अफगानिस्तानमा हवाई आक्रमण हुदा नौ बालबालिकासहित १० जनाको मृत्यु

काठमाडौं : अफगानिस्तानको तालिबान सरकारका प्रवक्ताले पाकिस्तानले खोस्ट प्रान्तको एक घरमा बम विस्फोट गराएर करिब १० बालबालिका र महिलाको मृत्यु भएको दावी गरेका छन्।

तालिबान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समा जारी गरेको एक विज्ञप्तिमा सोमबार र मंगलबार राति (बिहान १२ बजे) को बीचमा खोस्ट प्रान्तको गार्बुज जिल्लामा विस्फोट भएको दाबी गरेका छन्।

बीबीसी उर्दूका अनुसार मुजाहिदले विष्फोटमा ९ बालबालिका र एक महिलाको मृत्यु भएको दाबी गरेका छन्। उनले मारिएका बालबालिकाको तस्बिर पनि सार्वनजिक गरेका छन्।

उनले कुनार र पक्तियामा पनि हवाई हमला गरिएको दाबी गरेका छन्।  जसमा कम्तीमा चारजना सर्वसाधारण घाइते भएको उनको भनाइ। कुनार प्रान्तका स्थानीयहरूले बीबीसीलाई बताएअनुसार मारावारा,असदाबाद र शेलितान क्षेत्रमा ठूलो विष्फोटको आवाज सुनिएको थियो।

अफगानिस्तानले पाकिस्तानी सेनालाई आफ्नो सीमाभित्र हवाई हमला गरेको आरोप लगाएको यो पहिलो पटक भने होइन। गत महिनाको सुरुमा अफगानिस्तानले पाकिस्तानमाथि राजधानी काबुललगायत धेरै स्थानहरूमा हवाई हमला गरेको आरोप लगाएको थियो।

अफगान सरकारका प्रवक्ताले लगाएको आरोपको बारेमा पाकिस्तानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। विगतमा पाकिस्तानले अफगानिस्तानभित्र धेरै स्थानहरूलाई लक्षित गरेको काबुलको आरोपलाई अस्वीकार गरेको छ।

यद्यपि गत महिना पाकिस्तानले अफगानिस्तान भित्रका केही सीमावर्ती क्षेत्रहरूमा रहेका आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरेको स्वीकार गरेको थियो। तहरीक-ए-तालिबान पाकिस्तानको कारबाहीका कारण दुई देशबीचको अवस्था तनावपूर्ण छ।

एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि गर्‍यो दल दर्ता

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले दल दर्ता गरेको छ ।

आयोग पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् ।

दल दर्तापछि विभाग प्रमुख आचार्यले एमाले सबै प्रकारका चुनावका लागि कानूनी प्रक्रिया पूरा गरेर बस्ने पार्टी भएकोले त्यसै अनुसार दल दर्ता गरिएको बताए ।

प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समय छ । सोमबारसम्म ६४ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका थिए । एमाले ६६ नम्बरमा दर्ता भएको हो ।

दल दर्तापछि आचार्यले चुनाव जहिले भएता पनि आफूहरू तयार रहेको र यस अन्तर्गत निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको जानकारी दिए ।

निर्वाचन आयोगमा दर्ता दलको संख्या १३५ पुगेको छ । यी मध्ये जुन-जुन दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्छन उनीहरूले निर्वाचनमा भाग लिन पाउँछन् ।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च पुग्यो नेकपा एमाले

काठमाडौं : प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आज एमालेले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेको विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

विघटित प्रतिनिधिसभा संसदीय दलको बैठकबाट एमालेले सर्वोच्च अदालत जाने निर्णय गरेको थियो। ‘विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न नेकपा एमाले संसदीय दल (असंवैधानिक रूपमा विघटित प्रतिनिधि सभा)को तर्फबाट दलका मुख्य सचेतक मा. महेश बर्तौला र सचेतक मा. सुनिता बराललाई प्रतिनिधिसभा पुनःस्थापनाको माग राखी सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्न जो जे कामकारबाही गर्नु पर्दछ सो गर्ने गरी दलको तर्फबाट उल्लेखित विषयमा आवश्यक रिट निवेदन दर्ता, वारेस मुकरर, कानून व्यवसायी मुकरर लगायतका कार्य गर्न अधिकार रहनेगरी बैठकले अख्तियारी दिने’, बैठकको निर्णयमा भनिएको छ ।

रिट निवेदकमा नेकपा एमाले संसदीय दल ( विघटित प्रतिनिधिसभा) को  तर्फबाट मुख्य सचेतक बर्तौला र सचेतक बराल छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध यसअघि नै १७ वटा रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छन्।

यस अगाडि प्रतिनिधि सभा विघटन हुँदा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीका सांसदहरुले अदालतमा रिट दिएका थिए। पछि सर्वोच्चले संसद् पुनर्स्थापना गरेको थियो।

एमालेले संसद विघटनको विरुद्धमा देशभर विरोध प्रदर्शन गरेको थियो। एमालेले प्रधानमन्त्रीको नियुक्ति र  प्रतिनिधि सभा असंवैधानिक ढंगले विघटन गरिएको दाबी गर्दै आएको छ।

गरिबी रहेसम्म महिलामाथिको हिंसा अन्त्य हुँदैन: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गरिबी अन्त्य नगरेसम्म महिला हिंसा अन्त्य नहुने बताएकी छन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले महिला हिंसा अन्त्यको लागि पहिले गरिबी अन्त्य गर्नु पर्ने बताएकी हुन् ।

‘गरिबी रहँदासम्म समानता हुँदैन । खान छैन भने घरमा के को समानता?’ उनले भनिन्, ‘पहिले गरिबी हटाउनुपर्‍यो । रोजगारी सिजर्ना गर्नुपर्‍यो । महिलाले पनि रोजगारी गर्न पाउनु पर्‍यो । त्यसपछि मात्र हिंसाको अन्त्य हुन्छ, समानता आउँछ ।’

मुलुकमा बेरोजगारीको अवस्था भयावह रहेकाले महिलाहरू रोजगारी खोज्दै विदेश जानु परिरहेको बताएका प्रधानमन्त्रीले भनिन्, ‘रोजगारी खोज्दै विदेशमा गएर महिलाहरू हिंसाले प्रताडित हुनुपरेको छ । यसको अन्त्य हुनु पर्‍यो ।’

गरिबी हटाउन भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र सुशासन ल्याउनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री कार्कीले आफू सरकारमा आएयता नियुक्तिहरूमा महिलालाई प्राथमिकता दिएको बताइन् । तर, महिलालाई नियुक्ति गर्ने भन्दैमा वर्षौंसम्म मेहनत गरेका पुरुष पहिलो नम्बरमा भए तिनलाई अवसरबाट बञ्चित नगरिने उनले बताइन् ।

‘मैले सरकारमा आएपछि नियुक्ति गर्दा महिला खोज्ने गरेको छु । तर, वर्षौंसम्म मेहनत गरेका पुरुष पहिलो नम्बरमा छन भने तिनलाई अवसर नदिने कुरा पनि भएन,’ उनले भनिन्, ‘तर, जहाँ महिलालाई अग्रणी भागमा ल्याउन सकिन्छ, त्यहाँ महिलालाई ल्याउने गरेका छौं ।’

एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड कोलोराडोमा भव्य रुपमा सम्पन्न

कोलोराडो, २४ नोभेम्बर ।
एटीए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा भव्य रुपमा सम्पन्न भएको छ ।

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र फिलिप आर्केष्ट्रा बोल्डरद्धारा संयुक्त रुपमा आयोजित फिल्म अवार्डको ८औं संस्करण कला तथा साहित्य क्षेत्र उत्कृष्ट योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्दै आईतवार बोल्डर थियटरमा सम्पन्न भएको हो ।

समारोहमा पाँच दशकदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान पु¥याए वाफत चरित्र अभिनेता रामचन्द्र अधिकारीलाई दीर्घ साधना सम्मान प्रदान    गरियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र साहित्यकार पदम विश्वकर्मालाइ अभियान श्री अवार्डबाट सम्मान गरियो ।
चलचित्र पूर्ण बहादुरको सारंगीका नायक बिजय बरालले जुरी अवार्ड हात पारे ।

चलचित्र विकास बोर्डलाई गिहिन्द्र धिमाल स्मृति सम्मान र नायिका स्वस्तिमा खड्कालाई रामकेशर बोगटी स्मृति सम्मान प्रदान गरियो ।

प्रवासमा बस्नेहरूको लगानीमा निर्मित दुइ फिल्म डोरी र कर्मालाई एनएफएस सम्मान पुरस्कार (प्रवास) प्रदान गरियो ।

प्रवासमा निर्माण भएको चलचित्र तेल भिसा र निर्देशक शंकर घिमिरेलाई समारोहमा सम्मान गरियो ।

त्यस्तै ‘फिल्म अफ दी इयर’ पुजार सार्की फिल्मलाई प्रदान गरियो । ‘डाईरेक्टर अफ दी इयर’ बाट पुजार सार्कीका डाईरेक्टर दिनेश रावत सम्मानित भए । ‘एक्टर अफ दी इयर’ बाट पुजार सार्की फिल्मकै प्रदीप खड्का र बोक्सीको घरबाट केकी अधिकारी सम्मानित भईन् ।

यसैगरी ‘बेष्ट सर्पोटिङ रोल’ को अवार्ड छक्का पञ्जा ५ का केदार घिमिरेले पाए । ‘स्टार अफ डिकेड’ बाट दिलिप रायमाझी सम्मानित भए । ‘नव अभिनेता’ अवार्ड १२ गाँउका नायक समिर भट्टले पाए । नायिका तर्फ सो अवार्ड लण्डन टु पेरिसबाट गरिमा शर्माले पाईन । सोही समारोहमा ‘उदाउँदो तारा’ अवार्ड नायिका दिव्या रायमाझीलाई प्रदान गरियो ।

समारोहमा बिशिष्ट अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ अभिनेता निर शाह, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, चर्चित हास्य कलाकार बसुन्धरा भुषाल, आङ तेम्वा शेर्पा,सुनिल पाठक, गजेन्द्र कार्की, कृष्ण सुनार, गौतमबुद्ध महर्जन, आईबीसी ईन्डिपेण्डेट बायर कम्पनीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रमुख अतिथि बोल्डर सिटीका मेयर आरोन ब्रोकेट र बिशेष अतिथि बोल्डर काउन्टी कमिष्नर मार्था लोचमिन लगायतका विशिष्ट व्यक्तित्वहरुले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको समारोहमा नेपाल र अमेरिकाको राष्ट्रिय गान बजाईएको थियो ।

प्रमुख अतिथि बोल्डर सिटीका मेयर आरोन ब्रोकेट र बिशेष अतिथि बोल्डर काउन्टी कमिष्नर मार्था लोचमिन, हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठ लगायतले समारोहमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आयोजक संस्था नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले चलचित्र क्षेत्रको विकासमा योगदान पु¥याएका पुराना कलाकारलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड समारोह आयोजना गर्दै आएको बताए ।

ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्ष नवराज श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै अवार्ड समारोहलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

तीन पुस्ताका कलाकारहरुको अपूर्व जमघट रहेको अवार्ड समारोहमा तीनै पुस्ताका कलाकारहरुको नृत्य, गायन र हास्य प्रस्तुतीले सहभागीहरुलाई मन्त्रमुग्ध बनाएको थियो ।

बलिवुड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, सिनेमाजस्तै नाटकीय थियो जीवन

हिन्दी सिनेमाका प्रख्यात अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमवार निधन भएको छ।

सन् १९३५ मा पञ्जाबमा जन्मिएका धर्म सिंह देओलले आफ्नो पुस्तैनी गाउँ नरसालीदेखि बम्बेसम्मको एउटा स्वप्निल सफल यात्रा गरे।

भारतमात्र होइन पाकिस्तानमा पनि धर्मेन्द्रका धेरै प्रशंसक छन्। त्यसमा पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पनि सामेल छन्।

धर्मेन्द्र आफैले किस्सा सुनाउँथे: “नवाज शरीफ भारत आएका बेला मेरो भेट भएको थियो। नवाज शरीफले आफ्नो परिवार मोटरमा कतै गइरहेका बेला धर्मेन्द्रको घर अगाडि कार रोकेर आफ्नी पत्नी र बच्चाहरूलाई ‘हेर त्यो धर्मेन्द्रको घर हो भनेका थिए’।”

महेश भट्टका लागि ट्रक ड्राइभरसँग लुगा उधारो

धर्मेन्द्र आफ्नो अभिनय कलाका लागि प्रख्यात थिए।

लेखक राजीव विजयकरको किताब ‘धर्मेन्द्र- नट जस्ट ए ही म्यान’मा उनका कैयौँ रमाइला प्रसङ्ग उल्लेख छन्।

किताबमा महेश भट्ट भन्छन्: “‘दो चोर’ भन्ने फिल्मको शुटिङ भइरहेको थियो। मैले ट्रक ड्राइभरको रूपमा धर्मेन्द्रका लागि तयार पारेको लुगा मैले ड्रेसम्यानलाई राम्रोसँग निर्देशन दिन नसकेकाले टाढा रहेको होटेलमा छुटेछ। यो सीन हर हालतमा त्यस दिन बिहान खिच्नुपर्ने थियो नत्र ठूलो नोक्सान हुन्थ्यो। मैले धर्मेन्द्रलाई आफ्नो समस्या बताएँ।”

“धर्मेन्द्रले मप्रति सहानुभूति राख्दै मेरो कुरा सुने। उठे । नजिकै एक ट्रक ड्राइभर थियो। उसँग गएर ड्राइभरको मैलो कपडा उधारोमा लिए। एक ड्रेसम्यानको गल्तीलाई आफ्नो उदारता र कल्पनाशीलताले ढाकिदिए।”

दिलीप कुमारले जगाएको अभिनय मोह

धर्मेन्द्र

तस्बिर स्रोत,Manoj Patil/Hindustan Times via Getty Images)

बाल्यकालको कुरा हो जतिखेर उनका पिता लुधियानाको गाउँमा गणित पढाउँथे। त्यो परिवेशमा सिनेमा हेर्न जाने नै धेरै परको कुरा थियो।

अलि ठूलो भएपछि धर्मेन्द्रले लुकेर दिलीप कुमारको फिल्म ‘शहीद’ हेरे।

त्यसै फिल्मबाट दिलीप कुमारले धर्मेन्द्रको मनमा जादु गर्दिए र उनको भाग्य त्यसैदिन तय भएको थियो।

भाग्यले पनि सायद धर्मेन्द्रको साथ दिएको थियो।

सन् १९५८मा फिल्मफेयर म्यागजिनले ‘ट्यालेन्ट हन्ट’को घोषणा गर्‍यो जसमा बिमल राय र गुरु दत्तजस्ता दिग्गज सामेल थिए।

त्यसबेला मलेरकोटलामा जागिर खाइरहेका धर्मेन्द्रले स्थानीय एक फोटो स्टुडियो गएर भने – फोटोमा मलाई दिलीपकुमारजस्तै बनाइदेऊ ता कि म छानिऊँ।

भयो त्यस्तै। गाउँका एक युवक अचानक बम्बे पुगे।

र त्यहीँबाट सुरु भयो एक फिल्मकोजस्तो धर्मेन्द्रको जीवन कथा जसमा समवेदना थियो, नाटक थियो र बिछोड पनि।

बिमल रायका धर्मेन्दू र बंदिनी

छोराहरू र सलमान खानका साथमा धर्मेन्द्र

तस्बिर स्रोत,Prodip Guha/Hindustan Times via Getty Images

बिमल रायले उनलाई धर्मेन्दू भन्थे, उनैले धर्मेन्द्रलाई पहिलो भूमिका दिए फिल्म ‘बंदिनी’ मा।

बंदिनी बन्न समय लाग्यो। सङ्घर्षका बेला अर्जुन हिंगोरानीले धर्मेन्द्रलाई ‘दिल भी तेरा हम भी तेरे’ भन्ने फिल्ममा काम गर्न दिए।

सन् १९६६ मा आएको ‘फूल और पत्थर ‘ ले धर्मेन्द्रलाई हिरोको रूपमा पहिचान दिलायो।

अमिताभ-राजेश खन्ना हुँदाहुँदै हिट

सन् ६० को दशकको अन्त्यतिर धर्मेन्द्रले सफलताको सिँढी चढ्न थालेका थिए। प्रतिस्पर्धा कडा थियो।

शम्मी कपूर, राजेश खन्ना र अमिताभ बच्चनजस्ता कलाकारको एकपछि अर्को जगजगी थियो।

यी सबैबीच धर्मेन्द्र शायद एक्लो अभिनेता हुन् जो सन् ६० देखि ८०को दशकसम्म चर्चामा टिकिरहे।

धर्मेन्द्रका ‘हकीकत’, ‘दिल ने फिर याद किया’, ‘ममता’, ‘मेरे हमदम मेरे दोस्त’ जस्ता फिल्ममा बिमल राय, ऋषिकेश मुखर्जी, चेतन आनन्दजस्ता निर्देशकले उनलाई तिखारेका थिए।

सन् १९७० को दशकमा धर्मेन्द्रको एक्सन, रोमान्स, कमेडी, कर्मसियल सबै किसिमका सिनेमा आए – ‘जीवन मृत्यु’ , ‘सीता और गीता’ , ‘चरस’ , ‘ब्ल्याकमेल’ , ‘चुपके चुपके’ –अर्थात् एक पछि अर्को हिट।

सन् १९७५ मा शोलेमा वीरूको लोकप्रियता त धेरै माथि पुग्यो।

सबभन्दा ह्यान्डसम मध्येमा थिए धर्मेन्द्र

धर्मेन्द्र

तस्बिर स्रोत,Bandeep Singh/The The India Today Group via Getty Images)

उनको यात्रामा धर्मेन्द्रलाई दुनियाँका सबभन्दा ह्यान्डसम पुरुषको सूचीमा राखियो।

धर्मेन्द्रका आइडल दिलीप कुमारले एक कार्यक्रममा- यदि उनले ईश्वरलाई भेटे भने उनले आफूलाई धर्मेन्द्रजस्तो सुन्दर किन नबनाएको भनेर सोध्नेछु भनेका थिए।

यसबारे धर्मेन्द्रले बीबीसीलाई भनेका थिए, “मान्छेले भनेको कुरा शायद सत्य हो कि भनेर सोच्छु। मान्छेहरू मलाई ही मैन भन्छन्, ग्रीक गडसम्म भन्छन्। म मेरो खुबीमा पनि कमी खोज्छु। लाग्छ मलाई चाहनेहरूको त्यो भावनामा चोट नपुगोस्।”

नाचमा भने उनी केही कम मानिन्थे तर पनि ‘जट् यमला पगला दीवाना’ जस्ता उनका गीत खूब लोकप्रिय भए।

त्यस गानाबारे धर्मेन्द्रले बीबीसीलाई बताएका थिए: “फिल्ममा मैले सर्वसाधारणका अगाडि नाच्दिनँ भनेको थिएँ। त्यसैले मेरो र रेखाका लागि विशेष व्यवस्था गरियो। त्यसपछि म यसरी खुलेँ कि लाज शरम सबै हरायो।”

हेमा र धर्मेन्द्रको प्रेम कथा

सन् १९८० मा धर्मेन्द्रले हेमासँग विवाह गरे

तस्बिर स्रोत,Milind Shelte/The India Today Group via Getty Images

तस्बिरको क्याप्शन,सन् १९८० मा धर्मेन्द्रले हेमा मालिनीसँग विवाह गरे

यसै दौरान हेमा मालिनीसँग उनको प्रेम बस्यो।

त्यसबेला धर्मेन्द्रको प्रकाश कौरसँग बिहे भइसकेको थियो।

जब धर्मेन्द्रले सन् १९८० मा ‘ ड्रीमगर्ल’ हेमासँग बिहे गरे त्यसबेला निकै विवाद भयो।

पछि धर्मेन्द्र फिल्म निर्माता पनि बने। आफ्ना छोरा सनी र बबी देओल मिलाएर विजेता फिल्म्स सुरु गरे।

करिअर उच्च स्थानमा पुगेका बेला उनलाई मदिराको लतले नोक्सान पुर्‍यायो जसलाई उनले स्वीकार गर्थे।

बी ग्रेड फिल्मवाला धर्मेन्द्र

सन् १९९० पछि ‘पापी देवता’, ‘वीरू दादा’, ‘डाँकु भैरव सिंह’, ‘महा शक्तिशाली’ जस्ता फिल्ममा उनले जेजस्तो भूमिका खेल्नुपर्‍यो त्यसबाट उनका प्रशंसकहरूलाई चोट पुगेको थियो।

लेखक राजीव विजयकरले आफ्नो किताब ‘धर्मेन्द्र- नट जस्ट ए ही मैन’मा लेख्छन्: सन् १९९० देखि सन् २००३ लाई उनको करिअरको पछाडि फर्केको समय भन्न सकिन्छ।

“धरमजीको प्रशंसकको नाताले म भन्न सक्छु कि उनलाई जे जस्तो बाध्यता भए पनि उनले आफ्नो करिश्मालाई धुमिल गराएर सी ग्रेडको फिल्म गरे र प्रशंसकको विश्वास तोडे,” त्यसै किताबमा राजकुमार सन्तोषी बताउँछन्।

“२५ वर्षमा उनले जे कमाएका थिए त्यसलाई उनले धक्का दिए। यो असाध्यै दिक्क लाग्ने कुरा हो।”

‘अभिनय मेरो प्रेमिका हो, यो कहिलेकाहीँ रिसाउँछे पनि’

धर्मेन्द्र

तस्बिर स्रोत,Getty Images

लन्डनमा दिएको एक अन्तर्वार्तामा धर्मेन्द्रले मलाई भनेका थिए- अभिनय मेरी प्रेमिका हो। यससँग मलाई प्रेम छ।

“कहिले यो रिसाउँछे म मनाउँछु कहिले म रिसाउँछु यसले फकाउँछे। तर यसलाई मैले छोडेको छैन।”

फिल्मबाट राजनीतिमा पनि उनले कदम राखे।

अटल बिहारी वाजपेयीले भनेर उनले बीकानेरबाट लोक सभा चुनाव लडे र जिते पनि। तर उनी राजनीतिमा आउनुलाई ठूलो भूल मान्थे।

अभिनय बाहेक उर्दू र शायरी पनि उनी उत्तिकै मन पराउँथे।

बीबीसीबाट

दीपेन्द्र चम्किएपछि सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णालीको न्यून स्कोर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्समाथि ४५ रनको जित हात पारेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा भएको दोस्रो खेलमा टस हारेको सुदूरपश्चिमले पहिला ब्याटिङ गरी १३९ रन बनाएको थियो । जवाफमा कर्णाली ९४ रनमा अलआउट भयो । यो सिजनमा सयभन्दा कम रन बनाउने कर्णाली पहिलो टिम बनेको छ ।

लगातार तेस्रो जित हात पारेसँगै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको ६ अंक भएको छ । विराटनगर किंग्सले पनि आजको पहिलो खेलमा जनकपुर बोल्ट्समाथि जित हात पार्दै अपराजित यात्रा कायम राखेको थियो । विराटनगर पनि लगातार तेस्रो जितका साथ ६ अंकसहित दोस्रो स्थानमा छ ।

त्रिवि मैदान कीर्तिपुरमा सुदूरलाई दोस्रो जित दिलाउन कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरे । उनले टिमका लागि सर्वाधिक ३९ रन बनाएका थिए । बलिङमा पनि उनी चम्किए । उनले चार ओभरमा ४ विकेट लिएर कर्णालीको ब्याटिङ लाइन ध्वस्त पारेका थिए ।

कर्णालीका लागि कुनै पनि ब्याटर टिकेर खेल्न सकेनन् । कर्णालीको तेस्रो खेलमा यो दोस्रो हार हो । कर्णालीको अंक तालिकामा २ अंक मात्र छ ।

मंगलबार एक मात्र खेल हुनेछ । भोलि काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । काठमान्डु लगातार दुई खेलमा पराजित भएको छ भने लुम्बिनी पनि एक खेलमा पराजित भएको छ ।

सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले पूरा ओभर खेलेर ९ विकेटको क्षतिमा १३९ रन बनाएको छ ।

‌ओपनर जोश ब्राउन गोल्डेन डकआउट हुँदा अर्का ओपनर विनोद भण्डारी ११ रन बनाएर आउट भएका थिए । क्रिस लिनले २० बलमा १८ रन जोडे ।

कर्णालीका लागि कप्तान सोमपाल कामीले पहिलो ओभरको पहिलो बलमै विकेट लिएका थिए । उनले ब्राउन, हर्मित र नरेन साउदलाई आउट गर्दै तीन विकेट लिए ।

नन्दन यादवले दुई तथा मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक-एक विकेट लिए ।

पावरप्ले: सुदूरपश्चिमको खराब सुरुवात, ६ ओभरमा २ विकेट गुमाएर २७ रन मात्र

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा खराब प्रदर्शन गरेको छ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पावरप्ले सकिँदा महत्वपूर्ण २ विकेट गुमाएर मात्र २७ रन जोड्न सक्यो। कर्णालीका बलरहरूले कसिलो बलिङ गर्दै सुदूरपश्चिमका ब्याटरहरूलाई हात खोल्ने मौका दिएका छैनन्।

कर्णाली याक्सले खेलमा सनसनीपूर्ण सुरुवात गर्‍यो। कप्तान सोमपाल कामीले इनिङको पहिलो बलमै सुदूरपश्चिमका विष्फोटक ओपनर जोस ब्राउनलाई ‘बोल्ड’ गर्दै पेभेलियन फर्काए। ब्राउन खाता नखोली ‘गोल्डेन डक’ को शिकार भए।

त्यसपछि आएका विनोद भण्डारीले सम्हालिने प्रयास गरे पनि उनी धेरै बेर टिक्न सकेनन्। पाँचौं ओभरको चौथो बलमा विपिन शर्माले उनलाई एलबीडब्लु धरापमा पारे। भण्डारीले १३ बलमा ११ रन बनाए।

पावरप्ले सकिँदा सुदूरपश्चिमले २७ रन बनाएको थियो। अहिले क्रिजमा क्रिस लिन र आरिफ शेख ब्याटिङ गरिरहेका छन्।

सोमपाल कामीले २ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर १ विकेट लिएका छन् भने मार्क वाटले २ ओभरमा मात्र ६ रन दिएका छन्।

मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त

काठमाडौं : सरकारले मुख्य सचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा सचिवसमेत रहेका अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो।

मुख्य सचिव एकनारायण अर्याल मंगलबारबाट नियमित अवकासमा जाने भएपछि ज्येष्ठताका आधारमा सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो।

२०२५ असार २६ मा जन्मिएका अर्याल २०५३ वैशाख १९ गते निजामती सेवामा प्रवेश गरेका थिए।

सुदुरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदुरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा सुदुरपश्चिम रोयल्स विरुद्ध कर्णालीका कप्तान सोमपाल कामी टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

सुदूरपश्चि लगातार तेस्रो जितको लक्ष्यमा छ । यसअघि, विराटनगरले  काठमाण्डू गोर्खाज्‌लाई  २९ र पोखरा एभेन्जर्सलाई  १८ पराजित गरेको थियो ।

यता, कर्णाली पनि लगातार दोस्रो जित चाहन्छ । यसअघि चितवन राइनोजसँग ४ विकेटको हार बेहोरेको कर्णालीले लुम्बिनी लायन्यसलाई ९ विकेटले हराएको थियो ।

विराटनगरको लगातार तेस्रो जित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले  १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी लक्ष्य पन्छाएको जनकपुरका लागि निकोल लोफ्टी इटोनले सर्वाधिक ४१ रन बनाए। यस्तै लाहिरु मिलान्थाले २३ रन, आसिफ शेखले १३ रन, सञ्जय कृष्णमुर्थीले २० रन बनाए।

विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। यस्तै सूर्य तामाङले २ विकेट लिए भने मर्चेन्ट डे लाङ र शुमम रन्जानेले १–१ विकेट लिए।

विराटनगरका लागि ओपनरद्वाय लोकेश बम २६ बलमा २८ रन बनाएर आउट भए भने जर्ज मुन्से १० रनमा आउट भए। यस्तै  ब्याटर मार्टिन गप्टिल १५ बलमा १३ रन बनाएर आउट भए। यस्तै विराटनगरका लागि वसिर अहमद ३५ बलमा ३६ रन, शुमम रन्जानेले २९ बलमा ३७ रन बनाए।

बलिङतर्फ जनकपुरका लागि रुपेश सिंह र संगित कुरेले २–२ विकेट लिए भने आदित्य मेहताले एक विकेट लिए।

विश्वप्रकाशको प्रस्ताव: राजनीतिक सहमतिमा फागुन २१ को चुनाव सार्नु उत्तम

काठमाडौं । नेपाली कांंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनका विषयमा दुई वटा प्रस्ताव राख्दै त्यसै सिलसिलामा फागुन २१ को प्रतिनिधिसभा निर्वाचन पछि सार्न सकिने प्रस्ताव राखेका छन्।

इलाम पुगेका बेला महामन्त्री शर्माले महाधिवेशनका सन्दर्भमा दुई बुँदे प्रस्ताव राख्दै उक्त विषय पनि राखेका हुन्।

‘समय घर्कँदै गयो, अब नियमित महाधिवेशन सम्भव हुन्छ?,’ भन्ने पार्टीका नेताहरूको जिज्ञासामा आफू अझै प्रस्ट रहेको महामन्त्री शर्माले बताए। उनले भने, ‘म प्रस्ट छु, सबै ऐक्यबद्ध भएर जुटौँ, महाधिवेशन सम्भव छ, विकल्प दुई वटा छन्।’

पहिलो विकल्प–पुस अन्तिम साताका लागि नियमित महाधिवेशन गर्ने गरी अबको बैठकबाट कार्य तालिका निर्माण गर्ने रहेको उनले बताए। ‘महाधिवेशन तयारी क्रममा कहिदिन समय नपुग्न सक्ने अवस्था देखिए, थप १५ दिन समय लिएर महाधिवेशन सम्पन्न गर्ने,’ उनले भने।

यसैमा ‘समानुपातिकको सुची बुझाउने मिति वा फागुन २१ को चुनाव पनि केही पछि सर्न सक्ने’ शर्माले दाबी गरे। ‘शान्तिपूर्ण वातावरण बन्नुपर्ने आवश्यकता र हिमाली क्षेत्रको मौसमी प्रतिकुलता दृष्टिगत गरेर थोरै पछि सर्न सक्ने सम्भावनालाई राजनैतिक सहमतिमार्फत हल खोज्नु उत्तम हुन्छ,’ महामन्त्री शर्माले अगाडि भने।

दोस्रो विकल्पमा पार्टी सभापति शेरबहादुर देउवालाई देशको परिस्थिति, पार्टीको अवस्था र समयको चाप बुझेर ‘सुवर्ण शमशेर पथ’ पछ्याउन उनले सुझाव दिए। ‘त्यो भनेको २०१४ सालमा झैँ स्वयं सभापतिले मार्ग प्रशस्त गर्ने,’ महामन्त्री शर्माले अगाडि भने, ‘त्यसले एकातर्फ पार्टीले निकास प्राप्त गर्छ, अर्कोतर्फ उहाँको सम्मान र अभिभावकत्वको भूमिकाले उचाइ पाउनेछ।’

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि जान नसक्ने उनले दाबी गरे। ‘तब २०८२ मङ्सिर मसान्तमा विशेष महाधिवेशन, २०८३ मङ्सिरमा नियमित महाधिवेशन गर्न सकिनेछ,’ महामन्त्री शर्माले भने।

प्रधानमन्त्रीले बोलाइन् मन्त्रिपरिषद् बैठक

राजधानी  मन सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाएकी छन्। गण तथा मन्त्रपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्न बालुवाटार स्रोतले बाहिर छ ।

मुख्य सचिव एक याल ५८ वर्ष लामो अर्याल पूरा हद पूरा मंगलबार रातिबाट अनिवार्य अवकाशमा जाने क्रममा आजको मन्त्रिपरिषद् बैठकले नयाँ मुख्य सचिव नियुक्त नारायणको सम्भावित स्रोतको भनाई छ । अर्याल २०८१ साल भौ १३ गते मुख्य सचिव सदस्य थिए ।

अर्याल पश्चात गोकर्णमणि दुकोवाडी रोलक्रम, हेपनि अवकाशमा जानेछ। गृह सचिव दुवाडी नयाँ सरकार आएका योजना आयोगमा सरुवा थिए। हे जेनजी आन्दोलनमा संरित बनेका थिए ।

मुख्य सचिवको दौडमा सुमन अर्याल, मधुसूदन बुर्लाकोटी, डा. कृष्णहरि पुकार रमिला देवी शाक्य बज्राचार्य सर्वाधिकारी छन्। गोकर्णमणी दुवाडीको सका स्रोत अनुसार अर्यालको सम्भव छ। अर्याल योजना आयोगबाट अहिले रक्षा सचिव बन्छन्। बुर्लाकोटी राष्ट्रिय तथ्यांक कार्यालयमा सत्यता छन्। पुष्कर वर्तमान श्रम सचिव भने बज्रचार्य खानपानी सचिव हुन् ।

खगेन्द्र सुनारले लिए दल दर्ताको प्रमाणपत्र

काठमाडौं । खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। आज निर्वाचन आयोगमा बाजागाजासहित पुगेर सुनारको टोलीले दल दर्ताको प्रमाणपत्र लिएका हुन्।

दल दर्ताका लागि उनले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए। उनको पार्टी निर्वाचन आयोगमा २१६ नम्बरमा दर्ता भएको छ। यो पार्टीले गोलो घेराभित्र राम्रो जनाउने लाइक चुनाव चिन्ह लिएको छ।

प्रतिनिधि सभाकाे निर्वाचन नजिकिएसँगै आयोगमा दल दर्ता गर्नेको सङ्ख्या बढेको छ। मंसिर १० गते बिहानसम्म दल दर्ताको प्रमाणपत्र लिने दलले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन पाउनेछन्।

विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

कामठाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किङ्सले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३५ रनको योगफल खडा गरेको हो ।

विराटनगरका बसिर अहमदले ३६ रन बनाए । बसिरले ३५ बलमा तीन छक्का प्रहार गरे । ५५ रनमा २ विकेट गुमाएको स्थितिबाट बसिरले सुभव रन्जानेसँग ५२ रनको साझेदारी गर्दै विराटनगरलाई १०० रन पार गराएका थिए । रन्जानेले २९ बलमा दुई चौका र दुई छक्कासति ३७ रन थपे ।

ओपनर लोकेश बमले २८ रन जोडे । मार्टिन गप्टिलले १३ र जर्ज मुन्सेले १० रन जोडे । विराटनगरका मर्चेनट डे लांगे गोल्डेन डक भए ।

विराटनगरलाई मध्यम योगफलमा रोक्न बलिङतर्फ संगिथ कुरे र रुपेश सिंहले समान दुई विकेट लिए । कोरेले चार ओभर बलिङगर्दा २६ रन खर्चिए । आदित्य मेहताले एक विकेट हात पारे ।

आज साविक विजेता जनकपुर पहिलो जितको खोजीमा छ । जनकुपरले यसअघि उद्घाटन खेलमा काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको हार बेहोरेको थियो । यता, विराटनगर भने लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ ।

विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको र काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

फिल्म ‘परान’ को कमाइ नाघ्यो १४ करोड

काठ्माण्डौँ- नीर शाह अभिनीत फिल्म ‘परान’ ले बक्स अफिसमा १४ करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गरेको छ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको आधिकारिक तथ्यांक अनुसार फिल्मले मंसिर ६ गते (शनिबार) सम्ममा १४ करोड १६ लाख ५१ हजार रूपैयाँ ग्रस कलेक्सन गरेको हो।

बोर्डको तथ्यांक अनुसार यस अवधिमा फिल्मको करिब ५ लाख टिकट बिक्री भएका छन्।

दीपक आचार्य (काकु) निर्देशित ‘परान’ ले प्रदर्शनको सुरूआती चरणमा दर्शकको उल्लेख्य साथ पाएको थिएन। यद्यपि, बलियो ‘वर्ड अफ माउथ’ का कारण फिल्मले विस्तारै गति लिँदै बक्स अफिसमा राम्रो पकड जमाउन सफल भयो।

यो कमाइसँगै ‘परान’ वर्ष २०८२ को हालसम्मकै सर्वाधिक कमाइ गर्ने फिल्म समेत बनेको छ।

शेखर गोल्छा र रञ्जित आचार्य निर्माता रहेको यस फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रवीण खतिवडा लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।

कैलालीमा ‘सर्च तथा स्वीप अपरेसन’ : एक सातामा १४९ जना फरार प्रतिवादी पक्राउ

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी इकाइहरूले मंसिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरेको सर्च तथा स्वीप अपरेसनमार्फत एक सातामा १४९ जना फरार प्रतिवादी पक्राउ गरेका छन्।

प्रहरीका अनुसार विभिन्न मितिमा जिल्ला अदालत कैलालीले सुनाएको फैसलाअनुरूप कैद तथा जरिवाना तिर्न बाँकी राखी फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गर्न अपरेसन सञ्चालन गरिएको हो। पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट ६८ जना, इलाका प्रहरी कार्यालय मालाखेतीबाट २५ जना, इप्रका टीकापुरबाट २२ जना र इप्रका भजनीबाट १० जना पक्राउ परेका हुन । यस्तै इप्रका सुखडले ९ जना, इप्रका सडकपुरले ७ जना, इप्रका लम्कीले ६ जना र इप्रका चिसापानीले पनि २ जनालाई पक्राउ गरेको हो ।

जिल्लाभरबाट पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कारबाहीका लागि अदालत पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीका सुचनाअधिकारी तथा प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए । उनका अनुसार फरार प्रतिवादी पक्राउ अभियान निरन्तर रूपमा अघि बढाइनेछ।

अदालतका फैसलाहरू समयमै कार्यान्वयन गराउन प्रहरीले यो अभियान सुरु गरेको हो ।

जेनजी मुभमेन्ट नेपालद्धारा प्रधानमन्त्री कार्कीको राजीनामा माग

काठ्माण्डौँ- जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ। कार्की नेतृत्वको सरकार गठन भएपछि मन्त्रीहरूले भ्रष्टाचार र गैरजिम्मेवार निर्णय गरेको आरोप लगाउँदै जेनजी मुभमेन्टले प्रधानमन्त्री कार्कीको राजीनामा माग गरेको हो।

जेन्जी मुभमेन्ट नेपालले आज (सोमबार) प्रेस विज्ञप्ति जारी गर्दै ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौताबाट ४३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा नामक कम्पनीलाई गैरकानुनी कर छुट दिएको, महान्यायाधिवक्ता सबिता भण्डारी डिम्ब तस्करी प्रकरणमा मुछिएको, गृहमन्त्री ओमप्रकाश अर्यालले काका नाता पर्नेलाई सशस्त्र प्रहरीको डीआईजी बनाउन दरबन्दी थपेको र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफन्तलाई सचिवालयमा नियुक्त गरेको आरोप लगाएको छ।

साथै यी सबै कार्य प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता र संरक्षणबिना सम्भव नहुने प्रवक्ता विजय शाहद‍्वारा जारी विज्ञप्तिमा भनिएको छ।

जनकपुरविरुद्ध विराटनगरले ब्याटिङ गर्दै

काठमाडौं। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज पहिलो खेलमा विराटनगर किङ्सले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ राजेको हो । अनिल साहको कप्तानीमा रहेको जनकपुर पहिलो जितको खोजीमा छ । यसअघि जनकपुर पहिलो खेलमा काठमाडौं गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो ।

यस्तै सन्दीप लामिछानेको कतानीमा रहेको विराटनगर लगातार तेस्रो जितको पर्खाइमा छ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौँलाई पराजित गरेको थियो ।

यस्तै आजै अपरान्ह ४ बजे दोस्रो खेल साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा यही मङ्सिर १ गते सुरू भएको प्रतियोगिता मङ्सिर २७ गतेसम्म चल्ने छ ।

४९ जिल्लाका ६ लाखभन्दा धेरैलाई गरिब परिचयपत्र वितरण

काठमाण्डौ – सरकारले ४९ जिल्लाका ६ लाख १५ हजार १ सय ६१ जनालाई गरिब परिचयपत्र वितरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पालिकासँग समन्वय गरी अति गरिबलाई रातो, मध्यम गरिबलाई पहेँलो र सामान्य गरिबलाई नीलो कार्ड वितरण गरेको हो । बाँकी १५ जिल्लामा पहिचान भएका २ लाख गरिबका कार्ड छपाई भई वितरण प्रक्रिया शुरू गरिएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता दामोदर वाग्लेका अनुसार गरिब परिचयपत्रले राज्यका सेवा–सुविधा एकद्वार प्रणालीबाट उपलब्ध गराउन सहज बनाउनेछ । विगतमा गरिबीसम्बन्धी कार्यक्रम एकीकृत नहुँदा दोहोरोपन र दुरुपयोग हुने गरेकाले पालिकामार्फत कार्ड वितरणको जिम्मेवारी दिइएको हो ।

परिचयपत्र पाउने परिवारलाई सीप प्रशिक्षण, शिक्षा–स्वास्थ्यको सुनिश्चितता तथा खाद्य सुरक्षाजस्ता कार्यक्रम तीनै तहका सरकारको समन्वयमा सञ्चालन गरिने छ । बाँकी १३ जिल्लामा सर्वेक्षण सकिइसकेकाले वितरण प्रक्रिया चलिरहेको छ । गरिब पहिचानका लागि १८ सूचक प्रयोग गरिएको र अहिलेसम्म करिब एक अर्ब रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान भव्य रूपमा मनाउन सरकारको आह्वान

काठमाण्डौ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले साझा प्रतिबद्धता र ऐक्यबद्धता जनाउँदै सबै निकायलाई लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान भव्यताका साथ मनाउन आह्वान गरेको छ । मन्त्रालयले सम्बद्ध सबै निकायमा परिपत्र गर्दै हरेक वर्ष जस्तै यस वर्ष पनि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अभियानलाई विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको हो ।

मन्त्रालयअन्तर्गत लैङ्गिक हिंसा निवारण शाखाका प्रमुख महिला विकास अधिकृत ममता विष्टका अनुसार यो अभियान देशभर तीनै तहका सरकार, विद्यालय, सङ्घसंस्था र सरोकारवाला निकायहरूको सहभागितामा मनाउन आह्वान गरिएको हो । अभियानअन्तर्गत यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ र राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भनेर तय गरिएको छ ।

अभियानको मुख्य उद्देश्य लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने र प्रविधिको सही प्रयोगमार्फत हिंसा रोक्ने रहेको छ । संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो ।

नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न र परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थाहरुमा महिलाहरुको उल्लेख्य सहभागितासहित राजनीतिमा महिलाको सशक्तिकरणलाई तीव्रता गराउन यो अभियान हुने गरेको छ ।

तर, हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा भने रोकिएको छैन । बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाका कारण अहिले पनि महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य छन् ।

प्यानल नै बनाएर अध्यक्षमा उठ्दै पोखरेल

काठमाडौँ — एमालेको ११औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल नै बनाएर अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने भएका छन् । तेस्रो कार्यकालका लागि अध्यक्ष उठ्न लागेका केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका पोखरेलले प्यानल बनाउने गृहकार्य थालेका हुन् । एमाले महाधिवेशन यही २७–२९ मंसिरमा काठमाडौंमा हुँदै छ ।

पोखरेलको पक्षमा उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण बिष्ट, योगेश भट्टराई र रघुवीर महासेठ खुलिसकेका छन् ।

त्यस्तै बिन्दा पाण्डे पनि पोखरेल पक्षबाट उम्मेदवारी दिने तयारीमा छिन् । पोखरेल पक्षबाट उपाध्यक्ष पदको उम्मेदवार पाण्डे बन्ने सम्भावना छ । महासचिवको उम्मेदवार बिष्ट र भट्टराईमध्ये कोही एक हुने र अर्कोलाई उपमहासचिव पदको उम्मेदवार बनाउने तयारी छ । सचिवमा बिन्दाले उम्मेदवारी दिने सम्भावना छ । ज्ञवाली र शाक्यले भने उम्मेदवारी दिने रुचि देखाएका छैनन् ।

संस्थापनतर्फ ओली प्यानलबाट उपाध्यक्षमा विष्णु पौडेल पुनः दोहारिने सम्भावना छ । त्यस्तै महासचिवमा प्रदीप ज्ञवालीले चाहना राखेका छन् । महासचिवमा शंकर पोखरेल दोहोरिने अवस्था नआए उनी उपाध्यक्ष र ज्ञवाली महासचिवको उम्मेदवार हुनेछन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि महासचिवको आकांक्षा राखेका छन् । उपमहासचिव विष्णु रिमाल पनि उपाध्यक्षको आकांक्षी छन् ।

माओवादी पृष्ठभूमिका उपाध्यक्ष रामबहादुर थापा र सचिव लेखराज भट्टलाई पनि ओलीले व्यवस्थापन गर्नुपर्ने छ । एक महिला नेतृलाई उपमहासचिव बनाउनुपर्ने हुँदा पद्मा अर्यालको सम्भावना छ । अर्याल हाल सचिव छिन् । सचिवको आकांक्षीमा भीमप्रसाद आचार्य, लालबाबु यादव, किरण गुरुङ, भानुभक्त ढकाल, खगराज अधिकारी, शेरधन राई र राजन भट्टराई छन् ।

संस्थापनइतर पक्षबाट नेतृत्वका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आकांक्षी थिइन् । तर अध्यक्ष ओलीले उनको पार्टी सदस्यता नवीकरण रोकेका थिए । त्यसपछि भण्डारी पक्षको समर्थनमा पोखरेललाई अध्यक्ष पदमा अघि सारिएको हो । पोखरेलले अध्यक्षका लागि ‘स्वस्थ’ प्रतिस्पर्धा गर्ने बताए । ‘मैले अध्यक्षका लागि प्रतिस्पर्धा गर्छु भनेको छु । यो अन्यथा मान्नुपर्ने विषय होइन,’ उनले भने, ‘योग्यता पुगेका हरेक प्रतिनिधि प्रतिस्पर्धाका लागि योग्य हुन्छन् ।

अर्कोतर्फ, ओलीलाई तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्न बाटो खोल्ने गरी गत भदौ तेस्रो सातामा एमालेको विधान संशोधन गरिएको थियो । संशोधनका क्रममा दुई कार्यकाल मात्र कार्यकारी पदमा रहन पाइने र ७० वर्षे उमेर हदको प्रावधान हटाइएको थियो । बिहीबार सचिवालय बैठकमा ओलीले आफूसँग प्रतिस्पर्धा गरेका नेताहरू एमालेमा नरहेकाले यस्तो प्रतिस्पर्धालाई स्वस्थ बनाउनुपर्नेमा जोड दिएका थिए । ‘नेतृत्वका लागि स्वस्थ प्रतिस्पर्धा गरौं । पार्टीलाई एकताबद्ध बनाएर जाऔं,’ उनले भने । शुक्रबार ‘नेसनल भोलिन्टेयर्स फोर्स’ को घोषणा कार्यक्रममा भने ओलीले नेतृत्व चयनका लागि प्रतिस्पर्धाभन्दा मिलेर जानु उचित हुने संकेत गरेका थिए ।

एनपीएलमा पूर्वका दुई टिम र पश्चिमका दुई टिम भिड्दै

काठमाडौं ८ मंसिर। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । दुवै खेल ‘डर्बी’का रूपमा रहेका हुँदा आजको दिनलाई ‘डर्बी डे’ पनि भनिएको छ ।

आज पूर्वका दुई टिम- विराटनगर किङ्स र जनकपुर बोल्ट्स तथा पश्चिमका दुई टिम- कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

पहिलो खेल विहान पौने १२ बजेदेखि विराटनगर र जनकपुरका बीचमा हुनेछ । हालसम्म २ खेलमा २ जित निकालेको विराटनगर तेस्रो जितको खोजीमा रहनेछ भने पहिलो खेलमा पराजित भएको जनकपुर आज दोस्रो खेल खेल्दा जितको खोजीमा हुनेछ ।

यी दुई टोली गत संस्करण उद्घाटन खेलमै भिडेका थिए । उक्त खेलमा जनकपुर ८ विकेटले विजयी भएको थियो ।

यस्तै आजै दोस्रो खेल कर्णाली र सुदूरपश्चिमका बीचमा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ ।

कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ ।

पहिलो संस्करण भएको एक खेलमा सुदूरपश्चिमले कर्णालीमाथि ६ विकेटको जित निकालेको थियो ।

 

८ औं एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड कोलोराडोमा आज सम्पन्न हुदै

कोलोराडो, (अमेरिका), २३ नोभेम्बर ।

८ औं एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ आज अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा आयोजना हुदैछ ।

अवार्ड समारोहमा सहभागी हुन कोलोराडो आईपुगेका सम्पूर्ण अतिथि कलाकारहरुको उपस्थितिमा शनिवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोजक संस्था ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका अध्यक्ष नवराज श्रेष्ठले अवार्डको सम्पूर्ण तयारी पुरा भईसकेको जानकारी दिए ।

अवार्ड समारोह भव्य रुपमा आयोजना गर्न लागिएको जानकारी गर्दै श्रेष्ठले नेपालबाट आएका कलाकारहरुले दर्शकहरुलाई भरपुर सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने बताए ।

अवार्ड आयोजक नेपाल फिल्म सोसाइटीका अध्यक्ष वरिष्ठ कलाकार कृष्ण मल्लले नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याउने कलाकारहरुको सम्मान र प्रवासमा नेपाली चलचित्रको प्रचार प्रसारका लागि अवार्ड आयोजना गर्दै आएको जानकारी दिए ।

पत्रकार भेटघाट कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ अभिनेता निर शाह, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, चर्चित हास्य कलाकार बसुन्धरा भुषाल, केदार घिमीरे (माग्ने बुढा), नेपाल फिल्म सोसाइटीका अध्यक्ष वरिष्ठ कलाकार कृष्ण मल्ल, नायक प्रदिप खड्का, दिलिप रायमाझी, नायिका शर्मिला मल्ल, केकी अधिकारी, ऋचा घिमिरे, गरिमा शर्मा, दिब्या रायमाझी, चरित्र अभिनेता रामचन्द्र अधिकारी, चलचित्र निर्माता मधुकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

बोल्डर थिएटरमा आईतवार साँझ ४ बजे शुरु हुने अवार्ड समारोह बिभिन्न कलाकारको प्रस्तुती र चलचित्रकर्मीहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न    हुनेछ ।

नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र फिलिप हार्मोनी अर्केष्ट्रा बोल्डरको संयुक्त आयोजनामा अवार्ड कार्यक्रम हुन लागेको हो ।

एनपीएलमा सट्टेबाजी गराएको अरोपमा ८ जना भारतीय पक्राउ

काठमाडौैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो ।

उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा भारतको आन्दा प्रदेशस्थित प्रकासम जिल्लाका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल  रहेका छन् ।

उनीहरूको साथबाट १५ थान मोबालाइ बरामद गरी त्यसबाट प्रविधियुक्त अनुसन्धान गरिएको पनि प्रहरीले जनाइको छ ।

थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ ।

प्रधानमन्त्री कार्कीविरूद्ध अवहेलना मुद्दामा सर्वोच्चको लिखित जवाफ माग

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरूद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ ।

न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको इजलासले रिटमाथि सुनुवाइ गर्दै विपक्षीहरूको लिखित जवाफ माग्ने आदेश भएको हो । मंसिर २ गते अवहेलनाका दुई वटा छुट्टाछुट्टै रिट परेका थिए।

सर्वोच्चले राजदूतहरु फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश दिएपछि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो । हाल राजदूतहरु परराष्ट्रमै हाजिर भइरहेका छन् भने केहीले राजीनामा दिइसकेका छन् ।

नेत्रहीन महिला विश्वकप : नेपाल भारतसँग सात विकेटले पराजित

काठमाडौं : कोलम्बोमा आयोजित पहिलो महिला टी-२० विश्वकप दृष्टिविहीन क्रिकेट २०२५ को फाइनलमा भारतले नेपाललाई सात विकेटले पराजित गर्दै उपाधि जितेको छ।

पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेट गुमाउँदै ११४ रन बनाएको थियो। नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३५ रन (अवस्थित) र बिमला राईले २६ रन बनाइन्।

भारतीय टोलीले यो लक्ष्य केवल १२.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। भारतका लागि करुणा केले २७ बलमा ४२ रन बनाउँदै सर्वाधिक रन बनाइन् भने फुला सरीनले २७ बलमा ४४ रन बनाइन्।

खोज्नुहोस