सुनको मूल्य १३ सय रुपैयाँले बढ्यो

काठमाडौं- साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३ सय रुपैयाँले बढेर ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला ५५८५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ६९ हजार ८ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४७८८ रुपैयाँ कायम भएको छ ।

काठमाडौं- साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३ सय रुपैयाँले बढेर ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला ५५८५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ६९ हजार ८ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४७८८ रुपैयाँ कायम भएको छ ।

कैलाली-५ मा नागरिक उन्मुक्ति नेपालका उम्मेदवार रास्वपा प्रवेश

धनगढीः कैलाली-५ मा नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्। नागरिक उन्मुक्ति नेपालका कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार जगन्नाथ चौधरी मङ्गलवार रास्वपा प्रवेश गरेका हुन्।

रास्वपाको धनगढीस्थित कार्यालयमा रास्वपा केन्द्रीय सदस्य लक्ष्मण थारु र रास्वपा उम्मेदवार डाक्टर आनन्दबहादुर चन्दले चौधरीलाई माला र खादा ओडाएर चौधरीलाई पार्टी प्रवेश गराएका हुन्।

उम्मेदवार चौधरीले रास्वपा र नागरिक उन्मुक्ति नेपालको मुद्दा मिलेकाले रास्वपामा समाहित भएको बताए। उनले रास्वपा र आफूहरूको मुद्दा मेल खाएकाले पार्टीमा समाहित भएको बताए।

नागरिक उन्मुक्ति नेपालका उम्मेदवार चौधरी २०७९ को चुनावमा कैलाली(५ को ९२० बाट उम्मेदवार थिए। उनले पाँच हजार मत पाएका थिए। उनले आफूले पाएको मत र समर्थनलाई रास्वपामा समाहित गर्ने बताएका छन्।

बैतडीमा एक महिनामै ३ निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा अर्का एक निर्वाचन प्रहरीको पनि मृत्यु भएको छ । यससँगै बैतडीमा एक महिना अवधिमा मृत्यु भएका निर्वाचन प्रहरीको संख्या तीन पुगेको छ ।

पछिल्लोपटक सोमबार मेलौली नगरपालिका–६, बैतडीका ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट (युवराज) को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार भट्ट इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत थिए । सोमबार साँझ ड्युटी सकेर घर फर्किएका उनी घरमै एक्कासी बेहोस भएका थिए ।

बेहोस भएपछि उनलाई उपचारका लागि एम्बुलेन्स मार्फत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । तर स्वास्थ्य केन्द्रका पुर्‍याउँदा डाक्टरले मध्यराति १२ बजेर ५ मिनेटमा मृत घोषणा गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बैतडीमा यसअघि दुई निर्वाचन प्रहरीको मृत्यु भएको थियो । यही फागुन ८ गते दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको थियो । उनी घरमै अचेत भएर ढलेका थिए ।

यसैगरी गत माघ २० गते दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्दको तालिम सकेर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो ।

स्थापित दललाई नै जनताले पत्याउँछन् : माधवकुमार नेपाल

काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचनको अन्तिम चुनावी प्रचार चलिरहेको छ । दलका नेताहरू घरदैलोमा भोट भागिरहेका छन् । चुनावमा खर्च बढेको, आचारसंहिता उल्लंघन भइरहेको मात्र होइन तराईका केही संवेदनशील क्षेत्रमा सुरक्षा चिन्ता पनि बढेको छ । यसै सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं रौतहट-१ उम्मेदवार माधवकुमार नेपालसँग दुर्गा खनालले गरेको कुराकानी :

तपाईंले धेरै वटा चुनाव लड्नुभयो। विगतका चुनाव र अहिलेको चुनावमा के फरक देख्नुहुन्छ ?

नेपाल: धेरै पटक चुनाव लड्नेमध्ये म पनि एक हुँ। बीचमा दुई पटक राष्ट्रिय सभामा रहेकाले प्रत्यक्ष लड्नु परेन, तर त्यसबाहेकका चुनावमा म सहभागी भइरहेकै छु। मुख्य कुरा, चुनावमा जुन स्तरको खर्च हुने स्थिति छ, यसलाई नियन्त्रण गर्ने कसरी ? यो अहिलेको मुख्य चुनौती हो।

कम्युनिस्ट पार्टी त कार्यकर्तामा आधारित (क्याडर बेस्ड) हुन्छ र उनीहरू स्वतःस्फूर्त चल्नुपर्छ भन्ने मान्यता छ। तर अहिले पैसाविना कार्यकर्ता परिचालन नहुने स्थिति आएको हो ?

त्यस्तो त छैन। अरू कतिपय पार्टीहरूमा विकृति बढेको सुनिन्छ, तर हामीमा त्यो तहको विकृति छैन। जहाँसम्म हाम्रो पार्टी नेकपाको कुरा छ, यो पैसाबाट चल्ने वा बिक्ने शक्ति होइन। यो हाम्रो लागि गौरवको कुरा हो।

कार्यकर्तामा अझैपनि त्यो त्यागको भावना जीवितै छ त ?

केही व्यक्ति विशेषमा कमजोरी हुन सक्लान्, तर समग्रमा छैन । अब त झन् पार्टीहरू एकताबद्ध भएर अगाडि बढ्दा मानिसको चिन्तन, व्यवहार, संगठनप्रतिको समर्पण र त्यागको भावनाको पनि यथोचित मूल्यांकन गर्नुपर्ने आवश्यकता छ। जनतासँगको सम्बन्ध र निस्वार्थ सेवा नै हाम्रो मुख्य आधार हो।

पाईं पार्टीको मूल नेता पनि हुनुहुन्छ। निर्वाचन आयोगले दिएको प्रचार अवधिको झन्डै आधा समय सकिइसक्यो। अहिलेसम्मका गतिविधि हेर्दा चुनाव ठिकठाक अगाडि बढिरहेको छ कि केही गम्भीर समस्या देख्नुहुन्छ ?

चुनाव अगाडि बढिरहेको छ, मैले अहिलेसम्म त्यस्तो ठूलो समस्या देखेको छैन। बाहिरका केही रिपोर्टहरूमा केही समस्याका कुरा आए पनि चुनाव समयमै हुनुपर्छ र हुन्छ । हामीले सुरक्षाको प्रत्याभूति हुनुपर्छ भनेर भनिरहेका छौँ, सरकारले पनि आफ्नो तर्फबाट प्रयत्न गरिरहेकै होला।

रौतहटमा केही समयअघि केही तनावपूर्ण स्थिति देखिएको थियो नि ?

हो, केही समयअघि रौतहटमा हिन्दू-मुस्लिम दंगा भड्काउन खोज्ने तत्वहरू सक्रिय भएका थिए। त्यो दंगा मच्चाउने खालको स्थिति थियो। त्यसलगत्तै मैले आफैं गृहमन्त्रीजीलाई फोन गरेँ। एसपी र डीआईजीहरूलाई पनि तुरुन्त सम्पर्क गर्न भनेँ। त्यसपछि प्रहरी र सेनाको परिचालन भयो र अहिले स्थिति साम्य पारिएको छ।

चुनावी प्रचारका क्रममा विभिन्न दलका कार्यकर्ताबीच झडप हुने र असहज स्थिति सिर्जना हुने गरेका दृश्यहरू पनि देखिन थालेका छन्। तराईमा यस्तो सम्भावना अलि बढी हुन्छ भनिन्छ, यसलाई कसरी हेर्नुभएको छ ?

निर्वाचन आयोगले पनि तराईका कतिपय क्षेत्रलाई संवेदनशील मानेको छ र विभिन्न घटना हुन सक्ने आँकलन गरेको छ। चुनावका बेला यस्ता चुनौतीहरू आउँछन्, तर सुरक्षा निकाय र दलहरू संयमित भएर अगाडि बढ्नुपर्छ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर जुन स्तरको सुरक्षा परिचालन हुनुपर्ने हो, त्यो भएको पाउनुहुन्छ कि छैन ?

अहिलेको स्थितिमा त्यस्तो मुठभेडकै अवस्था आइसकेको छैन । विशेष गरी मेरो निर्वाचन क्षेत्रमा कुनै अप्रिय समस्या देखिएको छैन । सबै दल र उम्मेदवारहरूले संयमित ढंगले नै आफ्नो चुनाव प्रचार-प्रसार गरिरहनुभएको छ। मैले कसैलाई दोषारोपण गर्नुपर्ने वा कुनै ठूलो घटना घटेको स्थिति छैन ।

तर बीचमा त केही तनाव देखिएको थियो नि ?

हो, एउटा अनपेक्षित हिन्दू-मुस्लिम दंगाको प्रयास हुनु अत्यन्तै गलत र निन्दनीय थियो। हामीलाई धार्मिक र सांस्कृतिक सहिष्णुताको खाँचो छ। दुवै धर्म, संस्कृति र जनताको संस्कारलाई हामीले उत्तिकै सम्मान गर्नुपर्छ।

यो सद्भाव कायम राख्न के भन्नुहुन्छ ?

हामीले संयमता अपनाउनै पर्छ। नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको देश हो। संसारभर नेपाल ‘शान्ति भूमि’ को रूपमा स्थापित छ र अहिलेसम्म हाम्रो देश जातीय द्वन्द्वको शिकार भएको छैन। यो गौरवपूर्ण स्थितिलाई जोगाइराख्नु हामी सबैको कर्तव्य हो। सबैमा यो सद्भावको भावना पैदा होस् भन्ने मेरो शुभकामना छ।

यो निर्वाचन सामान्यतया पाँच वर्षको अवधि पूरा नहुँदै, बीचमै गर्नुपर्ने अवस्था आयो। ‘जेन्जी’ आन्दोलनपछिको परिस्थितिमा यो चुनाव हुँदैछ। तपाईँ भोट माग्न जनताको घरदैलोमा जाँदा मतदाताको मनस्थिति कस्तो पाउनुभयो? यसपालि त नेता र मतदाता दुवै चुनावका लागि मानसिक रूपमा तयार नभएको जस्तो देखिन्छ नि ?

अवश्य पनि, यो चुनाव २०८४ सालमा हुनुपर्ने थियो। तर राष्ट्रिय राजनीतिमा अनपेक्षित घटनाहरू घटेपछि दुई वर्ष अगाडि नै अर्थात् २०८२ सालमै हामी चुनाव गर्न गइरहेका छौँ। फेरि समय पनि होलीको ठ्याक्कै बीचमा परेको छ। सामान्यतया यस्तो बेला चुनावको मिति उपयुक्त होइन, तर ६ महिनाभित्र चुनाव गरिसक्नुपर्ने संवैधानिक वा कानुनी बाध्यताले गर्दा यो स्थिति बनेको हुनुपर्छ।

अहिलेको चुनावमा मुख्य राजनीतिक एजेन्डा के हो ? विशेष गरी नयाँ शक्तिहरूले ‘पुरानो व्यवस्था र दलहरूका कारण भ्रष्टाचार र बेथिति बढ्यो, अब नयाँ पुस्ता आउनुपर्छ’ भन्ने एजेन्डा अगाडि सारिरहेका छन्। यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?

यो ‘नयाँ र पुरानो’ भन्ने कुरा मैले ठ्याक्कै बुझ्न सकेको छैन। को नयाँ हो ? कोही नगरपालिकाको मेयर भइसकेका छन्, कोही सांसद र मन्त्री भएर महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । उनीहरूको पनि ‘टेस्ट’ भइसकेको छ। जहाँसम्म अहिलेको सरकारको कुरा छ, प्रधानमन्त्री वा मन्त्रीहरू नयाँ पुस्ताका हुन् कि पुराना ? त्यो पनि अलि हिसाब-किताब गर्नुपर्ने स्थिति देखिन्छ।

तर ‘जेनजी’ आन्दोलन र नयाँ पुस्ताको लहरको निकै चर्चा छ नि, होइन र ?

जेनजी भनेर नयाँ पुस्ताको खुब हल्ला चल्यो बंगलादेशमा । तर बंगलादेशको चुनावको परिणामले प्रष्ट पारिदियो— अन्ततः जनताले स्थापित पार्टीलाई नै पत्याउँदा रहेछन् । अनेकौँ चुनौतीको सामना गरेका पार्टी र अनुभवी नेतामै जनताले विश्वास गर्ने रहेछन् भन्ने कुरा बंगलादेशमा दुई-तिहाइभन्दा बढीको बहुमतले देखायो । श्रीलंकाको अवस्था पनि त्यस्तै देखियो ।

नयाँ पुस्ता (जेनजी) ले वास्तवमा चाहेको चाहिँ के हो त ?

उनीहरूको चाहना स्पष्ट छ— गुणस्तरीय शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र समग्र व्यक्तित्व विकासमा राज्य जिम्मेवार बनोस् भन्ने उनीहरूको माग छ। यो माग एकदमै जायज छ। वास्तवमा, हामीले पहिले नै मेची-महाकाली अभियानका क्रममा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारा अगाडि सारेका थियौँ।

तर अहिलेको आर्थिक अवस्था र बेरोजगारीको समस्या त उस्तै छ नि ?

हो, यो उराठलाग्दो स्थिति छ। जल, जमिन, खनिज र सांस्कृतिक सम्पदाले भरिपूर्ण देश गरिब हुनु दुःखद हो। यसलाई अन्त्य गर्न एकीकृत समाजवादी र माओवादी केन्द्रले समाजवादी क्रान्तिको कार्यक्रममार्फत समानता, न्याय र समृद्धिलाई जोड दिएका छन् । गरिबी निवारण, लगानी प्रवर्द्धन, कृषिमा आत्मनिर्भरता र आयातमुखी अर्थतन्त्रको अन्त्य नै हाम्रा मुख्य एजेन्डा हुन्। तर, यसका लागि सही विचार बोकेको पार्टीको हातमा बहुमत हुन आवश्यक छ।

बहुमतको कुरा त गर्नुभयो, तर अहिलेको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा समस्या छ भनिन्छ नि?

पक्कै पनि। अब निर्वाचन प्रणाली र संविधानका कतिपय प्रावधानमा सुधार गर्ने बेला आएको छ। संविधान जारी भएको १० वर्ष पुगेपछि संवैधानिक अभ्यासको समीक्षा गर्ने विश्वव्यापी चलन छ। २०७२ मा संविधान जारी भयो, अहिले २०८२ मा हामीले १० वर्ष पूरा गरेका छौँ। यो अवधिमा संघीयता कार्यान्वयनमा कहाँ त्रुटि भए ? हाम्रा संरचना र सिस्टममा कहाँ समस्या छ ? यो खोज्नुपर्छ।

भनेपछि, यो चुनावपछि संविधान संशोधनको बाटो खुल्छ ?

धेरै क्षेत्रमा ‘अति-राजनीतीकरण’ ले पनि समस्या निम्त्याएको छ। कर्मचारीतन्त्रदेखि अन्य निकायसम्म इमानदारीपूर्वक काम भएको छ कि छैन भनेर अनुगमन हुनुपर्छ। त्यसैले, यो निर्वाचनपछि संविधान संशोधनका विषयवस्तुहरू के-के हुन सक्छन् भन्नेबारे गहिरो छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने आवश्यकता छ।

अहिले कतिपय दलहरूले चुनावपछि ‘भावी प्रधानमन्त्री’ को अनुहार अगाडि सारेर भोट मागिरहेका छन्- विशेष गरी कांग्रेस, एमाले र रास्वपाले । तपाईंको पार्टीले पनि बहुमत ल्याउने दाबी त गरिरहेको छ, तर प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर किन जान सक्नुभएन ?

हामीले व्यक्तिको अनुहारलाईभन्दा पनि नीति र विचारलाई केन्द्रबिन्दु बनाएका छौँ। प्रधानमन्त्रीको रूपमा को-को आउन सक्छन् भन्ने कुरा त प्रष्टै छ, त्यसैले यसलाई धेरै व्याख्या गरिरहनु पर्ने आवश्यक ठानेनौँ। हामीले पार्टीको सामूहिकता र सिस्टमलाई बलियो बनाउनुपर्छ भन्ने मान्यता राख्छौँ।

चुनावअघि नै ‘भावी प्रधानमन्त्री’ घोषणा गरेर जाने मोडललाई चाहिँ तपाईंले कसरी लिनुभएको छ त ?

यो मोडलका आफ्ना सबल र दुर्बल दुवै पक्ष छन्। तर अन्तर्राष्ट्रिय अनुभव हेर्ने हो भने, बंगलादेश वा श्रीलंकाको हालैको परिवर्तनमा पहिले नै को प्रधानमन्त्री वा राष्ट्रपति हुने भनेर घोषणा गरिएको थिएन । हाम्रो आफ्नै इतिहास हेर्दा पनि २०५१ सालमा हामीले ‘पार्टीको सरकार’ भनेका थियौँ, व्यक्तिको कुरा ल्याएका थिएनौँ। कम्युनिष्ट पार्टीहरू व्यक्ति केन्द्रित होइन, नीति केन्द्रित हुन्छन्। हाम्रोमा नीति प्रधान हुन्छ, नेता होइन। चुनावमा त प्रतिस्पर्धी हुन्छन् नै ।

तपाईंहरू २१–२२ वटा समूह मिलेर एउटा पार्टी बन्नुभएको छ, संगठन निर्माणकै क्रममा हुनुहुन्छ। यसपालि आफ्नो मुख्य प्रतिस्पर्धी कसलाई ठान्नुहुन्छ ?

चुनावको मैदानमा उत्रिएपछि सबै प्रतिस्पर्धी नै हुन्। कुन ठाउँमा को मुख्य प्रतिस्पर्धी छ भन्ने कुरा क्षेत्र विशेषमा भर पर्छ। अहिले नै फलानासँग मात्रै प्रतिस्पर्धा छ भनेर फ्याट्ट भन्न सकिने गरी ‘पिक्चर क्लियर’ भइसकेको छैन।

भनेपछि प्रतिस्पर्धा बहुपक्षीय छ?

हो, अहिलेको अवस्था हेर्दा मुख्य गरी तीन–चार वटा पुराना र केही नयाँ पार्टीहरू बीच नै प्रतिस्पर्धा हुने देखिन्छ । यथार्थ विवरण त ग्राउन्डमा डाटा संकलन र खोजबिन गर्नेहरूले अझ स्पष्ट भन्न सक्लान्, तर अहिलेलाई प्रतिस्पर्धा रोचक र बहुपक्षीय छ ।

नयाँ पार्टीहरूले अहिले पुराना शक्तिहरूलाई कत्तिको दबाबमा राखेका छन् ?

हेर्नुस्, नयाँ र पुरानो भन्ने कुरा सापेक्ष हो। हाम्रो नेपाली कम्युनिष्ट पार्टी पनि एक अर्थमा नयाँ पार्टी नै हो। अरूले पनि नयाँ पार्टी बनाएका होलान्, सबैले आ-आफ्नो दाबी गर्नु स्वाभाविक हो। त्यसलाई लोकतान्त्रिक अभ्यासकै रूपमा लिनुपर्छ।

मतदाताले तपाईंहरूकै पार्टीलाई किन पत्याउने ?

हाम्रो पार्टीसँग राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेलेका अनुभवी व्यक्तित्वहरू हुनुहुन्छ। हामीले प्रत्येक संकटको सामना गरेका छौँ। उदाहरणका लागि, अस्ति भर्खर राष्ट्रिय संकटको बेला राष्ट्रपतिज्यूले हामीलाई सम्झिनुभयो । कमरेड प्रचण्ड र म नै राति ९ बजेदेखि ४ बजेसम्म राष्ट्रपति भवनमा बसेर निकास खोज्न छलफलमा जुट्यौँ । त्यहाँ कांग्रेस र एमाले जस्ता ठूला भनिएका दलहरू पुग्न सकेनन्। यसले के देखाउँछ भने— देश संकटमा पर्दा भूमिका निर्वाह गर्ने नेतृत्व हामीसँगै छ र जनताले यसलाई बुझेका छन्।

तपाईं रौतहट क्षेत्र नम्बर १ को उम्मेदवार हुनुहुन्छ, यहाँबाट पटक-पटक सांसद र देशको प्रधानमन्त्री पनि हुनुभयो। तर सार्वजनिक बहसहरूमा रौतहटलाई अझै पनि शैक्षिक र मानव विकास सूचकाङ्कमा मधेसकै सबैभन्दा पछाडि परेको जिल्ला मानिन्छ। राष्ट्रिय राजनीतिमा तपाईंको यति बलियो पहुँच हुँदाहुँदै पनि रौतहटको अवस्था किन यस्तो ?

यसलाई ऐतिहासिक रूपमा हेर्नुपर्छ। वि.सं. १९९७ मा जुद्ध शमशेरले देशभर जम्मा चारवटा हाईस्कुल स्थापना गर्दा एउटा गौरमा थियो । सात सालको क्रान्ति होस् वा १५ सालको चुनाव— जहाँ कम्युनिष्टले जितेका चार सिटमध्ये दुईवटा रौतहटमै थिए— यो जिल्ला राजनीतिक जागरण र किसान आन्दोलनको केन्द्र हो। हरदयाल महतो र शेख फरमान जस्ता योद्धाहरू यहीँका हुन्।

अघिल्लो संसदमै तपाईंमाथि एउटा मुद्दा लाग्यो, जसका कारण सांसद पद निलम्बनमा समेत पर्‍यो। अहिले चुनाव लड्न त कानुनी बाधा छैन, तर निर्वाचित भइहाल्नुभयो भने फेरि सांसदका रूपमा काम गर्न गर्न नपाउने अवस्था छ नि ?

मलाई विश्वास छ— फैसला न्यायपूर्ण हुनेछ। किनभने, फैसलाका लागि आवश्यक सबै आधारहरू पूरा भइसकेका छन्, बयानहरू सकिएका छन्। न्यायपालिकाले ढिलो नगरी छिटो न्याय गर्नेछ भन्ने मेरो आशा छ।

तर आरोप त सरकारी र सार्वजनिक सम्पत्ति हिनामिना गरेको भन्ने छ नि ?

जुन कुरा उठाइएको छ, त्यहाँ एक टुक्रा जमिन पनि सरकारी वा सार्वजनिक छैन। सबै निजी हो। व्यक्तिले खरिद-बिक्री गरेको जग्गा हो। जग्गा त्यहीँ छ, पैसा त्यहीँ छ। यदि हदबन्दीको कुरा हो भने त देशभर १५४ भन्दा बढी यस्ता प्रतिष्ठान र कम्पनी छन्, जसले हजारौँ रोपनी जग्गा राखेका छन्। त्यसो भए त ती सबैका पालाका प्रधानमन्त्री र मन्त्रीलाई समाते भइगो नि ! तर सबैको जिम्मेवारी त्यसरी हुँदैन।

त्यसो भए यो मुद्दालाई तपाईं कसरी बुझ्नुहुन्छ ?

यदि मैले एउटा मात्र पनि अनुचित काम गरेको भए, एक पैसा मात्रै पनि भ्रष्टाचार गरेको भए तपाईंहरूका अगाडि मेरो शिर निहुरिन्थ्यो । ‘नबिराउनु, नडराउनु’ भन्ने मान्यतामा म अडिग छु। यो त केवल बदलाको भावनाले चल्ने केही नेताहरूका कारण सिर्जना गरिएको स्थिति हो। अब त्यसको भुक्तमान उनीहरूले कहिले भोग्नुपर्ने हो, त्यो समयले नै बताउला ।

देशलाई धेरै दिइन् साम्बाले , सरकारले दिएन उपचार

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि आर्थिक सहयोग मागिन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) र सरकारबाट सहयोग नपाएको भन्दै सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमै सहयोगको अपिल गरेकी हुन् ।

नेपाललाई जित दिलाउन मैदानमा धेरैपटक लडेकी साम्बालाई उपचारका लागि सरकार र एन्फाबाट पहल हुन सकेन । जसका कारण उनी सार्वजनिक रुपमा आर्थिक सहयोगको अपिल गर्न बाध्य छिन् । एन्फा प्रवक्ता सुरेश शाह त्यस विषयमा छलफल गर्न लागिएको भन्दै तर्किए ।

युरोपेली लिगदेखि अस्ट्रेलियाको निन्जा ए–लिगसम्म नेपाली फुटबललाई चिनाउने खेलाडी हुन्, साम्बा । गत वर्षको कात्तिकमा भारतविरुद्ध घरेलु मैदानमा हार नजिक पुगेको नेपाललाई बराबरीमा फर्काउँदै जित निकाल्ने खेलाडी हुन्, साम्बा । नेपाली महिला टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन्, उनी ।

कयौंपटक नेपालको जितमा निर्णायक गोल गर्ने खेलाडी पनि हुन् । तर, उनै साम्बा घाइते हुँदा राष्ट्र र एन्फाले केही दिन सकेन । र उनी आफ्नो उपचारका लागि सार्वजनिक रुपमा सहयोगको याचना गर्न बाध्य छिन् ।

राष्ट्रिय टोलीकी कप्तानले उपचारका लागि सार्वजनिक रुपमा अपिल गर्नुपर्ने अवस्था आउनु दुखद रहेको नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा बताउँछन् ।

‘सावित्राको योगदानलाई ५ लाखमा मुल्यांकन गर्नु दु:खद कुरा हो,’ उनी भन्छन्, ‘आफू विदेश घुम्न जाँदा हुँदा ५०–६० लाख खर्च गर्ने तर, खेलाडी घाइते हुँदा उपचार खर्च नदिने कस्तो नेतृत्व ?’

साम्बाको घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको कारण जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था छ । त्यसको उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने साम्बाले लेखेकी छन् । तर, एन्फाले ५ लाख रुपैयाँ मात्र सहयोग गर्न सक्ने प्रतिक्रिया दिएको साम्बाले बताइन् । सरकारी प्रक्रियासमेत अपेक्षा गरेअनुसार अघि बढ्न नसकेको साम्बाले दुखेसो गरिन् ।

राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रामचरित्र मेहता साम्बालाई डकुमेन्ट पेस गर्न भनेको भएपनि अहिलेसम्म आइनपुगेको बताउँछन् । ‘डकुमेन्ट ल्याएर हाम्रोमा दिनु भनेको हो । एक लाखसम्म सहयोग गर्ने मैले सोचिराखेको छु,’ उनले भने, ‘डकुमेन्ट नै आएको छैन ।’

अहिले नेपालमा खेलाडी उपचार नपाएर बस्नुपर्ने अवस्था नभएको सदस्य सचिव मेहताको दाबी छ । उनी भन्छन्, ‘खेलाडी उपचार नपाएर बस्नुपर्ने अवस्था छैन । खेलाडी बिमामार्फत हुन्छ । रातो किताबमै समावेश भएर आएको छ ।’

त्यसबारे कुनै जानकारी नआएको युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रमेश ढकालले जानकारी दिए । उनले आएपछि मात्रै के गर्ने भन्नेबारे छलफल हुने उल्लेख गरे ।

खेलाडीको नाममा फिफाबाट अर्बाैं बजेट ल्याउने र आफ्नो अनुकूलका विषयमा खर्च गर्ने परम्परा एन्फामा नयाँ होइन । नेपाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘ए’ डिभिजन लिग सञ्चालन नभएको ३ वर्ष हुन लाग्यो ।

‘ए’ डिभिजन लिग गर्न नसकेको एन्फाले भने पदाधिकारीको तलब बढाउन पछि पर्दैन । कार्यकाल नसकिँदै आफ्नो फाइदाका लागि अधिवेशन गरेर खर्च गर्न पछि नहट्ने एन्फाले देशका लागि खेल्ने खेलाडीको उपचार गर्न भने वेवास्ता गर्छ ।

एन्फाभित्र क्लबको लागि खेल्दा चोट लागेको भनेर तर्किन खोजेको साम्बाले उल्लेख गरेकी छन् । आफू आफ्नो करियरको सबैभन्दा कठिन लडाइँ भएको उनले बताएकी छन् ।

उनीमात्र होइन, देशका लागि खेल्ने कयौं खेलाडीहरु घाइते भएपछि पुन: खेलमा फर्किन सकेका छैनन् । देशले खेल्नेबेला मात्रै हेर्ने र घाइते हुँदा उपचारमा वास्ता नगर्दा खेलाडीहरुको बिचमै खेल जिवनलाई अन्त्य हुने गरेको छ । देशको नेतृत्व गरिसकेकी साम्बाको उपचारमा एन्फाले किन सहयोग गर्न सकेन ? साम्बाको उपचारमा सहयोग गर्नु सरकारले जिम्मेवारी होइन ? देशलाई नेतृत्व गरेको कप्तानले नै उपचारमा सहयोग नपाएर सार्वजनिक रुपमा अपिल गर्नुपर्ने अवस्था भएको नेपालमा अन्य खेलाडीको हालत कस्तो होला ? त्यसबारे सम्बन्धित निकायले नै जवाफ देला ।

नेपालमा भ्रष्ट कर्मचारीतन्त्र र झन्झटिलो कानुनी उल्झन

टीका पौडेल ।

नेपालको राज्य संरचना, शासन प्रणाली र प्रशासनिक संयन्त्रलाई नजिकबाट नियाल्दा एउटा गम्भीर र जटिल समस्या निरन्तर देखिन्छ—भ्रष्ट कर्मचारीतन्त्र र अत्यन्त झन्झटिलो कानुनी प्रक्रिया। सामान्य नागरिकका लागि सरकारी कार्यालय सेवा दिने सहज केन्द्रभन्दा बढी झन्झट, ढिलासुस्ती र घुसको प्रतीक बन्दै गएको छ। “घुस नदिए काम हुँदैन” भन्ने धारणा समाजमा सामान्यीकृत भइसकेको छ। अर्कोतर्फ, कानुन र प्रक्रिया यति जटिल र बहुस्तरीय छन् कि शिक्षित व्यक्तिहरू नै अलमल्लमा पर्छन् भने ग्रामीण, विपन्न र पहुँचविहीन नागरिकका लागि त सरकारी सेवा लिनु नै कठिन परीक्षा जस्तै भएको छ।

यो समस्या केवल कर्मचारीको व्यक्तिगत नैतिक पतनको परिणाम मात्र होइन। यो ऐतिहासिक प्रशासनिक संस्कार, राजनीतिक संरक्षण, दलगत कर्मचारी संगठन, कानुनी जटिलता, कमजोर अनुगमन, दण्डहीनता र सामाजिक स्वीकार्यताको संयुक्त परिणाम हो। नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक निकायका रूपमा स्थापना गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले अनुसन्धान र मुद्दा दायर गर्ने काम गरिरहे पनि व्यवहारमा आम नागरिकले भ्रष्टाचार घटेको अनुभूति गर्न सकेका छैनन्। बरु धेरै क्षेत्रमा भ्रष्टाचार झनै संस्थागत र परिष्कृत भएको अनुभूति हुन्छ।

नेपालको प्रशासनिक संरचनाको ऐतिहासिक विकासक्रमलाई हेर्दा यसको जरो राणाकालीन शासन व्यवस्थासम्म पुग्छ। त्यसबेला प्रशासन जनताको सेवा गर्ने निकायभन्दा सत्ताको संरक्षण गर्ने संयन्त्र थियो। सार्वजनिक जवाफदेहिता, पारदर्शिता र निष्पक्षताको मूल्य विकास हुन सकेन। पञ्चायतकालमा पनि केन्द्रीकृत शासन प्रणालीले कर्मचारीतन्त्रलाई राजनीतिक नेतृत्वप्रति निष्ठावान् बनायो, जनताप्रति उत्तरदायी होइन। २०४६ सालपछि बहुदलीय व्यवस्था आए पनि प्रशासनिक संस्कारमा मौलिक परिवर्तन हुन सकेन। २०६२र६३ को आन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो, राज्य पुनर्संरचना भयो, तर पुरानै मानसिकता र कार्यशैली नयाँ संरचनामा पनि निरन्तर रहिरह्यो। यसरी इतिहासले कर्मचारीतन्त्रमा “सत्ता जसको, प्रशासन उसको” भन्ने संस्कारलाई बलियो बनाउँदै ल्यायो।

नेपालमा ऐन, नियमावली, कार्यविधि, निर्देशिका र परिपत्रहरूको संख्या अत्यधिक छ। एउटै विषयमा बहुविध कानुनी प्रावधान हुँदा व्याख्या र कार्यान्वयनमा अस्पष्टता र भ्रम उत्पन्न हुन्छ। एउटा साधारण सेवा लिन पनि धेरै कागजात, सिफारिस, प्रमाणित प्रतिलिपि र विभिन्न निकायको स्वीकृति आवश्यक पर्छ। एउटै कामका लागि नागरिकले धेरै कार्यालय धाउनुपर्ने अवस्था हुन्छ। डिजिटल प्रणाली सुरु गरिए पनि पूर्ण रूपमा कार्यान्वयन नहुँदा पुरानै कागजी झन्झट दोहोरिन्छ। यस्तो जटिल प्रक्रियाले कर्मचारीलाई विवेकाधिकारको नाममा निर्णय ढिलाइ गर्ने र सेवाग्राहीलाई छिटो काम गराउन अनौपचारिक बाटो रोज्न बाध्य बनाउने वातावरण सिर्जना गर्छ। कानुनी उल्झन नै भ्रष्टाचारको उर्वर भूमि बन्न पुग्छ।

नेपालमा कर्मचारीतन्त्र औपचारिक रूपमा तटस्थ भनिए पनि व्यवहारमा राजनीतिक प्रभाव गहिरो छ। प्रमुख राजनीतिक दलहरूसँग निकट कर्मचारी संगठनहरू छन्। नियुक्ति, सरुवा र बढुवामा राजनीतिक सिफारिसको प्रभाव देखिन्छ। सरकार परिवर्तनसँगै संवेदनशील मन्त्रालय वा विभागमा कार्यरत कर्मचारीहरूको स्थानान्तरण हुने गरेको उदाहरण धेरै छन्। यस्तो अवस्थामा कर्मचारीको प्राथमिकता जनसेवा नभई आफ्नो राजनीतिक संरक्षण कायम राख्नु बन्न पुग्छ। जब कर्मचारी कुनै दल विशेषको संरक्षणमा हुन्छ, उसले गरेका त्रुटि वा दुरुपयोगमा पनि राजनीतिक छत्रछाया प्राप्त गर्न सक्छ। यसले दण्डहीनता बढाउँछ र प्रशासनिक निष्पक्षता कमजोर बनाउँछ।

भ्रष्टाचारविरुद्ध कानुन कडा भए पनि कार्यान्वयन पक्ष कमजोर छ। अनुसन्धान प्रक्रिया लामो हुन्छ, प्रमाण संकलन जटिल हुन्छ, न्यायिक प्रक्रिया वर्षौंसम्म लम्बिन्छ। प्रभावशाली व्यक्तिहरूलाई बचाउने प्रवृत्ति देखिँदा सामान्य कर्मचारी वा नागरिकमा गलत सन्देश जान्छ कि पक्रिए पनि अन्ततः केही हुँदैन। दण्डको सुनिश्चितता नभएपछि भ्रष्टाचार निरुत्साहित हुँदैन, बरु जोखिमको हिसाब गरेर गरिने क्रियाकलापमा परिणत हुन्छ।

ग्रामीण र विपन्न जनताका लागि सरकारी सेवा अझै पनि टाढाको विषय जस्तै छ। धेरै स्थानमा कार्यालय भौगोलिक रूपमा टाढा छन्, सूचना अभाव छ, कर्मचारी नियमित उपस्थित हुँदैनन्, र दलाल तथा बिचौलियाको प्रभाव बढेको छ। सेवाग्राहीले समय, यातायात खर्च र कागजी झन्झट झेल्नुपर्छ। यस्तो अवस्थामा विपन्न नागरिक राज्यबाट विमुख हुन थाल्छन्। सेवा पहुँचको असमानताले सामाजिक असन्तोष बढाउँछ र लोकतन्त्रप्रतिको विश्वास घटाउँछ।

आर्थिक र संरचनात्मक कारणहरू पनि कम जिम्मेवार छैनन्। प्रशासनिक खर्च उच्च हुनु, विकास खर्च प्रभावकारी रूपमा कार्यान्वयन नहुनु, सार्वजनिक खरिद प्रक्रियामा अपारदर्शिता हुनु, र अनुगमन निकायहरूबीच समन्वय अभाव हुनु जस्ता कारणहरूले भ्रष्टाचारलाई संस्थागत बनाउँछन्। सार्वजनिक खरिद क्षेत्र विशेष रूपमा संवेदनशील मानिन्छ, जहाँ मिलेमतो, कमिसन र ठेक्का अनियमितताका घटना दोहोरिन्छन्।

समाजमा भ्रष्टाचारको सामान्यीकरण पनि ठूलो समस्या हो। “छिटो कामका लागि केही रकम दिनु स्वाभाविक हो” भन्ने सोच फैलिँदै गएको छ। चुनावी खर्च अस्वाभाविक रूपमा उच्च हुनु, नेताहरूको अकस्मात् सम्पत्ति वृद्धि हुनु, र त्यसप्रति सार्वजनिक आक्रोश कमजोर हुनु सामाजिक मूल्य–मान्यताको परिवर्तनको संकेत हो। जब शीर्ष तहमा पारदर्शिता कमजोर हुन्छ, तल्लो तहमा पनि नैतिकता खस्कन्छ।

यस अवस्थाबाट बाहिर निस्कन व्यापक र बहुआयामिक सुधार आवश्यक छ। कानुनी सरलीकरण पहिलो प्राथमिकता हुनुपर्छ। अनावश्यक ऐन–नियम खारेज गरी प्रक्रिया स्पष्ट, संक्षिप्त र समयसीमाबद्ध बनाउनुपर्छ। एकीकृत डिजिटल प्रणालीमार्फत फाइलको गतिशीलता ट्र्याक गर्न सकिने व्यवस्था गर्नुपर्छ। नगदरहित भुक्तानी प्रणाली र सेवा शुल्कको पारदर्शी प्रकाशनले अनौपचारिक लेनदेन घटाउन सक्छ।

कर्मचारी व्यवस्थापन पूर्ण रूपमा मेरिट प्रणालीमा आधारित हुनुपर्छ। नियुक्ति, सरुवा र बढुवा स्पष्ट मापदण्डअनुसार हुनुपर्छ। राजनीतिक हस्तक्षेपलाई कानुनी रूपमा निषेध गर्नुपर्छ। कर्मचारी संगठनहरूलाई दलगत प्रभावबाट मुक्त गर्दै पेशागत सुधारका लागि केन्द्रित गर्नुपर्छ।

दण्ड प्रणाली छिटो, निष्पक्ष र सुनिश्चित हुनुपर्छ। उच्च तहका भ्रष्टाचार प्रकरणलाई प्राथमिकता दिनुपर्छ। दोषी प्रमाणित भएपछि कडा सजाय र अवैध सम्पत्ति जफतको व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्छ।

सार्वजनिक खरिद प्रणाली पूर्ण रूपमा ई(प्रोक्योरमेन्टमा आधारित हुनुपर्छ। ठेक्का प्रक्रियामा पारदर्शिता, तेस्रो पक्ष अनुगमन र नागरिक समाजको सहभागिता सुनिश्चित गर्नुपर्छ।

संघीय संरचनाले सेवा स्थानीय तहमा पुर्‍याउने अवसर दिएको छ। तर दक्ष जनशक्ति र पारदर्शिता सुनिश्चित नगरे स्थानीय स्तरमै भ्रष्टाचार सर्ने जोखिम हुन्छ। त्यसैले स्थानीय तह सशक्तीकरणसँगै कडा अनुगमन आवश्यक छ।

नागरिक सचेतना र सामाजिक दबाब पनि महत्वपूर्ण छन्। सूचना अधिकारको प्रयोग, सामाजिक निगरानी, स्वतन्त्र मिडियाको संरक्षण र पारदर्शिता अभियानले प्रशासनलाई जवाफदेही बनाउन सक्छ। राजनीतिक सुधारबिना प्रशासनिक सुधार दिगो हुँदैन। चुनावी खर्च पारदर्शी र सीमित हुनुपर्छ, राजनीतिक दलहरूको आय–व्यय सार्वजनिक हुनुपर्छ, र आन्तरिक लोकतन्त्र सुदृढ हुनुपर्छ।

समग्रमा, नेपालमा भ्रष्ट कर्मचारीतन्त्र र झन्झटिलो कानुनी उल्झन केवल प्रशासनिक कमजोरी होइनस यो ऐतिहासिक निरन्तरता, राजनीतिक प्रभाव, सामाजिक मनोविज्ञान र संरचनात्मक समस्याको संयुक्त परिणाम हो। कर्मचारी र राजनीतिक दलबीचको सम्बन्ध, दलगत कर्मचारी संगठन, कानुनी जटिलता, कमजोर कार्यान्वयन र दण्डहीनताले समस्या गहिरो बनाएको छ। समाधानका लागि आंशिक सुधार पर्याप्त हुँदैन। कानुनी सरलीकरण, डिजिटल शासन, मेरिट–आधारित व्यवस्थापन, कडा दण्ड प्रणाली, राजनीतिक शुद्धीकरण र नागरिक सक्रियता—यी सबै एकसाथ लागू हुनुपर्छ। जब प्रशासन जनमुखी, पारदर्शी र उत्तरदायी बन्छ, तब मात्र लोकतन्त्रको सार्थकता स्थापित हुन्छ र राज्यप्रतिको विश्वास पुनःस्थापित हुन सक्छ।

निर्वाचन आयोगले भन्यो– चुनाव प्रचारमा बालबालिकाको प्रयोग नगर्नू

काठमाडौं- निर्वाचन आयोगले चुनावी प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्देशन दिएको छ । सोमबार (फागुन ११) आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै बालबालिकाको प्रयोग नगर्न आग्रह गरेका हुन् ।

निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ट) मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ ।

“निर्वाचन आचारसंहिताको उल्लंघन गरे आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उमेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्था समेत रहेको छ,” विज्ञप्तिमा भनिएको छ ।yk-1771848369.jpg

धनगढीमा नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

काठमाडौँ- नबिल बैंक र सुष्मा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन गरिने भएको छ ।

यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन हुने शिविरमार्फत जलनका घटनाबाट पीडित भएकाहरू लाभान्वित हुने बैंकले जनाएको छ ।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिविर आयोजना गर्न लागेको हो । बैंकले यसप्रकारका शिविर धनगढीबाट सुरु गरी विभिन्न प्रदेशमा आयोजना गरिने समेत उल्लेख गरेको छ ।

बैंकका अनुसार पहिलो चरणमा धनगढीमा सुषमा कोइराला मेमोरियल अस्पतालसँगको सहकार्यमा शिविर आयोजना गरिएको हो । उक्त शिविरबाट १२० जनाभन्दा बढी लाभग्राही लाभान्वित हुने बैंकको अपेक्षा छ ।

जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई शिविरमा परामर्श, उपचार तथा शल्यक्रियालगायतका सेवा पनि प्रदान गरिने बैंकले जनाएको छ । बैंकले शिविर सञ्चालन गर्नका लागि कीर्तिपुर अस्पतालअन्तर्गतको फेक्ट नेपाल र सुषमा कोइराला मेमोरियल अस्पतालसँग सहकार्य गरिरहेको छ ।

सरकारी तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष ५६ हजारको हाराहारीमा जलनसम्बन्धी घटना हुने गरेका छन् । जसमध्ये औसतमा दुई हजार एक सयको मृत्यु हुने गरेको छ । जलन दुर्घटनाबाट बाँच्ने अधिकांशमा जलेको भाग खुम्चिने वा टाँसिने समस्या देखिने गरेका छन् । जसका कारण पीडितहरुमा दीर्घकालीन अपांगता निम्त्याउने जोखिम रहन्छ ।

जलनका घटनाका पीडितलाई तत्काल र विशेष हेरचाह आवश्यक पर्छ । तर, आफ्नै ठाउँमा जलन उपचार केन्द्र नहुँदा पीडितहरूले समयमै गुणस्तरीय उपचार नपाउने अवस्था छ । उपचारका लागि काठमाडौंसम्म जानुपर्ने बाध्यता भएकाले आर्थिक रूपमा कमजोरहरूले उपचार नै नगर्ने देखिएको छ ।

शिविरमा आगोले पोलेर शरीरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने, कपाल गुमाएकाहरू, हातका औँला टाँसिएकाहरू, हात र खुट्टामा पाँचवटाभन्दा बढी औँलाहरू टाँसिएकाहरू, विस्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनु पर्ने अवस्था भएका तथा खुट्टाका पैताला भित्रतिर फर्किएकाहरूले निःशुल्क उपचार पाउनेछन् ।

साथै, जटिल समस्या भएका बिरामीलाई काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने बैंकले जनाएको छ ।

जलनका कारण पीडा भोगिरहेका व्यक्तिहरुलाई उपचार गरी उनीहरुको जीवनमा सुधार ल्याउने प्रयास स्वरूप शिविर आयोजना गरिएको बैंकको भनाइ छ ।

नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । नबिल एसएसईमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामार्फत दिगो विकासमा योगदान पुर्‍याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।

शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारी निर्वाचन प्रचारप्रसारमा सहभागी भए कारबाही हुने

काठमाडौं- निर्वाचन आयोगले शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारी निर्वाचन प्रचारप्रसारमा सहभागी भएको पाइएमा कारबाही हुने जनाएको छ। केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भनी आयोगमा उजुरी तथा गुनासो आएको आयोगले जनाएको छ।

आयोगले मंगलबार विज्ञप्ति जारी गरेर आचारसंहिताको व्यवस्था प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गतिविधिमा सामेल भएको पाइएमा आचारसंहिताको दफा ४८ बमोजिम कारबाही हुने जनाएको हो।

null

निर्वाचन सुरक्षित बनाउन प्रधानसेनापति सिग्देलको निर्देशन

काठमाडौं । २१ फागनुमा हुने प्रतिनिधिसभाको निर्वाचन सुरक्षित रुपमा सम्पन्न गराउन प्रधानसेनापति अशोकराज सिग्देलले निर्देशन दिएका छन् ।

बुटवलस्थित मध्य पश्चिम पृतना र पोखरास्थित पश्चिम पृतना तथा अन्तर्गतका सुरक्षा वेशहरुको निरीक्षण गर्दै प्रधानसेनापति सिग्देलले उक्त निर्देशन दिएका हुन् ।

आफ्नो जिम्मेवारी क्षेत्र, निर्वाचनलाई सुरक्षित तवरबाट सम्पन्न गर्न उनले निर्देशन दिए ।

‘साम्बा’ ले मागिन् उपचारका लागि आर्थिक सहयाेग

काठमाण्डाै – राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले उपचारका लागि आर्थिक सहयोगको अपील गरेकी छिन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै साम्बाले घुँडाको गम्भीर चोटको उपचारका लागि सहयोग गर्न आग्रह गरेकी हुन् । उनले उपचारका लागि ८० हजार अमेरिकी डलर खर्च लाग्ने बताएकी छिन् ।

साम्बाले उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र सरकारबाट सहयोग नपाएको गुनासो गरेकी छिन् । पछिल्लो पटक एन्फा नेतृत्वको पहलमा उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भए पनि यस पटक वाचा गरेको सहयोग नपाएको उनको भनाइ छ ।

अस्ट्रेलियन ए लिग फुटबल खेल्ने क्रममा डेढ महिनाअघि साम्बाको घुँडामा चोट लागेको थियो । वेलिङ्गटन फिनिक्समा आबद्ध उनी ब्रिस्बेन रोअरसँगको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किन पुगेकी थिइन् ।

ओलीको टिप्पणी- बच्चाबच्चीले पनि ‘प्रधानमन्त्री, राष्ट्रपति’ बन्छु भन्छ, तर बन्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कतिपय मान्छेहरूले प्रधानमन्त्रीको उम्मेदवार बन्छु भनेर ख्यालख्यालजस्तो गरेको टिप्पणी गरेका छन् ।

झापा–५ मा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले आफ्नो क्षेत्रमा प्रतिस्पर्धामा रहेका रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।

उनले बच्चाबच्चीलाई सोध्यो भने ‘प्रधानमन्त्री बन्छु, राष्ट्रपति बन्छु’ पनि भन्नसक्ने पनि बताए ।

‘म सुन्छु प्रधानमन्त्रीका उम्मेदवार भन्ने कतिपय मान्छेले बच्चाबच्चीलाई सोध्यो भने, तिमि के हुने भन्यो भने प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ,’ ओलीको भनाइ थियो, ‘तर उ बन्ने होइन नि । त्यस्तै ख्याल ख्यालजस्तो लाग्यो मान्छेलाई । भनिदिए ।’

सेयर बजारमा सामान्य सुधार

काठ्माण्डौ- साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबार सेयर बजार बढेर कारोबार भएको छ । अघिल्लो दिन घटेको नेप्से परिसूचक आज २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १४० कम्पनीको सेयर मूल्य घटेको छ भने ११३ कम्पनीको बढेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.६५ अंकले बढेर ४५१.०५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको मूल्य घटेको छ भने ६ वटाको बढेको छ ।

परिसूचक बढेको भए पनि कारोबार रकम भने घटेको छ । आज सेयर बजारमा ३२९ कम्पनीका १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर ५६ हजार ३४७ पटक खरिद बिक्री हुँदा ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

सामाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब रुपैयाँ जम्मा

काठमाण्डाै- सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताहरूले बुझाएको १ खर्ब २ अर्ब रुपैयाँभन्दा धेरै रकम जम्मा भएको छ । हिजो फागुन १० गतेसम्ममा कोषमा १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ जम्मा भएको हो ।

२०७५ सालको मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाहरूको औपचारिक आरम्भ भएको थियो । कोषले २०७६ साल साउन १ गतेदेखि योगदानकर्ताहरूबाट रकम सङ्कलन गर्न थालेको हो ।

सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको मासिक आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम जम्मा हुने गरेको छ । यसमा ११ प्रतिशत श्रमिक स्वयंले र २० प्रतिशत रोजगारदाताले बुझाउनुपर्ने हुन्छ । प्रत्येक महिनाको योगदान अर्काे महिनाको १५ गतेभित्रै कोषमा जम्मा गरिसक्नुपर्छ ।

सामाजिक सुरक्षा कोषका प्रवक्ता कृष्ण अधिकारीले कोषको रकमलाई सुरक्षित राखिएको बताए । उहाँकाअनुसार कोषले सरकारी ऋणपत्र, बन्ड, वाणिज्य बैंकहरूको निक्षेप, म्युअल फन्ड, डिबेन्चर आदिमा लगानीसमेत गरेको छ । योगदानकर्तालाई सापटीका रूपमा पनि लगानी भइरहेको छ ।

सामाजिक सुरक्षा कोषमा श्रमिक वा योगदानकर्ताको विभिन्न क्षेत्र छुट्याइएको छ । यसमा औपचारिक, अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारी गरी चार वटा क्षेत्र छुट्याइका छन् । यो कोषमा आबद्ध हुने योगदानकर्ताले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरेर चार वटा योजनाबाट लाभ लिन सक्छन् ।

अहिले कोषमा आबद्ध भएका योगदानकर्ताहरूको सङ्ख्या २८ लाख २२ हजार ३ सय ३३ पुगेको छ । सूचीकृत रोजगारदाताको सङ्ख्या २३ हजार ८४ पुगेका छन् ।

कुल योगदानकर्ताहरूमध्ये औपचारिक क्षेत्रका श्रमिकहरू झन्डै ६ लाख ७९ हजार पुगेका छन् भने झन्डै २२ लाख जना वैदेशिक रोजगारीमा गएकाहरू रहेका छन् ।

अनौपचारिक क्षेत्रका अनि स्वरोजगारमा रहेकाहरूको हिस्सा थोरै रहेको देखिन्छ । ८ सय ५४ जनामात्रै त्यस्ता श्रमिक सामाजिक सुरक्षा कोषमा सहभागी भएका छन् भने ८ सय ८ जना स्वरोजगार क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध छन् ।

–न्युज एजेन्सी नेपाल

 

धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्न सरकारद्धारा समिति गठन गर्ने निर्णय

काठमाण्डाै- सरकारले धादिङमा भएको बस दुर्घटनाको बारेमा छानबनि गर्न समिति गठन गर्ने निर्णय गरेको छ । आज गृह मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्याल, मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसहितको बैठकले यातायात क्षेत्रको नियमनलाई प्रभावकारी बनाउँदै नियामक निकाय र बस व्यवसायी समितिलाई जिम्मेवार बनाउने पनि निर्णय गरेको छ ।

बैठकमा गृहमन्त्री अर्यालले उद्धार र उपचारलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिए । उनले आउँदा दिनमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सडक सुरक्षाका लागि बनेका कानूनहरूको प्रभावकारी कार्यान्वयन र कडाइका साथ नियमन गर्न निर्देशन दिए ।

चुनावी सुरक्षा चुस्त गर्नुपर्ने समयमा यस्ता घटनाले सुरक्षामा चुनौती थपिन सक्ने खतरा औँल्याउँदै बेलैमा चनाखो भएर जिम्मेवारीपूर्वक लाग्न सबै सरोकारवालालाई गृहमन्त्रीले आग्रह गरेका छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौँदी नजिकै गएराति भएको बस दुर्घटनामा १९ जनाको ज्यान गएको छ । दुर्घटनामा घाइते भएका २५ जनाको धादिङ र काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ : ओली

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बनेको बाटोमा हिंड्ने नभई बाटो खन्ने मान्छे भएको बताएका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौं संस्करण विमोचन तथा आफ्नो ३८ औं वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफू जीवनभर नयाँ ठाउँ जाने र नयाँ बाटो खन्ने मान्छे भएको दावी गरे ।

अध्यक्ष ओलीले भने, ‘म भीरपाखा हामफाल्दै बाटो बनाउने मान्छे हुँ, जसले बाटो बनाउँछ, उ पहिला अप्ठ्यारोमा जान्छ, ब्लाष्स्टिङ गर्छ र बाटो खोल्छ ।’ उनले भने, ‘म जीन्दगीभर नयाँ ठाउँमा जाने र नयाँ बाटो खोल्ने काम गरेको छु ।’ अध्यक्ष ओलीले दुई तिहाइको पार्टी फुटाउनेहरुले देशलाई कमजोर पारेको समेत टिप्पणी गरेका छन् । उनले सहि कामका लागि गरिएको संघर्ष र जिद्दीले नै गणतन्त्र र परिवर्तन सम्भव भएको बताएका छन् ।

अध्यक्ष ओलीले पञ्चायत र राजतन्त्र फाल्ने संकल्पका साथ किशोरावस्थादेखि नै राजनीतिमा होमिएको बताए । १४ वर्षको कठोर जेल जीवन, भूमिगतकालका चुनौती र त्यसक्रममा गुमेका आफ्ना साहित्यिक सिर्जनाहरूबारे उनले भावुक हुँदै स्मरण गरेका छन् । पक्राउ पर्ने डरले नोटहरू नराख्ने बानी परेका कारण अहिले पनि आफूले धेरै कुरा स्मृतिबाटै बोल्ने गरेको उनले बताएका छन् ।

आफ्नो व्यक्तिगत जीवनमा कहिल्यै पैसाको हिसाब नराखेको र श्रीमतीको कमाइमा बाँच्न आफूलाई कुनै लाज नभएको बताए । उनले राजनीतिमा त्याग र पारदर्शिताको महत्व धेरै रहेको बताए । ‘मैले आफूलाई ‘जोइटिङ्ग्रे’ घोषणा गरेको छु, श्रीमतीलाई बलियो बनाउनु र उनको कमाइ खानुमा मलाई गर्व छ’ उनले भने । यसलाई उनले सामाजिक न्याय र समानताको नयाँ भाष्यका रूपमा व्याख्या गरे ।

राजनीतिक नेतृत्वले समयको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उनले युवाहरूलाई ‘टाइम पास’ नगर्न सुझाव दिए । ‘समयका डटहरूको जोडाइ नै जिन्दगी हो । समय खेर फाल्नु भनेको जिन्दगी खेर फाल्नु हो’ उनले भने ।

‘आबाट आमा’ को कमाइ ११ करोड नाघ्यो

काठ्माण्डौ- चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ ले घरेलु बक्स अफिसमा ११ करोड रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ।

माघ १६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले सिनेपाः बक्सअफिसमा ११ करोड २४ लाख ६ हजार ९६९ रूपैयाँ कमाइ गरेको हो। उक्त कमाइ हुँदा फिल्मको ४ लाख २३ हजार १११ वटा टिकट बिक्री भएका छन्। यो विवरण फागुन ९ गते शनिबारसम्मको हो।

चलचित्र विकास बोर्डले ‘आबाट आमा’ सहित अन्य फिल्मको पनि बक्स अफिस रिपोर्ट सोमबार सार्वजनिक गरेको छ।

‘आबाट आमा’ भावनात्मक पारिवारिक कथामा आधारित फिल्म हो।

यसमा पल शाह, विपना थापा, प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेतीलगायत कलाकारहरूको अभिनय छ। यो फिल्म सुपरहिट भएसँगै ‘आबाट आमा २’ को निर्माण घोषणा समेत भइसकेको छ।

यतिबेला हलमा नयाँ रिलिज फिल्म नभएकाले ‘आबाट आमा’ अझै लामै समय टिक्ने अनुमान गरिएको छ।

कैलालीमा ‘च्याम्पियन्स–३६, ग्रासरुट टु ग्लोरी’ शुभारम्भ

कैलाली अबको १० वर्षपछि क्रिकेट खेलमा विश्वकप च्याम्पियन बन्ने सपनाका साथ कैलालीमा ‘च्याम्पियन्स–३६, ग्रासरुट टु ग्लोरी’ अभियानको थालनी भएको छ ।

सन् २०३६ मा टी –२० विश्वकप क्रिकेट उपाधि उचाल्ने खेलाडीहरु तयार गर्ने उद्देश्यसहित गो ड्रिमर्सले उक्त अभियानको सुरुवात गरेको हो । क्रिकेटको सहर धनगढीबाट अभियान सुरु भएको छ । सुरुवाती चरणमा उक्त अभियान अन्तर्गत गो ड्रि«मर्स र ऐश्वर्य विद्या निकेतनबिच १० वर्षे रणनीतिक सहकार्य घोषणा भएको छ ।

ऐश्वर्य विद्या निकेतनका प्राचार्य सञ्जय पन्त र गो ड्रि«मर्सका अध्यक्ष सुवास शाहीले दश वर्षे सम्झौतापत्रमा हस्ताक्षर गर्दै उक्त अभियानको सुरुवात गरे । ‘यस अभियानले आधारभूत तहबाटै प्रतिभाशाली युवा क्रिकेट खेलाडी उत्पादन गरी सन् २०३६ सम्म नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र विश्वस्तरीय टोलीका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।

आज सुरुवात भएको छ । यसलाई देशभरि नै अभियानको रुपमा सञ्चालन गरिने शाहीले बताए । धनगढीमा एकातिर फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको इआइए समेत सम्पन्न भइ निर्माणको चरणमा अघि बढिसकेको अवस्थामा सुरु भएको यस अभियानलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रदेशभरी खेल विकास कार्यक्रम सञ्चालन गर्दैआएको गो ड्रिमर्स युवा प्रतिभा पहिचान र विकासमा सक्रिय संस्था हो । नेपाल सुपरलिगको प्रमुख क्लब धनगढी एफसी गो ड्रिमर्सकै स्वामित्वमा रहेको छ । यसका साथै, गो ड्रिमर्स प्रतिष्ठित अर्जुन ट्रफीको आयोजक संस्था पनि हो । यसअघि धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा गो डिमर्सले धनगढीको फूलबारी र जुगेडामा पनि ग्रासरुट लेभल क्रिकेट परियोजना सञ्चालन छ ।

कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै ऐश्वर्य विद्या निकेतनका अध्यक्ष तथा पूर्व नगर प्रमुख नृपबहादुर वडले सबै सरोकारवाला निकाय, अभिभावक, प्रशिक्षक तथा खेलाडीलाई एकजुट भएर अभियानलाई सफल बनाउन आह्वान गरे ।

ऐश्वर्य विद्या निकेतन सुदूरपश्चिमकै प्रतिष्ठित शैक्षिक संस्था हो । यस संस्थाले अब खेल विकासमार्फत पनि युवा सशक्तीकरणमा योगदान गर्ने प्राचार्य सञ्जय पन्तले बताए ।

प्रशिक्षण कार्यक्रमअन्तर्गत प्राविधिक सीप विकास, खेल रणनीति, फिटनेस, मानसिक सुदृढता, दबाब व्यवस्थापन, अनुशासन, टीमवर्क र नेतृत्व विकासलाई प्राथमिकता दिइनेछ । खेलाडीलाई आधुनिक प्रशिक्षण प्रणाली, प्रदर्शन विश्लेषण तथा चरणबद्ध विकास मोडेलमार्फत दीर्घकालीन रूपमा तयार गरिने योजना छ ।

पूर्वी मलेसियामा शक्तिशाली भूकम्प

मलेसियाको बोर्नियो टापुको सबाहको पूर्वी समुद्री क्षेत्रमा गएराति ७.१ म्याग्नेच्युटको भूकम्प गएको छ ।

अमेरिकी भू–भौतिकी विज्ञहरूका अनुसार भूकम्पको केन्द्र सबाहको राजधानी कोटा किनाबालुबाट उत्तरपूर्वतर्फ झन्डै एक सय किलोमिटर टाढा र ६१९.८ किलोमिटर गहिराइमा रहेको छ । भूकम्प राति १२ बजेर ५७ मिनेटमा गएको र अमेरिकाको भूकम्प अध्ययन केन्द्रले यसबाट ठूलो क्षति नभएको जनाएको छ ।

अमेरिकाको सुनामी चेतावनी केन्द्रले पनि गहिराइको कारणले सुनामीको जोखिम नहुने जनाएको छ । मलेसियाको मौसम विज्ञान विभागले भूकम्पको तीव्रता ६.८ मापन गर्दै यसलाई नजिकबाट निगरानी गरिने जनाएको छ । सबाहको पश्चिमी तट र सरावाक राज्यका केही क्षेत्रमा पनि कम्पन महसुस भएको समाचारसंस्था एएफपीले जनाएको छ । -एजेन्सी

 

विवाह गर्दै रश्मिका र विजय, सामाजिक सञ्जालमार्फत गरे पुष्टि

दक्षिण भारतीय फिल्म उद्योगका चर्चित कलाकार अभिनेत्री रश्मिका मन्दना र अभिनेता विजय देवरकोन्डाले अन्ततः आफ्नो विवाहको आधिकारिक पुष्टि गरेका छन्।

लामो समयदेखि प्रेम सम्बन्धबारे विभिन्न अड्कलबाजी चलिरहेका बेला दुवैले सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै विवाहबारे जानकारी दिएका हुन्।

यी दुईले आ-आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत सुन्दर नोट सेयर गर्दै विवाहको पुष्टि गरेका छन्।

उनीहरूले आफूहरूलाई फ्यानहरूले दिएको ‘विरोष’ नामप्रति आभार व्यक्त गरेका छन्। दुवैको नाम जोडेर बनाइएको उक्त उपनामलाई उनीहरूले विशेष अर्थपूर्ण रूपमा लिँदै आफ्नो वैवाहिक यात्रालाई पनि सोही नामसँग जोड्न चाहेको उल्लेख गरेका छन्। सधैं साथ र माया दिँदै आएका शुभचिन्तक तथा फ्यानहरूप्रति आभार समेत व्यक्त गरेका छन्।

रश्मिका र विजयको विवाह यही २६ फेब्रुअरीमा भारतको राजस्थानस्थित उदयपुरमा निजी समारोहकाबीच सम्पन्न हुने जनाइएको छ। पारिवारिक सदस्य र निकट साथीहरूको उपस्थितिमा ऐतिहासिक महलमा विवाह हुन लागेको भारतीय संचारमाध्यमहरूले उल्लेख गरेका छन्।

रश्मिका र विजयले सन् २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘गीता गोविन्दम’ र सन् २०१९ मा ‘डियर कमरेड’ मा संगै अभिनय गरेका थिए। ती फिल्ममा उनीहरूको अभिनय र केमेस्ट्रि दर्शकहरूले अन्त्यन्त रूचाएका थिए। विवाहको पुष्टि भएसँगै सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको छ।

धादिङमा भएकाे बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १९ पुग्यो

काठमाण्डौ- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै गएराति भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

पोखराबाट काठमाण्डौका लागि छुटेको ग २ ख १४२१ नम्बरको बस गएराति साढे १ बजेतिर त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा घाइते २५ जनाको धादिङ र काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार ज्यान गुमाउनेमध्ये १ महिला र १ पुरुष विदेशी नागरिक रहेका छन् ।

महिला क्रिकेटरलाई यौन दुर्व्यवहार गरेपछि बंगलादेशका पूर्वक्रिकेटर इस्लामलाई आजीवन प्रतिबन्ध

बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले पूर्व फास्ट बलर मन्जुरुल इस्लामलाई बोर्ड अन्तर्गतका सबै किसिमका गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ। बोर्डले गठन गरेको एक स्वतन्त्र छानबिन समितिले उनलाई ‘दुर्व्यवहार र हैरानी’ गरेको दोषी फेला पारेपछि यो निर्णय लिइएको हो।

सन् २०२२ को महिला एकदिवसीय विश्वकपका दौरान मन्जुरुल इस्लाम बंगलादेश महिला टोलीको मुख्य छनोटकर्ता र व्यवस्थापक थिए। सोही समयमा उनले आफूलाई अश्लील प्रश्नहरू सोधेर नराम्रो व्यवहार गरेको भन्दै टोलीकी पूर्व कप्तान जहानारा आलमले बोर्डमा उजुरी दिएकी थिइन्। जहानाराले मन्जुरुलका साथै बोर्डका अन्य केही अधिकारीहरूले पनि अनुचित व्यवहार गरेको आरोप लगाएकी थिइन्।

यस विषयमा सत्यतथ्य बुझ्न बोर्डले पूर्व न्यायाधीश तारिक उल हकिमको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति बनाएको थियो। समितिले जहानाराले लगाएका चारवटा मुख्य आरोपहरूको अनुसन्धान गरेको थियो।

चारमध्ये दुईवटा आरोपको प्रमाण फेला परेन। बाँकी दुईवटा आरोपमा भने मन्जुरुलले पदीय मर्यादा विपरित काम गरेको र महिला खेलाडीलाई दुर्व्यवहार गरेको पर्याप्त प्रमाण फेला पर्‍यो। समितिको प्रतिवेदनका आधारमा आइतबार बसेको बोर्ड बैठकले मन्जुरुललाई बोर्डसँग सम्बन्धित कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी र क्रिकेट गतिविधिमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

मन्जुरुल इस्लाम हाल चीनको महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा कार्यरत छन्। बंगलादेश क्रिकेट बोर्डले यस घटनालाई गम्भीरताका साथ लिँदै समितिको सिफारिस अनुसार थप कदमहरू पनि चाल्न सक्ने बताएको छ।

यसअघि कप्तान निगार सुल्तानाले साथी खेलाडीलाई कुटपिट गरेको भन्ने जहानाराको आरोपलाई भने बोर्डले अस्वीकार गरेको थियो।

कमेडी च्याम्पियनमा प्रचण्ड र रेनुलाई व्यंग्य गरिएकोप्रति जेन-जी रेड फोर्सको आपत्ति

काठमाडौं । टिभी रियालिटी शो कमेडी नाइट विथ च्याम्पियन्समा नेकपा अध्यक्ष तथा पूर्वमेयर रेनु दाहालको क्यारिकेचर गरिएकोप्रति नेकपानिकट जेन-जी रेड फोर्स नेपालले आपत्ति जनाएको छ । उक्त शोको ४७ औं एपिसोडको ट्रेलर सार्वजनिक भएलगत्तै रेड फोर्सले विज्ञप्ति निकालेर विरोध जनाएको हो ।

कमेडी नाइट विथ च्याम्प्यिन्सको नयाँ एपिसोडमा बालकलाकार सुयसा खनालले रेनुको क्यारिकेचर गरेकी छिन् । हिजो जारी गरिएको ट्रेलरमा उनको एउटा क्लीप समावेश छ । कार्यक्रम सञ्चालक विशाल भण्डारीले ‘तपाईंको ड्याडीले अहिलेसम्म के महान काम गर्नुभयो ?’ भनेर सोध्दा ‘रेनु’ ले जवाफ दिएकी छन्, ‘आफैंले सुरु गरेको पार्टी आफैंले सकाउनुभयो ।’ यही संवादमा रेड फोर्सले आपत्ति जनाएको हो । यस्तो टिप्पणीले प्रचण्डमाथि व्यंग्य प्रहार भएको र उनको राजनीतिक योगदान, त्याग र ऐतिहासिक भूमिकालाई अत्यन्तै हल्का ढंगले प्रस्तुत गरेको अनुभूति भएको विज्ञप्तिमा उल्लेख छ ।

रेड फोर्सका नाममा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालै कमेडी नाइट्स विथ च्याम्पियनको एपिसोड ४७ को ट्रेलर सार्वजनिक भएको सन्दर्भमा उक्त भिडियोमा आदरणीय नेतृ रेनु दाहालको चरित्रचित्रण गर्दै हाम्रो नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख व्यक्तित्व तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजकप्रति व्यंग्य प्रहार गरिएको देखिएको छ । यस विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र यसले हामीलाई अत्यन्त आपत्तिजनक महसुस गराएको छ ।’

‘हामीलाई थाहा छ, हास्य-व्यंग्य कलाकारहरूको पेशा नै दर्शकलाई हसाउनु हो, र त्यो सजिलो काम होइन । तथापि, सार्वजनिक व्यक्तित्वका विषयमा प्रस्तुति दिँदा ऐतिहासिक योगदान र संवेदनशील पक्षप्रति न्यूनतम सम्मान र जिम्मेवारी अपेक्षित हुन्छ । त्यसैले, आगामी दिनमा आदरणीय नेतृत्वप्रति टिप्पणी गर्दा अभिव्यक्ति स्वतन्त्रताको मूल्य र त्यसका लागि भएको संघर्षलाई स्मरण गर्दै सन्तुलित र जिम्मेवार ढंगले प्रस्तुत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’

यता बालकलाकार सुयसा खनालले रेड फोर्सको नाममा जारी विज्ञप्तिमा नै आपत्ति जनाएकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले हास्यव्यंग्य गर्न पाउने स्वतन्त्रतामाथि बन्देज लगाउने दुस्प्रयासको संज्ञा दिएकी छन् । राजतन्त्रमा समेत हास्यव्यंग्य गर्न पाउने स्वतन्त्रता थियो भन्ने उनले स्मरण गराएकी छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन बिदा प्रस्ताव

काठमाडौं ।  निर्वाचन आयोगले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ । आयोगको आइतबार बसेको बैठकले २०, २१ र २२ फागुनमा सार्वजनिक बिदा गर्न सरकारलाई सिफारिस गरेको हो ।

‘निर्वाचनको दिन मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले आयोगले तीन दिन बिदाको सिफारिस गरेको छ,’ आयोग प्रवक्ता नारायण भट्टराईले भने । उनका अनुसार तीन दिनमा मतदाता आफ्नो मतदानस्थल पुगी मतदान सकेर कार्यस्थलमा फर्किन सक्ने समयको लेखाजोखा गरेर तीन दिन सिफारिस गरिएको हो ।

नेपाली क्यालेन्डरअनुसार १८ फागुनमा पहाडी जिल्ला र १९ मा तराईका जिल्लामा होली पर्वको बिदा छ । आयोगले २०, २१ र २२ फागुनमा बिदा दिन प्रस्ताव गरेको छ । २३ फागुनमा शनिबार छ भने २४ मा आइतबार नारी दिवसको अवसरमा सार्वजनिक बिदा छ ।

पोखराबाट काठमाण्डौको लागि छुटेको बस धादिङमा दुर्घटना, १७ जनाको ज्यान गयाे

काठमाडौं । धादिङमा मध्यराति भएको बस दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २४ जना घाइते भएका छन्।

राति करिब साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको थियो ।

उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको थियो । साथै नेपाल प्रहरी र सेनाको टोली पनि उद्धारमा खटिएको थियो ।

मृत्यु भएका १७ जनाको शव घटनास्थलमा नै छ । राति भएकाले उद्धारमा कठिनाइ भएकाे प्रहरीहरूले बताएका छन् ।यस्तै घाइते २४ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । घाइते तथा मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन ।

एसिया कप क्रिकेट : बङ्गलादेशलाई हराउँदै भारत च्याम्पियन

काठमाडौँ- राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ ।

थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा भारतले बङ्गलादेशलाई ४६ रनले हरायो ।

जितका लागि एक सय ३५ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १९.१ ओभरमा सबै विकेटको क्षतिमा ८८ रनमा समेटिएको थियो । बङ्गलादेशका लागि समिमा सुल्तानाले सर्वाधिक २० रन बनाए ।

यस्तै शर्मिन सुल्तानाले १८ र कप्तान फहिमा खातुनले १४ रन बनाए । बलिङमा भारतका प्रेमा रावतले तीन तथा सोनिया मेन्दिया र तनुजा कन्वारले दुई दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३४ रन बनाएको थियो । भारतका लागि तेजल हसबनिसले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान राधा यादवले ३६ र दीनेश बृन्दाले १९ रन बनाए । बलिङमा बङ्गलादेशकी फहिमा खातुनले चार विकेट लिए । ६ टोली सहभागी प्रतियोगिातमा नेपाल लगातार तेस्रो हार खेप्दै समूह चरणबाट बाहिरिएको थियो ।

श्रीलंकालाई इङ्ल्याण्डको १४७ रनको लक्ष्य

पेल्लेकेले– टी२० विश्वकप अन्तर्गत सुपर एटको दोस्रो खेलमा इङ्ल्याण्डले श्रीलंकालाई जीतका लागि १४७ रनको लक्ष्य दिएको छ । श्रीलंकाले उत्कृष्ट बलिङ गरेपछि इङ्ल्याण्डको टीमले २० ओभरमा ९ विकेट गुमाएर १४६ रनमात्र बनाउन सफल भएको हो ।

आजको खेलमा इङ्ल्याण्डलाई सामान्य रनमा रोक्नका लागि श्रीलंकाका बलरहरुले धारिलो बलिङ गरे । श्रीलंकाका लागि दुनिथ वेलालगेले चार ओभर बलिङ गर्दै २६ रन दिएर सर्वाधिक तीन विकेट लिए । त्यस्तै दिलसन मदुशंका तथा मशीष तिक्षणाले समान दुई विकेट लिए भने दुगमान्था मचीराले एक विकेट लिए ।

इङ्ल्याण्डका लागि ओपरन फिल साल्टले विष्फोटक ब्याटिङ गरे । उनले ४० बलमा दुई छक्का तथा छ चौकाको सहयोगले सर्वाधिक ६२ रन बनाए । यद्यपि, उनी बाहेक अन्य खेलाडीले उत्कृष्ट ब्याटिङ गर्न सकेनन् । विल ज्याक्सले १४ बलमा २१ रन तथा कप्तान ह्यारी ब्रुकले ७ बलमा १४ रन बनाउन, साम करणले ११ बलमा ११ रन तथा जेमी ओभरटनले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकले रन बनाएन सकेनन् । अब यो खेल जितन श्रीलंकाले २) ओभरमा १४७ रन बनाउनु पर्नेछ ।

खोज्नुहोस