चुनावमा भाग लिन १ सय ६ दलको निवेदन, अझै दर्ता प्रक्रियामै अन्य दल

काठमाडौं ११ मङ्सिर  ।  कांग्रेसमा महाधिवेशनको मितिबारे संस्थापन पक्ष र इतर पक्षबिच जारी विवाद टुंग्याउने प्रयास बुधबार नटुंगिएपछि बिहीबार बोलाइएको केन्द्रीय कार्य समिति बैठक शुक्रबारलाई सरेको छ । विशेष महाधिवेशन पक्षधर नेताले बुधबार विशेष सभा आयोजना गरेपछि महाधिवेशनका लागि नेतृत्व थप दबाबमा परेको छ ।

पुस महिनाभित्र विधानत: विशेष महाधिवेशन आयोजना गर्नुपर्ने दबाबबिच सभापति शेरबहादुर देउवासँगको समन्वयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले बुधबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छन् । तर, विशेष महाधिवेशनका लागि संस्थापन पक्ष तयार नभएपछि सहमति जुट्न सकेन ।

छलफलबारे जानकार स्रोतका अनुसार चर्को आन्तरिक दबाबका कारण पुसभित्रै नियमित महाधिवेशनको तालिका ल्याउन संस्थापन पक्ष तयार भए पनि विशेष महाधिवेशनका लागि भने तयार भएको छैन । महामन्त्रीद्वयले भने पुसभित्रै नियमित महाधिवेशन आयोजना गर्ने ग्यारेन्टी भएमा विशेष महाधिवेशनको निवेदन स्वत: निष्क्रिय हुने जवाफ दिएका छन् ।

कार्यवाहक सभापति खड्का र नेता लेखकले विशेष महाधिवेशनका लागि दर्ता भएको निवेदन फिर्ता लिन महामन्त्रीद्वयले सार्वजनिक अपिल गर्नुपर्ने प्रस्ताव गरेको स्रोतले जनाएको छ । शुक्रबार केन्द्रीय समितिको बैठकअघि महाधिवेशनको कार्यतालिकामा सहमतिका लागि प्रयास गर्ने संस्थापन र इतर पक्षले जनाएका छन् ।

बुधबारको छलफलमा महामन्त्रीद्वयले पुसभित्रै नियमित महाधिवेशन हुँदा मात्र विशेष महाधिवेशन रोकिन सक्ने जवाफ दिएका छन् । ‘पुसभित्रै नियमित महाधिवेशन भए मात्र विशेष महाधिवेशनको मुद्दा स्वत: निष्क्रिय हुन्छ,’ महामन्त्रीद्वयलाई उद्धृत गर्दै निकटस्थ एक नेताले भने, ‘तर, तपाईंहरूको नियत महाधिवेशनको प्रक्रिया सुरु गर्ने र चुनावपछि धकेल्ने देखिएको हुनाले हामी विशेष महाधिवेशनको एजेन्डामा प्रवेश गरेका हौँ । विश्वसनीय आधार दिन सक्नुभएन भने पुसभित्र विशेष महाधिवेशन निर्विकल्प हो ।’

छलफलबारे जानकार केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार महामन्त्रीद्वय थापा र शर्मा समूहले महाधिवेशन तालिका चाहेको होइन, महाधिवेशन चाहेको हो । ‘महाधिवेशन तालिका ल्याउने, तर महाधिवेशन हुने आशंकालाई चिर्ने गरी विश्वसनीय तरिकाले अघि बढौँ भन्ने हाम्रो भनाइ हो,’ सिवाकोटीले भने । पुस पहिलो सातासम्म वडा अधिवेशनको कार्यतालिका ल्याउने र त्यसअघि सदस्यताको विवाद समाधान गर्दै पुस अन्तिम सातामा महाधिवेशन गर्ने विश्वसनीय प्रतिबद्धता संस्थापन पक्षबाट आएमा विवाद समाधान हुने इतर पक्षको विश्वास छ ।

विशेष महाधिवेशनका लागि दर्ता भएको प्रस्ताव फिर्ता हुनुपर्ने सर्तका अलावा संस्थापन पक्षले सदस्यता व्यवस्थापन समितिमा संस्थापन पक्षका सदस्य थप्नुपर्ने, पार्टी सदस्यता छानबिन समितिमा संयोजक र बहुमत संख्या संस्थापनको हुनुपर्ने तथा निर्वाचन समितिमा संस्थापन पक्षको बहुमत हुने गरी मनोनीत गर्न तयार हुनुपर्ने सर्त राखेको असन्तुष्ट नेताहरूको भनाइ छ । पार्टीका पूर्वपदाधिकारीहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह तथा नेताहरू बालकृष्ण खाण, एनपी साउद, ज्ञानेन्द्र कार्कीलगायतले चुनावअघि महाधिवेशन नगर्न नेतृत्वमाथि दबाब बढाएको इतर पक्षको आरोप छ ।

संस्थापन पक्षनिकट केन्द्रीय सदस्य उदयशमशेर राणाले विशेष महाधिवेशनबाट पार्टीमा वैमनस्य उत्पन्न हुने तर्क गर्दै चुनावअघि नियमित अधिवेशन गर्नुपर्ने बताए । ‘अहिले विभाजित मानसिकतालाई बढावा दिने कार्य गर्नुहुँदैन,’ राणाले भने । उनले मंगलबार सभापति देउवासँग भेटेका थिए । उनीसहितका केन्द्रीय सदस्यले विशेष सभा हुनुअघि बुधबार विशेष महाधिवेशन अभियानका अभियन्ता गुरुराज घिमिरे, बलदेव तिमल्सिनालगायत नेतासँग भेटेर आक्रामक नबनिदिन अनुरोध गरेका थिए ।

कांग्रेस बैठक फेरि सर्‍यो

काठमाडौं ११ मङ्सिर  ।  कांग्रेसमा महाधिवेशनको मितिबारे संस्थापन पक्ष र इतर पक्षबिच जारी विवाद टुंग्याउने प्रयास बुधबार नटुंगिएपछि बिहीबार बोलाइएको केन्द्रीय कार्य समिति बैठक शुक्रबारलाई सरेको छ । विशेष महाधिवेशन पक्षधर नेताले बुधबार विशेष सभा आयोजना गरेपछि महाधिवेशनका लागि नेतृत्व थप दबाबमा परेको छ ।

पुस महिनाभित्र विधानत: विशेष महाधिवेशन आयोजना गर्नुपर्ने दबाबबिच सभापति शेरबहादुर देउवासँगको समन्वयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले बुधबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छन् । तर, विशेष महाधिवेशनका लागि संस्थापन पक्ष तयार नभएपछि सहमति जुट्न सकेन ।

छलफलबारे जानकार स्रोतका अनुसार चर्को आन्तरिक दबाबका कारण पुसभित्रै नियमित महाधिवेशनको तालिका ल्याउन संस्थापन पक्ष तयार भए पनि विशेष महाधिवेशनका लागि भने तयार भएको छैन । महामन्त्रीद्वयले भने पुसभित्रै नियमित महाधिवेशन आयोजना गर्ने ग्यारेन्टी भएमा विशेष महाधिवेशनको निवेदन स्वत: निष्क्रिय हुने जवाफ दिएका छन् ।

कार्यवाहक सभापति खड्का र नेता लेखकले विशेष महाधिवेशनका लागि दर्ता भएको निवेदन फिर्ता लिन महामन्त्रीद्वयले सार्वजनिक अपिल गर्नुपर्ने प्रस्ताव गरेको स्रोतले जनाएको छ । शुक्रबार केन्द्रीय समितिको बैठकअघि महाधिवेशनको कार्यतालिकामा सहमतिका लागि प्रयास गर्ने संस्थापन र इतर पक्षले जनाएका छन् ।

बुधबारको छलफलमा महामन्त्रीद्वयले पुसभित्रै नियमित महाधिवेशन हुँदा मात्र विशेष महाधिवेशन रोकिन सक्ने जवाफ दिएका छन् । ‘पुसभित्रै नियमित महाधिवेशन भए मात्र विशेष महाधिवेशनको मुद्दा स्वत: निष्क्रिय हुन्छ,’ महामन्त्रीद्वयलाई उद्धृत गर्दै निकटस्थ एक नेताले भने, ‘तर, तपाईंहरूको नियत महाधिवेशनको प्रक्रिया सुरु गर्ने र चुनावपछि धकेल्ने देखिएको हुनाले हामी विशेष महाधिवेशनको एजेन्डामा प्रवेश गरेका हौँ । विश्वसनीय आधार दिन सक्नुभएन भने पुसभित्र विशेष महाधिवेशन निर्विकल्प हो ।’

छलफलबारे जानकार केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार महामन्त्रीद्वय थापा र शर्मा समूहले महाधिवेशन तालिका चाहेको होइन, महाधिवेशन चाहेको हो । ‘महाधिवेशन तालिका ल्याउने, तर महाधिवेशन हुने आशंकालाई चिर्ने गरी विश्वसनीय तरिकाले अघि बढौँ भन्ने हाम्रो भनाइ हो,’ सिवाकोटीले भने । पुस पहिलो सातासम्म वडा अधिवेशनको कार्यतालिका ल्याउने र त्यसअघि सदस्यताको विवाद समाधान गर्दै पुस अन्तिम सातामा महाधिवेशन गर्ने विश्वसनीय प्रतिबद्धता संस्थापन पक्षबाट आएमा विवाद समाधान हुने इतर पक्षको विश्वास छ ।

विशेष महाधिवेशनका लागि दर्ता भएको प्रस्ताव फिर्ता हुनुपर्ने सर्तका अलावा संस्थापन पक्षले सदस्यता व्यवस्थापन समितिमा संस्थापन पक्षका सदस्य थप्नुपर्ने, पार्टी सदस्यता छानबिन समितिमा संयोजक र बहुमत संख्या संस्थापनको हुनुपर्ने तथा निर्वाचन समितिमा संस्थापन पक्षको बहुमत हुने गरी मनोनीत गर्न तयार हुनुपर्ने सर्त राखेको असन्तुष्ट नेताहरूको भनाइ छ । पार्टीका पूर्वपदाधिकारीहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह तथा नेताहरू बालकृष्ण खाण, एनपी साउद, ज्ञानेन्द्र कार्कीलगायतले चुनावअघि महाधिवेशन नगर्न नेतृत्वमाथि दबाब बढाएको इतर पक्षको आरोप छ ।

संस्थापन पक्षनिकट केन्द्रीय सदस्य उदयशमशेर राणाले विशेष महाधिवेशनबाट पार्टीमा वैमनस्य उत्पन्न हुने तर्क गर्दै चुनावअघि नियमित अधिवेशन गर्नुपर्ने बताए । ‘अहिले विभाजित मानसिकतालाई बढावा दिने कार्य गर्नुहुँदैन,’ राणाले भने । उनले मंगलबार सभापति देउवासँग भेटेका थिए । उनीसहितका केन्द्रीय सदस्यले विशेष सभा हुनुअघि बुधबार विशेष महाधिवेशन अभियानका अभियन्ता गुरुराज घिमिरे, बलदेव तिमल्सिनालगायत नेतासँग भेटेर आक्रामक नबनिदिन अनुरोध गरेका थिए ।

एनपीएलः चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलमा चितवन राइनोजेले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा जारी खेलमा चितवनले निर्धारित पूरै ओभर खेल्दै ५ विकेटको क्षतिमा १७४ रन बनाएको हो।

चितवनका लागि रवि बोपाराले ६५, सैफ जैबले ३२, देव खनालले २८, कुशल मल्ल (कप्तान) ले नटआउट २० र डेविड मलनले १७ रन बनाएका थिए।

विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डी लाङ्गेले समान दुई/दुई विकेट लिएका थिए।

विराटनगरले टस जितेर पहिले बलिङ रोजेको थियो।

जेलभित्रै इमरान खानको ‘हत्या’को खबर फैलिएपछि सनसनी, हजारौँ समर्थक प्रदर्शनमा उत्रिए

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जनवरी २०२५ देखि रावलपिन्डीको जेलमा छन्। उनले बारम्बार जेल प्रशासनबाट दुर्व्यवहार र उत्पीडन भएको उजुरी दिएका छन्।

तर, पछिल्लो पटक इमरान खानको हत्या भएको भन्ने अफवाह तीव्र गतिमा फैलिएको । उनका तीन दिदी-बहिनी नोरीन, अलीमा र उज्माले जेलभित्र आफ्ना भाइसँग भेट गर्न अनुमति मागिरहेका छन् । तर उनीहरूलाई त्यो अनुमति दिइएको छैन । उनीहरूले जेलमा इमरानमाथि क्रूरतापूर्वक आक्रमण गरिएको आरोप लगाएका छन्।

तर, सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भए जस्तो अहिलेसम्म इमरान खानको मृत्यु भएको कुनै ठोस प्रमाण नभेटिएको इन्डिया टुडेले उल्लेख गरेको छ।

हत्याको खबर फेलिएपछि बुधबार दिनभर हजारौँ समर्थकहरूले रावलपिन्डीको अदियाला जेलमा धर्ना दिएका छन् । सामाजिक सञ्जालमा इमरान खान जेलमा मारिएको भन्ने अफवाह फैलिरहेको छ। सामाजिक सञ्जाल एक्स लगायतका प्लेटफर्ममा #इमरानखान ट्रेन्ड हुँदै विभिन्न पोस्टहरू फैलिएका छन् ।

चितवनले विराटनगरविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा चितवन राइनोजले पहिले ब्याटिङ सुरु गरेको छ ।

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेपछि चितवनले ब्याटिङको निम्तो पाएको हो ।

आजको खेलमा विराटनगरले विदेशी खेलाडी परिवर्तन गरेको छ । आज मार्टिन गप्टिलको स्थानमा राम हिजलेटलाई खेलाएको छ ।

चितवनले पनि एक परिवर्तन गरेको छ । बलर रिजन ढकालको स्थानमा रन्जित कुमारलाई खेलाएको छ ।

धनगढीमा युवा संघको कुटपिटबाट जेनजी समूहका एक जना घाइते

धनगढी : धनगढीमा एमालेनिकट राष्ट्रिय युवा संघ र जेनजी समूहबीच तनाव भएको छ।  जागरण सभाका लागि मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेका युवा संघका कार्यकर्ता र त्यसको विरोध गरिरहेका जेनजी समूहबीच तनाव भएको हो।

युवा संघले धनगढीमा आयोजना गरेको जागरण सभामा सहभागी हुन एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत सहभागी भएका थिए। बस्नेत सहभागी हुने भएपछि जेनजी युवाहरू सडकको बायाँतर्फ उभिएर विरोध प्रदर्शन गरिरहेका थिए।

सडकमा शान्तिपूर्ण विरोध गरिरहेका जेनजी अगुवालाई युवा संघका कार्यकर्ताले कुटपिट गरेका हुन्। कुटपिटबाट धनगढीकी जेनजी अगुवा सरिता जोशी घाइते भएकी छन्। उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

मोटरसाइकल र्‍यालीसहित आएका युवा संघका कार्यकर्ताहरूले जेनजी अगुवाहरूलाई आक्रमण प्रयास गरेका थिए। ठूलो संख्यामा रहेका सशस्त्र र नेपाल प्रहरीहरूले युवा संघका कार्यकर्तालाई रोकेका थिए।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले कार्यक्रम स्थलतर्फ आउँदा सडक अवरूद्ध गर्न केही व्यक्ति आएपछि युवाहरूले प्रतिरोध गरेको बताएका छन्।

‘राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको युवा जागरण अभियानमा जाँदा जेनजीको नाममा प्लाकार्ड देखाउन युवाहरूप्रति कुनै आपत्ति थिएन। तर कार्यक्रम स्थलतर्फ आउँदा सडक अवरूद्ध गर्न केही व्यक्ति आएपछि युवाहरूले प्रतिरोध गरेर सडक खाली गरेपछि तिनीहरू हटेका छन्। प्रहरी प्रशासनलाई धन्यवाद दिनैपर्छ। उनीहरूले देखाएको उच्च सतर्कता र जिम्मेवार भूमिकाले आजसम्म कुनै पनि अप्रिय घटना हुन दिएको छैन,’ उनले भनेका छन्।

धनगढीमा बस्नेतको विरोध गर्ने जेन-जी माथी युवा संघको हातपात

धनगढी – धनगढी आइपुगेका एमाले नेता महेश बस्नेतको विरोधमा उत्रिएका जेन-जीहरुलाइ युवा संघ सम्बद्ध कार्यकर्ताहरुले आक्रमण गरेका छन् ।

बस्नेत आउने थाह पाएपछि जेन-जी हरु सडक छेउमा प्ले कार्ड सहित विरोधमा उत्रिएका थिए । सम्भावित झडपको आँकलन गरेर सुरक्षाकर्मीले विरोध गरिरहेका जेन-जी युवाहरुलाइ घेरेर सडक पेटीमा पुर्याएको थियो भने सडक खाली जस्तै देखिन्थ्यो ।

बस्नेतको स्वागतमा मोटरसाइलको लश्कर सहित हिडेका युवा संघका कार्यकर्ताहरुले जेन-जी माथी आक्रमण गरेका हुन् । सुरक्षाकर्मीको घेरा तोडेर युवा संघका कार्यकर्ताहरुले जेन-जी युवाहरुलाइ आक्रमण गरेको एक प्रत्यक्षदर्शीले बताए ।

प्रहरी स्रोतका अनुसार जेन-जीहरुमाथी युवा संघका कार्यक्रताले हातपात गर्दै लखेटेका थिए । त्यस क्रममा जेन-जी समुहका समुहकी सरिता जोशी लगायतलाइ चोट लागेको छ ।

ल क्याम्पसका पूर्व सभापति पक्राउ, सर्वोच्च जलाएको आरोप

काठमाडौँ । नेपाल ल क्याम्पसका पूर्व सभापति विष्णु ढुङ्गेललाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार उनलाई चितवनबाट पक्राउ गरेको हो ।

जेनजी प्रदर्शनको क्रममा सर्वोच्च अदालत आगजनी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनलाई चितवनबाट काठमाडौँ ल्याइँदै छ ।

सर्वोच्च अदालतका भ्रष्टाचारीलाई अब छोड्नु हुँदैन भन्दै ढुङ्गेलले आगजनी गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

उनी २०७९ को स्ववियु चुनावमा अखिल क्रान्तिकारीको तर्फबाट ल क्याम्पसको सभापति निर्वाचित भएका थिए ।

टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

काठमाण्डाै – भारतसँगको दुई खेलको टेस्ट क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले ‘क्लीन स्वीप’ गरेको छ । गुवाहिटीमा भएको टेस्टमा घरेलु टोली भारतलाई ४ सय ८ रनले हराउँदै दक्षिण अफ्रिकाले क्लिन स्वीप गरेको हो ।

टेस्ट क्रिकेटमा रनकाे हिसाबले भारतको यो अहिलेसम्मकै ठूलो हार हो । यसअघि सन् २००४ मा नागपुरमा अस्ट्रेलियाले भारतलाई ३ सय ४२ रनले हराएको थियो ।

यस्तै रनको हिसाबले दक्षिण अफ्रिकाको यो दोस्रो ठूलो जीत हो । यसअघि सन् २०१८ मा जोहनेसबर्गमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ४ सय ९२ रनले हराएको थियो ।

यस्तै दक्षिण अफ्रिकाले भारतमा दोस्रो टेस्ट शृङ्खला जितेको हो । याेभन्दा पहिलाे २५ वर्षअघि सन् २००० मा दक्षिण अफ्रिकाले २–० ले क्लिन स्वीप गरेको थियो ।

यस्तै भारतले घरेलु मैदानमा दुई वर्षमा दुई वटा टेस्ट शृङ्खला गुमाएको छ । गएको वर्ष भारत न्युजिल्यान्डसँग ३–० ले पराजित भएको थियाे ।

दक्षिण अफ्रिकाले दिएको ५ सय ४९ रनको लक्ष्य पछ्याएको भारत दोस्रो पारीमा पाँचौं दिनको चिया समयपछि १ सय ४० रन बनाउँदा अलआउट भयो । भारतका रविन्द्र जडेजाले सबैभन्दा धेरै ५४ रन बनाए । दक्षिण अफ्रिकाका सिमोन हार्मरले ६ विकेट लिए ।

दक्षिण अफ्रिकाले दोस्रो पारीमा ५ विकेट गुमाएर २ सय ६० रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । दक्षिण अफ्रिकाका ट्रिस्टन स्टुब्सले ९४ रन बनाए । भारतका रविन्द्र जडेजाले ४ विकेट लिए ।

यसअघि गुवाहिटीको बरसपारा क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ सय ८९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका सेनुरन मुथुस्वामीले १ सय ९, मार्काे यान्सेनले ९३ रन बनाए । भारतका कुलदीप यादवले ४ विकेट लिए ।

भारत पहिलो पारीमा २ सय १ रनमा अलआउट भएको थियो । भारतका यशस्वी जैसवालले सबैभन्दा धेरै ५८ रन बनाए । दक्षिण अफ्रिकाका मार्काे यान्सेनले ६ विकेट लिए ।

पहिलो टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई ३० रनले हराएको थियो । अब भारत र दक्षिण अफ्रिकाबीच तीन खेलको एकदिवसीय र पाँच खेलको टी–२० शृङ्खला शुरू हुनेछ ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियासँग खेल्दै

काठ्माणडौ- इन्डोनेसियास्थित मागुवोहर्जो रंगशालामा आज नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ।

स्थानीय समयअनुसार खेल साँझ ७:३० बजे हुनेछ। नेपाल र इन्डोनेसियाबिचको यो दोस्रो खेल हो। यसअघि म्यान्माको मण्डलेमा भएको एएफसी ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा भेट भएको थियो। जसमा समूह ‘ए’ मा रहेको नेपालले इन्डोनेसियालाई २–१ ले हराएको थियो।

नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले इन्डोनेसियाविरुद्धको खेलमा जित हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रने बताए। उनले भने, ‘नेपाली टोली शारीरिक र मानसिक दुवै रूपमा तयार छौं, हामी जितका लागि खेल्नेछौं।’

नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) यस त्रिदेशीय खेलमा उपस्थित हुने छैनन्। ‘इन्जुरी’ का कारण सावित्रा उपस्थित नभएपछि उनको स्थानमा आज रश्मीकुमारी घिसिङलाई खेलाउने प्रशिक्षक न्यौपानेले राससलाई जानकारी दिए।

नेपाली टोलीका मुख्य प्रशिक्षक न्यौपानेको प्रशिक्षणमा गत महिना नेपाली महिला टोलीले भारतको सिलोङमा भएको त्रिदेशीय च्याम्पियनसिपमा सहभागिता जनाएको थियो। जसमा नेपाल इरानसँग पराजय भोग्दा भारतलाई भने हराउँदै उपविजेता भएको थियो।

त्यसैगरी, नेपाली टोलीको कप्तानीको भूमिका भने अञ्जिला तुम्बापो (सुब्बा) ले गर्ने छिन्। उनले आफ्नो टोली मानसिक रूपमा तयार रहेकोले जित हासिल गर्ने बताइन्। आजदेखि सुरु भएको उक्त त्रिदेशीय खेलमा नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेइ सहभागी छन्। प्रतियोगिता यही मङ्सिर १६ गतेसम्म सञ्चालन हुनेछ।

विश्वकप क्रिकेट २०२६ को खेल तालिका सार्वजनिक

काठमाडौँ। सन् २०२६ मा हुने आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सहभागी २० टोलीलाई चार समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।

भारत र श्रीलङ्कामा हुने आईसीसी टी-२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ । सार्वजनिक तालिकाअनुसार नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालका सबै खेल भारतको मुम्बईमा राखिएका छन् । नेपालको समूहमा वेस्ट इन्डिज, इङ्ल्यान्ड, बङ्गलादेश र इटाली छन् । वेस्ट इन्डिज र इङ्ल्यान्ड दुवै दुईदुई पटकका विश्वविजेतासमेत हुन् ।

नेपालको पहिलो खेल आगमी फेब्रुअरी ८ तारिखमा मुम्बईस्थित वान्खडे रङ्गशालामा इङ्ग्ल्यान्डसँग हुनेछ । यस्तै नेपालको दोस्रो खेल फेब्रुअरी १२ मा इटाली, तेस्रो फेब्रुअरी १५ मा वेस्ट इन्डिज र चौथो फेब्रुअरी १७ मा बङ्गलादेशसँग हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केही साताअघि आईसीसी अध्यक्ष जय शाहलाई भारतको नयाँदिल्लीमा भेटेर नेपालका खेलहरू भारतमा राखिदिन आग्रहसमेत गरेको थियो । उक्त आग्रहलाई स्वीकार गर्दै नेपालका सबै खेल भारतमा राखिएका अध्यक्ष चन्दले बताए ।

योसँगै नेपाल तेस्रोपटक विश्वकपमा सहभागी हुँदैछ । यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो ।

धनगढीमा महेश बस्नेतको विरोधमा जेनजी युवाहरूको प्रदर्शन

काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा विरोध प्रदर्शन भएको छ ।

जेनजी युवाहरूले बुधबार बिहान धनगढी बजारमा प्लाकार्ड लिएर विरोध प्रदर्शन गरेका हुन् ।

२३ र २४ को जेनजी आन्दोलनले एमाले नेतृत्वको सरकार विस्थापित गरेयता बस्नेत जेनजी युवा प्रति आक्रामक सुनिएका छन् । साथै, जेनजी युवाले पनि बस्नेतको विरोधमा निरन्तर प्रदर्शनहरू गरिरहेका छन् ।

गत ४ मंसिरमा बाराको परवानीपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुन बस्नेत आउने थाहा पाएपछि जेनजी युवाले प्रदर्शन गरेका थिए । जसका कारण दुई दिनसम्म बाराको सिमरा अशान्त बनेको थियो ।

७ मंसिरमा इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा बस्नेत चढेको गाडीमा दुई जेनजी युवाले रातो रङ भरिएको बेलुन प्रहार गरेका थिए ।

मंगलबार सुर्खेतमा पनि केही युवाले बस्नेत सहभागी कार्यक्रमलाई लक्षित गर्दै विरोध प्रदर्शन गरेका थिए ।

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष जेल सजाय

काठ्माणडौ– ब्राजिलका पूर्वराष्ट्रपति ७० वर्षीय जायर बोल्सोनारोलाई सत्ता पल्टाउन खोजेको षड्यन्त्रमा दोषी ठहर गर्दै त्यहाँको सर्वोच्च अदालतले २७ वर्ष कैद सजाय सुनाएको छ।

अदालतले मंगलबार यो फैसला सुनाएको हो। अदालतका अनुसार बोल्सोनारोले २०२२ को राष्ट्रपति चुनावमा हारेपछि राष्ट्रपति लूला डे सिल्भाको सरकार गिराउने योजना बनाएका थिए।

सरकारी वकिलहरूले उनीमाथि सर्वोच्च अदालतमाथि हमला गर्ने, राष्ट्रपति लूला र न्यायाधीश अलेक्जान्द्रे मोराएसको हत्या योजना बनाउने र सैन्य कूमार्फत् चुनावीपरिणाम बदल्न खोजेको आरोप लगाएका छन्।

बोल्सोनारोको कानुनी टोलीले अन्तिम अपील दर्ता नगरेपछि न्यायाधीश मोराएसले २७ वर्षको सजाय लागू गर्ने आदेश दिए। उनी राजधानी ब्राजिलियाको फेडरल पुलिस मुख्यालयमै राखिनेछन्, जहाँ ‘फरार हुने आशंका’ का कारण उनी पहिलेदेखि नै प्री-अरेस्टमा थिए।

हाउस अरेस्टको माग खारेज

बोल्सोनारोका वकिलहरूले खराब स्वास्थ्यको कारण देखाउँदै हाउस अरेस्टको माग गरेका थिए, तर अदालतले सबै निवेदन खारेज गरिदियो। अदालतले उनीमाथि लगाइएका सबै दाबी विश्वासयोग्य नभएको बताएको छ।

पूर्वराष्ट्रपति बोल्सोनारोले टखनेमा बाँधिएको इलेक्ट्रोनिक एंकल मोनिटर ‘भ्रमका कारण’ हटाउन खोजेको बताएका थिए । तर अदालतले उनी भाग्ने योजनामा रहेको हुँदा मोनिटर जलाएर क्षतिग्रस्त बनाउने प्रयास गरेको प्रमाण सार्वजनिक गर्‍यो।

जारी गरिएको भिडियोमा यन्त्र जलेको देखिन्छ । फुटेजमा बोल्सोनारोले उपकरण प्रयोग गरेको स्वीकारेका छन्।

अन्य दोषीलाई पनि सजाय

पूर्वजनरल अगस्टो हेलेनो र पूर्वसैन्य अधिकारी पाउलो सर्जियो नोघुएरालाई पनि अदातलको फैसलाअनुसार सैन्य केन्द्रमा राखिएको छ। पूर्वन्यायमन्त्री एन्डरसन टोरेसलाई पापुडा जेलमा राखिएको छ। त्यस्तै एडमिरल अल्मिर गार्नियरलाई नेभिको जेलमा थुनिएको छ ।

पूर्व रक्षामन्त्री तथा उपराष्ट्रपति उम्मेदवार वल्टर ब्रागा नेटोलाई रियोस्थित सैन्य सुविधामा राखिएको छ। सांसद तथा पूर्व जासुसी प्रमुख अलेक्जान्द्रे रामाजेम अमेरिकामा फरार छन्।

अगस्टदेखि नजरबन्दमा थिए

अगस्टमा सर्वोच्च अदालतले बोल्सोनारोलाई नजरबन्दमा राख्ने आदेश दिएको थियो। अदालतले उनी हाउस अरेस्टमा रहँदा आफ्ना सांसद छोराहरूमार्फत् सार्वजनिक सन्देश पठाएर नियम उल्लंघन गरेको आरोप लगाएको थियो।

रियो डी जेनेरियोमा भएको आफ्ना समर्थकहरूको र्‍यालीलाई उनले छोराको मोबाइल प्रयोग गरेर सम्बोधन गरेका थिए। यही कारण अदालतले उनलाई घरमै नजरबन्द, एंकल मोनिटर अनिवार्य र मोबाइल जफतको आदेश दिएको थियो।

ट्रम्पले भने ‘विच हन्ट’

बोल्सोनारोले सबै आरोप अस्वीकार गर्दै आएका छन्। उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका मानिन्छन्। ट्रम्पले ब्राजिल अदातलको निर्णयलाई ‘विच हन्ट’ भन्दै बोल्सोनारोमाथि जानीजानी गलत आरोप लगाइएको दाबी गरेका छन्। ट्रम्पले हालै बोल्सोनारोसँग कुरा गरेकाले चाँडै भेट्ने बताएका छन्।

शेख हसीनाको पार्टी अवामी लीगद्धारा देशव्यापी आन्दोलनको घोषणा

एजेन्सी- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाको अवामी लीग पार्टीले नोभेम्बर ३० सम्म देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। गत नोभेम्बर १७ मा इन्टरनेशनल क्राइम्स ट्राइब्युनलले ७८ वर्षीया पूर्व प्रधानमन्त्री शेख हसीना र तत्कालीन गृह मन्त्री असदुज्जमान खान कमाललाई मृत्युदण्ड सजाय सुनाएको थियो।

अवामी लीगले आफ्नो अफिसियल ‘एक्स’ (पूर्व ट्विटर) ह्यान्डलमार्फत जारी वक्तव्यमा आरोप लगाएको छ कि ट्राइब्युनलको फैसला मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले रचेको राजनीतिक ‘षड्यन्त्र’ को हिस्सा हो, जसको उद्देश्य हसीना र उनको दललाई आगामी फेब्रुअरीमा हुने आम निर्वाचनबाट ‘बाहिर’ राख्नु हो।

पार्टीले ट्राइब्युनललाई ‘अवैध’ भन्दै यसको फैसला अस्वीकार गरेको छ र मोहम्मद युनुसको राजीनामाको माग गरेको छ।

अवामी लीगले युनुस र उनका सहयोगीहरूलाई ‘मुक्ति विरोधी’ र ‘राष्ट्रविरोधी’ गतिविधिमा संलग्न भएको आरोप समेत लगाएको छ। पार्टीले स्पष्ट चेतावनी दिंदै भनेको छ, ‘बंगलादेशमा देखावटी चुनाव हुन दिइने छैन। यसको कुनै पनि मूल्य चुकाउनुपरे पनि कडा प्रतिरोध हुनेछ।’

आज एनपीएलमा विराटनगर र चितवन खेल्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ।

आजको खेल विराटनगर किंग्स र चितवन राइनोजबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ।

जारी प्रतियोगितामा विराटनगरले लगातार तीन खेल जितेको छ। त्यस्तै, चितवन राइनोजले भने दुई खेलमा एक जित र एक हार बेहोरेको छ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी जस्ता राष्ट्रिय खेलाडी छन्। त्यस्तै, कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाल जस्ता राष्ट्रिय खेलाडी रहेका छन्।

आज विराटनगर आफ्नो अपराजित लयलाई कायम राख्ने योजनाका साथ मैदानमा उत्रिंदैछ भने राइनोज दोस्रो जित निकाल्ने रणनीतिका साथ मैदानमा आउनेछ।

निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो ।

१ मंसिरमा निर्वाचन प्रयोजनका लागि दल दर्ता खुलेको थियो । हिजोसम्म ८० वटा दलले दल दर्ता गरिसकेका छन् ।

आजसम्म दल दर्ता गर्ने दलले आगामी फागुन २१ मा हुने चुनावमा भाग लिन पाउँछन् ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयन पत्र दर्ताको समय छ ।

सोही दिन बेलुका उम्मेदवारको सूची प्रकाशन हुनेछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने दिने दिन ७ माघमा हुनेछ ।

८ माघमा  मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गर्नेछ । पुन: उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। ९ माघमा उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् । सोही उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ।

कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला आज

काठमाडाैं १० मङ्सिर । कांग्रेसमा विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाएको समूहले बुधबार विशेष सभा आयोजना गर्दै छ । देशैभरिबाट आएका महाधिवेशन प्रतिनिधि र नेताहरूको सहभागितामा काठमाडौंको राष्ट्रिय सभागृहमा हुने सभाले विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिलाई ‘अल्टिमेटम’ दिनेछ । केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दै छ ।

‘अब फागुन २१ को निर्वाचनभन्दा अघि पार्टीको नियमित महाधिवेशन हुने सम्भावना निकै कम छ । अब पार्टी विधानअनुसार विधिवत् रूपमा विशेष महाधिवेशनको मिति तोक्न निर्णायक रूपमा दबाब दिन विशेष सभा बोलाइएको हो,’ विशेष महाधिवेशन पक्षधर अगुवा युवा नेता बलदेव तिमल्सिनाले नयाँ पत्रिकासँग भने, ‘केन्द्रीय कार्यसमिति बैठकबाट विशेष महाधिवेशनबारे निर्णय लिन हामीले दबाब दिन लागेका हौँ । विधानत: हामीले माग गरेका छौँ, विशेष महाधिवेशन नगरी उपाय नै छैन ।’

बुधबारको विशेष सभाले केन्द्रीय समितिलाई महाधिवेशनका लागि निर्णय गर्न दबाब पुग्ने उनीहरूको विश्वास छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै २९ असोजमा केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दर्ता गरिसकेका छन् । कांग्रेसका महामन्त्रीद्वय पनि विशेष महाधिवेशनकै पक्षमा छन् । तर, उनीहरू बुधबारको भेलामा सहभागी हुने छैनन् ।

विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेको अगुवाइमा आयोजना भएको विशेष सभामा सम्बोधनका लागि नेताहरू महेश आचार्य, नरहरि आचार्य, तारानाथ रानाभाट, बलदेव शर्मा मजगैया, सुनील भण्डारीलगायतलाई बोलाइएको छ । उनीहरूले विश्लेषक कृष्ण खनाल, हरि शर्मा र अरुणकुमार सुवेदीलाई पनि सम्बोधनका लागि बोलाएका छन् ।

यसअघि मंगलबार विशेष महाधिवेशन पक्षधर नेताहरूले काठमाडौं उपत्यकाका नेताहरू, बागमती प्रदेशअन्तर्गतका जिल्ला एवं क्षेत्रीय सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका नेताहरूसँग अलगअलग छलफल गरेका थिए ।

वरिष्ठतम् उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेर घर बसेका सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा निर्वाचन आयोगमा आइतबार पार्टी दर्ताको निवेदन दिएपछि कांग्रेसमा थप विवाद चर्केको छ । महामन्त्री गगन थापाले त विशेष महाविधेशन अब निर्विकल्प भनेका छन् ।

हस्ताक्षर बुझाएको मितिअनुसार केन्द्रीय समितिले विशेष महाधिवेशनको मिति पुस मसान्तभित्र बोलाउनैपर्ने बाध्यात्मक अवस्था छ । कांग्रेस विधानको दफा १७ (२) मा लेखिएको छ, ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ ।’

यसैका आधारमा केन्द्रीय समितिले नबोलाए लिन सकिने अन्य विकल्पबारे विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका प्रतिनिधिहरूले छलफल थालेका छन् । नेताहरूका अनुसार सर्वोच्च अदालतमा रिट दिनेदेखि निर्वाचन आयोगमा निवेदन दर्ता गराउनेसम्मको विकल्पमा छलफल भइरहेको छ ।

हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण

जेन जी आन्दोलनको सन्देश स्पष्ट छ, परम्परागत दलहरु जन भावना अनुसार काम गर्न पूर्णतयाः असफल भए । असफल दल र तिनको नेतृत्वलाई देश र पार्टी हाक्ने छुट छैन् ।

सुशासन, विकास र समृद्धिका एजेण्डा बोकेर मात्र हुदैन् । तिनको कार्यान्वयन महत्वपूर्ण कुरा हो । त्यसमा परम्परागत दलहरु असफल भए । त्यसमाथि बहुमतका नाममा दलहरुको स्वेच्छारिता जेन जी पचाउन सकिरहेका थिएनन् । भदौ २३ र २४ गते जे भयो, यो त्यही असन्तुष्टि र आक्रोशको बिष्फोट थियो ।

सामाजिक सञ्जालका प्लेटफर्महरुमाथि सरकारले लगाएको प्रतिबन्धका विरुद्धमा शुरु भएको जेन जी आन्दोलनको मर्म नागरिकका मौलिक हकको सुनिश्चिता गर्नु थियो । भ्रष्टाचारको समूल अन्त्य र सुशासन कायम गर्नु पर्ने मागमा आन्दोलनकारीहरुले शहादत प्राप्त गरेका थिए । तर पछिल्लो समय आन्दोलनको उपलब्धीलाई संस्थागत गर्नुको साटो मुलुकलाई थप द्वन्द्वतर्फ धकेल्ने गरी अनावश्यक माग र मुद्दा उठाउने क्रम तिब्र भएको छ । जसले सबैलाई चिन्तित बनाएको छ ।

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन यही संबिधान मार्फत संभव छैन् । अर्को कुरा पनि प्रष्ट छ, सरकारले संघीयता खारेज गर्न सक्दैन् । यो सामान्य ज्ञान सबैमा हुन जरुरी छ । जस जसले यी मुद्दा उठाईरहेका छन् ।

फागुन २१ मा गरिने भनिएको निर्वाचन पूर्ववत प्रतिनिधि सभाको हो । समयमा चुनाव हुनेमा अझै सशंय छ । चुनाव भयो भने, प्रतिनिधि सभामा दुई तिहाई बहुमत जुटाउन सकेको खण्डमा मात्र संविधान संशोधन गर्न सकिन्छ । अनि मात्र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न सकिन्छ, त्यसका लागि पनि अर्को निर्वाचन हुनैपर्छ । र, प्रदेश संरचना खारेज गर्ने कुरा पनि संबिधान संशोधनपछि मात्र संभव छ ।

किन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री ? त्यसको आवश्यकता र सान्दर्भिकताका विषयमा कति छलफल भयो ? यो एजेण्डा कसैको उक्साहट र बहकावमा आएको त होईन ? उद्देश्य अर्कै, फण्डा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको ? कही यस्तो त भईरहेको छैन् ? यो पनि सोचनीय छ ।

जस जसले संबिधान संशोधनका कुरा उठाईरहेका छन्, उनीहरुले बुझ्नु पर्ने कुरा हो, संविधान भनेजति सजिलै संशोधन गर्न सकिने कुनै गैर सरकारी संस्थाको बिधान होईन । जुन संविधान ल्याउन ८ वर्षभन्दा बढि समय लाग्यो । संविधान राखौ, कि फालौ भन्नेहरुले संविधान के हो भनेर बुझ्न जरुरी छ । संविधान विहीन बनाउने कार्यले देशलाई अर्को द्वन्द्वमा लैजाने छ । देशलाई बिखण्डन गर्न खोज्नेहरुलाई मलजल पु¥याउने छ ।

अव लागौ दलहरु तर्फ ।

अव परम्परागत शैलीमा न दल चल्न सक्छन् । न सत्ता । हिजो जे जसरी चले । चले ।

परम्परागत दलहरुको नेतृत्व परिवर्तन आन्दोलन र समयको माग हो । नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण अर्थात नेतृत्वको पुस्तान्तरणले मात्र दलहरुको रुपान्तरण संभव छ । दलहरुको रुपान्तरणले मात्र देशको रुपान्तरण संभव छ ।

दल मात्र होईन, देशका लागि सबै रुपान्तरण हुन् जरुरी छ, ती पेशाकर्मी, जो दलको फेर समातेर सत्ताको शयर गरिरहन्छन् ।

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई एक पटक कुटाएर पुगेन, काँग्रेसका सात भाई देउवाको बचेखुचेको साख र ईज्जत धुलिसात पार्न उद्यत छन् । पूर्ण बहादुर खड्कालाई कार्यबाहक सभापति बनाएर सक्रिय भूमिकाबाट विश्राम लिएपछि समकालीन नेताहरुमा देउवाको उचाई बढेको थियो ।

आफ्नो पदको सुनिश्चितताको लागि उनीहरु देउवालाई छोडिसकेको कार्यकारी सभापतिको भूमिकामा फर्काउन न्वारनदेखि बल लगाईरहेका छन् ।
एकथरीमा विश्वास छ, काँग्रेसलाई पुनर्जीवन दिने क्षमता कसैले राख्छन् भने, त्यो गगन थापा नै हुन् । तर उनी पक्षधरबाट जसरी देउवाको हुर्मत लिने क्रम जारी छ, त्यसले शेखरको हुन नसकेका थापा, देउवाका पनि उत्तराधीकारी हुने देखिदैन् । जसरी जेन जी आन्दोलनका क्रममा सबै चिज गुमाएर पनि थापाले सन्तुलत गुमाएनन्, त्यही सन्तुलन काँग्रेसभित्र पनि कायम राख्न सक्नु पथ्र्यो, उनी यहाँनिर चुकेका छन् ।

पार्टीभित्र देउवालाई अझै सक्रिय हुन दवाव दिने क्रम जारी छ । अहिलेको अवस्थामा देउवालाई सक्रिय हुन दवाव दिनेहरु देउवाका शुभेच्छुक हुनै सक्दैनन् । न त उनीहरु नेपाली काँग्रेसका शुभेच्छुक हुन् । देउवालाई आरामको आवश्यकता छ । आफ्नो स्वार्थ पुरा गर्न उनीहरुले देउवालाई सक्रिय बनाउन खोजिरहेको प्रष्ट छ ।

जेन जी आन्दोलन भावना नबुझ्ने दल र तिनका नेताहरुलाई आगामि चुनावले किनारा लगाउने निश्चित छ । सच्चिने कि सक्किने ? त्यो उनीहरुमै निर्भर छ ।

देउवापछि पूर्ण बहादुर खड्का, कृष्ण सिटौला वा बिमलेन्द्र निधिमा नेतृत्व हस्तान्तरणले रुपान्तरण संभव छैन् । त्यसका लागि गगन थापाको पुस्तामा नेतृत्व हस्तान्तरण हुन आवश्यक छ । अव गगनलाई नेतृत्व सुम्पिने कि विश्वप्रकाश, नैन सिंह र प्रदीप पौडेलहरुलाई, त्यो नेपाली काँग्रेसका महाधिवेशनको बिबेकमा निर्भर रहन्छ ।

एमाले, नेकपा र अरु पार्टीको हकमा पनि यही नीति लागु हुन्छ ।

देश बचाउन कोही लागेकै छैनन् । न त कसैलाई देशको चिन्ता छ । बस्, सबैलाई आफ्नै पदको चिन्ता छ । कसरी आफ्नो पद सुरक्षित गर्ने ध्याउन्नमा छन्, सबै ।

कतिपयले ट्रम्प, पुटिन, मोदी र सी जिनपिङको उदाहरण दिन्छन् । उनीहरुको उदाहरणले नेपाल चल्ने भए जेन जी आन्दोलन हुदैनथ्यो । यो कुरा बुझ्दैनन् ।

कतिपय अवस्थामा मौन बस्दा मुलुकको हीत हुन्छ भने त्यो त्याग गर्नुपर्छ, एमालेले त्यो त्याग गर्नु पथ्र्यो । एमाले देशको एउटा शक्ति हो भनिरहनु पर्दैन, त्यसका लागि जुलुस, आमसभा गर्नैपर्छ भन्ने छैन्, त्यसको पनि समय आउछ । यद्यपि सभा, सम्मेलन र बिरोध कार्यक्रम गर्न पाउनु हरेक दल र व्यक्तिको नैसंर्गिक अधिकार हो । त्यसलाई कुण्ठित पार्ने काम जेन जी वा अरु कसैले गर्न भने हुदैन् ।

यतिबेला सबैले संयम हुन जरुरी छ । सबैभन्दा संयम हुन जेन जी अगुवाहरुले हुन जरुरी छ । त्यसमा नेतृत्वकर्ताहरुको भूमिका महत्वपूर्ण छ । किनकी सत्ता जेन जी आन्दोलनको बलमा बनेको हो । जेन जीहरु यति बेला प्रतिपक्ष होईनन, सत्ता पक्ष हुन्, यो कुरा उनीहरुले बिर्सिन हुदैन ।

१९९४ मा भएको जातीय नरसंहारमा १० लाख नागरिक मारिएको रुवाण्डा त उठ्यो, नेपाल नउठ्ने कुरै भएन । तर सशस्त्र संघर्षबाट देश कब्जा गरेका रुवाण्डन प्याट्रियोटिक फ्रण्ट(आरपीएफ) का कमाण्डर पाउल कागामेले मेलमिलाप र राष्ट्रनिर्माणका लागि हुतु जातीका पाष्टुर बिसिमुंगुलाई राष्ट्रिय एकताको सरकारको राष्ट्रपति बनाएर आफूले उपराष्ट्रपति पदमै चित्त बुझाए । कागामे यति उदार नभएको भए रुवाण्डा अहिलेको अवस्थामा आईपुग्दैनथ्यो । बदला, प्रतिशोध र घृणाको भावना कसैमा हुनु हुदैन् । उनको यही मान्यता र नीतिले रुवाण्डाको विकास संभव भएको हो ।
स्वतन्त्रता र व्यवस्था परिवर्तनका लागि लडेका शक्तिहरु नमिल्दा देशको दुरावस्था कस्तो हुन्छ ? त्यसको पछिल्लो उदाहरण, सुडान हो । दक्षिण सुडान मुस्किलले लय समात्दैछ ।

देश यतिबेला निकै संवदेनशील मोडमा छ । र, अत्यन्त कमजोर अवस्थामा छ । राज्यका संयन्त्रहरु कति कमजोर थिए/छन्, भदौ २३ र २४ को घट्नाले देखाईसकेको छ । न उसको सूचना संयन्त्र भरपर्दो छ । न त उसको सुरक्षा रणनीति । सुरक्षा निकायहरुबीचको समन्वय कति फितलो छ, त्यो पनि प्रष्ट भईसकेको छ । नेपाल प्रहरी मारिदा, सशस्त्र प्रहरी मौन बस्ने । नेपाली सेना त देश आफ्नो कारण जोगिएको भनेर आत्मरतिमा रमाईरहेको छ । रह्यो के ? जोगियो के ? यो कसले भनिदिने ?

बिखण्डनका स्वरहरु यही मौकामा उठ्न थालेका छन् । यो त हुनु नै थियो । राज्य कमजोर हुदा हुने यस्तै हो ।

राजावादीहरु पनि यो बेला उत्तिकै सक्रिय छन् । यद्यपि आपसी तालमेल र सहकार्यका लागि एकजुट हुन नसक्ने उनीहरु देशको साझा अभिभावकका रुपमा राजाको पुनरागमनको राग अलाप्न छोड्दैनन् । पहिले आफू त मिल्नु ।

लोकतन्त्रको बिकल्प उन्नत लोकतन्त्र हो । युवाहरुले जुन उद्देश्य प्राप्तीका लागि आन्दोलन गरे, एकतन्त्रीय तथा तानाशाही व्यवस्थाले युवाहरुको त्यो उद्देश्य कम्तिमा पुरा हुन सक्दैन्, यसको हेक्का उनीहरुले राख्न जरुरी छ । बहुदलीय व्यवस्थामा मात्र नागरिकका मौलिक अधिकारको रक्षा हुन्छ । दलहरुलाई निषेध गरेर लोकतन्त्रको रक्षा हुन सक्दैन् । हो, परम्परागत दल र तिनका खराव पात्रहरुलाई निर्वाचन मार्फत तह लगाउनुभन्दा अर्को उपाय आन्दोलनकारीहरुसंग छैन् । छुट्छाछुट्टै दलहरु गठन गरेर आपसै भिड्दा कस्तो परिणाम आउछ, त्यसको पूर्वानुमान आन्दोलनकारीहरुलाई छैन होला भन्नु अन्यथा हुन्छ । एकता नै बल हो भन्ने कुरा उनीहरुलाई भनिरहनु परेन ।

सरकारले चुनाव गर्छु भनेर मात्र चुनाव हुदैन । सबै दलहरु चुनावमा जाने वातावरण बनाउन उत्तिकै आवश्यक छ । आफूलाई जेन जी अगुवा ठान्नेहरुले त कम्तिमा चुनावको वातावरण बिग्रिने कुनै पनि किसिमका अभिव्यक्ति दिनु शोभनीय हुदैन् ।

आफै सत्ता सञ्चालन गर्ने अनि आफै भन्ने ‘हाम्रा माग पुरा नभई चुनाव हुन दिन्न । पुराना दलहरुलाई चुनाव लड्न दिन्नौ ।’ यस्ता अभिव्यक्तिले चुनाव त हुन दिन्न नै । मुलुकलाई मुठभेड र थप अराजकतातर्फ लैजाने कुरा बिर्सिन हुदैन् ।

राष्ट्रिय हितका लागि दलहरुलाई संगै लिएर जानु पर्ने जेन जीहरु दललाई निषेध गरेर कसरी पार पाउलान ? यो सोचनीय छ ।
देश जेन जीले मात्र जोगाउन सक्दैनन । यो कुरा बुझ्नु भन्दा पहिले कुनै ठूलो अनिष्ट नहोस । देशको सम्प्रभुता र स्वाधिनतामाथि आँच नआओस । सबै सचेत हुनैपर्छ ।

यो संक्रमणकालीन सरकार हो । यो सरकारबाट निर्धारित समयमा चुनाव गराउनेभन्दा धेरै अपेक्षा गर्नु बेकार हो । यो सरकारको आयु बढिमा फागुन २१ सम्म हो । जेन जीहरुको असन्तुष्टि र निर्वाचनप्रति कायम हुन नसकेको विश्वसनीयताबीच सरकारले त्यो मितिसम्म निरन्तरता पाउनेमा समेत सन्देह छ ।

भदौ २३ र २४ दुबै दिन भएका घट्नाहरुको निष्पक्ष छानबिनपछि दोषी देखिएका व्यक्तिहरुमाथि कारबाही गर्न/हुन जरुरी छ । यसमा कसैको दुईमत छैन् । साथै भ्रष्टाचारमा संलग्न व्यक्तिहरुमाथि कार्बाही गर्ने कुरामा कसैको असहमती हुन सक्दैन् । तर यो सबै संक्रमणकालीन सरकारले गर्न सक्दैन् । त्यसका लागि बलियो सरकार चाहिन्छ ।

आन्दोलनका उपलब्धीलाई संस्थागत गर्न पनि चुनाव तोकिएको समयमै गर्नैपर्छ । संक्रमणकाल जति लम्बिनेछ, आन्दोलनका उपलब्धी गुम्ने खतरा त्यति नै बढ्ने छ । आन्दोलनका उपलब्धी नगुमुन यसतर्फ सबै सचेत हुनैपर्छ ।

आन्दोलनका क्रममा उद्योग व्यवसायमाथि भएको आगजनी र धनजनको क्षतिले व्यवसायीहरु मात्र निराश छैनन् । आम जनतामा असुरक्षा र भय पैदा भएको छ । व्यवसायीसंगै आमजनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनु सरकारको दायित्व हो । विद्यार्थी र श्रमिकहरु त पलायन भईरहेकै थिए, व्यवसायीहरु पलायन नहुन, यसतर्फ सचेत हुनैपर्छ ।

देश चलाउन सरकार चाहिन्छ । सरकार चलाउन पूँजी । पूँजीका लागि व्यवसायी । व्यवसायीका लागि जनशक्ति र सुरक्षा । कही यस्तो नहोस, सरकार मात्र रहोस । बाँकी कोही नरहुन ।

सुदूरपश्चिम प्रदेश सरकारमातहतका अस्पताल ९ महिनादेखि समितिविहीन

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारमातहतका अस्पताल विकास समितिविहीन भएको नौ महिना पुगेको छ । सेती र महाकाली प्रादेशिक अस्पताल तथा छवटा जिल्ला र एउटा जिल्लास्तरीय अस्पताल गरी नौवटा अस्पताल विकास समितिविहीन रहेका हुन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दुई प्रादेशिकसहित आठवटा अस्पताल व्यवस्थापन समिति गत फागुनदेखि पदाधिकारी र सदस्यविहीन छन् भने डोटी अस्पताल पनि चैतदेखि समितिविहीन छ ।

प्रदेश सरकारले २९ फागुन २०७८ मा अस्पताल व्यवस्थापन समितिमा तीन वर्षका लागि राजनीतिक नियुक्ति गरेको थियो । सेती प्रादेशिक अस्पतालको अध्यक्षमा नरबहादुर शाह र महाकाली प्रादेशिक अस्पतालमा कृष्णानन्द भट्ट नियुक्त भएका थिए ।

त्यस्तै, टीकापुर अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा झपटबहादुर सोडारी, अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरामा मानबहादुर कार्की, बझाङमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी र बैतडी जिल्ला अस्पतालमा पार्वती भट्ट नियुक्त भएका थिए । सरकारले जिल्ला अस्पताल डोटीको अध्यक्षमा धनबहादुर नेपालीलाई २०७८ चैतमा नियुक्त गरेको थियो । उनीहरूको कार्यकाल सकिएको छ ।

सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. चेतराज जोशीका अनुसार ९ अस्पताल विकास समितिविहीन हुँदा सेवा प्रवाहमा समस्या भएको गुनासो आउन थालेको छ ।

‘समिति पदाधिकारीविहीन हुँला बजेट तर्जुमा, आयोजना स्वीकृति, कर्मचारी व्यवस्थापन, उपकरण खरिदजस्ता महत्त्वपूर्ण कामहरू प्रभावित भएको गुनासो आउन थालेको छ,’ जोशीले भने । सुदूरपश्चिम प्रदेश सरकारमातहतका अस्पतालमा सरकारी स्वीकृतिभन्दा विकास समितिबाट सञ्चालित शय्याको संख्या बढी छ । विकास समिति पदाधिकारीविहीन भएपछि कर्मचारी व्यवस्थापनमा सबैभन्दा बढी समस्या देखिएको छ भने विकास समितिमार्फत नियुक्ति भएका कर्मचारीले तलब पाउन पनि समस्या भइरहेको छ ।

नौ महिनासम्म विकास समितिमा पदाधिकारी नियुक्ति नगर्नुको पछाडि राजनीतिक भागवण्डा नमिल्नु मुख्य कारण रहेको बताइन्छ । प्रदेशमा सत्तारुढ कांग्रेस र एमालेले नौवटै अस्पतालमा भागवण्डाका आधारमा पदाधिकारी नियुक्ति गर्ने बताएका छन् ।

‘भागवण्डामा सहमति नजुटेकै कारण नियुक्तिमा ढिलाइ भइरहेको हो,’ सामाजिक विकास मन्त्रालयका एक अधिकृतले भने । दुई प्रादेशिक अस्पतालमध्ये सेतीमा कांग्रेस र महाकालीमा एमालेले अध्यक्ष पाउनेबारे छलफल भए पनि नियुक्ति गरिएको छैन । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित राजनीतिक संयन्त्रको बैठक नबसेको पनि धेरै भएको छ । यसअघि २०८१ फागुनमा बसेको संयन्त्रको बैठकले तत्काल रिक्त पदमा नियुक्ति गर्ने सहमति गरेको थियो ।

यता सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले भदौमा भएको जेन–जी आन्दोलनका कारण नियुक्तिको प्रक्रिया प्रभावित भएको बताए । ‘आन्दोलनपछि छलफल नै गर्न पाइएको छैन,’ मुख्यमन्त्री शाहले भने, ‘यो महिनाभित्रै सबै पदमा नियुक्ति हुन्छ ।’

मन्त्रिपरिषद् बैठकका पछिल्ला १४ निर्णय

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि–२०७१ खारेज गर्दै उक्त क्षेत्रमा मासिक भाडादर प्रतिमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय गरेको छ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन्।

उनले ऊर्जा क्षेत्रकै अन्तर्राष्ट्रिय समन्वयलाई ध्यानमा राख्दै सरकारले विद्युत नियमन आयोगलाई साउथ एशिया इनफ्रास्ट्रक्चर रेगुलेसनको सदस्यता दिन स्वीकृति प्रदान गरेको पनि बताए।

साथै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नेपाल पानी जहाज कार्यालयमा कार्यरत सहसचिव प्रेमकुमार सिंहले पेश गरेका राजीनामा स्वीकृत गर्ने र नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय पनि भएको उनले जानकारी दिएका छन्।

ईश्वर पोखरेलले एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरे

काठ्माण्डौ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार एक वक्तव्य जारी गर्दै पोखरेलले एमालेको केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। अहिले साँझ नै उनले पत्रकार सम्मेलन पनि गर्दै छन्।

एमालेको ११ औँ महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ। यही महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीले पनि आफू फेरि नेतृत्वमा रहिरहने मनसाय देखाएका छन्। ओलीलाई टक्कर दिन पोखरेल मैदानमा ओर्लिन लागेका हुन्।

‘पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ,’ वक्तव्यमा पोखरेलले भनेका छन्।

उनले उम्मेदवारी घोषणा गर्दा ‘पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न’ आफू प्रतिबद्ध रहेको बताएका छन्। ‘पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु,’ पोखरेलले वक्तव्यमा भनेका छन्, ‘अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमरेडलाई अनुरोध गर्दछु।’

लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजले पहिला ब्याटिङ गर्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजले पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर लुम्बिनीले पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

लुम्बिनीलाई हराउँदै काठमाडौं दोस्रो जित निकाल्ने लक्ष्यमा छ । काठमाडौंले यसअघिका तीन खेलमा एक मात्रै जित निकालेको छ । जनकपुर बोल्ट्सँग जितेको काठमाडौंले सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग हारेको थियो ।

काठमाडौंलाई हराउँदै लुम्बिनीले दोस्रो जित निकाल्ने दाउमा छ । लुम्बिनीले यसअघिको दुई खेलमा एक हार र एक जित निकालेको थियो । लुम्बिनीले कर्णाली याक्ससँग हारेको थियो भने चितवन राइनोजसँग जितेको थियो ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ‘समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ‘समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ ।

नुमा लिम्बूको अध्यक्षतामा दर्ता भएको उक्त पार्टीले मंगलवार दल दर्ता प्रमाण पत्र पाएको छ ।

दल दर्ता प्रमाणपत्र बुझ्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता विश्वराज अधिकारीले राज्यका हरेक निकायमा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गराउने उद्देश्यले दल दर्ता गरिएको बताए ।

पुराना राजनीतिक दलहरुले यो समुदायलाई लामो समयदेखि भोट बैंकको रुपमा प्रयोग गरेपछि यो समुदायको हक र अधिकार स्थापित गर्न नसकेको आरोप लगाए ।

‘हाम्रो समुदायलाई भोट बैंकको रुपमा लामो समयदेखि राजनीतिक दलहरुले प्रयोग गर्दै आए । तर पनि हामीले समाजमा आधारभुत अधिकार समेत पाउन सकिरहेको अवस्था छैन । अब हाम्रो माग र मुद्दाहरु आफैं उठाउने भनेर दलहरु दर्ता गराएका हौं,’ उनले भने, ‘कानूनले पूर्णअधिकार दिएको भएपनि कार्यान्वयन नभएको कारण समूदाय र राज्यको हरेक तह र तप्कामा समान खालको प्रतिनिधित्व हुनुपर्छ भनेर दल दर्ता गराएका हौं ।’

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई संविधानले दिएका सबै अधिकारहरुको कार्यान्वयन दलको पहिलो प्राथमिकता रहने उनको भनाइ छ ।

‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री

काठ्माण्डौ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको विकाससँगै महिला तथा बालिकामाथि हुने ‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ को आज यहाँ शुभारम्भ गर्दै उनले महिला र बालिकाविरुद्ध हुने डिजिटल हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए।

यस वर्षको यो दिवसको विश्वव्यापी नारा सान्दर्भिक रहेको भन्दै उनले डिजिटल दुनियाँ अब दैनिक जीवनभन्दा अलग नरहेको बताए।

प्रविधिले सिकाइ र कामलाई सहज बनाए पनि धेरै महिला तथा किशोरीका लागि यो क्षेत्र अझै पनि जोखिमपूर्ण र असुरक्षित रहेको औँल्याउँदै मन्त्री खरेलले अनलाइन उत्पीडन, साइबर स्टकिङ, अनुमति बिना तस्बिरको प्रयोग, घृणा फैलाउने अभिव्यक्ति र ट्रोलिङले त्रास र धम्की सिर्जना गर्ने बताए।

सञ्चार मन्त्रालयको लक्ष्य पूर्वाधार निर्माण र सेवा विस्तारमा मात्र सीमित नभई प्रत्येक नेपाली नागरिकका लागि सुरक्षित, समावेशी र सशक्तीकरण गर्ने ‘डिजिटल इकोसिस्टम’ निर्माण गर्नु भएको बताउँदै मन्त्री खरेलले भने, ‘जब हाम्रो आधा जनसङ्ख्या अनलाइनमा सुरक्षित महसुस गर्दैनन्, तब हाम्रो डिजिटल प्रगतिलाई पूर्ण वा निष्पक्ष मान्न सकिँदैन।’

उनले राष्ट्रिय साइबर सुरक्षा केन्द्रले जनचेतना अभिवृद्धिका काम गरिरहेको र हालै राष्ट्रिय एआई सेन्टरको स्थापना हुनुले  डिजिटल नेपाल निर्माणप्रतिको सरकारको प्रतिबद्धता प्रतिविम्बित भएको बताए।

डिजिटल हिंसाविरुद्धको लडाइँ सरकार एक्लैले जित्न नसक्ने भन्दै मन्त्री खरेलले कानुनी र नीतिगत ढाँचालाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले पीडितलाई न्याय दिलाउन र पीडकलाई जवाफदेही बनाउन साइबर कानुनको समीक्षा गरिने जानकारी दिए।

साथै, शिक्षा क्षेत्रसँग सहकार्य गर्दै पाठ्यक्रममा डिजिटल साक्षरता समावेश गर्ने, निजी क्षेत्र र नवप्रवर्तनलाई सुरक्षित प्लेटफर्म विकास गर्न प्रोत्साहन गर्ने तथा तीनवटै तहका सरकार, संयुक्त राष्ट्रसङ्घ र नागरिक समाजसँग सहकार्य बढाउने योजना पनि उनले अघि सारे।

एसिसी यू-१९ प्रिमियर कप : साउदीले दियो नेपाललाई ११९ रनको लक्ष्य

यूएईमा जारी एसिसी यू-१९ प्रिमियर कपमा साउदी अरेबियाले नेपाललाई २ सय १९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको माैका पाएकाे साउदीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रन बनायो ।

उसका लागि मोहम्मद जुबेर सुनसराले सर्वाधिक ४८, मोहम्मद रेहान सिद्धिकीले ४१, ओमैर अहमद वहाबले ३९, माज्दीले २५, कप्तान रेयान खानले १७ र हाशिर अहमद सज्जादले १६ बनाए ।

नेपालका लागि बलिङमा अशोक धामीले दुई तथा दयानन्द मण्डल, सुशीलबहादुर रावल, सिब्रिन श्रेष्ठ र दर्श सोनारले एक/एक विकेट लिए ।

मिराज ढुंगाना नेतृत्वको जेन-जी युवा समूहलाई सिंहदरबार प्रवेशमा रोक

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित ज्ञापनपत्र बुझाउन पुगेका मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ ।

प्रधानमन्त्री कार्यालयको अनुमतिबिना सिंहदरबार प्रवेश गर्न लागेका मिराजसहितका युवाहरूलाई प्रहरीले सिंहदरबारको दक्षिण गेटमा रोकेको हो । आफूहरू जसरी पनि सिंहदरबार छिर्न पाउनुपर्ने भन्दै युवाहरूले प्रदर्शन गर्न खोजेपछि प्रहरीले लखेटेर हनुमानस्थान पुल कटाएको थियो ।

त्यसपछि उनीहरु हनुमानस्थान नजिक धर्नामा बसेका थिए । सो क्रममा जेन-जी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्रीसँग भेट्न पटक पटक समय माग्दा पनि नपाएपछि आफूहरू भित्र जान खोजेको बताए ।

जेन-जी युवाहरूको मागलाई वेवास्ता गर्दै सरकार निर्वाचनमा मात्रै केन्द्रीय भएको विषयमा आफूले प्रधानमन्त्रीलाई अवगत गराउन खोजेको उनको भनाइ छ । उनले युवाहरूलाई स्वदेशमा नै गरिखान दिने वातावरण बनाउनुपर्ने र यसका लागि स्थिर सरकार आवश्यक रहेको धारणा राखे ।

उनले प्रधानमन्त्रीलाई जेन-जी युवाहरूको भावना विपरित चल्ने छुट नभएको बताए । उनले अबको निर्वाचनमा राजनीतिक दलहरूलाई प्राथमिकता दिन खोजेको भन्दै पुरानै दलहरू पुन फर्किए आफूहरूको माग पुरा हुन नसक्ने उल्लेख गरे ।

हरेक १० मिनेटमा एक महिलाको हत्या हुने गर्छ : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ । गत वर्ष प्रत्येक १० मिनेटमा विश्वका कुनै न कुनै स्थानमा एक महिलाको उनकै नजिकका व्यक्तिद्वारा हत्या भएको तथ्याङ्क सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले नारीहत्या (फेमिसाइड) विरुद्धको लडाइँमा कुनै स्पष्ट प्रगति नदेखिएको कठोर टिप्पणी गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) र संयुक्त राष्ट्र महिला (युएन वुमेन) ले महिला विरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा जारी गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा करिब ५० हजार महिला तथा बालिकाहरू आफ्ना घनिष्ठ साझेदार वा परिवारका सदस्यकै हातबाट मारिनु परेको थियो ।

प्रतिवेदनले विश्वभर हत्या गरिएका महिलामध्ये करिब ६० प्रतिशतलाई आफ्नै साथी वा अत्यन्तै नजिकका आफन्त—जस्तै बुबा, काका, आमा, दाइ–भाइ—द्वारा ज्यान दिइएको उल्लेख गरेको छ । तुलनात्मक रूपमा, पुरुष हत्या पीडितमध्ये मात्र ११ प्रतिशतको हत्या नजिकका व्यक्तिले गरेका थिए।

एक सय १७ देशबाट सङ्कलित तथ्याङ्कका आधारमा तयार गरिएको उक्त प्रतिवेदनअनुसार दैनिक करिब १३७ महिला अर्थात् प्रत्येक १० मिनेटमा एक जना नारीहत्या अपराधको सिकार बनिरहेका छन् । सन् २०२३ मा सार्वजनिक भएको तथ्याङ्कभन्दा सङ्ख्या केही कम देखिए पनि यो वास्तविक सुधारलाई जनाउने सङ्केत नभएको, बरु फरक–फरक देशबाट उपलब्ध हुने तथ्याङ्कमा देखिने असमानता नै यसको मुख्य कारण भएको प्रतिवेदनले स्पष्ट पारेको छ ।

अध्ययनले चेतावनी दिँदै ‘घर नै महिला तथा बालिकाका लागि सबैभन्दा खतरनाक स्थान बनेको छ’ भन्दै प्रत्येक वर्ष दशौँ हजार महिलाको हत्या हुँदै आए पनि घट्दो प्रवृत्ति नदेखिएको जनाएको छ ।

विश्वका कुनै पनि क्षेत्रमा नारीहत्या शून्य नभएको प्रतिवेदनले बताउँछ । तर अफ्रिकामा गत वर्ष झण्डै २२ हजार महिलाको हत्या भई सबै क्षेत्रभन्दा उच्च सङ्ख्या दर्ता भएको उल्लेख गरिएको छ ।

संयुक्त राष्ट्र महिला नीति डिभिजनकी निर्देशक सारा हेन्ड्रिक्सका गम्भीर चिन्ता व्यक्त गर्दै भने, “नारी हत्या एक्लै घटित हुँदैन । यसअघि नै व्यवहारगत नियन्त्रण, धम्की, दुव्र्यवहार र अनलाइनसँगै अफलाइन दुवै माध्यममा हुने उत्पीडनका रूपहरू देखिन सक्छन्, जसको अन्त्य घातक हिंसामा पुग्न सक्छ ।”

उनका अनुसार प्राविधिक विकाससँगै महिलामाथि हुने हिंसाका केही प्रकार झनै बढेका छन् भने नयाँ प्रकारका डिजिटल अपराध—जस्तै गैर–सहमति तस्बिर साझेदारी, डक्सिङ (व्यक्तिगत विवरण सार्वजनिक गर्ने कृत्य) तथा डिपफेक भिडियो—जस्ता खतरनाक रूपहरू समेत जन्मिएका छन् ।

हेन्ड्रिक्सले भने, “हामीलाई अनलाइन र अफलाइन दुवै क्षेत्रमा महिलामाथि कसरी हिंसा फैलिन्छ भन्ने पूर्ण रूपमा बुझेर त्यसअनुरूप कडा कानूनी कार्यान्वयन आवश्यक छ । अपराधीहरू घातक हिंसामा उत्रनु अघि नै स्पष्ट रूपमा जवाफदेही बनाइनुपर्छ ।” -एएफपी

साइबर अपराधका घटना ११९ प्रतिशतले बढे , सबैभन्दा बढी पीडित महिलाहरू

काठमाडौं । नेपालमा साइबर अपराधका घटनामा महिलाहरू सबैभन्दा धेरै पीडित हुने गरेका देखिएको छ ।

आर्थिक वर्ष २०८०/८१ (साउनदेखि असारसम्म) साइबर अपराधका १९ हजार ७३० वटा घटना भएका थिए । जसमा आठ हजार ७४५ (४४ प्रतिशत) भन्दा बढी पीडित महिला रहेको नेपाल प्रहरीको तथ्यांक छ । त्यसपछि एलजीबीटीक्यू ७६७ र बालिका ३८२ जना पीडित भएका छन् ।

साइबर अपराधको माध्यम सबैभन्दा बढी फेसबुक मेसेन्जर हुने गरेको पनि प्रहरीको भनाइ छ । प्रहरीका अनुसार साइबर अपराधका घटना अघिल्लो आर्थिक वर्षको तुलनामा ११९ प्रतिशतले बढेका छन् ।

यसैबीच, लैंगिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान मंगलबारदेखि सुरु भएको छ । यो अभियान सन् १९९१ देखि हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा मनाइँदै आइएको छ ।

महिलामाथि भइरहेका विभिन्न हिंसा, विभेद, न्यायमा पहुँचको अवरोध, राजनीतिक असमानता र पितृसत्तात्मक संरचनाबाट उत्पन्न चुनौतीलाई उठाउँदै आए पनि हिंसाको स्वरूप फेरिएको महिला अधिकारका विषयमा काम गर्ने अधिकारकर्मीको भनाइ छ ।

खोज्नुहोस