महावीर पुन भन्छन्– विजय जुलुस नमनाऔँ, हारेका प्रतिस्पर्धीहरूलाई उडाउन हुन्न
प्रतिनिधिसभा सदस्य चुनावमा विजयोन्मुख रहेका स्वतन्त्र उम्मेदवार महावीर पुनले विजयी जुलुस नमनाउने बताएका छन् ।
पुनले सामाजिक सञ्जालमार्फत विजयी नमनाउने बताएका छन् । साथै, उनले विजय जुलुसका लागि सदरमुकाम बेनीमा नआउनसमेत अनुरोध गरेका छन् ।
‘जित पक्का भयो । त्यसैले फेरि पनि भन्छु– बेनीमा विजय जुलुस निकाल्न कोही पनि पैसा र समय खर्च गरेर नआउनुहोला । किन भने विजय जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धीहरूलाई उडाउन हुन्न’, पुनले लेखेका छन् ।
उनले भविष्यमा विपक्षी नेताहरूसँग मिलेर काम गर्नुपर्ने बताए ।
