नेत्रहीन महिला विश्वकप फाइनल : भारतविरुद्ध नेपाल सुरुमा ब्याटिङ गर्दै

द एभरेष्ट पोष्ट
८ मंसिर २०८२ ११:४७
नेत्रहीन महिला विश्वकप फाइनल : भारतविरुद्ध  नेपाल सुरुमा ब्याटिङ गर्दै

काठमाडौं – नेत्रहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपालले सुरुमा ब्याटिङ गर्दैछ । श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा भारतले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्न लागेको हो ।

भारत र श्रीलंकामा जारी प्रतियोगिताको फाइनलमा नेपाल र भारत भिड्न लागेका हुन्। पाकिस्तानलाई ७ विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो।

पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले हराउँदै भारत फाइनल पुगेको हो। नेत्रहीन विश्वकप क्रिकेट पहिलो पटक भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस