डिभिजन वनका कर्मचारीले भीरबाट टेम्पो खसालिदिएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान

सडक किनारमा व्यापार गरेको आरोपमा एउटा टेम्पो धकलेर भीरबाट खसाली दिएको भिडिओ सार्वजनिक भएपछि प्रहरीले त्यसबारे अनुसन्धान अगाडि बढाएको छ।

शुक्रबार दिउँसो जिल्लाको गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्गअन्तर्गत पर्ने बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले एक जना स्थानीय महिलाको टेम्पो सडक किनारमा बसेर ब्यापार गरेको आरोपमा धकेल्दै  भीरबाट खसालिदिएका थिए।

भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि  कर्मचारीको विरोध र आलोचना भइरहेको छ।

टेम्पो गोदावरीकै स्थानीय  ४४ वर्षीया धनादेवी धामीको थियो।

धामीले आफ्नो घर नजिकै भीमदत्त राजमार्गको गाइमारे डाँडाको सडक किनारमा  टेम्पो रोकेर त्यसमा  सामान राखेर बेच्दै आएकी थिइन्। धामीका अनुसार उनले सडक छेउमा रोकेर पानी, चाउ चाउ, बिस्कुट, अण्डा  लगाएतका सामाग्री बेचेर आफ्नो जिविकोपार्जन गर्दै आएकी थिइन्।

तर, त्यसरी सडक किनारमा बसेर वन क्षेत्र अतिक्रमण गरि व्यापार  गर्न नपाइने भन्दै वनका कर्मचारीले धामीको अटो आफैले धकेलेर भीरबाट खलासी दिएका थिए।

‘बरु मेरो सामान लैजानुस् तर टेम्पोलाई केही नगर्नुस् भन्दै मैल हारगुहार गर्दा पनि वनका कर्मचारीले सुन्दै सुनेनन् र जबरजस्ती टम्पो भीरबाट धकलेर खसाली दिए,’ धामीले भनिन् ‘ आफ्नै ठाउँमा केही सानो तिनो काम गरी घर गृहस्थी चलाउने प्रयास गर्ने हामी जस्ता गरिब दुःखीलाई सबैले हेप्दा रहेछन्,’ उनले भनिन्।

उनले आफूमाथि अन्याय भएको हुँदा न्याय पाउनु पर्ने माग गरिन्।

वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिनु भन्दा पहिला त्यसमा बिक्रीका लागि राखिएका सामानहरु निकालेका थिए।

यो घटनाबारे तीब्र आलोचना हुन थालेपछि डिभिजन वन कार्यालय धनगढी कैलालीका प्रमुख रामविचारी ठाकुरसहित २० जना कर्मचारीले आइतबार बिहान संयुक्त रुपमा हस्ताक्षर गरी एउटा वक्तव्य निकालेका थिए। वक्तव्यमा तीन जनाको भने हस्ताक्षर छैन।

उनीहरूले टेम्पो जानाजान भीरबाट नखसालिएको दाबी गरेका छन्।

बरू अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको भनेका छन्। भिडिओमा भने टेम्पोलाई धकेल्दै भीरबाट खसालिएको देखिएको छ।

वन कार्यालयले उक्त टेम्पो गुड्न नसक्ने अवस्थामा रहेको पनि बताएको छ।

गोदाबरी – ४ स्थित गोदावरी सामुदायिक वनको गाइमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा चक्का वा इञ्जिन पूर्ण रुपमा बिग्रिएको टेम्पो खस्न पुगेको दाबी गरिएको छ।

संवेदनशील र कमजोर पर्यावरणीय प्रणाली रहेको चुरे क्षेत्रमा सडक किनारको सार्वजनिक वन क्षेत्रलाई गैरकानुनी ढंगले भागवण्डा गरी भित्री रुपमा बेचबिखन गर्ने छाप्रा (खोका) निर्माण गरी सरकारी वन र जमिन  कब्जा गर्ने सृङखला लामो समयदेखि चल्दै आएको  तथा पाँच महिना पहिले देखि त्यो क्रम फेरि सुरु भएपछि रोक्न बल प्रयोग गर्नु परेको विज्ञप्तीमा उल्लेख छ।

वन क्षेत्र अतिक्रमण गरि बसेका अन्य १० वटा छाप्रापहरु हटाइएको र एक महिना पहिला नै टेम्पो हटाउन निर्देशन दिएको भए पनि टेम्पो संचालक घनश्याम धामीले अटेर गरेकाले टेम्पो धकलेर वनका कर्मचारीले घरसम्म पुर्‍याइ दिएको विज्ञप्तिमा उल्लेख छ।

यो बीचमा धामीले फेरि टेम्पो पहिले कै ठाउँमा ल्याएर व्यापार गर्दै आएको र हटाउन निर्देशन दिँदा अटेर गर्दै गालीगलौजमा उत्रिएको हुँदा बल प्रयोग गरि हटाउनु पर्ने अवस्था सिर्जना भएपछि चलाउन र गुडाउन नमिल्ने टेम्पो खस्न पुगेको बिज्ञप्तिमा भनिएको छ।

तर धामी परिवारले  अटो चल्ने अवस्थामै रहेको बताएका छन्।

गत वर्ष मात्रै छोराले टेम्पो किनेको र हाल छोराहरु छिमेकी देश भारतमा रोजगारीको खोजीमा रहेको हुँदा आफूले टेम्पो चलाउन नजाने पनि साँझ बिहान चलाउन जान्ने मान्छेलाई डाँडासम्म पुर्‍याउन सहयोग मागेर व्यापार गर्दै आएको उनले बताइन्।

कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले पनि भीरबाट खसालिएको टेम्पो बारे दुबै पक्षबाट आ–आफ्ना दाबीहरु आइ रहेको हुँदा त्यसबारे अनुसन्धान भइरहेको बताए।

‘धामीको परिवारले हामीले चलाउन नजाने पनि अटो चालु अवस्थामै थियो भन्नुभएको छ’ एसपी चन्दले भने, ‘अर्कौ तर्फ वनका कर्मचारीले अटो चालु हालतमा थिएन बरु कवाड जस्तै थियो भन्ने दाबी गर्दै आएका छन्। यसबारे अनुसन्धान  हुन्छ।’

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी हिरासिंह महराले पनि पीडित महिला धनादेवी धामीले घटनाबारे जानकारी गराएको बताए।

‘ उहाँले आएर म माथि अन्याय भयो न्याय दिनुहोस भन्नु भयो,’ डिएसपी महराले भने ‘ म वन कार्यालयका प्रमुखलाई भेट्न जाँदै छु। जोर जवरजस्ती जो भएपनि कारबाहीको दायरामा आउँछन्।’

पीडित पक्ष र कर्मचारी दुबै पक्ष संग थप सोधपुछ तथा अनुसन्धान पछि कानुन हातमा लिएको भेटिए दोषीलाई कारबाही हुने उनले बताए।

कञ्चनपुरका आरक्ष पीडितको माग पुरा गर्ने लामिछानेको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) बाट विस्थापित पीडितको माग पुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

पीडितहरू सभापति लामिछानेलाई भेट्न सिंहदरबारस्थित संसद् भवनभित्र उनकै कार्यकक्षमा पुगेका थिए । भेटमा आरक्ष पीडितको टोलीले आफ्नो समस्या राखे । आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष प्रेमदत्त भट्टले शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा २०५८ सालमा आफूहरूलाई विस्थापित गरिएको स्मरण गराए । त्यसयता ३३ वटा आयोग बनिसके पनि समस्या समाधान नभएको, आयोगलाई दलीय भर्ती केन्द्र बनाएको र आफूहरू अझै सडक र खोला किनारमा अव्यवस्थित र असुरक्षित रूपमा बसिरहेको जानकारी गराए ।

भेटमा कञ्चनपुर २ का सांसद दिपक बोहरा पनि सहभागी थिए । बोहराले यो समस्या आफ्नो क्षेत्रमा विकराल रहेको भन्दै पहल गरिदिन सभापति लामिछानेलाई अनुरोध गरे ।

जवाफमा सभापति लामिछानेले शुक्लाफाँटा आरक्ष पीडितको समस्या जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता जनाए । त्यसक्रममा भेटमा सभापति लामिछानेले पीडितहरूलाई माग के हो, के गर्नुपर्‍यो भन्ने विषय ठोस रूपमा राख्न समेत आग्रह गरेका थिए ।

आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष भट्टले संख्या यकिन गरेको देवान विष्टको आयोगको प्रतिवेदन र जग्गा वा पैसा दिन सिफारिस गर्ने सुरेन्द्र बम आयोगको प्रतिवेदन कार्यान्वयन गराई आफूहरूको व्यवस्थापन गर्न अनुरोध गरेका थिए । भट्टले कञ्चनपुरका ९ वटै पालिकाले आरक्ष पीडितलाई कहाँ कहाँ जमिन दिन सकिन्छ भनेर ठाउँहरू सुझाएको पनि जानकारी गराए ।

पीडितबाट समाधानको उपाय सुनेपछि सभापति लामिछानेले ‘ल तपाईंको काम अब सुरु हुन्छ, ढुक्क हुनुस् । धेरै बोलेर होइन गरेर हुने कुरा हो । त्यो प्रतिवेदन खोजी गर्छौं, तुरुन्तै काममा लाग्छौं’ भनेका छन् ।

लगत्तै भूमिमन्त्री प्रतिभा रावल र वनमन्त्री गीता चौधरीलाई फोन गरेर सभापति लामिछानेले शुक्लाफाँटा आरक्षको समस्या तुरुन्त समाधान गर्न निर्देशन दिए । पीडितहरूलाई भूमि मन्त्रालयमा पठाए ।

सभापति लामिछानेलाई भेट्न आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष भट्टसहित पीडितहरू बासुदेव चौधरी, टेकराज पनेरु, जय रोकाया, कृष्ण भट्ट पुगेका थिए । यसैगरी रास्वपाका स्थानीय नेता पनि सहभागी थिए ।

संख्या यकिन गर्न अध्ययन टोली

सभापति लामिछानेले फोन गरेर निर्देशन दिएपछि भूमि मन्त्रालयले पीडितहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरेको अध्यक्ष भट्टले जानकारी दिए ।

भूमि मन्त्रालयमा वनमन्त्री गीता चौधरी पनि पुगिसकेकी थिइन् । भूमि मन्त्री रावल र चौधरीले पीडितहरूसँग छलफल गरेर पीडितको संख्या यकिन गर्न कर्मचारीको अध्ययन टोली बनाउने सहमति गरेका छन् ।

भूमिमन्त्री रावलले शुक्लाफाँटा आरक्ष समस्या समाधानका लागि संख्या यकिन गर्नुपर्ने देखिएको र यो भएपछि समाधान सहज हुने भन्ने प्रस्तावमा पीडितहरूले सहमति जनाएपछि भूमि मन्त्रालय, वन मन्त्रालय, नापी विभाग, निकुञ्ज विभागका कर्मचारीको अध्ययन टोली बनाएर १५ दिनभित्र टुंग्याउने बताइन् ।

‘१५ दिनको लागि कर्मचारीको अध्ययन टोली बनाउने, टोलीले संख्या यकिन गराउने, नक्कली मान्छेलाई हटाउने, वास्तविक पीडितलाई भित्र्याइ यकिन गरेर के कति जग्गा दिन सकिन्छ भनेर छलफल गर्ने कुरा भयो । टोलीले टुंग्याएर प्रतिवेदन दिएपछि अधिकारसम्पन्न शक्तिशाली आयोग बनाएर पुनर्स्थापना गर्ने प्रतिबद्धता मन्त्रीज्यूबाट आयो’ अध्यक्ष भट्टले भने । अध्ययन टोलीले आवश्यक पर्दा पीडित संघर्ष समितिलाई छलफलमा आमन्त्रण गर्ने सहमति पनि बनेको छ । मन्त्रीहरूसँगको छलफलमा कञ्चनपुर १ का सांसद जनकसिंह धामी पनि उपस्थित थिए ।

आरक्ष पीडितले यसअघि शुक्रबार उर्जामन्त्री विराजभक्त श्रेष्ठलाई पनि मन्त्रालयमा भेटेर आफ्नो समस्या समाधानका लागि मन्त्रिपरिषद्मा पहल गरिदिन अनुरोध गरेका थिए । मन्त्री श्रेष्ठले आफू राजनीतिक अभियानका क्रममा कञ्चनपुर जाँदा यो समस्याबारे थाहा पाएको भन्दै आफ्नो तर्फबाट सम्पूर्ण पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

फोहरबाट रोजगारी र आम्दानी

कैलाली- कैलालीको गोदावरी नगरपालिका–४ खैरानाका जङ्गबहादुर चौधरीले फोहर व्यवस्थापन क्षेत्रमा काम गर्न थालेको नौ वर्ष भएको छ। आठ वर्षसम्म नगरपालिकामार्फत फोहर व्यवस्थापन गर्दै आएका उनी अघिल्लो साउनदेखि गोदावरी नगरपालिकामा रहेको एकीकृत फोहर व्यवस्थापन केन्द्रमा कार्यरत छन्।

चौधरी अहिले फोहर छुट्याउने र व्यवस्थापन गर्ने काम गर्दै मासिक करिब रु १७ हजार आम्दानी गरिरहेका छन्। उनका अनुसार यस कामले रोजगारीको अवसर दिएको भए पनि फोहरसँगको प्रत्यक्ष सम्पर्क, दुर्गन्ध र स्वास्थ्य जोखिम भने निरन्तर चुनौतीका रूपमा रहेका छन्।

गोदावरी नगरपालिका–१० की प्रियङ्का जोराइला पनि विगत चार महिनादेखि सोही केन्द्रमा फोहर छुट्याउने र व्यवस्थापन गर्ने काम गर्दै आएकी छिन्। पहिले कपडा पसलमा काम गर्ने उनी अहिले मासिक करिब रु १६ हजार आम्दानी गरिरहेकी छिन्। उनीहरू जस्तै उक्त फोहर व्यवस्थापन केन्द्रमा करिब एक सय जनाले रोजगारी पाएकी छिन्।

गोदावरीमा मात्रै होइन, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा समेत फोहर व्यवस्थापनका माध्यमबाट स्थानीयले रोजगारी पाउँदै आएका छन्। यसरी सुदूरपश्चिमका स्थानीय तहहरूमा फोहर व्यवस्थापन अब केवल सरसफाइको काममात्र नभई रोजगारी र जीविकोपार्जनसँग पनि जोडिन थालेको छ। स्थानीयस्तरमै सृजना भएको यो रोजगारीले फोहरलाई समस्या होइन, अवसरका रूपमा उपयोग गर्न सकिने सम्भावनालाई थप स्पष्ट पारेको छ।

यही अभ्यासलाई अझ संस्थागत र प्रभावकारी बनाउन सुदूरपश्चिम प्रदेशका केही स्थानीय तहले वैज्ञानिक व्यवस्थापन, पर्याप्त लगानी र निजी क्षेत्रको सक्रिय सहभागितासहित फोहरलाई वातावरणीय जोखिमबाट आर्थिक अवसरमा रूपान्तरण गर्ने प्रयास अघि बढाएका छन्।

कैलालीको गोदावरी नगरपालिकामा सञ्चालित एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र यसैको उदाहरण हो। चौकीडाँडा महिला सामुदायिक वन क्षेत्रमा करिब रु एक अर्ब लागतमा निर्माण गरिएको यस केन्द्रमा फोहर छुट्याउने, प्रशोधन गर्ने र पुनः प्रयोग गर्ने प्रणाली सञ्चालनमा छ। यसले वातावरणीय प्रदूषण न्यूनीकरणसँगै दिगो फोहर व्यवस्थापनको आधार तयार गरेको छ।

नगर प्रमुख वीरेन्द्र भट्टका अनुसार स्रोतमै फोहर वर्गीकरण गर्ने अभ्यासले व्यवस्थापनलाई सहज बनाएको छ भने नगरपालिकाले यसबाट राजस्वसमेत प्राप्त गर्न थालेको छ। यस केन्द्रको सञ्चालनमा निजी क्षेत्रको सहभागिता पनि उल्लेखनीय छ। स्वच्छ वातावरण प्रालिले फोहर व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको छ।

कम्पनीका सञ्चालक गोविन्द रावलका अनुसार सङ्कलित फोहरमध्ये करिब ७० प्रतिशत पुनः प्रयोगयोग्य सामग्रीका रूपमा व्यवस्थापन गरिन्छ। कुहिने फोहरबाट जैविक मल उत्पादन गरिन्छ भने अन्य सामग्री पुनः प्रयोगका लागि पठाइन्छ। यसरी फोहरलाई सही ढङ्गले व्यवस्थापन गर्न सकिएमा यो समस्या होइन, अवसर बन्न सक्ने उनी बताउँछिन्।

कम्पनीले वार्षिक रूपमा नगरपालिकालाई राजस्व बुझाउने गरेको छ। कम्पनीको मासिक आम्दानी करिब रु २६ लाखसम्म पुग्छ। आम्दानी र खर्च  बराबरजस्तै भए पनि कम्पनीले एक सय व्यक्तिलाई रोजगारी प्रदान गर्दै आएको रावल बताउँछन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पनि एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रमार्फत यस्तै अभ्यास अघि बढाइएको छ। केन्द्र निर्माण हुनुअघि जङ्गल क्षेत्रमा फोहर व्यवस्थापन गरिँदै आएकामा एक वर्षअघि केन्द्र सञ्चालनमा आएपछि व्यवस्थापन कार्य सहज भएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले बताए।

दैनिक करिब छ टन फोहर सङ्कलन हुने अनुमानका आधारमा २० वर्षसम्म व्यवस्थापन गर्न सकिने गरी केन्द्र निर्माण गरिएको भए पनि हाल दैनिक करिब तीन टन मात्र फोहर सङ्कलन भइरहेको उनले जानकारी दिए। यस अवस्थालाई हेर्दा केन्द्रको आयु ४० वर्षसम्म पुग्न सक्ने नगरप्रमुख महराको भनाइ छ।

उनका अनुसार केन्द्र सञ्चालनपछि ट्याक्टर चलाउनेदेखि फोहर छुट्याउनेसम्मका काममा स्थानीयवासी नै संलग्न रहेका छन्, जसले रोजगारीको अवसर पनि सृजना गरेको छ। धनगढीमा २२ हेक्टर, शुक्लाफाँटामा पाँच बिघा र अत्तरियामा पाँच हेक्टर क्षेत्रफलमा यस्ता संरचना निर्माण भएका छन्। एसियाली विकास बैंक (एडिबी)को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत यी परियोजना अघि बढाइएका हुन्।

यता कैलालीको धनगढी उपमहानगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भइसकेको भए पनि सञ्चालनमा आउन बाँकी छ। तर उपमहानगरपालिकाले फोहर व्यवस्थापनका लागि विगतका वर्षहरूबाट नै निजी कम्पनीमार्फत ठेक्का लगाई आम्दानी गरिरहेको छ। उपमहानगरपालिकाले नकुहिने फोहरबाट आयआर्जन तथा कुहिने फोहरबाट मल बनाउने उद्देश्यका साथ २०८० साउनमा रु ३१ लाख ५५ हजार लगानीमा सुक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याएको थियो।

उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको उक्त केन्द्रलाई निजी कम्पनीमार्फत ठेक्का लगाई फोहर बिक्री गर्दै आएको उपमहानगरपालिकाको वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थी बताउँछन्। धनगढीको नन्दादेवी सेवा केन्द्रलाई आव २०८१/८२ मा रु ७२ लाखमा पाँच वर्षका लागि ठेक्का दिइएको छ। ठेकेदार कम्पनीसँग पहिलो वर्षको ठेक्का रकमअनुसार प्रत्येक वर्ष १० प्रतिशतले पाँच वर्षसम्म रकम वृद्धि गर्नेगरी ठेक्का सम्झौता गरेको अवस्थीले बताए।

यी अभ्यासहरूले फोहर व्यवस्थापनलाई केवल सरसफाइको विषयमा सीमित नराखी वातावरण संरक्षण र आर्थिक अवसरसँग जोड्न सकिन्छ। तर संवेदनशील वन क्षेत्रमा अझै पनि फोहर थुपारिने अभ्यास जारी रहनु चुनौतीपूर्ण देखिएको छ। फोहर व्यवस्थापनको समस्या केवल स्रोतको अभाव होइन, नीति कार्यान्वयन र दीर्घकालीन व्यवस्थापन दृष्टिकोणसँग पनि जोडिएको छ। रासस

नीति तथा कार्यक्रम बहुमतले पारित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि प्रदेश सभामा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।  प्रदेश सभाको शनिबार बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको हो । गत जेठ १८ गते प्रदेश प्रमुख नजिर मियाँले सरकारको वार्षिक नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए । मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रतिपक्षी दलले भने सरकारको नीति तथा कार्यक्रमप्रति असहमति जनाएका थिए ।

नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेको विषयमा जवाफ दिँदै मुख्यमन्त्री शाहले नीति तथा कार्यक्रमका सन्दर्भमा आएका सुझावलाई बजेट वक्तव्यमा समेट्ने बताए । उनले नीति तथा कार्यक्रमका सवालमा प्रदेश सभामा ठुला विमति वा असहमतिका शब्द नसुनिएको भन्दै सबैलाई धन्यवाद दिए ।

विपक्षी दलका नेताले नीति तथा कार्यक्रम मलेसिया र सिङ्गापुरको जस्तो भएको तर बजेट सुडान र सोमालिया जस्तो नहोस् भनेर टिप्पणी गरेका थिए । मुख्यमन्त्री शाहले थप्नुभयो, “साँच्चै भन्ने हो भने यो हामी सबैले नीति तथा कार्यक्रमको सन्दर्भमा प्रतिपक्षी दलका नेतासहित सम्पूर्ण प्रदेश सभा सदस्यले दिएका सुझावलाई गम्भीरतापूर्र्वक लिएको मुख्यमन्त्री शाहले बताए । उनले योजना आयोजना छनोट गर्दैैगर्दा प्रदेश सभा सदस्यले गरेको सहयोग, दिएको सुझाव अनुसार बजेट कार्यक्रम आउने प्रतिबद्धता जनाए ।

मुख्यमन्त्री शाहले कालापानी, रानीसैन घटनासहित ऐनमा भएका व्यवस्थापनका कुराको सन्दर्भमा, राजधानी निर्माणलगायतका विषयमा उठेका कुराबारे भोलिका दिनमा सबैसँग छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले प्रदेश सभामा उपस्थित भई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा प्रदेश प्रमुखलाई धन्यवाद पनि दिए ।

महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा सेना खटियो

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको उत्तरतर्फको ड्याम (गाइडबण्ड) पुनर्निर्माणमा शनिबारदेखि नेपाली सेना खटिएको छ।

गत वर्ष वैशाखमा सरकारले महाकाली पुल योजनालाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरी गाइडबण्ड निर्माण गरी भीमदत्त नगरपालिका क्षेत्रका तटीय बस्ती जोगाउन काम नेपाली सेनालाई दिएको थियो। शुक्रबारमात्रै पुल योजना र गत वर्ष बाढीले क्षति पुर्याएको गाइडबण्डको स्थलगत निरीक्षणका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल यहाँ आइपुगेका थिए। लगत्तै सरकारले क्षति भएको गाइडबण्ड पुनर्निर्माण गर्न र वर्षातका कारण हुनसक्ने सम्भावित क्षति कम गर्न पुनः शनिबारदेखि नेपाली सेना खटाएको हो।

गाइडबण्ड क्षति भएको स्थलमा सडक डिभिजन कार्यालय कञ्चनपुरको अगुवाइमा सैनिक जनशक्ति उक्त योजनामा परिचालन भएको छ। सो क्रममा नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकका बाहिनीपति सहायकरथी बिजितराज रेग्मीसहित सैनिक प्राविधिक टोली क्षतिग्रस्त क्षेत्रको अवस्थाका बारेमा जानकारी लिनसमेत पुगिसकेको छ।

बाहिनीले योजनास्थलमा तत्कालको क्षति न्यूनीकरण गरी थप क्षति हुन नदिन, चार लेनको पुल संरक्षण तथा तटीय क्षेत्रको बस्ती जोगाउन काम थालिसकेको छ। त्यसका लागि सुदूरपश्चिम पृतनाअन्तर्गत विभिन्न ठाउँबाट सेनाको टोली यहाँ आउने क्रम सुरु भइसकेको छ।

क्षतिग्रस्त गाइडबण्ड क्षेत्रको अनुगमनका क्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले डिभिजन सडक कार्यालयलाई तत्काल पुनर्निर्माणको काम थाल्न आवश्यक सहयोग स्थानीयस्तरबाट लिन आग्रह गरे। ‘टिपरलगायतका सामग्रीका लागि स्थानीयस्तरबाट पनि सहयोग लिन सकिन्छ’, उनले भने, ‘जनशक्ति सहयोग सेनाबाट पूर्ण रूपमा रहन्छ।’

गत वर्ष पनि सेनालाई दिइएको जिम्मेवारी पूरा गरेका कारण महाकाली नदीले गाइडबण्डमा क्षति धेरै गर्न पाएन। यस वर्ष पनि दिइएको जिम्मेवारीअनुरुप गाइडबण्डको संरक्षण र थप क्षति हुन नदिने गरी सेना खटिएको छ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख राजेशकुमार यादवले गत वर्षको बाढीले गाइडबण्डको करिब ३०० मिटरमा क्षति पुर्याएको बताए। ‘क्षति पुर्याएको ठाउँमै केन्द्रित भएर सैनिक टोली पुनर्निर्माणमा खटिएको छ’, उनले भने, ‘त्यसका लागि मेसिनरी र प्राविधिक सहयोग हाम्रो रहन्छ, जनशक्ति सेनाबाट उपलब्ध भएको छ।’

पक्की पुलको ९५ प्रतिशत निर्माण सकिए पनि गाइडबण्डको नयाँ डिजाइन स्वीकृति र भेरियसन अर्डर (भिओ)को विषय किनारा नलागेपछि निर्माण कम्पनी कामबाट गत वर्षदेखि बाहिरिएको छ। पुल निर्माण व्यवसायी र सडक विभागबीचको मुद्दा अहिले मध्यस्त न्याधीकरणमा (आर्बिट्रेसन) मा छलफलमा रहेको छ। -रासस

फिफा विश्वकप:अस्ट्रेलियाको विजयी सुरुवात

काठमाडौं । अस्ट्रेलियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ । क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा आइतबार बिहान भएको खेलमा टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो ।

अस्ट्रेलियाको जितमा नेस्टोरी इरानकुन्डा र कोनर मेटाकाल्फले एकएक गोल गरे । खेलको २७औं मिनेटमा नेस्टोरीले गोल गर्दै अस्ट्रेलियालाई पहिलो अग्रता दिलाएका थिए ।

७५औं मिनेटमा अस्ट्रेलियाका कोनरले गोल गर्दै अग्रता दोब्बर बनाए । ६० प्रतिशतभन्दा बढी बल पोजिसन राखेपनि टर्कीले गोल गर्न सकेन । खेलका क्रममा टर्कीले दुई दर्जन बढी अवसर पाएको थियो । तर, सफल भएन ।

यो जितसँगै अस्ट्रेलिया समूह ‘डी’ मा ३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । उक्त समूहमा समान ३ अंक रहेको आयोजक अमेरिका गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । टर्की र पाराग्वे अंकविहीन छन् ।

यसअघि आजै भएका खेलमा स्कटल्यान्डले हाइटीलाई हराउँदा लमा कतार र स्विट्जरल्यान्ड तथा मोरक्को र ब्राजिलले एक–एकको बराबरी खेलेका थिए ।

आजको अन्तिम खेल राति पौने ११ बजे जर्मनी र कुराकाओबीच हुने तालिका छ ।

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाण्डौ- परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिने भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन् ।
हालै भारतको तीन दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चार दिने भ्रमणका लागि आज बिहान चीन गएका हुन् । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी बेइजिङ गएका हुन् ।

मन्त्रालयकाअनुसार मन्त्री खनालले बेइजिङमा भोलि आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन् । साथै नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई अगाडि बढाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ । मन्त्री खनालले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्नेछन् ।
भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्न बेइजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनेछन् । उनले चिनियाँ व्यापारिक समुदायसँग अन्तरक्रिया गर्नेछन् । परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ र नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुने मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्री खनाल असार ३ गते स्वदेश फर्कनेछन् । यसअघि मन्त्री खनालले गएको जेठ २२ देखि २४ गतेसम्म तीन दिन भारत भ्रमण गरेका थिए । नेपाली भूमि लिपुलेक क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणका बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ ।

तोलामा १२ सयले बढ्यो सुन

काठमाडौँ । स्थानीय बजारमा आज (आइतबार) सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पहेँलो धातु (सुन) को मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको हो।

नयाँ मूल्य सूची अनुसार गत शुक्रबार प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि प्रतिऔँस र अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण २ लाख ९३ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ।

यसै गरी आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी तोलामा ५५ रुपैयाँले बढेको छ। गत शुक्रबार प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४ हजार ८९५ रुपैयाँ कायम भई किनबेच भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार २१० अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेर नयाँ रेकर्ड कायम हुन थालेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको हो।

 

फिफा विश्वकप : पहिलो हाफमा अस्ट्रेलियाको अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार भइरहेको खेलमा अस्ट्रेलियाले अग्रता लिएको छ । खेलको २७ औं मिनेटमा अष्ट्रेलियाका इरानकुन्डाले टीमको लागि पहिलो गोल दिलाएका छन् ।

समूह ‘डी’ रहेका अस्ट्रेलिया र टर्कीएबीच भइरहेको छ । अहिले पहिलो हाफ सकिएको छ ।

जारी खेलमा अष्ट्रेलियाको प्लेईङ सेटमा १० खेलाडीले पहिलो पटक फिफा विश्वकप खेलिरहेका छन् । सन् २००६ मा पनि जापानसँगको ओपनिङ खेलमा अष्ट्रेलियाका ११ जना नै खेलाडीले विश्वकप डेब्यू गरेका थिए ।

जारी खेलमा अष्ट्रेलियाको प्लेईङ सेटमा १० खेलाडीले पहिलो पटक फिफा विश्वकप खेलिरहेका छन् । सन् २००६ मा पनि जापानसँगको ओपनिङ खेलमा अष्ट्रेलियाका ११ जना नै खेलाडीले विश्वकप डेब्यू गरेका थिए ।

एसियाली महादेश अन्तर्गत फीफा विश्वकपमा छनौट भएको अष्ट्रेलियाले अहिलेसम्म विश्वकपका आफ्ना सुरुवाती ६ खेलमध्ये ५ वटामा हार ब्योहोरेको छ । पछिल्लो पटक सन् १९७४ मा जितेको थियो । सन् २००६ यताका विश्वकपमा खेलेका १७ खेलमध्ये १० वटामा हारेर सर्वाधिक हारको खराब रेकर्ड समेत अष्ट्रेलियाकै नाममा छ

 

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, शुक्लाफाँटाका किसान चिन्तित

कञ्चनपुर । रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन् । रोगका कारण बेर्ना जलेको जस्तो देखिने, पहेँलो हुँदै सुक्ने तथा नष्ट हुने समस्या बढ्दै गएको हो ।

स्थानीय पिपलाँडीका किसान जोखुराम चौधरीले रोगका कारण धानको बेर्नामा क्षति भएपछि रोपाइँ गर्न नपाइने हो कि भन्ने चिन्ता बढेको बताए । “बेर्ना जलेको जस्तो देखिने र बिस्तारै सुक्दै जाने समस्या देखियो”, उनले भने, “पहिलोपटक तयार गरेको बेर्ना अधिकांश नष्ट भएपछि पुनः बीउ छर्नुपरेको छ । रोपाइँ सुरु हुने बेला फेरि बेर्ना तयार गर्नुपर्ने अवस्था आएको छ ।” उनका अनुसार समयमा रोग पहिचान गरी नियन्त्रण गर्न नसकिए रोपाइँ प्रभावित हुनुका साथै उत्पादनमा असर पर्ने देखिन्छ ।

नगरपालिकाका कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरले पछिल्ला दिनमा बेर्नामा रोग लागेको गुनासो लिएर आउने किसानको सङ्ख्या बढ्दै गएको बताए । धानको बेर्नामा ढुसीजन्य रोग देखिएकाले किसानलाई सतर्क रहन र आवश्यक प्राविधिक परामर्शका लागि कृषि विकास शाखामा सम्पर्क गर्न आग्रह गरिएको उनले जानकारी दिए ।

“नगरको प्रमुख खाद्यान्न बाली धान हो”, बुढाऐरले भने, “बेर्नामा समस्या देखिएकाले त्यसलाई नियन्त्रण नगरी रोपाइँ गर्दा उत्पादनमा ठुलो असर पर्न सक्छ, त्यसैले किसानलाई सचेत गराउने र रोग व्यवस्थापनका उपायबारे जानकारी दिने काम गरिरहेका छौँ ।”

रोग नियन्त्रणका लागि ‘कार्बेन्डाजिम’ र ‘म्यान्कोजेब’ विषादी दुई दशमलव पाँच ग्रामका दरले प्रतिलिटर पानीका मिसाएर बेर्ना राम्रोसँग भिज्ने गरी छर्कन उनले सुझाव दिए । सात–सात दिनको अन्तरालमा उक्त विषादी प्रयोग गर्न सकिने उनको भनाइ छ ।

रोग फैलिन नदिन नियमित अनुगमन, प्राविधिक परामर्श तथा आवश्यक व्यवस्थापनका उपाय अपनाउन कृषि विकास शाखाका प्रमुख बुढाऐरले किसानलाई आग्रह गरे । समयमा रोगको पहिचान गरी उपचार गर्न सके बेर्नालाई थप क्षति हुनबाट जोगाउन सकिने उनले बताए । धानखेतीको मुख्य याम सुरु भइसकेका बेला बेर्नामा ढुसीजन्य सङ्क्रमण देखिएपछि किसान उत्पादन घट्ने चिन्तामा परेका छन् ।

गोदावरी वन क्षेत्रबाट गुल्टाइएको टेम्पुबारे वन कार्यालयले दियो यस्तो प्रस्टीकरण

धनगढी । डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका वडा नं. ४ स्थित चुरे वन क्षेत्रमा भएको अतिक्रमण हटाउने क्रममा टेम्पु भीरबाट खसालेको भन्ने सामाजिक सञ्जालमा फैलिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा दाबी गरिएजस्तो उक्त टेम्पु गुड्ने वा चालु हालतमा रहेको सवारी साधन नभई, केबल वन क्षेत्र अतिक्रमण गरी पसल सञ्चालन गर्न राखिएको एउटा गुड्न नमिल्ने कवाडी संरचना मात्र रहेको प्रस्ट पारेको छ।

विज्ञप्ति अनुसार गोदावरी सामुदायिक वनको गाईमारे चुरे वन क्षेत्र, जो अत्यन्त संवेदनशील र कमजोर वातावरणीय प्रणाली भएको क्षेत्र हो, त्यहाँ विगत लामो समयदेखि अवैध रूपमा खोका(छाप्राहरू बनाएर सरकारी जमिन कब्जा गर्ने र बेचबिखन गर्ने क्रम चल्दै आएको थियो। सोही क्रममा विगत ५ महिना अगाडि देखि पुनः अवैध संरचनाहरू खडा गरिएका थिए।

उक्त क्षेत्रमा घनश्याम धामीले चक्का र इन्जिन नभएको, धकेलेर सार्न समेत गाह्रो हुने फलामे अस्थिपञ्जर  ल्याएर पसलको टहराको रूपमा स्थापना गरेका थिए। वन कार्यालयले एक महिना अगाडि नै उक्त संरचना हटाउन निर्देशन दिएको थियो। अन्य १० वटा छाप्राहरू हटे पनि धामीले भने अटेर गर्दै आएका थिए।

यसअघि वन कर्मचारीहरूले उक्त ट्याम्पोको ढाँचालाई धकेलेर निजको घरसम्म पुर्‍याई दिएको भए तापनि धामीले पुनः सोही ठाउँमा ल्याई पसल सञ्चालन गरेको र हटाउन खोज्दा गालीगलौजमा उत्रिएको विज्ञप्तिमा उल्लेख छ।

शुक्रबार वन टोलीले पुनः अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको थियो। सो क्रममा गुड्न नसक्ने उक्त कवाडी ट्याम्पोलाई बल प्रयोग गरी पन्छाउन खोज्दा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण सो अस्थिपञ्जर अनियन्त्रित भई दुर्घटना बस भीरबाट खस्न पुगेको कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालय कैलालीले कानुन बमोजिम गरिएको वन संरक्षणको कार्यलाई अतिरञ्जित र भ्रामक ढंगले प्रचारप्रसार नगर्न तथा सत्य तथ्य बुझिदिन आम नागरिकलाई हार्दिक अनुरोध गरेको छ।

111

गृहमन्त्रीको जोस ठिक छ, तर काम भएन भने सडक हाम्रै हो : कुलमान

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्ड, मदन भण्डारी र सुशील कोइरालाको शंकास्पद निधनबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले वर्षौँदेखि रहस्यकै गर्भमा रहेका यी काण्डहरूको सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका हुन्।

अध्यक्ष घिसिङले सरकारले राजदरबार हत्याकाण्डको छानबिन प्रक्रिया अघि बढाए आफ्नो पार्टीले त्यसको स्वागत गर्ने बताए। ‘राजदरबार हत्याकाण्डको मात्र होइन, जननेता मदन भण्डारीको हत्याको पनि गहिरो छानबिन हुनुपर्छ,’ उनले भने, ‘पटक-पटक एउटै दलको राष्ट्रपति र प्रधानमन्त्री हुँदा पनि मदन भण्डारीको निधनबारे किन अहिलेसम्म सत्यतथ्य बाहिर आउन सकेन ?’

उनले सहकारी ठगी प्रकरणमा मुछिएका जीवी राईलाई तत्काल नेपाल झिकाएर वास्तविकता सार्वजनिक गर्न माग गरे। राईलाई नेपाल ल्याउन कसैले नरोकेको दाबी गर्दै घिसिङले उनलाई ल्याएर बोल्न दिनुपर्ने बताए।

उनले थपे, ‘जीवी राईलाई ल्याएर वास्तविकता खोल्न दिनुपर्छ। उनलाई ल्याउन कसले रोकेको छ जस्तो मलाई लाग्दैन।’

अध्यक्ष घिसिङले निर्मला पन्त हत्याकाण्डको छानबिन र पूर्वप्रधानमन्त्री सुशील कोइरालाको शंकास्पद निधनबारे पनि छानबिन हुनुपर्ने धारणा राखे। साथै, टिकपुर विद्रोहपछि गठित लाल आयोगको प्रतिवेदन हालसम्म पनि सार्वजनिक नगरिएकोमा आपत्ति जनाउँदै उनले सो प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए।

दुई-तिहाइको शक्तिशाली सरकार हुँदा पनि संसद अवरुद्ध हुनु र सुशासनको अनुभूति नहुनु दुःखद भएको उनको टिप्पणी छ। घिसिङले भने, ‘अहिलेको सरकार सुशासन र समृद्धिका लागि द्रुत गतिमा अघि बढ्नुपर्नेमा संसद नै अवरुद्ध हुनु दुर्भाग्यपूर्ण छ। यसमा सरकार पक्षले पनि प्रतिपक्षको कुरा सुन्नुपर्छ र प्रतिपक्षले पनि आफ्नो जिम्मेवारी बुझ्नुपर्छ।’

आगामी आर्थिक वर्षको बजेटको आलोचना गर्दै घिसिङले यसले निम्न र मध्यम वर्गीय जनतालाई मारमा पारेको बताए। विद्युतीय सवारी साधन (ईभी) मा कर बढाउने र पेट्रोलियम पदार्थको आयात प्रोत्साहन गर्ने नीति ल्याएको भन्दै उनले सरकारको आलोचना गरे।

‘विदेशी आयातमा निर्भरता बढाउने र स्वदेशी उत्पादनलाई निरुत्साहित गर्ने बजेटले देशलाई समृद्ध बनाउँदैन,’ उनले भने ‘हामी विरोधी मात्र होइनौँ, यो सरकारका समर्थक पनि हौँ। तर सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन भने सडक खाली छ, हामी नेतृत्व गर्न तयार छौं,’ उनले चेतावनी दिए।

ब्राजिल र मोरक्कोबीच रोमाञ्चक भिडन्तको अपेक्षा

एजेन्सी – ब्राजिलले विश्वकप अभियानको सुरुआत २०२२ सेमिफाइनलिस्ट मोरक्कोविरुद्ध गर्दैछ।

विश्वकपको सबैभन्दा प्रतिष्ठित राष्ट्रिय टोली ब्राजिलले इतिहासमा प्रायः ५ संस्करणभित्र उपाधि जित्ने गरेको छ। तर यसपटक कार्लो एन्सेलोट्टीको टोली प्रमुख दाबेदार होइन र मोरक्कोविरुद्ध कठिन सुरुआत सामना गर्नुपर्नेछ।

स्पेन, फ्रान्स र इंग्ल्यान्डलाई ब्राजिलभन्दा उपाधि जित्ने सम्भावना बढी मानिएको छ। अर्जेन्टिना र पोर्चुगल पनि धेरैले ब्राजिलभन्दा अघि राखेका छन्। यस्तो अवस्था ब्राजिलका लागि असामान्य हो।

यसपटक ब्राजिलले दक्षिण अमेरिकी छनोटमा पाँचौँ स्थानमा रहेर विश्वकपमा स्थान बनाएको थियो। दोस्रो स्थानभन्दा केवल एक अंकले पछाडि भए पनि शीर्ष स्थानभन्दा १० अंकले पछि रहनु कमजोर प्रदर्शनको संकेत हो।

एन्सेलोट्टीको चुनौती र नेयमारको प्रभाव

प्रशिक्षक कार्लो एन्सेलोट्टीको मुख्य चुनौती राफिन्हा र भिनिसियस जुनियरजस्ता स्टार खेलाडीहरूलाई व्यक्तिगत प्रदर्शनसँगै टोलीका लागि पनि खेलाउन प्रेरित गर्नु हो। एन्सेलोट्टी खेलाडी व्यवस्थापनमा माहिर मानिन्छन्, तर यो टोली पहिलेका ब्राजिल टोलीभन्दा कमजोर देखिन्छ।

ब्राजिलको सफलतामा नेयमारको भूमिका निर्णायक हुनेछ। उनी चोटबाट पूर्ण रूपमा फिट नभई प्रतियोगितामा प्रवेश गर्दैछन् र समूह चरणमा बिस्तारै प्रयोग गरिने सम्भावना छ।

उनको उपस्थिति वा अनुपस्थितिले टोलीको संरचना, मिडिया दबाब र समर्थकको विश्वासमा ठूलो प्रभाव पार्नेछ। ब्राजिलले २४ वर्षदेखि विश्वकप जित्न सकेको छैन।

मोरक्कोको चुनौती

मोरक्कोले आफूलाई अस्थायी सफलता पाएको टोली होइन भन्ने प्रमाणित गरिसकेको छ। उनीहरू पछिल्ला वर्षहरूमा मात्र एक खेल हारेका छन्।

यद्यपि त्यसमा एउटा विवाद पनि थियो—यदि अफ्रिकन कप अफ नेसन्सको फाइनल निर्णय उल्ट्याइएको नहुँदो हो भने उनीहरूको हार दुई हुन्थ्यो।

तर समग्रमा मोरक्कोको प्रदर्शन निकै प्रभावशाली छ।विश्वकपमा चौथो स्थान, अफ्रिकन कपमा अन्तिम १६ र अर्को संस्करणमा फाइनलसम्मको यात्रा।

मोरक्कोले विश्वकप सेमिफाइनल पुगेर इतिहास बनाएको छ र अब त्यो उपलब्धि दोहोर्याउने दबाबमा छ।
टोलीका नयाँ प्रशिक्षक मोहम्मद ओवाहबी हुन्। उनले मार्चमा जिम्मेवारी सम्हालेका थिए। उनले यु २० विश्वकप जिताइसकेका छन्, तर वरिष्ठ टोलीसँगको अनुभव नयाँ छ।

पछिल्लो प्रदर्शन

ब्राजिलले पानामालाई सहज रूपमा हराएको थियो र इजिप्टलाई पनि पराजित गरेको थियो। मोरक्कोले मेडागास्करलाई हराएको थियो र नर्वेसँग बराबरी खेलेको थियो।

टोलीको अपडेट

ब्राजिलका वेस्ली इजिप्टविरुद्ध घाइते भएर बाहिरिएका छन्। नेयमार भने हालै मात्र प्रशिक्षणमा फर्किएका छन्।
मोरक्कोका अब्देसामद एज्जाल्जुली र नायेफ अगुएर्ड चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन्।

मुख्य खेलाडी

ब्राजिलको मिडफिल्डमा ब्रुनो गुइमाराएस मुख्य खेलाडी हुन्। उनले पछिल्लो वर्ष युरोपका शीर्ष मिडफिल्डरमध्ये उच्च स्तरको प्रदर्शन गरेका छन्। बल नियन्त्रण, अवसर सिर्जना र रक्षात्मक योगदानमा उत्कृष्ट छन्।

समूहमा अझै सहज खेल बाँकी भएकाले दुवै टोलीले सुरुआती खेलमा अत्यधिक जोखिम नलिने सम्भावना छ। त्यसैले रोमाञ्चक बराबरीको अपेक्षा गरिएको छ।

जलवायु परिवर्तनले निःसन्तानपन २० प्रतिशत बढायो : विज्ञ

काठमाण्डौ- जलवायु परिवर्तनले मानव प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पुर्‍याउन थालेको छ । प्रजनन तथा आईभीएफ विशेषज्ञ डा। रश्मी श्रीशका अनुसार विश्वभर निःसन्तानपनको दर बढ्दै गएको छ, र यसको प्रमुख कारण जलवायु परिवर्तन र वातावरणीय असन्तुलन रहेको छ ।

चीनमा भएको अध्ययनले प्रजनन समस्याका कुल घटनामध्ये २० प्रतिशतमा जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको देखाएको छ । बढ्दो तापक्रम, वायु प्रदूषण, रासायनिक पदार्थ र प्लास्टिकको प्रयोगले महिलामा अनियमित महिनावारी र छिटो मेनोपज, तथा पुरुषमा शुक्रकीटको संख्या र गुणस्तरमा कमी ल्याउने गरेको छ ।

विश्वमा हरेक ६ दम्पतीमध्ये एक निःसन्तानपनबाट प्रभावित छन्, नेपालमा पनि उस्तै अनुपात रहेको अनुमान छ । डा.श्रीशले यसलाई व्यक्तिगत समस्या नभई सार्वजनिक स्वास्थ्य मुद्दाका रूपमा हेर्नुपर्ने र सरकारले एकीकृत अध्ययन तथा नीति निर्माण गर्नुपर्ने जोड दिए ।

चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावी परिणामलाई लिएर हार नमानेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले चुनावमा सोचेजस्तो परिणाम नआए पनि हार नमानेको भन्दै पार्टीलाई थप बलियो र देशव्यापी बनाएर लैजाने बताए ।

उनले पछिल्लो निर्वाचन आफूहरूका लागि अनुभव र सिकाइ भएकाले यो सफलताका लागि पहिलो खुट्किलो भएको धारणा राखे ।

जनताको विश्वास र माया आफूहरू नगुमाएको भन्दै उनले आगामी दिनमा जनताको विश्वासलाई नै शक्तिमा परिणत गर्ने बताए ।

उनले सदस्यता वितरण गर्नको लागि अभियानको रूपमा नै अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट थाल्यो सुझाव संकलन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव संकलन सुरु गरेको छ ।

गत फागुन २१ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन आवश्यक रूपान्तरण तथा पुनर्गठनका विषयमा सुझाव संकलन गर्न कार्यदल गठन गरिएको थियो ।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार कार्यदलले आज वाग्मती प्रदेश संगठन कमिटीको समन्वयमा काठमाडौंबाट सुझाव संकलन अभियान सुरु गरेको हो । वाग्मती प्रदेश संगठन कमिटीको बैठक शुक्रबारदेखि सुरु भएको र बैठकपछि सुझाव संकलनका लागि भेला आयोजना गरिएको उनले जानकारी दिए ।

गत जेठ १० गते सम्पन्न एमाले सचिवालयको आठौँ बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो ।

जेठ २६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको कार्यदलको पहिलो बैठकले प्रदेशस्तरमा सुझाव संकलन गर्ने कार्यतालिका निर्धारण गरेको थियो ।

कार्यतालिकाअनुसार असार २ गते कोसी प्रदेश, असार ४ गते लुम्बिनी प्रदेश, असार ६ गते सुदूरपश्चिम प्रदेश, असार ८ गते कर्णाली प्रदेश, असार ११ गते गण्डकी प्रदेश, असार १३ गते मधेस प्रदेश तथा असार १६ गते राजधानी विशेष प्रदेश र असार १७ गते सम्पर्क समन्वय विशेष प्रदेशमा सुझाव संकलन गरिनेछ ।

प्रदेशस्तरीय भेलामा सम्बन्धित भौगोलिक क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला तहका पदाधिकारी सहभागी हुनेछन् ।

कार्यदलले असार १८ गते जनसंगठन तथा असार १९ गते केन्द्रीय विभाग प्रमुख र विभिन्न निकायका पदाधिकारीसँग पनि सुझाव संकलन गर्नेछ । -रासस

प्रधानमन्त्रीको सीमासम्बन्धी हर्कले रविलाई पठाए यस्तो पत्र

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खुला पत्र लेखेका छन्।

उनले लामिछानेलाई खुलापत्र लेख्दै प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको छ भनेर दिएको अभिव्यक्तिमा पार्टीको धारणा सार्वजनिक गर्न माग गरेका हुन्।

पत्रमा उनले लेखेका छन्, ‘मिति २०८३।२।१७ गते बसेको प्रतिनिधिसभाको बैठकमा तपाईंको पार्टी सदस्य तथा नेपाल सरकारको प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूले सोधेका प्रश्नहरूको उत्तर दिने क्रममा ‘नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनुभएको सम्बन्धमा तपाईंको पार्टीको आधिकारिक धारणा के हो? सो सार्वजनिक गरिदिन यो खुलापत्र मार्फत अनुरोध छ।’

May be an illustration of diary, map and text

बाजुरा र हुम्लाको सीमा विवाद : सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो

बाजुरा । बाजुरा र हुम्लाको सीमा विवाद नटुङ्गिएपछि सो क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको छ । गत जेठ २७ गते लाम्पाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली शनिबार सम्बन्धित स्थानमा पुगेको हो ।

सो स्थानमा अब अस्थायी सुरक्षा वेश स्थापनाको गरिने भएको छ । सो अस्थायी सुरक्षा वेशमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन  दिइने र आवश्यकता अनुसारको समन्वय समेत प्रधान कार्यालय बाट नै हुनेछ ।

सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा टोली सो ठाउँमा खटिएको हो । केही दिन यता सो क्षेत्रमा सीमा विवाद चर्किएको थियो ।

शुक्रवार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले दुई जिल्लाको सीमा स्थित बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–३ लाम्पाटामा नेपाल प्रहरी र सशस्त्रको ‘केन्द्रीय संयुक्त सुरक्षा बेस’ राख्ने निर्णय गरेको थियो ।

फिफा विश्वकप : अमेरिकाको विजयी शुरुआत, पाराग्वे ४–१ गोलले पराजित

फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजयी शुरुआत गरेको छ । लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई ४–१ गोलले हराएको हो । खेलको पहिलो हाफमै अमेरिकाले ३ गोल गर्यो । खेलको ७ औँ मिनेटमा पाराग्वेका डेमियन बोबाडिल्लाको उपहार गोलबाट अमेरिकाले अग्रता लिएको थियो ।

त्यसपछि ३१औं मिनेटमा फोलारिन बालोगुनले गोल थपे । पहिलो हाफको इन्जुरी समयमा फोलारिनले नै व्यक्तिगत दोस्रो गोल गर्दे अमेरिकाको अग्रतालाई तेब्बर बनाए । खेलको अन्तिम मिनेटमा अमेरिकाका जियोभन्नी रियानले गोल थपे ।

पाराग्वेका लागि मौरिसियोले ७३ औँ मिनेटमा एक गोल फर्काए । घरेलु भूमिमा ३२ वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरुआत गरेको हो ।

विश्वकप फुटबलमा आज मध्यराति पौने १ बजे कतार र स्वीजरल्याण्ड, पौने ४ बजे ब्राजिल र मोरक्को तथा भोलि बिहान पौने ७ बजे हाइटी र स्कटल्याण्डले खेल्दैछन् । विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सहआयोजक क्यानडाले बोस्निया एन्ड हर्जगोभिनासँग एक/एक गोलको बराबरी खेलेको छ । –एजेन्सी


फिफा विश्वकपमा अधिक कार्बन उत्सर्जनको चिन्ता

काठमाडौं । यस वर्षको फिफा विश्वकप फुटबल हालसम्मकै धेरै कार्बन उत्सर्जन गर्ने प्रतियोगिता हुनसक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

म्यानचेस्टर विश्वविद्यालय, लाफबोरो विश्वविद्यालय र ब्रिस्टल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले सन् २०२६ को फिफा विश्वकप हालसम्मकै अधिक कार्बन उत्सर्जन गर्ने प्रतियोगिता हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

‘फुटबल र जलवायु परिवर्तन’ शीर्षकको अध्ययन प्रतिवेदनमा उनीहरूले प्रदूषण रंगशाला सञ्चालन वा दर्शकहरूको आवागमनबाट मात्र नबढ्ने, बरु प्रतियोगिताको समग्र संरचनासँग सम्बन्धित हुने उल्लेख गरेका छन् ।

यसको मुख्य कारण प्रतियोगिताको अभूतपूर्व विस्तार, खेल हुने शहरहरूको व्यापक भौगोलिक दूरी तथा त्यसबाट बढ्ने हवाई यात्रालाई ठानिएको छ । किनभने फुटबल अब खेलमा मात्र सीमित नरही विशाल व्यावसायिक तथा आर्थिक हितसँग जोडिएको क्षेत्र बनेको छ ।

सन् २०२६ को पुरुष विश्वकप फुटबल संयुक्त रूपमा अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गरेका छन् । पहिलो पटक प्रतियोगितामा ४८ टोली सहभागी छन् र कुल १०४ खेल खेलाइनेछन् । यी खेलहरू उत्तर अमेरिकाभर फैलिएका १६ फरक–फरक शहरमा आयोजना हुँदैछ ।

यसअघि २०२२ मा कतारमा सम्पन्न विश्वकपमा ३२ टोली सहभागी थिए र ६४ खेल मात्र खेलाइएका थिए । त्यसको तुलनामा २०२६ को संस्करण निकै ठूलो भएकाले यात्रा, ऊर्जा खपत तथा अन्य स्रोतको प्रयोग पनि उल्लेखनीय रूपमा बढ्ने निश्चित छ । खेलहरू विशाल भौगोलिक क्षेत्रफलमा फैलिएका शहरहरूमा आयोजना गरिएकाले खेलाडी, अधिकारी, सञ्चारकर्मी तथा लाखौं दर्शकले लामो दूरीको यात्रा गर्नुपर्नेछ ।

विशेष गरी हवाई यात्राको मात्रा उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ, जुन कार्बन उत्सर्जनको सबैभन्दा ठूलो स्रोतहरूमध्ये एक मानिन्छ ।

प्रतिवेदनले फुटबलको बढ्दो विश्वव्यापीकरण र अन्तर्राष्ट्रिय प्रतियोगिताको विस्तार वातावरणीय दृष्टिले चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरेको छ ।

कैलालीमा वन अतिक्रमण हटाइयो, ४७ संरचना भत्काइए

कैलाली । कैलालीको विभिन्न वन क्षेत्रमा गरिएको अतिक्रमण हटाउने अभियानअन्तर्गत शुक्रबार ४७ वटा कच्ची तथा पक्की संरचना भत्काइएको छ ।

करिब ३५ हेक्टर वन क्षेत्रमा बनाइएका संरचना भत्काइएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत राम विचारी ठाकुरले जानकारी दिए । उनका अनुसार डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत जिवक्ष यादवको नेतृत्वमा खटिएको टोलीले जिल्लाको गोदावरी नगरपालिकाअन्तर्गत भिमदत्त राजमार्ग आसपास वन अतिक्रमण गरी बनाइएका घर, टहरा र अन्य संरचना भत्काइएको हो ।

भ्यागुते पानी, बासपानी र गोदावरी क्षेत्र आसपासका वन क्षेत्रमा लामो समयदेखि अवैध रूपमा निर्माण गरिएका संरचना हटाइएको र वन क्षेत्रलाई अतिक्रमणमुक्त बनाइएको उनले बताए । “वन क्षेत्रको संरक्षण, सीमाङ्कन कार्यलाई प्रभावकारी बनाउने तथा अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो”, ठाकुरले भने ।

अतिक्रमण हटाउने अभियानमा डिभिजन वन कार्यालय कैलालीका १० वटै सव–डिभिजन वन कार्यालयका कर्मचारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली गरी २०० जनाको हाराहारीमा जनशक्ति परिचालन गरिएको थियो ।

यसअघि पनि अत्तरिया आसपासका क्षेत्र तथा डिभिजन वन कार्यालय कैलालीअन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्ग छेउमा बनाइएका संरचना हटाइएको थियो । वन क्षेत्रभित्र अवैध रूपमा निर्माण गरिएका कच्ची घर, टहरा तथा अन्य संरचनाले वन संरक्षण र जैविक विविधतामा नकारात्मक असर पार्दै आएको भन्दै अतिक्रमण हटाउनु आवश्यक रहेको ठाकुर बताए ।

डिभिजन वन कार्यालय कैलालीले वन क्षेत्रको दीर्घकालीन संरक्षणका लागि नियमित अनुगमनसँगै अतिक्रमण पुनः नदोहोरियोस् भन्ने उद्देश्यले निगरानी थप कडा बनाइएको जनाएको छ ।कैलाली वन अतिक्रमणको दृष्टिकोणले देशकै सबैभन्दा संवेदनशील जिल्लामध्ये एक मानिन्छ ।

महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार देशभर अतिक्रमणमा परेको करिब एक लाख चार हजार हेक्टर वन क्षेत्रमध्ये ३८ प्रतिशतभन्दा बढी हिस्सा कैलालीमा मात्र रहेको छ, जुन करिब ३८ हजार ४० हेक्टर हुन आउँछ । यद्यपि पछिल्ला वर्षहरूमा कैलालीका डिभिजन वन कार्यालयहरूले अतिक्रमण नियन्त्रण तथा हटाउने कार्यमा सक्रियता बढाउँदै आएका छन् ।

हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित

कञ्चनपुर । “राति खाना पकाउने तयारी गर्दै थियौँ, एक्कासि आएको हावाहुरीले घरको छाना उडाएर लग्यो, अन्नपात, लुगाफाटा सबै भिज्यो, ज्यान जोगाउनमै व्यस्त भयौँ, अरू सामान बचाउने समय नै पाएनौँ ।” शुक्लाफाँटा नगरपालिका–९ का महेश जोशीले दुई दिनअघि (बुधवार राति) आएको हुरीले निम्त्याएको पीडा सुनाउँदै भने, “अहिले खुला आकाशमुनि बस्न बाध्य छौँ, हुरीले हाम्रो बिचल्ली बनाइदियो ।”

शुक्लाफाँटा नगरपालिका–९ मा आएको भीषण हुरीले ८० परिवारलाई प्रभावित बनाएको छ । हावाहुरीले ६० वटा घर र २० वटा गोठमा क्षति पुर्‍याउँदा दर्जनौँ परिवारको वासस्थान, खाद्यान्न र दैनिक जीवन प्रभावित भएको हो ।

शुक्लाफाँटा –९ वडाध्यक्ष रमेशबहादुर ऐरकाअनुसार हुरीले अधिकांश घरका जस्तापाताका र टायलका छाना उडाएको छ । त्यस लगत्तै परेको वर्षाले घरभित्र राखिएका अन्नपात, खाद्यान्नलगायत भिजाएर कामै नलाग्ने बनाएको छ ।

“धेरै परिवार अहिले समस्यामा छन्,” अध्यक्ष ऐरले भने, “कतिपय आफन्तकहाँ आश्रय लिएर बसेका छन् भने केही परिवार अझै अस्थायी व्यवस्थामा खुला आकाशमुनि बसिरहेका छन् ।” हुरीले विद्युत् संरचनामा पनि ठुलो क्षति पुर्‍याएको छ । वडाका विभिन्न स्थानमा १८ वटा विद्युत् पोल ढलेका छन्, केही भाँचिएका छन् । २०० केभीएको ट्रान्सफर्मर जडित पोल ढलेपछि दुई दिनदेखि सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

“घर तथा गोठका छानामात्र होइन, विद्युत् संरचनामा व्यापक क्षति पुगेको छ,” अध्यक्ष ऐरले भने, “वडाभरि जडान गरिएका पाँच वटा सिसिटिभी क्यामेरा पनि क्षतिग्रस्त भएका छन्, करिब डेढ किलोमिटर क्षेत्रमा सिसिटिभीको तार चुँडिएको छ ।” उनका अनुसार हावाहुरीका कारण केही घर तथा विद्यालयमा रुख ढल्दा क्षति पुगेको छ ।

क्षतिग्रस्त क्षेत्रमा विद्युत् सेवा पुनः स्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली परिचालित भएका छन् । ढलेका पोल हटाउने, नयाँ पोल गाड्ने तथा लाइन विस्तार गर्ने कार्य तीव्र रूपमा भइरहेको जनाइएको छ । “विद्युत् आपूर्ति पुनः सञ्चालनका लागि आवश्यक काम भइरहेको छ,” अध्यक्ष ऐरले भने, “मौसमले साथ दिए भोलिसम्म विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।”

हुरीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गर्न प्रहरी तथा स्थानीय जनप्रतिनिधिको टोलीले मुचुल्का तयार पार्ने काम सुरु गरेको छ । प्रभावित परिवारको तथ्याङ्क सङ्कलनसँगै राहत तथा पुनः स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइएको अध्यक्ष ऐरको भनाइ रहेको छ ।

स्थानीयवासीका अनुसार केही मिनेट चलेको हावाहुरीले वर्षौँको मेहनतले बनाएको संरचनामा ठुलो क्षति पुर्‍याएको छ । विशेष गरी न्यून आय भएका परिवार बढी प्रभावित भएका छन् । स्थानीय तहले प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरी प्रभावित परिवारका लागि राहत र पुनः स्थापनाको पहल गर्ने जनाएको छ ।

निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित

कञ्चनपुर । पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सडक योजना प्रभावित भएका छन् ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरअन्तर्गत सञ्चालनमा रहेका कालोपत्रसम्बन्धी अधिकांश आयोजनाको कार्य अगाडि नबढ्दा चालु आर्थिक वर्षको पुँजीगत खर्चसमेत प्रभावित हुने देखिएको छ । अलकत्रा (विटुमिन) लगायत निर्माण सामग्रीको अभावले निर्माण अगाडि बढ्न नसकेको हो ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरिसप्रसाद जोशीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा मुसेपानी खोला पुल र दोदा–देखतभुली पुल निर्माण सम्पन्न भई हस्तान्तरण भए पनि सडक कालोपत्रसम्बन्धी धेरै आयोजना प्रभावित भएका छन् । ठेक्का सम्झौतामा मूल्यवृद्धि समायोजनको व्यवस्था नगरिँदा करिब ७० प्रतिशत आयोजना ठप्प अवस्थामा पुगेका हुन् ।

अत्तरिया–सहजपुर सडकखण्डको ३१ दशमलव शून्य छ किलोमिटर आवधिक मर्मत कार्य पूर्ण रूपमा बन्द छ । यस्तै, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरका नौ वटा सडक योजनाको कालोपत्र निर्माण रोकिएको छ । गड्डाचौकी–चिसापानी सडकखण्डमा नियमित पटके मर्मत तथा स्तरोन्नति कार्य आंशिक रूपमा मात्रै सञ्चालन भइरहेको छ ।

प्रभावित आयोजनामध्ये चाँदनी–भीमदत्त–ब्रह्मदेव–पञ्चेश्वर–झुलाघाट सडक, झिलमिला–भुडा–बेलौरी भन्सार हुँदै आनन्द बजारसम्मको बोर्डर करिडोर सडक, बेलौरी–कालागौडी–सिक्लपट्टी सडक, कृष्णपुरको बिचुवा–राजघाट सडक, वनकट्टा–फूलबारी सडक, हर्दही–बबपुर–चमकलपुर सडक, जुगेडासम्मको कालोपत्र सडक, डुडेझारी हाइड्रोपावर सडक तथा चौमाला–गर्भादरबार–रिठेखोला–सिपिनगर र घोडाघोडी नगरपालिकाको हरिनगरदेखि जोशीपुर गाउँपालिकासम्मको कालोपत्र रणनीतिक सडकलगायत आयोजना रहेका छन् ।

त्यसैगरी राष्ट्रिय राजमार्गअन्तर्गत चाँदनी–भीमदत्त–ब्रह्मदेव–पञ्चेश्वर–झुलाघाट (एनएच–६७), चिसापानी–गड्डाचौकी सडकखण्ड (एनएच–०१) तथा अत्तरिया–सहजपुर–फल्टुँडे सडकखण्ड (एनएच–६६) का निर्माण कार्यसमेत प्रभावित भएका छन् ।

ठेक्का सम्झौता गर्दा मूल्यवृद्धि समायोजनसम्बन्धी प्रावधान नराखिएकाले निर्माण व्यवसायीलाई अतिरिक्त भुक्तानी दिन कानुनी समस्या देखिएको छ । निर्माण सामग्रीको अभावसमेत अर्को चुनौती बनेको छ । विशेषगरी विटुमिन, डिजेल, पेट्रोललगायत सामग्रीको मूल्य बढ्दा कालोपत्रसम्बन्धी काम सबैभन्दा बढी प्रभावित भएको हो ।

आर्थिक वर्ष समाप्त हुन एक महिना पनि बाँकी नरहँदा पुँजीगत खर्च न्यून रहेको अवस्था छ । योजनाहरू समयमै सम्पन्न नहुँदा विकास बजेट खर्च हुन नसक्ने र त्यसले स्थानीय अर्थतन्त्रमा प्रतिकुल असर पर्ने सूचना अधिकारी जोशीले बताए ।

साहित्यकार खड्काको ‘नक्सामा नभएको देश’ लोकार्पण

माहे(सेसेल्स)। साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय उपाध्यक्ष गणेश खड्काद्वारा लिखित नियात्रा–निबन्धसंग्रह ‘नक्सामा नभएको देश’ लोकार्पण गरिएको छ ।

पूर्वी अफ्रिकी मुलुक सेसेल्सको राजधानी माहे आइल्याण्डस्थित भिक्टोरियामा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो ।

लोकार्पण कार्यक्रमका एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक मनोज विकले नेपालीहरुको जानकारीमा निकै कम आएको र नक्शामा समेत नभएको देश सेसेल्स भ्रमणका क्रममा भोगेका र अनुभव गरेका विषयलाई खड्काले कलात्मक ढंगले लेखेर पुस्तकको रुप दिएको बताए । नेपाली साहित्यमा खड्काले यो पुस्तक प्रकाशन गरेर गुन लगाएका छन्, उनले थपे, यो केववल एउटा पुस्तक मात्र होईन् । एक ऐतिहासिक दस्तावेज हो । हरेक नेपालीले यसलाई सिरानीमा राख्नुपर्छ ।’

पुस्तकका स्रष्टा गणेश खड्काले ‘नक्सामा नभएको देश’ लेख्न आफूलाई निकै मिहिनेत र दुःख समेत गर्नुपरेको बताए । ‘आफू सेसेल्स भन्ने देशमा जागीर खान जान लागेको कुरा गर्दा कसैले नपत्याएको, यो सन्सारमा सेसेल्स भन्ने देश पनि छ र भनी सोधेको, यतिसम्म कि नक्सामा खोज्दा समेत सेसेल्स नामक देश नभेटेपछि यसको बारेमा खोज, अनुसन्धान गरेर केही त लेख्नैपर्छ भनेर लागिपरेको र त्यसैको उपज आज ‘नक्सामा नभएको देश’ पुस्तक प्रकाशन गर्न सफल भएको हो,’ उनले भने ।

एनआरएनए सेसेल्स र अनेसास अफ्रिका महादेशीय च्याप्टरको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा च्याप्टरका सदस्य कवि महेन्द्र भट्टराईले विमोचित पुस्तक ‘नक्सामा नभएको देश’को समीक्षात्मक परिचर्चा गरेका थिए ।

एनआरएनए सेसेल्सका उपाध्यक्ष प्रेमबहादुर चन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा अफ्रिका क्षेत्रीय महिला संयोजक खेसेना लिङ्देन विशेष अतिथि रहेकी थिईन् ।

अनेसास अफ्रिका च्याप्टरका महासचिव कवि आरसी राई र सदस्य कवि गायत्री कुलुङले सहजीकरण गरेको लोकार्पण कार्यक्रममा एनआरएनए सेसेल्सकी महिला उपाध्यक्ष पवित्रा भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन्

नेप्से परिसूचक ४ अंकले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक चार अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार अंकले घटेर दुई हजार सात सय २४ दशमलव शून्य तीन अंकमा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक शून्य दशमलव ५३ अंकले ओरालो लागेर चार सय ६७ दशमलव ०९ अंकमा सीमित भएको छ । कूल तीन सय ४२ कम्पनीको ९८ लाख ५६ हजार पाँच सय २५ कित्ता सेयर रु चार अर्ब ३४ करोड १० लाख ९४ हजार सात सय ६४ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार, कारोबार भएकामध्ये ९१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने एक सय ६७ कम्पनीको सेयर मूल्य भने घटेको छ । यस्तै, १३ कम्पनीको भने कुनै परिवर्तन भएको छैन ।

कारोबारका आधारमा सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा छ । यस्तै, सिटी होटल, आँखु खोला जलविद्युत् कम्पनी, हिमाल दोलखा हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल लिमिटेड शीर्ष पाँचमा पर्न सफल भएका छन् ।

सोपान फर्मा फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्कीम र हिमाल दोलाखा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस्तै, कालिञ्चोक हाइड्रोपावर, एसबिएल डिवेञ्चर, नेपाल एबिआई बैंक डिवेञ्चर, सप्तकोशी डेभलपमेन्ट बैंक र केबिएल डिवेञ्चरका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् ।

संसदले मन नपरेको खण्डमा प्रधानमन्त्रीलाई पनि फ्याँक्ने अधिकार राख्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसदले प्रधानमन्त्रीलाई पनि फाल्ने अधिकार राख्ने बताएका छन् ।

शुक्रबार सरकारले पेस गरेको विनियोजन विधेयक २०८३ माथिको छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले सरकारले स्थानीय तहलाई पनि नियन्त्रणमा राख्ने गरी बजेट विनियोजन गरेको भनि टिप्पणी गरेपछि उनले संसद सार्वभौम भएकाले यसले मन नपरे प्रधानमन्त्री पनि फ्याँक्ने सक्ने बताए ।

अर्थमन्त्री वाग्लेले सरकार बनाउने, ढाल्ने अधिकार संसदलाई भएकाले उसले सरकारलाई आवश्यक निर्देशन दिन सक्ने पनि बताए । अर्थमन्त्री वाग्लेले बजेट स्थानीय तहलाई प्रत्यायोजन गर्ने संसदीय व्यवस्थाको स्थापित मान्यता भएको जिकिर गरे ।

‘यो वेष्ट मिनिष्टरियल प्रणालीमा यही नै हो–ओभरल म्यान्डेट संसदले दिन्छ कार्यपालिकालाई । कार्यपालिका अथवा देशको प्रधानमन्त्री नियुक्त गर्ने थलो यही नै हो । त्यसैले यो सावैभौम नै छ । मन नपरेको खण्डमा सरकार नै फाल्न पाईने अधिकार यही थलोले राख्छ । सम्माननित सदनले राख्छ । सरकार बनाउने, सरकार ढाल्ने तर वेष्ट मिनिष्टिरियल प्रणालीमा अंक गणित बहुमतीय एउटा स्थापित मान्यता छ नै । बजेट प्र्रत्योजननै गर्ने हो,’ उनले भने ।

अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयले विभिन्न आयोजनाहरुमा बजेटको अभाव नहोस् भनेर विभिन्न शीर्षकमा केही बजेटहरुको व्यवस्था गरेको पनि बताए ।

 

पत्रकार दिलभूषण पाठकलाई सफाइ दिँदै अदालतले भन्यो- समाचार चित्त नबुझे खण्डन गर्ने हो, मुद्दा चलाउने होइन

काठमाडौं: जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभुषण पाठकलाई सफाइ दिँदै उनको समाचारबारे खण्डन गरे पुग्ने अदालत आइरहन नपर्ने अवस्था रहेको फैसला गरेको छ।

हिल्टन होटल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको छोरा जयवीरको लगानी रहेको भन्ने समाचार प्रसारण गरेको विषयलाई लिएर दायर भएको साइबर अपराध सम्बन्धी मुद्दामा न्यायाधीश खिमानन्द भुसालको इजलासले चैत १८ गते नै फैसला सुनाएको थियो।

उक्त सफाइ दिँदाको पूर्णपाठ सार्वजनिक भएको छ।

पूर्णपाठमा जयवीरको लगानी छैन भने त्यसलाई प्रमाणसहित खण्डन गरे पुग्ने बताउँदै मुद्दा हाल्न अदालत आउन पर्ने अवस्था नदेखिएको फैसलामा उल्लेख छ।

‘लगानी भएको वा व्यवसाय गरिएको कार्य आफैंमा राम्रो सह्रानिय कार्य हुनेमा लगानी नरहेको भए जाहेरवालाले नै प्रमाणसहित खण्डन गर्दा हुनेमा अन्यथा विकल्प अवलम्बन गरेको देखिन आयो। तसर्थ पेस भएका प्रमाणले अभियोग दाबी पुष्टि हन सकेन। पाठकले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ,’ फैसलामा भनिएको छ।

पाठकले काठमाडौंमा रहेको पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल र दिपक भट्टको लगानी रहेको र भट्ट मार्फत जयवीर देउवा हिल्टन होटलमा जोडिएको भनेर कार्यक्रम बनाएका थिए। त्यस्तै, जयविर देउवाको दुबई, अष्ट्रेलियामा रियल स्टेट विजनेस रहेको र उक्त विजनेस क्यानडासम्म फैलिएका भनेर समाचार बनाएका थिए।

यसरी समाचार बनाएपछि देउवाले उनीविरूद्ध साइबर ब्युरोमा दिलभुषण पाठकलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेका थिए।

उक्त भिडिओमा देउवाको मानमर्दन हुने वा चरित्र हत्या हुने वा आपत्तिजनक शब्द व्यक्त नभएको पनि उल्लेख छ। यस्तै पत्रकारले पनि व्यक्तिको इज्जत प्रतिष्ठाको हेक्का राख्न आवश्यक भएको पनि भनेको छ।

‘प्रतिवादी व्यवसायिक पत्रकार रहेको, पत्रकारले समाजमा रहे भएका घटना समाचार सत्य तथ्यमा आधारित रहि संप्रेषण गर्नु व्यवसायिक कर्तव्य हो। साथै पत्रकारिताको नाममा अन्य व्यक्तिको इज्जत प्रतिष्ठाको हेक्का राख्नु पनि उत्तिकै आवश्यक छ,’ फैसलामा भनिएको छ।

नेपालमै राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ग्यासबाट चल्ने शवदाह मसिनको सफल परीक्षण

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै पहिलो पटक निर्माण गरेको ग्यासबाट चल्ने शवदाह मसिनको बिहीबार काभ्रेको बनेपामा परीक्षण गरिएको छ । बनेपास्थित तीन दोबाटो घाटमा एक शवलाई यस मसिनमा राखेर अन्त्येष्टि गरिएसँगै स्वदेशमै निर्मित प्रविधिको सफल प्रयोग भएको हो ।

खोज्नुहोस