माघमा वैदेशिक रोजगारीमा गए ७० हजार बढी नेपाली

द एभरेष्ट पोष्ट
५ फागुन २०८२ १४:१२
माघमा वैदेशिक रोजगारीमा गए ७० हजार बढी नेपाली

काठमाडौं । पछिल्लो महिना माघमा ७० हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

माघमा वैदेशिक रोजगार विभागबाट ७० हजार ५ सय ३ जनाले श्रम स्वीकृति (पुन: श्रम स्वीकृति सहित) लिएका हुन् । जसमा ६२ हजार १ सय ६२ पुरुष र ८ हजार ३ सय ४१ महिला छन् ।

पहिलो पटक श्रम स्वीकृति लिनेको संख्या भने ३७ हजार ८ सय १२ छ । जसमा ३२ हजार ८ सय ७४ पुरुष र ४ हजार ९ सय ३८ महिला छन् ।

माघमा सबैभन्दा बढी नेपाली युनाइटेड अरब इमिरेट्स (यूएई) गएका छन् । यूएईका लागि १५ हजार १ सय ३७ जनाले श्रम स्वीकृति लिएका थिए ।

त्यस्तै साउदीका लागि ११ हजार ५ सय ९२, कतार ११ हजार ५ सय ८०, मलेसिया १० हजार ३ सय ४१, कुवेत ५ हजार ४ सय ४३ र रोमानियाका लागि ३ हजार ९ सय ४० जनाले श्रम स्वीकृति लिएका थिए ।

यसैगरी जापानका लागि १ हजार ७ सय ६०, साइप्रस १ हजार २ सय ५५, ओमान १ हजार २ सय ५ र बहराइनका लागि १ हजार १ सय २७ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

चालु आर्थिक वर्ष २०८२/८३ साउनदेखि माघ ७ महिनामा ६ लाख ६१ हजार २ सय २१ जना वैदेशिक रोजगारीमा गएका छन् । जसमा ५ लाख ७६ हजार ५ सय १२ पुरुष र ८४ हजार ७ सय ९ महिला छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस