तीन राजनीतिक दलले समानुपातिकको बन्द सूची बुझाए

द एभरेष्ट पोष्ट
१३ पुष २०८२ १५:३४
तीन राजनीतिक दलले समानुपातिकको बन्द सूची बुझाए

काठ्माण्डौ- फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन्।

आयोगकाअनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूची पेस गरेका छन्।

तीन वटा राजनीतिक दलहरुले १३४ जनाको बन्दसूची  आयोगमा पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनकाअनुसार आइतबार र सोमवार बन्दसूची पेस गर्ने समय तोकिएको छ। आयोगले दुई चरणमा समानुपातिकको बन्दसूची लिइरहेको छ।

भट्टराईका अनुसार पहिलो चरणमा सम्बन्धित दलहरुले सिफारिस गरेको उम्मेद्वारको नाम मतदाता नामावलीमा नाम रहे/नरहेको यकिन गरेर निस्सा उपलब्ध गराउँछ।

त्यसपछि निस्सा लिएपछि बन्दसूची पेस गर्नका लागि दर्ता गरिने उनको भनाइ छ। उनले सेवा प्रवाहको लागि आवश्यक स्रोत साधन सबै प्रवन्ध मिलाइएको पनि जानकारी दिए।

उनले निर्वाचन आयोगको व्यस्त कार्यतालिका भएकोले समय थप हुन नसक्ने पनि बताए। सोमबार ६ बजेसम्म आउने दलहरुलाई सेवा दिने ‍बताए।

‘आज र भोलि समय तोकिएको हुनाले भोलिसम्म सबै आइसक्ने अनुमानसहित हामी सेवा प्रवाहको लागि तयारी अवस्थामा रहेका छौं,’उनले भने।

प्रवक्ता भट्टराईले विभिन्न समूहहरुको प्रतिनिधित्व गराउने कानूनी व्यवस्थाअनुसार दलहरुले मिलाएर नामावली पठाउने पनि विश्वास व्यक्त गरे।

आयोगले त्यसको लागि राजनितिक दलहरुलाई अभिमुखिकरण पनि गरेको उनको बताए। उनले संसोधन गर्नुपर्नेमा पुस २१ देखि २७ गतेसम समय दिने गरी निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको पनि जानकारी दिए।

उनकाअनुसार पुस १५ देखि २० गतेसम्म नामावलीको भेरिफाई गरेर कानूनअनुसार मिले/नमिलेको हेरेर मिलाउनुपर्ने भएमा २० गते सूचना दिने बताए। न्युज एजेन्सी नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस