ओली पक्राउको बिरोधमा एमालेले देशभरीका प्रशासन कार्यालयमा बिरोधपत्र बुझाउदै
काठमाडौं,१५ चैत ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने भएको छ ।
एमालेले ओली र पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारी ‘गैरकानुनी’ र पूर्वाग्रही भएको जिकिर गर्दै बिरोधमा प्रदर्शन शुरु गरेको नेकपा एमालेले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमा बिरोध पत्र बुझाउने भएको हो ।
एमाले सचिव महेश बस्नेतले मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय भएको जानकारी दिएका छन् ।
सरकारले जेनजी आन्दोलनको जाँचबुझ समितिको निर्णय कार्यान्वयनका नाममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखक लाई चैत १४ गते शनिबार बिहान पक्राउ गरेको थियो ।
