५७६ मतको फरकले विजय हासिल गरेका थिए ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले ५२ हजार ३१९ मत पाउदा निकटतम प्रतिष्पर्धी खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।  झापा–५ मा कांग्रेसकी मन्धरा चिमरियाले १२०२, नेकपाका सञ्जित तामाङ ९९६, राप्रपाका लक्ष्मी संग्रौलाले ९११ मत ल्याएका छन् । हालसम्म गणना भएको ६७ हजार ८५५ मतमध्ये ६५०३८ सदर भएको छ भने २८१७ मत बदर भएको छ ।

बैतडी–१ मा रास्वपाका हरि र एमालेका दामोदरबीच कडा प्रतिस्पर्धा

बैतडी- बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीले झिनो अग्रता लिएका छन्। हालसम्मको मतगणनाअनुसार उनले ६ हजार ५६२ मत प्राप्त गरेका छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का दामोदर भण्डारीले ६ हजार ४५४ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर १०८ रहेको छ।

यस्तै नेपाली कांग्रेसका चतुर बहादुर चन्दले ५ हजार ५१६ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका परमानन्द भट्टले २ हजार ७१० मत पाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेन बहादुर चन्दले ४६४ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का राम बहादुर कुँवरले १२४ मत ल्याएका छन्। यहाँ प्रतिनिधिसभाको १ र प्रदेशसभाको २ निर्वाचन क्षेत्र रहेका छन्।

पर्सा-२ मा पूर्वमन्त्रीलाई पराजित गर्दै रास्वपाका कानुको जीत

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील साह कानु भारी मतान्तरसहित विजयी भएका छन्। उनले पूर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसका अजय चौरसियालाई पछि पार्दै राजनीतिमा नयाँ अध्याय सुरु गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार कानुले २५ हजार २ सय ५० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी चौरसियाले १० हजार ८० मत प्राप्त गरेका छन्। यससँगै कानुले चौरसियालाई १५ हजार १ सय ७० मतान्तरले पराजित गरेका हुन्।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) की उम्मेदवार रिमा यादवले ९ हजार ८ सय ४४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छन्।

यसअघि पर्सा क्षेत्र नम्बर–१ मा हरि पन्त विजयी भइसकेपछि क्षेत्र नम्बर–२ मा पनि रास्वपाको जीतले पर्सामा घण्टी चुनाव चिन्हप्रति मतदाताको बलियो समर्थन देखिएको छ। लामो समयदेखि परम्परागत दलहरूको प्रभाव रहेको क्षेत्रमा मतदाताले यसपटक परिवर्तनको पक्षमा मतदान गरेका विश्लेषकहरू बताउँछन्।

कानुको विजय घोषणासँगै वीरगञ्जमा रास्वपाका नेता–कार्यकर्ता तथा समर्थकहरूले उत्सव मनाउन थालेका छन्।

४३ निर्वाचन क्षेत्रको नतिजा : कहाँ कसको जीत ?

काठमणडौ – प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ १६५ मध्ये १६१ क्षेत्रमा मतगणना भइरहेको छ । यसमध्ये ४१ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३३ क्षेत्रमा विजयी भएको छ ।

नेपाली कांग्रेसले ५, एमालेले २, नेकपाले २ तथा स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जित हासिल गरेका छन् । मतगणना भैरहेका ठाउँमा रास्वपाकै उम्मेदवाहरु अगाडि छन् । रास्वपा ८९, कांग्रेस १०, एमाले ८, नेकपा १०, श्रम संस्कृति पार्टी ५ र राप्रपा १ क्षेत्रमा अगाडि छन् ।

रास्वपा 

१‍. अचुत्तम लामिछाने – नुवाकोट २ बाट ३२ हजार ५४ मत ल्याएर विजयी हुँदा कांग्रेसका जगदिश्वर नरसिंह केसीले १५ हजार ५०३ मत ल्याए।

२. रहबर अन्सारी – बारा ४ बाट ४१ हजार २०० मत ल्याएर विजयी हुँदा एमालेका कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत ल्याए।

३. कोमल ज्ञवाली – कैलाली १ बाट १७ हजार ८२६ मत ल्याएर विजयी हुँदा कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत ल्याए।

४. सुशील खड्का – बागलुङ १ बाट २० हजार ९२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका भीमबहादुर श्रीसले ११ हजार ९४४ मत ल्याए।

५. सोम शर्मा – बागलुङ २ बाट १२ हजार ६४७ मत ल्याएर विजयी हुँदा कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत ल्याए।

६. बुद्धरत्न महर्जन – ललितपुर १ बाट २३ हजार ३७३ मत ल्याएर विजयी हुँदा कांग्रेसका उदय शमशेर राणाले १३ हजार ५२० मत ल्याए।

७. डा. लेखजंग थापा – रुपन्देही ३ बाट ५८ हजार ८१४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिष्पर्धी कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ र एमालेका बासुदेव घिमिरेले ८ हजार २७५ मत ल्याए।

८. सुलभ खरेल – रुपन्देही २ बाट ५६ हजार ५५० मत ल्याएर विजयी हुँदा एमालेका विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत ल्याए।

९. बुद्धिप्रसाद पन्त – पर्सा १ बाट २७ हजार २७४ मत ल्याएर विजयी हुँदा एमालेका प्रदिप यादवले १३ हजार ३० मत ल्याए।

१०. सागर भुसाल – पर्वतबाट २६ हजार ५६१ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका अर्जुनप्रसाद जोशीको १५ हजार ९५४ र एमालेका पदम गिरीको १५ हजार ७५ मत आएको छ ।

११. अरबिन्द साह – बारा ३ बाट ४० हजार ६९७ मत ल्याएर विजयी हुँदा कांग्रेसका फरमुल्लाह मंसुरले १० हजार ५२ मत ल्याए र

१२. रवि लामिछाने – चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका छन् । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ र एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ मत ल्याए।

१३. रुकेश रन्जित – भक्तपुर १ बाट ३३ हजार ४३६ मत ल्याएर विजयी हुँदा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत ल्याए।

१४. सुनिल केसी – काठमाण्डौ २ बाट ३४ हजार २३८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिष्पर्धी कांग्रेसका कविर शर्माले ८ हजार ८७४ मत ल्याए।

१५. प्रमोद कुमार महतो – महोत्तरी १ बाट ३४ हजार ६३६ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिष्पर्धी नेकपाका गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत ल्याए।

१६. धनञ्जय रेग्मी – स्याङ्जा १ बाट २९ हजार ७१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत ल्याए।

१७. सुरेशकुमार चौधरी – बाँके १ बाट ५२ हजार ७९२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ३०१ मत ल्याए।

१८. खगेन्द्र सुनार – बाँके ३ बाट २९ हजार ५५१ मत ल्याएर विजयी भएका छन् । उनका निकटमत प्रतिष्पर्धी एमालेका सुमन मल्लले १९ हजार ६१५ मत ल्याए ।

१९. कन्हैया बनिया– रुपन्देही ४ बाट २८ हजार ६६ मत ल्याएर विजयी भएका छन् । प्रतिष्पर्धी एमालेका प्रमोदकुमार यादवको २० हजार २६२ मत आएको छ ।

२०. रुविना आचार्य– मोरङ ६ मा विजयी हुँदा कांग्रेसका डा. शेखर कोइराला पराजित भएका छन् । आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा कोइरालाले १२ हजार ८५० मतमात्रै ल्याएका छन् ।

२१. डीपी अर्याल– काठमाण्डौ ९ मा ३५ हजार ९३ मत ल्याएर विजयी भएका छन् । कांग्रेसकी नानुमाया बास्तोलाले ५ हजार ४६० मत ल्याए।

२२. मनिष झा– धनुषा ३ मा विजयी हुँदा कांग्रेसका विमलेन्द्र निधि पराजित भएका छन् । झाले ४३ हजार १४२ र निधिले १५ हजार ९९२ मत ल्याए।

२३. सन्तोष राजवंशी– मोरङ ४ मा विजयी हुँदा कांग्रेसका गुरुराज घिमिरे पराजित भए। राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा घिमिरेले १२ हजार ८१८ मत ल्याए।

२४. बिना गुरुङ – कास्की ३ मा विजयी हुँदा कांग्रेसका मनोज गुरुङ पराजित भए। बिनाले ३७ हजार ७५० मत ल्याउँदा मनोजले १२ हजार ७८० मत ल्याए।

२५ . प्रदीप बिष्ट – काठमाण्डौ १०मा विजयी हुँदा कांग्रेसका हिमाल कार्की पराजित भएका छन् । बिष्टले ३७ हजार ४६९ र कार्कीले ८ हजार १०० मत ल्याए।

२६. उत्तम प्रसाद पौडेल – कास्की २ मा विजयी हुँदा एमालेका रश्मि आचार्य पराजित भए। पौडेलले ३१ हजार ९११ र आचार्यले ७ हजार ४९३ मत ल्याए।

२७. सस्मित पोखरेल – काठमाण्डौ ५ मा विजयी हुँदा कांग्रेसका प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेल पराजित भए। पोखरेलले ३० हजार ७३७ मत ल्याउँदा पौडेलले ९ हजार १५९ र पोखरेलले ४ हजार ७०१ ल्याए।

२८. पुकार बम – काठमाण्डौ ४ मा विजयी हुँदा कांग्रेसका सचिन तिमल्सिेना र एमालेका राजन भट्टराई पराजित भए। पुकारले २९ हजार २४२, सचिनले ८ हजार ८२४ र भट्टराईले ५ हजार ७३३ मत ल्याए।

२९. गणेश पराजुली – काठमाण्डौ ७ मा २७ हजार ८०५ मत ल्याएर विजयी भएका छन्।

३०. राजुनाथ पाण्डे– काठमाडौ ३ मा विजयी हुँदा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भए। रास्वपाका पाण्डेले १८ हजार ७५७ मत र घिसिङले ११ हजार १७१ मत ल्याए।

३१. विराजभक्त श्रेष्ठ– काठमाण्डौ ८ बाट विजयी भएका छन् । उनले २४ हजार ५९२ र उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सुमन सायमीले ३ हजार २१७ मत ल्याए।

३२. शिशिर खनाल– काठमाण्डौ ६ बाट विजयी हुनुभएको छ । खनालले २७ हजार ७१९ र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाए ।

३३. रञ्जु न्यौपाने (दर्शना)– काठमाण्डौ १ बाट १५ हजार ४ सय ५५ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरे ।

कांग्रेस 

१. तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा ११ हजार ५६१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका भानुभक्त ढकालले १० हजार ६८२ मत ल्याए।

२. दैलेख १ मा बासना थापा १२ हजार ३७२ मत ल्याएर विजयी भएका छन् । निकटम प्रतिष्पर्धी एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत ल्याए ।

३. रसुवा १ मा मोहन आचार्य १० हजार ६५६ मत ल्याएर विजयी भएका छन् । निकटम प्रतिष्पर्धी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत ल्याए।

४. मुस्ताङबाट योगेश गौचन थकाली ३ हजार ३०७ मत ल्याएर विजयी भएका छन् । प्रतिस्पर्धी एमालेका ईन्द्रधार विष्टले एक हजार ८०३ मत प्राप्त गरे ।

५. मनाङबाट टेकबहादुर गुरुङ २ हजार ४१५ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपाकी यशोदा गुरुङ (सुवेदी)ले ४५४ मत ल्याए।

एमाले 

१. बझाङबाट ऐनबहादुर महर विजयी भएका छन् । कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीलाई दुई हजार २३९ मतान्तरले पछि पार्दै महर विजयी भएका हुन् । महरले १८ हजार ५४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी रसाइलीले १६ हजार ३०४ मत प्राप्त गरे । त्यस्तै रास्वपाका शैलेशकुमार सिंहले नौ हजार २६३ मत प्राप्त गरेका छन् ।

२. बाँके २ बाट मोहम्मद इस्तियाक राईले २४ हजार ६४७ मत ल्याएर विजयी भएका छन् । प्रतिष्पर्धी रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ६७९ मत ल्याए।

नेकपा 

१. कालिकोटबाट महेन्द्रबहादुर शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी भएका छन् । प्रतिष्पर्धी एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत ल्याए।

२. रुकुमपूर्वबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्। उनले १० हजार २४० र एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गरे ।

स्वतन्त्र

१. म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भएका छन् । उनले २२ हजार ८५० मत ल्याएर विजयी हुँदा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत ल्याए

रुपन्देही-३ मा रास्वपाका लेखजंग ५० हजार मतान्तरले विजयी

बुटवल । रुपन्देहीको क्षेत्र नम्बर ३ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा निकटतम उम्मेदवार भन्दा ५० हजार बढी मत सहित विजयी भएका छन् ।

थापा ५८ हजार ८ सय १४ मत ल्याई विजयी भएका हुन् । ३६ जना उम्मेदवार रहेकामा थापा ५० हजार ३ सय ८९ मतान्तरले विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशिल गुरुङले ८ हजार ४ सय ३५ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका नेकपा एमालेका बासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत ल्याएको निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए ।

निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ४० हजार ३५ मतदाता रहेकोमा ९४ हजार २ सय ३२ मत खसेको थियो

कैलाली ५ मा रास्वपाका चन्द भारी मतले अगाडि

यशोदा शर्मा,

कैलाली ।कैलाली क्षेत्र नम्बर ५ मा रास्वपा भारि मतले अगाडि रहेको छ।
अहिलेसम्म ५५ हजार ६४७ मतगणनाको परिणाम सार्वजनिक हुँदा रास्वपाका उम्मेदवार डा. आनन्दबहादुर चन्दले २७ हजार ७७ मत प्राप्त गरेका छन्।
उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह उनीभन्दा १७ हजार २९३ मतले पछि छन् । शाहले ९ हजार ७८४ मत प्राप्त गरेका छन्।
यस्तै नेकपाका प्रेमबहादुर आलेले ७०६४ मत प्राप्त गर्दा नेकपा एमालेका यज्ञराज ढुङ्गानाले ५ हजार १९ मत प्राप्त गरेका छन्।
यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोशन शाहीले १ हजार ३९८ मत र स्वतन्त्र उम्मेदवार प्यारालाल रानाले १३८० मत प्राप्त गरेका छन्।

डोटीमा नेपाली कांग्रेसका भरत खड्का विजयी

डोटी- नेपाली कांग्रेसले डोटीमा जित हात पारेर खाता खोलेको छ ।

डोटीमा नेपाली काग्रेसका भरतबहादुर खड्का विजयी भएका छन्। १४ हजार ८ सय १७ मत प्राप्त गरेर विजयी भएका खड्काका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका दिपक धामीले १४ हजार १ सय १० मत प्राप्त गरेका छन्। यसैगरी रास्वपाका नरेन्द्र खड्काले १३ हजार २ सय ६० मत प्राप्त गरेका छन्।

कैलाली १ मा-रास्वपाकी ज्ञवाली विजयी

यशोदा शर्मा,

कैलाली। कैलाली क्षेत्र नम्बर १ को मतगणना सम्पन्न भएको छ। मतपरिणाम अनुसार रास्वपाकी उम्मेदवार कोमल गेवाली फराकिलो मतान्तरले विजय भएकी छन्।
ज्ञवालीले १७ हजार ८२६ भोट प्राप्त गरेकी छन्।  उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ भोट प्राप्त गरेर दोस्रो स्थानमा रहे। ज्ञवाली र चौधरी बीच ४,९५९ मतको अन्तर छ।
नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौंरा थारुले ८३९२ मत पाएर तेस्रो स्थानमा रहे भने नेकपा एमालेका द्वारिका प्रसाद न्यौपानेले ४४९३ मत पाएर चौथो स्थान प्राप्त गरे ।
कैलालीबाट ज्ञवाली निर्वाचित हुने पहिलो उम्मेदवार बनेकी छन् । तत्कालीन नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय कोषाध्यक्ष ज्ञवाली निर्वाचन अघि मात्रै राजपा प्रवेश गरेकी थिइन् । व्यवस्थापन विषयमा स्नातक गरेकी केवाली व्यापार व्यवसायमा संलग्न छिन् ।

मोरङ ६ मा रास्वपाकी रुबिना निर्वाचित, शेखर कोइराला पराजित

मोरङ : मोरङ क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य भारी मतसहित विजयी भएकी छिन् । उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत प्राप्त गरेका छन् ।

बझाङमा एमालेका ऐन बहादुर महर विजयी

बझाङ- प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार ऐनबहादुर महर १८४१५ मत ल्याई विजय भएका छन्।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहीले १६०२९ मत प्राप्त गरे । महरले रसाइलीलाई २ हजार २३९ मतान्तरले पराजित गरेका हुन्।

यहाँ नेपाली कम्युनिस्ट पार्टीका मिनबहादुर कुँवरले ९७४८ र रास्वपाका शैलेश सिंहले ९२३४ मत प्राप्त गरेका छन्।
यस्तै चुनाव चिन्ह हलोमा ४०४, गुलाबमा ५२०,र मादलमा ४१ मत खसेको छ। ५२८६४ मत सदर भएका छन् भने ३,१७० मत बदर भएका छन्।

डडेल्धुरामा रास्वपाको अग्रता कायमै

डडेल्धुरा- डडेल्धुरामा २६,१२९ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपाका उम्मेदवार ताराप्रसाद जोशीले १०,४९ मतसहित अग्रता कायम राखेका छन् ।
कांग्रेसका नयनसिंह महर ६,४३२ मत ल्याएका छन् । उनी ३,६१७ मतको मतान्तरले पछाडि परेका छन्।

यस्तै एमालेका चक्रप्रसाद स्नेहीले २,०५६ मत ल्याएका छन्। १,४९० मत बदर भएका छन्।

अछाम १ मा भीम रावलको अग्रता कायमै

अछाम, २३ फागुन ।
अछाम १ मा नेकपाका उम्मेदवार भीम रावलले अग्रता कायमै राखेका छन् ।

रावल ६७२४ मत सहित अग्रस्थानमा छन् । उनलाई नेकपाका दीपक साँउदले पछ्याईरहेका छन् । साँउदले ६५५५ मत ल्याएका छन् ।

साँउदलाई पछ्याईरहेका नेपाली काँग्रेसका भरत स्वाँर ६४२४ मत ल्याएका छन् । चौथो स्थानमा रहेका रास्वपाका ओम प्रकाश रावलले १०३१ मत ल्याएका छन् ।

दार्चुलामा काँग्रेसका जोशीको अग्रता

दार्चुला,२३ फागुन ।
दार्चुलामा नेपाली काँग्रेसका धर्मानन्द जोशीले अग्रता कायम गरेका छन् ।

जोशी ७,०४९ मत सहित अग्रस्थानमा छन् । उनलाई पछ्याईरहेका नेकपा एमालेका गणेश ठगुन्नाले ६६३८ मत ल्याएका छन् । जोशीले ४११ मतले अग्रता कायम गरेका छन् ।

अहिलेसम्म व्यास, दुहुँ र शैल्यसिखर १, २, ३, ४, ५, ६, ७ ,८ र ९ मतगणना सम्पन्न सम्पन्न भएको छ ।

रास्वपाका राजेश सिंह सामन्तले २४५९ र नेकपाका लक्ष्मण दत्त जोशीले ५७० मत ल्याएका छन् ।

सुदूरपश्चिममा दार्चुला, बाजुरा र डोटी सहित तीन स्थानमा अग्रता कायम गरेको छ ।

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

म्याग्दी, २३

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्।

पुन १४ हजार ९३१ मतअन्तरले विजयी भएका हुन्। उनले २२ हजार ८५० मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७९१९ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६६४६ मत प्राप्त गरे ।

महावीर पुन भन्छन्– विजय जुलुस नमना‍औँ, हारेका प्रतिस्पर्धीहरूलाई उडाउन हुन्न

प्रतिनिधिसभा सदस्य चुनावमा विजयोन्मुख रहेका स्वतन्त्र उम्मेदवार महावीर पुनले विजयी जुलुस नमनाउने बताएका छन् ।

पुनले सामाजिक सञ्जालमार्फत विजयी नमनाउने बताएका छन् । साथै, उनले विजय जुलुसका लागि सदरमुकाम बेनीमा नआउनसमेत अनुरोध गरेका छन् ।

‘जित पक्का भयो । त्यसैले फेरि पनि भन्छु– बेनीमा विजय जुलुस निकाल्न कोही पनि पैसा र समय खर्च गरेर नआउनुहोला । किन भने विजय जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धीहरूलाई उडाउन हुन्न’, पुनले लेखेका छन् ।

उनले भविष्यमा विपक्षी नेताहरूसँग मिलेर काम गर्नुपर्ने बताए ।

कैलाली र कञ्चनपुरका ८ वटा क्षेत्र रास्वपाको अग्रता

धनगढी । कैलाली र कञ्चनपुरका ८ वटा क्षेत्रमा रास्वपाको अग्रता देखिएको छ। कञ्चनपुरको क्षेत्र नम्बर २ मा दीपक बोहरा जति नजिक पुग्दैछन्। क्षेत्र नम्बर ३ मा पनि ज्ञानेन्द्रसिंह महता अगाडी छन्, यस्तै क्षेत्र नम्बर १ मा पनि जनकसिंह धामी अगाडि छन्।

यस्तै कैलालीको क्षेत्र नम्बर ५ मा आन्नद चन्दको अग्रता छ। क्षेत्र नम्बर ४ खेमराज कोइराला, क्षेत्र नम्बर १ मा कोमल ज्ञवालीको सुरुवातीकै अग्रता अहिलेसम्म कायम राखेका छन्।

यस्तै क्षेत्र नम्बर ३ मा पनि जगतप्रसा जोशीले अग्रता लिएका छन्। क्षेत्र नम्बर २ मा केपी खनाल केहि सुरुमा केहि पछाडि अहिले भने अग्रता लिइरहेका छन्।

पहाडी जिल्ला डडेलधुराका डाक्टर ताराप्रसाद जोशी र  बैतडीमा हरिमोहन भण्डारीले सुरुवाती चरणदेखि अग्रता लिइरहेका छन्।

चितवन- २ मा तेस्रो पटक रवि लामिछाने विजयी

२३, फागुन, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका छन् । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् ।

उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन् ।

यस्तै एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ र नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरूङले ४ हजार ९६९ मत ल्याए । यो क्षेत्रमा ८७ हजार २८ सदर र २ हजार ७९६ मत बदर भएको थियो ।

लामिछानेले यसअघि २०७९ र २०८० को उपनिर्वाचनमा यहीँ क्षेत्रबाट चुनाव जितेका थिए ।

झापा-५ मा ओलीभन्दा साढे २५ हजार मतले बालेन अगाडि

झापा : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा क्षेत्र–५ को जारी मत गणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वा० उम्मेदवार बालेन (बालेन्द्र) शाहले मतान्तर झन फराकिलो बनाउँदै लगेका छन् । घण्टी चुनाव चिन्हमा उम्मेदवार बालेनले अहिलेसम्म ३४ हजार ८६३  मत प्राप्त गरेका छन्।

उनका मुख्य प्रतिष्पर्धी पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ९ हजार ६८ मत ल्याएका छन् । बालेन र ओलीबीचको मतान्तर २५ हजार ७९५ रहेको छ ।

यस्तै श्रम सँस्कृति पार्टीका समिर तामाङले ५,६४५, नेपाली कांग्रेसकी मन्धरा चिमोरियाले ९७४, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ८६२ र राप्रपाका लक्ष्मी संग्रौलाले ७७९मत प्राप्त गरेका छन् ।

कैलाली ४ मा रास्वपाका कोइराला ३ हजार ७ सय मतले अगाडि

यशोदा शर्मा,

कैलाली । कैलाली क्षेत्र नम्बर ४ मा रास्वपा फराकिलो मतान्तरले अघि बढिरहेको छ ।

१२ हजार ९३४ मत गणनाको परिणाम सार्वजनिक हुँदा रास्वपा उम्मेदवार खेमराज कोइरालाले ६,२२९ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोरख बिष्ट आनन्दले ३ हजार ५२५ मत पाएका छन्।

नेकपा एमालेका लेखराज भट्टले २००७ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका हरिराम चौधरीले ७२९ मत मात्रै प्राप्त गरे।

बाँकेमा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी

२३ फागुन, काठमाडौं । बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार निर्वाचित भएका छन् । सुनारले २९ हजार ५५१ मत प्राप्त गरेका छन् । उनका नजिकका प्रतिस्पर्धीले एमालेका सुमन मल्लले १९६१५ मत पाएका छन् ।

नेपाली कांग्रेसका अमर सिंह पुनले १३ हजार २१५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका दिपककुमार गौरी मगरले ३ हजार ७७४ मत पाएका छन् ।

तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी

तेह्रथुम, २३ फागुन ।
तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई ८८० मतान्तरले हराए । सुब्बाले ११ हजार ५६१ मत पाउँदा ढकालले १० हजार ६८२ मत पाए ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७७३७ मत पाए ।

त्यस्तै श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बुले ५२०० र नेकपाका रनध्वज लिम्बुले ९१९ मत ल्याएका छन् ।

कांग्रेस महामन्त्री प्रदीप पौडेल पराजित

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल पराजित भएका छन्। प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत काठमाडौं-५ प्रतिनिधिसभा उम्मेदवार दिएका रास्वपाका सस्मित पोखरेलसँग भारी मतले पराजित भएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका पोखरेल ३०,७३७ मत प्राप्त गर्दा कांग्रेसका महामन्त्री पौडेलले ९,१५९ मत मात्र प्राप्त गरेका हुन्। पोखरेल २१,५७८ मतान्तरले निर्वाचित भएका छन्।

विशेष महाधिवेशनमार्फत महामन्त्रीमा पौडेल निर्वाचित भएका थिए। कांग्रेसले २.० को घोषणा गरेर अगाडि बढेपनि मत परिणामा कुनै प्रभाव परेको देखिएन।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का उम्मेदवार इश्वर पोखरेलले ४,७०१ मत ल्याएका छन्। पौडेलले अघिल्लो निर्वाचनमा इश्वर पोखरेललाई जितेर सांसद हुँदै मन्त्री बनेका थिए।

डोटीमा काँग्रेसले उछिन्यो एमालेलाई

डोटी, २३ फागुन ।
डोटीमा शुरुवातदेखि नै अग्रता कायम गर्दै आएका नेकपा एमालेका उम्मेदवार दीपक धामी पछि परेका छन् । धामीलाई केआईसिंह गाँउपालिकाको मत गणनापछि काँग्रेसका भरत बहादुर खड्काले पछि पारेका हुन् ।

पछिल्लो मतगणनाको परिणाम अनुसार ११३११ मत सहित काँग्रेसका खड्काले अग्रता लिएका हुन् । एमालेका धामीले १०२५७ मत ल्याएका छन् । उनीहरुका बीच १०५४ मतको अन्तर छ ।

मोरङ–६ : शेखरलाई हराउँदै रास्वपाकी रुबिना निर्वाचित

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य विजयी भएकी छिन् ।

उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् ।

त्यस्तै, एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत प्राप्त गरेका छन् ।

२१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक : रास्वपा १४, कांग्रेस ४, नेकपा २ र एमाले १ ठाउँमा विजयी

काठमाण्डौ– प्रतिनिधिसभा सदस्य चुनावको मतगणना अन्तर्गत अहिलेसम्म २१ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)१४ क्षेत्रमा विजयी भएको छ । नेपाली कांग्रेसले ४, नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले २ क्षेत्र र एमालेले १ क्षेत्र जीतेको छ ।

रास्वपा

१। रुविना आचार्य स् मोरङ ६ मा विजयी हुँदा कांग्रेसका डा। शेखर कोइराला पराजित भएका छन् । आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा कोइरालाले १२ हजार ८५० मत मात्रै ल्याएका छन् ।
२। डीपी अर्याल स् काठमाण्डौ ९ मा ३५ हजार ९३ मत ल्याएर विजयी भएका छन् । कांग्रेसकी नानुमाया बास्तोलाले ५ हजार ४६० मत ल्याए।
३। मनिष झा– धनुषा ३ मा विजयी हुँदा कांग्रेसका विमलेन्द्र निधि पराजित भएका छन्  । झाले ४३ हजार १४२ र निधिले १५ हजार ९९२ मत ल्याए।
४। सन्तोष राजवंशी– मोरङ ४ मा विजयी हुँदा कांग्रेसका गुरुराज घिमिरे पराजित भए। राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा घिमिरेले १२ हजार ८१८ मत ल्याए।
५। बिना गुरुङ – कास्की ३ मा विजयी हुँदा कांग्रेसका मनोज गुरुङ पराजित भए । बिनाले ३७ हजार ७५० मत ल्याउँदा मनोजले १२ हजार ७८० मत ल्याए ।
६। प्रदीप बिष्ट – काठमाण्डौ १० मा विजयी हुँदा कांग्रेसका हिमाल कार्की पराजित भएका छन्  । बिष्टले ३७ हजार ४६९ र कार्कीले ८ हजार १०० मत ल्याए।
७। उत्तम प्रसाद पौडेल – कास्की २ मा विजयी हुँदा एमालेका रश्मि आचार्य पराजित भए। पौडेलले ३१ हजार ९११ र आचार्यले ७ हजार ४९३ मत ल्याए।
८। सस्मित पोखरेल – काठमाण्डौ ५ मा विजयी हुँदा कांग्रेसका प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेल पराजित भए। पोखरेलले ३० हजार ७३७ मत ल्याउँदा पौडेलले ९ हजार १५९ र पोखरेलले ४ हजार ७०१ मत ल्याए ।
९। पुकार बम – काठमाण्डौ ४ मा विजयी हुँदा कांग्रेसका सचित तिमल्सिेना र एमालेका राजन भट्टराई पराजित भए । पुकारले २९ हजार २४२, सचिनले ८ हजार ८२४ र भट्टराईले ५ हजार ७३३ मत ल्याए।
१०। गणेश पराजुली – काठमाण्डौ ७ मा २७ हजार ८०५ मत ल्याएर विजयी भएका छन्  ।
११। राजुनाथ पाण्डे – काठमाडौ–३ मा विजयी हुँदा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भए। रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी हुँदा घिसिङले ११ हजार १७१ मत ल्याए।
१२। विराजभक्त श्रेष्ठ – काठमाण्डौ–८ बाट विजयी भएका छन्  । उनले २४ हजार ५९२ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का सुमन सायमीले ३ हजार २१७ मत ल्याए।
१३। शिशिर खनाल – काठमाण्डौ–६ बाट विजयी भएका छन् । खनालले २७ हजार ७१९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाए ।
१४। रञ्जु न्यौपाने (दर्शना) – काठमाण्डौ १ बाट १५ हजार ४ सय ५५ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत ल्याउनु प्राप्त गरे।

कांग्रेस
१। दैलेख १ मा बासना थापा १२ हजार ३७२ मत ल्याएर विजयी भएका छन् । निकटम प्रतिष्पर्धी एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत ल्याए ।
२। रसुवा १ मा मोहन आचार्य १० हजार ६५६ मत ल्याएर विजयी भएका छन्  । निकटम प्रतिष्पर्धी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत ल्याए ।

३। मुस्ताङबाट योगेश गौचन थकाली ३ हजार ३०७ मत ल्याएर विजयी भएका छन्  । प्रतिस्पर्धी एमालेका ईन्द्रधार विष्टले एक हजार ८०३ मत प्राप्त गरे ।

४। मनाङबाट टेकबहादुर गुरुङ २ हजार ४१५ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपाकी एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत ल्याए ।

नेकपा
१। कालिकोटबाट महेन्द्रबहादुर शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी भएका छन्  । प्रतिष्पर्धी एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत ल्याए ।
२। रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । उनले १० हजार २४० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गरे ।

एमाले
१। बाँके २ बाट मोहम्मद इस्तियाक राईले २४ हजार ६४७ मत ल्याएर विजयी भएका छन् । प्रतिष्पर्धी रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ६७९ मत ल्याए।

बझाङमा एमालेको अग्रता कायमै

बझाङ, २३ फागुन ।
बझाङमा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

पछिल्लो मतगणना अनुसार नेकपा एमालेका ऐन महर ११७६० सहित अग्रस्थानमा छन् । महरलाई पछ्याईरहेका नेपाली काँग्रेसका उम्मेदवार प्रकाश रसाईली स्नेहीले ११०७८ मत ल्याएका छन् ।

त्यस्तै नेकपाका मीन बहादुर कुवँर ७४८२ मत सहित तेस्रो स्थानमा छन् । चौथो स्थानमा रास्वपाका शैलेस सिंहले ६६७१ मत ल्याएका छन् ।

बैतडीमा रास्वपाको अग्रता कायमै, एमाले तेस्रो

बैतडी । बैतडीमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि मोहन भण्डारीले अग्रता कायम राखेका छन्।

हालसम्म गणना भएको मतअनुसार  रास्वपाका भण्डारीले ३ हजार ७२४ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाली काँग्रेसका चतुबहादुर चन्द ३ हजार ४ मत सहित दोस्रो स्थानमा रहेका छन्।

नेकपा (एमाले)का दामोदर भण्डारीले २ हजार ५३७ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् भने नेपाल कम्युनिस्ट पार्टीका प्रमानन्द भट्टले १ हजार ६३१ मत प्राप्त गरेका छन्।

खोज्नुहोस