प्रदेश सरकारको एक वर्ष : हर्ष न विस्मात

मुख्यमन्त्रीका रुपमा कमल बहादुर शाहको दोस्रो कार्यकालको एक वर्ष पुरा भएको छ । यसअघि १४ महिना सरकारको नेतृत्व गरेका शाहको दोस्रो ईनिङका १२ महिना उत्साहजनक हुन सकेनन । यो अवधि सरकारले गरेका राम्रा नराम्रा सबै कामको मूल्यांकन जनताले गरेका छन् । यो लेखमा सरकारका कमजोरी र सुधार गर्नुपर्ने पक्षहरु औल्याईएको छ ।

प्रदेश संरचना नयाँ हो । हामी सिक्दैछौ भन्ने छुट अव कम्तिमा छैन् । संघीय सरकारले सहयोग गरेन ? स्थानीय सरकार असहयोगी भए ? संघीय सरकारका नीतिहरुले प्रदेश सरकारलाई काम गर्न असहज भयो । यो भन्ने छुट पनि अव मुख्यमन्त्रीलाई छैन् । किनकी यो सबै अवस्था थाह पाएरै उनी दोस्रो पटक मुख्यमन्त्री भएका हुन् । उनीसंग जनताले नतिजा खोजेका छन् । उनलाई बहाना गर्ने छुट छैन् । असफल हुने छुट त छदैछैन् ।

सुदूर पश्चिममा पछिल्ला केही वर्षयता गरीवी दरमा बृद्धि भएको छ । गरीवीमा सुदूर पश्चिमले कर्णालीलाई पनि पछि पारेको छ ? देशको गरीवीसंग सुदूरपश्चिमको तुलनै हुदैन् । देशभित्र गरीवीको दर २० प्रतिशतभन्दा सुदूरपश्चिममा ३४ प्रतिशत पुगेको छ । सरकारले यो ग¥यौ, त्यो ग¥यौ भनेर भनिरहदा यो आँकडाको ऐनाले प्रदेश सरकारको अनुहार प्रष्ट देखाउछ । ऐना सफा गर्ने कि अनुहार ?

सुदूरपश्चिमको कायापलट गर्ने कुनै गेमचेञ्जर परियोजना छैनन् । शिक्षा र स्वास्थ्यको अवस्था दयनीय छ । बेरोजगारी र पलायन डरलाग्दो छ । कृषिमा निर्भर जनतासंग आय र जीवन यापनका अन्य बाटाहरु छैनन् । यद्दपि उत्पादनमा जोड दिने न सरकारका योजना छन् । न त उत्पादनलाई बजारसंग जोड्ने नीति । यही सोचको परिणाम हो, कृषिमा पर्याप्त बजेट बिनियोजन नहुनु । कृषिको अनुदान कार्यकर्ताले पाउछन् । बिचौलियाले बेच्छन् । किसानले न सूचना पाउछ । न अनुदान ।

छाउपडीका कारण सुदूरपश्चिम बद्नाम छ । वादी समुदायको समस्याले सरकारलाई गिज्याईरहेको छ । टीभी र पत्रपत्रिकाको हेडलाईन बनिरहेका छन्, अझै छाउगोठमा महिला मृत्युका अत्यासलाग्दा खवरहरु ।

भोकभोकै प्रशिक्षण गरेर देशलाई चिनाउने रविन्द्र ढाँटलाई बधाईसम्म दिन कञ्जुस्याई गर्ने सरकारले खेलकुदमा बजेट छुट्याउला भनेर सोच्नु, आकाशको फर आँखा तरी मर, झै हुनेछ । हरेक खेलाडीको नियती ढाँटको भन्दा पृथक छैन् । ढाँटको पीडा हरेक खेलाडीको पीडा हो । हाम्रो सरकार कहाँ व्यस्त छ, थाह छैन् ? आखिर प्रदेश सरकारले यो आठ वर्षमा गरेछ के ?

९०७ किमी लम्बाई भएको सुदूरपश्चिमका गौरवका आयोजना अन्तर्गत रहेका नौ वटा सडक अलपत्र छन् । खप्तड मार्तडी सडक, सतबाज–श्रीभावर–हाट–दार्चुला सडक, चिसापानी–ऋषिदह–बडिमालिका, दैजी–पोखरा–ढुंगाड–बझाङ सडक, खलंगा–खार–देथला, पारीबगर–खण्डेश्वरी सडक, दीपायल–साईपाल सडक, सहजपुर–बोगटान–दीपायल सडक, बेलौरी–कलुवापुर–नाईल–बुडर सडक, भजनी–छोटीभन्सार–खिमडी–ठूलीगाड सडक निर्माणमा प्रदेश सरकारको चासो नै छैन् ।

सडक कति किमी ग्राभेल र कति किमी कालोपत्रे भयो ? सरकारले आँकडा पेश गरेको छ । तर कैलालीकै मोहन्याल जोड्ने सडक बाह्रै महिना सञ्चालनमा आउन सकेको छैन् । रामारोशन जोड्ने सडकको अवस्था त्यस्तै छ । बझाङको साईपाल अहिलेसम्म सडक सञ्जालमा जोडिन सकेको छैन् । बैकिङ सेवा भर्खरै सञ्चालनमा आएको साईपालमा ईन्टरनेटको गतिलो व्यवस्था नहुदा सेवा प्रभावित भईरहेको तथ्यप्रति प्रदेश सरकारले आँखा चिम्लिन हुदैनथ्यो ।

सुशासन, जवाफदेहिता र पारदर्शिता जस्ता सरकार सञ्चालनका लागि आवश्यक शर्तहरु हुन् । ती सरकारले भनेर हुने कुरा होईनन् । जनताले महशुस गर्ने कुरा हुन् । मुख्यमन्त्रीको निर्देशनमा एक जना मन्त्रीले राजिनामा दिए । एक जना मन्त्रीलाई मुख्यमन्त्रीले बर्खास्त गरे । किन उनलाई राजिनामा दिन लगाए ? किन बर्खास्त गरे ? आर्थिक लेनदेन भएको थियो भने किन त्यसका लागि छानबिन समिति गठन गरिएन ? किन उनीहरुसंग जोडिएका अरु व्यक्तिहरुमाथि अनुसन्धान भएन ?

सुदूर पश्चिम प्रदेशमा १९ वटा कोल्ड स्टोरमा सरकारको लगानी भएकोमा हालसम्म ६ वटा कोल्ड स्टोरको निर्माण सम्पन्न भएको छ । जसमध्ये ३ वटा सञ्चालनमा आएका छन् । बाँकीको अवस्था प्रदेश सरकारलाई थाह छैन् । लगानी मात्र गर्ने त्यसको अनुगमन र लेखाजोखा नगर्ने । प्रदेश सरकारका लागि बजेट मामाको धन फुपुको श्राद्ध भयो ।

उपभोक्ता समिति खारेज गर्ने । २५ लाखभन्दा कम रकमका योजना नबनाउने आफ्नै निर्णय फगत देखाउने दाँत भयो ।

सुदूर पश्चिम प्रदेश सरकारले यो काम चाही अरु प्रदेशको भन्दा फरक गर्यो, गर्वका साथ यस्तो भन्न सक्ने अवस्था किन हुन सकेन ? मुख्यमन्त्रीका रुपमा तस्वीर झुड्याउनु मात्रै उपलब्धी मान्ने हो केही भन्नु छैन् । जनताका दुःख उस्तै छन् । डोटेली भाषामा एउटा उखान छ, हरी साई आए पनि पातै टिप्नु, परी साई आएपनि पातै टिप्नु ।

बजेट निर्माणमा यस पटक पनि बिचौलिया हावी भए । आर्थिक मामिला, बन र भौतिक पूर्वाधार मन्त्रालय बिचौलियाले चलाएको तथ्य ‘ओपन सेक्रेट’ हो । यस्तो हुन सक्ने अनुमान गरेर दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य बिक्रम धामीले बजेटको तयारी छलफलमा त्यसै भनेका थिएनन, सधै बिचौलियाले बजेट बेचे । यस पटक सरकार आफैले नै बेचौ । कम्तिमा राजस्व त आउछ । ‘मन परेकी मायालाई ज्यानै हाजिर छ’ एमाले संसदीय दलका नेता राजेन्द्र रावल लगायत केही प्रदेश सभा सदस्यहरुलाई मुख्यमन्त्रीले बाडेको बजेटले यही भन्छ । बजेट हो कि भेटी छुट्याउन गाह्रो भयो ।बजेट कसका लागि ? कसले खर्च गर्छ ? कहाँ जान्छ ? प्रदेश सभा सदस्यले थपडी बजाएपछि सक्किगो ।

बिरोध गर्ने नेता र प्रदेश सभा सदस्यलाई मनग्गे बजेट दिएर चुप लगाएको प्रदेश सरकारले संघीयताको मर्म विपरित पहूँच र शक्तिका आधारमा बजेट बिनियोजन गरेको छ । मुख्यमन्त्रीले ‘आफ्नो हात जगन्नाथ’ गरे । बजेट कि आफ्नो निर्वाचन क्षेत्रमा पारे । कि शक्तिकेन्द्रलाई खुशी पार्न बजेट दिए । ‘जसको शक्ति उसको भक्ति’ भयो । प्रत्यक्ष तर्फ निर्वाचित प्रदेश सभा सदस्यलाई पाँच करोड र समानुपातिक प्रदेश सभा सदस्यलाई तीन करोड बाडेर चुप लगाएका मुख्यमन्त्रीले बोल्ने, बिरोध गर्ने र आफू निकट प्रदेश सभा सदस्यहरुको निर्वाचन क्षेत्रमा ७ करोडदेखि १० करोड रुपैया भन्दा बढि बजेट दिए । यस पटक प्रदेश सभामा बजेट चुपचाप पास भयो । शुरुमा बिरोध गर्नेहरु अन्तिममा यसरी चुप लगाईए । जनता गए भाडमा । नेता खुश भए पुग्यो ।

संविधानले प्रदत्त नगरेको शिक्षामा करोडौ रुपैया विनियोजन गरेर प्रदेश सरकारले वित्तिय अनुशासन उल्लंघन गरेको छ । मावितह सम्मको शिक्षा स्थानीय सरकारको मातहतमा छ । मावि तहभन्दा माथिको शिक्षा संघीय सरकारको मातहतमा छ । प्रदेश सरकारले आफ्नो मातहतमै नभएको शिक्षामा लगानी गरिरहदा त्यसको गुणस्तर हेर्न सकेन ।

प्रदेश सरकारले बजेट खर्च गर्ने परिपाटीमा पनि सुधार गर्न सकेन । भन्नलाई ७० दशमलव २२ प्रतिशत बजेट खर्च गरेको भन्दै प्रदेश सरकारले हर्ष बढाई गरेको छ । तर १० अर्वभन्दा बढि रकम असार महिनामा खर्च गर्नुले प्रदेश सरकार ‘हम तो सुध्रेंगे नही’ को बाटोमा देखिन्छ ।

सबैभन्दा उदेक लाग्दो कुरा त आठ वर्षमा पनि प्रदेश सरकारले कर्मचारीको व्यवस्थापन गर्न सकेन । प्रदेश सरकारसंग ४३ प्रतिशत कर्मचारी मात्र छन् । ६७ प्रतिशत कर्मचारीको अझै पूर्ती गर्न सकेको छैन् । लोकसेवा आयोगलाई पेण्डुलम बनाएर आफू कर्मचारी विहीन हुने । अनि आरोप चाही केन्द्र सरकारलाई लगाउने ? यसलाई भनिन्छ, नाच्न नजान्ने आँगन टेढो । एकातिर प्रदेश सरकार आफै भन्दैछ, कर्मचारी छैनन् । त्यसो हो भने प्रदेश सरकारका योजनाहरुको अनुगमन कसले गर्छ ? ती कसरी फरफारक हुन्छन् ? अझै उदेक लाग्दो कुरा, योजनाको संख्या हरेक वर्ष सयमा होईन्, हजारमा थपिएका छन् ।

अझ बजेट निर्माणको समयमा एकै पटक अधिकांश सचिवको सरुवा भयो । उद्योग, कृषि, सामाजिक, भौतिक र आन्तरिक मामिला मन्त्रालयको सरुवा भयो । मुख्यमन्त्री कार्यालयका सचिव उपद्रव गरेर सरुवा भए । प्रदेश सरकार निरीह देखियो । त्यसलाई रोक्न सकेन ।

अहिलेसम्म आफैले गरेका कामको प्रदेश सरकारले प्रभावकारी अनुगमन गर्न सकेन । न त ‘फाईन्डिङस’ आए । कमि कमजोरी नै पत्ता लगाउन नसकेपछि सुधार के गर्ने ? कहाँ सुधार गर्ने ? के वार्षिक रुपमा खर्च गरिने अर्बौ रुपैया शतिप्रतिशत सदुपयोग भएको छ ? छैन् ।

मन्दिर, घेरवार, तटबन्ध, सिंचाई, कुलो, शहीद गेट, पदमार्गमा बजेट खर्च प्रदेशको विकास हुने भए प्रदेश सरकारको पहिलो कार्यकालका पाँच वर्षमा भईसक्थ्यो । एक करोड रुपैया आवश्यक पर्ने संरचनाको निर्माणमा १० लाख बिनियोजन गरेर योजनाको संख्या थप्ने काम गरेको सरकारले अनावश्यक योजनामा भने करोडौ रुपैया विनियोजन गरेको छ ।

कैलालीको गोदावरीमा निर्माण गर्ने भनिएको राजधानी निर्माण कार्य अलपत्र छ । आफूसंग दुई तिहाई हुदा चुप लाग्ने । दुई तिहाई गुमाएपछि राजधानी सार्ने मुख्यमन्त्रीको प्रयत्न उनी स्वयका लागि प्रत्युत्पादक हुने देखिन्छ । यसैलाई भनिन्छ, लगनपछिको पोते ।

सत्ता साझेदार दल एमालेको हिजोको निर्णय हो, तेघरीलाई राजधानी घोषणा गर्ने । के एमालेको त्यो नेतृत्वले आफ्नो औला काटेर मुख्यमन्त्रीलाई देलान ? मुख्यमन्त्री सुदूरपश्चिमका जनताप्रति जवाफदेही छन् भने केही नेतालाई प्रिय नलाग्ने निर्णय गर्न हिच्किचाउनु हुदैन् । राजधानी घोषणा नै गर्ने हो, डोटीको दीपायललाई गरुन । त्यो निर्णयले सुदूरको पहाडमाथि न्याय हुनेछ । अन्यथा बेसुरको राग नअलापेकै बेश । समयमा कुनै निर्णय नगर्ने । समय घर्केपछि निर्णय गर्न हतारिने । एक वर्षसम्म मुख्यमन्त्रीलाई किन राजधानी याद आएन ? यसैलाई भन्छ, कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर ।

लगानी सम्मेलन ‘खोदा पहाड निक्ला चुहा’ नहोस । हल्ला धेरै गरिएको लगानी सम्मेलनका लागि प्रदेश सरकारले अहिलेसम्म एउटा उद्योग वा लगानीको सुनिश्चितता गर्न सकेको छैन् । चार पटक लगानी सम्मेलनको मिति सारिसकेको प्रदेश सरकारले यो अबधिमा त्यही नाममा २९ लाख भन्दा बढि रकम खर्च गरेको छ । जवकी बजेट १० लाख रुपैया बिनियोजन गरिएको थियो । कति खर्च हुन्छ भन्ने अनुमान गर्न नसकेको हो वा खर्च मनोमानी गरिरहेको हो ?

बाह्य लगानीकर्ता आउने अवस्था छैन् । स्थानीय लगानीकर्ताको बिजोग छ । स्थानीय उद्योग, व्यवसायको अवस्था, उद्योगीको मनोदशा, लगानीको सुरक्षाको सुनिश्चिताका लागि आवश्यक नीतिहरु नबनाएर गरिने लगानी सम्मेलनको नतिजा शुन्य हुनेछ । यसतर्फ प्रदेश सरकारको ध्यान जान सकेको छैन् ।

संघीय सरकारको मातहतमा रहेको सुरक्षा निकायको भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारले वर्षेनी करोडौ रकम बिनियोजन गर्दै आएको छ । तर आफ्नै मातहतमा रहेका निकाय भने अलपत्र छन् । त्यस तर्फ प्रदेश सरकारको ध्यान जान सकेको छैन् । धनगढीमै भौतिक पूर्वाधार कार्यालय, स्वरोजगार कोष, नीति तथा योजना आयोग, युवा परिषद लगायत दर्जनौ कार्यालयहरु भाडाको घरमा सञ्चालनमा छन् ।

सबैलाई खुशी पार्ने नाममा प्रदेश सरकारले टुक्रे योजनामा ढुुकुटी सकिरहेको छ । बजेट घट्दो छ । योजना थपिएका छन् । गत वर्ष सात हजार बढि योजना मार्फत बजेट बिनियोजन गरेको सरकारले यस वर्ष १० हजारभन्दा बढि योजना बनाएको छ । जवकी दुई वर्षअघि १९०० योजना मात्र थिए । पुराना योजनाहरुको अनुगमन र मूल्यांकन नगरी नयाँ टुक्रे योजना थप्नुको कुनै औचित्य छैन् ।

स्वरोजगार कोषको सय करोड रकम सहकारीलाई जिम्मा लगाएर सरकार मस्तसंग निदाएको छ । कति रोजगारीका अवसर सृजना भए ? कति स्वरोजगार वा उद्यमशील भए ? कहाँ खर्च भयो ? कसरी खर्च भयो ? त्यसको खर्चको उपलब्धी भयो ? त्यसको बाल मतलव ।

रोजगारीको समस्या ज्यूँका त्यूँ छ । भारत जानु पर्ने बाध्यता यथावत छ । दैनिक कति सुदूरपश्चिमेली कामका लागि भारत वा तेस्रो मुलुक जान्छन् ? कुनै लेखाजोखा छैन् । आफ्ना नागरिकको पलायन प्रति सरकारलाई चासो छैन । सरकार काम कसका लागि गर्दैछ ? कहाँका नागरिक उसको प्राथमिकतामा पर्छन ? किन अहिलेसम्म आफ्ना नागरिक रोक्ने नीति र कार्यक्रम ल्याउन सकेन ?

संघीयताको मर्म अनुसार विगतमा पछि पारिएको क्षेत्रको विकास प्रदेश सरकारको प्राथमिकतामा पर्नु पर्ने हो । तर त्यसो हुन सकेन । आफ्नो र आफू निकट नेताको निर्वाचन क्षेत्रमा अथाह बजेट खन्याउनुलाई सरकारको उपलब्धी मान्ने हो भने सरकार यसमा पूर्णत सफल मान्न सकिन्छ । तर सन्तुलित र न्यायोचित विकासको अवधारणा अनुसार सरकार पूर्णतः असफल भएको छ ।

शिक्षकको कार्यसम्पादन मूल्याङ्‍कन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षकको कार्यसम्पादन मूल्याङ्‍कन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित भएको छ ।

समितिको आजको बैठकले विद्यायलय शिक्षा विधेयकमा शिक्षकको कार्यसम्पादन मूल्याङ्‍कन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित गरेको हो ।

शिक्षकको कार्यसम्पादन मूल्याङ्‍कनको गणना गर्दा पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्‍कन औसतमा ९० प्रतिशत प्राप्त गरेको हुनुपर्ने प्रतिवेदनको प्रस्तावित व्यवस्थाको सट्टा ८० प्रतिशत गर्ने प्रस्ताव पारित भएको हो ।

प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानबाट भने- नेपाल आफ्ना छिमेकीसँगको साझेदारीलाई गाढा बनाउन प्रतिबद्ध छ

काठ्माण्डौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सहयोग, क्षेत्रीय एकीकरण र साझा प्रगतिको भावनामा नेपाल आफ्ना छिमेकी र अन्य मुलुकहरूसँगको साझेदारीलाई गाढा बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा  आज आयोजित ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय विषयगत राउण्ड टेबललाई सम्बोधन गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नेपाली जनताको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेपालले दिगो र द्रुत आर्थिक वृद्धिका लागि दिगो पूर्वाधार, सबल कनेक्टिभिटी र निर्वाध पारबहन प्रणालीलाई प्राथमिकता दिएको स्पष्ट गरे ।

‘हामी सहज र निर्वाध पारबहन र व्यापार सुनिश्चित गर्न सीमापार सम्पर्कलाई सक्रिय रूपमा विस्तार एवं सुदृढ गर्दैछौँ,’ प्रधाननन्त्री ओलीले भने, ‘आवाजा कार्ययोजनामा पारित दिगो पूर्वाधार, सबल कनेक्टिभिटी र निर्वाध पारबहन नीति, भूपरिवेष्टित मुलुकको विकास, लचिलोपनजस्ता कार्यक्रम हाम्रा आशाका स्तम्भ हुन् । यी प्रावधानसहितको कार्यढाँचालाई भौतिक, डिजिटल र आर्थिक रूपमा विश्वव्यापी जोड्ने हाम्रो सामूहिक दृढ सङ्कल्पलाई नवीकरण गर्न म आग्रह गर्दछु ।’

उनले समता, समावेशीकरण र साझा प्रगतिका लागि अपरिहार्य आवश्यकताका रुपमा रहेका पूर्वाधार, कनेक्टिभिटी र ट्रान्जिटमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै कुनै पनि राष्ट्र यी सवालमा पछाडि नपर्ने गरी सुन्दर भविष्य निर्माणका लागि आह्वान गरे । भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनसँग सम्बन्धित कार्यक्रम आज सकिँदै छ ।

समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरुलाई अर्थमन्त्री पौडेलको निर्देशन

काठ्माण्डौँ- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२र८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा बिहीबार भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै उनले सही समयमा कदम चालेर बजेट कार्यावन्यनमा परिणाम निकाल्न पनि निर्देशन दिए ।

अर्थमन्त्री पौडेलले विद्यमान कानूनको व्यवस्था र सीमाभित्र रहेर गैरकर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिए ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब २८ अर्ब रुपैयाँ संकलन भएको थियो जुन कूल राजस्वको १०.९ प्रतिशत हो ।

बैठकमा गैरकर राजस्वसम्बन्धी थप स्रोतहरु पहिचान गरी कार्यान्वयन गर्दै अघि बढ्नेबारे छलफल भएको छ ।

बैठकमा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयहरुका सचिव लगायतको उपस्थिति थियो ।

विद्यालय शिक्षा विधेयक : शिक्षकको बढुवामा तीन व्यवस्था प्रस्ताव

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्नेगरी प्रस्ताव भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव प्रस्तुत गरेका छ ।

जसमा शिक्षकको बढुवाबारे तीन वटा व्यवस्था प्रस्तुत गरिएको छ ।

शिक्षकको बढुवा अन्तर्गत समावेश भएको आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा तीन व्यवस्था प्रस्ताव गरिएको हो ।

यी हुन परामर्श उपसमितिले तयार पारेको व्यवस्थासम्बन्धी तीन व्यवस्था :

१. आन्तरिक प्रतियोगिता

२. जेष्ठता र कार्यसम्पादन मूल्यांकन

३. कार्यक्षमताको मूल्यांकन

निर्वाचन आयोगको स्वमूल्यांकन कार्यविधिप्रति कांग्रेसको शतप्रतिशत असहमति छ : विश्वप्रकाश शर्मा

काठमाडौं । प्रतिनिधि सभाको पहिलो दल नेपाली कांग्रेसले निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति असहमति जनाएको छ ।

संविधानले दलहरूले गरेको कामलाई नियमन गर्ने कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दलहरूले ठिक/ बेठिक गरेको संविधानले नियमन गर्ने बताए ।

‘दलहरूको मूल्यांकन त जनताले गर्छ नि ठिक र बेठिक भनेर । राष्ट्रिय मान्यता प्राप्त के हुने, समावेशिता सम्बनिध के पुग्यो के पुगेन भन्ने दलहरूका लागि अन्य विविध कानुनहरू छन्,’ शर्माले अनलाइनखबरसँग भने ।

निर्वाचन आयोगको कुनै एक कर्मचारीले जनताद्वारा निर्वाचित भएका दलहरूलाई नियमन गर्ने/गराउने गर्ने विषय मान्य नहुने शर्माले बताए ।

आयोगले गर्न तयार गर्न लागेको स्वमूल्यांकन कार्यविधिमा कांग्रेसको शतप्रतिशत असहमति रहेको महामन्त्री शर्माले बताए ।

आयोगले ल्याउन लागेको कार्यविधिप्रति विपक्षी दलहरूले बैठक बसेर अहसमति राखेका थिए । नेकपा एमालेले पनि यो कार्यविधिमा असहमति जनाएको छ ।

मोदीका तर्फबाट ओलीलाई भ्रमणकाे निम्तो दिन आउँदै भारतीय विदेश सचिव

काठ्माण्डौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको आधिकारिक निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउने भएका छन् । भदौको पहिलो साता विदेश सचिव मिस्री नेपाल आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मिस्रीको आगमन भदौ अन्तिम साता तय भएको प्रधानमन्त्री ओलीको भ्रमणसँग सम्बन्धित रहेको स्रोतले बतायो। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट आधिकारिक निम्ता ल्याएर आउन लागेको बताइएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमण तय भएको पुष्टि गरे । उनले भने, ‘विदेश सचिव ज्यु नेपाल आउने कार्यक्रम तय भएको छ। विस्तृत विवरण पछि सार्वजनिक गर्छौँ ।’

पछिल्लो पटक ओली प्रधानमन्त्री भएपछि भारतले नरुचाएको टिप्पणी हुने गरेको छ । सोही कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिन बित्दासमेत भारतले ओलीलाई भ्रमणको निम्तो दिएको थिएन ।

यस पटक भदौ अन्तिम साताका लागि भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई भ्रमणका लागि निम्त्याएका छन् । तर परराष्ट्र मन्त्रालयले भ्रमण तालिका भने सार्वजनिक गरिसकेको छैन ।

प्रत्येक नागरिकले पाँच वर्षभित्र जोखिमको पूर्व सुचना प्राप्त गर्छ: गृहमन्त्री

काठ्माण्डौँ- गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने बताएका छन् ।

बिहिबार सबैका लागि पूर्वसुचना राष्ट्रिय कार्याशालामा बोल्दै उनले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्व सूचना प्राप्त गर्ने बताएका हुन्।

“नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको  पूर्व सूचना बाहिर छ” उनले भने,“२०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ ।” उनले विश्वमा मनसुनजन्य जोखिममा रहेका एक तिहाइ जनसंख्या अझै पनि पूर्वसुचनाको पहुँचमा नरहेको तथ्याङ्कमा रहेको बताउदै त्यसमा नेपाल पनि रहेको बताए।

“संयुक्त राज्य संघले सन २०२२ मा घोषणा गरेर २०२७ भित्र एक तिहाइ मानिसले पनि सुचना प्राप्त गर्नुपर्छ भनेको छ” उनले भने,“हामी अहिले त्यसको मार्गचित्र बनाउदै छौ थोरै पछाडी परेका छौ अबको पाँच वर्षभित्रमा नेपालको प्रत्येक नागरिकले पूर्व सुचना पाउने सुनिश्चिता गर्छ ।” उनले अहिले पूर्वसुचना प्रणालीले मानविय क्षति नभएको बताए। पूर्वसुचनाले सुरक्षा निकायलाई समेत काम गर्न सहज भएको उनको भनाई थियो ।

“जुन ठाउँमा हामीले पूर्व सुचना दिनसक्यौ त्यस ठाउँमा भारी वर्षा भएर पनि मानविय क्षति भभएको छैन” उनले भने,“जुन ठाउँमा पूर्व सुचना दिन सकेनौ तुलनात्मक रुपमा कम वर्षा हुँदा पनि मानसवय क्षति भएको छ ।” उनले रसुवामा आएको बाढीबारे पूर्व जानकारी नहुँदा जनधनको क्षति भएको बताए। उनले गत वर्ष कञ्चनपुरमा ७७ वर्ष यताकै सबैभन्दा ठुलो वर्षा हुँदा पनि पूर्व सुचना हुँदा मानविय क्षति नभएको बताए।

रविलाई भेटेपछि बाबुरामले भने- जमानतमा बाहिर रहेर मुद्दा फेस गर्न पाउनुपर्छ

काठमाडौं । नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन्।

लुम्बिनी प्रदेश स्तरीय २ दिने विस्तारित बैठकमा भाग लिन जाने क्रममा भैरहवा कारागार पुगेर भेट गरेका हुन्।

भेटेपछि उनले भने, ‘उहाँमाथि अन्तिम फैसला भइसकेको छैन। न्यायिक हिरासतमा हुनुहुन्छ। कोही मान्छे भाग्छ थप अपराज गर्छ भन्ने लाग्दा न्यायिक हिरासतमा राख्ने हो। तर जनताको प्रतिनिधि भएको व्यक्ति भागेर जाँदैन। त्यसैले बाहिर जमानतमा रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्थ्यो भन्ने मेरो बुझाइ हो।’

उनले मुद्दाको विषयमा अदालतले फैसला गर्ने भएपनि वैकल्पिक राजनीतिक सोच राख्ने भएकाले भेट्न आएको बताए।

प्रधानमन्त्री ओलीसँग एसियन पूर्वाधार लगानी बैंकका अध्यक्षद्वारा शिष्टाचार भेट

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष  जिन लिम्बुन्ले आज शिष्टाचार भेट गरेका छन् ।

तुर्कमेनुस्तानको आवाजमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरूबिच साइडलाइन भेट भएको हो ।

प्रधानमन्त्री ओली अहिले तुर्कमेनिस्तान भ्रमणमा रहेका छन् ।

वरिष्ठ पत्रकार भण्डारीको उपचारका क्रममा निधन

कञ्चनपुर । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको ६६ वर्षको उमेरमा बुधवार निधन भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर निवासी भण्डारीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा निधन भएको हो। उनलाई केही दिनदेखि मुटुमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो। लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका भण्डारी कञ्चनपुरबाट प्रकाशन हुने जनमानस साप्ताहिक पत्रिकाका संस्थापक सम्पादक थिए। उनले कञ्चनपुर क्षेत्रको पत्रकारिता विकासमा उल्लेखनीय योगदान दिएका थिए। स्वर्गीय भण्डारीका श्रीमती र दुई छोरा रहेका छन्।

भण्डारीको निधनले सुदूरपश्चिमको पत्रकारिता क्षेत्रले एक अनुभवी, निष्ठावान् र कुशल नेतृत्व गुमाएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डेयले बताए। स्व भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद नारायणप्रकाश साउदले भण्डारीको निधनले कुशल समाजसेवी स्थापित पत्रकार सञ्चारजगतले गुमाएको बताए। उनले सञ्चारकर्मी भण्डारीको निधनको खबर सुन्दा स्तब्ध र दुःखी भएको बताए।

दार्चुलाको लेकमका नाथले ९७ वर्षको उमेरमा पाए नागरिकता

दार्चुला । नेपालको संविधानमा १६ वर्ष उमेर पुगेपछि नागरिकता पाउने प्रावधान छ तर यहाँका एक जना ज्येष्ठ नागरिकले ९७ वर्ष र एक जनाले ९६ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् । दार्चुलाको लेकम गाउँपालिका-६ का ९७ वर्षीय जयानन्द नाथ र लेकम-१ की ९६ वर्षीय परुलीदेवी बोहोरालाई लागेको थियो कि यो जुनीमा नागरिकता पाउँदिनँ तर जिल्ला प्रशासन कार्यालय दार्चुलाले उहाँहरूको घरमै गएर नागरिकता प्रदान गरको छ ।

उनीहरूले नागरिकता पाएपछि निकै खुसी हुन्छन्। ९७ वर्षीय नाथले घरमै नागरिकता प्रमाणपत्र बुझ्न पाउँदा आफूलाई देशले सम्झिएको अनुभव भएको बताए । लेकम गाउँपालिका–१ का ९६ वर्षीय परुलीदेवी बोहोराले पनि यो उमेरमा नागरिकता पाउँदा खुसी लागेको बताइन्। पहाडी भेगका दुर्गम बस्तीका जनतालाई कार्यालय पुग्न गाह्रो हुने भएकाले नागरिकता लिन वञ्चित भएकालाई घरमै नागरिकता दिनका लागि घुम्ती शिविर सञ्चालन गरिएको छ ।

एनआरएनए अमेरिकाको बोर्ड अफ डाईरेक्टरमा ठकुल्लाको उम्मेदवारी

न्यूयोर्क,६ जुलाई ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अन्तर्गत राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को अगष्ट १६–१७ मा हुन लागेको राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा हेमबहादुर ठकुल्लाले बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिएका छन् ।

डा. अर्जुन बञ्जाडेको अध्यक्षतामा रहेको एनआरएनए अमेरिकाको अगष्ट १६–१७ मा हुन लागेको निर्वाचनमा तीन वटा प्यानलबीच प्रतिस्पर्धा भईरहेको छ ।

ठकुल्लाले भानु खरेलको नेतृत्वमा रहेको प्यानलबाट उम्मेदवारी दिएका छन् ।बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिएका अछामका हेमबहादुर ठकुल्ला क्यालिफोर्नियाको लस एन्जलसमा बसोबास गर्दै आएका छन् । उनी सुदूरपश्चिम नेपाली समाज क्यालिफोर्नियामा लामो समयदेखि आबद्ध रही सामाजिक सेवामा सक्रिय छन् ।

नेपाली र नेपालको साझा हित र विकासका लागि ईमान्दारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरेका ठकुल्लाले गैरआवासीय नेपाली संघलाई सबैको अपनत्व हुने साझा संस्था बनाउने बताए । ठकुल्लाले सन् २०२१–२०२३ कार्यकालमा क्यालिफोर्निया च्याप्टरमा उत्कृष्ट योगदान पु¥याएका   थिए ।

क्यालिफोर्नियाको पशुपती नाथ बुद्ध मन्दिरको ट्रष्टी रहेका ठकुल्ला मन्दिर व्यवस्थापन समितिको सदस्य समेत रहिसकेका छन् । क्यालिफोर्नियामा समस्यामा परेका नेपालीहरुको उद्दार तथा सहयोगमा सक्रिय रहेका ठकुल्लाले नेपालमा दैव प्रकोप सहयोग गर्दै आएका छन् ।

विगतमा विभिन्न सामाजिक संस्थामा रहेर निभाएको समन्वयात्मक भूमिकाका कारण आफूलाई सबैले मतदान गर्ने विश्वास व्यक्त गरे ।

सुदूर पश्चिमको अछाम जन्मिएका ठकुल्लाको कैलालीको टीकापुरका बासिन्दा हुन् ।

एनआरएनए अमेरिकाको बोर्ड अफ डाईरेक्टरमा देउवा उम्मेदवार

न्यूयोर्क,६ जुलाई ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अन्तर्गत राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को अगष्ट १६–१७ मा हुन लागेको राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा रामबहादुर देउवाले बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिएका छन् ।

डा. अर्जुन बञ्जाडेको अध्यक्षतामा रहेको एनआरएनए अमेरिकाको अगष्ट १६–१७ मा हुन लागेको निर्वाचनमा तीन वटा प्यानलबीच प्रतिस्पर्धा भईरहेको छ । देउवाले भानु खरेलको नेतृत्वमा रहेको प्यानलबाट उम्मेदवारी दिएका छन् ।

डोटीका रामबहादुर देउवाले बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिएका छन् । नेपालमा कानून विषयमा स्नातक गरेका देउवा न्यूयोर्कमा व्यवसायमा सक्रिय छन् । देउवा सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कका पूर्व अध्यक्ष समेत हुन् ।

नेपालमा वकालतसंगै गैर सरकारी संस्था सक्रिय रहेका देउवा अमेरिकामा सामाजिक कार्यसंगै व्यवसायमा संलग्न छन् ।

देउवाले एनआरएनए अमेरिकाको २०२१–२३ कार्यकालमा सदस्यता अभिबृद्धि समितिको सदस्यको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए ।

कोभिडका साथै बिभिन्न दैवी प्रकोपको समयमा नेपालमा मानव जीवन रक्षा र उनीहरुको राहतका लागि देउवाले सहयोग गर्दै आएका छन् ।

उनले विश्वासको संकट झेलिरहेको एनआरएनलाई सबैको साझा र विश्वसनीय संस्था बनाउन समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरे ।

बिघटनको संघारमा नागरिक उन्मुक्ति पार्टी

२०७४ को आम निर्वाचनमा कैलालीका ग्रामिण वस्तीहरुमा एउटा गीत परालको आगो झै फैलियो । त्यो थियो, ‘बाबा तोहर छावा जेलम परल बा’ । यो गीत थारु समुदायको मुखमा झुण्डिएको थियो ।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते टीकापुरमा सात सुरक्षाकर्मी र एक नावालकको ज्यान गयो । आरोपित रेशम लाल चौधरी भूमिगत थिए । थारु समुदायका थुप्रै व्यक्ति जेलमा थिए । भूमिगत अवस्थामै रेशमले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिए ।

न चुनावी आम सभा । न कोण सभा । न पर्चा । न पम्पलेट । यो गीतसंगै ग्रामिण वस्तीहरुमा चौधरीको भिडिओ सन्देश देखाईन्थ्यो । उनी भिडिओ सन्देशमा कारागारमा रहेका बन्दीहरुको रिहाईका लागि आफूलाई भोट दिन आह्वान गर्थे ।

त्यो समय, रेशमको छवि चमत्कारिक थियो । उनको एउटा सन्देशले चुनावको माहौल परिवर्तन गरिदिन्थ्यो । त्यसैले भन्थे, ‘फटा पोष्टर निक्ला हिरो ।’
ग्रामिण वस्तीमा ‘हाईटेक’ प्रचारका ‘हट केक’ थिए, रेशम । त्यसअघिका निर्वाचनमा जमानत जफत भएका चौधरीले अधिकांश उम्मेदवारको जमानत जफत गरि दिए ।

जितेपनि उनले काम गर्न पाएनन् । लुकाछिपी, आत्मसमर्पण, कारागार र आममाफी प्रकृयामा पाँच वर्ष बिते । २०७९ सालको निर्वाचनमा रेशमले बर्दियामा उम्मेदवारी दिए । निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदियो । बर्दियाबाट स्वतन्त्र उम्मेदवारी दिएका उनका बुवा लालबीर चौधरी निर्वाचित भए । यता कैलाली क्षेत्र नम्बर १ मा उनकी पत्नी रञ्जिता श्रेष्ठ उम्मेदवार भईन् । रञ्जिताले भारी मतले नेपाली काँग्रेसका उम्मेदवार रामजनम चौधरीलाई पराजित गरिन् । नागरिक उन्मुक्ति पार्टीले कैलालीमा तीन सीट जित्यो । बर्दियाबाट स्वतन्त्र उम्मेदवारी दिएर जितेका लालबीर चौधरी पनि नाउपामा मिसिए । प्रदेश सभामा समानुपातिक सहित सात सिट हात पारेको नाउपाले कैलालीका चार वटा पालिकामा समेत कब्जा जमायो । लुम्बिनीमा चार, मधेश प्रदेशमा एक सीट हात पा¥यो । यसरी एउटा नयाँ शक्तिको उदय भयो ।

थरुहट थारुवानको मुद्दा र रेशमको उदय

माओवादीले जनयुद्धका नाममा शुरु गरेको सशस्त्र संघर्षका लागि कैलाली उर्वर भूमि थियो । काँग्रेसको आधारक्षेत्र मानिने कैलालीको ग्रामिण क्षेत्रमा २०५१ को मध्यावधीसंगै एमालेले प्रभाव बढाउदै लग्यो । २०५८ सम्म थारु समुदायमा माओवादीले आफ्नो प्रभाव जमाईसकेको थियो । द्वन्द्वका १० वर्षमा यस्तो स्थिति थियो, थारु भनेपछि सुरक्षाफौजले बढि केरकार गथ्र्यो । सुरक्षाफौजले थारु भनेकै माओवादी ठान्थ्यो ।

२०६२/६३ को जनआन्दोलनको सफलता र विस्तृत शान्ति सम्झौताले मुलुकमा माओवादी द्वन्द्वको अन्त्य भयो । यद्दपि त्यही द्वन्द्वले बाडेको जातीय राज्यको सपनाले संविधान निर्माणका क्रममा बिभिन्न जातीहरुले जातीय राज्यको माग गर्न थाले । त्योसंगै शुरु भयो, राज्यको नीति निर्माण तहमा हरेक जातीको न्यायोचित सहभागिताको बहस ।

२०५८ साउन २ गते सरकारले मुक्तिको घोषणा गरेर वर्षौदेखि दास सरह जीवन बाँचिरहेका कमैयाहरुलाई मुक्ति त दिलायो । पुनस्र्थापना र अधिकारको मुद्दा भने यथावत रह्यो ।

पश्चिम सेती जलविद्युत आयोजनाबाट विस्थापित हुने पहाडी जिल्लाका बासिन्दालाई कैलालीमा स्थानान्तर गर्ने योजनाको थारु अगुवाहरुले विरोध गरे । थारु समुदायलाई नियोजित रुपमा अल्पमतमा पार्न खोजेको उनीहरुको आरोप थियो । विरोधका कारण त्यो प्रकृया नै अघि बढेन । जसको अगुवाई भानुराम चौधरी र लक्ष्मण चौधरीहरुले गरेका थिए ।

यसअघि जातीय उत्पीडनको अन्त्य र अधिकार प्राप्तीका लागि भन्दै माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षमा होमिएर विनोद चौधरी, मंगल चौधरी, जोखन चौधरी, भगवती चौधरी लगायत थुप्रैले ज्यान गुमाए ।

माओवादी सशस्त्र संघर्षले ईन्द्रजीत चौधरी, कृष्ण चौधरी, आरसी चौधरी, लक्ष्मण चौधरी, बीरमान चौधरी, हरी चौधरी, नेप बहादुर चौधरी, रुपा चौधरी, गौरीशंकर चौधरी लगायत थुप्रै नेताहरु जन्मायो । शान्ति प्रकृयापछि मन्त्री भएका आरसी चौधरी लगायत केही नेताको मृत्यु भईसक्यो ।

द्वन्द्वमा डिल्ली चौधरी बेसको अध्यक्ष थिए । लक्ष्मण थारु माओवादी कमाण्डर । लक्ष्मणले थापेको एम्बुसबाट मुस्किलले जोगिएका डिल्ली मुख्यमन्त्री र मन्त्री भए । माओवादी युद्धबाट खारिएर आएका लक्ष्मणको टीएम डन प्रकरणबाट ओरालो लागेको यात्रा कहाँ गएर टुंगियो, उनैलाई थाह छैन् । मौसम अनुसार दल बदल्नेहरु बिजय गच्छदार, गोपाल दहित, राम जनमका लागि राजनीति सधै एकनास रहेन । राजनीतिमा स्पेश विहीन भए ।
२०६४ सालमा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनमा दाङबाट नेपाली काँग्रेसका प्रभावशाली नेता खुम बहादुर खड्कालाई पराजित गर्दै ईन्द्रजीत बिजयी भए ।

होरीलाल चौधरी, एमालेका होनहार नेता थिए । अशोक राईको जातीय आन्दोलनमा लागेर उनले नेकपा एमालेको अध्यक्ष पद नै त्यागी दिए । लाहुरामको दुर्घटनामा मृत्यु भयो ।  आन्दोलनको अगुवाई गर्ने भानुराम चौधरी, माधव थारु  र होरीलाल चौधरीहरु ओझेलमा परे । थाह छैन भानुराम र होरीलालहरु कहाँ छन् ?

२०७४ मा सम्पन्न प्रदेश सभाको पहिलो निर्वाचनपछि सुदूरपश्चिममा थारु समुदायबाट बीरमान चौधरी मुख्यमन्त्री बन्ने संभावना थियो । तर उनी आवद्ध माओवादी केन्द्रका थारु नेताहरु नै विपक्षमा उभिएका कारण उनी मुख्यमन्त्री बन्न पाएनन् । महत्वपूर्ण पद र अवसरहरु गुमाएर अंशमा रमाउने प्रबृति नेतृत्वमा हावी भयो । आपसमा लड्ने, आफ्नै समुदायका व्यक्तिको अस्तित्व स्वीकार नगर्ने प्रबृतिका कारण पनि थारु आन्दोलनका उपलब्धीहरुको रक्षा हुन सकेन् ।

आन्दोलनमा दुबैतिर ठिक्क हुनेहरु मुख्यमन्त्री र मन्त्री भए । दल बदल्नेहरुले अवसर पाईरहे । जो सधैभरी आन्दोलनको मोर्चामा रहे । ती गुमनाम भए ।

टीएम डन प्रकरण र दीपक मनाङेको संगतले लक्ष्मणको राजनीति झण्डै सकिएको थियो । त्यहीबीचमा थरुहट सेना गठन गरेर उनी चर्चामा आए । थारु समुदायलाई मधेशी अन्तर्गत राख्न खोज्ने नीति विरुद्ध उनले आन्दोलन गरे । र, केही समय अखवार र टीभीको हेडलाईन बने । थारुले राजनीतिमा कसैको झोला नबोक्ने उद्घोष गर्दै परम्परागत दलहरुका विरुद्ध संगठित रुपमा थारु समुदायका युवाहरुलाई उभ्याउन सफल भएका लक्ष्मण प्रकारान्तरमा आफ्नै भारी र कृत्यले थिचिए । थारु समुदायले एउटा संभावना बोकेको नेता गुमायो ।

एक समय थियो, कैलालीमा माओवादीका ३५० जना जिल्ला कमिटि सदस्यमध्ये दुई जना मात्र सेती महाकालीका पक्षमा थिए । बाँकी सबै थरुहटको पक्षमा थिए ।

उता सयौं थारु युवाहरु ज्यान हत्केलामा राखेर जातीय मुक्ति र अधिकारका लागि लडिरहेका थिए । यता रेशम चौधरी प्रधानमन्त्रीका लागि दरवारमा राजालाई बिन्तिपत्र चढाउदै थिए । त्यसपछि टीकापुरमा थारु चेलीहरुलाई भारतीय राजदूतको खुट्टा धुन लगाएर आलोचित भए । चर्चामा आईरहने स्वभावले उनले केही न केही उपद्रव गरिरहे ।

थरुहट थारुवान राज्यको माग गर्दै २०७२ साल भदौमा भएको थारु आन्दोलन माओवादीले द्वन्द्वमा बाडेको जातीय राज्यको आश्वासनको उपज थियो । संविधान निर्माण हुदै थियो । पहाडी समुदायले अखण्ड सुदूरपश्चिमका लागि ३२ दिनसम्म आन्दोलन गरे । त्यही आन्दोलनले सुदूरपश्चिमको भूगोल अखण्ड रह्यो । थारु समुदायका अगुवाहरुको त्यसमा असहमती थियो ।

त्यही असहमती आन्दोलनमा परिणत भयो । र, त्यही क्रममा टीकापुर घट्ना हुन पुग्यो । सात सुरक्षाकर्मी र एक नाबालकको ज्यान लिने गरी भएको टीकापुर घट्नाका क्रममा घट्नास्थलमा फेला परेका थिए, ‘कैलाली, कञ्चनपुर छोड्दैनौ’ लेखिएका प्ले कार्ड । कैलाली र कञ्चनपुर आफूहरुबाट खोसिन लागिएको भ्रम छरेर थारु समुदायलाई आन्दोलन गर्न उक्साएको त्यहाँ भेटिएका पर्चाले संकेत गथ्र्यो । दाङदेखि कञ्चनपुरसम्मका पाँच जिल्लालाई थरुहट प्रदेश बनाउनु पर्ने आन्दोलनको माग थियो ।

त्यही घट्नाबाट रेशम चौधरी चर्चामा आए । उनीमाथि हत्याको आरोप लाग्यो । पक्राउबाट जोगिन भूमिगत भए । त्यसको दुई वर्ष तीन महिनापछि २०७४ मंसिरमा भएको आम निर्वाचनमा भूमिगत अवस्थामै उम्मेदवारी दिएका रेशम भारी मतले निर्वाचित भए ।

रेशमले २०७४ फागुन १४ गते प्रहरी समक्ष आत्मसमर्पण गरे । तीनै तहको अदालतबाट टीकापुर घट्नामा दोषी ठहर भएका उनी २०८० जेठ १५ गते आममाफी पाएर रिहा भए । जेलबाट रिहा भएका उनी २०८० पुष २७ गत सम्पन्न अधिबेशनबाट नाउपाको अध्यक्षमा निर्वाचित भए । अधिबेशनको फैसला अस्वीकार गर्दै उनकी पत्नी रञ्जिता निर्वाचन आयोग पुगिन् । अदालतले दोषी ठहर गरेका उनी साधारण सदस्य बन्न पनि अयोग्य रहेको उनको पत्नी रञ्जिताको जिकिर थियो । २०८० फागुन २४ गते निर्वाचन आयोगले उनलाई अध्यक्षको मान्यता दिन अस्वीकार ग¥यो । रञ्जिता स्वतः पुनः अध्यक्ष भईन् ।

थारु आन्दोलनमा रेशमको कुनै योगदान नै थिएन । योगदान हुनेहरु किनारा लागे । टीकापुर घट्नाको जिम्मेवारी नलिएका रेशम त्यही घट्नाबाट थारुको मसिहा भए । उनी जेलमा गएपछि थारु समुदायको सेन्टिेमटलाई भजाएर रञ्जिता सत्तामा पुगिन् । प्रधानमन्त्री र शीर्ष दलका नेताहरुसंगको उठबसले उनले आफ्ना पति र नाउपाका संरक्षक रेशमलाई नै टेर्न छोडिन् । त्यसपछि के भयो भनिरहन परेन । आन्दोलनबाट जन्मिएको नागरिक उन्मुक्ति पार्टी पति–पत्नीको घर झगडाले बिघट्नको संघारमा पुग्यो । नाउपा पारिवारिक दलमा परिणत भयो । पत्नीलाई हटाएर रेशले नाउपाको अध्यक्ष बुवा लालबीरलाई बनाए । जसलाई अध्यक्ष बनाएपनि घरभन्दा बाहिर नेतृत्व हस्तान्तरण गरेनन् । कहिले पत्नी अध्यक्ष । कहिले बुवा । संरक्षक रहेका उनी गुटको नेता बने ।

आन्दोलनमा एकढिक्का भएका थारु अगुवाहरु चुनावमा सधै बाडिए । कोही काँग्रेस भए । कोही एमाले । कोही माओवादी । कतिले मधेशवादी दलको फेर समाते । कोही गीता राणाको प्रचारक भए ।

चुनावको मुखमा बिभिन्न पार्टीबाट नाउपाबाट उम्मेदवार बनेकाहरुले उनीहरुले सत्ताको स्वाद चाखे । बाँकी त टुकी बालेर खोज्नु पर्ने अवस्थामा पुगे । रेशम–रञ्जिताले थारु आन्दोलन सत्तामा पुग्ने माध्यम बनाए । पार्टीको नेतृत्व र मन्त्रीहरु कमाउ धन्दामा लागे । उनीहरुको पदलोलुपताका अगाडि क्षमता, योगदान र परिवारको बलिदानी जस्ता कुरा गौण भए । भानुराम र ईन्दु चौधरीहरु त्यसको उदाहरण हुन् ।

टीकापुर घट्नामा मुद्दा खेप्नेहरुको उठिवास भयो । त्यही घट्ना कतिपय नेतालाई फलिफाप भयो । थारुका मुद्दासंग कसलाई सरोकार ? नेताहरु चुनाव जितेपछि सत्ताको हारालुछमा लिप्त भए । संसदीय दलको नेता फेरवदल भईरहे । उनीहरु पैसा कसरी कमाउने ध्याउन्नमा जुटे । अध्यक्ष श्रेष्ठ लिचिवारी जग्गा प्रकरणसंगै मालपोतको हाकिम सरुवा प्रकरणमा जोडिईन् । मन्त्री बनेका लक्ष्मण किशोर चौधरीले आर्थिक लेनदेन प्रकरणको अडियो बाहिरिएपछि पद गुमाउनु प¥यो । रामेश्वर चौधरी मन्त्री रहेकै बेला बर्खास्त गरिए ।

नागरिक उन्मुक्ति पार्टीमाथि थारु समुदायको ठूलो भरोसा थियो । त्यही भरोसा व्यालेटमा खस्यो । २०७९ को निर्वाचनमा नाउपा एउटा शक्तिका रुपमा स्थापित भयो । त्यसपछि के भयो । जग जाहेर छ । नाउपा अनुशासन र लगामहीन पार्टी भयो ।

न बिधि । न पद्धति । न अनुशासन । न जवाफदेहिता । बस्, सबैलाई मन्त्री हुनु छ । सबैलाई पद चाहिएको छ । आफै अध्यक्ष । आफै मन्त्री । सबै पद आफैलाई चाहिने । रञ्जिता सत्ता बाहिर बस्न नसक्ने भईन् ।  त्यसको असर प्रदेश संसदीय दलमा पनि प¥यो । प्रदेशमा मन्त्री बन्न संसदीय दलको नेता फेरिरहने संस्कार बन्यो । सक्नेले मन्त्री पड्काए । बिधि, पद्धति, क्षमता र योगदानले कोही मन्त्री भएनन् ।

मन्त्री पद छोड्नै नसक्ने अवस्थामा उनीहरु पुगे । कतिसम्म भने मुख्यमन्त्री कमल बहादुर शाहले रामेश्वर चौधरीलाई मन्त्रीबाट बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय ग¥यो । संघीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री अरुण चौधरी पार्टीको निर्णयलाई लत्याएर सरकारमा सहभागी भईरहे । यता प्रदेश सभामा नाउपाका सदस्य कैलाश चौधरीले मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिए । मन्त्री बन्ने लालसाले कैलाशले पार्टीको निर्णय विपरित विश्वासको मत दिदा नाउपाका अन्य छ जना सांसद भने प्रदेश सभाको बैठकमा अनुस्थित रहे ।

नाउपाले एक पटक विश्वासको मत नदिएर राजेन्द्र रावलको सरकार ढाल्यो । दोस्रो पटक, कमल बहादुर शाह नाउपाको मत नपाएर अल्पमतमा पर्यो । फेरि तेस्रो पटक शाहलाई नै विश्वासको मत दियो । चौथौ पटक, नाउपाका एक जनाले मात्र शाहलाई विश्वासको मत दिए । अरुले दिएनन । नाउपाको अपरिपक्वताको यो भन्दा उदाहरण अरु के हुन सक्छ ?

दक्षिण सुडानमा सशस्त्र संघर्षको बलमा सत्तामा पुगेका सुडनिज पिपुल लिवरनेशनका आर्मीका हतियारधारी व्यक्तिहरुले पसलमा गएर लुटपाथ गर्थे । आफूलाई मन लागेको वस्तु पसलबाट जवर्जस्ती लगेर जान्थे । पसलेले म तिमीहरुको सेनापतिलाई उजुरी गर्छु भनेर तर्साउन खोज्थे । हतियारधारी व्यक्तिले भन्थे, यहाँको सेनापती म नै हूँ । तिमी कसलाई उजुरी गर्छौ ?

त्यस्तै मैमत्त र लगामविहीन भएका छन्, नाउपाका सांसदहरु ।

संस्थाको एकता र अमेरिकास्थित नेपाली समुदायको सम्मान उच्च बनाउने भानु खरेलको प्रतिबद्धता

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाको २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको भानु खरेलले आफु विजयी भएमा संस्थाको एकता र अमेरिकास्थित नेपाली समुदायको सम्मान उच्च बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

एनआरएनए एनसीसी अमेरिकाका सबै पंजीकृत सदस्यहरुलाई सम्बोधन गरिएको एक संदेशमा खरेलले यही अगष्ट १६ र १७ तारिखमा हुन गै रहेको निर्वाचनमा आफु र आफ्नो टिमलाई विजयी बनाउन अपिल गरेका छन् । सातवटा चुनावी प्रतिबद्धतासहि चुनावमा होमिएको खरेल टिमले सबैको साथ लिएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

उम्मेदवार खरेलले संस्थाको प्रतिष्ठालाई पुनः स्थापित गर्ने बताउँदै नेपालसँगको सम्बन्ध सुदृढीकरण गर्ने, आपसी एकता कायम गर्ने, अमेरिकामा रहेका नेपालीहरुले हासिल गरेको ज्ञान र सीपलाई नेपालसँग जोड्नुका साथै समुदायको सेवामा सधैं क्रियाशील रहने जनाएका छन् ।

गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, नेपालमा रहेको सम्पत्ति सुरक्षा, र भिसा समस्याको समाधानका लागि नेपाल सरकारसँग प्रभावकारी लबिङ गर्ने पनि उल्लेख गरेका छन् । उनले नेपाल र अमेरिकाबीच दोहोरो कर हटाउने सम्झौता ९डीटीएए० का लागि रचनात्मक पहल गर्ने साथै एनआरएनहरुलाई नेपाली नागरिकसरह नेपालमा लगानीको वातावरण बनाउन नेपाल सरकारसँग सहकार्य गर्ने एजेन्डामा उल्लेख छ ।

अमेरिकास्थित नेपाली समुदायको ज्ञान र अनुभव साझेदारीका लागि बलियो प्लेटफर्म स्थापना गर्ने र अमेरिकामा कार्यरत नेपाली उद्यमीहरूलाई सहयोग गर्न नेपाल बिजनेस फोरम गठन गर्ने पनि भानु टिमको प्रतिवद्धता छ ।

यस्तै अमेरिकामा नेपाली दूतावास र अन्य संघसंस्थासँग सहकार्य गरी समुदायका समस्या समाधानका लागि पहल गर्ने, नेपाली भाषा, संस्कृति, र सम्पदाको संरक्षण, तथा नेपाली पाठशालाहरूबीच समन्वय गर्ने पनि उनले प्रतिबद्धता गरेका छन् ।

अध्यक्षका उम्मेदवार खरेलले अमेरिकास्थित नेपाली समुदायको ‘भिजिविलिटी’ बढाउन र सम्मान उच्च बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन्। ‘हाम्रो समुदायको शक्ति हाम्रो एकतामा छ, र हामी सबै मिलेर उल्लेखनीय प्रगति हासिल गर्न सक्छौं,’ उनले भने।

एनआरएनए अमेरिकाको निर्वाचनमा पाँच जना सुदूरपश्चिमेली उम्मेदवार, एक निर्विरोध

न्यूयोर्क,६ जुलाई ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अन्तर्गत राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को अगष्ट १६–१७ मा हुन लागेको राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा पाँच जना सुदूर पश्चिमेलीले उम्मेदवारी दर्ता गरेका छन् ।

जसमध्ये एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अन्तरगत आईसीसी सदस्य पदमा उम्मेदवारी दिएका सुदूरपश्चिमका हरिप्रसाद जोशी निर्विरोध भईसकेका छन् । बाँकी चार जना चुनावी मैदानमा छन् ।

डा. अर्जुन बञ्जाडेको अध्यक्षतामा रहेको एनआरएनए अमेरिकाको अगष्ट १६–१७ मा हुन लागेको निर्वाचनमा तीन वटा प्यानलबीच प्रतिस्पर्धा भईरहेको छ ।

जसमध्ये सुदूरपश्चिमेलीहरु भानु खरेलको नेतृत्वमा रहेको प्यानलबाट उम्मेदवार बनेका छन् ।

यस पटकको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) निर्बाचनमा बैतडीका बासुदेव भट्टले खुला सचिव पदमा उम्मेदवारी दिएका छन् । सन् २०१३ देखि अमेरिकाको नर्थ क्यारोलिनामा बसोबास गर्दै आएका भट्ट १२ वर्षदेखि एनआरएनएमा सक्रिय छन् । उनले यसअघि नर्थ क्यारोलिना च्याप्टरका सचिव (२०१९–२१) र अध्यक्ष (२०२१–२३) को जिम्मेवारी सम्हालिसकेका छन् । अघिल्लो कार्यकालमा भट्टले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को बोर्ड अफ डाइरेक्टर पदमा काम गरिसकेका छन् ।

डोटीका रामबहादुर देउवाले बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिएका छन् । नेपालमा कानून विषयमा स्नातक गरेका देउवा न्यूयोर्कमा व्यवसायमा सक्रिय छन् । देउवा सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कका पूर्व अध्यक्ष समेत हुन् ।

बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिएका अछामका हेमबहादुर ठकुल्ला क्यालिफोर्नियाको लस एन्जलसमा बसोबास गर्दै आएका छन् । उनी सुदूरपश्चिम नेपाली समाज क्यालिफोर्नियामा लामो समयदेखि आबद्ध रही सामाजिक सेवामा सक्रिय छन् ।

कञ्चनपुरका युवा सुरेन्द्रप्रसाद अवस्थीले पनि बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिएका छन् । नेपालमा रहँदा उनी नेपाल विद्यार्थी संघ तथा जुनियर रेडक्रस सर्कल मार्फत सामाजिक क्रियाकलापमा सक्रिय थिए ।

हाल उनी टेक्ससको सेन्ट्रल अस्टिनमा बसोबास गर्दै छन् र सुदूरपश्चिम नेपाली समाज टेक्ससको दोस्रो कार्यकालको लागि बोर्ड सदस्यका रूपमा कार्यरत छन् ।

सैयाराः विश्वव्यापी रुपमा पाँच सय करोड क्लबमा, नेपालबाट कति ?

मुम्बई : बलिउड अभिनेता–अभिनेत्री अहान पाण्डे तथा अनीत पड्डाको फिल्म ‘सैयारा’ ले भारतमा मात्र नभएर नेपालसहित विश्वका अधिकांश देशका हिन्दी फिल्मका दर्शकमाझ तहल्का मच्चाएको छ । पहिलो दुई हप्ता मै ऐतिहासिक आम्दानी गरेको यो फिल्मले तेस्रो सप्ताहन्तमा फेरि एक नयाँ कीर्तिमान राखेको छ । मोहित सूरीको निर्देशनमा बनेको यो फिल्मले गत आइतवार नै भारतभरिको ग्रस कलेक्सनमार्फत तीन सय करोड क्लबमा प्रवेश गरिसकेको थियो ।

प्राप्त ताजा तथ्यांक अनुसार यो फिल्मले मंगलवारसम्म भारतमा मात्र तीन सय ६६ करोड भारतीय रुपैयाँ तथा भारत बाहिर १ सय ३४ करोड भारुसहित विश्वव्यापी रुपमा पाँच सय करोड भारु ग्रस कलेक्सन गरिसकेको छ । यद्यपि, अहिले यो म्युजिकल रोमान्टिक ड्रामाको गति केही कम भएको छ । तर पनि यसले गत सप्ताहन्तमा राम्रो फड्को मारेको थियो । यो फिल्मले १७ दिनमै आफ्नो बजेटको तुलनामा ६ दशमलव ६ गुणा बढी नाफा कमाएको छ । यो फिल्मको आम्दानी वास्तवमै आश्चर्यजनक रहेको छ ।

रिलिजको १०औँ दिनमा यसले पाँच वटै भाषामा २३ करोड ५० लाख भारु आम्दानी गरेको थियो भने हिन्दी संस्करणबाट १८ करोड भारुको नेट कलेक्सन गरेको थियो । ‘सैयारा’ लाई सन अफ सरदार २, धडक २ तथा महावतार नरसिंहाजस्ता फिल्मका कारण शोहरूमा असर परेको छ । यसकारण यसको आम्दानीमा केही गिरावट देखिएता पनि फिल्म हेर्ने दर्शकको भिड घटेको छैन ।

प्रारम्भिक ट्रेण्डअनुसार, भारतमा सौयाराले तेस्रो आइतवारका दिन २३ करोड ५० लाख भारु नेट कलेक्सन गरिरहँदा नेपालमा भने ९ करोडभन्दा बढी ग्रस कलेक्शन गर्न सफल भएको जानकारी प्राप्त भएको छ । यो फिल्मले साउन १८ गते आइतवार साँझसम्म उक्त आम्दानी गरेको हो । योसँगै ‘सैयारा’ सन् २०२५ मा नेपालमा अहिलेसम्म सर्वाधिक आम्दानी गर्ने विदेशी फिल्म बनेको छ ।

यसरी फिल्मको कुल आम्दानी अब पाँच सय करोड भारु पुगेको छ। यसरी यो प्रतिष्ठित क्लबमा सबैभन्दा चाँडो प्रवेश गर्ने शीर्ष १५ बलिउड फिल्मको सूचीमा समावेश भइसकेको छ ।

सैयाराले बजरंगी भाइजान, वार, सुल्तान तथा पद्मावतलाई समेत पछि पारेको छ । ‘सैयारा’ को भारतको आम्दानी अनुसार ३०० करोड क्लबमा प्रवेश कुनै जादु भन्दा कम छैन । ४५ करोड भारुको बजेटमा बनेको यो फिल्म अल टाइम ब्लकबस्टर बन्नेछ भन्ने कसैले पनि कल्पना गरेको थिएन ।

रमाइलो कुरा के छ भने यसले १७ दिनमै आफ्नो बजेटको ६ दशमलव ६ गुणा बढी आम्दानी गरेर ५६६ दशमलव ६७ प्रतिशत नाफा कमाइ गरेर रेकर्ड बनाउन सफल भएको छ ।

महावतार नरसिंह तथा सन अफ सरदार २ बाट यसलाई चुनौती पक्कै मिलिरहेको छ, तर अगष्ट १४ मा ‘वार–२’ को रिलिज अघिसम्म यसले आम्दानी रोकिने कुनै संकेत देखिएको छैन ।

 

एसियाली युथ बक्सिङमा नेपालका अर्पिललाई कास्य पदक

काठमाडौं ।   एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु–२२ उमेरसमूहमा नेपालका अर्पिल राना बुधबार कास्य पदकमा सीमित भएका छन्।

पुरुष ५० केजी तौलसमूहको सेमिफाइनलमा अर्पिल जापानका मुक्केवाज सोदाई कोटोसँग ५–० ले पराजित भएपछि कास्यमा सीमित भएका हुन्।

एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैंककमा जारी प्रतियोगितामा यसअघि अर्पिलले प्रिक्वाटरफाइनलमा साउदी अरबका इब्राहीमलाई ५–० तथा भुटानका किन्ले फुन्चोलाई ४–१ ले हराउदै सेमिफाइनलमा पुगेका थिए ।

नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले स्वर्णकै प्रबल दाबेदार जापानका खेलाडीसँग अर्पिलले राम्रो प्रदर्शन गरेको बताए ।

‘जापानका खेलाडी आफ्नो तौलसमूहका स्वर्णका प्रबल दाबेदार हुन् । बलियो प्रतिद्वन्द्वीसंग अर्पिलले राम्रो खेलेका हुन्।’ महासचिव भण्डारीले भने– ‘अर्पिल राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन– २०२० को विशेष प्रशिक्षणमा रहेका खेलाडी हुन् । यो प्रशिक्षणले अर्पिल मात्र होइन, धेरै खेलाडीको प्रदर्शनमा उल्लेख्य सुधार ल्याएको छ ’

अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्लाबाट हुने व्यवस्थालाई सबैले मान्नुपर्छ : सञ्चारमन्त्री

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी नयाँ नियमलाई स्वीकारेर अघि बढ्नुपर्ने बताएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै, उनले संसद्ले पारित गरेको कानुनअनुसार अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया अब जिल्ला प्रशासन कार्यालयमार्फत हुनेछ र सबैले यसलाई मान्नुपर्ने बताए।

मन्त्री गुरुङले नयाँ व्यवस्था संसद् सदनबाट पास हुँदा आफूलाई पनि जानकारी नभएको बताएका छन्। साथै, केही नेपाल ऐन संशोधन सम्बन्धी काम सञ्चार मन्त्रालयको नभई कानुन मन्त्रालयको जिम्मेवारी भएको पनि उनले स्पष्ट पारे।

सरकारले हालै केही नेपाल ऐन संशोधनमार्फत छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा नयाँ व्यवस्था थप गरेपछि अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासन कार्यालयमार्फत गरिने व्यवस्था लागू भएको हो।

गृहमन्त्रीलाई विश्वप्रकाशप्रश्न : सहकारी ठगी प्रकरणमा फरार रहेका जीबीराईलाई मलेसियाबाट ल्याउन किन ढिलाइ ?

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले सहकारी ठगी प्रकरणमा रवि लामिछाने र छविलाल जोशीविरुद्ध कारबाही प्रक्रिया अघि बढेको भन्दै राई पक्राउ नपरेकोमा गृहमन्त्रीमाथि प्रश्न उठाएका हुन् ।

‘गृहमन्त्री ज्युलाई सम्माननीय सभामुख महोदय मार्फत म सोध्न चाहन्छु, सहकारी ठग कोही जेल गए तर कोही कैयौलाई अझै पनि कैयौ लाई कारबाहीको दायरामा ल्याउनलाई ढिलाई किन भइरहेको छ ? जीबी राईका दुई थान पार्टनर जेलमा छन् तर उनलाई मलेसियाबाट नेपाल ल्याउने प्रक्रिया किन परिणाममा पुगेको छैन ?’, उनले भने ।

सहकारी ठगी प्रकरण सार्वजनिक भएपछि सहकारी सञ्चालक राई फरार भएयता तीन जना गृहमन्त्री नियुक्त भएको भन्दै उनले राईलाई नेपाल झिकाउन नसक्नुलाई कूटनीतिक असफलता हो ? भन्दै प्रश्न गरेका छन् । ‘उनी भागे यता नेपालमा तीन जना गृहमन्त्री बन्नु भएछ’, उनल भने, ‘हाम्रो कुटनीतिक र प्रशासनिक शक्ति नै यति कमजोर छ कि हामी हजारौं नेपालीलाई ठगेको टिमको उपनायकीलाई पक्राउ गरेर नेपाल ल्याउन सक्दैनौ? सम्माननीय सभामुख महोदय मार्फत म यो प्रश्न गर्न चाहन्छु ।’

शर्माले सहकारी ठगीमा पीडित बनेका बचतकर्ताको पाँच लाखसम्मको रकम तत्काल फिर्ता गराउने प्रक्रिया अविलम्ब अगाडि बढाउन आग्रह गरेका छन् ।

सरकारले अध्यादेश नै जारी गरेर सहकारी पीडितको पााँच लाखसम्मको रकम फिर्ता गर्ने निर्णय भएपनि किन ढिलाई भएको हो ? भन्दै प्रश्न गरेका छन् ।

रविन्द्र ढाँटलाई राष्ट्रपति पौडेलको सम्मान, भने- खेलाडीको भविष्य खेल क्षेत्रमै सुरक्षित गर्न सरकारले ध्यान दिनुपर्छ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रविन्द्र ढाँटलाई सम्मान गरेका छन् । बुधबार शीतलनिवास आयोजित विशेष कार्यक्रममा राष्ट्रपति पौडेलले म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता ढाँटलाई सम्मान गरेका हुन् । कार्यक्रममा पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवम् खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्ने बताए । ‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरूले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन्,’ उनले भने ।

व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा खेलको महत्त्व रहेको बताउँदै राष्ट्रपति पौडेलले भने, ‘खेल क्षेत्रको विकासमा सरकार, खेलसँग सम्बन्धित संस्था र निकायले आगामी दिनमा अझै प्रभावकारी ढङ्गले काम गर्न क्रियाशील हुने विश्वास लिएको छु ।’

राष्ट्रपति पौडेलले बझाङको बाघ भनेर परिचित नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले आफ्नो खेल कौशल, सामर्थ्य, शक्ति र खेलप्रतिको अगाध समर्पणले यो उपाधि जित्न सफल हुनु नेपालीहरूका लागि गौरवको विषय भएको बताए ।

बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न भौतिक पूर्वाधार मन्त्री दाहालको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

सडक विभागद्वारा आयोजित गत आवको प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दाहालले ‘अहिले के को हतार, विस्तारै गरौँला नि’ भन्ने नसोची बजेट तथा कार्यक्रम तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

आव सुरु हुनुभन्दा डेढ महिनाअघि बजेट सार्वजनिक गर्नुको मर्म पनि आवको सुरुआतसँगै कार्यान्वयन प्रक्रिया अघि बढाउन सहज होस् भन्ने रहेको उल्लेख गर्दै उनले तत्कालैदेखि काम सुरु गरी उच्च नतिजा निकाल्न निर्देशन दिए ।

“आवको अन्त्यतिर हतारहतार काम गरेर बजेट कार्यान्वयनको परिमाण बढाउने चलन पनि छ”, मन्त्री दाहालले भने, “बेलामा काम नथाल्ने अनि बित्न लागेपछि हतार गरेर प्रभावकारी परिणाम निस्कदैन, त्यसैले अहिलेदेखि नै काम अघि बढाउनु होला, गत आवको भन्दा राम्रो नतिजा देखिने गरी काम गर्नुपर्छ ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नागरिकलाई विकासको महसुस गराउने प्रमुख मन्त्रालय तथा सडक विभाग प्रमुख अङ्ग रहेकाले सडक विभागको काम र परिणामले सिङ्गो मन्त्रालयको कार्यसम्पादन र नतिजामा महत्त्वपूर्ण अर्थ राख्ने मन्त्री दाहालको भनाइ थियो ।

थालिएका योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न निर्देश दिँदै उनले अब सुरु गर्ने योजनामा कुनै अवरोध आउन नदिनेमा जोड दिए ।

गुणस्तरमा सम्झौता नगर्नु

कुनै पनि पूर्वाधार निर्माणलाई छिटो, छरितो र गुणस्तरीय बनाउन सम्झौता गर्न नसकिने मन्त्री दाहालले बताए । उनले भने, “छिटोको नाममा गुणस्तरहिन काम हुनु भएन र गुणस्तर कायम गर्ने नाममा ढिलासुस्ती पनि हुनु भएन । समय र गुणस्तरलाई सन्तुलनमा राखेर काम गर्न आवश्यक छ ।”

वर्षायाम सुरु भइसकेकाले सडक तथा यातायात अवरुद्ध हुन नदिने गरी स्रोत साधन, जनशक्ति र उपकरण परिचालन गर्न समेत उनको निर्देशन छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले कुनै पनि योजना रुग्ण हुने अवस्था आउन नदिने निर्देशन दिए । रुग्ण आयोजनाको व्यवस्थापन मन्त्रालयको प्राथमिकतामा रहेको स्मरण गराउँदै उनले बाँकी रुग्ण आयोजनाको व्यवस्थापनतर्फ ध्यान दिन आग्रह गरे ।

मन्त्रालयले गत आवमा विगत छ वर्षयताकै उच्च पुँजीगत खर्च गरेको थियो । आव २०८१/८२ मा छ वर्षयताकै सबैभन्दा बढी ७६ दशमलव ४१ प्रतिशत प्रगति भएको मन्त्रालयले यसअघि जनाइसकेको छ ।

यस्तै सडक विभागका महानिर्देशक डा विजय जैसीले नीति कार्यक्रम तथा बजेटमा समावेश कार्यक्रम कार्यान्वयनको प्रक्रियामा ढिलाइ नगर्ने बताए ।

वर्षको अन्त्यमा चाप पर्न नदिने गरी तत्कालैदेखि काम सुरु गरी छिटो नतिजा निकाल्ने गरी काम गर्न विभाग क्रियाशील रहेको उनको भनाइ छ ।

वर्षाको समयमा सकेसम्म सडक अवरुद्ध हुन नदिने र अवरुद्ध भएमा पनि सकेसम्म छिटो खुलाउने गरी संयन्त्र परिचालन भएको सडक विभागले जनाएको छ ।

कार दुर्घटनामा परे पशुपति शर्मा

स्याङ्जा । गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ। बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा उनी सवार कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको प्रहरीले जनाएको छ । कारमा गायक शर्मा सहित चारजना सवार थिए । दुर्घटापछि कारमा सामान्य क्षति पुगेको छ ।

सांगीतिक कार्यक्रममा सहभागी हुन स्याङ्जा पुगेका उनको सवारी दुर्घटनामा शर्माको देब्रे हातको एउटा औंला भाँचिएको छ । कार घुम्तिमा अनियन्त्रित भइ नालीमा खसेको थियो । शर्मा कारको अगाडि सिटमा थिए ।

 

 

तुर्किमेनिस्तानका राष्ट्रपतिलाई प्रधानमन्त्रीले दिए नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका छन्।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा आज भएको भेटवार्ताका अवसरमा प्रधानमन्त्री ओलीले आगामी वर्ष नेपाल भ्रमणका लागि राष्ट्रपतिलाई निमन्त्रणा गरेका हुन्।

भेटपछि दुवै मुलुकका सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले दुईपक्षीय हित, चोसो, सहयोग र सहकार्यसहित दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ र उपलब्धिमूलक बनाउनलगायतका विषयमा छलफल भएको बताए।

सो अवसरमा उनले छोटो समयावधिमा तुर्कमेनिस्ताले गरेको विकासको प्रशंसा गर्दै नेपाल सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुने जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले आवाजा सहरमा भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको भव्य आयोजनाका लागि राष्ट्रपति बेरदिमुहामेदोभलाई धन्यवाद दिए।

प्रधानमन्त्री ओलीको आजै अन्य मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखसँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ।

हरेक १० वर्षमा हुने सो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली उच्चस्तरीय भेटघाटसहित विभिन्न कार्यक्रममा सहभागी छन्।

रवि लामिछाने गृहमन्त्री हुँदा सबैभन्दा धेरै भिजिट भिसाको आडमा मान्छेहरू बेचविखन

 काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसा दुरुपयोग प्रकरणमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा आफूहरू पनि स्पष्ट रहेको बताएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदीय छानबिन समितिले यस विषयमा काम गरिरहेको जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रक्रिया बाहिर गएर विरोध जनाउनु उचित नहुने टिप्पणी गरे ।

शर्माले पछिल्ला पाँच गृहमन्त्रीको कार्यकालका तथ्याङ्क प्रस्तुत गर्दै सबैभन्दा धेरै भिजिट भिसामा नागरिक विदेश गएको रवि लामिछाने गृहमन्त्री भएको छोटो अवधिमा भएको उल्लेख गरे । उनले भने, ‘सबैभन्दा धेरै भिजिट भिसामा मानिस विदेश गएको तपाईंकै सभापति गृहमन्त्री भएका बेला हो । अब के यसै आधारमा भन्न सकिन्छ कि मानव तस्करीकै सबैभन्दा ठूलो लहर रविजीको पालामा भएको हो ?’

शर्माले भावनामा बहकिएर, अराजक शैली अपनाएर र जिद्दी अडान राखेर विषयलाई राजनीतिकरण गर्नुको सट्टा संवैधानिक निकायहरूले अगाडि बढाएको प्रक्रियालाई सहयोग गर्न र विधिको शासनमा विश्वास गर्न आग्रह गरे ।

अमेरिकाले हिरोशिमामा परमाणु बम खसालेको ८० वर्ष पूरा

एजेन्सी । अमेरिकाले जापानको हिरोशिमामा परमाणु बम खसालेको ८० वर्ष पूरा भएको छ । सन् १९४५ अगस्ट ६ तारिखमा अमेरिकाले जापानमा पहिलो पटक परमाणु बम आक्रमण गरेको थियो । दोस्रो विश्वयुद्धका क्रममा जापानलाई आत्मसमर्पण गराउने उद्देश्यले अमेरिकाले जापानी शहर हिरोशिमामा परमाणु बम खसालेको थियो ।

हिरोशिमामा खसालेको ‘लिटल ब्याई’ नामक बममा झन्डै १५ हजार टन विस्फोटक पदार्थको शक्ति थियो । यसले १३ वर्गकिलोमिटर क्षेत्रलाई ध्वस्त पारेको थियो । तर जापानले आत्मसमर्पण नगरेपछि अमेरिकाले त्यसको ३ दिनपछि अगस्ट ९ तारिखमा जापानको अर्को शहर नागासाकीमा पनि परमाणु बम आक्रमण गरेको थियो ।

परमाणु बमले कति मानिसको ज्यान लियो भन्ने यकिन तथ्याङ्क छैन । तर हिरोशिमाको ३ लाख ५० हजार जनसङ्ख्यामध्ये १ लाख ४० हजार र नागासाकीमा कम्तीमा ७४ हजार जनाको ज्यान गएको बताइन्छ । बमको विकिरणको असरका कारण हप्तौं, महिनौं र वर्षौंपछि पनि विभिन्न रोगका कारण मानिसले ज्यान गुमाएका थिए ।

बम विस्फोटपछि जापानले सन् १९४५ अगस्ट १४ तारिखमा आत्मसमर्पण गरेको थियो । त्यसपछि एशियामा दोस्रो विश्वयुद्ध सकिएको हो । युरोपमा भने सन् १९४५ को मे ७ तारिखमै युद्ध सकिएको हो ।

यसैबीच जापानले हिरोशिमामा परमाणु बम आक्रमण भएको ८० वर्ष पुगेको सम्झनामा बिहान मौन प्रार्थना कार्यक्रम आयोजना गरेको छ । समारोहमा जापानी प्रधानमन्त्री शिगेरु इशिबालगायत विश्वभरका अधिकारीहरू उपस्थित थिए ।

शहरको शान्ति स्मृति पार्कमा भएको समारोहमा हिरोशिमाका मेयर काजुमी मात्सुईले युद्धमा आणविक बम विस्फोट भएको जापान एकमात्र राष्ट्र भएको बताउँदै सरकारले वास्तविक र दिगो शान्तिको आकाङ्क्षा राख्ने नागरिकको प्रतिनिधित्व गर्ने उल्लेख गरे ।

एमसीसीमा देउवा भन्दा ओली झन् कडाः प्रचण्ड

काठ्माण्डौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसभन्दा नेकपा एमाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास हुनुपर्छ भन्नेमा बढी पक्षधर रहेको आरोप लगाएका छन्।

काठ्माण्डौँमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। एमसीसी जस्ताको त्यस्तै हुनुपर्छ भन्नेमा कांग्रेस सभापति शेरबहादुर देउवाभन्दा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झनै कडा पाएको बताए।

एमसीसी जस्ताको त्यस्तै पास गर्न दिनु हुँदैन भनेर एमालेसँग छलफल गर्दा कांग्रेस भन्दा बढी पक्षधर रहेको पाएको बताए।

उनले एमसीसी जस्ताको त्यस्तै पास हुन नदिनका लागि कांग्रेस र एमालेसँग बारम्बार छलफल गर्दा पनि सहमति नजुटेपछि मन नलागी नलागी एमाले नेतृत्वसँग छलफलका लागि आफूहरू गएको तर एमालेले अपमानजनक भाषा प्रयोग गरेको आरोप लगाए।

अध्यक्ष दाहालले भने, ‘जसरी पनि एमसीसी पारित हुने भयो। हामीले रोक्नसक्ने स्थिति भएन। कांग्रेस दृढ अडानमा छ। एमाले र कांग्रेस मिलेपछि भइहाल्छ। एमाले नेतृत्वबाट सँगै समझदारी गरेको, कार्यदल बनाएकोबाट आश गरेको त झन् कडा। कांग्रेस भन्दा त केपी ओली त झन् कडा। हाम्रा केही साथीहरू त जाउँ भयो, झगडा गर्दागर्दै पनि यही विषयको गम्भीरता र महत्वलाई ध्यान दिएर देशको लागि जाने हो के लाज मान्ने हो र? देशको भलो हुन्छ भने जोसँग भएपनि वार्ता गर्न के हुन्छ भनेर अफ्ठ्यारो मानि मानि गएका थियौँ। तर यति नमिठो, यति तीतो र यति अपमानजनक भाषा उहाँले प्रयोग गर्नुभयो, कांग्रेस भन्दा त धेरै बढी रहेछ।

एमाले नेपाललाई आईपीएसको सदस्य बनाउने पहल गर्ने र एसपीपीमा सैद्धान्तिक सहमति गर्ने पार्टी भएको आरोप लगाए।

उनले भने, ‘आईपीएसको सदस्य बनाउने पनि उहाँहरू नै हो। एसपीपीसँग पनि सैद्धान्तिक सहमति गर्नेहरु पनि उहाँहरू नै हो। त्यसपछि अन्तिममा यसलाई बहिष्कार गर्ने, भोटिङमा भाग नलिने बाटो थियो। तर अनुमोदन त भइसक्थ्यो। त्यसलाई रोक्न र क्रान्ति नै शुरु गर्नसक्ने स्थिति थिएन।’

अध्यक्ष दाहालले आफूहरुको बारम्बारको प्रयासपछि मात्रै व्याख्यात्मक टिप्प्णीसहित एमसीसी पास गरिएको दाबी गरे।

खोज्नुहोस