बझाङमा एमालेका ऐन बहादुर महर विजयी
बझाङ- प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार ऐनबहादुर महर १८४१५ मत ल्याई विजय भएका छन्।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहीले १६०२९ मत प्राप्त गरे । महरले रसाइलीलाई २ हजार २३९ मतान्तरले पराजित गरेका हुन्।
यहाँ नेपाली कम्युनिस्ट पार्टीका मिनबहादुर कुँवरले ९७४८ र रास्वपाका शैलेश सिंहले ९२३४ मत प्राप्त गरेका छन्।
यस्तै चुनाव चिन्ह हलोमा ४०४, गुलाबमा ५२०,र मादलमा ४१ मत खसेको छ। ५२८६४ मत सदर भएका छन् भने ३,१७० मत बदर भएका छन्।
