समानुपातिक सूची बुझाउने अन्तिम समयमा कुलमान र रास्वपाबिच छलफल

काठमाडौं : उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, बालेन साह बीच छलफल जारी रहेको छ। समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाउने अन्तिम समयअघि तीनै जना पुनः छलफलमा जुटेको उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिए।

घिसिङसँग विभिन्न चरणमा छलफल भएपनि लामिछाने र साहबीच हिजो मात्र सहमति भएको थियो। उनीहरूबिच यस अगाडिका छलफल निष्कर्षविहीन बनेपछि बालेन र रास्वपाले मिलेर समानुपातिक सूची तयार गरिरहेका छन्। तर रास्वपाको केन्द्रीय कमिटीको बैठक चलिरहँदा पुन: कुलमान घिसिङसहितको नेतृत्वबिच भेट भएको हो।

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठ्माण्डौ- सरकार र जेनजी पुस्ताबीच भएको १० बुँदे सम्झौता असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर रिट निवेदन  ‘हेर्न नभ्याइने’ भएको छ ।

न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सोमबार पेसी तोकिएको भए पनि अरू मुद्दाको सुनुवाइ गर्दागर्दै हेर्न नभ्याइने सूचीमा परेको हो ।

यसअघि, न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले यही पुस ४ गते उक्त सम्झौताका बारेमा प्रधानमन्त्री सुशीला कार्कीका नाममा कारण देखाऊ आदेश गर्दै १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको थियो ।

अधिवक्ता डा.प्रेमराज सिलवाल एउटा र अधिवक्ताहरू सुदीप भण्डारी, रोहित झा, सरोज कटेल तथा कानुनका विद्यार्थीहरू आयुष बडाल, प्रवीण पौडेल र स्मृति अधिकारीलगायतले दायर दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमा सम्झौता संविधानविपरीत भएको उल्लेख गरिएको थियो ।

प्रधानमन्त्री कार्की र जेनजी पुस्ताका प्रतिनिधिबीच गत मङ्सिर २४ गते भएको सम्झौतामाथि संवैधानिक प्रश्न उठाउँदै रिट निवेदनमा अन्तरिम चुनावी सरकारलाई दीर्घकालीन र दूरगामी असर पार्ने राजनीतिक तथा संरचनात्मक सम्झौता गर्ने अधिकार नरहेको उल्लेख गरिएको छ ।

टी–२० क्रिकेटमा एकै खेलमा ८ विकेट लिने पहिलो खेलाडी बने भूटानका सोनम

काठमाण्डाै- भूटानका बायाँ हाते स्पिनर सोनम येशेले एकै खेलमा ८ विकेट लिएर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाएका छन् ।

२२ वर्षीय येशेले म्यानमारसँगको तेस्रो टी–२० मा यो उपलब्धि हासिल गरेका हुन् । उनले ४ ओभरमा १ मेडन राख्दै ७ रन दिएर ८ विकेट लिए ।

गएको शुक्रवार घरेलु मैदान गेलफुमा भएको तेस्रो टी–२० खेल भूटानले ८२ रनले जितेको थियो । भूटानले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको म्यानमारले ९ ओभर २ बलमा सबै विकेट गुमाएर ४५ रनमात्रै बनाउन सक्यो ।

यसअघि टी–२० को एकै खेलमा सबैभन्दा धेरै विकेट लिने कीर्तिमान मलेशियाका स्याज्रुल इद्रुस र बहराइनका अली दाउदको नाममा थियो । उनीहरूले समान ७ विकेट लिएका थिए ।

सोनम येशेले सन् २०२२ को जुलाईमा मलेशियासँग खेल्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले अहिलेसम्म ३४ खेलमा ३७ विकेट लिएका छन् ।

पूर्वगृहमन्त्री लेखकको बयान सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिएका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको जनधनको क्षतिको विषयमा बयान दिन लेखक सिंहदरबारस्थित जाँचबुझ आयोग पुगेका थिए । मध्याह्न करिब १२:३० बजे बयानका लागि पुगेका उनी करिब ३ बजे आयोगको कार्यालयबाट बाहिरिए ।

जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए । आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो । तर उनी एक दिन ढिला गरी आज बयानका लागि सिंहदरबार पुगेका हुन् ।

त्यस्तै उनले आजै पत्रकार सम्मेलन गरेर जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा पनि सार्वजनिक गरेको जनाएका छन् ।

जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

राष्ट्रिय दलित आयोगमा अब अनलाइनबाटै उजुरी

काठ्माण्डौ- राष्ट्रिय दलित आयोगले मुलुकभर हुने जातीय विभेदको उजुरी दर्ता गर्नको लागि अनलाइन उजुरी सुरु गरेको छ। सोमबार उपराष्ट्रपति रामसहाय प्रसाद यादवले अनलाइनको उद्‌घाटन गरेका हुन्।

सूचना दिएपछि आयोगले उजुरीको ढाँचामा अघि बढाउने राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बताए। ‘कानुनी उपचार सहजताको लागि अनलाइन उजुरी सुरु गरेका हौँ’ उनले भने।

जातीय हिंसामा परेकाले मोबाइलबाटै उजुरी दिन सक्ने बनाएमा समयमै न्यायमा पुग्ने माध्यमको रूपमा विकास गरेको विश्वकर्माले बताए।

सोमबार नै आयोगले पाँच वर्षे रणनीति सार्वजनिक गरेको छ।

आज सरकार र जेनजीबीचको सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं- सरकार र जेनजीबीच गत मंसिर २४ गते भएको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ। न्यायाधीश अव्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ।

डा.प्रेमराज सिलवाल र अधिवक्ता सुदिप भण्डारीसमेतले सरकार र जेनजीबीच भएको सम्झौताविरुद्ध पुस ३ गते रिट दायर गरेका थिए।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै सरकार र जेनजी समूहबीच मंसिर २४ गते १० बुँदे सहमति भएको थियो। सम्झौता पत्रमा जेनजी आन्दोलनका शहीद र घाइतेको त्याग तथा बलिदानीलाई सम्मान, न्याय तथा अर्थपूर्ण स्मृतीकरणहितको परिपूरण, भदौ २३ र २४ का घटनाको अनुसन्धान, अभियोजन र पुनरावृत्ति हुन नदिन आवश्यक संस्थागत सुधार, राजनीतिक तथा नीतिगत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबण्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनको सुनिश्चितता, नेपालको संविधानमा गर्नुपर्ने सुधार, पूर्ण समानुपातिक समावेशिता र सहभागितामूलक प्रतिनिधित्व, पारदर्शिता, अभिव्यक्ति स्वतन्त्रता र डिजिटल स्वतन्त्रता, जेनजी परिषद्‍को गठन र सम्झौता लागू हुने मिति र सम्झौताको कार्यान्वयनका विषय समेटिएका छन्।

निर्वाचनको म्यान्डेट पाएको अन्तरिम सरकारलाई सम्झौताको अधिकार नभएको रिटमा उल्लेख छ। सम्झौता र राजपत्रमा जारी गरिएको सूचनालाई असंवैधानिक ठहर गर्दै उत्प्रेषणको माग गरिएको छ।

सिलवाल र अधिववक्ता भण्डारीसहित केहीले सर्वोच्चमा छुट्टाछुट्टै रिट पेश गरेका थिए। पु्स ४ गते उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै छलफलमा बोलाउने आदेश दिएको थियो। त्यसपछि पुस ११ गते दुईवटा रिटलाई एकसाथ राखेर पेश गर्न सर्वोच्चले भनेको थियो। आज उक्त रिटमाथि अन्तरिम आदेश दिने कि नदिने बारे आज छलफल हुनेछ।

चार दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची

काठमाडौँ । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने दलको संख्या ४ पुगेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो ।

अहिलेसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रीय लोकतान्त्रिक पार्टीले बन्द सूची बुझाइसकेको निर्वाचन आयोगले जनाएको छ ।

बयानका लागि जाँचबुझ आयोग पुगे लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन् । भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकसँग आयोगले बयान लिन लागेको हो ।

गत भदौ २३ र २४ गतेको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो । तर उनी आज बयानका लागि सिंहदरबार पुगेका हुन् ।

आयोगको पत्रपछि आफू बयान दिन जाने जानकारी लेखकले यसअघि नै पार्टीलाई गराइसकेका थिए ।

उनले बयान सकिएलगत्तै पत्रकार सम्मेलन पनि गर्दैछन् । जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भन्दै लेखकले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

Hike for Help Steps In to Care for Stray Dogs in Lukla

Lukla, 28 December

Hike for Help has announced its support for the care, management, and daily feeding of stray dogs in Lukla, Ward No. 2 of Khumbu Pasang Lhamu Rural Municipality, Solukhumbu.

The initiative comes after the growing number of stray dogs in the area began to affect tourism, with visitors increasingly expressing concerns about safety and disturbances.

To address the issue, an agreement has been signed between Hike for Help President Lhakpa Sherpa and Ang Phurba Sherpa, Ward Chairperson of Khumbu Pasang Lhamu Rural Municipality–2, Lukla, outlining a plan for the management of stray dogs.

Under the agreement, Hike for Help will provide daily food for 87 stray dogs in Lukla.

Lhakpa Sherpa said the decision was made after he personally observed how the situation was affecting tourists. Sherpa, who regularly accompanies foreign climbers in the region, noted that many visitors felt uneasy due to the presence of stray dogs.

“Dogs barking through the night were disturbing tourists’ sleep, and at the same time, many felt unsafe moving around,” Sherpa said. “Seeing this firsthand, we decided that Hike for Help should take responsibility for the dogs’ care, management, and daily feeding.”

Originally from Solukhumbu, Sherpa has been based in Colorado for the past two and a half decades. Alongside his involvement in the restaurant and tourism sectors, he remains actively engaged in preserving and promoting Sherpa community culture.

 

रवि-बालेन मिलनपछि कुलमानले भने- सकेसम्म एक हौं, नभए कार्यगत एकता गरेर जाऔं

काठ्माण्डौ- ऊर्जा मन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देशका वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्।

आइतबार पोखरामा आयोजित पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन साहबिच ७ बुँदे सहमति भई एकताको प्रक्रिया अघि बढेको सन्दर्भमा घिसिङले पनि एकताको अपरिहार्यता औंल्याएका हुन्।

यद्यपि, उनले एकता वा सहकार्य गर्दा सम्मानजनक अवस्था हुनुपर्ने सर्त राखेका छन्।

कार्यक्रममा बोल्दै घिसिङले भने, ‘सबै एक भएर जानुपर्छ। सकेसम्म एक भएर जाने, नभए एउटा कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौं।’

उनले मूलधारका शक्तिहरू बिच पनि एकता वा सहकार्य गरेर जानुपर्ने धारणा राखे। ‘आजको दिन नेपाली जनताले वैकल्पिक शक्तिहरू एक होस्, अगाडि बढोस् र नयाँ नेतृत्व दियोस् भन्ने चाहना राखेका छन्,’ उनले थपे।

रवि र बालेनबिचको सहमतिमा आफू नसमेटिएको चर्चाबिच घिसिङले आफ्नो पार्टीको स्वाभिमान र अस्तित्वको सवाल उठाएका छन्। उनले भने, ‘उज्यालो नेपाल पार्टी सदैव एउटा सम्मानजनक उपस्थिति, आफ्नो सम्मान र स्वाभिमानलाई यथास्थितिमा राखेर, त्यसलाई नमेटाईकन सबैसँग सहकार्य गर्न तयार छ।’

उनले सहकार्य गरेरै अगाडि बढ्ने नीति रहेको र यस विषयमा विभिन्न पक्षसँग कुराकानी भइरहेको जानकारी दिए। ‘आगामी दिनमा यसको नतिजाहरू पनि धेरै आउनेमा म विश्वास व्यक्त गर्न चाहन्छु,’ उनले भने।

आइतबार मात्रै रवि लामिछाने र बालेन साहबिच ७ बुँदे सहमति भएको थियो। जसमा रविलाई पार्टी सभापति र बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने उल्लेख छ।

यसअघि कुलमान घिसिङसहितको त्रिपक्षीय छलफलहरू भए पनि अन्तिम सहमतिमा घिसिङ समेटिएका थिएनन्। पद बाँडफाँड र पार्टीको अस्तित्वका विषयमा कुरा नमिलेको आंकलन भइरहेका बेला घिसिङले सम्मानजनक सहकार्यको ढोका भने खुला रहेको बताएका छन्।

पुस १९ गतेदेखि निर्वाचन आयोगले अस्थायी मतदाता संकलन गर्ने

काठमाडौं- निर्वाचन आयोगले अस्थायी मतदाता संकलन सुरु गर्ने भएको छ।  आयोगले आज एक सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा ३० तथा अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२ बमोजिम आयोगबाट अस्थायी मतदाता नामावली संकलन कार्यक्रम स्वीकृत गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले अस्थायी मतदाताको विवरण पुस १९ गतेदेखि माघ १८ गतेसम्म सम्बन्धित निकायका कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारी अधिकारी प्रदेश वा जिल्ला निर्वाचन अधिकारीको कार्यालयमा पठाउनुपर्ने जानकारी दिए।संकलित नामावली प्रकाशन र दाबी विरोध तथा जाँचबुझ गरी अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको उनले बताए।

विज्ञप्ति अनुसार आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, कारागारमा रहेका थुनुवा र कैदी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेका वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिइ सञ्चालनमा रहेका वृद्धा अवस्थामा बसेका व्यक्तिहरू एवं संवैधानिक निकायका पदाधिकारीको नामावली संकलन गरिनेछ आयोगले जनाएको छ।

null

रिज लाइन इनर्जीको आईपीओमा आवेदन खुला

काठमाडौं । रिज लाइन इनर्जीले आज (आइतबार)देखि आईपीओ निष्कासन खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १८ करोड ५० लाखको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता साधारण सेयर सर्वसाधरणका लागि आईपीओ निष्कासनको अनुमति पाएको थियो ।

जसमध्येबाट १० प्रतिशत अर्थात १ करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको १ लाख ४२ हजार २०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीका निष्काशन गरको हो ।
त्यस्तै कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात ११ करोड ८५ लाख रुपैयाँ बराबरको ११ लाख ८५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि र अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका निष्कासन गरेको ११ प्रतिशतबाट बाँकी रहको १२ प्रतिशत, अर्थात १४ करोड २२ लाख रुपैयाँ बराबरको १४ लाख २२ हजार कित्ता सेयर भने सर्वसाधरणका लागि छुट्याएको छ ।

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर बाँडफाँडपछि पश्चात कम्पनीले सर्वसाधरणका लागि निष्कासन गर्नेछ ।

आज (पुस १३) गतेदेखि खुला भएको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसतै वैदेशिक रोजगारीमा रहेका नेपालीले भने छिटोमा पुस १७ गते र ढिलोमा पुस २८ गते आवेदन दिन सक्नेछन् ।

 

४७.५५ अंकले बढ्यो सेयर बजार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ८.२५ अंकले बढेर ४५६.७८ विन्दुमा अडिएको छ।

३२८ स्क्रिप्सको १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर ५ अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २३८ वटा स्टक्सको मूल्य बढ्दा २१ वटाको घट्यो।

नेप्से दोहोरो अंकले बढे पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन स सकेन। मिड सोलु हाइड्रोपावरको सेयर सर्वाधिक ९.४९ प्रतिशतले बढ्यो। विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने आज सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको २७ करोड बराबरको सेयर कारोबार भयो। यस्तै मञ्जुश्री फाइनान्सले २४ करोडको कारोबार गर्दा सिनर्जी पावरको २२ करोड,एवाइ प्यानल नेपालको १८ करोड र शिवम् सिमेन्टको १७ करोड बराबरको सेयर कारोबार भयो। १३ वटै समूहको उपसूचक सकारात्मक देखिएका छन्।

कञ्चनपुरमा बाघको आक्रमणबाट एक वृद्धाको मृ’ त्यु

धनगढी, पुस १३ गते । बाघको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार भारतको दुधुवा नेसनल पार्कमा घाँस–दाउरा लिन जानू भएकी वृद्धाको बाघले आक्रमण गरी ज्यान लिएको हो ।

मृत्यु हुनेमा पुनर्वास नगरपालिका–६ की ७० वर्षीया सुना निरौला रहनु भएको प्रहरीले जानकारी दिएको छ । पुनर्वास नगरपालिका–६ स्थित आजाद नगरनजिककै जङ्गलमा बाघले आक्रमण गरेर वृद्धाको ज्यान लिएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज लोकेन्द्रसिंह कार्कीका अनुसार शनिबार घाँस–दाउरा लिन जङ्गल जानु भएकी वृद्धा साँझसम्म नफर्किएपछि स्थानीयसहित प्रहरी, आफन्तले खोजतलास गरेका थिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेत खोजीकार्य गर्ने क्रममा आइतबार जङ्गलमा वृद्धाको शव भेटिएको छ । घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउनुका साथै प्रहरीले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ । केही वर्ष अगाडि पनि दुधुवा नेसनल पार्कमा घाँस काट्न गएकी पुनर्वास नगरपालिकाको एक महिलाको बाघले ज्यान लिएको थियो ।

तीन राजनीतिक दलले समानुपातिकको बन्द सूची बुझाए

काठ्माण्डौ- फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन्।

आयोगकाअनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूची पेस गरेका छन्।

तीन वटा राजनीतिक दलहरुले १३४ जनाको बन्दसूची  आयोगमा पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनकाअनुसार आइतबार र सोमवार बन्दसूची पेस गर्ने समय तोकिएको छ। आयोगले दुई चरणमा समानुपातिकको बन्दसूची लिइरहेको छ।

भट्टराईका अनुसार पहिलो चरणमा सम्बन्धित दलहरुले सिफारिस गरेको उम्मेद्वारको नाम मतदाता नामावलीमा नाम रहे/नरहेको यकिन गरेर निस्सा उपलब्ध गराउँछ।

त्यसपछि निस्सा लिएपछि बन्दसूची पेस गर्नका लागि दर्ता गरिने उनको भनाइ छ। उनले सेवा प्रवाहको लागि आवश्यक स्रोत साधन सबै प्रवन्ध मिलाइएको पनि जानकारी दिए।

उनले निर्वाचन आयोगको व्यस्त कार्यतालिका भएकोले समय थप हुन नसक्ने पनि बताए। सोमबार ६ बजेसम्म आउने दलहरुलाई सेवा दिने ‍बताए।

‘आज र भोलि समय तोकिएको हुनाले भोलिसम्म सबै आइसक्ने अनुमानसहित हामी सेवा प्रवाहको लागि तयारी अवस्थामा रहेका छौं,’उनले भने।

प्रवक्ता भट्टराईले विभिन्न समूहहरुको प्रतिनिधित्व गराउने कानूनी व्यवस्थाअनुसार दलहरुले मिलाएर नामावली पठाउने पनि विश्वास व्यक्त गरे।

आयोगले त्यसको लागि राजनितिक दलहरुलाई अभिमुखिकरण पनि गरेको उनको बताए। उनले संसोधन गर्नुपर्नेमा पुस २१ देखि २७ गतेसम समय दिने गरी निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको पनि जानकारी दिए।

उनकाअनुसार पुस १५ देखि २० गतेसम्म नामावलीको भेरिफाई गरेर कानूनअनुसार मिले/नमिलेको हेरेर मिलाउनुपर्ने भएमा २० गते सूचना दिने बताए। न्युज एजेन्सी नेपाल

सहिद दशरथ चन्द विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि नाम सिफारिस

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पहिलो उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि नाम सिफारिस भएको छ ।

उपकुलपति तथा रजिष्ट्रार छनोट तथा सिफारिस समितिका संयोजक जयराज अवस्थीका लागि उपकुलपतिका लागि एक जना र रजिष्ट्रारका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सहकुलपति तथा शिक्षामन्त्री महावीर पुनलाई नाम सिफारिस गरिएको उनले बताए ।

‘उपकुलपतिका लागि दुई जनाको मात्र आवेदन परेको थियो । त्यसमध्ये एक जनाको आवेदन प्रक्रिया पूरा नभएकाले स्वीकृत भएन । एक जनाको मात्र नाम पठाएका छौं,’ उनले भने, ‘रजिष्ट्रारमा ३ जनाको नाम सिफारिस गरिएको छ ।’ तीमध्ये एकजना नियुक्त हुनेछन् । विश्वविद्यालयको ऐनअनुसार सभा बैठक डोकेर सिफारिस मध्येबाट नियुक्ति गरिनेछ । समितिले सिफारिसमा परेकाहरुको नाम भने खुलाएको छैन ।

उपकुलपतिका लागि आवेदन नपरेपछि समितिले तेस्रो पटक सूचना जारी गरेर आवेदन माग गरेको थियो । दुई पटकसम्म आवेदन नपरेपछि शिक्षा पुनले समेत उपकुलपति बन्न चाहने व्यक्ति सर्म्पक आउन सामाजिक सञ्जालबाट आह्वान गरेका थिए । सिफारिस समितिले उपकुलपतिका लागि कात्तिक १६ गते प्रथम पटक र कात्तिक ३० गते दोस्रो पटक दरखास्त आह्वान गरेको थियो । एउटा पनि दरखास्त नपरेपछि मंसिर २३ गते समितिले मंसिर २८ गतेसम्म दरखास्त पेस गर्न समय थप गरेको थियो ।

रजिष्ट्रारमा १० जनाको आवेदन परेमा सात जनालाई सर्टलिस्ट गरेर अन्तर्वार्तामा डाकिएको थियो । कञ्चनपुरका खेमराज जोशी, बैतडीका गोविन्दसिंह विष्ट, बझाङका डबलबहादुर धामी, कञ्चनपुरका डमरुप्रसाद पनेरु, कैलालीका पदमराज जोशी, बैतडीका भीमबहादुर चन्द र कैलालीका शिवप्रसाद सापकोटा सर्टलिस्टमा परेका थिए । तीमध्ये तीनको नाम सिफारिस भएको हो ।

गत असारमा विश्वविद्यालयको ऐन संसद्‌बाट पारित भएपछि सरकारले उपकुलपति र रजिस्ट्रार नियुक्तिको प्रक्रिया अघि बढाएको छ । पदाधिकारी नियुक्तिपछि विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशमा चिकित्सा पठनपाठन थाल्ने लक्ष्य राखेको छ ।

निर्वाचन आचारसंहिता–२०८२ स्वीकृत

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार स्वीकृत आचारसंहिता माघ पहिलो साताबाट कार्यान्वयनमा जानेछ । फागुन २१ को प्रतिनिधि सभा सदस्य चुनाव हुदैछ ।

यसअघि आयोगले निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा तयार पारेर सरोकारवालासँग राय सुझाव मागेको थियो । आएका सुझाव समेत समेटेर आचारसंहिता स्वीकृत गरिएको हो । यस पटकको आचारसंहिताको दायरा फराकिलो बनाएको आयोगले दाबी गरेको छ ।

‘पहिला सचेतनाको मोडलमा आचारसंहिता हुन्थ्यो अहिले कारबाहीको मोडलमा छ’, कार्यवाहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘कार्यान्वयनको सवालमा पहिला जस्तै ५०,५५ दिनअघिबाट लागु हुन्छ ।’

उनले आचारसंहिता तत्काल लागु गर्दा सरकारका कामकारबाहीमा प्रभाव पर्ने भएकाले ती विषयलाई समेत ख्याल गरेर माघ पहिलो साताबाट लागु गर्ने जानकारी दिए ।

अमेरिकामा भीषण हिम आँधी : ११ हजार बढी उडान प्रभावित, लाखौँ अलपत्र

अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आएको हिम आँधी डेभिनले गर्दा शनिबार ९ हजारभन्दा बढी घरेलु उडानहरू रद्द वा ढिलाइ भएका छन्। आँधीले क्रिसमसपछिको बिदाको यात्रालाई पूर्ण रूपमा अवरुद्ध पारेको अमेरिकी सञ्चारमाध्यमले जानकारी दिएका छन्।

आँधीले न्यूयोर्क र न्यू जर्सीलाई राज्य आपतकाल घोषणा गर्न बाध्य पारेको थियो। शुक्रबारदेखि शनिबारसम्म अमेरिकामा एक हजार ७ सयभन्दा बढी उडानहरू रद्द गरिए भने ९ हजार २ सय ढिलाइ भएका छन्। शुक्रबार मात्रै एक हजार ८ सय उडानहरू रद्द भएका थिए।

जेटनीलो, डेल्टा, अमेरिकी र युनाइटेड जस्ता प्रमुख हवाई सेवा कम्पनीहरूले सयौँ उडानहरू रद्द गर्नुपरेको थियो। यात्रुहरूलाई नि:शुल्क टिकट परिवर्तनको प्रस्ताव गरिएको थियो। अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार आँधीले न्यूयोर्क सहरलाई हिउँले ढाक्यो।

शनिबार बिहानसम्ममा न्यूयोर्कदेखि लङ आइल्याण्ड र कनेक्टिकटसम्म लगभग ६ देखि १० इन्च हिउँ परेको थियो। शनिबार राति थप २ देखि ४ इन्च हिउँ परेको थियो, जसमा सेन्ट्रल पार्कमा ४ दशमलव ३ इन्च हिउँ परेको थियो, जुन २०२२ पछिको सबैभन्दा धेरै हो।

हिमपात र चिसो वर्षाले केही क्षेत्रहरूको अवस्था थप बिग्रियो। राष्ट्रिय मौसम सेवाले हिउँदे आँधीको चेतावनी जारी गरेको छ, जसमा चिप्लो सडक, कम दृश्यता (भिजिबिलिटी) र बिजुली अवरुद्ध हुने चेतावनी दिइएको थियो।

न्यूयोर्कका गभर्नर क्याथी होचुलले आधाभन्दा बढी राज्यमा आपतकालीन अवस्था घोषणा गर्दै भनेका छन्, ‘न्यूयोर्कवासीहरूको सुरक्षा मेरो सर्वोच्च प्राथमिकता हो। कृपया यस आँधीबेहरीको समयमा अत्यधिक सावधानी अपनाउनुहोस्।’ एजेन्सी

रिलायन्सको आईपीओमा ३३ गुणा बढी आवेदन

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्वसाधारणतर्फ मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ ।

कूल ९ लाख २४ हजार ७ सय ६८ कित्ताका लागि खुला गरिएको आईपीओमा अन्तिम समय शुक्रबारसम्म ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताका लागि आवेदन परेको छ ।

आवेदकबाट २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ संकलन भएको छ । नेपालको पूँजीबजारमा यो आवेदन संख्या र संकलित रकम सम्भवतः हालसम्मकै बढी हो ।

कम्पनीले ७ पुसमा निष्कासन गरेको आईपीओको सबैभन्दा ठूलो हिस्सा (सर्वसाधारणतर्फ) को आवेदन खुला गरेको थियो । ११ पुससम्म पूर्ण आवेदन नपरे २१ पुससम्म अवधि लम्बिने भए पनि मागभन्दा अत्यधिक धेरै आवेदन परेपछि आवेदन अवधि लम्ब्याइएन ।

ग्लोबल आईएमई क्यापिटल लिमिटेडको प्रबन्धकत्वमा खुलेको आईपीओमा पहिलो दिनको ४० मिनेटमै ‘ओभर सब्स्क्राइब’ भएको थियो । त्यसपछि पनि लगानीकर्ताको आकर्षणमा कुनै कमी नआउँदा यसले नेपाली पूँजीबजारमा नयाँ इतिहास रचेको कम्पनीको भनाइ छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबर १९ लाख २६ हजार ६ सय कित्ता सेयर निष्कासन गरेको छ ।

बुक बिल्डिङ विधिबाट प्रथम चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि बाँडफाँट भइसकेको छ ।

सर्वसाधारण समूहमा निष्कासन हुने ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९ सय ६० कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७ सय ६८ कित्ता सर्वसाधारणका लागि खुलेको हो ।

वैदेशिक रोजगारी र सामूहिक लगानी कोषतर्फ यसअघि नै करिब १७ गुणा बढी आवेदन परेकोमा सेयर बाँडफाँट भइसकेको छ ।

नवौं एनभीए महिला तथा पुरुष च्याम्पियनसिपः आर्मीको दोस्रो जित

काठमाडौं : नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित दर्ता गरेको छ। आइतबार भएको महिला तर्फको पहिलो खेलमा आर्मीले चुली युवा क्लबलाई ३–० को सोझो सेटले हराएको छ।

आर्मीले २५–१६, २५–१२ र २५–९ले चुली युवा क्लबलाई हराएको हो। आर्मीले पहिलो खेलमा एभरेस्ट महिला क्लबलाई हराएको थियो। आजको महिला तर्फको दोस्रो खेल एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश खेलकुद परिषदबीच हुनेछ।

आज पुरुषतर्फ २ खेल हुनेछ। पहिलो खेल दिउँसो १ बजे हेल्प नेपाल स्पोर्टस क्लब र मणिमुकुन्द क्लब बीच हुनेछ। दोस्रो खेल दिउँसो ३ बजे नेपाल पुलिस क्लब र खिल्जी युवा क्लब बीच हुनेछ।

नेपाल राष्ट्र बैंकले २० अर्ब निक्षेप खिच्दै आज

काठमाण्डौ – अधिक तरलता कायमै रहेपछि १२ दिनका लागि नेपाल राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ ।

केद्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज  २०८२ पुष २५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

 

माघको पहिलो साता राजीनामा दिँदै बालेन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिने तयारी गरेका छन्।

आज (आइतबार) बिहान ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको ७ बुँदे सहमति भएसँगै बालेनले महानगरको मेयर पदबाट राजीनामा गर्ने भएका हुन्। उनले महानगरको सबै प्रक्रिया पुर्‍याएर माघको ६ गतेसम्म राजीनामा दिने भएको महानगर स्रोतले जनाएको छ।

सहमतिपछि बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवार बन्ने छन्।

रवि–बालेनको एकता आशा होइन, भ्रम हो : महेश बस्नेत

काठ्माण्डौ- नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबीचको एकताप्रति टिप्पणी गरेका छन।  उनले नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ ‘आशा’का रूपमा बेच्ने तर अन्ततः निराशा मात्रै बाँडिने प्रवृत्ति दोहोरिँदै गएको बताएका छन्।

बस्नेतका अनुसार गगन थापा आए, अत्यधिक प्रचार गरिए तर बिस्तारै बासी बनाइए। त्यसपछि काण्डै–काण्डले चर्चामा आएका रवि आए, उनी पनि पुरानै बाटोमा हिँडिरहेको देखिएको उनको टिप्पणी छ। ‘लोकप्रियताको आडमा बालेन आए, तर तीन वर्षमा एउटा महानगर नै रूपान्तरण गर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ,’ उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ।’

उनले बालेनको लोकप्रियता स्वतन्त्र छविसँग गाँसिएको स्मरण गराउँदै विवादित नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तीव्र गतिमा घट्ने दाबी गरे।

बस्नेतले समस्या पुराना दलको अस्तित्व नभई तिनका विकृति भएको भन्दै समाधान नयाँ दल खोल्नु नभई पुराना दललाई परिमार्जन गर्दै राजनीति सुधार गर्नु भएको बताए।

आउँदो चुनावका लागी ९ लाख १५ हजार १ सय १९ नयाँ मतदाता थपिए

काठमाण्डौ – अघिल्लो चुनावको तुलनामा आउँदो प्रतिनिधिसभा चुनावमा सहभागी हुने मतदाताको सङ्ख्या ९ लाख १५ हजार ११९ जनाले बढेको छ । जसमा ५ लाख २२ हजार ५ सय ५२ पुरुष र ३ लाख ९२ हजार ५ सय ५२ महिला छन् ।

प्रतिनिधिसभा सदस्य चुनावमा जम्मा १ करोड ८९ लाख ३ हजार ६ स ८९ जना मतदाताले भाग लिने भएका छन् । निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्दै ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र अन्य दुई सय मतदाता चुनावमा सहभागी हुने जनाएको छ ।

मतदाताले नामावलीमा आफ्नो नाम हेर्न सक्नेगरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा प्रकाशन गरिएको छ । आयोगका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्नका लागि देशभर १० हजार ९ सय ६७ मतदातास्थलमा २३ हजार १ सय १२ मतदात केन्द्र निर्धारण गरिएको छ । यो चुनावमा २०७९ सालको कुल मतदानस्थलको सङ्ख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ । कुल मतदान केन्द्रको सङ्ख्या ८ सय ८५ बढेको छ ।

तोलामै १३ सय बढेसँगै सुनको मूल्यमा अर्को कीर्तिमान

काठमाडौं । साताको पहिलो दिन आइतबार (पुस १३) सुनको मूल्यले अर्को ‘रेकर्ड’ बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १३ सय रुपैयाँ बढेर हालसम्मकै महँगो बनेको छ ।

यस दिन तोलाको दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार (पुस ११) पनि कीर्तिमान कायम भएको थियो । सो दिन तोलामै १८ सय रुपैयाँ बढेर दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलाको चार हजार ८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

शुक्रबार भने चार हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो । ब

बालेन्द्र साहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन रास्वपा सहमत

धनगढी, १३ पुस ।

अन्ततः काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई रास्वपाका तर्फबाट आगामि प्रतिनिधि सभाको निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा सहमती जुटेको छ ।

रास्वपा सभापति रवि लामिछाने र साहबीच ४८ घण्टा लामो वार्तापछि सहमती जुटेको हो ।

काठमाण्डौं महानगरका सभापति साह निकट केपी खनालले सामाजिक सञ्जाल मार्फत यस्को पुष्टि गरेका हुन् । उनी लेख्छन्, ४८ घन्टाको अनवरत खटाई पश्चात, अन्ततः बिहानको ४ बजेबाट नेपालमा नयाँ  युवा युगको सुरुवातका निम्ति अब घन्टि बजाउदै रास्वपाबाट भावी प्रधानमन्त्री बालेन साह ।

तस्वीर : बालेन साहकोे फेसबुक वालबाट ।

कम्बोडिया र थाइल्याण्डबीच युद्धविराम सम्झौतामा हस्ताक्षर

केही दिनदेखि जारी द्वन्द्वपछि थाइल्याण्ड र कम्बोडियाबीच फेरि युद्धविराम सम्झौता भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार दुवै देशले युद्धविराममा हस्ताक्षर गरेका छन्। कम्बोडियाली रक्षा मन्त्रालयले यो सम्झौताको घोषणा गरेको छ।

हालै भएका झडपहरूमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो। थाइल्याण्ड-कम्बोडिया सीमा विवादबाट प्रभावित क्षेत्रमा हिन्दू देवताहरूको मूर्तिहरू पनि तोडफोड गरिएको थियो। जुलाईमा युद्धविराममा सहमति जनाएपछि थाइल्याण्ड र कम्बोडियाबीचको द्वन्द्व फेरि बढेको थियो। यस समयमा दुवै देशले एकअर्कालाई हिंसा सुरु गरेको आरोप लगाएका छन्।

यस वर्षको मे महिनादेखि दुई छिमेकीहरू बीच बढ्दो तनावका कारण ४० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। द्वन्द्व सुरु भएदेखि नै दुई देशबीचको व्यापार रोकिएको छ र यात्रा प्रतिबन्ध पनि लगाइएको छ।

नवौं एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फ न्यू डायमण्ड र एपीएफको विजयी शुरुआत

काठमाण्डौ – नवौं एनभीए भलिबल च्याम्पियनसिपको महिलातर्फ न्यू डायमण्ड युथ स्पोर्टस क्लब र विभागीय टोली एपीएफ ले विजयी शुरुआत गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड त्रिपुरेश्वरमा आज बिहान भएको खेलमा न्यू डायमण्डले चुली युवा क्लबलाई र एपीएफले मधेश प्रदेश भलिबल सङ्घलाई ३–० को सोझो सेटमा हरायो ।

आजै पुरुषतर्फ दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश अनि दिउँसो ३ बजे रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर र बूढानिलकण्ठ भलिबल क्लबबीच खेल हुँदैछ ।

हिजो भएका खेलमा पुरुषतर्फ साविक विजेता हेल्प नेपाल स्पोट्र्स क्लब र पुलिस तथा महिलातर्फ पनि पुलिससँगै आर्मीले विजयी शुरुआत गरे ।

एनभीए भलिबल च्याम्पियनशिपमा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागिता छ ।

 

खोज्नुहोस