कांग्रेस र एमालेले कञ्चनपुरमा बुझाए विरोधपत्र

कञ्चनपुर- नेकपा (एमाले) का अध्यक्ष एव पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोधमा कञ्चनपुरमा दुवै दलले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन्।

राजनीतिक रूपमा फरक कित्तामा रहे पनि आफ्ना शीर्ष नेताहरूको पक्राउलाई नियोजित र अलोकतान्त्रिक कदम ठहर्‍याउँदै नेपाली कांग्रेस र नेकपा एमाले कञ्चनपुरले आइतबार जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएका हुन्।

जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका दुवै दलका नेता तथा कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै नेताद्वयको तत्काल र ससम्मान रिहाइको माग गरेका छन्। विरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई बुझाइएको ज्ञापनपत्रमा राजनीतिक प्रतिशोधका आधारमा नेताहरूलाई पक्राउ गरिएको आरोप लगाइएको छ।

विरोध कार्यक्रममा बोल्दै दुवै दलका नेताहरूले सरकारले लोकतन्त्रको उपहास गरेको र राजनीतिक संवादको साटो दमनको बाटो रोजेको बताएका छन्।

चार पूर्वप्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन हुँदै

काठ्माण्डौ- सरकारले पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिनको प्रक्रिया अघि बढाएको छ। सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूराले चार जना पूर्वप्रधानमन्त्रीहरूको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको हो।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव नेपालको सम्पत्ति छानबिन सुरु गरेको हो। प्रहरीले दुई पूर्वमन्त्रीहरु आरजु राणा र दीपक खड्काको पनि सम्पत्ति छानबिन सुरु गरेको हो। त्यसक्रममा खड्कालाई आइबार बिहान बुढानीलकण्ठबाट पक्राउ गरेको थियो। यसैगरी नेकपाका संयोजक दाहाल पुत्री गंगा दाहालबारे पनि अनुसन्धान गर्ने प्रहरी स्रोतले जनाएको छ।

यसैगरी आरजु राणाका भाइ भूषण राणाको सम्पत्ति छानबिन हुने भएको छ। विगतमा पदमा रहेर वा नरही बिचौलियाको भूमिकामा रहेका व्यक्तिहरू पनि अनुसन्धान तानिने बताइएको छ।

पूर्वप्रधानमन्त्री देउवा २०६२ सालअघि नै प्रधानमन्त्री भएका हुन भने अन्य तीन जना भने २०६२ पछि प्रधानमन्त्री भएका थिए। दाहाल तीन पटक, ओली चार पटक र नेपाल एक पटक प्रधानमन्त्री भएका थिए।

यसैगरी उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन सुरु गर्न सरकारले सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइसकेको छ। विगतमा उच्च पदमा पुगेका नेता–कर्मचारी र अकुत सम्पत्ति कमाएकाहरूमाथि वर्तमान सरकारले  सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान थालेको हो।

सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी वाचा पत्र अनुसार तयार गरिएको ‘१०० कार्यसूची’ शनिबार सार्वजनिक भ्रष्टाचारको छानबिन गर्ने जनाएको थियो।
सरकारले २०४८ सालदेखि सार्वजनिक पदमा बसेका नेता तथा उच्चपदस्थको सम्पत्ति छानबिन गर्ने निर्णय गरेर सबै तहमा रहेकाहरूको सम्पत्ति छानबिनको तयारी गरिरहेको छ। यसका लागि १५ दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गर्ने र समितिले दुई चरणमा काम गर्नेछ जनाएको छ।

पहिलो चरणमा २०६२/६३ यताका पदाधिकारी र दोस्रो चरणमा २०४८ देखि २०६१/६२ सम्मका व्यक्तिहरूको सम्पत्ति अध्ययन गर्ने गरी सरकार अघि बढ्ने देखिएको छ। अर्थ, राजस्व र अनुसन्धान क्षेत्रका विज्ञ सम्मिलित समितिलाई आवश्यक कागजात हेर्ने, विश्लेषण गर्ने र निष्कर्ष निकाल्न अधिकार दिने बताइएको छ। सरकारले यो काम गरेमा राजनीतिक दलका नेता, कार्यकर्ता  र सरकारी कर्मचारीहरू गरी करिब १० हजार व्यक्तिहरू  सम्पत्ति छानबिनको दायरामा आउनेछन्।

पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा माइतिघरमा विरोध प्रदर्शन

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ परेको विरोधमा माइतिघरमा विरोध प्रदर्शन भइरहेको छ।

शुक्रबार राति अध्यक्ष ओलीलाई पक्राउ गरेपछि एमालेका कार्यकर्ताले देशभरी विरोध प्रदर्शन गरिरहेका छन्।

ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि सरकारी वकिलले माग गरेको छ ।

अहिले यो मागमाथि जिल्ला अदालतमा बहस भइरहेको छ ।

ओली र लेखक पक्षका वकिलहरूले थुनामा राख्न आवश्यक नभएको भन्दै जवाफी बहस गरिरहेका छन् ।

जरुरी पक्राउ पुर्जीको समर्थनको निवेदन र १० दिन म्याद थप गरी अनुसन्धान गर्नुपर्ने भनी आजै जिल्ला अदालत काठमाडौंमा आज दुईवटा निवेदन परेको थियो ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।

जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।

उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठिन आयोगले ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।

उक्त सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर हिजो (शनिबार) बिहान ओली–लेखकलाई पक्राउ गरिएको थियो ।

सभापति लामिछानेको अर्काे तारिख वैशाख १४ गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तारिख वैशाख १४ गतेका लागि तोकिएको छ।

काठमाडौं जिल्ला अदालतमा आज तारिख बुझ्न पुगेका लामिछानेलाई वैशाख १४ गतेको तारिख दिइएको अदालतले जनाएको छ। सहकारी ठगी प्रकरणको मुद्दामा अदालत पुगेर उनले तारिख बुझेका हुन्।

उनीविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा छ।

जिल्ला अदालतमा ओली र लेखकको म्याद थपको सुनुवाइ जारी

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको म्याद सम्बन्धी सुनुवाइ न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा जारी छ। सुनुवाइ सकिएपछि म्याद थप्ने कि नथप्ने भन्ने विषयमा आदेश आउनेछ।

जेनजी आन्दोलनका घटनासम्बन्धी गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै ओली र लेखकलाई प्रहरीले शनिबार पक्राउ गरेको छ।

प्रकाउ परेका ओली स्वास्थ्य उपचारका लागि अस्पतालमा छन् भने लेखक प्रहरी हिरासतमा छन्। अस्वस्थका कारण ओलीलाई भर्चुअल माध्यमबाट उपस्थित गराइएको छ।

गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगको तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई दोषी ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको छ। आयोगले उनीहरूविरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्न सिफारिस गरेको छ।

सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी अनुसन्धान गर्न प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।

देउवा परिवारको सम्पत्तिमा अनुसन्धान हुने

नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको सम्पत्ति छानविनमा  सरकार अगाडी बढेको छ। जेन जी आन्दोलनको क्रममा जलेको देउवाको घर समते प्रमाण नष्ट हुन सक्ने आशंकामा भत्काउने क्रमलाई प्रहरीले रोक लगाएको छ।

सरकारमा हुदाँ सत्ताको आडमा रहेर अस्वाभाविक तथा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा देउवा परिवारविरुद्ध यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो।

अनुसन्धानका क्रममा पछिल्लो समय जयवीर देउवा लगायत नातेदारहरूको नाममा खरिद गरिएको करिब ७३ रोपनी जग्गाको विवरण संकलन गरिएको बताइएको छ।

प्रधानमन्त्री बालेनले बनाए सल्लाहकारको टिम

काठमाडौं- प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले आफ्नो सल्लाहकार समिति बनाएका छन् । मन्त्रिपरिषद्को पहिलो बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाहलाई नियुक्त गरेको हो ।

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन् भने आईटी सल्लाहकारमा विवेक मिश्र नियुक्त भएका छन् । सरकारीतर्फबाट स्वकीय सचिवमा सहसचिव प्रदीप परियारले जिम्मेवारी पाएका छन् । परियार यसअघि बालेन (बालेन्द्र) शाह काठमाडौं महानगरको मेयर रहँदा पनि काम गरेका थिए ।

कुलमान घिसिङले सार्वजनिक गरे चुनावी खर्च

काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार कुलमान घिसिङले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन् । उनले निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा पेस गरेको विवरणअनुसार निर्वाचन अवधिभर कुल १४ लाख १० हजार ८० रुपैयाँ खर्च गरेका छन् ।

सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी खर्च प्रचार–प्रसार सामग्री छपाइमा भएको छ । नमुना मतपत्र, ब्यानर, पर्चा र प्रतिबद्धता पत्र छपाइका लागि तीन लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

यस्तै, सवारीसाधन भाडा तीन लाख २० हजार, ब्याच, टोपी र झन्डा छपाइमा तीन लाख १० हजार, घरदैलो गर्दा खाना खर्चमा दुई लाख ७० हजार ८१ र कार्यालय कोठा भाडा तथा सञ्चालन खर्चमा एक लाख २० हजार रुपैयाँ खर्च भएको छ ।

निर्वाचन आयोगले तोकेको सीमाभित्रै रहेर उमेदवार घिसिङले आफ्नो पारदर्शी खर्च विवरण पेस गरेको जनाएका छन् ।

chunab-kharcha-1774765135.jpg

अमेरिकामा ट्रम्प विरोधी प्रदर्शन, हजारौं सहभागी

काठमाण्डौ- अमेरिकाका धेरै भागमा हिजो राष्ट्रपति डोनाल्ड ट्रम्पविरोधी प्रदर्शन भएको छ । नागरिकले बढ्दो महँगी, इरानसँगको युद्ध र ट्रम्प प्रशासनको नीतिविरुद्ध असन्तुष्टि व्यक्त गरेका बीबीसीले जनाएको छ ।

विशेषगरी इरान युद्धका लागि अपनाएको नीतिविरुद्ध ‘नो किंग्स’ प्रदर्शन भएको हो । देशका तीन हजारभन्दा धेरै ठाउँमा भएका ठूला साना प्रदर्शनमा हजारौँको संख्यामा नागरिक सहभागी भए । यो राष्ट्रब्यापी विरोध प्रदर्शनको तेस्रो संस्करण हो ।

यसअघि पनि यस्तै प्रदर्शन गरिएको थियो । रिपब्लिकन र डेमोक्रयाट दुवै पार्टीका मानिसहरू सहभागी हुँदै आएका छन् । प्रदर्शनकारीले नारा लगाउँदै प्लेकार्ड प्रदर्शन तथा नाचगान एवं संगीतका माध्यमबाट आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

ओली–लेखकको बन्दी प्रत्याक्षीकरण रिट २ बजेपछि दर्ता हुने

काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनका आधारमा पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा दायर गर्ने भनिएको बन्दी प्रत्यक्षीकरणको रिट अपराह्न २ बजेपछि पालो आउने भएको छ ।

अहिले जिल्ला अदालत, काठमाडौंमा म्याद थपका लागि लगिएको र म्याद थप भइसकेपछि दायर गर्ने गरी तयार तयारी अवस्थामा रहेको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले बताए ।

‘हाम्रो तर्फको सबै तयारी भइसकेको छ, २ बजेपछि हामी दर्तामा जान्छौँ’, उनले भने ।

लामिछानेविरुद्धको अभियोग फिर्ता विवादमा आज सुनुवाइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा आज सुनुवाइ हुँदैछ। गत बिहीबार  रिटमाथि बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। रिटमा बहस सकिए आजै फैसला आउने सम्भावना।

गत सोमबारदेखि रिटमाथि सर्वोच्च अदालतमा नियमित सुनुवाइ सुरू भएको हो।

महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रास्वपा सभापति लामिछानेविरुद्ध यसअघिको सरकारका पालामा लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने  निर्णय गरेको थियो। महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध लगाइएको अभियोग संशोधनको निर्णय गरेकी थिइन्।

अधिवक्ता दिनेश त्रिपाठी,युवराज सफलगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।  महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ। रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन्।

साथै महान्यायाधिवक्ता कार्यालयको उक्त निर्णय मुद्दाको अन्तिम निर्णय नभएसम्म कार्यान्वयन नगर्नु र कार्यान्वयन गर्न कुनै पनि कानुनी प्रक्रिया अवलम्बन नगर्नु -नगराउन अन्तरिम आदेशको माग समेत गरिएको छ।

लामिछानेले आफूविरुद्ध लगाइएका मुद्दामध्ये सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी कसूर गरेको भन्दै सरकारी वकिल कार्यालयले लगाएको अभियोग फिर्ता लिइदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए। त्यसपछि महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन फिर्ता गर्ने निर्णय लिएकी थिइन्। उक्त निर्णयलगत्तै सर्वोच्चमा रिट परेको थियो।

ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी थालिएको छ ।

ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भिडियो कन्फ्रेसिङको माध्यमबाट उपस्थित गराउन लागिएको हो ।

शनिबार बिहानै गुन्डुबाट पक्राउ परेका ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

शनिबार साँझ र आज बिहान उनको स्वास्थ्य परीक्षण गर्दा डुलाउनको साटो उनलाई अस्पतालमा राख्न चिकित्सकहरुले सुझाव दिएका थिए ।

चिकित्सकहरुको सुझावअनुसार सरकारी वकिल कार्यालयले भिडियो कन्फ्रेसिङका माध्यमबाट उनलाई अदालतमा उपस्थित गराउने तयारी थालेको स्रोतको भनाइ छ ।

अहिले काठमाडौं जिल्ला अदालत, जिल्ला प्रहरी परिसर काठमाडौं आसपासका क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

शनिबार नै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालतमा उपस्थित गराइसकिएको छ ।

ओली र लेखक दुवै जना भदौ २३ गते भएको जेनजी आन्दोलन दमन गरेको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका हुन् ।

कांग्रेस नेता दीपक खड्का सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ

नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।

खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको सीआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको हो ।

पूर्व उर्जामन्त्री खड्का पक्राउ

काठमाडौँ,१५ चैत ।
नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।
खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार बिहान बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको आधारमा अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा सीआईबी प्रमुख एआईजी मनोज केसीले बताए ।

२४ भदौमा भएको तोडफोड र आगजनीमा खड्कासहित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निवासबाट जलेका नोटका भग्नावशेष भेटिएका भिडियो तथा तस्बिर बाहिरिएका थिए।

त्यसको विधिविज्ञान प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो।

त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अघि बढाएको अनुसन्धानपछि विस्तृत रूपमा हेर्न सीआईबीमा फाइल पठाएकामा खड्का पक्राउ परेका हुन्।

खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भएका बेला जलविद्युत् आयोजनाको लाइसेन्स दिँदा र ठेक्का लगाउँदा विवादमा मुछिएका थिए ।

जलस्रोत उत्पादनको लाइसेन्स र ठेक्का दिलाउन ‘मन्त्री क्वार्टर र मन्त्रालयमै बसेर’ चेक लेनदेन  र लैनचौरस्थित नेपाल स्काउटको जग्गा हिनामिनामा पनि उनी मुछिएका थिए ।

ओली पक्राउको बिरोधमा एमालेले देशभरीका प्रशासन कार्यालयमा बिरोधपत्र बुझाउदै

काठमाडौं,१५ चैत ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा  एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने भएको छ ।

एमालेले ओली र पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारी ‘गैरकानुनी’ र पूर्वाग्रही भएको जिकिर गर्दै बिरोधमा प्रदर्शन शुरु गरेको नेकपा एमालेले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमा बिरोध पत्र बुझाउने भएको हो ।

एमाले सचिव महेश बस्नेतले मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय भएको जानकारी दिएका छन् ।

सरकारले जेनजी आन्दोलनको जाँचबुझ समितिको निर्णय कार्यान्वयनका नाममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखक लाई चैत १४ गते शनिबार बिहान पक्राउ गरेको थियो ।

 

 

शासकीय सुधारका लागि १०० वटा कार्ययोजना (बिस्तृतमा बूँदा सहित)

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारका लागि १०० वटा कार्ययोजना सार्वजनिक गरेको छ।
नेपाल सरकार, मन्त्रिपरिषद्‌को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरू :
वि. सं. २०८२ भाद्र २३ र २४ को जेन-जी आन्दोलन तथा यस अघि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति नेपाल सरकार भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। २०८२ फागुन २१ गते सम्पन्न आम निर्वाचनबाट नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक वहुमतका साथ निर्वाचित गरी सरकार सञ्चालन गर्ने महत्त्वपूर्ण अभिभारा सुम्पेकोमा सरकार सम्पूर्ण नेपाली जनतामा हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ ।
(क) साझा प्रतिबद्धता, समन्वय र जनविश्वास
१. सम्वत् २०८२ फागुन २१ मा सम्पन्न आम निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन योगदान पुऱ्याउने तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी तथा सम्पूर्ण मतदाताप्रति हार्दिक आभार प्रकट गर्ने।
२. सरकारको समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने ढाँचामा रूपान्तरण गर्न नतिजामा आधारित शासकीय प्रवन्ध (Delivery-Based Governance) लागू गर्ने। यसको लागि प्रत्येक मन्त्रालयले ७ दिनभित्र प्रमुख १० कार्य, तिनका समयसीमा, जिम्मेवार अधिकारी र प्रमुख कार्यसम्पादन सूचकसहितको कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने। ती कार्यहरूको मासिक प्रगति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा पेश गर्ने व्यवस्था मिलाई उक्त कार्यालयमार्फत नियमित अनुगमन, मूल्याङ्कन तथा सार्वजनिक रिपोर्टिङ सुनिश्चित गर्ने।
३. नेपालको संविधानको मूल मर्म, लोकतान्त्रिक प्रणालीको सुदृढीकरण तथा निर्वाचनमार्फत व्यक्त जनादेशलाई संस्थागत रूपले कार्यान्वयन गर्न निर्वाचनमा सहभागी सबै राजनीतिक दलका घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धतापत्रहरूमा समावेश कार्यान्वयनयोग्य विषयहरूको संश्लेषण गरी “राष्ट्रिय प्रतिबद्धता” तयार गर्ने एवं सोमा नेपाल सरकारको साझा स्वामित्व स्थापित गर्ने । उक्त प्रतिबद्धतालाई वार्षिक नीति तथा कार्यक्रम, बजेट तथा सुधार एजेण्डासँग आबद्ध गरी तत्कालैदेखि कार्यान्वयन गर्न तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अन्तर्गत आवश्यक संरचना स्थापना गरी जिम्मेवारी दिने
४. देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधनसम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले सात दिनभित्र “संविधान संशोधन बहस पत्र” तयार गर्न कार्यदल गठन गर्ने तथा उक्त बहस प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र तथ्यमा आधारित बनाउने ।
५. दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य, समाज र नीतिगत संरचनाबाट भएका अन्याय, विभेद र अवसरवञ्चनाको औपचारिक स्वीकारोक्ति गर्दै सामाजिक न्याय, समावेशी पुनर्स्थापना र ऐतिहासिक मेलमिलापको आधार तयार गर्न १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने।
६. सम्वत् २०८२ भदौ २३ र २४ मा भएको जेन-जी (Gen Z) आन्दोलनका क्रममा भएका घटनाबाट प्रभावित परिवार र नागरिकहरूको न्याय, पुनर्स्थापना र राज्यप्रतिको विश्वास पुनर्स्थापना गर्न एकीकृत पहल गर्ने। यस पहल अन्तर्गत शहीदका परिवार तथा घाइतेहरूको तथ्याङ्क सङ्कलन तथा प्रमाणीकरण गरी सम्मानजनक पुनर्स्थापना, जीवनयापनको सुरक्षा र सामाजिक संरक्षण सुनिश्चित गर्न १०० दिनभित्र योग्यताअनुसार सरकारी, सार्वजनिक र निजी क्षेत्रमा रोजगारीका अवसर, सीप विकास, मनोसामाजिक परामर्श तथा पुनर्स्थापना सहायता समेटिएको समन्वित प्याकेज कार्यान्वयन गर्ने; साथै उक्त आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा दोषी व्यक्ति तथा पक्षहरूमाथि प्रचलित कानूनबमोजिम आवश्यक अनुसन्धान, कारबाही र अभियोजन प्रक्रिया तत्काल अघि बढाउने ।
७. सम्वत् २०८२ भाद्र २४ गते घटेको घटनाको सत्यतथ्य छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति एक हप्ताभित्र गठन गर्ने। उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण सङ्कलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिने तथा समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाउने ।
८. विभिन्न आयोगका प्रतिवेदनहरू केवल अभिलेखमा सीमित रहने र कार्यान्वयन कमजोर हुने समस्या समाधान गर्न ३० दिनभित्र सम्बन्धित प्रतिवेदनका सिफारिसहरू कार्यान्वयन गर्न आवश्यक कानुनी, प्रशासनिक र अभियोजन प्रक्रिया सुरु गर्ने।
(ख) प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता
९. मन्त्रालयहरूको सङ्ख्या आवश्यकताभन्दा ठूलो भई चालु खर्च बढेको समस्यालाई समाधान गर्न ३० दिनभित्र मन्त्रालयको सङ्ख्या घटाउने निर्णयसहित मौजुदा नेपाल सरकार (कार्य विभाजन) नियमावली संशोधन गरी सङ्घीय मन्त्रालयको सङ्ख्या १७ कायम गर्ने। मन्त्रालयहरूको सङ्ख्या पुनरावलोकन गर्ने सन्दर्भमा हाल कायम रहेका दरवन्दीहरूसमेत व्यवस्थापन गर्नुपर्ने भएमा सेवा प्रवाहलाई असर नपर्ने गरी बढुवा व्यवस्थापन गर्ने। सो बमोजिम सेवा निरन्तरताका लागि सङ्क्रमण मार्गचित्र (Transition Roadmap) तयार गर्न, जनशक्ति, बजेट तथा कार्यक्रम लगायतका प्रबन्ध मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा “पुनर्संरचना व्यवस्थापन सचिवालय” गठन गर्ने।
१०. सबै सार्वजनिक निकायले सेवा प्रवाहमा विद्यमान दोहोरोपन, जटिलता तथा अनावश्यक प्रक्रियाका कारण सेवा प्रवाह ढिलो, खर्चिलो र अप्रभावकारी भएको अवस्थालाई अन्त्य गर्न आआफ्ना निकायमा प्रचलनमा रहेका प्रक्रियाहरूको व्यापक समीक्षा गरी अनावश्यक तथा दोहोरिएका प्रक्रियाहरू हटाउन, निर्णय प्रक्रियामा रहेका बहु-स्वीकृति तहलाई बढीमा तीन तहमा सीमित गर्न तथा Business Process Re-engineering (BPR) मार्फत सम्पूर्ण सेवा प्रवाहलाई सरल, छिटो तथा परिणाममुखी बनाउनका लागि आवश्यक कार्यविधि, मापदण्ड तथा अनुगमन प्रणाली ३० दिनभित्र तयार/संशोधन गरी लागू गर्ने। कानूनी व्यवस्था गर्नुपर्ने अवस्थामा सो अवधिभित्र कानून संशोधनको मस्यौदा तयार गर्ने।
११. नेपाल सरकार अन्तर्गत रहेका अनुत्पादक, दोहोरो कार्यक्षेत्र भएका तथा अनावश्यक वित्तीय भार सिर्जना गर्ने बोर्ड, समिति, आयोजना तथा संस्थागत संरचनाहरूको समग्र मूल्याङ्कन गरी खारेज, एकीकरण वा पुनर्संरचना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरू रहेको एक उच्चस्तरीय कार्यदल गठन गर्ने तथा सो कार्यदललाई एक महिनाभित्र स्पष्ट सिफारिससहितको प्रतिवेदन पेश गर्न कार्यदिश दिने ।
१२. सार्वजनिक प्रशासनलाई पूर्णतः राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै निष्पक्ष, तटस्थ र नागरिकप्रति उत्तरदायी बनाउने । यस उद्देश्यका लागि निजामती कर्मचारी, शिक्षक, प्राध्यापक तथा सबै राष्ट्रसेवकले कुनै पनि दल, समूह वा स्वार्थ केन्द्रसँगको प्रत्यक्ष वा अप्रत्यक्ष आबद्धताबाट मुक्त भई कार्यसम्पादन गर्न अनिवार्य गर्ने र उल्लङ्घन भएमा प्रचलित कानुनबमोजिम कडाइका साथ विभागीय कारवाही गर्ने। साथै, सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरी अवाञ्छित हस्तक्षेप र अनौपचारिक दबाबको अन्त्य गर्दै निर्णय प्रक्रिया तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने। यसका लागि आवश्यक कानुनी व्यवस्था विशेषतः सङ्घीय निजामती सेवा विधेयक ४५ दिनभित्र तर्जुमा गर्ने।
१३. विद्यमान भ्रष्टाचार, ढिलासुस्ती तथा सेवाग्राहीप्रति असहज व्यवहारजस्ता प्रवृत्तिहरूको सुधार गर्दै कर्मचारीतन्त्रलाई उत्तरदायी, सेवामुखी, जनमुखी र उदाहरणीय बनाउन कर्मचारी आचारसंहिताको अक्षरशः कार्यान्वयन गर्ने। साथै, कर्मचारीहरूले व्यावसायिक मर्यादा कायम राख्दै निष्पक्ष, तटस्थ र सरकारका निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा समर्पित भई काम गर्ने वातावरण सुनिश्चित गर्ने।
१४. सङ्घ, प्रदेश तथा स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड १५ दिनभित्र तर्जुमा गरी स्वीकृत गर्ने।
१५. शिक्षकको सिटरोल दर्ता तथा अवकाशपश्चातका सेवा सुविधा व्यवस्थापन आगामी आर्थिक वर्षदेखि प्रदेशको शिक्षा हेर्ने मन्त्रालयबाटै गर्ने व्यवस्था मिलाउने ।
१६. कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्य विवरणको वस्तुनिष्ठ कार्यसम्पादन सूचक सम्बन्धित सार्वजनिक निकाय/कार्यालयले ४५ दिनभित्र तयार गर्ने। कार्यसम्पादन मूल्याङ्कन कमजोर हुँदा राम्रो र खराब कार्यसम्पादनलाई समान व्यवहार गर्ने प्रवृत्ति हटाउन ९० दिनभित्र कार्यसम्पादनमा आवद्ध उत्तरदायित्त्व र पुनरावलोकन प्रणाली लागू गर्ने।
१७. सार्वजनिक निकायको सेवाको गुणस्तर प्रमाणीकरण गर्ने व्यवस्था गरी उत्कृष्ट निकायलाई प्रोत्साहित (Incentivize) गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाट प्रवाह हुने सेवाको गुणस्तर प्रमाणीकरण मापदण्ड ४५ दिनभित्र तयार गर्ने।
१८. सरकारी कार्यालयहरूको भौतिक पूर्वाधार र स्तरीकृत विन्यास (Standard Layout) का लागि शहरी विकास मन्त्रालयले दुई महिनाभित्र न्यूनतम मापदण्ड तर्जुमा गरी १०० दिनभित्र कार्यान्वयनमा लैजाने ।
१९. कर्मचारीहरूको अद्यावधिक डिजिटल प्रोफाइल तयार गरी नियुक्ति, पदस्थापना, सरुवा, तालिम, बढुवा तथा अवकाससम्मको व्यवस्था अनुमानयोग्य र स्वचालित बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन महिनाभित्र कर्मचारी व्यवस्थापन सूचना प्रणाली (Personnel Management Information System- PMIS) को आर्किटेक्चर तयार गर्ने।
(ग) सार्वजनिक सेवा प्रवाह र गुनासो व्यवस्थापन
२०. नागरिकलाई सरकारी सेवा लिन धेरै कार्यालय धाउनुपर्ने, प्रक्रियागत झन्झट व्यहोर्नुपर्ने तथा समय र लागत दुवै बढ्ने अवस्थाको अन्त्य गर्न प्रमुख शहरहरूमा एजेन्सिफिकेसन मोडालिटीमा नागरिक सेवा केन्द्र सञ्चालन गर्ने। त्यस्ता केन्द्रहरूलाई दैनिक कम्तीमा १२ घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
२१. नागरिकलाई छिटो, सहज र बिचौलिया मुक्त सेवा उपलब्ध गराउन नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन गर्ने, नागरिकताको प्रतिलिपि तथा राहदानी सेवा जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गर्न सकिने व्यवस्था तत्काल लागू गर्ने, वडास्तरबाट डिजिटल सिफारिश प्रणाली लागू गर्ने, राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय प्रणालीका रूपमा प्रयोग गर्ने तथा सबै सेवा प्रक्रियालाई फेसलेस, टाइम-बाउन्ड र ट्रयाकिङ योग्य बनाउने ।
२२. फ्रन्ट डेस्कमा काम गर्ने सबै कर्मचारीहरूलाई कार्यालयबाट उपलब्ध हुने सबै सेवाहरूको तालिम प्रदान गर्न त्यस्ता कर्मचारीहरू सूची र तालिमको आवश्यकता सबै कार्यालयहरूले १५ दिनभित्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपलब्ध गराउने। मन्त्रालयले सम्बन्धित तालिम प्रदायक संस्थाहरूसँग समन्वय गरी ६ महिनाभित्र आवश्यक तालिमको व्यवस्था गर्ने। तत्पश्चात पनि सो प्रकृयालाई प्रत्येक निरन्तर सञ्चालन गर्ने।
२३. सम्पूर्ण सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्रयाकिङयोग्य र पारदर्शी बनाउन प्रत्येक कार्यालयले एक महिनाभित्र समय र गति (Time and Motion) को अध्ययन गरी कार्यालयको पुनर्विन्यास योजना (Restructuring Plan) तयार गर्ने।
२४. देशभरका नागरिकका गुनासो, सुझाव तथा सेवा अनुरोधलाई छिटो, प्रभावकारी तथा परिणाममुखी रूपमा सम्बोधन गर्न २४ घण्टे राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्ने। सो को लागि फोन, मोबाइल एप, पोर्टल तथा सामाजिक सञ्जालमार्फत गुनासो दर्ता गर्न सकिने वहु-च्यानलको व्यवस्था मिलाउने ।
२५. हेलो सरकार संयन्त्रलाई स्तरोन्नति गरी नागरिक सम्वादको प्लेटफर्मका रूपमा विकास गर्ने तथा एकीकृत ड्यासबोर्डमार्फत सबै मन्त्रालयसँग प्रत्यक्ष समन्वय गरी गुनासो समाधानको प्रगति real-time मा अनुगमन गर्ने ।
२६. पासपोर्ट, नागरिकता, सवारी चालक अनुमति पत्र लगायतका सेवाहरू नागरिकलाई छिटो, सहज र बिचौलिया-मुक्त तरिकाले पूर्वानुमानयोग्य समय (Predictable Time) मा उपलब्ध गराउने व्यवस्था लागू गर्ने तथा सम्पूर्ण सेवा प्रक्रियालाई मुहारविहीन र समयवद्ध (faceless, time- bound) र डिजिटल प्रणालीमा रूपान्तरण गर्ने।
२७. सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी “Government Courier Service” का रूपमा विकास गर्ने, जसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजातहरू/सामग्रीहरू घरमै पुऱ्याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने।
(घ) डिजिटल शासन र डेटा गभर्नेन्स तथा सञ्चार
२८. सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी, कागजरहित तथा अन्तरआवद्ध बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायहरूमा १०० दिनभित्र विद्यमान GIOMS प्रणालीलाई सुदृढ र प्रयोगकर्तामैत्री बनाउने।
२९. सरकारसँग पहिले नै भएको नागरिकको वैयक्तिक विवरण (जस्तैः नागरिकता नम्बर हाल्दा नाम/ठेगाना) पुनः सोध्नुको सट्टा Auto-fill हुने व्यवस्था सम्बन्धित कार्यालयहरूले आफ्ना प्रणालीहरूमा ६० दिनभित्र गर्ने। नागरिकले आफ्नो विवरण (जस्तैः नागरिकता नम्बर) सरकारलाई एक पटक दिएपछि, अन्य सरकारी निकायले सोही डेटा प्रयोग गर्ने वातावरण मिलाउने ।
३०. सरकारी एप वा पोर्टलहरू अपाङ्गता भएका व्यक्ति र कम प्राविधिक ज्ञान भएका नागरिकले पनि चलाउन सक्ने गरी सरल बनाउने कार्य १०० दिनमा सम्पन्न गर्ने।
३१. अनलाइन आवेदन प्रणालीलाई सहज बनाउन नागरिक एप मार्फत आवेदन दिने व्यवस्था मिलाउने। यसरी नागरिक एप मार्फत आवेदन दिदाँ व्यक्तिले आफ्नो फोनमा रहेको एपले Locally Store गरेको विवरण वा अन्य प्रणालीबाट प्राप्त विवरणको आधारमा Form Fill-up गर्ने व्यबस्था मिलाउने। तर नागरिक एपले Centrally Data Store गर्न भने नमिल्ने बनाउने । यस्तो व्यवस्थाबाट प्रहरी प्रतिवेदन, राहदानी र सवारीचालक अनुमति पत्रका लागि आवेदन गर्न सकिने व्यवस्था ४५ दिनभित्र मिलाउने ।
३२. आवेदन दिएको सेवा प्राप्त गर्न भौतिक रूपमा उपस्थित हुनुपर्ने अवस्था भएमा उपलब्ध मिति र समय मध्ये नागरिकलाई आफनो सुविधाको दिन र समयको Appointment लिन सक्ने व्यवस्था गरी सोही अनुसार नागरिक सेवा केन्द्र वा सरकारी निकाय मार्फत् सेवा प्रवाह गर्ने व्यवस्था गर्ने तीन महिनाभित्र मिलाउने ।
३३. Digital Signature हाल Certificate को माध्यवाट हुने गरेकोमा NID Card, Biometric वा OTP को प्रयोग गरी e-signature गरी नागरिकले आफ्नो विवरण बुझाउन सक्ने व्यवस्था गर्ने। यसको लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको भौतिक तथा साङ्गठनिक सुदृढीकरण गर्ने। राष्ट्रिय परिचयपत्र (NID) नम्बरलाई आधार बनाई नागरिकका सबै सेवाहरूमा डिजिटल हस्ताक्षरद्वारा प्रमाणीकरण प्रणाली लागू गर्न गृह मन्त्रालयको संयोजकत्वमा अध्ययन गरी एक महिनाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा प्रतिवेदन दिने।
३४. फाइल कुन टेबुलमा कति समय बस्यो भन्ने ट्रयाकिङ गर्ने र तोकिएको समय नाघेमा माथिल्लो अधिकारीलाई ‘अलर्ट’ जाने प्रणालीको उपयोग विद्यमान एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा ३० दिनभित्र गर्ने।
३५. प्रमाणपत्रहरू नागरिकले आधिकारिक मोबाइल एप/नागरिक एप वा इमेलमा ‘डाउनलोड’ गर्न मिल्ने व्यवस्था १५ दिनभित्र मिलाउने ।
३६. सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल, एकद्वार र अन्तरआवद्ध प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले “राष्ट्रिय एकीकृत डिजिटल शासन प्लेटफर्म” स्थापना गरी डिजिटल गभर्नेन्स ब्लुप्रिन्ट कार्यान्वयन गर्ने। यस अन्तर्गत ‘एउटा विवरण एकपटकमात्र बुझाउने’ सिद्धान्त अवलम्वन गर्दै सबै तहका सरकारका सेवा, डाटा र प्रणालीहरूलाई एकीकृत गरी डिजिटल सार्वजनिक पूर्वाधारमा आधारित राष्ट्रिय डाटा एक्सचेन्ज प्लेटफर्म स्थापना तथा सञ्चालनको कार्य १०० दिनभित्र प्रारम्भ गर्ने।
३७. नागरिकले एउटै डिजिटल प्लेटफर्ममार्फत सबै सेवा सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन, सेवा प्रवाहमा दोहोरोपनको अन्त्य गर्न, पारदर्शिता अभिवृद्धि तथा समय र लागत उल्लेख्य रूपले घटाउन डिजिटल गभर्नेन्स र व्यक्तिगत डाटा संरक्षणसम्बन्धी नीति तथा कानूनको तर्जुमा ६० दिनभित्र गर्ने।
३८. सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स सम्बन्धी नियम बनाउने र नियमन गर्ने स्वतन्त्र नियामक निकाय (Independent Regulatory Authority) को स्थापनाका लागि आवश्यक कानूनी तथा संस्थागत प्रवन्ध ६० दिनभित्र गर्ने।
३९. नेपालको सूचना प्रविधि तथा विद्युतीय शासन प्रणालीमा विद्यमान खण्डीकृत संरचना, अन्तरआवद्धताको अभाव, मापदण्ड तथा संस्थागत समन्वयको कमजोरी, दक्ष जनशक्ति र प्राविधिक क्षमताको कमी तथा सेवा प्रवाहमा देखिएको अप्रभावकारिता समाधान गरी एकीकृत, सुरक्षित, दक्ष र परिणाममुखी डिजिटल शासन प्रणाली स्थापना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय मातहत रहने गरी सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना गर्ने कार्य तीन महिनाभित्र सम्पन्न गर्ने। हालको सूचना प्रविधि विभाग खारेज गर्ने तथा सूचना प्रविधिसम्बन्धी सबै सार्वजनिक निकायहरूलाई यस कार्यालय अन्तर्गत सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
४०. सूचना प्रविधि तथा विद्युतीय शासन विधेयक ६० दिनभित्र तर्जुमा गर्ने।
४१. National Enterprise Architecture Framework ६० दिनभित्र तयार गर्ने।
४२. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप (Betting App) र त्यससम्बन्धी वेवसाइट २४ घन्टाभित्र बन्द गर्ने।
ङ) सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रण
४३. देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अन्तर्गत रहने गरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने। सो समितिमा कानुन, अर्थ, राजस्व तथा अनुसन्धान क्षेत्रका विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिहरू समावेश गर्ने। सोको लागि आवश्यक कानुनी तथा प्राविधिक संयन्त्र विकास गरी सम्पूर्ण प्रक्रिया पारदर्शी र नतिजामुखी हुने सुनिश्चित गर्ने। उक्त समितिलाई आवश्यक कागजात, विवरण तथा अभिलेख सङ्कलन, विश्लेषण तथा सिफारिस गर्ने लगायतका अधिकार प्रदान गर्ने। पहिलो चरणमा वि. सं. २०६२/६३ देखि हाल (२०८२/८३) सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन, प्रमाणीकरण तथा छानबिन गर्ने। दोस्रो चरणमा वि. सं. २०४८ सालदेखि २०६१/६२ सम्मको अवधिमा सार्वजनिक पद धारण गरेका सोही प्रकृतिका पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने। छानबिन प्रक्रियालाई कानुनी मापदण्ड, प्रमाणमा आधारित तथा निष्पक्ष रूपमा सञ्चालन गर्ने तथा समितिले पेश गरेको प्रतिवेदन तथा सिफारिसहरू सम्बन्धित निकायमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाउने ।
४४. सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न राष्ट्रिय सतर्कता केन्द्रको पुनर्संरचना योजना ३० दिनभित्र तयार गरी कार्यान्वयनमा ल्याउने ।
४५. भ्रष्टाचार नियन्त्रणलाई प्रणालीगत बनाउन नेपाल राष्ट्र बैङ्कले १०० दिनभित्र, बैंक खाता, डिजिटल वालेट, शेयर लगानी तथा अन्य वित्तीय गतिविधिहरूलाई समेट्ने समन्वित डिजिटल सम्पत्ति लगत (Integrated Digital Asset Registry) स्थापना गर्ने, सोमा जोखिममा आधारित सङ्केत (Risk-Based Red Flag) प्रणाली लागू गर्ने तथा सन्देहास्पद कारोबारहरूको स्वचालित पहिचान गरी सम्बन्धित निकायमार्फत अनुसन्धान प्रक्रिया अघि बढाउने ।
४६. भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय अभिसन्धि अनुकूल हुने गरी भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय कार्ययोजना १५ दिनभित्र जारी गर्ने।
४७. सदाचारिता प्रवर्द्धन, सूचनादाताको संरक्षण (Whistleblower Protection) र हित/स्वार्थको द्वन्द्व (Conflict of Interest) व्यवस्थापनका लागि ३० दिनभित्र राष्ट्रिय सदाचार नीति जारी गर्ने तथा सम्वन्धित कानून तर्जुमा तथा संशोधन प्रकृया अघि बढाउने ।
च) सार्वजनिक खरिद र परियोजना व्यवस्थापन सुधार
४८. सार्वजनिक खरिद प्रक्रियामा हुने ढिलासुस्ती, लागत वृद्धि, गुणस्तरहीन कार्य तथा भ्रष्टाचार नियन्त्रण गर्न सार्वजनिक खरिद ऐनलाई ३० दिनभित्र संशोधन गरी Value for Money, Life Cycle Costing, EGov Market Place तथा Performance-Based Contracting जस्ता अवधारणाहरू लागू गर्ने। खरिद प्रक्रियालाई पूर्णतः डिजिटल, पारदर्शी तथा ट्रयाकिङयोग्य बनाउने तथा प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने।
४९. आयोजना व्यवस्थापनका लागि देहायका कार्य गर्नेः
क) देशका प्राथमिकता प्राप्त विकास परियोजनाहरूमा स्पष्टता ल्याउन राष्ट्रिय स्तरको Project Pipeline तयार गर्ने, सबै परियोजनाहरूलाई आर्थिक, सामाजिक तथा वातावरणीय आधारमा प्राथमिकता निर्धारण गर्ने तथा प्रत्येक परियोजनाका लागि उपयुक्त लगानी मोडालिटी (सरकारी, PPP, विदेशी लगानी आदि) तय गर्ने कार्य राष्ट्रिय योजना आयोगले दुई महिनाभित्र सम्पन्न गर्ने।
ख) लामो समयदेखि अलपत्र परेका, रुग्ण अवस्थामा रहेका तथा समयमा सम्पन्न हुन नसकेका आयोजनाहरूको पुनरावलोकन गरी बजेट व्यवस्था, जग्गा अधिग्रहण, वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) स्वीकृति, ठेक्का तोड्ने लगायतका प्रक्रियाहरू सरल बनाउने। रुग्ण आयोजना, ठेक्का तोडिएका परियोजना र प्रतिफलविहीन लगानी भई रहने समस्या समाधान गर्न ३० दिनभित्र अध्ययन टोली गठन गरी उक्त टोलीले आयोजनाको औचित्य र सम्भाव्यता मूल्याङ्कन गरी निरन्तरता दिनु पर्ने वा नपर्ने अवस्थाको बारेमा सिफारिस गर्ने। साथै, कुनै आयोजनाहरूको निर्माण तथा सञ्चालनका लागि अन्तरनिकाय समन्वय गर्नुपर्ने भएमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले तत्काल समन्वय र सहजीकरण गर्ने।
ग) राष्ट्रिय गौरवका तथा ठूला रणनीतिक आयोजनाहरूको कार्यान्वयनलाई शीघ्र, समयबद्ध तथा गुणस्तरीय बनाउन जग्गा प्राप्ति, मुआब्जा निर्धारण, रुख कटान तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृति सम्बन्धी प्रक्रियाहरूलाई “Fast-Track Mechanism” अन्तर्गत सञ्चालन गर्न, सम्बन्धित सबै निकायहरूबीच समन्वय गरी एकीकृत र स्वचालित स्वीकृति प्रणाली लागू गर्न, अनावश्यक ढिलासुस्ती तथा दोहोरो प्रक्रियाहरू हटाउन, स्पष्ट समयसीमा तोकी कार्यान्वयन गर्न तथा आयोजना कार्यान्वयनमा देखिने अवरोधहरू समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयबाट प्रत्यक्ष अनुगमन तथा सहजीकरण गर्ने।
घ) राष्ट्रिय तथा प्राथमिकताप्राप्त पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा देखिएको ढिलासुस्ती तथा ठेक्का प्रक्रियामा बारम्बार असफलता अन्त्य गर्न दुई पटक भन्दा बढी ठेक्का नलागेका वा ठेक्का प्रक्रिया असफल भएका आयोजनाहरूलाई सरकारी पूर्वाधार निर्माण कम्पनीमार्फत प्रत्यक्ष कार्यान्वयन गर्ने व्यवस्थाका लागि तीस दिनभित्र कानून तर्जुमा गरी उक्त कम्पनीका लागि आवश्यक पर्ने स्रोत, साधन, जनशक्ति तथा उपकरण व्यवस्थापन गर्ने।
५०. आयोजना छनोटदेखि भुक्तानीसम्मका विभिन्न चरणहरूमा ट्रयाकिङ्ग नहुँदा अनियमितता, भेरिएसन आदेशको दुरुपयोग र ढिलाइ हुने समस्या समाधान गर्न ९० दिनभित्र data-based end-to-end e-procurement monitoring प्रणाली लागू गर्ने।
५१. परियोजनाहरू विभिन्न कानून, स्वीकृति र निकायगत प्रक्रियामा अल्झिंदा आयोजना निर्माण तथा सञ्चालनमा वर्षों लाग्ने समस्या समाधान गर्न ६० दिनभित्र परियोजना सहजीकरण (Project Facilitation) सम्बन्धी छाता कानूनको मस्यौदा तयार गर्ने।
५२. लामो समयदेखि नागरिकलाई दैनिक सास्ती दिइरहेका प्रमुख सडक तथा यातायात पूर्वाधार आयोजना समयमा पूरा नहुने समस्या समाधान गर्न तत्कालै आयोजना निगरानी कार्यतालिका बनाई कार्यान्वयन गर्ने। राजमार्ग (Highway) का रणनैतिक क्षेत्रहरूमा अध्ययन गरेर तौल पुल ४५ दिन भित्र राखे।
छ) लगानी, उद्योग, निजी क्षेत्र प्रवर्द्धन तथा पर्यटन
५३. देशमा लगानी वातावरण सुधार गर्न उद्योग दर्ता, स्वीकृति तथा सञ्चालन प्रक्रियालाई सरल, छिटो तथा पारदर्शी बनाउन उद्योग विभागमा रहेको एकल विन्दु सेवा केन्द्रमा खटिने कर्मचारीलाई थप अधिकार प्रत्यायोजन गरी प्रभावकारी बनाउने।
५४. देशको पूर्वाधार विकासलाई द्रुत, व्यवस्थित तथा लगानीमैत्री बनाउन नेपालमा सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजना तथा लगानी बोर्डमा दर्ता भएका सम्पूर्ण परियोजनाहरूको लगानीको ढाँचा (Investment Modality) अनिवार्य रूपमा निर्धारण गर्ने। सोको लागि राष्ट्रिय योजना आयोग, लगानी बोर्ड नेपाल र अर्थ मन्त्रालयले संयुक्त रूपमा ९० (नब्बे) दिनभित्र सबै परियोजनालाई सरकारी कोष, सार्वजनिक निजी साझेदारी, निजी लगानी वा मिश्रित लगानी ढाँचामा वर्गीकरण गरी पुँजी परिचालन, जोखिम बाँडफाँट, कार्यान्वयन ढाँचा तथा समयसीमा सहितको National Structured Project Pipeline ९० (नब्बे) दिनभित्र तयार गरी सार्वजनिक गर्ने। उक्त संरचना अनुसार परियोजनाहरूलाई लगानीयोग्य (Bankable) बनाउँदै कार्यान्वयन प्रक्रिया द्रुत रूपमा अघि बढाउने।
५५. स्वदेशी तथा वैदेशिक लगानीकर्ताहरुलाई एकीकृत रूपले सहजताका साथ निर्धारित समयावधि भित्रै तोकिए बमोजिमका सेवा उपलब्ध गराउनका निम्ति लगानी बोर्ड नेपाल अन्तर्गत आगामी एक महिना भित्रै एकद्वार स्वीकृति प्रणाली (One Door Approval System) स्थापना गरी एक महिनाभित्र सञ्चालनमा ल्याउने।
५६. देशमा उद्यमशीलता प्रवर्द्धन, लगानी वातावरण सुधार तथा व्यवसाय दर्ता प्रक्रियालाई सरल, छिटो (दुई दिन भित्र) र झन्झटरहित बनाउन “Startup Fast Track” प्रणाली लागू गर्ने।
५७. साना तथा मझौला उद्योग (SME), कृषि तथा सूचना प्रविधि क्षेत्रको ऋणप्रवाहमा हाल रहेको जोखिम भार (Risk Weightage) घटाई उपयुक्त तहमा झार्ने व्यवस्था नेपाल राष्ट्र बैकले ३० दिनभित्र मिलाउने ।
५८. व्यवसाय दर्ता, कर दर्ता, बैंक खाता तथा अन्य आवश्यक अनुमति लिनुपर्ने विषयलाई एकीकृत गरी ४५ दिनभित्र One Door Business Platform मार्फत सेवा उपलब्ध गराउने। सेवा प्रवाहको क्रममा सम्पूर्ण प्रक्रिया डिजिटल, पारदर्शी तथा ट्रयाकिङयोग्य बनाई कार्यान्वयनका लागि कानुनी, प्राविधिक तथा प्रक्रियागत सुधार तत्काल लागू गर्ने।
५९. देशमा रोजगारी सिर्जना, सीप विकास तथा उद्यमशीलता प्रवर्द्धनलाई एकीकृत रूपमा सुदृढ गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठान लगायतका संस्थाहरूले संयुक्त रूपमा कार्य गर्ने गरी रोजगार सेवा केन्द्रहरूलाई ६० दिनभित्र “रोजगार, सीप तथा उद्यमशीलता केन्द्र” का रूपमा रूपान्तरण गर्ने। सो केन्द्रले रोजगारविहीनहरूको दर्ता र सार्वजनिक रोजगार कार्यक्रमका अतिरिक्त स्थानीय सीप तथा सोको माग नक्साङ्कन, तालिम समन्वय, उद्यमशीलता सहजीकरण तथा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूको पुनःएकीकरण सम्बन्धी कार्यहरू सञ्चालन गर्ने। स्थानीय तहलाई उक्त केन्द्रको प्रभावकारी परिचालन गर्न न्यूनतम बजेट विनियोजन एवं वार्षिक सीप विकास योजना समावेश गरी कार्यसम्पादनमा जवाफदेहिता सुनिश्चित गर्न अनुरोध गर्ने। उक्त व्यवस्था कार्यान्वयनका लागि आवश्यक डिजिटल प्रणाली, मापदण्ड तथा कार्यविधि तत्काल निर्माण गरी लागू गर्ने।
६०. देशको आर्थिक स्थायित्व, लगानी वातावरण सुदृढीकरण तथा निजी क्षेत्रको विश्वास पुनर्स्थापना गर्ने उद्देश्यले, “निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति (Private Sector Protection and Promotion Strategy – PSPP)” स्वीकृत गरी तत्काल कार्यान्वयन गर्ने। सो रणनीति मार्फत भौतिक सुरक्षा तथा सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान तथा नियामकीय सरलीकरण र लगानी प्रवर्द्धन तथा युवा उद्यमशीलता सम्बन्धी कार्यनीतिहरू तत्काल कार्यान्वयन गर्ने।
६१. गृह मन्त्रालयले औद्योगिक तथा व्यावसायिक सुरक्षा सुदृढीकरणका लागि आवश्यक संरचना तथा द्रुत प्रतिकार्य संयन्त्र ३० दिनभित्र विकास गर्ने।
६२. सुरक्षा निकायहरूले निजी सम्पत्तिमा भएको क्षति, लुटपाट तथा आक्रमणमा संलग्न व्यक्तिहरूमाथि कडाइका साथ कानुनी कारबाही प्रक्रिया तत्काल अगाडि बढाउने ।
६३. अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकले जेन-जी जनआन्दोलनका क्रममा प्रभावित व्यवसायहरूका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज जारी गर्ने।
६४. देशको लगानी, उत्पादन, निर्यात, उत्पादकत्व तथा विकास वित्त प्रणालीलाई एकीकृत, प्रभावकारी तथा परिणाममुखी बनाउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अन्तर्गत “प्रधानमन्त्री कार्यसम्पादन एकाइ (PM Delivery Unit)” तत्काल स्थापना गर्ने। उक्त एकाइले राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाहरूका लागि मुख्य कार्यसम्पादन सूचक (KPI), मन्त्रालयगत कार्यसम्पादन ट्रयाकिङ, समस्या तथा अवरोध समाधान संयन्त्र सहितको केन्द्रीय ड्यासबोर्ड सञ्चालन गर्ने ।
६५. लगानी बोर्ड नेपाल, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, उद्योग विभाग लगायतका निकायहरूबीच रहेको कार्यजिम्मेवारीको दोहोरोपन अन्त्य गर्न ३० दिनभित्र एकीकृत संरचनाको विस्तृत सङ्गठन तथा व्यवस्थापन सर्भेका लागि तत्काल एक कार्यदल गठन गर्ने। उक्त कार्यदलले लगानी प्रवर्द्धन, निर्यात विस्तार तथा प्रवर्द्धन, उद्योग विकास, परियोजना संरचना तथा विकास वित्त सम्बन्धी कार्यहरूलाई एकीकृत रूपमा एकल बिन्दू सेवा प्रणालीमा रूपान्तरण गर्न स्पष्ट रोडम्याप, कार्यात्मक संरचना तथा आवश्यक कानुनी व्यवस्था सहितको प्रतिवेदन पेश गर्ने। सो प्रतिवेदनका आधारमा आवश्यक संस्थागत तथा कानुनी सुधार प्रक्रिया तत्काल अगाडि बढाउने ।
६६. नेपालमा उद्योग तथा व्यवसाय सञ्चालनलाई सरल, पारदर्शी र बिचौलिया मुक्त बनाउन, साना उद्योग दर्ता प्रक्रियामा रहेको दोहोरो अभ्यास अन्त्य गरी २५ करोडसम्मका उद्योगहरूलाई एकीकृत रूपमा घरेलु तथा साना उद्योग कार्यालयमार्फत मात्र दर्ता हुने व्यवस्था गर्ने तथा दर्ता शुल्क खारेज गर्ने व्यवस्था ४५ दिनभित्र गर्ने ।
६७. कम्पनी रजिष्ट्रार कार्यालय, उद्योग विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेका उद्योग व्यवसायसँग सम्बन्धित विवरणहरू स्वचालित रूपमा आदान प्रदान (Interoperability) हुने प्रणाली दुई महिना भित्र विकास गर्ने। कम्पनी तथा उद्योग दर्ता र आयात/निर्यात सम्बन्धमा सेवाग्राहीलाई आवश्यक जानकारी तथा सहजीकरण गर्न निशुल्क परामर्श सेवा डेस्क स्थापना गर्ने, डिजिटल प्रणाली विकास गरी बिचौलियाको संलग्नता अन्त्य गर्ने कार्य १५ दिनभित्र गर्ने। साथै तीनै तहका सरकारी निकायबाट दर्ता भएका उद्योग, व्यवसाय तथा फर्महरूको तथ्यांकलाई अद्यावधिक गरी Real Time Data लिने प्रणाली तीन महिना भित्र विकास गर्ने।
६८. औद्योगिक प्रतिष्ठानहरूको Corporate Social Responsibility (CSR) रकमलाई केन्द्रीकृत गरी नेपाल सरकारले तोकेको कोषमार्फत प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाउने तथा यसका लागि आवश्यक कानुन संशोधन तथा निर्माण गर्ने कार्य तीन महिनाभित्र सम्पन्न गर्ने।
६९. जेन-जी आन्दोलन तथा सार्वजनिक प्रदर्शनका कारण निजी क्षेत्रको लगानी वातावरण र रोजगारीमा परेको प्रभावलाई न्यूनीकरण गर्दै सुरक्षित, स्थिर र विश्वसनीय व्यावसायिक वातावरण सुनिश्चित गर्ने उद्देश्यले, देहाय बमोजिम गर्ने-
क) निजी क्षेत्र, उद्योग-व्यवसाय, बैंक तथा वित्तीय संस्था, साना तथा मझौला उद्यम (SMEs) तथा सेवा क्षेत्रको सुरक्षा तथा संरक्षणका लागि “Private Sector Protection Strategy” बनाई तत्काल लागू गर्ने।
ख) उद्योग, व्यापारिक केन्द्र, बैंकिङ पूर्वाधार तथा आपूर्ति शृङ्खलाको सुरक्षाका लागि सुरक्षा निकायलाई उच्च सतर्कता कायम गर्न तथा विशेष सुरक्षा प्रबन्ध गर्ने।
ग) प्रदर्शनका कारण अवरोध भएका व्यवसाय सञ्चालन तथा पुनःसञ्चालनको लागि प्राथमिकताका साथ प्रशासनिक सहजीकरण गर्ने।
घ) व्यवसायमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गरी आवश्यक राहत, पुनर्स्थापना तथा सहुलियत प्याकेज (जस्तैः कर छुट, ब्याज सहुलियत, ऋण पुनर्संरचना) तयार गर्ने।
ङ) निजी क्षेत्रसँग निरन्तर संवाद तथा समन्वयका लागि प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उद्योग-वाणिज्य सम्वाद परिषद्लाई सक्रिय गराउने ।
७०. आपूर्ति शृङ्खलामा अवरोध हुन नदिन आयात निर्यात हुने मार्गमा ढुवानीका साधन विना अवरोध संचालन हुने व्यवस्था गृह मन्त्रालयले तत्काल मिलाउने।
७१. वैदेशिक तथा आन्तरिक लगानी प्रवर्द्धन गर्न स्वच्छ लगानी वातावरण सुनिश्चित गर्ने, स्वचालित लगानी स्वीकृति प्रणाली लागू गर्ने, लगानीकर्ताको वास्तविक स्वामित्व (Beneficial Ownership) खुलाउने व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय कर तथा वित्तीय पारदर्शिता मापदण्ड (Base Erosion and Profit Shifting-BEPS) लागू गरी पूँजी पलायन तथा मनी लाउन्डरिङ्ग नियन्त्रण गर्ने।
७२. उदयपुर (कोशी नदी आसपास), अछाम (रामारोशन), बाजुरा बडिमालिका, अपी हिमाल ट्रेकिङ्ग रुट, दोर्दी हिमाल ट्रेकिङ्ग रुट लगायतका क्षेत्रमा व्यवस्थित पर्यटनका लागि आवश्यक अध्ययन गरी १ महिनाभित्र कार्यान्वयनयोग्य खाका प्रस्तुत गर्ने।
७३. नेपाललाई आरोग्य पर्यटन (पूर्वीय दर्शन, ध्यान, योग, प्राकृतिक चिकित्सा लगायत) को हब बनाउन १५ दिनभित्र आरोग्य पर्यटन रणनीति जारी गर्ने। साथै, नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेकोमा उक्त प्रस्तावमा मतदान गर्ने सबै सदस्य राष्ट्रहरूलाई धन्यवाद ज्ञापन गर्ने। आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाको रूपमा लिई “Nepal Wellness Year 2027” मनाउन अन्तरनिकाय समन्वय संयन्त्र बनाउने।
ज) ऊर्जा तथा जलस्रोत
७४. उर्जा क्षेत्र विकासका लागि देहायका कार्य गर्नेः
क) ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार गर्ने।
ख) देशको ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न, विद्युत् उत्पादन, प्रसारण, वितरण तथा निर्यात सम्बन्धी अवरोधहरू तत्काल हटाई द्रुत विकास सुनिश्चित गर्ने उद्देश्यले पेन्डिङ रहेका सबै विद्युत् खरिद सम्झौता (PPA) तथा अनुमतिपत्र सम्बन्धी निर्णय अधिकतम १८० दिनभित्र गर्ने।
ग) विद्युत् निर्यातलाई उच्च मूल्य प्राप्त हुने बजार (विशेष गरी साँझको पीक समय) मा केन्द्रित गर्ने रणनीति तत्कालै कार्यान्वयनमा लैजाने ।
घ) नेपाल विद्युत् प्राधिकरणको संरचनात्मक सुधार सम्बन्धी रोडम्याप तयार गरी कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउने ।
ङ) ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनका लागि बहुआयामिक वित्तीय संरचना (सरकारी, निजी, विदेशी तथा डायस्पोरा लगानी) विकास गर्ने। साथै, उक्त सुधारहरू कार्यान्वयनका लागि सम्बन्धित निकायले स्पष्ट समयसीमा तोकी कार्यान्वयनमा लैजाने ।
७५. खानेपानी तथा सरसफाइ क्षेत्रका विभिन्न निकायबीच समन्वयको अभाव अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नेतृत्वमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल खानेपानी संस्थान र खानेपानी तथा ढल व्यवस्थापन विभाग समावेश गरी एकीकृत संयन्त्र तयार गर्न एक उच्चस्तरीय “एकीकृत खानेपानी समन्वय टास्कफोर्स” गठन गर्ने। यसले ३० दिनभित्र एकीकृत संरचना र सुधार प्रस्ताव पेश गर्ने।
७६. पोखरास्थित फेवा संरक्षित जलाधार क्षेत्रको अतिक्रमण हटाई पुनर्स्थापना, पहिरो व्यवस्थापन, मुहान संरक्षण र जलवायु परिवर्तन अनुकूलनका कार्यहरू सरोकारवालाहरूको सहभागितामा तीन महिना भित्र प्रक्रिया अघि बढाई जलाधार क्षेत्रको प्रभावकारी रूपमा संरक्षण गर्ने।
७७. शहरी विकास विधेयक र फोहोरमैला व्यवस्था सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्ने स्वीकृतिका लागि दुई महिनाभित्र मन्त्रिपरिषद्समक्ष पेश गर्ने।
झ) राजस्व सुधार
७८. राज्यका निष्क्रिय स्रोतहरूको प्रभावकारी उपयोग गर्न १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताहरूको विवरण सङ्कलन गरी हकवालाले दावी नगरेको रकम कानुनी प्रक्रिया पूरा गरी राज्यकोषमा ल्याउने तथा अन्य स्रोतहरूको पहिचान गरी व्यवस्थापन गर्ने कार्य ९० दिनभित्र सम्पन्न गर्ने ।
७९. राजस्व प्रणालीलाई पारदर्शी, डिजिटल तथा प्रभावकारी बनाउन ठूला व्यवसायहरूले अनिवार्य रूपमा e-billing प्रणाली एक महिनाभित्र लागू गर्ने।
८०. कर प्रशासनलाई स्वचालित बनाउने, राजस्व चुहावट नियन्त्रण गर्ने तथा करदातालाई सरल सेवा उपलब्ध गराउने कार्ययोजना अर्थ मन्त्रालयले ४५ दिनभित्र तर्जुमा गरी लागू गर्ने।
८१. करिब १३९ भन्दा बढी कोषहरू छरिएर, दोहोरिएर वा कम प्रभावकारी रूपमा सञ्चालन हुँदा सार्वजनिक स्रोतको उपयोग कमजोर भएको समस्या समाधान गर्न ६० दिनभित्र समान प्रकृतिका कोषहरूको एकीकरण तथा रकम उच्च प्रतिफलयुक्त परियोजनामा लगानी गर्ने ढाँचा तयार गर्ने।
८२. खानी तथा खनिज क्षेत्रका निष्क्रिय अनुमतिपत्र खारेज गर्ने तथा सक्रिय फर्महरूको कडाइका साथ नियमन गर्ने। खानी तथा खनिज पदार्थ ऐन, २०४२, सम्बन्धित नियमावली तथा कार्यविधिहरूलाई समयानुकूल संशोधन तथा परिमार्जन गरी लगानीमैत्री, पारदर्शी तथा कार्यान्वयनयोग्य बनाई विभाग अन्तर्गतका प्रयोगशालाहरूमा आधुनिक उपकरण (XRF, XRD, ICP-MS, Petrographic Microscope आदि) जडान गरी परीक्षण क्षमता अभिवृद्धि गर्ने कार्य तीन महिनामा प्रारम्भ गर्ने। साथै, रणनीतिक खनिजहरूको एकीकृत डाटाबेस निर्माण गर्ने।
८३. भन्सार प्रणालीलाई व्यापार सहजीकरणमुखी रूपमा पुनर्संरचना गर्ने, वाणिज्य तथा उपभोक्ता संरक्षण सम्बन्धी कार्यहरूलाई अलग गरी प्रभावकारी नियमन सुनिश्चित गर्ने तथा बजारमा Maximum Retail Price (MRP) अनिवार्य कार्यान्वयन र सघन अनुगमन गर्ने।
८४. अड्डा अदालत तथा सरकारी निकायमा रहेको ठूलो धरौटी रकम निष्क्रिय भई विकास निर्माणमा उपयोग हुन नसकेको समस्या समाधान गर्न ६० दिनभित्र त्यस्तो रकम परिचालन गर्ने कानुनी आधार तयार गर्ने।
ञ) स्वास्थ्य, शिक्षा र मानव विकास
८५. स्वास्थ्य क्षेत्रको सुधारका लागि देहायका कार्य गर्नेः
क) विपन्न, असहाय तथा वेवारिसे विरामीले अस्पताल सेवामा पहुँच नपाउने, आर्थिक कारणले उपचारबाट वञ्चित अवस्थाको अन्त्य गर्न र निजी-सरकारी दुवै क्षेत्रमा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न सरकारी तथा निजी अस्पतालका कुल शय्यामध्ये कम्तीमा १० प्रतिशत निःशुल्क उपलब्ध गराउने व्यवस्था कडाइका साथ तत्काल कार्यान्वयन गर्ने। सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा निःशुल्क सेवा उपलब्धता, लाभग्राही विवरण तथा सेवा उपयोगको रियल टाइम अनुगमनका लागि “Free Health Portal” विकास गरी उक्त पोर्टल ३० दिनभित्र देशभर लागू गर्ने।
ख) बिरामीको उपचार इतिहास, Referral, पुनःसेवा र Clinical Follow-Up व्यवस्थित गर्न विरामीको अभिलेख प्रणाली (Patient Record System) का लागि डिजिटल, एकीकृत र अन्तरआबद्ध स्वास्थ्य सूचना प्रणाली विकास तीन महिनाभित्र गर्ने। अनावश्यक निजी अस्पताल रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्न स्पष्ट Refer Protocol लागू गर्ने।
ग) सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको उपस्थिति, व्यवहार, सरसफाइ र सेवाको आधारभूत मापदण्ड सुनिश्चित गर्न Attendance Monitoring, Conduct Review र Cleanliness Audit एक हप्ताभित्र अनिवार्य गर्ने तथा सम्पूर्ण सेवा प्रवाहलाई नागरिकमैत्री र जवाफदेही बनाउने।
घ) अस्पताल फार्मेसीमा औषधीको मौज्दात तथा मूल्य देखिने डिजिटल प्रणाली तीन महिनाभित्र सञ्चालन गर्ने। नागरिकलाई गुणस्तरीय तथा सस्तो मूल्यमा औषधी उपलब्ध गराउने उद्देश्यले, देशभरका सरकारी अस्पताल तथा प्रमुख स्वास्थ्य संस्थाहरूमा “सुलभ फार्मेसी” सञ्चालन गर्ने व्यवस्था लागू गर्ने, उक्त फार्मेसीमार्फत आवश्यक औषधीहरू जेनेरिक नाममा न्यूनतम मूल्यमा उपलब्ध गराउने, निजी क्षेत्रसँग सहकार्य गरी आपूर्ति व्यवस्थापन सुदृढ गर्ने र उक्त कार्यक्रम १०० (एक सय) दिनभित्र चरणबद्ध रूपमा देशभर सञ्चालनमा ल्याउने।
ङ) जलन उपचारका लागि प्रदेशस्तरमा सुविधासम्पन्न अस्पतालको अभाव हुँदा मृत्युदर, अपाङ्गता र दीर्घकालीन पुनर्स्थापना समस्या बढ्ने अवस्थाको समाधान गर्न ३० दिनभित्र अधिकांश अस्पतालहरूमा Burn Ward स्थापना प्रक्रिया सुरु गर्ने। जलनका बिरामीका लागि सहुलियत दरमा उपचार हुने व्यवस्था मिलाउने।
च) सुदूर पश्चिम, मध्य तथा पूर्वी नेपालका पहाडी क्षेत्रहरूमा आपतकालीन स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा (standby) राखे व्यवस्था तत्काल लागू गर्ने।
८६. शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिनभित्र विद्यालय/विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी सङ्गठनका संरचना हटाई ९० दिनभित्र Student Council/ Voice of Student संयन्त्रको विकास गर्ने।
८७. विश्वविद्यालयहरूबाट लिइने स्नातक र स्नातकोत्तर परीक्षाको नतिजा शिक्ष, विज्ञान तथा प्रविधि
मन्त्रालयले उपलब्ध गराएको क्यालेन्डर अनुसार निकाल्ने । ८८. विद्यार्थीहरूलाई स्नातकसम्मको अध्ययन गर्न नागरिकता नचाहिने गरी विश्वविद्यालयहरूले आवश्यक कार्यविधिगत व्यवस्था तत्कालै गर्ने।
८९. कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने। उनीहरूलाई मनोवैज्ञानिक असर र दवाव नपर्ने खालको मूल्याङ्कन प्रणालीबारे विकल्प तयार गर्ने।
ट) कृषि, भूमि, पूर्वाधार र आधारभूत सेवा
९०. कृषि क्षेत्रको विकासका लागि देहायका कार्य गर्नेः
क) प्रमुख कृषि उपजको न्यूनतम मूल्य सुरक्षा नहुँदा किसान बजारको अनियन्त्रित उतारचढावबाट घाटामा जाने समस्या समाधान गर्न ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गर्ने।
ख) कृषकले उत्पादन गरेको कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न कृषि उपज खरिदमा उधारो कारोबार अधिकतम २५ दिनभित्र अनिवार्य भुक्तानी हुने व्यवस्था लागू गर्ने र सो अवधिभित्र भुक्तानी नभएमा ब्याजसहित भुक्तानी गर्नुपर्ने निर्देशिका तत्काल जारी गर्ने, कृषि उपजको बजार पहुँच सुदृढ गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने तथा एसएमएस/डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुऱ्याउने, प्रत्येक पालिकामा साप्ताहिक कृषि हाटबजार सञ्चालन गर्न स्थानीय तहलाई सहजीकरण गर्ने, कृषि उपजको भण्डारण तथा बजारीकरण सुधारका लागि “एक पालिका एक चिस्यान केन्द्र” कार्यक्रम प्रारम्भ गर्ने। प्रत्येक जिल्लामा सार्वजनिक निजी साझेदारीमा चिस्यान केन्द्र स्थापना गर्न १० दिनभित्र सम्भाव्यता अध्ययन गर्ने।
ग) व्यवसायिक कृषि फार्म सञ्चालन गरेका कृषकहरूलाई स्वाइल हेल्थ कार्ड (Soil Health Card) दिने व्यवस्था तीन महिनाभित्र सम्पन्न गर्ने।
९१. देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत सङ्कलन तथा प्रमाणीकरण ६० दिनभित्र सम्पन्न गर्ने र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या १००० दिनभित्र समाधान गर्न स्थानीय तहको समन्वयमा घर परिवार सर्वेक्षण सञ्चालन गर्ने, वास्तविक लाभग्राही पहिचानका लागि स्पष्ट मापदण्ड (कट-अफ मिति, आय स्तर, अन्य सम्पत्ति स्वामित्व) लागू गर्ने, सार्वजनिक, ऐलानी तथा गुठी जग्गाको अभिलेख अद्यावधिक, नक्साङ्कन तथा Geographic Information System- GIS आधारित डिजिटल डाटाबेस तयार गर्ने, पहिचान भएका वास्तविक सुकुम्बासीलाई चरणबद्ध रूपमा जग्गा उपलब्ध गराउने वा घना शहरी क्षेत्रमा वैकल्पिक रूपमा एकीकृत आवास (Land Pooling / Apartment Model) मार्फत पुनर्वासको व्यवस्था मिलाउने । जग्गा वितरण तथा पुनर्वास प्रक्रियालाई पूर्णतः पारदर्शी बनाउन सार्वजनिक ड्यासबोर्ड सञ्चालन गर्ने तथा सम्पूर्ण कार्यक्रमको समन्वय, अनुगमन र कार्यान्वयन सम्बन्धित मन्त्रालयको प्रत्यक्ष निगरानीमा सञ्चालन गर्ने।
९२. सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्न डिजिटल अभिलेख तयार गर्ने, निगरानी प्रणाली सुदृढ गर्ने तथा अवैध कब्जा हटाउने कार्य तत्काल प्रारम्भ गर्ने। नयाँ अतिक्रमणमा कडाइका साथ रोक लगाउने र अवैध कब्जा हटाउने विशेष अभियान सञ्चालन गर्ने। नेपाल बाल सङ्गठनसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग (हरिबाबु आयोग) को प्रतिवेदन बमोजिम बाल सङ्गठनको जग्गा अतिक्रमण तथा हिनामिनासम्बन्धी अनुसन्धान १५ दिनभित्र सुरु गर्ने।
ठ) अन्य रणनीतिक तथा सामाजिक सुरक्षा सम्बन्धी निर्णयहरू
९३. कसूरजन्य सम्पत्ति व्यवस्थापन प्रकृयालाई सरल, सहज बनाउन र एकरूपता कायम गर्न कसूरजन्य सम्पत्ति (रोक्का, नियन्त्रण र जफत) नियमावली दुई महिनाभित्र संशोधन गर्ने।
९४. नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (CIB) लाई प्रविधियुक्त बनाउन तत्कालै कम्तीमा १ करोड रूपैंया उपलब्ध गराउने।
९५. अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटहरूको प्रभाव अध्ययन गर्न अन्तर- मन्त्रालय कार्यदल गठन गर्ने, सोको आधारमा आवश्यक नीति तथा रणनीति तयार गर्ने कार्य परराष्ट्र मन्त्रालयको संयोजकत्वमा ३० दिनभित्र सम्पन्न गर्ने। मध्यपूर्वका देशहरूमा विकसित हुँदै गएको परिस्थितिका कारण नेपालमा आर्थिक, वैदेशिक रोजगारी, आपूर्ति शृङ्खला, ऊर्जा तथा सामाजिक क्षेत्रमा पर्नसक्ने बहुआयामिक प्रभावहरूको समयमै मूल्याङ्कन तथा व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालयहरू (परराष्ट्र, श्रम, अर्थ, उद्योग, आपूर्ति, ऊर्जा लगायत) को प्रतिनिधित्व रहनेगरी एक उच्चस्तरीय अन्तर-मन्त्रालय अध्ययन कार्यदल गठन गर्ने। उक्त कार्यदलले विस्तृत अध्ययन गरी ७ (सात) दिनभित्र अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीतिगत तथा कार्यक्रमगत उपायहरू सहित प्रतिवेदन पेश गर्ने । सो प्रतिवेदनका आधारमा आवश्यक निर्णय तथा कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउने ।
९६. भन्सारमा थन्किएका सवारी साधनहरूको विवरण संकलन गरी तिनीहरूको प्रयोग, व्यवस्थापन वा लिलामी गर्ने व्यवस्था तत्काल मिलाउने ।
९७. महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क “ब्लु बस” सेवा सञ्चालन गर्ने। पहिलो चरणमा १०० दिन भित्र कम्तिमा २५ वटा बस सञ्चालनमा ल्याउने।
९८. सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथाम गर्न सबै सवारी साधनमा CCTV/Dashcam जडान गर्ने र राइड-शेयरिङ एपहरूमा SOS Button अनिवार्य गरी आकस्मिक तथा खतराको सूचना प्रहरीसम्म तत्काल पुग्ने व्यवस्था मिलाउने कार्य ३० दिनमा सम्पन्न गर्ने।
९९. सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने।
१००. आम निर्वाचन २०८२ को जनादेश, नेपालको संविधानको मूल मर्म र राजनीतिक दलहरूले जनतासमक्ष प्रस्तुत गरेका प्रतिवद्धताहरूको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकार, संवैधानिक निकायहरू, निजामती प्रशासन, नेपाली सेना लगायत सबै सुरक्षा निकाय, सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू, राजनीतिक दलहरू, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज तथा विकास साझेदारहरूले एकताबद्ध भई नतिजामूलक सहकार्य गर्ने र सो सहकार्यलाई संस्थागत तथा परिणाममुखी बनाउन आवश्यक नीतिगत, संरचनात्मक तथा कार्यक्रमगत व्यवस्था मिलाउने। साथै, उक्त साझा राष्ट्रिय दायित्व निर्वाहमा सबै सरोकारवालालाई सक्रिय, समन्वित र उत्तरदायी भूमिका निर्वाह गर्न हार्दिक आह्वान गर्ने।
धन्यवाद।

म भित्रको म : एक पाठकीय अनुभूति

कमला न्यौपाने ।

“म भित्रको म” मेरो हातमा परेको निकै समय भइसकेको थियो। यति सुन्दर शीर्षक भएको पुस्तक हातमा परेपछि तुरुन्तै पढेँ, छोटो टिप्पणी लेखेँ र आफ्नो सामाजिक सञ्जालमा पनि पोस्ट गरिसकेकी थिएँ। तर, पाठकीय हृदयले कस्तो अनुभूति गर्‍यो भन्नेबारे विस्तारमा लेख्ने जमर्को भने अहिले गर्दैछु।

“म भित्रको म” शीर्षक नै अत्यन्त बृहत् र अर्थपूर्ण छ। यस कृतिमा लेखिका तारा अधिकारीले आफ्ना मनका भावनाहरू खुलस्त रूपमा प्रस्तुत गर्नुभएको छ। झट्ट हेर्दा यो कुनै दार्शनिक कृति जस्तो लागे पनि वास्तवमा यो मिठा कविताहरूको संग्रह हो। यसमा ४९ वटा सरल, सहज र छोटाछोटा कविताहरू समावेश छन्।

शीर्षकसँग मिल्दोजुल्दो आकर्षक आवरण रमेश दाहालले तयार पार्नुभएको छ। यो कृति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रले वि.सं. २०७९ मा प्रकाशन गरेको हो।

लेखिकाले यो पुस्तक आफ्नी हजुरआमा स्व. सावित्री गिरी र ससुराबुवा बसन्तद्व अधिकारीलाई सादर समर्पण गर्नुभएको छ। यस संग्रहमा रहेका कविताहरूको गहिराइमा पुगेर प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले लेख्नुभएको भूमिका अत्यन्त पठनीय छ। साथै, अनेसास केन्द्र तथा ट्रस्टिजका परिचित व्यक्तित्वहरू गीता खत्री, प्रकाश पौडेल “माइला”, डा. विजय शर्मा, रमेश दाहाल र राजु सिटौलाका शुभकामना सन्देशहरूले यस संग्रहलाई अझ समृद्ध बनाएको छ। “मनका कुरा” शीर्षकमा लेखिकाले यस कृतिको सिर्जना प्रक्रिया, आफ्नो जीवनका घटनाहरू तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्नुभएको छ।

हाल लेखिका तारा अधिकारी अनेसास केन्द्रकी ट्रेजरर हुनुहुन्छ। भारतमा हुर्केर शिक्षा हासिल गर्नुभएकी उहाँ भारतीय साहित्यकारहरूका कृतिहरू पढ्दै साहित्यप्रति आकर्षित हुनुभएको देखिन्छ। सानैदेखि कविता लेख्न रुचाउने उहाँको यो पहिलो कविता संग्रह हो।

कवि तारा अधिकारीसँग मेरो परिचय सन् २०२० देखि हो। परिचयसँगै हामी नजिकियौँ र बेलाबेलामा फोनमा संवाद भइरहन्छ। उहाँलाई अझ नजिकबाट चिन्न पाएको अवसर २०२३ मार्चमा अनेसासले आयोजना गरेको च्याप्टर तथा महिला सम्मेलनमा मिल्यो। त्यही क्रममा एक सुमधुर बिहान उहाँले यो संग्रह मलाई उपहारस्वरूप दिनुभएको थियो। त्यो अविस्मरणीय क्षण हामीले क्यामेरामा कैद पनि गरेका थियौँ।

कवि जति सरल र नम्र हुनुहुन्छ, उहाँका कविताहरू पनि त्यत्तिकै सरल, सरस र कोमल छन्। छोटा र मिठा कविताहरूको यस संग्रहमा जुनसुकै पाठकले सहज रूपमा भाव बुझ्न सक्छन् । मेरो विचारमा यही नै यस कृतिको विशेषता हो।

लेखिकाले “मनका कुरा” मा उल्लेख गरेअनुसार उहाँको प्रिय कविता “पिपलका पातहरू” रहेछ। मैले पनि त्यही कविताबाट पढाइ सुरु गरेँ। बाल्यकालका सम्झनाहरूलाई एउटा सुकेको पिपलको पातसँग जोडेर लेखिएको यो कविता अत्यन्त मार्मिक छ, जसले जोकोहीलाई आफ्नो बाल्यकाल सम्झन बाध्य बनाउँछ।

संग्रहको सुरुवात “सरस्वती वन्दना” बाट गरिएको छ, जसले कविको आध्यात्मिक झुकावलाई संकेत गर्छ। ज्ञानको महत्त्व र सरस्वतीप्रतिको श्रद्धा यस कवितामा स्पष्ट झल्किन्छ।

“बाबा” शीर्षकको कविता छोरीको दृष्टिबाट बाबाप्रतिको गहिरो प्रेमलाई अभिव्यक्त गर्ने अत्यन्त भावुक र आदरणीय रचना हो।

“भावना” कविताका अन्तिम पंक्तिहरूले जीवनप्रति सकारात्मक दृष्टिकोण राख्न प्रेरित गर्छन्,

नखोज अन्त्य, यसको भयानक छ साह्रै

बढ्नु छ अगाडि साहसको कवच लगाई

दुई हात जोड्दै मुस्कानको च्यादर ओढी

विस्तृत छ धरती, सीमित छ आँगन

राख्नु छ यसलाई जीवन सिँगारि

यसले हार नमानी अघि बढ्नुपर्ने सन्देश दिन्छ।

“ध्रुव सत्य” कवितामा जन्मपछिको अपरिहार्य सत्य—मृत्युलाई स्वीकार गरिएको छ। “तिमी” कवितामा सँगै मर्ने वाचा भन्दा पनि बाँचुन्जेल साथको अपेक्षा व्यक्त गरिएको छ। “चेतनामा” कविताले सपना बोकेर हिँड्दा प्रियजन गुम्ने डरलाई प्रस्तुत गर्छ।

“म भित्रको म” शीर्षक कविता आत्मअन्वेषणको दार्शनिक यात्रा हो, जसले आफूलाई चिन्न र भेट्न निरन्तर प्रयास गर्नुपर्ने सन्देश दिन्छ। यही कविताबाट संग्रहको शीर्षक लिइएको छ।

आधुनिक जीवनशैलीप्रति व्यङ्ग्य गर्दै घडी, मोबाइल र गाडीप्रतिको हाम्रो निर्भरतालाई देखाउने चेतनामूलक कविता पनि संग्रहमा समावेश छ।

“बदलिँदो रूप” कवितामा बाल्यकालदेखि वृद्धावस्थासम्मको जीवनयात्रा र त्यससँग जोडिएका पीडाहरूलाई अभिव्यक्त गरिएको छ। “सजल नेत्र” मा बिछोडको वेदना छ भने “भाग्य चिठ्ठा” कविताले अमेरिकामा लोकप्रिय ‘पावरबल’ जस्ता चिठ्ठामार्फत सपना बुन्ने प्रवृत्तिलाई यथार्थपरक ढंगले प्रस्तुत गर्छ।

“मनको उडान” कवितामा मनको स्वतन्त्रता र त्यसको असीमित यात्रालाई चित्रण गरिएको छ। “क्रोधित तिमी” कविता नारीवादी स्वर बोकेको छ, जसमा एक निष्ठावान नारीको पीडा र पुरुषको व्यवहारप्रति प्रश्न उठाइएको छ।

“स्नेह”, “कोखको मोती” र “शिशुको कल्पनामा” कविताहरूमा आमाको ममता र सन्तानप्रतिको प्रेमलाई सुन्दर रूपमा प्रस्तुत गरिएको छ।

“आँसु”, “सम्झना”, “नशा”, “तिम्रो साथ”, “के हामी एक हौँ”, “अग्नि परीक्षा”, “गुलाफ”, “मुटु तिम्रो” र “वाचा” जस्ता कविताहरूमा प्रेम, अपेक्षा र त्यागका भावहरू अभिव्यक्त छन्।

“प्रश्न आफैसँग” कवितामा जन्मथलो छोडेर कर्मथलोमा आउँदा हुने आत्मद्वन्द्व र गुमाइको अनुभूति व्यक्त गरिएको छ।

“शिशुको कल्पनामा आमा”, “आमाको महत्त्व”, “सपनामा आमा सँग”, “आमालाई चिठ्ठी” र “छोरीलाई चिठ्ठी” कविताहरूमा आमा–छोरीबीचको माया, बिछोड र आशीर्वादका भावहरू पाइन्छन्।

“चुरोट”, “परोपकार” र “रक्तदान” जस्ता कविताहरूले स्वास्थ्य र सामाजिक चेतनाका सन्देश दिन्छन्। विशेषतः “रक्तदान” कवितामा रक्तदानलाई जीवनदानको रूपमा प्रस्तुत गरिएको छ।

“हिउँ”, “सुन्दर बिहानी”, “प्रलय” र “डढेलो” कविताहरूमा प्रकृतिका सुन्दर र भयावह दुवै रूपहरूको चित्रण गरिएको छ।

“नयाँ वर्ष”, “सडक”, “ज्ञानज्योति”, “सत्यतथ्य”, “नक्कली संसार” र “दुखेको मुटु” कविताहरूमा कविका मनका विविध भावनाहरू नदीझैँ बगेका छन्।

कवि तारा अधिकारीका सबै कविताहरू छोटा तर अत्यन्त प्रभावशाली छन्। उहाँ जस्तो मिठो कविता लेख्नुहुन्छ, त्यस्तै मधुर वाणी पनि बोल्नुहुन्छ। उहाँ एक कुशल उद्घोषकसमेत हुनुहुन्छ, जसका कार्यक्रमहरू सधैं रोचक र आकर्षक हुने गरेका छन्।

कविको जीवन भारतमा बितेको झल्को उहाँका केही शब्द चयनमा पनि देखिन्छ।

समग्रमा, प्रेम, देश, प्रवास, नारी, प्रकृति, चेतना, प्रेरणा, धर्म र कर्मका विविध आयामहरू समेटिएको “म भित्रको म” एउटा सुमधुर कविताहरूको संगम हो।

कविका यस्तै उत्कृष्ट कृतिहरू भविष्यमा पनि पढ्न पाइयोस् भन्ने अपेक्षासहित, उहाँलाई हार्दिक शुभकामना! यस सुन्दर कृतिका लागि हार्दिक धन्यवाद!

 

प्रतिशोध होईन्, न्यायको शुरुवात -गृहमन्त्री गुरुङ

काठमाण्डौं, १४ चैत ।
गृहमन्त्री सुदन गुरुङले कानूनभन्दा माथि कोही नभएको बताएका छन् ।

गृहमन्त्री गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको जानकारी दिदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।

गृहमन्त्री गुरुङको फेसबुक स्टाटस जस्ताको त्यस्तै :
PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।
मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।

ओली र लेखकको पक्राउको घट्नाले देशमा द्वन्द्व बढ्ने -बस्नेत

काठमाण्डौं, १४ चैत ।
नेकपा एमालेका उप महासचिव महेश बस्नेतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको बताएका छन् ।

सरकारले पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउको बिरोध गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, बालेन सरकारद्वारा सुधन उरुङ्गजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ।

बस्नेतको फेसबुक स्टाटस जस्ताको त्यस्तै :

राजनीतिक बन्दी नहुनु लोकतन्त्रको एक महत्वपूर्ण सूचक मानिन्छ। नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा राम्रो उदाहरण मानिन्थ्यो। तर पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको छ।

बालेन सरकारद्वारा सुधन उरुङ्गजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ। यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ।

सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छ।

प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं। अहिले विहान ८स्३० वजे बस्ने सचिवालयको बैठक पछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ।

बालेन सरकार निषेध, प्रतिशोध र मुठभेडको बाटोमा- थापा

काठमाण्डौं, १४ चैत ।
राप्रपाका पूर्व अध्यक्ष कमल थापाले बालेन सरकार निषेध, प्रतिशोध र मुठभेडको बाटोमा लागेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउपछि सामाजिक सञ्जालमा थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ, सामाजिक सञ्जाल फेसबुकमा थापा लेख्छन्, वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन। वास्तवमा, सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त हुन् ।

ओली र लेखकलाई भोलि अदालतमा पेस गरिने

काठमाडौं । शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार (भोलि) अदालत पेस गरिने भएको छ ।

आज (शनिबार) अदालत बिदा हुने भएकाले उनीहरूलाई आइतबार प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै अदालतमा पेस गर्नेछ ।  ओली र लेखक दुवैलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिने प्रहरीले बताएको छ । एमालेका अध्यक्ष ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओली र लेखकलाई ठहर गरेको छ ।  प्रतिवेदन कार्यान्वयन गर्न सरकारले निर्णय गरेलगत्तै दोषी ठहर भएका ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौँ,१४ चैत ।
पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका कार्यान्वयनका लागि लेखकलाई पक्राउ गरेको हो ।

कार्की आयोगले प्रधानमन्त्री रहेका केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरिएको थियो ।

उनीहरूलाई दफा १८१ र १८२ बमोजिम कारबाही सिफारिस गरिएको थियो । मुलुकी फौजदारी संहिताको दफा १८१ मा ‘कसैले लापरबाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने’ कसुर छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।

दफा १८२ मा ‘हेलचक्र्याइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने’ भनिएको छ । यसमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भनिएको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ,१४ चैत ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो ।

उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो । प्रहरीले आज बिहान ओलीलाई पक्राउ गरेको हो ।

सरकारले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका कार्यान्वयनका लागि उनलाई पक्राउ गरेको हो ।

शुक्रबार मध्यरातिसम्म पक्राउ गर्ने विषयमा गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरुसँग छलफल गरेका थिए ।

कार्की आयोगले प्रधानमन्त्री रहेका केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरिएको थियो ।

उनीहरूलाई दफा १८१ र १८२ बमोजिम कारबाही सिफारिस गरिएको थियो । मुलुकी फौजदारी संहिताको दफा १८१ मा ‘कसैले लापरबाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने’ कसुर छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।

दफा १८२ मा ‘हेलचक्र्याइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने’ भनिएको छ । यसमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भनिएको छ ।

रास्वपाको सरकारमा सुदूरपश्चिमका दुई महिला मन्त्री

धनगढी, १४ चैत ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदूरपश्चिमबाट दुई महिलाले मन्त्री बन्ने अवसर प्राप्त गरेकी छन् । ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समानुपातिक तर्फबाट निर्बाचित गीता चौधरी र प्रतिभा रावलले मन्त्री बन्ने अवसर पाएकी हुन् ।

कञ्चनपुरमा जन्मिएकी रावल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री र वर्षीया गीता चौधरी कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री बनेकी छन् । ३३ वर्षीया चौधरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ की बासिन्दा हुन् । रावलको बसोबास काठमाण्डौंमा छ ।

एक दशकभन्दा बढी समय पत्रकारिता गरेकी रावलसंग साउथ एसिया फ्याक्ट चेक, रिपब्लिका दैनिक र ग्यालेक्सी फोरके टेलिभिजनमा काम गरेको अनुभव छ ।

कानुनमा स्नातकोत्तर गरेकी चौधरी वकालत पेशामा सक्रिय थिईन् ।

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुबाट राजनीतिमा सक्रिय भएकी चौधरी २०७९ को निर्वाचनमा एमाले त्यागेर नागरिक उन्मुक्ति पार्टीबाट २०७९ को प्रदेशसभामा उम्मेदवार बनेकी थिईन् । तर पराजित भइन् ।

नाउपा परित्याग गरी रास्वपा प्रवेश गरेकी चौधरीलाई यस पटक समानुपातिकबाट प्रतिनिधि सभामा निर्वाचित मात्र भईनन्, मन्त्री बन्ने अवसर समेत प्राप्त गरिन् ।

सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १० क्षेत्रमा जित हासिल गरेको थियो ।

बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागेको छ, आलोपालो हुँदैन : रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टी संसदीय दलका नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागिरहेको बताएका छन् ।

सभापति लामिछानेले सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री बालेनले पाँच वर्ष मात्र नभई त्यो भन्दा लामो समय काम गर्ने बताए ।

उनले प्रधानमन्त्रीमा कुनै आलोपालो नहुने समेत बताएका छन् । सभापति लामिछानेले भने, ‘जनतामाझ गरेको वाचा पुरा गरेका छौं, अब जनजीविकाका सवालमा काम गर्नुपर्ने दायित्व हामीसँग छ ।’

निवर्तमान प्रधानमन्त्री कार्की निवास फिर्ता

काठमाण्डौ- निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीमा रहेको आफ्नो निवासमा फर्किएका छन् ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेलगत्तै कार्की बालुवाटारबाट धापासीमा रहेको निवासमा फर्किएकी हुन् ।

निवर्तमान कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सार्वजनिक जिम्मेवारीको एक महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ, कठिन र चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रको नेतृत्व गर्नुपरेको थियो, हामी सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा चुनाव सम्पन्न गर्न सफल भयौँ, लोकतन्त्रप्रति नागरिकको अटुट विश्वास र सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको छ ।’

जननिर्वाचित नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा खुशी र निश्चिन्त भएको उल्लेख गर्दै निवर्तमान प्रधानमन्त्री कार्कीले नयाँ पुस्ताको ऊर्जावान् नेतृत्वले देशलाई अझ समृद्ध तथा स्थिर भविष्यतर्फ डोर्‍याउने विश्वास लिएकी छन् ।

गएको भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनपछि भदौ २७ गतेदेखि कार्कीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिए । राष्ट्रपति रामचन्द्र पौडलले ६ महिनाभित्र चुनावको जिम्मेवारीसहित नयाँ सरकार गठन गरेकी थिए ।

सुशीलाको बालेनलाई सुझाव: जोशमा होस पुर्‍याएर काम गर्नू

निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिँदै काममा होस पुर्‍याउन सुझाएकी छन् ।

सामाजिक सञ्जालमार्फत कार्कीले आफ्नो उत्तराधिकारी ३५ वर्षे युवालाई बनाउन पाउँदा खुसी लागेको बताउँदै होस पुर्‍याएर काम गर्न आग्रह गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना।’

खोज्नुहोस