प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।

आइतवार काठमाडौंमा एक कार्यक्रमबीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो ।

कार्यक्रममा सो पार्टीको नाम पूर्वप्रधानमन्त्री डा. भट्टराईले औपचारिक रुपमा घोषणा गरे । उनी अभिभावकीय भूमिकामा रहने बताइएको छ ।

पार्टीमा १५१ जना केन्द्रिय सदस्यहरू रहनेछन् । नेतृ दुर्गा सोबको नाममा सो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त सो पार्टीको रहेको र त्यसको चुनाव चिन्ह आँखा राखिएको छ । पार्टीको नेतृत्व  समावेशी र सामूहिक भावका साथ अघि बढ्ने नेता सन्तोष परियारले बताए ।

सुदूरपश्चिममा नयाँ मतदाता संख्या उत्साहाजनक

धनगढी । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीसँगै सुदूरपश्चिम प्रदेशमा नयाँ मतदाता दर्ता प्रक्रिया निकै उत्साहजनक बनेको छ । प्रदेशका नौ जिल्लाबाट कुल ४६ हजार २० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

यि मध्य अनलाइनबाट २९ हजार ४३९ र निर्वाचन कार्यालयमै उपस्थित भएर १६ हजार ५८१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन ।

प्रदेशको जिल्लागत विवरण हेर्दा कैलालीमा १८ हजार २१३, कञ्चनपुरका १२ हजार २९१, बैतडीमा २ हजार ६५२ र दार्चुलामा २ हजार ६२८ नयाँ मतदाता थपिएका छन् । यस्तै डडेलधुरामा १ हजार ८९२, बझाङमा २ हजार ३४५, अछाममा २ हजार ६०४, डोटीमा १ हजार ८७८ र बाजुरामा १ हजार ५१७ गरी जम्मा ४६ हजार २० नयाँ मतदाता थपिएका हुन ।  विवरणअनुसार सबैभन्दा धेरै मतदाता कैलाली, कञ्चनपुर र बैतडी जिल्लाबाट थपिएको देखिन्छ ।

यो सँगै सुदूरपश्चिम कुल मतदाता सङ्ख्या १७ लाख १५ हजार ४३१ पुगेको छ । ०७९ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रदेशको कुल मतदाता सङ्ख्या १६ लाख ६९ हजार ४११ रहेको थियो ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले नयाँ दर्ता भएका मध्ये युवा उमेर समूहको सङ्ख्या सबैभन्दा धेरै रहेको जानकारी दिए । ‘सुदूरपश्चिममा नयाँ मतदाता उत्साहजनक तरिकाले थपिए । युवाहरू निर्वाचनका लागि झन् उत्साहित छन्,’ उनले भने ।

उनका अनुसार निर्वाचन कार्यालयमा सङ्कलित नामावली रुजु गर्ने काम चलिरहेको छ । सँगै प्रदेशभर निर्वाचनको तयारी पनि तीव्र गतिमा अगाडि बढाइएको छ ।

‘सङ्कलित नामावली रुजु गर्ने, मतदाता सूची अद्यावधिक गर्ने तथा मतदान सामग्री व्यवस्थापन गर्ने काम निरन्तर चलिरहेको छ, आगामी निर्वाचनलाई व्यवस्थित बनाउन हामी पूर्ण रूपमा सक्रिय छौँ,’ भट्टले बताए ।

 

स्वास्थ्यमन्त्री र जापानका राजदुतबीच भेट

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका लागि जापानका राजदूत तोरु मायदाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री शर्माले नेपाल जापानबीचको ऐतिहासिक मित्रता र भूकम्प, कोभिड-१९ जस्ता विपद्को समयमा जापानले गरेको गरेको अमूल्य सहयोग, कान्ति बाल अस्पताल, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जस्ता अस्पतालहरूको भौतिक संरचनाको निर्माणमा गरेको योगदानप्रति जापान सरकार, जापानी जनता प्रति धन्यवाद व्यक्त गरेकी थिइन् ।

भेटका क्रममा, दुई देशबीचको स्वास्थ्य क्षेत्रमा रहेको द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने बनाउने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री शर्माले मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा, राष्ट्रिय औषधी प्रयोगशालाको परीक्षणको क्षमता  अभिवृद्धि, प्रवासमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य  सुधार जस्ता विषयहरू मन्त्रालयका प्राथमिकतामा रहेका बताएकी थिइन् ।

राजदूत मायदाले पनि राष्ट्रिय औषधी प्रयोगशालाको परीक्षणको क्षमता बढाउन आवश्यक पर्ने पूर्वाधार विकास तथा  प्रवासमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य प्रवर्द्धन, परीक्षण तथा उपचारको लागि जापान सरकारले सहयोग गर्न सक्ने बताएका छन् ।

राष्ट्र बैंकले ८४ दिनका लागि आज ५० अर्ब निक्षेप खिच्दै

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आज आइतवार ८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।

अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ फागुन ५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

नेत्रहीन महिला विश्वकप फाइनल : नेपालले भारतलाई दियो ११५ रनको लक्ष्य

काठमाडौं – नेत्रहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपालले भारतलाई ११५ रनको लक्ष्य दिएको छ।

श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा भारतले टस जितेर फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा ११४ रन बनाएको हो।

नेपालका लागि शान्ता घिमिरेले नटआउट सर्वाधिक ३३ रन बनाइन भने बिन्दा राईले २६ रन जोडिन्। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। भारतले केही बेरमा नेपालविरुद्ध जवाफी ब्याटिङ गर्नेछ।

दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो। पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले हराउँदै भारत फाइनल पुगेको हो। नेत्रहीन विश्वकप क्रिकेट पहिलो पटक भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन्।

नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान

काठमाडौँ । इन्डोनेसियामा आयोजना हुने फिफा टायर पहिलो त्रिपक्षीय अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीलाई आज बिदाइ गरिएको छ । कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल सङ्घका महासचिव किरण राईले बिदाइ गरे ।

यही मङ्सिर १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली टोलीले इन्डोनेसिया र चाइनिज ताइपेइको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्भा) र सविता रानामगर सहभागी हुने छैनन् ।

महासचिव राईले भने “महिला फुटबललाई अघि बढाउन क्लबमा आधारित संरचनामा लग्यौ, परिणामस्वरूप अहिले हामीसँग अहिले १० वटा टोली छन् । हालैका केही अन्तरराष्ट्रिय खेलबाट हामी उत्कृष्ट नतिजा पाउन सक्छौं भन्ने देखिएको छ ।

टोलीका प्रमुख प्रशिक्षक नवीन नेउपानेले इन्जुरिका कारण साम्बाले खेल्न नपाए पनि बलियो टोलीसँगको खेलमा टोलीका अन्य सदस्यलाई प्रतिभा प्रस्तुत गर्ने मौका भएको बताए । टोलीकी कप्तान एञ्जिला सुब्बाले यसप्रकारका प्रतियोगिताले आफूहरुलाई सहयोग पुग्ने धारणा राखिन् ।

 

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ हुने भएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै पक्राउ गर्नुको कारणसहित उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

प्रहरीले गत मङ्सिर १ गते प्रसाईंलाई पक्राउ गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीले प्रसाईंलाई भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो ।

उनले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए । साथै उनले देशको प्रतिष्ठासँगै जोडिएको एनपीएल समेत रोक्न उनले क्यानका अधिकारीहरूलाई चेतावनी दिएको सार्वजनिक भएको थियो ।

नेत्रहीन महिला विश्वकप फाइनल : भारतविरुद्ध नेपाल सुरुमा ब्याटिङ गर्दै

काठमाडौं – नेत्रहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपालले सुरुमा ब्याटिङ गर्दैछ । श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा भारतले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्न लागेको हो ।

भारत र श्रीलंकामा जारी प्रतियोगिताको फाइनलमा नेपाल र भारत भिड्न लागेका हुन्। पाकिस्तानलाई ७ विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो।

पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले हराउँदै भारत फाइनल पुगेको हो। नेत्रहीन विश्वकप क्रिकेट पहिलो पटक भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन्।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारले सम्पति र वैयक्तिक विवरण पेस गर्नुपर्ने

 काठमाडौं । प्रतिनिधिसभा सदस्यको उम्मेदवारले सम्पति र वैयक्तिक विवरण पेस गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई राय सुझाव दिन भनेर पठाएको निर्वाचन आचारसंहितामा यस्तो प्रावधान छ ।

निर्वाचन आचारसंहितामाको बुँदा नम्बर १९ मा सम्पत्ति विवरण पेस गर्नुपर्ने सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र साथ आयोगले तोकेको ढाँचामा सम्पत्ति विवरण तयार गरी शिलबन्दी रुपमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नु पर्नेछ ।’

सम्पत्ति विवरण मतदानको अन्तिम परिणाम प्रकाशन नभएसम्म सुरक्षित र गोप्य रुपमा राखिनेछ । सम्पत्ति विवरण पेस गर्ने उम्मेदवार निर्वाचित भएमा सम्बन्धित व्यक्तिको मज्जुरीको आधारमा आयोगले तोके बमोजिम त्यस्तो सम्पत्ति विवरण सार्वजनिक गरिनेछ । उम्मेदवार निर्वाचित नभएमा आयोगले तोके फिर्ता माग गरेमा फिर्ता दिइनेछ ।

सम्पत्ति विवरण फिर्ता माग नगरेमा त्यसको अभिलेख राखी धुल्याइनेछ । निर्वाचन आचारसंहितामाको बुँदा नम्बर २० मा वैयक्तिक विवरण पेस गर्नु पर्ने सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र साथ आफ्नो नाम, थर, ठेगाना, शैक्षिक योग्यता, अनुभव तथा आफूले उल्लेख गर्न चाहेको थप विवरण उल्लेख गरी आयोगले तोके बमोजिमको ढाँचामा वैयक्तिक विवरण फाराम समेत पेस गर्नु पर्नेछ।’

त्यस्तो वैयक्तिक विवरण उम्मेदवारको अन्तिम नामावली प्रकाशन भए पछि निर्वाचन अधिकृतले आफ्नो कार्यालयमा प्रकाशन गरी आयोगमा पठाउनु पर्नेछ । आयोगले निर्वाचन क्षेत्र अनुसार एकीकृत विवरण तयार गरी आयोगको वेबसाइटमा प्रकाशन गर्नेछ ।

प्रगतिशील लोकतान्त्रिक पार्टीको आज ‘बृहत एकता घोषणा’ सभा

काठमाडौं ७ मंसिर। जनार्दन शर्माको पहलमा स्थापना गरिएको प्रगतिशील लोकतान्त्रिक पार्टीले आज ‘बृहत एकता घोषणा’ सभा आयोजना गर्दैछ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे एकता घोषणा सभा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा बाबुराम भट्टराईले स्थापना गरेको र हाल दुर्गा सोबले नेतृत्व गरेको जसपा (नयाँशक्ति), जनार्दन शर्माको पहलमा स्थापना गरेको र हाल सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी, रास्वपा परित्याग गरेका विघटित प्रतिनिधि सभा सदस्य सन्तोष परियार नेतृत्वको टोलीसँग एकता घोषणा हुन लागेको हो ।

यसअघि उनीहरुबीच एकताको सहमति पत्रमा हस्ताक्षरसमेत भइसकेको छ । त्यही सहमति अनुसार आज सार्वजनिक सभा गरेर एकता घोषणा गर्न लागिएको हो ।

आजको एकता घोषणा अघि शनिबार काठमाडौंको त्रिपुरेश्वरमा भेला आयोजना गरिएको थियो । सो भेलाले एकतालाई अनुमोदन गरेको थियो ।

तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी लगायतका दलहरुसँग एकता गरेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि शर्मा त्यसबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठनको पहल गरेका थिए । हालसम्म शर्माले सदस्य मात्र रहने भन्दै तत्कालीन माओवादी नेता सुदन किराँतीलाई नेतृत्व गर्न दिएका छन् ।

 

दुर्गा प्रसाईं समूहको आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ ।

बालुवाटारमा सरकारसङ्ग भएको वार्तापछि सो समूहले वार्ता फिर्ता लिने भएको हो ।

वार्ताका लागि उक्त समुहका सदस्यहरू शनिबार साँझ बालुवाटार पुगेका थिए ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायत थिए ।

सो क्रममा आन्दोलन फिर्ता लिने र अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा विस्तृत छलफल भएको पनि जनाइएको छ।

छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरुको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

महाभियानले २०८२ मंसिर ७ गतेबाट हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताल लगायतका कार्यक्रम घोषणा गरेको थियो ।

वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी थियो। साथमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा निराजन प्रसाईं थिए ।

दुर्गा प्रसाईं भने जिल्ला प्रहरी कार्यालय काठमाडौंको हिरासतमा छन् ।

 

प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन भाग लिने निर्णय गरेको छ । शनिबार (मंसिर ६) सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै भाग लिने औपचारिक निर्णय गरिएको हो ।

निर्वाचनमार्फत नै संविधानको रक्षा तथा ‘जेनजी’ प्रदर्शनका क्रममा परिवर्तनका निम्ति उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने पार्टीको दृढ विश्वास रहेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

टस हारेर पहिले ब्याटिङ गर्दै काठमाडौं गोर्खाज

काठमाडौं ।  जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किङ्स भिड्दै छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय  क्रिकेट रंगशालामा विराटनगरले टस जितेर बलिङ रोजेको छ ।

करण केसीको कप्तानीमा काठमाडौं गोर्खाज विराटनगरसँग खेल्न लागेको हो । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग हारेको थियो ।

सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो । यसअघि आजै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको छ ।

लुम्बिनीमाथि कर्णालीको सानदार जित

कैलाली। नेपाली कम्युनिष्ट पार्टीका नेता डा.भीमबहादुर रावलले आफूहरू ताजा जनादेशमा जान तयार रहेको बताएका छन् ।   नेपाली कम्युनिष्ट पार्टीले धनगढीमा आयोजना गरेको पार्टी एकता सन्देश सभा तयारी छलफलमा बोल्दै उहाँले यस्तो बताएका हुन ।

आगामी फागुन २१ गतेको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी नेपाली जनताको साथ समर्थन लिएर बहुमत ल्याएर स्थापित भएर राज्य सञ्चालन गर्ने बताए ।

उनले निर्वाचनका लागि अहिलेको अन्तरिम सरकारले पूर्णरुपमा सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने जिकिर गरे ।

धनगढीमा पार्टी एकता सन्देश सभा तयारी छलफलमा बोल्दै उहाँले मतदाताले स्वतन्त्र भएर भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्ने बताए ।

उनले भने, “सरकारले फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ । तर, जेलबाट भागेका कैयौँ कैदीबन्दी बाहिर नै छन् । कयौँ थान गोली, बन्दुक अझै राज्यको नियन्त्रणमा आइसकेको छैन् ।  देशलाई अहिलेको विषम परिस्थितिमा राष्ट्रलाई बचाउनका लागि, नेपाली जनतालाई कष्टबाट जोगाउनका लागि, नेपाली जनताको स्वाधीनता, राष्ट्रको अखण्डताको रक्षाका लागि लाग्नु पर्ने बेला आएको छ ।”

नेपाली कम्युनिष्ट पार्टीले यही मंसिर १२ गते धनगढीमा पार्टी एकता सन्देश सभा गर्ने भएको छ । त्यसैको तयारीका लागि छलफल कार्यक्रम आयोजना गरेको जनाइएको छ ।

लुम्बिनीमाथि कर्णालीको सानदार जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा मार्क वाटको उत्कृष्ट शतकमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ९ विकेटको सानदार जित निकालेको छ।

वाटले शकक प्रहार गरेछि लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमै एक विकेटको क्षतिमा पूरा गर्‍यो।

उत्कृष्ट लयमा देखिएका वाटले ४४ बलमा ६ चौका र १२ छक्का प्रहार गर्दै नटआउट ११४ रन बनाए। विल बोसिस्टोले २० बलमा नटआउट २९ रन जोडे। उनले २ चौका र एक छक्का प्रहार गरे।

वाटले दशौं ओभरमा लुम्बिनीका कप्तान रोहित पौडेलविरूद्ध २६ रन प्रहार गरेका थिए। सो ओभरमा उनले चार छक्का र एक पटक दुई रन लिएका थिए।

वाटले यो सिजनको एनपिएनमा पहिलो शतक प्रहार गरेका हुन्। अघिल्लो सिजन पोखराका लागि आन्द्रेस गौसले लुम्बिनी लायन्स विरूद्ध नै १०४ रन प्रहार गरेका थिए।

त्यसअघि कर्णालीका ओपनर प्रियांक पाञ्चल १२ रनमा आउट भएका थिए।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १५६ रन बनायो।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेल एक रनले अर्धशतक बनाउन चुके। उनी १७औं ओभरको चौथो बलमा सोपालको बलमा नाजिबुल्लाह जाद्रानबाट ४९ रनमा क्याच भए। रोहितले ४३ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

खराब सुरूवात गरेको लुम्बिनीका ओपनर सन्दीप जोरा दोस्रो ‌ओभरमा नन्दन यादवको बलमा विल बोसिस्टोबाट एक रनमै क्याच भए।  डार्शी सर्टले १९ रन बनाए। उनले १४ बलमा ४ चौका प्रहार गरे। डार्शी र रोहितबीच दोस्रो विकेटको लागि ३६ रनको साझेदारी भयो।

सुस्त ब्याटिङ गरेको लुम्बिनीले पावरप्लेमा एक विकेटको क्षतिमा ३६ रन र १० ओभरमा ३ विकेटको क्षतिमा ५९ रन मात्र जोड्न सकेको थियो। यद्यपी लुम्बिनीले पछिल्लो पाँच ओभरमै ६८ रन जोडेको थियो।

दिलीप नाथ ६ रन, गुल्बादिन नइब ७ रन र सुमित महर्जनले  ४ रन मात्र जोड्न सके। जेजी स्मितले १४ बलमा दुई चौका र १ छक्काको मद्दतमा २३ रन जोडे। अन्त्यमा रुबेल ट्रम्पलम्यानले १४ बलमा १ चौका र ३ छक्काको मद्दतमा नटआउट २९ रन जोडेपछि लुम्बिनीले १५० रन कटाएको थियो।

बलिङमा कर्णालीका नन्दन यादवले २ विकेट लिए भने सोमपाल कामी, गुल्सन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १-१ विकेट लिए।

यसअघि पहिलो खेलमा लुम्बिनी विजयी हुँदा कर्णालीले भने हार ब्यहोरेको थियो। एनपिएलमा आज दोस्रो खेलमा विराटनगर किंग्स र  काठमान्डु गोर्खाजबीच खेल हुँदैछ।

 

दोधारा-चाँदनी सुक्खा बन्दरगाहको प्रारम्भिक कार्य सम्पन्न,निर्माण छिट्टै सुरु हुने

धनगढी। कञ्चनपुरको दोधारा चाँदनी सुुक्खा बन्दरगाह निर्माणको प्रारम्भिक चरणको काम सम्पन्न भएको छ।भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सुरु भएको बन्दरगाहमा पहिलो चरणको काम सकिएको हो।
बन्दरगाह निर्माण क्षेत्रमा रुख व्यवस्थापन गर्ने, सडकको पहुुँच मार्ग निर्माण, मजदुुर बस्नका लागि भवन निर्माण,जग्गा सम्याउने काम सकिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्रारम्भिक चरणको काम सकिएकाले पूर्ण रूपमा निर्माण छिट्टै सुरु हुने जानकारी दिए ।

बन्दरगाह निर्माणका लागि आवश्यक पर्ने सामग्री र औजार आयातमा भन्सार छुटका लागि उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालयमार्फत स्वीकृति प्रदान गरी कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको उनले बताए ।

सुदूरपश्चिमको व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसाथ भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण हुन लागेको सो बन्दरगाहले आयातनिर्यातलाई सहजीकरण गर्ने उनको भनाइ छ।भारत सरकारले बन्दरगाह निर्माणका लागि तीन अर्ब ८० करोड भारतीय रुपियाँ सहयोग गर्ने छ ।

दोधारा चाँदनी बन्दरगाह भारतको सहयोगमा निर्माण गर्ने विषयमा नेपाल(भारतबिच सन् २०२३ जुन १ मा सम्झौता भएको थियो।

सम्झौता भएको दुई वर्षमा बन्दरगाह निर्माणका लागि नेपालतर्फबाट गर्ने सबै काम सकिएको समितिले जनाएको छ।बन्दरगाह निर्माणका लागि नेपालका तर्फबाट गर्ने सबै काम सकिएर कम्पनीसँग सम्झौतासमेत भइसकेको छ । तीन वर्षभित्र बन्दरगाह निर्माणसम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

एनपीएलमा लुम्बिनीले दियो कर्णालीलाई १५७ रनको लक्ष्य

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ ।  त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनायो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । रोहितले ४३ बल खेल्दै चार चौका र २ छक्का प्रहार गरे । लुम्बिनीका लागि जेजे स्मिथले १३ बलमा २३ रन बनाए । त्यस्तै रुवेन ट्रम्पलमेनले २९ रनको योगदान गरे ।  कर्णालीका लागि नन्दन यादवले दुई विकेट लिए । त्यस्तै विपिन शर्मा, मार्क वाट, युवराज खत्री, गुलशन झा र सोमपाल कामीले एक एक विकेट लिए ।

sompal

कर्णाली आजको खेलमा पहिलो जितको खोजिमा छ । पहिलो खेलमा कर्णाली चितवन राइनोजसँग पराजित भएको थियो ।  यता लुम्बिनी लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।

‘उपभोक्ता समितिमार्फत बनेका योजनामा बढी बेथिति’

धनगढी, मङ्सिर ५ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उपभोक्ता समितिमार्फत काम हुने योजनामा बेथिति बढ्दै गएको बताएका छन्।

पालिकाका जनप्रतिनिधि र कार्यालय प्रमुखसँग शुक्रबार बाजुरामा छलफल गर्दै उहाँले यस्तो बताएका हुन ।उनले उपभोक्ता समितिमार्फत्का योजनालाई रोकेरमात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिने उल्लेख गरे।

स्थानीय तहमा योजना किनबेचको गुनासो व्यापक रुपमा आएको भन्दै मुख्यमन्त्री शाहले यसलाई निरुत्साहित गर्न जरुरी रहेको औंल्याए।

यसैबिच, मुख्यमन्त्री शाहले एक अर्को कार्यक्रममा कांग्रेसमा देखिएको नेतृत्व सम्बन्धी होडबाजी र अनावश्यक विवादले पार्टीलाई गलत दिशातर्फ धकेलिरहेको चर्चा गरे

काठमाडौंका सडकमा तीन हजारभन्दा प्रहरी परिचालन

काठमाडौँ । काठमाडौंका सडकमा आज तीन हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ। एमाले बागमती प्रदेश कमिटीले शनिबार आयोजना गरेको जनप्रदर्शन र कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग ९एनपीएल०को भिडभाडलाई मध्यनजर गर्दै काठमाडौंको सडकमा प्रहरी परिचालनलन गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार ३ हजार प्रहरी जनशक्तिले अपुग भएमा थप सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ। आवश्यक परेको खण्डमा उपत्यकास्थित विभिन्न गण तथा गुल्मका टोलीसँग समन्वय गरी थप फौज परिचालन गरिने उनले जानकारी दिए।

एमाले नेतृत्वले प्रदर्शन संयमित हुने प्रतिबद्धता जनाए पनि भिडमा हुनसक्ने सम्भावित घुसपैठ र त्यसबाट उत्पन्न हुने सुरक्षा चुनौतीप्रति प्रहरी उच्च सतर्क अवस्थामा रहेको एसपी भट्टराईले बताए। प्रदर्शनका लागि विभिन्न स्थानबाट जुलुससहित भृकुटीमण्डपमा कार्यकर्ता जम्मा हुने भएकाले काठमाडौं जिल्लाभित्रका सम्पूर्ण प्रहरी युनिट बिहानैदेखि ड्युटीमा खटिएका छन्।

यस्तै, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपिएलअन्तर्गत आज दुई वटा खेल हुँदैछन्। बिदाको दिन भएकाले दर्शकको अत्यधिक चाप बढ्ने र सुरक्षा चुनौती थपिने सम्भावनालाई ध्यानमा राख्दै कीर्तिपुर क्षेत्रमा पनि प्रहरीले उच्च सतर्कता अपनाएको छ।

बंगलादेश भूकम्प : ज्यान गुमाउनेको संख्या १० पुग्यो, ६ सय बढी घाइते

एजेन्सी । बंगलादेशमा शुक्रबार बिहान १० बजेर ३८ मिनेट (स्थानीय समय) जाँदा नरसिंदी नजिकै केन्द्रबिन्दु भएर गएको ५.७ म्याग्निच्युडको भूकम्पले ठूलो क्षति पुर्‍याएको छ। राजधानी ढाकासहित देशका विभिन्न भागमा भवन हल्लिएका र केही स्थानमा संरचना भत्किएका छन्। पछिल्लो जानकारी अनुसार अहिलेसम्म १० जनाको मृत्यु भएको छ भने ६ सयभन्दा बढी घाइते भएका छन्।

नरसिंदीमा ५, ढाकामा ४ र नारायणगञ्जमा १ जनाको मृत्यु भएको छ। ज्यान गुमाउने र घाइते हुने अधिकांश आत्तिएर अग्ला भवनबाट हाम फालेका व्यक्ति रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ढाकाको कसैतुली क्षेत्रमा पाँच तले भवनको रेलिङ भत्किँदा तीन पैदलयात्रीको ज्यान गएको थियो। घाइतेहरूको उपचार ढाका मेडिकल कलेजलगायत विभिन्न अस्पतालमा भइरहेको छ।

अन्तरिम सरकारले औषधि, राहत सामग्री र उद्धार टोली परिचालन गरेको छ। स्वास्थ्य सेवा निर्देशक मोइनुल अहसनले भने, ‘आपतकालीन टोलीले घाइतेहरूको उपचार गरिरहेका छन्।’

अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले मृतकप्रति गहिरो शोक व्यक्त गरेका छन्। बंगलादेश युनिभर्सिटीका प्राध्यापक मेहेदी अहमद अन्सारीले भने, ‘यो भूकम्प बंगलादेशका लागि ठूलो चेतावनी हो।’ एजेन्सी

युक्रेन-रूसबीच शान्तिको बाटो भेटिएको ट्रम्पको दाबी

 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेन र रूसबीच शान्ति कायम गर्न वाशिङ्टनले सम्भावित मार्ग पहिचान गरिसकेको दाबी गरेका छन् । तर उनले उक्त प्रस्ताव केवल युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले अनुमोदन गरे मात्र अघि बढ्ने स्पष्ट पारेका छन् ।

“हामीले शान्ति ल्याउने एउटा तरिका फेला पारेका छौँ भन्ने लाग्छ । तर उनलाई (जेलिन्स्कीलाई) यसको अनुमोदन गर्नुपर्छ । उनीहरू केही नजिकिँदै छन् जस्तो लाग्छ, तर म अड्कल गर्न चाहन्न,” ट्रम्पले व्हाइट हाउसस्थित ओवल अफिसमा पत्रकारहरूसँग भने । यसअघि, अमेरिकी पक्षबाट तयार पारिँदै गरेको नयाँ शान्ति प्रस्ताव अहिले किभले अध्ययन गरिरहेको छ । सिएनएनका अनुसार यो प्रस्ताव अझै विकासक्रममै छ र छलफल बढेसँगै धेरै बुँदामा परिवर्तन हुने अपेक्षा गरिएको छ ।

यही दिन, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले किभमा भएको खुलेआम कार्यक्रममा देश इतिहासकै सबैभन्दा चुनौतीपूर्ण चरणमा रहेको चेतावनी दिए । अमेरिकी प्रस्तावका सम्भावित प्रभावहरूबारे सोच्नुपर्ने परिस्थिति आएको उनले उल्लेख गरे ।

“अहिले हाम्रो इतिहासका सबैभन्दा कठिन क्षणहरूमध्ये एक छ, अहिले युक्रेन एक धेरै कठिन निर्णयको मोडमा छ । सम्मान गुमाउने कि प्रमुख साझेदार गुमाउने जोखिम मोल्ने,” जेलिन्स्कीले भने । “म कम्तिमा दुई बुँदा युक्रेनीहरूको सम्मान र स्वतन्त्रता नबिर्सियोस् भनेर २४ घन्टा संघर्ष गर्नेछु,” उनले थपे ।

सिएनएनका अनुसार ट्रम्प प्रशासनभित्र छलफल भइरहेको नयाँ प्रस्ताव अनुसार, युक्रेनले पूर्वी डोन्बास क्षेत्रका केही भूभाग छोड्नुपर्ने तथा आफ्नो सैन्य क्षमतामा केही सीमा स्वीकार्नुपर्ने हुनसक्छ । यसको सट्टामा अमेरिकाले सुरक्षा सुनिश्चितताका ग्यारेन्टी गर्ने सम्भावना प्रस्तावमा समावेश गरिएको बताइएको छ ।

तर अमेरिकी अधिकारीहरूका अनुसार प्रस्ताव पूर्ण रूपमा तयार छैन र रूस तथा युक्रेन दुवैले केही सम्झौता गर्नुपर्नेछ । सन् २०१४ देखि चलेको संघर्ष २०२२ मा रूसले पूर्ण आक्रमण गरेपछि युद्धमा परिणत भएको हो ।

२८ बुँदामा समेटिएको प्रस्तावको प्रारम्भिक ड्राफ्ट ट्रम्पले हेरीसकेका छन् र उनले यसको समर्थन गरेको सिएनएनले दाबी गरेको छ । तर युक्रेनले हालसम्म पनि रूसको नियन्त्रणमा पूर्ण रूपमा नपरेका क्षेत्रहरूका विषयमा कुनै प्रकारका भू–सम्झौताला स्वीकार नगर्ने अडान राख्दै आएको छ । -एएनआई

 

सुदूरपश्चिम रोयल्सको दोस्रो जित, पोखरा एभेन्जर्सको दोस्रो हार

काठमाण्डौं, ५ मंसिर ।

सुदूरपश्चिम रोयल्सका व्याट्सम्यानको उत्कृष्ट प्रदर्शनले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा पनि सानदान जित हात पारेको छ।

शुक्रबार कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्दै दोस्रो सफलता हात पारेको हो।

बलियो समन्वय, संयमित ब्याटिङ र प्रभावकारी बलिङ प्रदर्शनकासुदूरपश्चिम रोयल्स दुई खेलमा अविजित रहदा पोखराले भने लगातार दोस्रो हार बेहोर्नुपरेको छ।

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेटको क्षतिमा १९३ रनको प्रतिस्पर्धी स्कोर बनाएको थियो। १९४ रनको लक्ष्य पछ्याउन उत्रिएको पोखराले निर्धारित ओभर भरि खेल्दा ८ विकेट गुमाउँदै १७५ रन मात्र बनाउन सक्यो। पोखराका कप्तान कुशल भुर्तेलले ५३ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।

पोखराको सुरुआत निकै कमजोर रह्यो। पहिलो ओभरमै ओपनर एडम रोसिङ्टन १ रनमै रनआउट भए। तेस्रो ओभरमा हरमित सिंहको बलमा दिनेश खरेल ६ रनमा हेमन्त धामीबाट क्याच आउट भए। त्यसपछि आएका किरण ठगुन्ना ९ रनमै पभेलियन फर्किए। ५ ओभरमै तीन विकेट गुमाउँदा पोखरा दबाबमा परेको थियो।

यद्यपि चौथो विकेटका लागि कप्तान कुशल भुर्तेल र जेम्स निसामले ७५ रनको महत्वपूर्ण साझेदारी गर्दै खेलमा फर्कने प्रयास गरे। लगातार दुई बलमा दीपेन्द्रसिंह ऐरीमाथि छक्का प्रहार गर्दै दबाब बनाएका निसामलाई उनले तेस्रो बलमै बोल्ड गर्दै खेलको समीकरण बदलिदिएका थिए। निसामले २५ बलमा ४७ रन बनाए, जसमा २ चौका र ५ छक्का समावेश थियो। ११।३ ओभरमा निसाम आउट हुँदा पोखरा ९५र४ को स्थितिमा थियो।

त्यसपछि पोखरा पुनः दबाबमा पर्‍यो। सुमित बर्मा ६ रनमा आउट भए। कप्तान कुशल भुर्तेलले ३२ बलमा ५३ रन ९४ चौका, ४ छक्का० बनाए पनि उनी पनि १६औं ओभरमा बोल्ड भए। लगातार विकेट पतनका कारण पोखराले खेल सम्हाल्न सकेन। अभिशेक तिवारी ३ रनमा आउट भए। अन्त्यतिर डान डाउथवेटले १६ बलमा ३७ रन ९१ चौका, ५ छक्का० जोड्दै आक्रामक इनिङ खेले पनि जीत सम्भव भएन।

सुदूरपश्चिमको बलिङतर्फ हरमित सिंहले २ विकेट लिए भने स्कट कुग्गेलिन, दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी, अविनाश बोहोरा र नरेन साउदले समान १र१ विकेट हात पारे।

यसअघि, पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले शीर्ष तीन ब्याटरको धमाकेदार प्रदर्शनमा उत्कृष्ट स्कोर बनाएको थियो। जोश ब्राउनले ३५ बलमा ६८ रन (६ चौका, ५ छक्का) प्रहार गरे। ओपनर विनोद भण्डारीले ४२ बलमा ६ चौकासहित ४३ रन बनाए। यी दुईले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए। ११औं ओभरमा ब्राउन जेम्स निसामको बलमा किरण ठगुन्नाबाट क्याच आउट भए।

क्रिस लिनले पनि तेजगतिमा १३ बलमा ३१ रन (४ चौका, २ छक्का) जोडे। १३औं ओभरमा क्रिस आउट हुँदा सुदूरपश्चिम १४२र२ को मजबूत स्थितिमा थियो। स्ट्राइकरेट सुस्त भए पनि विनोदले क्रिससँग मिलेर दोस्रो विकेटका लागि ३४ रन जोडे।

तर १५औं ओभरपछि सुदूरपश्चिमले निरन्तर विकेट गुमाउँदै अन्तिम ५ ओभरमा ३३ रन मात्र थप्न सक्यो। कप्तान दीपेन्द्रसिंह ऐरीले १० बलमा १५ रन बनाए। हरमित सिंह ४ रन, स्कट कुग्गेलिन ८ रन र आरिफ शेख शून्यमा आउट भए।

पोखराको बलिङतर्फ जेम्स निसामले ३ विकेट लिए भने डान डाउथवेट र आकाश चन्दले समान २र२ विकेट हात पारे।

कैलालीको जानकी गाउँपालिकाको महेन्द्र शिशु माविमा पुस्तकालय स्थापनामा सहयोग जुट्दै

धनगढी, ६ मंसिर ।
कैलाली जिल्लाको जानकी गाउँपालिकाको धर्मापुर स्थित महेन्द्र शिशु माध्यमिक बिद्यालयमा आधुनिक पुस्तकालय (ई लाईब्रेरी) स्थापनाका लागि विभिन्न संघसंस्था र मनकारी व्यक्तिहरुले सहयोग गरेका छन् ।

पुस्तकालय स्थापनाका लागि युगान्डाका लागि नेपालका अवैतनिक वाणिज्यदूत डा. सुधीर रुपारेलियले द रुपारेलिया फाउन्डेसन मार्फत ५००० डलर (सात लाख पाँच हजार रुपैया सहयोग गरेका छन् ।

त्यस्तै डाङ्गोटे सिमेन्ट लिमिटेड नाइजेरियाका डिभिजनल लजेष्टिक डाइरेक्टर कर्णेल हेमन्त राणाले सय डलर ( चौध हजार दुई सय रुपैया) र हाल जापानमा बस्ने खैरीफाँटाका युवा समाजसेवी देवेन्द्र कठायतले पाँच हजार एक सय रुपैया सहयोग गरेका छन् ।

गगन फाउन्डेसनले जानकी गाउँपालिका दुर्गौलीको समन्वय र नेपाल लाइब्रेरी फाउन्डेसनको प्राविधिक व्यवस्थापनमा २०२६ को जनवरी महिनाभित्र पुस्तकालय स्थापना गर्ने अभियानको संयोजन गरेको छ ।

गगन फाउण्डेसनका संरक्षक तथा गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाको अगुवाईमा यसअघि २०८० र २०८१ मा अरुणोदय माध्यमिक विद्यालय खैरीफाँटा र वीरेन्द्र विद्या मन्दिरमा आधुनिक पुस्तकालय स्थापना गरिएको थियो ।

मनकारी व्यक्तिहरु र विभिन्न संघसंस्थाको सहयोगमा ती दुई विद्यालयमा पुस्तकालय स्थापना गर्ने अभियानमा रुपारेलिया फाउन्डेसनको मुख्य सहयोगी रहेको थियो ।

संरक्षक थापाले महेन्द्र शिशु माविमा पुस्तकालय स्थापनामा १० लाख रुपैया खर्च हुने अनुमान गरेका छन् । उनले पुस्तकालय स्थापनामा सहयोग गर्न सबैसंग आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलद्धारा नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्।  नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश , २०८२ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश जारी  गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको  थियो।

एनपीएलः पोखराविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपूरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेको हो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ । उसले यसअघि काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरूआत गरेको थियो ।

यस्तै कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पनि दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा विराटनगर किङ्ससँग पराजित भएको पोखरा पहिलो जितको खोजीमा छ ।

सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सम्झौता

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सहकार्यका लागि सम्झौता भएको छ ।

बिहीबार एक समारोहबिच दुई पक्षबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।शिक्षालाई प्रविधिसँग जोड्ने उदेश्य सहित गरिएको उक्त समझदारी पत्रमा सजिलो नेटका तर्फबाट प्रमुखकार्यकारी अधिकृत ९सीईओ० सतिश कार्की र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख प्रा।डा। हरिकृष्ण श्रेष्ठले हस्ताक्षर गरे ।
समझदारी समारोहमा बोल्दै सजिलो नेटका तर्फबाट सीईओ कार्कीले इन्जिनियरिङको क्षेत्रमा सफल एभरेष्ट कलेजसँग सहकार्य गर्न पाउँदाखुसी लागेको बताए ।
सीईओ कार्कीले उक्त सहकार्य केवल कागजका लागि मात्र नभएर साझा दृष्टिकोण र प्रतिवद्धतामा हुने बताए ।
‘यो सहकार्य एउटा कागजी रुपमा मात्र होइन, यसमा हाम्रो साझा दृष्टिकोण र प्रतिबद्धता छ । शैक्षिक जगतलाई व्यवहारिकता सँग जोड्ने प्रयास हो,’ उनले भने, ‘पढिसकेपछि साथीहरु जागिरका लागि आउनुहुन्छ, तर उहाँहरुसँग ज्ञान त हुन्छ तर सीप हुँदैन, त्यसलाई परिपूर्ती गर्ने हाम्रो प्रयास हो, त्यसमा सफल हुनेछौँ भन्ने विश्वास लिएका छौँ ।’
त्यस्तै क्याम्पस प्रमुख प्रा।डा। हरिकृष्ण श्रेष्ठले कलेजबाट पास आउट भएर विद्यार्थीहरु गएपनि बजारबाट व्यवहारिक ज्ञान नभएको गुनासो आउने गरेको तर अबको सहकार्यले हदसम्म त्यो गुनासोको सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।
‘अहिले हामीलाई आउने कम्प्लेन भनेको विद्यार्थीहरुमा प्राक्टिकल नलेज भएनभन्ने छ । सजिलो नेटसँगको सहकार्यले आगामीदिनमा हामीले हाम्रा विद्यार्थीहरुलाई ज्ञान मात्र होइन, व्यवहारिक ज्ञान दिन सक्नेछौँ भन्ने विश्वास छ,’ उनले भने ।
साथै सजिलो नेटसँगको सहकार्यले कम्पनीका लागिमात्र नभएर देशमा दक्षजनशक्ति उत्पादनका लागि समेत टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
‘सजिलो नेटसँगको सहकार्यले केवल सजिलो नेटका लागि मात्र जनशक्ति उत्पादनहुने छैनन्, देशलाई प्रविधिसँग जोड्ने म्यानपावर उत्पादनहुनेछ,’ उनले भने ।
त्यस्तै क्याम्पसका प्रमुखकार्यकारी अधिकृत (सीईओ) सीईओ अरुणकुमार भण्डारीले अब हरेक क्षेत्रले एकले अर्कोलाई आलोचना गरेर भन्दापनि सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
‘अहिले यसले यो ग¥यो, यो गर्न सकेन भनेर अरुका आलोचना गर्ने गरिन्छ । तर हामीले सहकार्य गरेर काम गरेका छौँ त रु त्यसलाई एकपटक नियाल्नुपर्दछ । त्यसकालागि यस्ता किसिमका सहकार्यले हामीलाई देशमा दक्षजनशक्ति उत्पादन गर्न मद्दत गर्दछ,’ उनले भने ।
समझदारी समारोहमा सजिलो नेटका तर्फबाट सीईओ सतिश कार्की, सीओओ विकास मुडभरी र सजिलो नेटका अध्यक्ष प्रकाशमान सिंह जिसीको उपस्थिति रहेको थियो । त्यस्तै क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख प्रा।डा। हरिकृष्ण श्रेष्ठ, सहायकक्याम्पस प्रमुख सहप्राध्यापक राजनलामा, कलेजका बोर्ड मेम्बर राजेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प , कम्तीमा ६ जनाको मृत्यु

एजेन्सी- शुक्रबार मध्य बङ्गलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पले कम्तीमा छ जनाको ज्यान गएको र दर्जनौँ नागरिक घाइते भएका छन्। राजधानी ढाकाका धेरै भवनहरू भूकम्पको कम्पनले हल्लिएपछि त्रसित बासिन्दाहरू घरबाट बाहिर निस्केर सडकतर्फ दौडिएका थिए ।

भूकम्प स्थानीय समयअनुसार बिहान १०ः३८ बजे ढाकाबाट करिब २५ किलोमिटर (१६ माइल) टाढा रहेको नरसिङ्गडी जिल्लाको घोरसाल क्षेत्रमा गएको हो । युएस जियोलोजिकल सर्वे (युएसजिएस) का अनुसार भूकम्पको केन्द्रमुनि करिब १० किलोमिटर (६ माइल) गहिराइमा थियो ।

ढाकास्थित डिबिसी टेलिभिजनले कम्तीमा छ जनाको मृत्यु भएको पुष्टि गरेको छ । ढाकामा विभिन्न भवनका छाना तथा पर्खाल खस्दा तीन जनाको निधन हुनुका साथै अर्को तीन जना पैदलयात्रीको भवनको रेलिङ खस्दा ती संरचनामुनि परेर मृत्यु भएको समाचारमा उल्लेख छ ।

बङ्गलादेशी अधिकारीहरूका अनुसार उद्धार तथा क्षति मूल्याङ्कनका कार्य निरन्तर जारी छन् । देशभरका नागरिकलाई सतर्क रहन र सम्भावित परकम्पनबारे सचेत रहन अपिल गरिएको छ ।

गाजामा युद्धविराम उल्लंघन, इजरायली हवाई हमलामा ३३ जनाको मृत्यु

काठमाडौं ।  गाजाको दक्षिणी क्षेत्र खान युनिसमा इजरायली सेनाले युद्धविरामकै बीच हवाई हमला गरेको छ। यस घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्। मृतकमध्ये महिला र बालबालिकाको संख्या बढी रहेको बताइएको छ।

हमला शरणार्थी टेन्ट र आवासीय भवनहरू लक्षित गरी गरिएको प्रारम्भिक विवरणमा उल्लेख छ। विस्थापित परिवार बसेको टेन्ट क्षेत्रमा पटक–पटक हमला भएको बताइएको छ। कतारले उक्त घटनाको निन्दा गर्दै युद्धविराम उल्लङ्घन गम्भीर रहेको बयान जारी गरेको छ।

अमेरिकी मध्यस्थतामा हालसालै लागू गरिएको युद्धविरामपछि भएको सो आक्रमणलाई शान्ति प्रक्रियाप्रति अविश्वास पैदा गर्ने घटनाका रूपमा हेरिएको छ। इजरायली सेनाले भने “सुरक्षासम्बन्धी आवश्यकता अनुसार कारबाही गरिएको” जनाएको छ। रोयटर्सका अनुसार, एक आवासीय घरमा एक बच्चासहित पूरा परिवारको मृत्यु भएको छ।

युद्धपछि गाजामा खाना, पानी र औषधिको अभाव अझै पनि कायम रहेको अन्तर्राष्ट्रिय सहायता निकायहरूले बताएका छन्। अस्पतालहरूमा पनि उपचार सामग्रीको अभाव देखिएको छ। सहायता समूह यूएनआरडब्लूएले “युद्धविराम विश्वसनीय नभए थप मानवीय क्षति हुन सक्ने” चेतावनी दिएको छ।

खोज्नुहोस