धनगढीका अधिकांश विद्यालय बन्द

द एभरेष्ट पोष्ट
५ फागुन २०८२ १३:०३
धनगढीका अधिकांश विद्यालय बन्द

यशोदा शर्मा,

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) द्वारा आह्वान गरिएको नेपाल बन्दको प्रभाव धनगढीमा पनि परेको छ । बन्दको सम्भावित असरका कारण आज धनगढीका अधिकांश निजी विद्यालयले पठनपाठन स्थगित गरेका छन् ।
विद्यालयहरूले विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएका छन् । धनगढीको सुदूरपश्चिमाञ्चल सुचना जारी गर्दै एकेडेमीले उत्पन्न परिस्थितिलाई मध्यजर गर्दै एक दिनका लागि पठनपाठन स्तगित गरेको जनाएको छ ।
यस्तै एश्वर्या विद्या निकेतनले पनि विद्यालय बन्द भएको जानकारी दिएको छ । ग्यालेक्सी बोर्डिङ, एलाइन्स, स्टििफन,इ–चाइल्ड लगायता अधिकांश विद्यालहरु बन्द रहेका छन् । कतिपय विद्यालयले विद्यालय पुगिसकेका विद्यार्थीलाई पनि बन्द भन्दै फकाएका छन् ।
निजि विद्यँलयहरुले असुरक्षाको कारण देखाए पनि धनगढीका केही सामुदायिक विद्यालय भने सञ्चालनमा रहेका छन् । धनगढीको त्रिनगर माध्यामिक विद्यालय सञ्चालन रहेको छ भने अवस्था सामान्य रहेको विद्यालयले प्रसाशाले जनाएको छ ।
विद्यालय मात्र होइन नेपाल बन्दको हल्लाले स्थानियहरु पनि त्रसित भएका छन् । धनगढीकी राधिका पालले आज नेपालगञ्ज जानु पर्ने भए पनि नेपाल बन्द भनेर रोकिएको बताइन । ‘आन्दोलन भएर कतै बाटोमा गाडि तोडफोड होला । बाटो बन्द होला भनेर प्लान नै क्यान्सिल गरे,’ उनले भनिन्  ।
यद्यपी नेपाल बन्द बारे नेपाल सरकारको तर्फबाट कुनै आधिकारिक धारणा वा निर्देशन सार्वजनिक भएको छैन । तर, विद्यालय व्यवस्थापन समितिहरूले आफ्नै मूल्यांकनका आधारमा सावधानी अपनाउँदै निर्णय लिएको जनाएका छन् ।
यसबारे जिल्ला प्रशासनले कैलालीका सुचना अधिकारी शिवराज जोशीले सुरक्षाका दृष्टिकोणले जिल्लाको अवस्था सामान्य रहेको बताए । उनले भने ‘नेपाल बन्दको हल्ला मात्रै फैलिएको हो । त्यस्तो डराउनु पर्ने केहि छैन अवस्था सामान्य छ ।’
हिजो नेकपा बहुमतले फागुन २१ गतेको निर्वाचनको खारेज गर्न, वैदेशिक उत्पीडन र हस्तक्षेपका विरुद्ध संघर्ष गर्न, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न र स्वाधीन संयुक्त सरकारको स्थापनाको वाटोमा अगाडि बढ्न माग सहित विज्ञेप्ती जारी गर्दै नेपाल बन्दको घोषण गरेको थियो  ।
‘नेपाल बन्दलाई अभुतपूर्व र ऐतिहासिक बनाउनका लागि सहयोग र समर्थन गर्न सम्पूर्ण राष्ट्रिय उद्योगी, यातायात व्यवसायी, व्यापारी, विद्यालय, कलेजहरु, बुद्धिजीवी, संचार जगत लगायत सबैमा हाम्रो पार्टी विनम्र अनुरोध गर्दछ,’ विज्ञेप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस