न्युजिल्याण्ड विश्वकपको सुपर ८ मा, अफगानिस्तान बाहिरियो

काठमाडाैं- आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को भिडन्तमा क्यानडामाथि न्युजिल्याण्डले ८ विकेटको सानदार जित दर्ता गरेको छ। भारतको चेन्नईस्थित एम.ए. चिदम्बरम स्टेडियममा क्यानडाका १९ वर्षीय युवराज सामराले ऐतिहासिक शतक प्रहार गरेपनि न्युजिल्याण्डले सहज जित हात पार्दै सुपर ८ मा प्रवेश गरेकाे हाे ।

टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले २० ओभरमा १७३/४ को बलियो योगफल खडा गरेको थियो। क्यानडाका लागि युवा ओपनर युवराज सामराले मात्र ६५ बलमा ११० रनको विष्फोटक इनिङ खेले। उनको यस इनिङमा ११ चौका र ६ छक्का सामेल थिए।

यस शतकसँगै टी-२० विश्वकपको इतिहासमा शतक प्रहार गर्ने उनी सबैभन्दा कान्छा खेलाडी (१९ वर्ष १४१ दिन) बनेका छन्। उनले पाकिस्तानका अहमद शहजादको कीर्तिमान तोडेका हुन्। साथै उनी पुरुष टी-२० विश्वकपमा शतक प्रहार गर्ने पहिलो एसोसिएट राष्ट्रका खेलाडी समेत बनेका छन्।

ओपनर सामरा र कप्तान दिलप्रित बाजवाबीच पहिलो विकेटका लागि ११६ रनको कीर्तिमानी साझेदारी भएको थियो। बाजवाले ३९ बलमा ३६ रन जोडे। अन्य ब्याटरहरूमा नवनीत धालीवालले १० र डिलन हेलिगरले अविजित ८ रनको योगदान दिएका थिए ।

न्युजिल्यान्डका लागि ज्याकब डफी, म्याट हेनरी, काइल जेमिसन र जेम्स निसमले १–१ विकेट लिए। फिल्डिङतर्फ ग्लेन फिलिप्सले उत्कृष्ट प्रदर्शन गर्दै क्यानडाका तीनै जना मुख्य ब्याटरको क्याच समातेका थिए।

यता १७४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको न्युजिल्याण्डले आक्रामक सुरुवात गर्दै मात्र १५.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। न्युजिल्याण्डको जितमा ग्लेन फिलिप्स र रचिन रविन्द्रले तेस्रो विकेटका लागि अविजित १४६ रनको साझेदारी गरे ।

ग्लेन फिलिप्सले ३६ बलमा ७६ रन बनाए भने रचिन रविन्द्रले ३९ बलमा ५९ रज जाेडे । सुरुवाती दुई विकेट सस्तैमा गुमाए पनि न्युजिल्याण्डले २९ बल बाँकी छँदै खेल आफ्नो पक्षमा पार्यो।

क्यानडाका डिलोन हेइलिगर र साद बिन जफरले १–१ विकेट लिए।

यो जितसँगै न्युजिल्याण्डले ४ खेलबाट ६ अंक जोड्दै सुपर ८ को दौडमा दक्षिण अफ्रिकासँगै आफूलाई शीर्ष स्थानमा उभ्याउँदा अफगानिस्तान भने बाहिरिएको छ । एक खेल खेल्न बाँकी रहेको अफगानिस्तानको २ अंक मात्रै रहेको छ ।

 

माघमा वैदेशिक रोजगारीमा गए ७० हजार बढी नेपाली

काठमाडौं । पछिल्लो महिना माघमा ७० हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

माघमा वैदेशिक रोजगार विभागबाट ७० हजार ५ सय ३ जनाले श्रम स्वीकृति (पुन: श्रम स्वीकृति सहित) लिएका हुन् । जसमा ६२ हजार १ सय ६२ पुरुष र ८ हजार ३ सय ४१ महिला छन् ।

पहिलो पटक श्रम स्वीकृति लिनेको संख्या भने ३७ हजार ८ सय १२ छ । जसमा ३२ हजार ८ सय ७४ पुरुष र ४ हजार ९ सय ३८ महिला छन् ।

माघमा सबैभन्दा बढी नेपाली युनाइटेड अरब इमिरेट्स (यूएई) गएका छन् । यूएईका लागि १५ हजार १ सय ३७ जनाले श्रम स्वीकृति लिएका थिए ।

त्यस्तै साउदीका लागि ११ हजार ५ सय ९२, कतार ११ हजार ५ सय ८०, मलेसिया १० हजार ३ सय ४१, कुवेत ५ हजार ४ सय ४३ र रोमानियाका लागि ३ हजार ९ सय ४० जनाले श्रम स्वीकृति लिएका थिए ।

यसैगरी जापानका लागि १ हजार ७ सय ६०, साइप्रस १ हजार २ सय ५५, ओमान १ हजार २ सय ५ र बहराइनका लागि १ हजार १ सय २७ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

चालु आर्थिक वर्ष २०८२/८३ साउनदेखि माघ ७ महिनामा ६ लाख ६१ हजार २ सय २१ जना वैदेशिक रोजगारीमा गएका छन् । जसमा ५ लाख ७६ हजार ५ सय १२ पुरुष र ८४ हजार ७ सय ९ महिला छन् ।

टी–२० विश्वकपमा शतक बनाउने कान्छा खेलाडी बने क्यानडाका युवराज

काठमाण्डाै- क्यानडाका युवराज सम्रा आईसीसी टी–२० विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

टी–२० विश्वकपमा समूह ‘डी’ मा न्युजिल्यान्डसँगको आजको खेलमा युवराजले १९ वर्ष १४१ दिनको उमेरमा शतक बनाएर कीर्तिमान कायम गरेका हुन् । उनी ६५ बलमा ६ छक्का र ११ चौका प्रहर गर्दै ११० रन बनाएर आउट भए ।

यसअघि सन् २०१४ मा बङ्गलादेशसँगको खेलमा पाकिस्तानका अहमद शेहजादले २२ वर्ष १२७ दिनको उमेरमा शतक बनाएका थिए ।

युवराज सम्रा टी–२० विश्वकपमा एसोसिएट राष्ट्रबाट शतक बनाउने पहिलो खेलाडी पनि बनेका छन् ।

याे खेलमा क्यानडाले न्युजिल्यान्डलाई १ सय ७४ रनको लक्ष्य दिएको छ । अहिले न्युजिल्यान्डले जवाफी ब्याटिङ गरिरहेको छ ।

 

गएको भदौ २३ र २४ को प्रदर्शनमा घाइते भएका दुई सय जनाको वर्गीकरण

काठमाण्डौ- गएको भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते भएका दुई सय जनाको वर्गीकरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अहिलेसम्म दुई सय जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको छ ।

गएको कात्तिक र मङ्सिर एक सय ८३ जना, पुसमा १६ र माघमा एक जनाको मात्र वर्गीकरण भएको उनले जानकारी दिए । सम्बन्धित जिल्ला प्रशासन कार्यालयले नव युवाको पछिल्लो प्रदर्शनकाक्रममा घाइते भएको विवरण पठाउनुपर्ने थियो ।

त्यसका लागि पटकपटक सूचना जारी गर्दा पनि थप घाइते सम्पर्कमा नआएका जानकारी गराएका मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले बताए । उनले थप सम्पर्कमा नआएपछि घाइतेको वर्गीकरण र नयाँ घाइतेको विवरण सङ्कलन गर्ने कार्य निश्चित अवधि तोकेर अगाडि बढाइने जानकारी दिए ।

प्रर्दशनका क्रममा विवरणभन्दा धेरै जना घाइते भए पनि सामान्य घाइतेलाई केही सुविधा उपलब्ध नहुने भएकाले पनि सम्पर्कमा नआएका हुनसक्ने उनले बताए । नवयुवाको प्रदर्शनका क्रममा दुई हजार ५ सय ९९ जना घाइते भएका मन्त्रालयको तथ्याङ्क छ ।

 

धनगढीमा अवतरण हुन नसकेपछि श्रीएयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

धनगढीः धनगढीका लागि काठमाडौँबाट उडेको श्रीएयरलाइन्सको जहाज मौसम बिग्रिएका कारण गन्तव्यमा अवतरण गर्न नसकेपछि मध्यरातमा पुनः काठमाडौँ फर्किएको छ।

धनगढी विमानस्थलमा अवतरणका लागि पटक–पटक प्रयास गरिए पनि अनुकूल अवस्था नबनेपछि जहाज राति करिब १२ बजे काठमाडौँ फर्काइएको हो। जहाज फर्किएपछि विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि समेत जनाएका थिए।

एयरलाइन्सले टिकट फिर्ता गर्न चाहने यात्रुलाई रकम फिर्ता गरिने तथा यात्रा जारी राख्न चाहनेलाई मंगलबार बिहानको उडानमार्फत धनगढी पठाइने जानकारी दिएको छ।

उक्त जहाज सोमबार राति ९ः४५ बजे काठमाडौँबाट धनगढीतर्फ उडेको थियो। उडानमा चालक दलका सदस्यसहित ८० जना यात्रु सवार रहेका थिए।

धनगढीका अधिकांश विद्यालय बन्द

यशोदा शर्मा,

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) द्वारा आह्वान गरिएको नेपाल बन्दको प्रभाव धनगढीमा पनि परेको छ । बन्दको सम्भावित असरका कारण आज धनगढीका अधिकांश निजी विद्यालयले पठनपाठन स्थगित गरेका छन् ।
विद्यालयहरूले विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएका छन् । धनगढीको सुदूरपश्चिमाञ्चल सुचना जारी गर्दै एकेडेमीले उत्पन्न परिस्थितिलाई मध्यजर गर्दै एक दिनका लागि पठनपाठन स्तगित गरेको जनाएको छ ।
यस्तै एश्वर्या विद्या निकेतनले पनि विद्यालय बन्द भएको जानकारी दिएको छ । ग्यालेक्सी बोर्डिङ, एलाइन्स, स्टििफन,इ–चाइल्ड लगायता अधिकांश विद्यालहरु बन्द रहेका छन् । कतिपय विद्यालयले विद्यालय पुगिसकेका विद्यार्थीलाई पनि बन्द भन्दै फकाएका छन् ।
निजि विद्यँलयहरुले असुरक्षाको कारण देखाए पनि धनगढीका केही सामुदायिक विद्यालय भने सञ्चालनमा रहेका छन् । धनगढीको त्रिनगर माध्यामिक विद्यालय सञ्चालन रहेको छ भने अवस्था सामान्य रहेको विद्यालयले प्रसाशाले जनाएको छ ।
विद्यालय मात्र होइन नेपाल बन्दको हल्लाले स्थानियहरु पनि त्रसित भएका छन् । धनगढीकी राधिका पालले आज नेपालगञ्ज जानु पर्ने भए पनि नेपाल बन्द भनेर रोकिएको बताइन । ‘आन्दोलन भएर कतै बाटोमा गाडि तोडफोड होला । बाटो बन्द होला भनेर प्लान नै क्यान्सिल गरे,’ उनले भनिन्  ।
यद्यपी नेपाल बन्द बारे नेपाल सरकारको तर्फबाट कुनै आधिकारिक धारणा वा निर्देशन सार्वजनिक भएको छैन । तर, विद्यालय व्यवस्थापन समितिहरूले आफ्नै मूल्यांकनका आधारमा सावधानी अपनाउँदै निर्णय लिएको जनाएका छन् ।
यसबारे जिल्ला प्रशासनले कैलालीका सुचना अधिकारी शिवराज जोशीले सुरक्षाका दृष्टिकोणले जिल्लाको अवस्था सामान्य रहेको बताए । उनले भने ‘नेपाल बन्दको हल्ला मात्रै फैलिएको हो । त्यस्तो डराउनु पर्ने केहि छैन अवस्था सामान्य छ ।’
हिजो नेकपा बहुमतले फागुन २१ गतेको निर्वाचनको खारेज गर्न, वैदेशिक उत्पीडन र हस्तक्षेपका विरुद्ध संघर्ष गर्न, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न र स्वाधीन संयुक्त सरकारको स्थापनाको वाटोमा अगाडि बढ्न माग सहित विज्ञेप्ती जारी गर्दै नेपाल बन्दको घोषण गरेको थियो  ।
‘नेपाल बन्दलाई अभुतपूर्व र ऐतिहासिक बनाउनका लागि सहयोग र समर्थन गर्न सम्पूर्ण राष्ट्रिय उद्योगी, यातायात व्यवसायी, व्यापारी, विद्यालय, कलेजहरु, बुद्धिजीवी, संचार जगत लगायत सबैमा हाम्रो पार्टी विनम्र अनुरोध गर्दछ,’ विज्ञेप्तीमा भनिएको छ ।

बाजे लोकेन्द्र बहादुर शाहको ईतिहास दोहो¥याउलान ‘मनु’ ?

धनगढी, ५ फागुन ।
नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा नर नारायण शाह ‘मनु’ उम्मेदवार छन् । दुई कार्यकाल नेपाली काँग्रेस कैलालीको सभापति रहेका शाह हाल नेपाली काँग्रेस सुदूर पश्चिम प्रदेशको महामन्त्रीको जिम्मेवारीमा छन् । शाहको परिचय यतिमै सिमित छैन् । उनी २०१५ सालको पहिलो आम निर्वाचनमा क्षेत्र नं. ६५ कैलाली–कञ्चनपुरबाट निर्वाचित सांसद लोकेन्द्र बहादुर शाहका नाती र जिल्ला विकास समिति कैलालीका पहिलो सभापति मोहन बहादुर शाहका छोरा हुन् ।

बाजे लोकेन्द्र बहादुर शाह निर्वाचित भएको ६७ वर्षपछि त्यही भूगोलमा नर नारायण शाह प्रतिनिधि सभा सदस्यको चुनावी प्रतिस्पर्धामा छन् ।

जहाँ ६ जना उम्मेदवारले चुनाव लडेका थिए । यसरी चुनावमा प्रतिस्पर्धा गर्नेहरूमा नेपाली कांग्रेसका लोकेन्द्रबहादुर शाह, संयुक्त प्रजातन्त्र पार्टी नेपालका धनबहादुर महतो, नेपाल राष्ट्रवादी गोरखा परिषद्का लालबहादुर राना थारू थिए । तिलकराज शाही र विमलकुमार जोशी स्वतन्त्र रूपमा चुनाव लडेका थिए । छिमानन्द महतोले भने मनोनयन दर्ता गरे पनि पछि फिर्ता लिएका थिए । निर्वाचनमा नेपाली कांग्रेसका लोकेन्द्रबहादुर शाह ६,४४४ मत प्राप्त गरी विजयी भएका थिए । शाह निकटतम प्रतिद्वन्द्वीभन्दा पाँच गुणाभन्दा बढि मत ल्याएर बिजयी भएका थिए । उपबिजेता भएका महतोले १५४५ मत पाए । रानाले १०८६ । शाहीले ९६७ । जोशीले ७६१ ।

२०१५ सालमा लोकेन्द्र बहादुर शाह निर्वाचित हुदा कैलाली र कञ्चनपुर एउटै निर्वाचन क्षेत्र थियो । यतिबेला कैलालीमा पाँच र कञ्चनपुरमा तीन वटा निर्बाचन क्षेत्र छन् । काँग्रेसको गढ मानिने कैलाली क्षेत्र नम्बर ५ मा काँग्रेसको आन्तरिक किचलो र अन्तर्घातका कारण दुई पटक एमालेले बाजी मारेको थियो । यस पटक शाहप्रति सबै काँग्रेसी नेता र कार्यकर्ताको शुभेच्छा र सहानुभूति देखिन्छ ।

बाजे लोकेन्द्र बहादुर शाहको ईतिहास के नरनारायण शाह दोहो¥याउलान ? कैलाली क्षेत्र नम्बर ५ मा शाहको उम्मेदवारीलाई सबैले चासो पूर्वक हेरिरहेका छन् ।

२०१५ सालको निर्वाचनमा कैलाली कञ्चनपुर जिल्लामा मतदान केन्द्र र मतदाता संख्या:

जिल्लाको नामः कैलाली कञ्चनपुर
निर्वाचन क्षेत्रको नामः कैलाली कञ्चनपुर नं. ६५
तप्पाको नामः सेलीपाहाड बाइसी

नम्बर                 मतदान केन्द्रको नाम           मतदान केन्द्रभित्रको जम्मा मतदाता संख्या
१.                      बेलौरी                                                         ७९१
ऐ                                                              ६८८
२.                      बिचुवा                                                       ९०५
३.                      सुडा                                                            ६१७
ऐ                                                              ७७०
४.                       पिलाडी                                                      ९१५
ऐ                                                              ९२३
५.                       बिचुवा                                                        ९५६
ऐ                                                               ९५७
ऐ                                                              ९०१
६                        कलवापुर                                                    ८२५
ऐ                                                              ८००
७.                       त्रिनगर                                                       ८७७
ऐ                                                              ८९०
ऐ                                                               १०७७
८                        श्रीपुर                                                          १०६८
ऐ                                                               १०४६
ऐ                                                             ११४८
९                        ब्योसा                                                         ११४६
ऐ                                                               ११०६
१०                     अ‍ैठा                                                            ८८९
ऐ                                                                 ९०८
ऐ                                                                 ९४३
११                     वसौदी                                                           १०५६
ऐ                                                                  ८९२
ऐ                                                                  १०६३
ऐ                                                                 ९४०
१२                    पवेरा                                                             १९२३
१३                   दरख                                                             १०८०
ऐ                                                                 १०७८
ऐ                                                                  ११६३
१४                   भजनी                                                           १२५४
१५                   भगवानपुर मध्ये नारानपुर                               ९९१
ऐ                                                                 १९६६
ऐ                                                                १०४८
ऐ                                                                ९१७
१६                   पुनुवा                                                          १०४९
ऐ                                                                 १०९१
ऐ                                                                 १०९५
१७                 नुहारीपुर                                                        ११७८
ऐ                                                                   १०४३
ऐ                                                                   १०४४
१८                घोटीपुर चुहा                                                    १२९४
ऐ                                                                    १२१६
१९                सिमरी                                                             ९४६
ऐ                                                                   ९२०
ऐ                                                                   १०५५
ऐ                                                                  ९५७
२०                महादेब्ली                                                         १११२
ऐ                                                                  ११४१
ऐ                                                                   १०२७

स्रोतः गोरखापत्र, २०१५ फागुन ३० । 

निर्वाचनका लागि मतपत्र छपाइ सकियो

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिए । आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने उनले बताए ।

पौडेलले भने, ‘प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइकार्य सोमबार साँझबाट सम्पन्न गरेका छौँ । ४२ दिनको कार्यतालिका लिएर छपाइ सुरु गरिएकामा ४० दिनमै सम्पन्न गर्न सफल भयौँ । अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्‍याउँछौं ।’

केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो । यसअघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ भने दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ ।

पौडेलले कर्णाली र सुदुरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पु¥याउने गरी काम भइरहेको जानकारी दिए ।

भारत ‘ए’सँग पराजित भएसँगै राइजिङ स्टार्स महिला एसिया कपबाट बाहिरियो नेपाल

काठ्माणडौ- राइजिङ स्टार्स महिला एसिया कपअन्तर्गत नेपाल आफ्नो तेस्रो खेलमा भारत भारत ‘ए’सँग ७ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ।

मगंलबार नेपालले दिएको ७९ रनको लक्ष्य भारत ‘ए’ ले ७।५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। भारतका लागि वृन्दा दिनेशले सर्वाधिक ३९ रन बनाइन्। नेपालका लागि मनिषा उपाध्यायले १ विकेट लिइन्।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले १८ औँ ओभरमा अलआउट हुँदै जम्मा ७८ रन रन बनाएको थियो। नेपालका लागि सम्झना खड्काले सर्वाधिक २२ रन बनाइन्।

नेपाल यूएई र पाकिस्तान ‘ए’ सँग पनि पराजित भएको थियो।

कक्षा १२ को परीक्षा बैशाख १४ देखि शुरु हुने

काठमाण्डौ – कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बैशाख १४ गते सोमबारदेखि शुरु हुने परीक्षा २७ गते आइतबारसम्म चल्नेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । त्यसअघि एसईईको परीक्षा आउँदो चैत्र १९ गतेदेखि सञ्चालन हुनेछ ।

सुनको मूल्य घट्यो

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला ३ लाख दुई हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर ४ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा ४ हजार ८६० रुपैयाँ कायम थियो ।

दुई दशकपछि आज सत्तामा फर्किंदै बीएनपी, शपथ खान संसद्‌ भवनमा भेला भए सांसद

एजेन्सी । बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) लगभग दुई दशकपछि आज सत्तामा फर्कंदै छ। तारिक रहमानले आज ढाकास्थित राष्ट्रिय संसद् भवनको दक्षिण प्लाजामा प्रधानमन्त्रीका रूपमा शपथ खानेछन्।

नवनिर्वाचित बीएनपी सांसदहरू शपथ खान संसद् परिसरमा पुगिरहेका छन्। शपथ ग्रहण समारोह केही समयपछि सुरु हुँदै छ, जहाँ प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले नवनिर्वाचित सांसदहरूलाई पदको शपथ गराउनेछन्।

मुख्य समारोह दिउँसो ४ बजे सुरु हुनेछ। जहाँ राष्ट्रपति मोहम्मद शहाबुद्दीनले प्रधानमन्त्री-निर्वाचित तारिक रहमान र उनको प्रारम्भिक मन्त्रिपरिषद्लाई शपथ खुवाउनेछन्।

नेपालमा सुकुम्बासी समस्या र भोट बैंकको राजनीति

टीका पौडेल ।

नेपालमा सुकुम्बासी समस्या कुनै आकस्मिक वा एकदिने घटनाको परिणाम होइन, बरु यो राज्य निर्माणदेखि अहिलेसम्मकै असफल नीति, कमजोर शासन, राजनीतिक स्वार्थ र सामाजिक–आर्थिक असमानताको संयुक्त प्रतिफल हो। पछिल्ला पाँच दशकमा नेपालले भोगेको राजनीतिक परिवर्तन, विकासका नाममा केन्द्रित सहरमुखी नीति, आन्तरिक बसाइँसराइको तीव्रता, द्वन्द्व र गरिबीले सुकुम्बासी समस्यालाई संस्थागत बनाइदिएको छ। आज सुकुम्बासी भन्नासाथ केवल जग्गाविहीन मानिसको तस्वीर मात्र होइन, बरु भोट बैंक, राजनीतिक संरक्षण, सहरी अतिक्रमण, वातावरणीय जोखिम र राज्यको असक्षमताको प्रतीकका रूपमा हेर्न थालिएको छ।

नेपालमा सुकुम्बासी समस्या ऐतिहासिक रूपमा भूमि स्वामित्वको असमान वितरणसँग जोडिएको छ। परम्परागत सामन्ती संरचनामा सीमित व्यक्तिहरूको हातमा विशाल जमिन रहँदा ठूलो जनसंख्या भूमिहीन बन्यो। भूमि सुधारका प्रयासहरू कागजमै सीमित भए, प्रभावकारी कार्यान्वयन हुन सकेन। पञ्चायतकालदेखि प्रजातन्त्र, गणतन्त्र र संघीयता हुँदै आइपुग्दा पनि भूमि नीति जनमुखी बन्न सकेन। यसैबीच विकासका अवसर सहर केन्द्रित हुँदा ग्रामीण क्षेत्रका मानिसहरू रोजगारी, शिक्षा र स्वास्थ्यको खोजीमा सहर पस्न थाले। तर राज्यले सहरको जनसंख्या वृद्धिलाई ध्यानमा राखेर आवास र पूर्वाधारको दीर्घकालीन योजना बनाउन सकेन। परिणामस्वरूप सार्वजनिक जग्गा, नदी किनार, वन क्षेत्र र जोखिमयुक्त भूभागमा अनधिकृत बस्तीहरू फैलिन थाले।

यस समस्यालाई अझ जटिल बनाउने मुख्य कारण राजनीति हो। सुकुम्बासी समुदाय नेपालमा राजनीतिक दलहरूको स्थायी भोट बैंकमा परिणत भएका छन्। चुनाव नजिकिँदै गर्दा सुकुम्बासीलाई लालपुर्जाको आश्वासन, स्थायी बसोबासको सपना र संरक्षणको भरोसा दिइन्छ। तर चुनाव सकिएपछि ती आश्वासनहरू बिस्तारै ओझेलमा पर्छन्। सुकुम्बासीलाई हटाउने कुरा उठ्दा मानवअधिकार, गरिबी र सामाजिक न्यायको नाममा राजनीतिक हस्तक्षेप हुन्छ, तर दीर्घकालीन पुनर्वास र व्यवस्थापनको जिम्मेवारी लिन कोही तयार हुँदैन। यसरी सुकुम्बासी समस्या समाधानको विषय होइन, सत्ता टिकाउने र मत सुरक्षित गर्ने साधनका रूपमा प्रयोग हुँदै आएको छ।

राज्यले कहिलेकाहीँ अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको देखिन्छ। तर ती प्रयासहरू प्रायः अस्थायी, प्रतिक्रियात्मक र दमनमुखी हुन्छन्। पुनर्वासको ठोस योजना, वैकल्पिक आवास, रोजगारीको व्यवस्था र सामाजिक सुरक्षाबिना गरिएको भ्खष्अतष्यल ले समस्या समाधान होइन, समस्या स्थानान्तरण मात्र गर्छ। हटाइएका सुकुम्बासीहरू पुनः अन्यत्र अनधिकृत रूपमा बस्न बाध्य हुन्छन्। यसले राज्यप्रति अविश्वास बढाउँछ र सामाजिक द्वन्द्वको सम्भावना पनि सिर्जना गर्छ।

सुकुम्बासी समस्या केवल आवासको प्रश्न होइन, यो जीविकोपार्जनसँग गहिरो रूपमा जोडिएको छ। अधिकांश सुकुम्बासी अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुर, घरेलु कामदार, साना व्यवसायी वा अस्थायी श्रमिक हुन्छन्। उनीहरूको बसोबास स्थान रोजगारीको पहुँचसँग जोडिएको हुन्छ। सहरको बाहिरी भागमा पुनर्वास गर्दा रोजगारी टाढा पर्छ, खर्च बढ्छ र जीवन झन् कठिन बन्छ। यही कारण धेरै सुकुम्बासी पुनर्वास योजनालाई अस्वीकार गर्छन् वा पुनः सहर फर्किन्छन्। यस यथार्थलाई नबुझी केवल जमिन खाली गराउने सोचले समाधान सम्भव छैन।

सहरी योजना ९ग्चदबल एबिललष्लन० को कमजोरीले पनि सुकुम्बासी समस्या गहिरिएको छ। नेपालका सहरहरू योजनाविहीन रूपमा फैलिएका छन्। जनसंख्या वृद्धि, यातायात, आवास, खुला क्षेत्र र वातावरणीय सन्तुलनलाई एकीकृत रूपमा हेर्ने दृष्टिकोण विकास हुन सकेन। नदी किनारका अनधिकृत बस्तीहरूले प्राकृतिक बहाव अवरुद्ध गरेका छन्, जसका कारण बाढी, प्रदूषण र स्वास्थ्य जोखिम बढेका छन्। फोहोर व्यवस्थापन, ढल प्रणाली र सुरक्षित खानेपानीको अभावले सुकुम्बासी बस्ती मात्र होइन, सिंगो सहरलाई असर पुर्‍याइरहेको छ।

अन्तर्राष्ट्रिय अभ्यासले देखाउँछ कि सुकुम्बासी समस्या समाधान गर्न दमन होइन, समावेशी नीति आवश्यक हुन्छ। धेरै विकसित देशहरूमा निम्न आय भएका नागरिकका लागि सामाजिक आवास कार्यक्रम सञ्चालन गरिन्छ। संघीय र स्थानीय सरकारको सहकार्यमा किफायती घर निर्माण, दीर्घकालीन किस्ताबन्दी, भाडामा बस्ने अधिकार र आधारभूत सेवा सुनिश्चित गरिन्छ। आवासलाई शिक्षा, स्वास्थ्य र रोजगारीसँग जोडेर हेर्ने गरिन्छ। यसले नागरिकलाई सम्मानजनक जीवनयापनको अवसर दिन्छ र सहरलाई व्यवस्थित बनाउँछ।

नेपालमा पनि संघीय संरचनाले यस्तो अवसर दिएको छ। स्थानीय सरकार सुकुम्बासी समस्यासँग प्रत्यक्ष रूपमा जोडिएका छन्। तर स्रोत, प्राविधिक क्षमता र स्पष्ट नीति अभावका कारण प्रभावकारी भूमिका खेल्न सकेका छैनन्। संघीय सरकारले राष्ट्रिय स्तरको स्पष्ट भूमि र आवास नीति बनाउनुपर्छ, प्रदेश सरकारले क्षेत्रगत योजना र स्थानीय सरकारले कार्यान्वयनमा नेतृत्व लिनुपर्छ। वैज्ञानिक लगत संकलन, वास्तविक सुकुम्बासीको पहिचान र राजनीतिक संरक्षणमा बसेकाहरूको छुट्टै वर्गीकरण नगरी समस्या समाधान सम्भव छैन।

सबैभन्दा महत्वपूर्ण कुरा राजनीतिक इच्छाशक्ति हो। जबसम्म सुकुम्बासीलाई भोट बैंक होइन, अधिकार सम्पन्न नागरिकका रूपमा हेर्ने दृष्टिकोण विकास हुँदैन, तबसम्म समस्या समाधान हुँदैन। सुकुम्बासी समस्या समाधान गर्नु भनेको केवल केही घर बनाउनु होइन, बरु राज्य र नागरिकबीचको सम्बन्ध पुनःपरिभाषित गर्नु हो। यो सामाजिक न्याय, समावेशी विकास र सुशासनको परीक्षा हो।

निष्कर्षमा भन्नुपर्दा, नेपालमा सुकुम्बासी समस्या राज्यको दीर्घकालीन असफलताको दर्पण हो। यसलाई समाधान नगरी न त व्यवस्थित सहर निर्माण सम्भव छ, न त वातावरणीय सन्तुलन कायम रहन्छ, न त सामाजिक न्याय सुनिश्चित हुन्छ। सुकुम्बासी समस्यालाई चुनावी एजेन्डाबाट माथि उठाएर राष्ट्रिय प्राथमिकताका रूपमा लिन सकियो भने मात्र दीर्घकालीन समाधान सम्भव छ। अन्यथा, सुकुम्बासी समस्या र भोट बैंकको राजनीति नेपालको विकास यात्रामा स्थायी अवरोध बनेर रहनेछ।

राजपाल यादवलाई डेढ करोड धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । चेक बाउन्स मुद्दामा तिहाड जेलमा ११ रात बिताएका बलिउड अभिनेता राजपाल यादवलाई धरौटीमा रिहा गर्न दिल्ली उच्च अदालतले सोमबार आदेश दिएको छ ।अदालतले उनलाई डेढ करोड भारु धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अपरान्ह उनीबारेको मुद्दालाई लिएर थुनछेक बहस भएको थियो । सुनुवाइका क्रममा अदालतले यादवलाई ३ बजेसम्म डेढ करोड भारु धरौटी रकम जम्मा गर्न निर्देशन दिएको थियो ।

एन्फाको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक, फागुन २७ मा मतदान

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि संशोधित कार्यतालिका सार्वजनिक भएको छ ।

एन्फा निर्वाचनका विरुद्धमा परेको रिटसम्बन्धी पाटन उच्च अदालतले दिएको अन्तरिम आदेशपछि निर्वाचन स्थगित भएको थियो । उक्त आदेश  खारेज भएपछि एन्फा निर्वाचन समितिले नयाँ तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार एन्फा अध्यक्षका लागि अब २७ फागुनमा मतदान हुनेछ । त्यसअघि फागुन ५ मा मताधिकार प्रतिनिधि तथा विवरण एन्फा सचिवालयले निर्वाचन समितिलाई बुझाउने छ ।

फागुन ७ मा अडिट एण्ड कमप्लाइन्स समितिबाट उम्मेदवारहरुको सदाचार परिक्षणको निर्णय एवम निर्वाचन समितीबाट उम्मेदवारहरुको सान्दर्भिक कागजात परिक्षण सहितको निर्णय हुनेछ ।

फागुन ८ गते उम्मेदवार तथा मताधिकार प्रतिनिधीहरुको नामावली प्रकाशन हुनेछ । फागुन १४ गते उम्मेदवार तथा मताधिकार प्रतिनिधिहरु विरुद्ध दाबी विरोध गर्ने अन्तिम मिति तोकिएको छ ।

फागुन १५ गते पुनरावेदन समितिको निर्णय अनि फागुन १६ गते दाबी विरोधको पुनरावेदन पछिको अन्तिम नामावली प्रकाशन गरेपछि फागुन २७ मा मतदान हुनेछ ।

यस्तै आजैका लागि तय भएको ‘बी’ डिभिजन क्लबहरूको मताधिकार छनोट कार्यक्रम नगर्ने भन्दै बी डिभिजनका १३ क्लबले सोमबारै एन्फा सीईओ ईन्द्रमान तुलाधरलाई निवेदन बुझाएका थिए ।

उनीहरूले एन्फा अर्डिनरी कंग्रेसको नयाँ मिति र निर्वाचनको पूर्ण कार्यतालिका विधिवत् रूपमा प्रकाशित नभएसम्म यस मताधिकार छनोट प्रक्रियामा सहभागी नहुने जानकारी गराएका थिए।

यसअघि नै ‘सी’ डिभिजन क्लबहरूको मताधिकार छनाोट कार्यक्रम सम्पन्न भइसकेको छ भने ९ ‘सी’ डिभिजन क्लबले मताधिकार पाएका छन् ।

२८ दलले बुझाए आयोगमा घोषणा-पत्र

प्रतिनिधिसभा निर्वाचनका लागि ६३ राजनीतिक दल दर्ता भए पनि सोमबारसम्ममा निर्वाचन आयोगमा २८ दलले मात्रै घोषणापत्र बुझाएका छन्।

आयोगले फागुन ३ गतेभित्र घोषणापत्र पेस गर्न निर्देशन दिएको थियो। २८ वटा दलले सार्वजनिक रूपमा घोषणापत्र वा प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युष्टि पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलले घोषण-पत्र सार्वजनिक गरिसकेका हुन्।

आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दलहरूले तोकिएको मितिमा घोषणापत्र सार्वजनिक गर्नुपर्ने कानुनी दायित्व रहेको बताए।

निर्वाचनमा प्रतिस्पर्धा गर्ने दलले आफ्ना योजना, कार्यक्रम, विकास निर्माण, सुशासन र मुलुकको अग्रगामी निकासका विषय समेटिएको घोषणापत्र वा प्रतिबद्धता पत्र आयोगमा पेस गर्नुपर्ने बताएका छन्।

कतिपय दलले घोषणापत्रको सट्टा प्रतिबद्धता पत्र पेस गरेको बताउँदै घोषणापत्र आउने क्रम जारी रहेको र सबै दलले पेस गर्नेमा आयोग विश्वस्त रहेको उनले बताए।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार केन्द्रमा चार दलको मात्रै घोषणापत्र दर्ता भएको तथ्याङ्क छ। केही दलले जिल्ला निर्वाचन कार्यालयमा घोषणापत्र बुझाएको भन्ने जानकारी आएको भए पनि केन्द्रमा तोकिएको समयसीमाभित्र चार दलले मात्रै पेस गरेका हुन्।

उनका अनुसार आइतबार बिदाको दिन परेकाले अधिकांश दलले सोमबार दिनभरिमा आफ्ना घोषणापत्र बुझाउने सम्भावना रहेको छ।

आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचार-प्रसार गर्न पाइने व्यवस्था गरेको छ। फागुन १८ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने र मौन अवधिमा कुनै प्रकारको प्रचार-प्रसार गर्न पाइने छैन।

त्यसैगरी, निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताउँदै दल तथा उम्मेदवारले प्रचार-प्रसार, भेटघाट, सम्पत्तिको प्रयोगलगायत सबै गतिविधि आचारसंहिताको परिधिभित्र रहेर गर्नुपर्नेछ।

गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नवगठित शान्ति बोर्डले गाजाका लागि मानवीय र पुनर्निर्माण सहायता स्वरूप पाँच अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत ट्रम्पले सन् २०२६ फेब्रुअरी-१९, मा, शान्ति बोर्डका सदस्यहरूमा सामेल हुने र जहाँ सदस्य राष्ट्रहरूले मानवीय प्रयास र गाजाको पुनर्निर्माणलाई सहयोगको प्रतिज्ञा गरेको घोषणा गर्ने जनाएका छन्।

गाजामा सुरक्षा कायम गर्न अन्तर्राष्ट्रिय स्थिरीकरण बल (आइएसएफ) र स्थानीय प्रहरीमा हजारौं कर्मचारी नियुक्त गरिएकोसमेत उनले प्रष्ट पारेका छन्।

आसन्न बैठकले शान्ति बोर्डको पहिलो आधिकारिकतालाई प्रतिबिम्बित गर्ने जनाइएको छ भने अमेरिकी राष्ट्रपति ट्रम्पले यो पहल गाजाको भविष्यको निर्णायक बिन्दु भएको उल्लेख गरेका छन्।

न्युयोर्क टाइम्सले यस अघि अमेरिकाले गाजामा शान्ति बोर्ड स्थापनाको परियोजनाहरूका लागि एक अर्ब डलर भन्दा बढी रकम दिने वाचा गरेको जनाएको थियो।

ह्वाइट हाउसका एक अधिकारीले आगामी दिनमा थप प्रतिज्ञाहरू अपेक्षा गरेको जनाउदै गत सेप्टेम्बरमा घोषणा गरिएको ट्रम्पको २० बुँदे शान्ति योजनाले युद्धविरामको लागि मार्ग प्रशस्त गर्ने र शान्ति बोर्डले कोष व्यवस्थापन गर्ने जनाएका छन्।

स्रोतका अनुसार वित्तीय प्रतिज्ञाहरूको ठूलो हिस्सा गाजामा मानवीय परियोजनाहरूका साथै आइएसएफका लागि समर्थनका लागि तोकिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जनवरी २२ मा सुरु गरिएको शान्ति बोर्डमा अहिले सम्म २० भन्दा बढी देश सामेल भइसकेका छन् भने बोर्डको स्थापना चार्टर स्विजरल्याण्डको डाभोसमा विश्व आर्थिक फोरमको एक समारोहमा हस्ताक्षर गरिएको थियो।

पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा सरकारको स्वीकृति लिनुपर्ने

काठमाडाैँ- सरकारले पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन तथा वितरण गर्नको लागि पूर्वस्वीकृति अनिवार्य गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वस्वीकृतिविना पात्रो तथा क्यालेण्डर प्रकाशन र वितरण गर्न नपाइने जानकारी गराएको हो ।

समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीकाअनुसार गठन आदेश २०७९ तथा आन्तरिक व्यवस्थापन निर्देशिका–२०७९ बमोजिम व्यक्ती, संघ–संस्था, प्रकाशक तथा वितरकले पात्रो (पात्रो/पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन गर्नुअघि अनिवार्य रूपमा समितिबाट स्वीकृति लिनुपर्ने व्यवस्था भएअनुसार सो व्यवस्था गरिएको जानकारी दिए ।

उनले बजारमा आउने कतिपय पात्रो तथा क्यालेण्डरमा तिथि, मिति, सार्वजनिक बिदा लगायतका विवरणमा त्रुटि भेटिँदा सर्वसाधारणमा अन्योल र असुविधा सिर्जना भएको भन्दै त्यसतर्फ समेत सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।

पूर्वस्वीकृति लिए नलिएकोबारे अनुगमन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको भनाइ छ । उक्त समितिलाई स्वीकृतिबिना प्रकाशित सामग्री जफत गर्न तथा आवश्यक कारबाही सिफारिस गर्ने अधिकार दिइएको कार्यकारी निर्देशकले पन्थीले जानकारी दिए ।

उनले भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिसँग पूर्वस्वीकृति लिन सरोकारवाला सबैलाई निर्देशन दिँदै उक्त निर्देशन कार्यावयनकका लागि जिल्ला प्रशासन कार्यालयहरुसँग सहयोगको अपेक्षा समेत गरेको छ।

बंगलादेशमा नयाँ प्रधानमन्त्रीको शपथ: नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुँदै

काठमाडौं । बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री बालानन्द शर्मा आइतबार ढाका जाँदैछन्।बङ्गलादेशमा हालै सम्पन्न आमनिर्वाचनपछि गठन हुन लागेको नयाँ सरकारको  स्वागत र द्विपक्षीय सम्बन्ध नवीकरणका लागि उनी त्यसतर्फ जान लागेका हुन्।

पछिल्लो समय नेपाल र बङ्गलादेशबीच ऊर्जा व्यापारको विषयले निकै प्राथमिकता पाएको छ। नेपालबाट ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने ऐतिहासिक सम्झौता कार्यान्वयनको चरणमा रहेका बेला यो उच्चस्तरीय भ्रमण हुन लागेको हो।

हालै भएको निर्वाचनबाट तारिक रहमान नेतृत्वको बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले दुई तिहाइभन्दा बढी सिटसहित ऐतिहासिक जित हासिल गरेको थियो। रहमान प्रधानमन्त्री हुँदैछन्।

परराष्ट्रका अनुसार मन्त्री शर्माले ढाकामा रहँदा नवनिर्वाचित प्रधानमन्त्री र विदेशमन्त्रीसँग संक्षिप्त शिष्टाचार भेट गरी डेडिकेटेड ट्रान्समिटर लाइन र जलविद्युतमा लगानीका विषयमा समेत कुराकानी पनि गर्नेछन्।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार भ्रमण दलमा परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका वरिष्ठ अधिकारीहरू समेत छन्। मन्त्री शर्मा फागुन ७ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

नेपालले बङ्गलादेशसँग बिमिस्टेक र सार्क जस्ता क्षेत्रीय मञ्चहरूमा पनि निकट रहेर काम गर्दै आएको छ। काठमाडौँ र ढाकाबीच सिधा हवाई सम्पर्क र बङ्गलादेशको चटगाउँ तथा मोङ्ला बन्दरगाहको प्रयोगका विषयमा विगतदेखि नै छलफल भइरहेका छन्।

एफएनसीसीआईको पहलमा कैलालीमा शिशु स्याहार र प्राथमिक उपचार केन्द्र स्थापना

कैलाली- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)द्वारा सञ्चालित सशक्त महिला सम्वृद्ध नेपाल कार्यक्रमले गोदावरी–६, कैलालीमा रहेको ग्रीन होम प्रा.लिको परिसरमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना गरेको छ ।  अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त पूर्वाधार स्थापना गरेको हो ।
महासंघका अनुसार, करिब १० लाखको लगानीमा तयारी गरिएको उक्त संरचनामा बालबच्चा भएका महिला कर्मचारीहरू, जसले आफ्नो बच्चाको समय–समयमा हेरचाह गर्न पाउने छन् । “संरचनाभित्र बालबच्चाका लागि पोषणयुक्त खानेकुराको लागि आवश्यक साधन, खेलकुद सामग्रीसहितको व्यवस्था गरिएको छ । यस कक्षमा उनीहरूको लागि उद्योगले सहजकर्ता समेत राख्ने छ,” महासंघले जारी गरको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीमा बालबच्चाको समस्याको कारण देखाउँदै अनुभवी महिला कर्मचारीहरूले काम छोड्ने समस्या बढ्न थालेपछि उनीहरूको सन्तानलाई पनि राम्रो वातावरण दिने गरी उद्योग परिसरमा शिशु स्याहार केन्द्र स्थापना गरिएको उद्योगका सञ्चालक लम्सालले जानकारी दिए । लम्सालका अनुसार, उद्योगमा अहिले ९२ महिला र ३२ पुरुष कर्मचारी छन् ।
उद्योगमै आफ्ना बालबच्चाहरूको हेरचाह गर्न पाउने भएपछि महिला श्रमिकहरू उत्साहित भएको र शिशु स्याहार केन्द्रमा बालबालिकाहरूको खेल्दै सिक्ने प्रक्रिया अघि बढ्ने उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलले जानकारी दिए । पौडेलका अनुसार, शिशु स्याहार केन्द्र तथा स्तनपान र ड्रेसिङ रुम स्थापनाको लागि उद्योगले भौतिक संरचना उपलब्ध गरेको हो ।
स्याहार केन्द्रको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरतराज आचार्यले यस्ता पहलहरूले अवैतानिक हेरचाह कार्यको बोझ कम गर्दै दिगो विकास र जनशक्ति स्थायित्व जस्ता व्यापक लक्ष्यहरूसँग समन्वय गर्ने बताए ।
“केयर–अर्थतन्त्रको हिस्साका रूपमा निजी क्षेत्रको साझा प्रतिबद्धताअन्तर्गत, उद्योगका कर्मचारी, विशेषगरी महिलाहरूका लागि कार्यस्थलमै बाल हेरचाह केन्द्र स्थापना भएको छ । यसले कामकाजी अभिभावकहरूलाई सहयोग गर्ने साथै लैंगिक समानता प्रवर्द्धन गर्नेछ । यो अभ्यासलाई अन्य उद्योगहरूले पनि अनुशरण गर्नुपर्दछ,” उनले भने  ।

नेप्से परिसूचक ८ अंकले घट्यो

काठमाडौं- सेयर बजार आज ८.१६ अंकले घटेको छ। नेप्से परिसूचक ८.१६ अंकले घटेर २६६२.९१ विन्दुमा अडिएको हो।

यसदिन ३३५ स्क्रिप्सको १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर ७ अर्ब ९४ करोड २७ लाख ६० हजार २२० रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ८६ वटा स्टक्सको मूल्य बढ्दा १६३ वटाको घट्यो। बाँकी ९ वटा स्टक्सको मूल्य स्थिर रह्यो।

आज तीनवटा कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भयो। बुद्धभूमि नेपाल, रिलायन्स स्पाइनिङ र साल्पा विकास बैंकको सेयर सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा रिदी पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६५ करोड ३ लाख २२ हजार मूल्य बराबरको सेयर कारोबार भएको छ।

कांग्रेसले आसन, भाषण र शासनमा सुधार गर्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफूहरूले आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् ।

सोमबार लमजुङको कांग्रेस जिल्ला कार्यालय भवन उद्घाटन र विश्वेश्वरप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रममा उपसभापति शर्माले आफूहरूले आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् ।

‘बदलिएको काँग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्नेछ । कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी १, २, ३ र ४ को नीति संविधानमा अङ्कित गर्नेछौँ,’ उपसभापति शर्माले भने, ‘अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्य मन्त्री दुई पटक भन्दा बढी रहन पाउने छैनन् ।’

उनले पार्टीका नेता कार्यकर्तालाई चुनावी मैदानमा गाली होइन प्रेम सम्प्रेषण गर्न आग्रह गरे ।  स्वस्थ आलोचना स्वाभाविक हुने तर आपसलाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन नसकिने तथा चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य कांग्रेसले भाषण र घोषणा पत्रमार्फत नगर्ने शर्माले बताए ।

जेनजी विद्रोहको भावनाबमोजिम शासनमा सुधार गर्ने उपसभापति शर्माले बताए ।

‘देशको शासनमा जेजस्तो सुधार गर्न जरुरी छ । त्यसको केस्राकेस्रा केलाएका छौँ ,’ उपसभापति शर्माले भने, ‘हामीले जेनजी विद्रोहको भावना बमोजिम त्यो सुधार, परिमार्जन र समग्रमा परिवर्तनलाई हामी सम्भव बनाउने छौँ ।’

टी–२० विश्वकपः अफगानिस्तानको पहिलो जित

काठमाडौं- जारी टी–२० विश्वकपमा अफगानिस्तानले पहिलो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा अफगानिस्तानले यूएईलाई ५ विकेटले हराएको हो ।

यूएईले दिएको १६१ रनको लक्ष्य अफगानिस्तानले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि अजमतुल्लाह ओमारजाइले अलराउण्ड प्रदर्शन गरे । बलिङतर्फ चार विकेट लिएका अजमतुल्लाहले ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै २१ बलमा ४० रनसहित अविजित रहे । उनले ३ छक्का र २ चौका प्रहार गरे ।

यस्तै, इब्राहिम जाद्रानले ५३, डार्विस रसुलीले ३३, सेदकुल्लाह अटलले १६ तथा गुलाबदिन नइबले १३ रन जोडे ।

बलिङतर्फ यूएईका जुनैद सिद्धीकी र मुहम्मद अर्फानले दुई–दुई तथा मुहम्मद जवादुल्लाहले एक विकेट लिए ।

त्यसअघि अरुण जेटली मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १६० रन जोड्यो ।

उसका लागि शोहेब खानले अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले ६ चौका र ४ छक्काको मद्धतले ६८ रन जोडे । यस्तै, अलिशान शराफुले ४०, हैदर अली र सय्यद हैदरले १३–१३ रन जोडे ।

बलिङतर्फ अफगानिस्तानका अजमतुल्लाह ओमारजाइले चार, मुजीब उर रहमानले दुई तथा राशिद खानले एक विकेट लिए ।

यसअघि पहिलो खेलमा अफगानिस्तान न्यूजिल्यान्डसँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेल सुपर ओभरमा दक्षिण अफ्रिकासँग स्तब्ध बनेको थियो ।

अर्कोतर्फ यूएई न्यूजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा क्यानडालाई ५ विकेटले हराएको थियो ।

नेपाल सरकारले म्यानमारलाई दियो साढे तीन लाख डलर

काठमाडौँ- नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ ।

म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्मारको मण्डले सहरको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित महामुनी पगोडा परिसरमा हालै आयोजित समारोहमा पगोडाका महासचिव थान उलाई तीन लाख अमेरिकी डलरको चेक हस्तान्तरण गरेको याङ्गुनस्थित नेपालको राजदूतावासले जनाएको छ ।

साथै उनले गङ्गाघाट हिन्दू मन्दिरको पुनर्निर्माणका लागि ५० हजार अमेरिकी डलरको चेक उक्त मन्दिरका अध्यक्ष पवन बजोरियालाई हस्तान्तरण गरे ।

गङ्गाघाट मन्दिर म्यान्मारमा बसोबास गर्ने नेपाली समुदायको महत्वपूर्ण धार्मिकस्थल हो ।

साझा धार्मिक सम्पदाको संरक्षण तथा प्राकृतिक विपत्तिबाट प्रभावित सांस्कृतिक महत्वका स्थलहरूको पुनःस्थापनामा सहयोग गर्ने नेपाल सरकारको प्रतिबद्धता झल्काउने उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइको छ ।

कर्णालीको फेरी फेरिदिन मतदाताको माग

बाजुरा । कर्णालीपारिका मतदाताहरूले कर्णाली नदीमा रहेको फेरी फेरिदिन उम्मेदवारसँग माग गरेका छन् । स्वामिकार्तिकखापर गाउँपालिका कर्णाली नदीपारि रहेको छ । यहाँका स्थानीयवासीले यसै नदीमा राखेको फेरीका सहाराले अहिले दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएका छन् । यसले हिउँद महिनामा सहज हुने गरेको भए पनि बर्खाको समय फेरी बन्द हुने गरेकाले यसलाई फेरिदिन यहाँका मतदाताले उम्मेदवारलाई माग राख्ने गरेका हुन् ।

स्वामीकार्तिका खापर गाउँपालिकाका स्थानीय वीरभान विकले भन्नुभयो, “कर्णाली नदीमा फेरी हालेको छ । त्यसले हिउँदमा गाडी वारपार गरेर यातायातको सुविधा दिनेगरेको छ । तर बर्खामा त्यो बन्द हुने गरेको छ ।”

यो फेरी बन्द गरेर यहाँ हिउँद बर्खामा गाडी सञ्चालन हुने गरेर उम्मेदवारलाई यो ठाउँमा फेरी हटाएर पक्की पुल निर्माणका लागि माग राख्ने गरेको हो । कर्णालीमा चलाएको फेरीले हिउँदका केही महिना यातायातको सुविधा दिने गरेको भए पनि बर्खाको समय भने पानीको बहाव बढी हुने गरेकाले त्यसले काम दिँदैन । त्यसपछि यहाँको सबै यातायात ठप्प हुन्छ । यो समस्यालाई फेरिदिनका लागि अहिले हामीले गाउँमा आउने गरेका उम्मेदवारलाई फेरी फेरिदिन माग राख्ने गरेको विकले बताउनुभयो । गाउँपालिकाले यहाँका सबै वडामा ग्रामीण सडक पु¥याएको छ । केही गाउँबस्तीमा अहिले सडक खन्ने काम निरन्तरता भइरहेको छ तर कर्णाली नदीमा पक्की पुल नहुँदा यहाँका स्थानीयवासीलाई समस्या हुने गरेको छ ।

कर्णाली नदीमा पुल भए यहाँका प्रत्येक गाउँबस्तीमा बर्खाको समयमा पनि यातायातको केही सुविधा हुन्थ्यो । तर त्यहाँ पक्की पुल नहुँदा यहाँका स्थानीयले दैनिक उपभोग्य सामग्री पिठ्युँमा बोकेर घरसम्म लान बाध्य भएका छन् । स्वामीकार्तिकखापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले भन्नुभयो, “यहाँका अधिकांश वडामा सडक पु¥याएका छौँ । ती सडकमा अहिले गाडी गुड्ने गरेका छन् । हामीले कर्णाली नदीमा राखेको फेरीले ती वडामा गाडी गुड्ने गरेका हुन् । फेरीका कारण अहिले यहाँका स्थानीयको जीवनशैलीमा समेत परिवर्तन आएको छ ।”

धनगढीमा रानाथारू बस्तीका मतदाता भन्छन् ,हरेक निर्वाचनमा नेताबाट आश्वासन मात्रै

धनगढी , ४ फागुन  /  कैलालीको धनगढीमा रहेको रानाथारू बस्तीका मतदाताले हरेक निर्वाचनमा नेताबाट आश्वासन मात्रै पाएको गुनासो गरेका छन् । बस्तीमा बाटोघाटो र कुलो निर्माण गर्ने भनेर नेताले आश्वासन दिँदै आएको उनीहरूको गुनासो छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर–७, ८, १०, ११ लगायतका वडामा रानाथारू बस्ती रहेको छ । गाउँमा बाटो, कुलोलगायत पूर्वाधारदेखि लिएर विभिन्न क्षेत्रमा समस्या रहेका छन् ।

गाउँमा भएको समस्या समाधान गर्ने भनेर दल र नेताले हरेक चुनावमा आफ्नो समुदायको भोट बटुल्दै आए पनि जितेर गएपछि समस्या समाधानतिर ध्यान नदिने गरेको सो समुदायका मानिसको गुनासो छ । धनगढी उपमहानगरपालिका–७, मनेहरागाउँका विवेक रानाले भने , “नेताले आएर यो गर्ने, त्यो गर्ने भनेर भोट माग्छन् तर जितेर गएपछि भनेको काम गर्दैनन् । खाली झुटो आश्वासन मात्रै दिने गरेका छन् ।” उनले आफ्नो गाउँमा कुलो र सडकको समस्या रहेको उल्लेख गरे । गाउँको मुख्य सडक अहिलेसम्म बन्न नसकेको रानाको गुनासो छ ।

मनेहरा–भुइँयाघाट जोड्ने सडक धेरै ठाउँमा बिग्रिएको छ । सोही सडकको मनेहरागाउँ खण्डमा राम्रो बाटो छैन । कालोपत्रे सडक निर्माण गर्नका लागि बजेट उपलब्ध गराउने आश्वासन दिएर नेताले विगतको चुनावमा भोट मागे पनि जितेर गएपछि बिर्सेको स्थानीय चमरु रानाले गुनासो गरे । उनले भने ् “बजेट उपलब्ध गराउने भनेका थिए, तर अहिलेसम्म सडक निर्र्माणका लागि बजेट आएन । बजेट नभएर सडक बनेको छैन ।”

सडक निर्माणका लागि डिपिआर भए पनि काम नभएको स्थानीयको गुनासो छ । यसै गरी भुइँयाघाट–धनगढीगाउँ जोड्ने कृषि सडक पनि बेहाल अवस्थामा छ । २०७४ सालको निर्वाचनदेखि चुनावी मुद्दा बन्दै आएको यो सडक बिग्रेको कैयौँ वर्ष भइसकेको छ । नेताले सडक बनाउने भनेर भोट मागे पनि काम नभएको मनहेराकै वीरमति रानाले गुनासो गरे ।

कैलालीको क्षेत्र नम्बर ५ मा रानाथारू समुदाय निर्णायक मानिन्छ । बस्तीमा विकासका लागि प्राथमिकता दिने उम्मेदवारलाई भोट दिने यो समुदायका मतदाताको भनाइ छ ।

सुदूरपश्चिमका सात जिल्ला कारागारमा सुरक्षार्थ सेना खटियो

कञ्चनपुर- आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका सात जिल्लाको कारागार सुरक्षाको जिम्मेवारी सम्हालेको छ ।

तराईको कैलाली र कञ्चनपुर सदरमुकाममा भएका जिल्ला कारगारसँगै सेनाले पहाडी जिल्ला बैतडी र बाजुराबाहेक बाँकी सात जिल्लामा रहेका कारागारको सुरक्षा जिम्मेवारी लिएको नेपाली सेनाले जनाएको छ । सेनाको श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकका अनुसार वाहिनीअन्तर्गत रहेका कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बझाङमा रहेका कारागारको सुरक्षामा सेना तैनाथ भइसकेको छ ।

बैतडीमा भने कारागार निर्माणाधीन अवस्थामा रहेकाले सेना खटिनु नपरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। त्यसैगरी नेपाली सेनाको श्री नं ५ वाहिनी अड्डाअन्तर्गतका डोटी, कैलाली र अछाममा समेत कारागार सुरक्षार्थ सेना खटिएको छ ।

सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण आयोजनामा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुरुप सेना खटिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सागर बोहराले यहाँका सात जिल्लाका कारागार, विनमास्थल सुरक्षा र धनगढीस्थित आयल निगमको डिपोमा सेनाले सुरक्षा दिइरहेको जानकारी दिए।

“बैतडी र बाजुराको कारगार भवन निर्माणाधीन छन्,” प्रहरी उपरीक्षक बोहराले भने “गेटा विमानस्थल, बाजुराको कोल्टी विमानस्थल, डोटी र बझाङ विमानस्थलमा सुरक्षाका लागि सेना खटिइसकेको छ ।”

त्यसैगरी, निर्वाचन सुरक्षालाई लक्षित गरी केही सातायता नेपाली सेना सुदूरपश्चिमभर खटिएको छ । सेनाको टोलीले विभिन्न निर्वाचन क्षेत्रमा गस्तीलगायत सुरक्षा प्रबन्ध गरिरहेको सेनाले जनाएको छ ।

 

बलिउड अभिनेता राजपाल यादवकाे चेक बाउन्स मुद्दामा के आउला आदेश ?

भारत- बलिउडका चर्चित हास्य अभिनेता राजपाल यादव यति बेला चेक बाउन्स मुद्दामा तिहार जेलको न्यायिक हिरासतमा छन्। चेक बाउन्स मुद्दामा दिल्ली उच्च अदालतको आदेशपछि तिहाड जेलमा आत्मसमर्पण गरेका यादवले ११ रात जेलमा बिताइसकेका छन्। उनले फेब्रुअरी ५ मा आत्मसमर्पण गरेका थिए ।

उनको यो विवाद सन् २०१० मा सुरु भएको हो, जब राजपाल यादवले आफ्नो फिल्म ‘अता पता लापता’ निर्माण गर्न मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए। फिल्म बक्स अफिसमा फ्लप भएपछि उनी आर्थिक संकटमा परे र समयमै ऋण तिर्न सकेनन्। ब्याजसहित उक्त रकम करिब ९ करोड रुपैयाँ पुगेको बताइएको छ।

ऋण लिँदा दिएका चेकहरू बाउन्स भएपछि उनीविरुद्ध उजुरी परेको थियो। सन् २०१८ मै उनलाई ६ महिनाको जेल सजाय सुनाइएको थियो, तर विभिन्न समयमा पैसा तिर्ने सर्तमा उनले राहत पाउँदै आएका थिए। अन्ततः बाचा पूरा नभएपछि उनले फेरि जेल जानुपरेको हो।

बिहीबार दिल्ली उच्च अदालतमा भएको सुनुवाइमा उनले आफ्नी भान्जीको विवाहमा सहभागी हुन अस्थायी जमानत माग गरेका थिए। तर अदालतले उक्त निवेदन अस्वीकार गरेको हाे।

पैसा उधारो लिएको र फिर्ता गर्ने बाचा आफैँले स्वीकार गरे पनि वर्षौँसम्म भुक्तानी नगरेको भन्दै अदालत उनीप्रति कठोर देखिएको थियो। अदालतले यादवलाई ऋण चुक्ता गर्न २५ देखि ३० पटकसम्म मौका दिँदा पनि सदुपयोग नगरेको भन्दै कडा आपत्ति जनाएको छ ।

सुनुवाइका क्रममा न्यायाधीश स्वर्णकान्त शर्माले यादवलाई कडा टिप्पणी गर्दै अदालतको आदेशभन्दा आफ्नै व्यवहारका कारण जेल पुगेको बताएका थिए। अदालतले ऋण दिने कम्पनीलाई जमानत आवेदनमा जवाफ पेश गर्न पनि निर्देशन दिएको छ।

राजपालका वकिलले भने उनी मुद्दा सुल्झाउन तयार रहेको र ५ करोडमध्ये ३ करोडभन्दा बढी तिरिसकेको दाबी गर्दै परिवारमा विवाह भएकाले जमानत दिन आग्रह गरेका थिए। तर, अदालतले कानुन सबैका लागि समान हुने भन्दै आज (सोमबार)सम्मका लागि सुनुवाइ स्थगित गरिदिएको थियाे।

आज उनको जमानत आवेदनमाथि फेरि सुनुवाइ हुँदैछ। अदालतले जमानत दिने कि निरन्तर न्यायिक हिरासतमा राख्ने भन्ने निर्णय आज स्पष्ट हुने अपेक्षा गरिएको छ। परिवार, समर्थक र फिल्म क्षेत्रका व्यक्तिहरू अहिले अदालतको निर्णयको प्रतीक्षामा छन्। अब सबैको नजर आजको सुनुवाइतर्फ केन्द्रित छ।

खोज्नुहोस