यूएईले दियो २ सय ७६ नेपालीलाई आममाफी

द एभरेष्ट पोष्ट
१९ माघ २०८२ १७:३६
यूएईले दियो २ सय ७६ नेपालीलाई आममाफी

एजेन्सी- ​​संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले २ सय ६७ जना नेपालीलाई आममाफी दिएको छ ।​​​​ ५४औं राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा यूएईले नेपाली बन्दीलाई आममाफी दिएको हो । ​

यूएई सरकार दिएको आममाफीप्रति नेपाल सरकारले कृतज्ञता व्यक्त गरेको छ ।​​

आममाफीलाई नेपाल र संयुक्त अरब इमिरेट्सबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्‌भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको नेपाल सरकारले आइतबार विज्ञप्तिमार्फत सराहना गरेको छ ।

उक्त आममाफीको निर्णय परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटक-पटकको अनुरोधको प्रत्युत्तरस्वरूप मित्रराष्ट्र यूएई सरकारले गरेको आममाफीको निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

माफी पाएका नेपाली नागरिकविरुद्ध अन्य कुनै बाँकी कानूनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानूनअनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस