ललितपुर–२ मा रास्वपाका जगदीश खरेल ३२ हजार बढी मतान्तरले विजयी

ललितपुर : प्रतिनिधिसभा निर्वाचनको मत परिणाम अनुसार ललितपुर निर्वाच क्षेत्र नम्बर–२ मा जगदीश खरेल ३२ हजार बढी मतान्तरसहित विजयी भएका छन् ।

घण्टी चुनाव चिन्हका खरेल ३९ हजार ४९१ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७,४२० मत ल्याएका छन् । महर्जन भन्दा खरेलले ३२ हजार ७१ मत बढी ल्याएका छन् ।

यस्तै लतिलपुर–२ मा उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले ५,५४७, नेकपा एमालेका प्रेमबहादुर महर्जनले ४,५३६, राप्रपाका रघुराज थापाले १७६०, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राजेन्द्र अमात्यले १,२१७ मत ल्याएका छन् ।

बाजुरामा नेपाली काँग्रेसका जनक गिरी बिजयी

बाजुरा, २४ फागुन ।
बाजुरामा नेपाली काँग्रेसका उम्मेदवार जनक गिरी बिजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापालाई ५४० मतको अन्तरले पछि पार्दै काँग्रेसका गिरी बिजयी भएका हुन् ।
गिरीले १७१७३ मत ल्याउदा थापाले १६६३३ मत ल्याएका छन् ।

सरल र बेगाद छविका गिरी आफ्नो त्यही छवि र सरलताका कारण बिजयी भएका हुन् ।

८७,८६१ कूल मतदाता रहेको बाजुरामा ४५,२४२ मत खसेको थियो । जसमध्ये ४३८९६ मत सदर भएको थियो भने १,३४६ मत बदर भएको थियो ।

अन्य उम्मेदवारले पाएको मत :
प्रकाश शाह (तारा) -३४२८
हेमराज थापा (घण्टि) -६०३५
केशर बहादुर शाहि (हलाे) -३५२
दिपक बिसि (आँखा) -९७
भुपेन्द्र ल्वार (गुलाफ) -३३३
उपेन्द्र शाहि (भंगेरो) -७२

टी-२० विश्वकप : उपाधिको लागि भारत र न्यूजिल्यान्ड खेल्दै

आईसीसी टी-२० पुरुष विश्वकप उपाधिको लागि आज साविक विजेता भारत र न्यूजिल्यान्ड खेल्दैछन्।

फाइनल खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आईतबार नेपाली समय बेलुका ७:१५ बजेबाट सुरु हुनेछ। भारतले इंग्ल्यान्डलाई र न्यूजिल्यान्डले दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनल पुगेका हुन् ।

भारत टी-२० विश्वकपको दुई पटकको विजेता हो भने न्यूजिल्यान्डले हालसम्म उपाधि जितेको छैन। भारत लगातार दोस्रो पटक र सम्रगमा तेस्रो पटक आफनै घरेलु मैदानमा उपाधिको रक्षा गर्न चाहन्छ भने न्यूजिल्यान्ड भारतलाई उसैको घरेलु मैदानमा स्तब्ध पार्दै पहिलो उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रदैछ ।

जारी विश्वकप भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन्। विश्वकपमा कूल २० राष्ट्रले सहभागीता जनाएका थिए।

बैतडी– १ मा रास्वपाका हरिमोहन भण्डारी विजयी

बैतडी बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी २२ हजार १३४ मतसहित विजयी भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९४० मतान्तरले पराजित गरे । कांग्रेसका चन्दले १८ हजार १९४ मत प्राप्त गरे ।

कैलाली ४ बाट निर्वाचित खेमराज कोइराला को हुन् ?

कैलाली- कैलाली–४ बाट प्रतिनिधि सभा सदस्यमा खेमराज कोइराला विजयी भएका छन् । शिक्षा, सामाजिक सेवा र कृषि उद्यममा लामो अनुभव सँगालेका कोइराला अब संघीय संसदमा यहाँका जनताको प्रतिनिधित्व गर्ने जिम्मेवारीमा पुगेका छन् ।

यो क्षेत्रमा कुल मतदाता १ लाख १५ हजार १४३ रहेकोमा ६३ हजार २९१ मत खसेको थियो । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार कोइरालाले आफ्ना प्रतिद्वन्द्वी गोरखबहादुर विष्टलाई १७ हजार २५५ मतले पछि पार्दै जित हासिल गरे ।

उनले कुल २८,५५६ मत प्राप्त गर्दा बिष्टले ११ हजार ३०१ मत प्राप्त गरे । उनलाई पछ्याइरहेका एमालेका लेखराज भट्ट यो क्षेत्रमा तेस्रो स्थानमा झरेका छन् । उनले ९ हजार ४४४ मत प्राप्त गरे । यस्तै नेपाली कम्युनिस्ट पार्टीका हरिराम चौधरीले ५ हजार ६०९ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजवारले १ हजार ३५८ मत ल्याए ।

२०३३ गौरीगंगाको मंगलपुरमा जन्मिएका कोइराला पेशाले शिक्षक र कृषक हुन । विविध अनुभवले भरिएका उनी यसअघि कुनै दलसँग आबद्ध थिएनन् ।  धनगढीस्थित पञ्चमी माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका उनले कैलाली बहुमुखी क्याम्पसबाट अंग्रेजी र अर्थशास्त्र विषयमा स्नातक गरेका छन् । त्यसपछि महेन्द्र बहुमुखी क्याम्पसबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर अध्ययन गरेका छन् ।

भारतको कुमौन विश्वविद्यालयबाट अंग्रेजी विषयमा डबल मेजर अध्ययन गरेका उनी हाल महेन्द्र बहुमुखी क्याम्पसमा एलएलबीको अन्तिम वर्षमा अध्ययनरत छन् । कोइरालाले करिब २४ वर्ष शिक्षण पेशामा बिताएका छन् । शिक्षा क्षेत्रमै लामो समय काम गरेका उनले निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सनमा केन्द्रीय सदस्यका रूपमा पनि भूमिका निर्वाह गरिसकेका छन् ।

सँगै सामाजिक क्षेत्रमा पनि उनी सक्रिय रहे । लायन्स क्लब अफ गौरिगंगाका सदस्य रहेका उनको विभिन्न सामाजिक अभियान तथा सामुदायिक कार्यक्रममा सक्रिय सहभागिता रहँदै आएको छ । शिक्षण पेशासँगै उनले वैदेशिक रोजगारीको अनुभव पनि सँगालेका छन् । दक्षिण कोरियामा करिब दुई वर्ष काम गरेको अनुभव उनीसँग छ ।

विदेश हुादा आफ्नै देश केही गर्नुपर्छ भनेर फर्किएका कोइरालाले कृषि क्षेत्रमा उद्यम सुरु गरे । आफ्नै ६ बिघा जमिनमा व्यावसायिक केरा खेती गर्दै आएका उनी कृषि सम्भावनालाई रोजगारीसँग जोड्न सक्ने उदारणीय व्यक्ति पनि हुन् ।

कोइरालाले शिक्षा सुधार, युवालाई रोजगारी, कृषि आधुनिकीकरण, लागुऔषध नियन्त्रण र सुशासनलाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन् । प्रत्येक पालिकामा गुणस्तरीय सरकारी विद्यालय सुदृढीकरण, प्राविधिक तथा सूचना प्रविधि (आईटी) शिक्षाको विस्तार, युवालाई सीपमूलक तालिम र स्थानीय उद्योग तथा कृषि आधारित रोजगारी सिर्जना गर्ने उनको योजना छ ।

कृषि क्षेत्रलाई सुदृढ बनाउन किसानलाई बजार सुनिश्चितता, आधुनिक प्रविधिको प्रयोग र सहकारी सशक्तीकरण आवश्यक रहेको उनको धारणा छ । त्यसैगरी खुला सीमाका कारण बढ्दै गएको लागुऔषध समस्या नियन्त्रणका लागि कडा नीतिगत पहल, युवालाई सचेतना तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले प्रतिबद्धता जनाएका थिए । अब त्यी सबै योजना सफल बनाउन कैलाली ४ का जनताले उनलाई चुनेका छन् ।

यससँगै पारदर्शी बजेट प्रणाली र जनप्रतिनिधिको प्रत्यक्ष जवाफदेहिता सुनिश्चित गर्दै सुशासन प्रवर्द्धन गर्ने उनका प्रतिबद्धता कसरी पुरा हुन्छन् त्यो समयले नै देखाउला । तर शिक्षा, सामाजिक सेवा र स्थानीय विकासका क्षेत्रमा लामो अनुभव सँगालेका कोइरालाले अब संघीय संसदमा कैलाली–४ का जनताको अपेक्षा सम्बोधन गर्ने मतदाताले विश्वास लिएका छन् ।

ओखलढुंगामा ५ मतले रास्वपाका विश्वराज पोखरेल विजयी

ओखलढुंगा, २४ फागुन ।

ओखलढुंगामा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल ५ मतले विजयी भएका छन् ।

उनले कांग्रेसका कुमार लुइँटेललाई ५ मतले पराजित गरेका हुन् । पोखरेल यस पटकको निर्वाचनमा सबैभन्दा कम अन्तरले बिजयी हुने उम्मेदवार हुन् ।

पोखरेल १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका लुइँटेलले १३ हजार ९४८ मत ल्याएका छन् ।

एमालेकी अस्मिता थापाले १० हजार ७२० मत र नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत ल्याएका छन् ।

गोरखा-१ मा पछि परे सुधन गुरुङ

काठमाडौं । गोरखा-१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले अग्रता बनाएका छन् । खत्रीले ४२६३ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका सुधन गुरुङले ४२५९ मत पाएका छन् । सुरुवातदेखि अग्रता बनाएका गुरुङ अहिले ४ मतले पछि परेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले २२८१ मत पाउँदा एमालेका आरसी लामिछानेले ६७५ पाएका छन् ।

कैलाली ४ बाट निर्वाचित खेमराज कोइराला को हुन् ?

कैलाली- कैलाली–४ बाट प्रतिनिधि सभा सदस्यमा खेमराज कोइराला विजयी भएका छन् । शिक्षा, सामाजिक सेवा र कृषि उद्यममा लामो अनुभव सँगालेका कोइराला अब संघीय संसदमा यहाँका जनताको प्रतिनिधित्व गर्ने जिम्मेवारीमा पुगेका छन् ।

यो क्षेत्रमा कुल मतदाता १ लाख १५ हजार १४३ रहेकोमा ६३ हजार २९१ मत खसेको थियो । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार कोइरालाले आफ्ना प्रतिद्वन्द्वी गोरखबहादुर विष्टलाई १७ हजार २५५ मतले पछि पार्दै जित हासिल गरे ।

उनले कुल २८,५५६ मत प्राप्त गर्दा बिष्टले ११ हजार ३०१ मत प्राप्त गरे । उनलाई पछ्याइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजवारले १० हजार ३५८ मत ल्याए भने एमालेका लेखराज भट्ट यो क्षेत्रमा चौथो स्थानमा झरेका छन् । उनले ९ हजार ४४४ मत प्राप्त गरे । यस्तै नेपाली कम्युनिस्ट पार्टीका हरिराम चौधरीले ५ हजार ६०९ मत प्राप्त गरे ।

२०३३ गौरीगंगाको मंगलपुरमा जन्मिएका कोइराला पेशाले शिक्षक र कृषक हुन । विविध अनुभवले भरिएका उनी यसअघि कुनै दलसँग आबद्ध थिएनन् ।  धनगढीस्थित पञ्चमी माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका उनले कैलाली बहुमुखी क्याम्पसबाट अंग्रेजी र अर्थशास्त्र विषयमा स्नातक गरेका छन् । त्यसपछि महेन्द्र बहुमुखी क्याम्पसबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर अध्ययन गरेका छन् ।

भारतको कुमौन विश्वविद्यालयबाट अंग्रेजी विषयमा डबल मेजर अध्ययन गरेका उनी हाल महेन्द्र बहुमुखी क्याम्पसमा एलएलबीको अन्तिम वर्षमा अध्ययनरत छन् । कोइरालाले करिब २४ वर्ष शिक्षण पेशामा बिताएका छन् । शिक्षा क्षेत्रमै लामो समय काम गरेका उनले निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सनमा केन्द्रीय सदस्यका रूपमा पनि भूमिका निर्वाह गरिसकेका छन् ।

सँगै सामाजिक क्षेत्रमा पनि उनी सक्रिय रहे । लायन्स क्लब अफ गौरिगंगाका सदस्य रहेका उनको विभिन्न सामाजिक अभियान तथा सामुदायिक कार्यक्रममा सक्रिय सहभागिता रहँदै आएको छ । शिक्षण पेशासँगै उनले वैदेशिक रोजगारीको अनुभव पनि सँगालेका छन् । दक्षिण कोरियामा करिब दुई वर्ष काम गरेको अनुभव उनीसँग छ ।

विदेश हुादा आफ्नै देश केही गर्नुपर्छ भनेर फर्किएका कोइरालाले कृषि क्षेत्रमा उद्यम सुरु गरे । आफ्नै ६ बिघा जमिनमा व्यावसायिक केरा खेती गर्दै आएका उनी कृषि सम्भावनालाई रोजगारीसँग जोड्न सक्ने उदारणीय व्यक्ति पनि हुन् ।

कोइरालाले शिक्षा सुधार, युवालाई रोजगारी, कृषि आधुनिकीकरण, लागुऔषध नियन्त्रण र सुशासनलाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन् । प्रत्येक पालिकामा गुणस्तरीय सरकारी विद्यालय सुदृढीकरण, प्राविधिक तथा सूचना प्रविधि (आईटी) शिक्षाको विस्तार, युवालाई सीपमूलक तालिम र स्थानीय उद्योग तथा कृषि आधारित रोजगारी सिर्जना गर्ने उनको योजना छ ।

कृषि क्षेत्रलाई सुदृढ बनाउन किसानलाई बजार सुनिश्चितता, आधुनिक प्रविधिको प्रयोग र सहकारी सशक्तीकरण आवश्यक रहेको उनको धारणा छ । त्यसैगरी खुला सीमाका कारण बढ्दै गएको लागुऔषध समस्या नियन्त्रणका लागि कडा नीतिगत पहल, युवालाई सचेतना तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले प्रतिबद्धता जनाएका थिए । अब त्यी सबै योजना सफल बनाउन कैलाली ४ का जनताले उनलाई चुनेका छन् ।

यससँगै पारदर्शी बजेट प्रणाली र जनप्रतिनिधिको प्रत्यक्ष जवाफदेहिता सुनिश्चित गर्दै सुशासन प्रवर्द्धन गर्ने उनका प्रतिबद्धता कसरी पुरा हुन्छन् त्यो समयले नै देखाउला । तर शिक्षा, सामाजिक सेवा र स्थानीय विकासका क्षेत्रमा लामो अनुभव सँगालेका कोइरालाले अब संघीय संसदमा कैलाली–४ का जनताको अपेक्षा सम्बोधन गर्ने मतदाताले विश्वास लिएका छन् ।

अछाम २ मा एमालेका बोगटी र काँग्रेसका शाहबीच कडा टक्कर

अछाम, २४ फागुन ।
अछाम २ मा नेकपा एमाले र नेपाली काँग्रेसबीचको प्रतिस्पर्धा अत्यन्त रोचक भएको छ ।

दुई पार्टीका उम्मेदवारबीच कडा टक्कर भईरहेको छ । मंगलसेन, कमल बजार र बिनायकको मत गणना सकिदा दुबै उम्मेदवारबीच मतान्तर कम भएको छ ।

एमालेका यज्ञ बोगटीले ६२९९ मत ल्याउदा उनलाई पछ्याईरहेका काँग्रेसका पुष्प बहादुर शाहले ६०१७ मत ल्याएका छन् ।
त्यस्तै तेस्रोमा रहेका रास्वपाका भुपदेव शाहले ३३९० मत र नेपाल कम्युनिष्ट पार्टीका बल बहादुर कुवँरले २३५२ मत ल्याएका छन् ।

अव तुर्माखाँद, ढकारी र रहफको मतगणना हुन बाँकी छ । यतिबेला रहफको मतगणना भईरहेको छ ।

रास्वपाका अमरेश सिंहसंग काँग्रेस सभापति थापा पराजित

काठमाडौं,२४ फागुन ।
सर्लाही ४ मा काँग्रेसका सभापति गगनकुमार थापालाई पराजित गर्दै रास्वपाका अमरेशकुमार सिंह बिजयी भएका छन् ।
सिंह १२८५७ मतको अन्तरले बिजयी भएका हुन् ।

३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी थापाले २२ हजार ८३१ मत ल्याए ।

तीन पटक काठमाण्डौं ४ बाट निर्वाचित थापा यस पटक सर्लाही ४ मा पराजित भएका हुन् । सिंहको यौ चौथो जित हो ।

कञ्चनपुर १ मा रास्वपाका जनकसिंह धामी विजयी

कञ्चनपुर : कञ्चनपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका जनकसिंह धामी विजयी भएका छन्। उनले २४ हजार ३३२ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका बीना मगरले ११ हजार ११० मत ल्याइन् भने नेपाली कांग्रेसका गोपी प्रसाद उपाध्यायले ८ हजार ४६७ मत ल्याए।

कञ्चनपुर ३ मा रास्वपाका ज्ञानेन्द्र महता विजयी

कञ्चनपुर- प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महताले २७ हजार ११८ मत प्राप्त गरेका छन्। उनले १७ हजार ६७५ मतान्तरले नेपाली कांग्रेसका हरिप्रसाद बोहरालाई पछि पार्दै विजयी भएका हुन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार बोहराले ९ हजार ४४३ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा एमालेका दीपक प्रकाश भट्टले ७ हजार ५७५ मत प्राप्त गरे। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मानबहादुर सुनारले ४ हजार २८४ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्णबहादुर चन्दले ३ हजार ९०२ मत प्राप्त गरे। १ लाख ३ हजार ८७ मतदाता रहेको यो क्षेत्रमा ५८ हजार ३६१ मत खसेको थियो।

नवलपरासी १ मा विनोद चौधरी पराजित, खनाल बिजयी

नवलपरासी, २४ फागुन ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम खनाल बिजयी भएका छन् ।

खनालले नेपाली काँग्रेसका उम्मेदवार बिनोद चौधरीलाई ३५ हजार मतान्तरले पराजित गरेका हुन् ।

खनालले ४५ हजार २४१ मत पाए भने नेपाली कांग्रेसका विनोद कुमार चौधरीले ९ हजार ५०२ मत प्राप्त गरे।

एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६, जनता समाजवादी पार्टीका हृययेश त्रिपाठीले ७ हजार ८३२ र राप्रपाका नवनित कुमार मिश्रले १ हजार ५९३ मत पाए।

कैलाली-४ मा रास्वपाका कोइराला भारी मतले विजयी

यशोदा शर्मा,

कैलाली । कैलाली क्षेत्र नम्बर ४ मा रास्वपाका खेमराज कोइराला अत्याधिक मतले विजयी भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार आफ्ना निकटतम प्रतिद्वन्दी गोरखबहादुर बिष्टलाई १७,२५५ मतले पछि पार्दै उनी विजय भएका हुन्।
कोइरालाले कुल २८,५५६ मत प्राप्त गर्दा प्रतिद्वन्दी बिष्टले ११३०१ मत प्राप्त गरे। उनलाई पछाइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजवारले १०,३५८ मत ल्याए भने एमालेका लेखराज भट्ट यो क्षेत्रमा चौथो स्थानमा झरेका छन्। उनले ९ हजार ४४४ मत प्राप्त गरे। यस्तै नेपाली कम्युनिष्ट पार्टीका हरिराम चौधरीले ५६०९ मत प्राप्त गरे।

प्रत्यक्षमै रास्वपाले जित्यो एक सय सिट

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय सिट जितेको छ ।

मतगणनाको सुरुवातीचरणदेखि नै अग्रता कायम गरेको रास्वपाले १२९ क्षेत्रको नजिता सार्वजनिक हुँदा रास्वपाले १०० सिटमा जित पक्का गरेको हो ।

दोस्रो धेरै सिट जित्नेमा नेपाली कांग्रेस छ । कांग्रेसले १४ सिट जितेको छ । एमालेले ७, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ६, राप्रपाले १ र स्वतन्त्रले १ सिट जितेका छन् ।

दोस्रो धेरै सिट जित्नेमा नेपाली कांग्रेस छ । कांग्रेसले १४ सिट जितेको छ । एमालेले ७, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ६, राप्रपाले १ र स्वतन्त्रले १ सिट जितेका छन् ।

१- बालेन्द्र शाह

२- इन्दिरा राना मगर

३- सोविता गौतम

४- डा. लेखजंग थापा

५- हरि ढकाल

६- सुलभ खरेल

७- रुविना आचार्य

८- सुनिल लम्साल

९- बदनकुमार भण्डारी

१०-  राजन गौतम

११- राजकिशोर महतो

१२- अशोककुमार चौधरी

१३- नरेन्द्र साह कलवार

१४- निशा डाँगी

१५- नरेन्द्रकुमार गुप्ता

१६- विक्रम खनाल

१७- कमल सुवेदी

१८- नीतिमा भण्डारी

१९- मनिष झा

२०- विपिनकुमार आचार्य

२१- तोसीमा काकी

२२- देवराज पाठक

२३- रविन महतो

२४- राजीव खत्री

२५- मनीष खनाल

२६- रहबर अन्सारी

२७- कृष्णकुमार कार्की

२८- सन्तोष राजवंशी

२९- अरबिन्द साह

३०- गणेश धिमाल

३१- खड्कराज पौडेल

३२- शिवशंकर यादव

३३- तौफिकअहमद खान

३४- प्रकाश पाठक

३५-  स्वर्णिम वाग्ले

३६- बिना गुरुङ

३७- प्रदीप विष्ट

३८- गणेश कार्की

३९- गणेश पौडेल

४०- सीताराम साह

४१- तपेश्वर यादव

४२- अमरेशकुमार सिंह

४३- चन्दनकुमार सिंह

४४- डोलप्रसाद अर्याल

४५- प्रमोदकुमार महतो

४६ -सुनिल के.सी.

४७- मोहनलाल आचार्य

४८- दिपकराज बोहरा

४९- धर्मराज केसी

५०- रुकेश रञ्जित

५१- सुरेशकुमार चौधरी

५२- दीपककुमार साह

५३- श्रीराम न्यौपाने

५४- अच्युतम लामिछाने

५५- आनन्दबहादुर चन्द

५६- उत्तमप्रसाद पौडेल

५७- सस्मित पोखरेल

५८- आशा झा

५९- रमेशकुमार…

६०- रामाकान्तप्रसाद…

६१- सागर ढकाल

६२- मधुकुमार चौलागाई

६३- खगेन्द्र सुनार

६४- पुकार बम

६५- धनञ्जय रेग्मी

६६- राजेशकुमार चौधरी

६७- खेमराज कोइराला

६८- कन्हैया बनियाँ

६९- गणेश पराजुली

७०- शिशिर खनाल

७१- विक्रम थापा

७२- सुशान्त वैदिक

७३- यज्ञमणि न्यौपाने

७४- बुद्धिप्रसाद पन्त…

७५- ज्ञानेन्द्र सिंह महता

७६- माधवबहादुर थापा

७७- सागर भुसाल

७८- बोधनारायण श्रेष्ठ

७९- विराजभक्त श्रेष्ठ

८०- भरतप्रसाद पराजुली

८१- बुद्धरत्न महर्जन

८२- सुशील खड्का

८३- जगतप्रसाद जोशी

८४- ताराप्रसाद जोशी

८५राजुनाथ पाण्डे

८६- आशिष गजुरेल

८७- कोमल ज्ञवाली

८८- गोविन्द पन्थी

८९- धनेन्द्र कार्की

९०- रञ्जु न्यौपाने

९१- सूर्यबहादुर तामाङ्ग

९२- सोम शर्मा

९३- आसिका तामाङ

९४- जनक सिंह धामी

९५- टेकबहादुर शाक्य

९६- रवि लामिछाने

९७- शम्भुप्रसाद ढकाल

९८- सुशीलकुमार कानु

९९- हरिप्रसाद भुसाल

१००- ई.जगदीश खरेल 

धादिङ १ मा रास्वपाकी आशिका तामाङ विजयी

धादिङ : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आशिका तामाङ विजयी भएका छन्। उनले कूल ३९ हजार १२१ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवारहरूलाई ठूलो अन्तरले पछि पार्दै विजय हासिल गरेकी हुन्।

उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रप्रसाद पाण्डेले १४ हजार ७०९ मत प्राप्त गरे भने भुमी त्रिपाठीले १५ हजार ३० मत ल्याएका छन्। त्यस्तै कृष्ण रिजालले १० हजार १७५ मत प्राप्त गरे।

दार्चुला १ मा एमालेका ठगुन्ना विजयी

दार्चुला- दार्चुला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्ना विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार ठगुन्नाले १८ हजार ८९१ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धर्मेन्द्र जोशी ले १५ हजार ८३६ मत प्राप्त गरेका छन्। ठगुन्ना र जोशीबीच ३ हजार ५५ मतको अन्तर रहेको छ।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी का लक्ष्मण दत्त जोशी ले ३ हजार ६५ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश सिंह सामन्तले ८ हजार ९३६ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारहरूले भने न्यून मत प्राप्त गरेका छन्।

निर्वाचन कार्यालयका अनुसार दार्चुला १ मा ९२ हजार ९४८ मतदाता रहेकोमा ४९ हजार ९६८  मत खसेको थियो। जसमध्ये ४७ हजार ८९० मत सदर भएको छ भने २ हजार ७८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत भुवन गिरिले बताए।

जनमोर्चाबाट २६ वर्ष राजनीति, रास्वपाबाट संसद्को यात्रा

कैलाली। सुदूरपश्चिमको राजनीतिमा यतिबेला एउटा नयाँ तरंग पैदा भएको छ । वर्षौंदेखि पुराना र स्थापित दलहरूको ‘किल्ला’ मानिने कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा यसपटक परिवर्तनको वेग यसरी चल्यो कि, जसले दशकौंदेखिको परम्परागत विरासतलाई ढालिदिएको छ ।

यो परिवर्तनको संवाहक बनेका छन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता जगतप्रसाद जोशी । देशभर छाएको घण्टीको लहर र सुशासनको नाराले जोशीका लागि पनि संसद्को ढोका खोलिदिएको छ । करिब २६ वर्षसम्म राष्ट्रिय जनमोर्चा पार्टीको विचार र सिद्धान्तमा अडिग रहे पनि चुनावी अंकगणितमा पछि परेका थिए जोशी ।

तर यसपटक उनले मुख्य दलका बलियो प्रतिस्प्रधिलाई फराकिलो मतान्तरले हराएर जित निकालेका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टीका वीरमान चौधरीलाई ८ हजार ३७६ मतले पछि पार्दै जोशी विजय भएका हुन् । उनले २० हजार ३५९ मत प्राप्त गर्दा नेकपाका चौधरीले ११ हजार ९८३ मत प्राप्त गरेका हुन् ।

यस्तै नेकांग्रेसका बलियो उम्मेदवार मानिएका भीम बडुवाल तेस्रो स्थानमा रहे । उनले ९ हजार ७०६ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले ६ हजार ७४७ मत ल्याएका छन् ।

यो क्षेत्रमा नेकपा एमाले चौथो स्थानमा झरेको छ । एमाले उम्मेदवार गौरीशंकर चौधरीले ४ हजार ७५२ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमले २ हजार ३४७ मत प्राप्त गरे।

बझाङको जयपृथ्वी नगरपालिका–२ मा २०४३ सनलमा जन्मिएका जोशीले समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । जोशी सामाजिक तथा अंग्रेजी विषय अध्यापन गराउने शिक्षक समेत हुन् । उनलाई योग प्रशिक्षकका रूपमा चिन्ने पनि धेरै छन् ।

निष्ठाको २६ वर्ष र त्यो एउटा निर्णय

२०५६ साल । जतिबेला देशमा माओवादी विद्रोह उत्कर्षमा थियो, बझाङका तन्नेरी जगतप्रसाद जोशी भने राष्ट्रिय जनमोर्चाको अखिल छैटौंबाट राजनीति सिक्दै थिए । जोशीले २६ वर्षसम्म जनमोर्चाको झण्डा छोडेनन् । जिल्ला सदस्य, सचिव हुँदै प्रदेश कार्यालय सचिवसम्मको जिम्मेवारी सम्हाले ।

२०६२/६३ को जनआन्दोलनमा उनी घाइते भए  तर उनको प्रजातन्त्रप्रतिको उनको आस्था घाइते भएन । वर्षौंसम्म एउटै विचार धारामा अडिग रहे । पटक-पटक चुनावमा पनि नहोमिएका होइनन् । तर विडम्बना  राजनीतिमा उनले जति पसिना बगाए पनि चुनावी नतिजा उनको पक्षमा आएन ।

२०७० को दोस्रो संविधानसभामा जम्मा ३६० मत पाएका जोशीले २०७९ को स्थानीय चुनावमा वडाध्यक्ष लड्दा १३७ मतमै चित्त बुझाउनुपरेको थियो । तर यो पटक उनको भाग्य र संयोग दुवै मिल्यो । धेरैले उनलाई अवसरवादीको आरोप पनि लगाए, तर उनले त्यसलाई निकासको खोजी भनेर अर्थ्याए ।

कक्षाकोठादेखि संसद्सम्म

जोशी राजनीतिज्ञ मात्र होइनन्, उनी एक कुशल शिक्षक पनि हुन् । विद्यालयमा सामाजिक र अंग्रेजी विषय पढाउँदा उनले सयौँ विद्यार्थीलाई देश प्रेम र नैतिकताको पाठ सिकाए । कक्षाकोठामा सुशासन र भ्रष्टाचारविरुद्ध कुरा गर्ने जोशीलाई आज जनताले त्यही पाठलाई व्यवहारमा उतार्ने जिम्मा दिएर संसद् पठाएका छन् ।

शिक्षण पेशा र योग प्रशिक्षकको अनुभवले उनलाई जनतासँग जोडिने बलियो आधार दियो । स्थानीय स्तरका विभिन्न संघसंस्थामा आबद्ध जोशीको प्राज्ञिक र नैतिक छवि नै यसपटकको चुनावमा उनको सबैभन्दा ठूलो पुँजी बन्यो ।

कैलाली–३ का मतदाताले जोशीलाई विश्वास गर्नुको पछाडि उनका स्पष्ट एजेन्डा पनि थिए । खुटिया र मोहना नदीको कटानबाट पीडित किसान हुन् वा मल र बीउ नपाएर छटपटाएका किसानहरू, जोशीले सबैको मर्मलाई एजेन्डा बनाए ।

देशभर चलेको घण्टीको लहरले उनलाई थप ऊर्जा दियो । तर जोशीका लागि यो यात्रा सहज पक्कै थिएन । उनीमाथि पार्टी फेरेको आरोप थियो । त्यसैमा कमजोर चुनावी इतिहास र स्थानीय संगठनको अन्योलता पनि थियो । तर, जब जनताले परिवर्तनको घण्टी बजाए, ती सबै चुनौती हराए ।

उनले हिजो जनमोर्चामा हुादा बोकेका सुशासनका एजेन्डा र आज रास्वपामा रहेर देखेका समृद्धिका सपना एउटै छन् । ती सपनालाई साकार पार्ने जिम्मेवारीसहित कैलाली-३ का जनताले उनको संसदीय यात्रा तय गरिदिएका छन् । अब त्यो यात्रालाई जिम्मेवारीपूर्वक पूरा गर्ने पालो आएको छ ।

कैलाली ३ मा रास्वपाका जगत जोशी भारी मतले विजयी

यशोदा शर्मा,

कैलाली ।कैलाली क्षेत्र नम्बर ३ मा रास्वपाका जगत जोशी भारी मतान्तरले विजय भएका छन्। आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टीका वीरमान चौधरीलाई ८ हजार ३७६ मतले पछि पार्दै जोशी विजय भएका हुन्।
उनले २० हजार ३५९ मत प्राप्त गर्दा नेकपाका चौधरीले ११ हजार ९८३ मत प्राप्त गरेका हुन्।
यस्तै नेपाली कांग्रेसका बलियो उम्मेदवार मानिएका भीम बडुवाल तेस्रो स्थानमा झरेका छन्। उनले ९ हजार ७०६ मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले ६ हजार ७४७ मत ल्याएका छन्।
यो क्षेत्रमा नेकपा एमाले चौथो स्थानमा झरेको छ। एमाले उम्मेदवार गौरीशंकर चौधरीले ४ हजार ७५२ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्र बहादुर बमले २०३४७ मत प्राप्त गरे।

झापा-५ मा ओलीसँग करिब ५० हजार मतान्तरले बालेन निर्वाचित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले भने १८७२४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६१४ मतको अन्तर रह्यो ।

झापा–५ यसवर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको थियो । काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो ।

झापा-५ : मतगणना अन्तिम चरणमा, गणनास्थल पुगे बालेन

झापा । झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जित सुनिश्चित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह(बालेन) मतगणनास्थल पुगेका छन् ।

अहिले केहीबेरअघि बालेन झापा–५ को मतगणनास्थल पुगेका हुन् । हालसम्मको गणनाअनुसार बालेनले ६६ हजार २०० मत प्राप्त गरिसकेका छन् । ओलीले १८ हजार ९५ मत मात्रै प्राप्त गरेका छन् ।

डडेलधुरामा रास्वपाका ताराप्रसाद जोशी विजयी

काठमाडौं । डडेलधुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन् ।

जोशीले १९ हजार १३१ मत ल्याएर  विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मानसिंह मालले ६ हजार ८३४ मत प्राप्त गर्दा नेकपा एमालेका चक्र स्नेहीले ३ हजार २६ मत प्राप्त गरे ।

परम्परागत किल्ला भत्काएर संसद्‌को यात्रामा चन्द

कैलाली ।  धनगढीको सडकमा यसपटक एउटा फरक दृश्य देखियो । परम्परागत राजनीतिक दलको पकड र शक्ति प्रदर्शनका बीच, एकजना सादगी र बौद्धिक व्यक्ति ‘परिवर्तन’ को घण्टी बजाउँदै मतदाताको घरदैलोमा पुगिरहेका थिए । जसको अनुहार र व्यवहार दुवैमा बौद्धिकता, इमानदारी र सादगीपन प्रस्ट देखिन्थ्यो ।

उनी थिए, रााष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवार आनन्दबहादुर चन्द । कैलाली निर्वाचन क्षेत्र नं. ५ का सचेत मतदाताले यसपटक उम्मेदवार मात्र चुनेनन्, राजनीतिमा बौद्धिकता र विशेषज्ञताको पक्षमा मतदान गरे ।

कांग्रेस र एमालेको पकड क्षेत्र मानिने कैलाली-५ मा झन्डै २० हजार मतको अन्तरमा चन्द निर्वाचित भएका हुन् । निर्वाचन आयोगको मतपरिणाम अनुसार चन्दले ३१ हजार ९५३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत प्राप्त गरे। यस्तै नेपाल कम्युनिस्ट पार्टीका प्रेमबहादुर आलेले ७ हजार ८७६ मत पाए ।

आलेले यसअघिका प्रतिनिधिसभा निर्वाचनमा डोटीबाट लगातार तीनपटक चुनाव जितेका थिए । यसपटक कैलाली-५ लाई चुनावी मैदान बनाएका आले तेस्रो स्थानमा खुम्चिए ।

नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुंगानाले ५ हजार ८३९ मत प्राप्त गरे भने यो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका प्यारालाल राणाले १ हजार ७५५ मत ल्याएका छन् ।

राजनीतिमा नयाँ मानक

१४ जेठ २०३२ मा जन्मिएका चन्दको परिचय लामो समयसम्म एक प्राज्ञिक व्यक्तित्वमा मात्र सीमित थियो । त्रिभुवन विश्वविद्यालयको पाटन बहुमुखी क्याम्पसमा १७ वर्ष उपप्राध्यापकका रूपमा बिताएका उनले जैविक रसायनशास्त्रमा स्नातकोत्तर र अमेरिकाको नर्थ क्यारोलिना ए एन्ड टी स्टेट युनिभर्सिटीसँगको सहकार्यमा पीएचडी पूरा गरेका छन् ।

कांग्रेस र एमालेको राम्रो पकड भएको यो क्षेत्रमा सुरुमा उनलाई बलियो उम्मेदवारको रुपमा हेरिएको थिएन । कांग्रेस-एमाले-नेकपाबीच मुख्य प्रतिस्पर्धा हुने र चौथो स्थानमा रास्वपा आउन सक्ने आकलन धेरैको थियो । चुनाव नजिँकिदै गयो । फागुन ५ गते रास्वपाका वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछानेले पार्टीको पहिलो चुनावीसभा धनगढीबाटै सुरु गरे ।

त्यो दिन धनगढीमा रास्वपाको पक्षमा उर्लिएको जनलहरको प्रभाव कैलाली-५ मा पर्‍यो । फलस्वरुप चन्दलाई बलियो उम्मेदवारको रुपमा हेर्न थालियो । यद्यपि डोटीबाट ह्याट्रिक गरेका नेकपाका प्रेम आले र धनगढीमा सांगठनिक रुपमा बलियो छवि बनाएका कांग्रेसका नरनारायन शाहका अगाडि उनलाई कमजोर उम्मेदवार मानिन्थ्यो ।

तर यी सबै आकलनलाई गलत साबित गर्दै चन्दको विजयले सुदूरपश्चिमको राजनीतिमा एउटा नयाँ मानक स्थापित गरिदिएको छ ।

विश्वविद्यालयदेखि अन्तराष्ट्रियस्तरको अनुभव

विश्वका दर्जनौं देश पुगेर शिक्षा र जनस्वास्थ्यका क्षेत्रमा काम गरेका चन्दसँग अन्तर्राष्ट्रिय अनुभव पनि छ । विश्वका सुविधासम्पन्न सहर बस्ने थुप्रै अवसर हुँदाहुँदै चन्दले मौकाको फाइदा उठाएनन् । भौतिक सुखको चरम उत्कर्षमा पुगेका सहरभन्दा सुदूरपश्चिमका अभावहरूले उनलाई बढी झक्झकायो ।

‘मैले संसार देखेँ, सुविधासम्पन्न सहर देखेँ भोगेँ । तर मेरो मन त्यहाँ बसेन । आफ्नै क्षेत्रका बालबालिकाले गुणस्तरीय शिक्षा र बिरामीले उचित उपचार नपाएको देख्दा मन पोल्थ्यो,’ चुनावी अभियानका क्रममा उनले धेरै पटक भनेका थिए । त्यही छटपटीले उनलाई ‘सेफ जोन’ बाट बाहिर निकालेर राजनीतिमा होमिन प्रेरित गर्‍यो ।

कैलाली–५ सधैं प्रभावशाली नेताहरूको प्रतिष्ठाको विषय बन्दै आएको क्षेत्र हो । सुदूरपश्चिमको राजनीतिमा यो क्षेत्रलाई विशेष मानिन्छ । तर, चन्दका लागि यो निर्वाचन ‘बौद्धिकता भर्सेस परम्परागत राजनीति’बीचको लडाइँ थियो । विगतमा कुनै दलसँग आबद्ध नभएका चन्दले यसपटक रास्वपाको घण्टी रोज्नुका पछाडि बदलिँदो पुस्ताको आकांक्षा र तुरुन्तै परिणाम दिने राजनीतिको खोजी नै थियो ।

उनले चुनावी नारा मात्र बाँडेनन्, स्थानीय मुद्दालाई गहिरो गरी केलाए । गेटा मेडिकल कलेजलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने अठोट, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति र फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने उनको स्पष्ट खाकाले धनगढीका सचेत मतदातालाई आकर्षित गर्‍यो ।

‘तपाईं मत बदल्नुहोस्, हामी देश बदल्छौं’ भन्ने उनको एउटै मन्त्रले धनगढीका युवा र सचेत वर्गमा ठूलो प्रभाव पार्‍यो । उनले मतदातालाई एउटै कुरा बुझाउन सफल भए– राजनीति केवल नाराले चल्दैन, यसका लागि स्पस्ट भिजन र विशेषज्ञता चाहिन्छ । यो निर्वाचन परिणामले कैलाली–५ का मतदाताको परिवर्तन भोक पनि प्रमाणित गरिदिएको छ ।

अब संसद्‍मा परीक्षा

विजय घोषणापछि पत्रकारसँग कुरा गर्दै चन्दले आफ्नो विजय निर्वाचन परिणाम मात्र नभएर कैलाली ५ का जनताको परिवर्तनप्रतिको चाहना र उज्यालो भविष्यप्रतिको विश्वास रहेको बताए ।

‘यहाँका जनताले दिएको मत समर्थन मात्र नभएर मेरा लागि ठूलो जिम्मेवारी हो । यो समय उत्सवको समय नभएर जिम्मेवारीको समय हो,’ उनले भने ।

जेन-जीको संघर्ष, समर्पण र बलिदानको जगमा आएको जनादेश भएकाले यसलाई उत्सवका रुपमा नभएर जिम्मेवारीका रुपमा लिनुपर्ने उनको भनाइ छ । आफूलाई कैलालीका मतदाताको विश्वास गरेर उम्मेदवार बनाएकामा रास्वपाप्रति पनि चन्दले आभार व्यक्त गरे ।

चन्दको विजयसँगै अब उनीमाथि अपार आशा थपिएका छन् । विश्वविद्यालयको शान्त वातावरणबाट संसद्को राजनीतिक थलोमा पुग्दा उनले आफ्ना शैक्षिक र स्वास्थ्य सुधारका योजनालाई कसरी कार्यान्वयन गराउँछन्, त्यो हेर्न बाँकी नै छ ।

झापा-५ : अन्तिम परिणाम सार्वजनिक हुँदै,कडा सुरक्षा व्यवस्था

काठमाडौं । सर्वाधिक चासोको क्षेत्र रहेको झापा–५ मा अन्तिम मतपरिणाम सार्वजनिक हुँदैछ । पछिल्लो विवरण अनुसार, रास्वपाका वरिष्ठ नेता बालेन शाहले ५९ हजार ५६८ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १६ हजार ३५० मत प्राप्त गरेका छन् ।

केहीबेरमा मतपरिणाम सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।

राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी

काठमाडौं । जुम्लामा राप्रपा उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् ।

शाहीले १४हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११हजार ६३६ मत प्राप्त गर्दा शाहीले ३ हजार १८१ फराकिलो मतान्तरले भण्डारीलाई पछि पारे ।

राप्रपाको यो पहिलो जित हो ।

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक बोहरा विजयी भएका छन् । उनले ३३ हजार ९५२ मत प्राप्त गरेका छन् ।

उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी) ले १० हजार ८२७ मत, नेकपा एमालेका बचनबहादुर सिंहले ६ हजार ४१८ मत, नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद पन्तले ६ हजार ३३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका तिर्थराज चटौतले एक हजार ९९३ मत प्राप्त गरे ।

गुल्मी–१ बाट रास्वपाका सागर ढकाल विजयी

काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावमा गुल्मी क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सागर ढकाल विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीपकुमार ज्ञवालीले १५ हजार १८१ मत पाएका छन् । ढकाल १४ हजार ४६१ को मतान्तरमा विजयी भएका हुन् ।

यस्तै तेस्रोमा रहेका नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीले १३ हजार ५०५ मत पाएका छन ।

अछाम १ मा भीम रावललाई पराजित गर्दै कांग्रेसका भरत कुमार स्वार विजयी

अछाम : अछाम क्षेत्र नम्बर १ नेपाली कांग्रेसका भरत कुमार स्वार विजयी भएका छन्। उनले १० हजार ७५८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका भीमबहादुर रावलले १० हजार २३० मत ल्याए।

नेकपा एमालेका दीपक साउदले ७ हजार ३८६ र रास्वपाका ओमप्रकाश रावलले १ हजार ७४५ मत प्राप्त गरे।

खोज्नुहोस