कैलाली-४ मा रास्वपाका कोइराला भारी मतले विजयी
यशोदा शर्मा,
कैलाली । कैलाली क्षेत्र नम्बर ४ मा रास्वपाका खेमराज कोइराला अत्याधिक मतले विजयी भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार आफ्ना निकटतम प्रतिद्वन्दी गोरखबहादुर बिष्टलाई १७,२५५ मतले पछि पार्दै उनी विजय भएका हुन्।
कोइरालाले कुल २८,५५६ मत प्राप्त गर्दा प्रतिद्वन्दी बिष्टले ११३०१ मत प्राप्त गरे। उनलाई पछाइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजवारले १०,३५८ मत ल्याए भने एमालेका लेखराज भट्ट यो क्षेत्रमा चौथो स्थानमा झरेका छन्। उनले ९ हजार ४४४ मत प्राप्त गरे। यस्तै नेपाली कम्युनिष्ट पार्टीका हरिराम चौधरीले ५६०९ मत प्राप्त गरे।
