बाजुराकी एक गर्भवतीको बच्चाको हात बाहिर निस्किएको ९ घण्टापछि अप्रेसन

बाजुरा- बाजुराको स्वामिकार्तिकखापर गाउँपालिका–५ मिगुकी २२ वर्षीया सिटना महतारा (रोकाया) हाल जिल्ला अस्पताल बाजुराको शैयामा उपचाररत छिन्। गर्भबाट बच्चाको हात बाहिर निस्किएको करिब ९ घण्टापछि अस्पताल पुगेकी सिटनालाई चिकित्सकहरूले आपतकालीन शल्यक्रिया (अपरेशन) गरी ज्यान जोगाएका हुन्।

सिटना आफ्नो जीवन जोगिएको भन्दै चिकित्सकलाई भगवान् सरह सम्झिँदै धन्यवाद दिइरहेकी छन्। “यो मेरो दोस्रो जीवन हो, म बाँच्न सफल भएँ,” भन्दै उनी भावुक देखिन्छिन्। दुर्भाग्यवश, बच्चा भने गर्भमै मृत्यु भइसकेको थियो।

गर्भबाट बच्चाको हात बाहिर आएको करिब ९ घण्टापछि सिटना जिल्ला अस्पताल बाजुरा पुगेकी थिइन्। अस्पतालका एमडीजिपी डाक्टर आशिष कार्कीको नेतृत्वमा रहेको चिकित्सक टोलीले आपतकालीन अपरेशन गरी उनलाई बचाउन सफल भएको हो।

डाक्टर कार्कीका अनुसार बच्चा भ्रूण अडिएको अवस्था (ट्रान्सभर्स लाइ)मा थियो। हात प्रोल्याप्स भएको र गर्भाशयभित्रै भ्रूणको मृत्यु भइसकेको अवस्था थियो। “बच्चाको हात बाहिर आएको ९ घण्टासम्म आमा बच्नु अत्यन्तै दुर्लभ हुन्छ,” डा. कार्कीले भने, “अस्पताल पुग्दासम्म आमा होसमा हुनुहुन्थ्यो। अपरेशन गरेर बच्चा निकाल्यौँ र आमालाई जोगाउन सफल भयौँ। अहिले आमा खतरामुक्त हुनुहुन्छ।”

सिटनाले बिहान करिब ९ बजेतिर व्यथा लागेपछि घरमै बच्चाको हात बाहिर आएको बताइन्। आफन्तले उनलाई बोकेर स्थानीय मिगु स्वास्थ्य चौकी लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि कोल्टी अस्पताल रिफर गरिएको थियो।

स्थानीयले करिब तीन घण्टा बोकेर जेरा गाउँसम्म पुर्‍याएपछि गाडीमार्फत कोल्टी अस्पताल लगिएको थियो। “कोल्टी पुग्दा दिउँसो ३ बजिसकेको थियो। बाटोमा बच्चा पेटमै चलिरहेको थियो,” सिटनाले भनिन्। तर कोल्टी अस्पतालमा अपरेशन गर्ने चिकित्सक नभएकाले जिल्ला अस्पताल बाजुरा रिफर गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी दोरेन्द्र निरौलाका अनुसार हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास गरिएको थियो। “साँझ परिसकेकाले हेलिकप्टर सम्भव भएन, त्यसपछि जिल्ला अस्पताल बाजुरा ल्याउने व्यवस्था मिलाइयो,” उनले बताए।

सिटनाका अनुसार बाटोमै बच्चाको मृत्यु भइसकेको थियो। उनले ९ घण्टाभन्दा बढी समय अत्यधिक पीडा सहनुपरेको बताइन्। “बाँच्ने आश नै मरिसकेको थियो,” उनले भनिन्।

डाक्टर कार्कीका अनुसार अस्पताल पुग्दा बच्चा मृत्यु भइसकेको थियो र गर्भाशयभित्र रक्तस्राव भइरहेको थियो। “यस्तो अवस्थामा आमाको ज्यान जोगिने सम्भावना निकै कम हुन्छ,” उनले भने, “तर सफल अपरेशनपछि उहाँलाई बचाउन सकेका छौँ।”

चिकित्सकहरूका अनुसार यस्तो अवस्थाबाट पाठेघर फुट्ने, अत्यधिक रक्तस्राव हुने, संक्रमण फैलिने तथा रगत जम्ने प्रणाली बिग्रने जस्ता जटिलता देखिन सक्छन्।

सिटना दोस्रो सन्तान गर्भवती थिइन्। उनका ससुरा धन महताराले बुहारी बाँच्न सफल भएकोमा राहत व्यक्त गरे। तर यस्तै समस्याका कारण केही वर्षअघि आफ्नी अर्की बुहारी शिबु महतराको मृत्यु भएको उनले बताए। “घरमै सुत्केरी हुँदा धेरै रगत बग्यो, अस्पताल पुर्‍याउन नपाउँदै मृत्यु भयो,” उनले भने। शिबुको बच्चा भने जीवित रहेको परिवारले जनाएको छ।

गर्भावस्थामा नियमित जाँच नहुनु, दुर्गम क्षेत्रमा भिडियो एक्स–रेको पहुँच नहुनु तथा दक्ष जनशक्ति अभावका कारण धेरै आमाको ज्यान जोखिममा पर्ने गरेको अस्पताल बाजुराकी स्टाफ नर्स धर्मा रोकायाले बताइन्। “सिटना एउटा उदाहरण मात्र हो,” उनले भनिन्, “भौगोलिक विकटताका कारण सुविधासम्पन्न स्वास्थ्य संस्था पुग्न धेरै समय लाग्छ, जसले जोखिम बढाउँछ।”

वर्तमान निर्वाचन प्रणाली र नेपालको राजनीतिक अस्थिरता

Bal Joshi Makes History Running a Marathon in Daura Suruwal in Antarctica

Denver, 1  Feb

Nepali-American runner Bal Joshi has made history by completing a marathon in Antarctica while wearing the traditional Nepali Daura Suruwal. He is the first person ever to run a marathon on the icy continent in this traditional attire.

Joshi described the experience as challenging but manageable, saying that running in Antarctica’s snow in traditional Nepali clothing—something many thought nearly impossible—felt surprisingly comfortable. On Saturday morning, in temperatures as low as minus 20°C, he completed the full 42-kilometer marathon, proudly raising both the Nepali and American flags at the finish line.

The marathon is part of the World Marathon Challenge, also called the “777 Marathon”, which spans seven continents over seven consecutive days. In this first series, 56 runners from 32 countries participated. Held annually since 2015, the event is considered extremely demanding.

Joshi chose to run in Daura Suruwal to showcase Nepali culture and heritage to the world. After Antarctica, he traveled to Cape Town, South Africa, for the next marathon on 1 February. The series will continue in Perth, Dubai, Madrid, Brazil, and will conclude in Miami, USA, on 6 February.

Born in Surkhet, 42-year-old Joshi has lived in the United States for over 20 years. He currently resides in Grapevine, Texas, and works as a banker.

He began running to stay fit, and since 2021, he has also used running to support social causes and humanitarian work. Over the years, Joshi has completed more than two dozen marathons worldwide.

 

सत्ताको छायाँमा हराउने स्मृतिहरू

-जयप्रकाश आनन्द
गाब्रियल गार्सिया मार्केसको “सय वर्षको एकान्तता” मा एउटा भयावह सत्य उद्घाटित हुन्छ—यदि सत्ता चाह्यो भने पूरै समुदायको स्मृति नै मेटाउन सक्छ। मैकोन्डोको केरा कम्पनी हत्याकाण्डमा हजारौँ मजदुरको रगतले भिजेको भूमिलाई राज्यसत्ताले “केही भएको थिएन” भन्ने प्रचारद्वारा शून्य बनाइदिन्छ। समयसँगै त्यो झूट सामूहिक सत्यमा रूपान्तरण हुन्छ, र जनताको स्मृति हराउँदै जान्छ। यो केवल साहित्यिक कल्पना होइन; यो सत्ताको सार्वकालिक दर्शन हो। इतिहास लेख्ने कलम सधैं विजेताको हातमा रहन्छ, पराजितहरूको स्मृति भने अँध्यारोमा धकेलिन्छ।
नेपालको इतिहास पनि यही दर्शनको पुनरावृत्तिले बनेको छ। सत्ताले दमनका रगतले लेखिएका पृष्ठहरू मेटाउन खोज्यो, प्रचारको मसीले नयाँ कथा कोर्यो। तर स्मृति कागजमा होइन—रगत र आँसुले लेखिन्छ। यही कारण स्मृति कहिल्यै पूर्णतः मर्दैन। तथापि, नेपाली समाजको एउटा कमजोर प्रवृत्ति—भुल्ने र स्वीकार गर्ने—ले हामीलाई बारम्बार इतिहासकै दुष्चक्रमा फर्काइरहेको छ।
यो प्रवृत्तिको प्रारम्भिक उदाहरण १९०३ विक्रम संवत् (१८४६ ई.) को कोत पर्व हो। जंगबहादुर कुँवर र उनका भाइहरूले हनुमानढोकाको कोतमा करिब चार दर्जन उच्च पदस्थ अधिकारी र सैनिकहरूको निर्मम हत्या गरी सत्ता कब्जा गरे। रगतको आहालमा डुबेको राजसत्ता तरबारको बलमा हत्याइयो, र त्यसैको परिणामस्वरूप १०४ वर्षे राणा शासन स्थापना भयो। शाह वंश औपचारिक शासकमा सीमित बन्यो। तर आज जंगबहादुर नेपाली समाजमा ‘राष्ट्रनिर्माता’ को छविमा प्रस्तुत छन्। “जंगबहादुर जस्तो मान्छे चाहियो” भन्ने अभिव्यक्ति हाम्रो सामूहिक विस्मृतिको प्रमाण हो। हत्या र दमनको स्मृति मेटाइयो, किनकि सत्ताले त्यसलाई नियोजित रूपमा पुनर्लेखन गर्यो।
राजा महेन्द्रको शासनकालमा पनि यही क्रूरता दोहोरियो। वि.सं. २०१८ मा चितवनको भरतपुर र तनहुँको बन्दीपुरमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूलाई घेराबन्दी गरी हत्या गरियो, कतिपयका शवहरू सामूहिक खाल्टोमा गाडिए। लोकतन्त्रको स्वर दबाउन सत्ता कति निर्दयी हुन सक्छ भन्ने यो स्पष्ट प्रमाण थियो। तर पञ्चायती प्रचारतन्त्रले यसलाई “अराष्ट्रिय तत्वको दमन” को नाम दियो। ३२ वर्ष लामो निरंकुश यात्रामा पूरा देश एउटा खुला कारागारमा रूपान्तरित भयो। आज महेन्द्र “राष्ट्रियताका प्रवर्द्धक” को रूपमा स्मरण गरिन्छ; भरतपुरको रगत इतिहासका पानाबाट धमिलो बनाइयो।
पञ्चायतकालीन अँध्यारो युगमा ओखलढुंगा काण्ड, सुखानी जंगल र पिस्करका घटनाहरू सत्ताको दमनकारी चरित्रका प्रतीक हुन्। वि.सं. २०३१ मा ओखलढुंगामा आत्मसमर्पण गरिसकेका राम र लक्ष्मण उपाध्यायलाई गोली हानी हत्या गरियो। त्यसअघि, वि.सं. २०१८ मा पूर्वी पहाड लिम्बुवान क्षेत्रमा भूबिक्रम नेम्बाङको नेतृत्वमा भएको सशस्त्र प्रतिरोधका क्रममा सात जनालाई आफैं खाल्टो खन्न लगाएर गोली हानियो। इलामको देउराली आज पनि ‘सातखाल्टे’ नामले चिनिन्छ—हराउँदै गएको स्मृतिको एउटा मौन स्मारक।
वि.सं. २०२९ मा सुखानी जंगलमा कम्युनिस्ट कार्यकर्ताहरूको सामूहिक हत्या भयो। रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेलजस्ता युवाहरूको रगतले जंगल रङ्गियो। वि.सं. २०४० मा पिस्करमा सांस्कृतिक कार्यक्रममा गोली चल्दा सात निर्दोष ग्रामीणको मृत्यु भयो। गीत, नाटक र अभिव्यक्तिसँग डराउने सत्ता विरोधको स्वरलाई गोलीले चुप लगाउन चाहन्थ्यो। यी सबै घटनामा राज्यले एउटै भाष्य निर्माण गर्यो—“विद्रोह थियो, दमन आवश्यक थियो।” यसरी पीडालाई इतिहासबाट विस्थापित गरियो।
दमन केवल राज्यबाट मात्र भएन। कथित झापा विद्रोहका नाममा केही कम्युनिस्ट समूहहरूले पनि निरपराध व्यक्तिहरूको व्यक्ति–लक्षित हत्या गरे। नक्सलबारी आन्दोलन र चिनियाँ सांस्कृतिक क्रान्तिबाट प्रेरित यो हिंसामा ‘वर्ग शत्रु’ को अवधारणा प्रयोग गरियो। केपी शर्मा ओली, सीपी मैनाली, राधाकृष्ण मैनालीलगायत नेताहरू यससँग जोडिए। पञ्चायतले यसलाई दबायो, कतिपय कम्युनिस्ट मारिए, कतिपयले लामो जेल सजाय भोगे। तर समयसँगै सत्ता र भाष्य फेरियो—हत्या ‘विद्रोह’ र ‘क्रान्ति’ मा रूपान्तरण भयो। दक्षिण एसिया र भारतमा यस्ता आरोपले कम्युनिस्ट शक्तिहरू समाप्त भए; नेपालमा भने उनीहरू ‘राष्ट्रवादका संरक्षक’ को आवरणमा पुनः–पुनः सत्तामा पुगे। वि.सं. २०५१ देखि १० वर्ष चलेको माओवादी हिंसा पनि यही निरन्तरताको अर्को अध्याय हो।
आधुनिक नेपालको सबैभन्दा भीषण घटना राजदरबार हत्याकाण्ड हो। राजा वीरेन्द्रसहित सम्पूर्ण राजपरिवारको दरबारभित्रै हत्या भयो। विश्व स्तब्ध भयो, नेपाली समाजको एउटै माग थियो—निष्पक्ष छानबिन। तर त्यो कहिल्यै पूरा भएन। अनुसन्धानको नाममा राज्यले एउटा अविश्वसनीय कथा निर्माण गर्यो, र समाज क्रमशः मौन बन्यो। “हाम्रो राजा जिन्दावाद” का नाराले सत्यको खोजलाई ढाकिदियो। सामूहिक चेतना फेरि एकपटक पराजित भयो।
यो क्रम अझै रोकिएको छैन। मधेस आन्दोलन (२०६४ र २०७२) मा सयौँ प्रदर्शनकारी मारिए। राज्यले यसलाई ‘अशान्ति दमन’ को रूपमा चित्रित गर्यो। हालसालै, भाद्र २३, २०८२ को जेन्जी (Gen-Z) विद्रोहमा निहत्था विद्यार्थीहरू मारिए। सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध उठेको युवाको आवाजलाई गोलीले जवाफ दिइयो। दोस्रो दिनको आगजनीलाई बहाना बनाएर राज्यले फेरि उही कथा दोहोर्यायो—“केही भएको थिएन।” यो मार्केसको मैकोन्डो दोहोरिएको क्षण थियो।
आज बालेन शाह र गगन थापा जस्ता युवा नेताहरूको उदयले यो स्मृतिविरुद्धको संघर्षलाई नयाँ दिशा दिएको छ। उनीहरूले माओवादी हिंसा र पुराना राजनीतिक अपराधमाथि प्रश्न उठाए। यही कारण उनीहरू नियोजित राजनीतिक र गैरराजनीतिक प्रहारका निशाना बनेका छन्। बदनाम गर्ने अभियान, कारबाही, लाञ्छना—यी सबै पुराना शक्तिहरूको अस्तित्व संकटको लक्षण हुन्। तर यही संघर्षले अम्नेसियाको गणतन्त्रलाई जवाफदेही लोकतन्त्रतर्फ डोर्याउने सम्भावना बोकेको छ।
दार्शनिक रूपमा, यो स्मृतिको सार्वभौमिक युद्ध हो। प्लेटोले भनेझैं विजेताहरूले इतिहास लेख्छन्, तर नेपालमा सत्ता इतिहास मात्र लेख्दैन—स्मृति नै मेटाउँछ। प्रचार, शिक्षा, सञ्चार सबै हतियार बन्छन्। हामीले जंगबहादुरलाई नायक बनाएर कोत पर्व बिर्सियौं, महेन्द्रलाई राष्ट्रियताको प्रतीक बनाएर भरतपुर बिर्सियौं, र आज जेन्जीका सपनाहरूलाई ‘अराजकता’ भन्दै मेटाउँदैछौं। यो भुल्ने संस्कृति होइन—सत्ताको जित हो।
तर स्मृति अमर हुन्छ। स्मृति प्रतिरोधको बीज हो। मार्केसको मैकोन्डोजस्तै नेपालको स्मृति पनि हावाले उड्दैन—यो जमिनमा जरा गाडेर बाँच्छ। प्रश्न केवल यत्ति हो—हामी स्मृतिसँग उभिन्छौं कि सत्ताको छायाँमा हराउँछौं?

यूएईले दियो २ सय ७६ नेपालीलाई आममाफी

एजेन्सी- ​​संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले २ सय ६७ जना नेपालीलाई आममाफी दिएको छ ।​​​​ ५४औं राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा यूएईले नेपाली बन्दीलाई आममाफी दिएको हो । ​

यूएई सरकार दिएको आममाफीप्रति नेपाल सरकारले कृतज्ञता व्यक्त गरेको छ ।​​

आममाफीलाई नेपाल र संयुक्त अरब इमिरेट्सबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्‌भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको नेपाल सरकारले आइतबार विज्ञप्तिमार्फत सराहना गरेको छ ।

उक्त आममाफीको निर्णय परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटक-पटकको अनुरोधको प्रत्युत्तरस्वरूप मित्रराष्ट्र यूएई सरकारले गरेको आममाफीको निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

माफी पाएका नेपाली नागरिकविरुद्ध अन्य कुनै बाँकी कानूनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानूनअनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन् ।

निर्वाचनको तयारी तीव्र : प्रत्यक्षतर्फ ३० लाख मतपत्र छापिए

काठमाडौँ- निर्वाचन आयोगले तोकिएको कार्यतालिका अनुसार आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तीव्र गतिमा अघि बढाएको छ। आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पछिल्लो साता मतपत्र र मतदाता नामावली छपाइलाई मुख्य प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए।

आयोगका अनुसार समानुपातिकतर्फको मतपत्र छपाइ यसअघि नै सम्पन्न भइसकेको छ भने प्रत्यक्षतर्फ अहिलेसम्म २५ जिल्लाका लागि ३० लाख मतपत्र छाप्ने काम सकिएको छ। अहिले दैनिक १२ देखि १५ लाखको सङ्ख्यामा मतपत्र छपाइ भइरहेकाले बाँकी जिल्लाको काम पनि छिट्टै सकिने आयोगको दाबी छ। त्यस्तै, मतदाता नामावली छपाइको काम अन्तिम चरणमा पुगेको र आउने हप्तासम्म देशभरकै नामावली तयार भइसक्ने प्रवक्ता भट्टराईले बताए।

निर्वाचन आचारसंहिता पालना गराउन आयोग सक्रिय रहेको र उल्लङ्घन गर्ने व्यक्ति तथा संस्थालाई स्पष्टीकरण सोध्ने कार्य भइरहेको उनले जानकारी दिए। मतदातालाई मतदान प्रक्रियाबारे जानकारी दिन छिट्टै मतदाता शिक्षा कार्यक्रम सुरु गर्ने आयोगको योजना छ।

संसद् पुनर्स्थापनाको विषय अदालतमा विचाराधीन रहेकाले त्यसमाथि कुनै टिप्पणी नगर्ने भन्दै आयोगले आफ्नो एकमात्र जिम्मेवारी कार्यतालिका अनुसार अघि बढ्नु रहेको प्रस्ट पारेको छ।

मेरो उम्मेदवारी सुदूरपश्चिम र राष्ट्रका लागि हो : लेखराज भट्ट

कैलाली । नेकपा ९एमाले० का उपमहासचिव लेखराज भट्टले आफ्नो उम्मेदवारी कैलालीका लागि मात्र नभएर समग्र सुदूरपश्चिम र राष्ट्रकै निमित्त भएको बताएका छन् ।

कैलाली–४ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका भट्टले आइतबार अत्तरियामा क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालयको उद्घाटनपछि पत्रकारसँग बोल्दै सुदूरपश्चिम प्रदेशमा १२ सिट जित्ने दाबी समेत गरे ।

२१ फागुनमा हुने चुनावमा एमालेले सुदूरपश्चिममा रणनीति अनुसार चुनावी परिचालन गरेको भए पनि १२ सिट भने ढुक्कसँग विजयी हासिल गर्ने उनको भनाइ छ । कैलाली–४ मा आफ्नो प्रतिस्पर्धा नेपाली कांग्रेससँगै हुने उनले बताए ।

कार्यक्रममा समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार हरिशङ्कर योगी, नवनिर्वाचित राष्ट्रिय सभा सदस्य लीला भण्डारी, सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठक, सन्तोष शर्मालगायत नेताहरूको सहभागिता थियो ।

क्षेत्रीय सम्पर्क कार्यालय सञ्चालनमा आएसँगै एमालेले सङ्गठन विस्तार, मतदाता समन्वय र प्रचार–प्रसारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने जनाएको छ । यसैबिच केन्द्रीय सदस्य सन्तोष शर्माको संयोजकत्वमा मुख्य निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

समितिको उपसचिवमा भागिरथी विष्ट र सचिवमा गणेश साउद चयन भएका छन् । भट्ट यस क्षेत्रबाट यसअघि दुई पटक सङ्घीय सांसदमा निर्वाचित भई मन्त्री समेत भइसकेका छन् ।

सेयर बजार सूचकसँगै घट्यो कारोबार रकम

 काठमाडौं- नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक आइतबार दोहोरो अंकले घटेको छ । गत साता बिहीबार १७ अंक घटेको नेप्से परिसूचक आइतबार करिब २० अंक घटेको हो ।

आइतबार कारोबार सुरु भएदेखि निरन्तर घटेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । धितोपत्र बजारमा सूचीकृत कम्पनीहरू अधिकांशले गत आर्थिक वर्ष आम्दानीबाट सेयरधनीलाइ लाभांश वितरण गरिसकेको अवस्था छ ।

त्यसले गर्दा पनि सेयर लगानीकर्ताले प्रतिफलका लागि धेरै समय पर्खनुपर्ने भएकाले पनि बजारमा नकारात्मक असर गरेको हो । साथै, आगामी २१ फागुनमा हुने निर्वाचनका लागि खर्च जोहो गर्न सेयर बिक्री दबाबले पनि बजार घटेको विश्लेषण लगानीकर्ताको छ ।

आइतबार कारोबार सुरु हुँदा २७१४.०५ अंकमा रहेको नेप्से १९.८५ अंकले घटेर २६९४.२० बिन्दुमा झरेको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि २.७६ अंकले घटेको छ ।

आइतबार नेप्सेमा कारोबार भएकामध्ये २ सय १ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ५० कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन हुन सकेन ।

नेप्सेमा मिथिला लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको १९ प्रतिशत घटेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ५.८७, विकास बैंक ४३.५४, वित्त ११.३०, लगानी १.०२, जीवन बीमा ६८.३०, लघुवित्त २८.४०, निर्जीवन बीमा ७०.५२, अन्य २१.८९, होटल १३२.३०, जलविद्युत् ४९.१७, उत्पादनमूलक ७१.०५ र सामूहिक लगानी कोष ०.१० अंकले घटेका छन् । आइतबार व्यापार समूह मात्रै २०.९२ अंक बढेको नेप्सेले जनाएको छ ।

आइतबार नेप्सेमा ३ सय २९ कम्पनीको १ लाख १० हजार ७ सय २९ कारोबारबाट ९ अर्ब १० करोड बराबरको २ करोड २० लाख ६० हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

यो कारोबार रकम गत साता बिहीबारको तुलनामा थोरै हो । बिहीबार नेप्सेमा १४ अर्बभन्दा धेरैको कारोबार भएको थियो ।

माधव नेपालसहित ९३ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाण्डाै- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत गरी ९३ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ ।

पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले आज सरकार र प्रतिवादीको साक्षी बुझ्ने आदेश दिएको हो ।

तत्कालीन प्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको थियो । नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले काभ्रेको साँगामा रहेको हदबन्दी छुट जग्गालाई कानून विपरीत खरिद–बिक्री गर्न दिएको अख्तियारको आरोप छ ।

२०६६ साल माघ १८ मा मन्त्रिपरिषद् बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलीलाई स्वीकृति दिएको थियो । त्यसैगरी २०६६ साल चैत ६ मा पतञ्जलीले हदबन्दी छुटमा किनेको जग्गा बेच्न पाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।

सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेपछि भ्रष्टाचार भएको आशङ्कामा अख्तियारले अनुसन्धानलाई अघि बढाएको थियो । अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको थियो ।

 

पत्रकार सिटौलाको शव पोस्टमार्टम गरिँदै, टिचिङ अस्पताल लगियो

काठमाडौं- उपचारका क्रममा निधन भएका पत्रकार दिनेश सिटौलाको शवको पोस्टमार्टम गरिने भएको छ । अन्त्येष्टिपूर्व पोस्टमार्टम गर्न प्रहरीको सुझावपछि परिवार राजी भएका छन् । ग्राण्डीबाट पोस्टमार्टमका लागि सिटौलाको शव टिचिङ अस्पतालतर्फ लगिएको छ ।

अस्पतालले ब्रेन ह्यामरेजका कारण सिटौलाको निधन भएको बताएको छ । परिवारका सदस्यहरूले सुरूमा अस्पतालले आधिकारिक बयान दिइसकेकाले पोस्टमार्टम नगराउने अडान लिएका थिए । तर, डीएसपी नवराज पोखरेलले पछि कुनै कानूनी प्रक्रियामा जानुपर्ने अवस्था आयो भने पोस्टमार्टम रिपोर्ट चाहिने भन्दै परिवारलाई कन्भिन्स्ड गरेका थिए ।

सिटौला रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको टोलीमा रहेर अछाम गएका पत्रकार सिटौला अचानक बेहोस भएर ढलेपछि काठमाडौं ल्याइएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार आउन सकेन । आज उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा स्वतन्त्रसहित ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

जिल्लामा तीन वटा निर्वाचन क्षेत्र रहेकामा कूल ५५ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये ४८ जना नयाँ उम्मेदवार रहेका निर्वाचन कार्यालयले जनाएको छ ।

एक लाख एक हजार ७२४ जना मतदाता रहेका निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट युवा नेता गोपीप्रसाद उपाध्याय, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट तारा लामा तामाङ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट विना मगर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट जनकसिंह धामी, चार जना स्वतन्त्रसहित १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यस क्षेत्रका लागि एमालेका तामाङ, नेकपाका मगर र रास्वपाका दिल्लीबहादुर शाहीबाहेक सबै नयाँ उम्मेदवार हुन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा कूल एक लाख नौ हजार ५७४ मतदाता छन् । यहाँ कांग्रेसबाट नारायणप्रकाश साउद, एमालेबाट वचनबहादुर सिंह, नेकपाबाट माधव पन्त र रास्वपाबाट दीपक बोहरा चुनावी मैदानमा छन् ।

यस क्षेत्रबाट स्वतन्त्रसहित १९ जनाबिच चुनावी प्रतिस्पर्धा हुँदैछ । कांग्रेसका साउद र राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्कीबाहेक बाँकी १७ जना सङ्घीय निर्वाचनका लागि नयाँ उम्मेदवार हुन् ।

त्यसैगरी, कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा एमालेका दीपकप्रकाश भट्ट र नेकपाका मानबहादुर सुनार यसअघि निर्वाचित भइसकेका उम्मेदवार हुन् ।

विसं २०७४ को निर्वाचनमा भट्ट निर्वाचित भएका थिए भने नेकपाबाट उम्मेदवार बनेका सुनारले यसअघि २०५१ सालमा स्वतन्त्र उम्मेदवारी दिइसकेका थिए ।

यस क्षेत्रमा कूल एक लाख तीन हजार ८७ मतदाता रहेकामा एमालेका भट्ट र नेकपाका सुनारबाहेक सबै नयाँ उम्मेदवार हुन् । यहाँ तीन जना स्वतन्त्रसहित १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । -रासस  

बाजुराका ६२ मतदानस्थल अतिसंवेदनशील

 बाजुरा । बाजुरा जिल्ला सुरक्षा समितिले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा तयारी तीव्र पारेको छ ।

सुरक्षा योजनाअनुसार निर्वाचनका लागि मतदानस्थल निरीक्षण, सुरक्षाकर्मी तथा कर्मचारी परिचनालन, शान्तिपूर्ण र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायविच समन्वय लगायतका तयारी भइरहेको सु्‌रक्षा समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।

उनले जिल्लामा निर्वाचन प्रहरी भर्ना छनोट भइसकेको र सुरक्षाकर्मी तथा कर्मचारी परिचालनका लागि विवरण संकलन कार्य भइरहेको जानकारी दिए ।

जिल्लाका ७७ वटा मतदानस्थलमध्ये ६२ अतिसंवेदनशील, १२ संवेदनशील र ३ सामान्य गरी वर्गीकरण गरिएको उनले बताए ।

निर्वाचन प्रयोजनका लागि निर्वाचन सुरक्षाका दृष्टिले मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा राखिएको उनको भनाइ छ ।

अतिसंवेदनशील र संवेदनशील मतदान स्थलमा सम्भावित जोखिम, विगतका निर्वाचन अनुभव, भौगोलिक अवस्था, राजनीतिक गतिविधि तथा स्थानीय परिस्थिति लगाएतलाई आधार बनाएर सुरक्षा व्यवस्था कडाइ गरिने निरौलाले बताए ।

एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र भएको बाजुरामा एक स्वतन्त्र सहित ७ दलका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । उनीहरूले हरेक निर्वाचनमा तिता घटना हुने गरेको भन्दै आगामी निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र स्वतन्त्रपूर्वक मतदान गर्न पाउने वातावरण सिर्जना गर्नका लागि ९ बुँदे सामूहिक प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका छन् ।

बाजुरामा हाल कुल ८७ हजार ८ सय ६१ जना मतदाता संख्या छन् । जसमा पुरुष ४५ हजार ४ सय २८, महिला ४२ हजार ४ सय ३१ र अन्य २ जना छन् । त्यस्तै ७७ वटा मतदानस्थल र एक सय १८ मतदान केन्द्र कायम गरिएका छन् ।

अछाममा अचानक बेहोस भएर ढलेका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ ।

उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए । अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो ।

ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अहिले चिकित्सकले आज १२ः४५ बजे मृत घोषणा गरेका हुन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ ।

४३ वर्षीय सिटौला अविवाहित थिए । उनका पिता, एक दिदी र दुई दाजुभाइ छन् । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष रहेका सिटौलाले सयौं नेपाली चलचित्रहरुको प्रमोसनमा काम गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीमा रहेर सिटौला अछाम पुगेका थिए ।

भारतीय बजेट : नेपाललाई ८ सय करोड भारु अनुदान दिने

काठमाडौँ — भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२६/०२७ का लागि ८ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ८ अर्ब (१२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको हो ।

चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु ८ सय ३० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ । यसअघि सुरुमा भारतले ८ सय करोड अनुदान दिने घोषणा गरे पनि पछि संशोधन गरेर ८ सय ३० करोड पुर्‍याएको थियो ।

छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिने बजेटमा उल्लेख छ । भुटानलाई भारतले २ हजार २ सय ८८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ । यो रकम यस आर्थिक वर्षको भन्दा बढी हो । यस आर्थिक वर्ष भारतले १ हजार ९ सय ५० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

Indian Budget: 800 crore rupees to be given as grant to Nepalत्यस्तै भारतको आगामी बजेटमा माल्दिभ्सलाई ५ सय ५० करोड, म्यानमारलाई ३ सय करोड, श्रीलंकालाई ४ सय करोड, अफगानिस्तानलाई १ सय ५० करोड, बंगलादेशलाई ६० करोड, अफ्रिकी मुलुकहरूलाई २ सय २५ करोड र मंगलोलियालाई २५ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख छ ।

सुनको भाउ आज एकैदिन १८ हजार ८ सय रुपैयाँले घट्यो

काठमाण्डौ- सुनको भाउ आज एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आज सुन तोलाको ३ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो । शुक्रवार घटेर तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि १८ हजार ८ सय रुपैयाँले घटेको हो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेर तोलाको ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको ७ हजार ६५ रुपैयाँ थियो । बिहीवार चाँदीको भाउ अहिलेसम्मकै उच्च तोलाको ७ हजार ५ सय ५ रुपैयाँ थियो ।

अछाममा अचानक ढलेका सिटौलाको स्वास्थ्य अवस्था चिन्ताजनक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को चुनावी अभियानमा सहभागी हुने क्रममा अछाममा अचानक बेहोस भएर ढलेपछि काठमाडौं ल्याइएका चलचित्र पत्रकार संघ नेपालका निर्वतमान अध्यक्ष दिनेश सिटौलाको स्वास्थ्य अवस्था चिन्ताजनक हुन पुगेको छ।

बालेन टिमका अनुसार शुक्रबार बिहान अछामस्थित रास्वपा नेता तथा अछाम – २ का प्रतिनिधिसभा उम्मेद्वार भुपदेव शाहकोे घरमा चिया पिउने क्रममा चिसो भएपछि गाडीबाट टोपी निकालेर पहिरनका लागि ३ पटक टोपी टक्टक्याउ“दै गर्दा उनी अचानक बेहोस भएर ढलेका थिए। अछामममा अचानक ढलेर बेहोस भएपछि उनलाई स्थानीय जिल्ला अस्पताल पु¥याइएको थियो। सो अस्पतालका चिकित्सकले टाउकामा रगत जमेको पाइएकाले सुर्खेत अस्पताल लैजान रेफर गरेका थिए। स्थानीय जिल्ला अधिकारीले सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मगाई उनलाई काठमाडौं पठाएका थिए।

काठमाडौं ल्याई टोखास्थित ग्रायाण्डी अस्पतालमा भेन्टिलेटर कक्षमा उपचार भइरहेको ४४ वर्षीय उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकहरूले परिवारलाई जानकारी गराएका छन्। दिनेशलाई स्ट्रोक भएको पाइएको चिकित्सकले परिवारलाई जानकारी गराएका छन्। भर्ना गरेदेखि नै पत्रकार,कलाकर्मी, रास्वपा नेता तथा कार्यकर्ता उनकोे स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगिरहेका छन्। त्यसै गरी रास्वपाका वरिष्ठ नेता बालेन जुम्लाको चुनावी प्रचार स्थगित गरी शनिबार उनलाई भेट्न अस्पताल पुगेका थिए।

कञ्चनपुर : चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र एजेन्डामाथि मन्थन

कञ्चनपुर- आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि कञ्चनपुरमा राजनीतिक दलहरूले आफ्नो साङ्गठनिक उपस्थिति र प्रचार अभियानलाई वडा तहसम्म विस्तार गरेका छन् । युवा मतदातालाई लक्षित गर्दै दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । मुख्य प्रतिस्पर्धी दलहरूले सम्पर्क कार्यालय स्थापना, वडा संयोजकको नियुक्ति तथा घरदैलो अभियानलाई तीव्र बनाएसँगै चुनावी माहोल थप उत्साहजनक बनेको छ ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत प्रमुख दलहरूले तीनवटै निर्वाचन क्षेत्रअन्तर्गत रहेका नौ पालिकाका ९२ वटै वडामा सम्पर्क कार्यालय खोलेर प्रचारप्रसारलाई तीव्र पारेका छन् ।

नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर २ (२) का सभापति करनसिंह ऐरका अनुसार तीनवटै निर्वाचन क्षेत्रका वडा तहमा प्रचारप्रसार कार्यालय उद्घाटन गरी अभियान अघि बढाइएको छ । कांग्रेसका तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ मा गोपिप्रसाद उपाध्याय, निर्वाचन क्षेत्र नम्बर २ मा पूर्वमन्त्री एनपी साउद र निर्वाचन क्षेत्र नम्बर ३ मा हरिप्रसाद बोहरा उम्मेदवार रहेका छन् ।

नेकपाले पनि वडागत संयन्त्र र प्रचारप्रसार कार्यालय स्थापना गरी अभियानलाई तीव्र बनाएको प्रचारप्रसार उपसमितिका संयोजक महेशदत्त जोशीले जानकारी दिए । नेकपाका तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ मा पूर्वमन्त्री बिना मगर, निर्वाचन क्षेत्र नम्बर २ मा माधवप्रसाद पन्त र निर्वाचन क्षेत्र नम्बर ३ मा मानबहादुर सुनार उम्मेदवार रहेका छन् ।

त्यसैगरी, नेकपा (एमाले)ले पनि वडा तहसम्म चुनावी संयन्त्र गठन विस्तार गरी प्रचारप्रसार अघि बढाएको छ । एमालेका तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ मा तारा लामा तामाङ, निर्वाचन क्षेत्र नम्बर २ मा बचनबहादुर सिंह र निर्वाचन क्षेत्र नम्बर ३ मा डा. दीपकप्रकाश भट्ट उम्मेदवार रहेका छन् ।

तीनवटै निर्वाचन क्षेत्रमा मुख्य राजनीतिक दलहरू र नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । रास्वपाले उम्मेदवारसहितको घरदैलो अभियानलाई निरन्तरता दिँदै युवाहरूलाई सङ्गठित गरेर प्रचारप्रसारलाई तीव्र बनाएको छ । रास्वपाका तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ मा जनकसिंह धामी, निर्वाचन क्षेत्र नम्बर २ मा दीपकराज बोहरा र निर्वाचन क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्रसिंह महता उम्मेदवार रहेका छन् ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने वडावडामा मतदातासँग समूहगत अन्तर्क्रिया तथा छलफल गर्दै चुनावी एजेन्डा प्रस्तुत गरिरहेको छ । अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले पनि घरदैलो अभियानलाई अगाडि बढाएका छन् ।

यसपटकको चुनावमा सबै राजनीतिक दलहरूको मुख्य ध्यान युवा मतदातातर्फ केन्द्रित देखिएको छ । बेरोजगारी समस्या समाधान, गुणस्तरीय शिक्षा र सूचना प्रविधिमा आधारित विकासका एजेन्डा प्रस्तुत गर्दै उम्मेदवारहरूले युवालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् । ‘युवा परिवर्तन चाहन्छन्, त्यसैले हाम्रो प्राथमिकता उनीहरूको भविष्यसँग जोडिएका योजनामा केन्द्रित छ’, नेकपा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार माधवप्रसाद पन्तले भन्नुभयो, ‘आफू पनि युवा भएकाले युवाका मागलाई शिरोधार्य गर्दै अघि बढिरहेका छौँ ।’

चुनावी सरगर्मी बढेसँगै कञ्चनपुरका चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र एजेन्डाबारे बहस शुरु भएको छ । वडा तहमा स्थापना गरिएका सम्पर्क कार्यालयले मतदातालाई उम्मेदवारसँग सिधा संवाद गर्ने वातावरण बनाएको स्थानीय मतदाताको भनाइ छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये ४४ जना विभिन्न राजनीतिक दलका तर्फबाट र ११ जना स्वतन्त्र उम्मेदवार छन् । -रासस

सुरक्षित सिटमा पुरुष, असुरक्षितमा महिला

कैलाली । सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका १८ जना महिला उम्मेदवारी दिएका छन् । निर्वाचन कार्यालयका अनुसार सुदूरपश्चिममा १८८ जना उम्मेदवारमध्ये ठुला भनिएका दलबाट महिला उम्मेदवार दुई जना मात्र रहेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट कोमल ज्ञवाली उम्मेदवार हुन भने कञ्चनपुर १ नेपाली कम्युनिस्ट पार्टीबाट बिना मगर उम्मेदवार रहनुभएको छ । ज्ञवाली नयाँ अनुहार हुनु भने मगर २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी थिइन् । सो चुनावमा उनी नेकपा ९एमाले० का तारा लामा तामाङसँग पराजित भएकी थिइन् ।

कैलाली १ मा आम जनता पार्टीबाट रूपाकुमारी चौधरी, नेपाल मजदुर किसान पार्टीबाट सुनिता भण्डारी महिला उम्मेदवार हुन । कैलाली २ मा मितेरी पार्टी नेपालबाट सम्झना विष्ट थापा, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मी पुन मगर उम्मेदवार रहेकी छन् । कैलाली ३ मा मितेरी पार्टी नेपालबाट सुशीला थापामगर, नेपाल मजदुर किसान पार्टीबाट जुनु महतरा शाही र कैलाली ४ मा सोही पार्टीबाट अमृता भुल उम्मेदवार छन् ।

त्यसै गरी कैलाली ५ मा राष्ट्रिय जनमोर्चा पार्टीबाट शोभामणि जोशी, मजदुर किसान पार्टीबाट तृष्णा पुनमगर, मितेरी पार्टी नेपालबाट राधिकाकुमारी कार्की उम्मेदवार रहेकी छन् । डोटी १ मा मितेरी पार्टी नेपालबाट सरस्वती कुमारी पाल ९मल्ल०, कञ्चनपुर १ मा आम जनता पार्टीबाट सीता विक, कञ्चनपुर २ मा नागरिक उन्मुक्ति पार्टी नेपालबाट प्रेमवती राना, ३ मा आम जनता पार्टीबाट लक्ष्मीकुमारी विष्ट उम्मेदवार रहेकी छन् । त्यस्तै कञ्चनपुर १ मा मन्जुदेवी सुनार र रुपादेवी विष्ट स्वतन्त्र उम्मेदवार रहेकी छन् ।

सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलाली, कञ्चनपुर र डोटीका निर्वाचन क्षेत्रबाट महिला उम्मेदवार भए पनि प्रतिस्पर्धाको हिसाबले हेर्दा दुई जना महिला उम्मेदवार मात्र बलियो देखिन्छ । कञ्चनपुर १ का मगर र कैलाली १ का ज्ञवालीलाई प्रतिस्पर्धी उम्मेदवारको हिसाबले हेरिए पनि अरू उम्मेदवारलाई खासै प्रतिस्पर्धीका रूपमा हेरिएको छैन ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट ११ जना महिलाको उम्मेदवारी परेको थियो । जसमध्ये कैलाली १ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रन्जिता श्रेष्ठ मात्र विजयी भएकी थिइन् । जुन पार्टी अहिले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । २०७९ सालको चुनावमा नेकपा एमालेबाट तीन जना महिला उम्मेदवार रहे पनि यस पटक भने शून्य छ । संविधानले तोकेको ३३ प्रतिशतको व्यवस्थाका कारण पहुँच भएका मान्छेलाई सुरक्षित मानिने समानुपातिक सूचीमा राखिने र प्रतिकूल क्षेत्रमा महिलालाई उम्मेदवार बनाइने गरिएको प्राडा हेमराज पन्त बताउनुहुन्छ ।

संविधानले सुनिश्चित गरेको हुँदा महिलालाई कहीँ न कहीँ देखाउनुपर्ने बाध्यता छ तर प्रतिस्पर्धीका रूपमा व्यक्तित्व विकास गर्ने, नेतृत्वमा स्थापित गराउने भन्ने कुरामा दलका शीर्ष नेताको सोच कहिल्यै आएन । राजनीतिक पार्टीले महिलामाथि हेर्ने धारणा परिवर्तन गर्नुपर्ने प्राडा पन्त बताउँछन्। उनी भन्छिन्, “सुदूरपश्चिममा धेरै महिला सक्षम छन्, उनीहरूलाई पार्टीमा आउन उत्प्रेणा गर्नु पर्छ, पार्टीले महिलालाई हेर्ने धारणा र भावनामा परिवर्तन हुनु पर्छ, सबै पार्टीले महिलालाई अवसर दिनु पर्छ ।”

महिला अधिकारकर्मी तथा समाजशास्त्री डा। मीना पौडेलका अनुसार पुरुषलाई नेतृत्वमा आउन समय लाग्दैन । महिलाहरू नेतृत्वमा आउन लामो धैर्यता गर्नुपरेको हुन्छ । उनी भन्छिन्, “राजनीतिक हिंसाका कारण धेरै महिला नेतृत्वमा आउन सकेका छैनन् ।  संविधानमा लेख्दैमा, सङ्ख्यामा ९टाउको० गणना गरेर केही हुँदैन । जबसम्म गुणात्मक रूपमा महिलाको सार्वभौम अस्तित्व स्वीकार गरिँदैन तबसम्म महिला नेतृत्वमा आउन सक्दैनन् ।”

निर्वाचन आचारसंहिताका कारण डोटी महोत्सव स्थगित

डोटी: फागुन १ गतेदेखि सुरु गर्ने तयारी गरिएको डोटी महोत्सव निर्वाचन आचारसंहिताका कारण स्थगित गरिएको छ। डोटी उद्योग वाणिज्य संघको आयोजनामा हुने भनिएको महोत्सव निर्वाचन आयोग नेपालको निर्देशनपछि रोकिएको हो।

जिल्ला प्रशासन कार्यालय डोटीबाट पुस २३ गते अनुमति प्राप्त गरिसकेको महोत्सव अन्तिम तयारीको चरणमा पुगेका बेला माघ १४ गते निर्वाचन आयोगले प्रचार–प्रसार तथा सार्वजनिक कार्यक्रम सञ्चालनमा आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन दिएको थियो। सोही निर्देशनलाई मध्यनजर गर्दै माघ १७ गते बसेको डोटी उद्योग वाणिज्य संघको कार्यसमिति बैठकले महोत्सवका सम्पूर्ण गतिविधि स्थगित गर्ने निर्णय गरेको संघले जनाएको छ।

संघले महोत्सवको तयारीमा संलग्न कलाकार, साहित्यकार, व्यापारी, कर्मचारी तथा सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरेको छ। साथै महोत्सव स्थगित हुन पुगेकाले पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै दर्शक, जनप्रतिनिधि तथा सम्पूर्ण डोटीवासीप्रति आभार व्यक्त गरिएको छ।

डोटी उद्योग वाणिज्य संघले डोटीको विकास, समृद्धि र प्रगतिलाई केन्द्रमा राख्दै आगामी दिनमा समयानुकूल नयाँ कार्यक्रम सार्वजनिक गरिने प्रतिबद्धतासमेत जनाएको छ।

रेशम चौधरीको रिटको सुनुवाइ न्यायाधीश मल्ल र मसुलमानको इजलासमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ।

आइतबार वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ  तय भएको हो।

प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ मा चौधरीले दिएको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गर्न माग गर्दै चौधरीले माघ ९ गते सर्वोच्चमा रिट दर्ता गराएका थिए।

माघ ८ गते निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गरेको थियो।

‘नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिँदा खारेज गरिदिएको छ। कानून बमोजिम गर्नु,’ निर्वाचन अधिकृतले गरेको निर्णयमा उल्लेख छ।

यसअघि प्रारम्भिक सुनुवाइको क्रममा न्यायाधीश बालकृष्ण ढकालको इनलासले माघ ११ गते विपक्षीका नाममा कारण देखाऊ आदेश र अन्तरिम आदेश सम्बन्धि छलफलमा बोलाएको थियो।

त्यस्तै माघ १५ गते न्यायाधीश बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको थियो। तर कारण देखाऊ आदेश जारी भए पनि जबाफ पेस नहुँदा अघिल्लो आदेशलाई नै निरन्तरता दिइएको थियो।

निर्वाचन अधिकृत देवराज भारतीले उम्मेदवारी खारेज गर्ने निर्णयमा मुख्यगरी तीन आधार समातिएको सेतोपाटीलाई बताएका थिए।

‘सर्वोच्च अदालतको फैसलाबाट जन्मकैदको सजाय भएको देखियो। जन्मकैदको सजाय भएको व्यक्ति उम्मेदवार बन्न प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार अयोग्यताको कारण बन्छ,’ भारतीले सेतोपाटीले भनेका थिए, ‘त्यसबाहेक राजनीतिक दलको सदस्य हुन समेत अयोग्य भएको भनेर यसअघि निर्वाचन आयोगले गरेको निर्णयलाई पनि हामीले आधारका रुपमा लिएका छौँ। साथै उहाँले कैद माफी पाएको तर सजाय उस्तै रहेको देखियो।’

टीकापुर घटनासम्बन्धी मुद्दामा रेशमले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए।

तर प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार जन्मकैद भएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउँदैनन्।

२०७९ को चुनावमा पनि रेशम बर्दीया क्षेत्र नम्बर २ बाट उम्मेदवार भएका थिए। त्यसबेला उनको उम्मेदवारी खारेज भएको थियो भने उनी त्यसबेला जेलमा थिए।

त्यसपछि उनका बुवा लालवीर चौधरी बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार भएका थिए। पछि उनी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका थिए। लालवीर अहिले नाउपा नेपालमा छन्।

भारतले अमेरिका मार्फत भेनेजुएलाको तेल किन्ने ट्रम्पको दाबी

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भारतले इरानबाट तेल किन्नुको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौता गरेको दाबी गरेका छन्। भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाएपछि अमेरिका भेनेजुएलाको तेल उद्योगमाथि आफ्नो नियन्त्रण कायम गर्ने योजना बनाइरहेको छ।

ट्रम्पले भेनेजुएला अब अमेरिकालाई ठूलो परिमाणमा तेल आपूर्ति गर्न तयार रहेको घोषणा पनि गरिसकेका छन्।  शनिबार एयरफोर्स वनमा पत्रकारहरूसँग कुराकानीका क्रममा ट्रम्पसँग चीनले तेलको लागि भेनेजुएलालाई दिएको पैसा फिर्ता लिन्छ कि लिँदैन भन्ने प्रश्न गरिएको थियो।

यसको जवाफमा ट्रम्पले भने, ‘मलाई यसबारे केही थाहा छैन। तर म तपाईंलाई भन्न चाहन्छु, चीनलाई स्वागत छ र उसले तेलमा निकै राम्रो सम्झौता गर्न सक्छ। हामी चीनलाई स्वागत गर्छौं।’

ट्रम्पले भने, ‘हामीले पहिल्यै एउटा सम्झौता गरिसकेका छौं… भारतले इरानबाट होइन, भेनेजुएलाबाट तेल किन्नेछ। त्यो सम्झौता हामीले पहिल्यै गरिसकेका छौं।’ उनले भेनेजुएलाको तेल किन्न चीनलाई पनि स्वागत गरिएको र चाहने हो भने आएर तेल किन्न सक्ने बताएका छन्। ट्रम्पको यस दाबीमा हालसम्म भारतको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। एजेन्सी

कञ्चनपुरमा निर्वाचनका लागि दुई हजार बढी कर्मचारी खटाइने

कञ्चनपुर: आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा दुई हजार एक सय ६६ कर्मचारीलाई खटाइने भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार तीन वटै निर्वाचन क्षेत्रमा तीन सय ६० स्थायी र दुई अस्थायी मतदान केन्द्र छन् । प्रत्येक स्थायी निर्वाचन केन्द्रमा छ जनाका दरले कमर्चारी खटाइने छ । प्रत्येक निर्वाचन केन्द्रमा एकजना मदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगीलाई खटाउने व्यवस्था मिलाइएको छ ।

अस्थायी निर्वाचन केन्द्रमा भने तीन जना कर्मचारीलाई खटाइने छ । जसमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एकजना कार्यालय सहयोगीलाई खटाइने छ । निर्वाचनमा निजामतीतर्फका स्थायी कर्मचारी, स्थायी शिक्षक र संस्थानका कर्मचारीलाई सम्बन्धित निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतले खटाउने व्यवस्था रहेको छ । प्रत्येक निर्वाचन केन्द्रमा स्वयमसेवकको नियुक्ति भने सम्बन्धित मतदान अधिकृतले गर्ने छन् ।

केही दिनभित्रै निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलन र खटनपटनको कार्य अगाडि बढाइने निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत प्रकासबहादुर भण्डारीले बताए ।कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा एक सय २२, निर्वाचन क्षेत्र नं २ मा एक सय २३ र निर्वाचन क्षेत्र नं ३ मा एक सय १५ गरी कूल तीन सय ६० मतदान केन्द्र रहेका छन् । विगतको भन्दा यस निर्वाचनमा मतदाताको चापलाई मध्यनजगर गरी १४ वटा मतदान केन्द्र थप गरिएका छन् भने दुई वटा अस्थायी मतदान केन्द्र राख्ने व्यवस्था गरिएको छ ।

निर्वाचन क्षेत्र नं १ मा एक लाख एक हजार ७२४, निर्वाचन क्षेत्र नं २ मा एक लाख नौ हजार ५७४ र निर्वाचन क्षेत्र नं ३ मा एक लाख तीन हजार ८७ गरी तीन लाख १४ हजार ३८५ मतदाता रहेका छन् । जसमा पुरुष मतदाताको सङ्ख्या एक लाख ५४ हजार ६८ रहेको छ भने महिला मतदाताको सङ्ख्या एक लाख ६० हजार ३१६ छ ।

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर आउनेहरूको सङख्या निरन्तर बढ्दो छ । सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत पूर्वाधार पहाडी क्षेत्रमा पुगे पनि पर्याप्त रोजगारी र सहज जीवनयापनको अभावका कारण तराई झर्ने क्रम नरोकिएको हो ।

नगरपालिकाको सूचना तथा प्रविधि शाखाको तथ्याङ्कअनुसार पछिल्ला तीन आर्थिक वर्षमा शुक्लाफाँटामा कूल तीन हजार ४५ जना बसाइँ सरेर आएका छन् । आव २०७९/८० मा एक हजार १२ जना नगरपालिकामा भित्रिएका थिए । सो सङख्या २०८०/८१ मा घटेर ९३५ मा सीमित भए पनि आव २०८१/८२ मा पुनः बढेर एक हजार ९८ पुगेको छ ।

बसाइँ सरेर आउनेहरूको आकर्षण मुख्यतया बजार क्षेत्र र बजार विस्तार हुँदै गरेका वडातर्फ केन्द्रित देखिन्छ । सूचना तथा प्रविधि शाखा प्रमुख लोगराज भट्टका अनुसार वडा नम्बर ८, १० र ११ मा जनघनत्व तीव्र रूपमा बढेको छ । वडागत विवरण अनुसार आव २०८१/८२ मा वडा नम्बर ८ मा सबैभन्दा बढी १६४ जना बसाइँ सरेर आएका छन् । वडा नम्बर ११ मा १३५, वडा नम्बर ७ र ५ मा समान १२५ तथा वडा नम्बर १० मा ११८ जना भित्रिएका छन् । यसअघिल्लो आव २०८०/८१ मा भने वडा नम्बर ८ मा सबैभन्दा बढी १९७ जना बसाइँ सरेर आएका थिए ।

बसाइँ सरेर आउनेमध्ये अधिकांश सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी र दार्चुलाका रहेका छन् । त्यसपछि अछाम, बझाङ र बाजुराबाट आउनेको सङ्ख्या उल्लेख्य छ । बसाइँसराइ गर्नेमा अधिकांश पहाडी समुदायका नागरिक रहेका छन् भने आदिवासी थारु समुदायको सहभागिता भने निकै न्यून रहेको छ ।

यता, नगरपालिकाबाट अन्यत्र बसाइँ सरेर जानेहरूको सङ्ख्या पनि पछिल्लो वर्ष बढेको छ । आव २०७९/८० मा ३८८ र २०८०/८१ मा ३५४ जना बाहिरिएकोमा आव २०८१/८२ मा यो सङ्ख्या बढेर ५२२ पुगेको छ । यद्यपि, बाहिरिनेको तुलनामा भित्रिनेको सङ्ख्या झण्डै दोब्बर बढी देखिन्छ ।

पहाडी क्षेत्रमा विद्यालय, स्वास्थ्य संस्था र सडक सञ्जालको पहुँच विस्तार भए पनि आर्थिक आत्मनिर्भरता र रोजगारीका अवसर नहुँदा बसाइँसराइ बढेको नगरपालिकाका नगर प्रवक्ता लालबहादुर ऐर बताउन्छन ।

“पहाडमा आधारभूत सेवा त पुगेका छन्, तर जीविकोपार्जनका लागि उद्योग, कलकारखाना र पर्याप्त कृषि आम्दानीको अभाव छ”, उनले भने, “त्यसैले मानिसहरू सहज जीवनयापन र अवसरको खोजीमा बजार र सडक पहुँच भएका क्षेत्रतर्फ केन्द्रित भइरहेका छन् ।” अव्यवस्थित बसाइँसराइका कारण तराई क्षेत्रमा जनघनत्व बढ्नेक्रम जारी रहेकाले खेतीयोग्य जमिन खण्डीकरण हुने र सहरी सेवामाथि चाप पर्ने चुनौती थपिँदै गएको उहाँको विश्लेषण रहेको छ ।

कञ्चनपुरमा चुनावी सरगर्मीः चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र एजेन्डामा बहस

कञ्चनपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कञ्चनपुरमा राजनीतिक दलहरूले प्रचार अभियानलाई वडा तहसम्म विस्तार गरेका छन्। युवा मतदातालाई लक्षित गर्दै दलबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत प्रमुख दलहरूले नौ स्थानीय तहका ९२ वडामा सम्पर्क कार्यालय स्थापना गरी प्रचारप्रसार तीव्र बनाएका छन्।

कांग्रेसका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा गोपिप्रसाद उपाध्याय, क्षेत्र नं २ मा एनपी साउद र क्षेत्र नं ३ मा हरिप्रसाद बोहरा उम्मेदवार रहेका छन्। नेकपाका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा बिना मगर, क्षेत्र नं २ मा माधवप्रसाद पन्त र क्षेत्र नं ३ मा मानबहादुर सुनार उम्मेदवार रहेका छन्। एमालेले पनि तारा लामा (क्षेत्र १), बचनबहादुर सिंह (क्षेत्र २) र डा. दीपकप्रकाश भट्ट (क्षेत्र ३) उम्मेदवारका रूपमा अघि सारेको छ।

रास्वपाले जनकसिंह धामी (क्षेत्र १), दीपकराज बोहरा (क्षेत्र २) र ज्ञानेन्द्रसिंह महता (क्षेत्र ३) उम्मेदवारसहित घरदैलो अभियान तीव्र बनाएको छ। राप्रपाले वडावडामा मतदातासँग समूहगत अन्तर्क्रिया गर्दै आफ्नो एजेन्डा प्रस्तुत गरिरहेको छ।

यसपटकको निर्वाचनमा दलहरूले विशेष ध्यान युवा मतदातामा केन्द्रित गरेका छन्। बेरोजगारी, गुणस्तरीय शिक्षा र सूचना प्रविधिमा आधारित विकास योजनालाई प्राथमिकता दिँदै उम्मेदवारहरूले युवालाई आकर्षित गर्ने प्रयास गरेका छन्।

चुनावी सरगर्मी बढेसँगै कञ्चनपुरका चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र एजेन्डाबारे बहस सुरु भएको छ। वडा तहमा स्थापना गरिएका सम्पर्क कार्यालयले मतदातालाई उम्मेदवारसँग सिधा संवाद गर्ने वातावरण बनाएको स्थानीय मतदाताले जनाएका छन्।

जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५५ जना उम्मेदवार चुनावी मैदानमा छन्। तीमध्ये ४४ जना विभिन्न राजनीतिक दलका तर्फबाट र ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

 

सुदूरपश्चिम समाज न्यूयोर्कको अध्यक्षमा ओझा चयन

न्यूयोर्क(अमेरिका), १८ माघ ।

अमेरिकाको न्यूयोर्कमा रहेका सुदूरपश्चिमेलीहरुको संस्था सुदूरपश्चिम समाज अमेरिका न्यूयोर्कको अध्यक्षमा नवीन ओझा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

शनिवार सम्पन्न समाजको साधारण सभाबाट ओझाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

समाजको वरिष्ठ उपाध्यक्षमा रैभान महरा उपाध्यक्ष, सविन चन्द, महासचिवमा गणेश बिष्ट, सचिवमा चक्र सिं रावल, कोषाध्यक्षमा सुनी गुरुङ, सह कोषाध्यक्षमा टेक साउँद चयन भएका छन् ।

त्यस्तै सदस्यमा भरत सिंह खड्का, डम्बर खत्री, लतित चन्द, किसन चौहान, चन्द्र सेखर भट्ट, मनोज कुँबर, सविता वम, बलभद्र खडायत चयन भएका छन् ।

समितिको कार्यकाल दुई वर्ष रहनेछ ।

अन्टार्टिकाको म्याराथनमा नेपाली पोशाकमा दौडिएर जोशीले कायम गरे किर्तिमान

केपटाउन(अफ्रिका), ३१ जनवरी ।
नेपाली मूलका अमेरिकी धावक बाल जोशीले शनिवार अन्टार्टिकामा नेपाली पोशाकमा म्याराथन पुरा गरेका छन् ।

नेपाली पोशाकमा अन्टार्टिकामा म्याराथन पुरा गर्ने जोशी पहिलो धावक हुन् । उनले अन्टार्टिकामा म्याराथनमा नेपाली पोशाकमा दौडेर किर्तिमान गरेका छन् । कठ्यांग्रिदो माईनस २० डिग्री तापक्रममा शनिवार विहान जोशीले ४२ किमी लामो म्याराथन पुरा गरेका हुन् ।

अन्टार्टिकाको समय अनुसार बिहान ३ बजे म्याराथन शुरु भएको थियो । अन्टार्टिकाको हिँउमा दौरा सुरुवालमा दौडिनु असंभव मानिएको यो दौड उनले सहजै पुरा गरेको बताए ।

वर्ल्ड म्याराथन च्यालेञ्ज अन्तर्गत शनिवार अन्टार्टिकाबाट शुरु भएको ७७७ म्याराथनमा ३२ देशका ५६ धावक सहभागी थिए । जसमध्ये जोशी एक हुन् ।

नेपाली पोशाकमा अन्टार्टिकाको हिउँमा कुदेका जोशीले अन्त्यमा अमेरिकी र नेपाली झण्डा फहराएका थिए ।

सात वटा उद्देश्य सहित सात वटा महादेशमा सात दिनसम्म लगातार सञ्चालन हुने भएको यो म्याराथनलाई ७७७ म्याराथन भनिन्छ ।

२०१५ मा देखि हरेक वर्ष सञ्चालन हुदै आएको यो म्याराथन अत्यन्त चुनौतीपूर्ण मानिन्छ ।

नेपाली सम्पदा र संस्कृतिको विश्वव्यापी प्रचारका लागि वर्ल्ड म्याराथनमा दौरा सुरुवालमा दौडिएको जोशीले बताए ।

अन्टार्टिकाको म्याराथन सकेर अफ्रिकाको केप टाउन पुगेका जोशी १ फेब्रअरी (आईतवार) त्यहाँ सञ्चालन हुने म्याराथनमा दौडिनेछन् । अन्टार्टिकाबाट शुरु भएको म्याराथन सातौ दिनमा अमेरिकाको मायामीमा समापन हुने छ । पहिलो अन्टार्टिकामा, दोस्रो केप टाउनमा, तेस्रो म्याराथन २ फेब्रुअरीमा अष्ट्रेलियाको पर्थमा, चौथो म्याराथन ३ फेब्रुअरीमा एसियाको दुबईमा, पाँचौ म्याराथन ४ फेब्रुअरीमा स्पेनको म्याड्रिडमा, छैठौ म्याराथन ५ फेब्रुअरीमा ब्राजिलमा र सातौ तथा अन्तिम म्याराथन ६ फेब्रुअरीमा अमेरिकाको मायामीमा सञ्चालन हुनेछ ।

सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा छन् । टेक्सासको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको ग्रेपभाइन सिटीमा बस्ने जोशी पेशाले बैंकर्स हुन् ।

स्वस्थ रहन दौडिन थालेका जोशी २०२१ देखि सामाजिक कार्य र मानव कल्याणका निम्ति दौडिदै आएका छन् । संसारका विभिन्न देशमा झण्डै दुई दर्जनभन्दा बढि म्याराथनमा सहभागी भएका जोशीले चार वर्षयता स्पोन्सरहरुबाट प्राप्त गरेको दुई लाख डलरभन्दा बढि रकम वान स्टेप फाउण्डेसन मार्फत नेपाल, अमेरिका र अफ्रिकामा बालबालिकाको शिक्षा,स्वास्थ्य, खेलकुद र जेष्ठ नागरिकहरुको भोजनका लागि सहयोग गरेका छन् ।

 

खोज्नुहोस