जनैपूर्णिमा : राष्ट्रपतिबाट रक्षाबन्धन ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै) एवं रक्षाबन्धन ग्रहण गरेका छन् ।

राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट आज निर्धारित साइतअनुसार वैदिक रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँगै आफन्तजनले रक्षाबन्धन ग्रहण गरेका हुन् ।

यसअघि आजै राष्ट्रपति पौडेलले जनैपूर्णिमा, ऋषितर्पणी एवं रक्षाबन्धनको अवसरमा देश विदेशमा रहेएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले आज एक शुभकामना सन्देश दिँदै नवयज्ञोपवित एवं रक्षाबन्धन धारण गरेर मनाउने यस पर्वले नेपालीबीच आपसी सम्बन्ध र सद्भाव प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

जनैपूर्णिमा एवं ऋषितर्पणी पर्वको आफ्नै विशिष्ट महत्व रहेको बताउँदै उहाँले विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, चाडपर्व र परम्परा रहेको हाम्रो देशमा मनाइने यसप्रकारका चाडपर्वले आपसमा मित्रता, प्रेम र सद्भाव अभिवृद्धि गर्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिने विश्वास पनि व्यक्त गरे ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा तीन सयभन्दा बढी हेक्टरमा सिँचाइ विस्तार

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा प्रदेशमा ३७८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरेको छ।

प्रदेश सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा एक हजार ५४७ साना सिँचाइ आयोजनामार्फत सिँचाइ सुविधा विस्तार गरेको हो। यसैगरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बैतडीमा १०० रोपनी र दार्चुलामा १२.५ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार गरिएको छ। डोटीमा सुन्तला, बाजुरामा ४.१६ हेक्टर क्षेत्रफलमा ओखरखेती विस्तार भएको जनाइएको छ। डडेल्धुरामा २५० वर्ग किलोमिटर र कञ्चनपुरमा ४० हेक्टर जमिनमा तरकारी खेती विस्तार गरेको प्रदेश सरकारद्वारा सार्वजनिक गरिएको एक वर्षको कार्य प्रगति विवरणमा उल्लेख छ।

कैलालीमा तरकारी बीउ, कञ्चनपुरमा ४० हेक्टरमा तरकारी खेती र बझाङमा तरकारी, आलु गरी नौ वटा ब्लक स्थापना भएको प्रदेश सरकारले जानकारी दिएको छ। यसैगरी, अछाममा तीन हेक्टर, बझाङमा १५ हेक्टर, बैतडीमा नौ हेक्टर गरी २५ हेक्टर जमिनमा सुन्तला खेती प्रवद्र्धन गरिएको छ। यस्तै, अछाममा चार, दार्चुलामा एक गरी पाँच हेक्टर जमिनमा कागती बगैचा स्थापना गरिएको छ।

प्रदेश सरकारले एक वर्षको अवधिमा प्रदेशका १५१ कृषकलाई कृषि कर्जा अनुदान प्रदान गरेको छ। कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत सरकारले किसानलाई कृषि कर्जा अनुदान प्रदान गरेको हो। आफ्नो कार्यकालको एक वर्षको अवधिमा प्रदेश सरकारले ९७ लाख कृषि कर्जा अनुदान किसानलाई दिएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए। यसबाट प्रभावित भएर कृषकहरुले कृषि व्यवसायमा २३ करोड ४७ लाख रुपियाँ लगानी गरेको उनको भनाइ छ।

कृषि क्षेत्रको आधुनिकीकरणका लागि एक वर्षको अवधिमा सरकारले ७४ थान पावरटिलर, ४७९ थान मिनी टेलर, चार वटा मल्टिक्रप थ्रेसर, ८९ वटा कर्न सेलर किसानलाई वितरण गरेको छ। यसैगरी, ३० वटा कम्बाइर राइस मिल, २४५ वटा स्यालो ट्युबबेल, १४ वटा धान थ्रेसर, सात वटा मिनी थ्रेसर, २५ वटा रोटाभेटर, १४ वटा रिपर र सात वटा उखु पेल्ने मेसिन तथा उपकरणहरु किसानलाई दिइएको छ।

प्रदेशका पहाडी जिल्लाहरुमा जलवायुमैत्री नमुना गाउँ र प्राङ्गारिक मिसन कार्यक्रम सञ्चालन गरी कृषकमाझ जलवायु अनुकुलित प्रविधि पुर्‍याएको जनाइएको छ।

एएफसी यु-२० महिला एसियन कप छनोट: अन्तिम मिनेटमा नेपाललाई सफलता

काठमाडौं । निर्धारित समयको अन्तिम मिनेटमा सुक्रिया मियाको गोल प्रेरणामा नेपालले एएफसी यु–२० महिला एसियन कप छनोटमा पहिलो जित निकालेको छ।

भुटानमा जारी छनोटको दोस्रो खेलमा नेपालले शुक्रबार साउदी अरेबियामाथि १–० को साँघुरो जितमा अट्याकिङ मिडफिल्डर सुक्रियाले निर्णायक गोल गरेकी हुन्। यससँगै समूह ‘ए’ को नेपालले दुई खेलबाट चार अंक बटुलेको छ। यो जितपछि नेपालले अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी एसियन कपमा छनोट हुने सम्भावना जीवितै राखेको छ।

नेपालले पहिलो खेलमा घरेलु टोली भुटानसँग १–१ को बराबरी खेलेको थियो। लगातार दोस्रो हार सामना गरेको साउदी अरेबियाको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ। नेपाली टोली भने संघर्षपूर्ण जित निकाल्न सफल भयो। यसअघि पहिलो खेलमा खराब प्रदर्शन गर्दा नेपालले घरेलु टोलीसँग अंक बाँड्नुपरेको थियो।

दोस्रो खेलमा पनि नेपाली टोलीले आशातीत प्रदर्शन गर्न सकेन। राम्रा अवसर सिर्जना गर्न नसक्दा नेपाली बराबरीको नतिजा उन्मुख थियो। थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यमा थिए। तर, बराबरीतर्फ अग्रसर भएको खेलमा नेपालले अन्तिम समयमा गोल गर्‍यो। नेपालले बढी समय बल आफ्नो पक्षमा राखेको थियो।

केही अवसर बनाए पनि तिनले साउदीकी गोलकिपर फजर सक्काफलाई पार गर्न सकेनन। पश्चिम एसियाली टोलीले पनि सुधारिएको प्रदर्शन गर्‍यो। अघिल्लो खेलमा साउदी अरेबियाले उत्तर कोरियासँग १५–० को लज्जास्पद हार बेहोरेको थियो। दोस्रो खेलमा भने नेपाली टोलीमाथि लगातार दबाब बनायो। तर, अन्तिम समय भने समालिन सकेन।

स्ट्राइकर मीना देउवाले पेनाल्टी अवसर सदुपयोग गर्न नसक्दा नेपाल पहिलो हाफमै अग्रता लिन असफल भएको हो। मीनाले ३७औं मिनेटमा पेनाल्टी प्रहार खेर फालेकी थिइन्। अट्याकिङ मिडफिल्डर मनीषा सेनलाई विपक्षी खेलाडी बास्माह अल्सनाइफीले बक्सभित्र लडाएपछि नेपालले पेनाल्टी अवसर प्राप्त गरेको थियो।

मीनाको प्रहार दोस्रो बारमा ठोक्किएर फर्किन पुग्यो। त्यसअघि खेलको १८औं मिनेटमा पनि क्रसबार बाधक बन्दा नेपाल गोल गर्नबाट वञ्चित भएको थियो। लेफ्ट साइडबाट सेन्टर ब्याक सरिता नाथको फ्रिकिक प्रहार क्रसबारमा ठोक्किएर फर्किन पुग्यो। रिबाउन्ड बललाई राइट ब्याक अनिशा राईले पोस्टको दिशा दिइन्। तर, अनिशाको प्रहार साउदीकी गोलकिपर दानाह जिमारहले सहजै नियन्त्रणमा लिइन्।

दोस्रो हाफमा मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले चार खेलाडीलाई परिवर्तन गरेका थिए। कुसुम खतिवडालाई प्रतिस्थापन गर्दै सुक्रिया मैदान आएकी थिइन्। दोस्रो हाफमा दुवै टोलीले राम्रा अवसर सृजना गर्न सकेनन्। अन्तिम मिनेटमा अनिशाको लामो दूरीको फ्रिकिक पासलाई विपक्षी डिफेन्डरले क्लियर गर्न असफल भइन्। तर, मीनाले पनि त्यसलाई सदुपयोग गर्न सकिनन्। राइट साइडबाट मीनाको कटब्याकलाई सुक्रियाले पहिलो बार च्याप्दै गोल गरेकी हुन्। ३०औं मिनेटमा साउदी अरबकी लामा अलसथ्रीले पनि गोल गर्ने अवसर गुमाएकी थिइन्।

 

नेपालका दुई डिफेन्डर छक्याउँदै उनी बक्सभित्र छिरेकी थिइन्। तर, नजिकै दूरीबाट उनको प्रहार बारमाथिबाट बाहिरिन पुग्यो। साउदी अरब दोस्रो हाफको अधिकांश समय नेपाललाई रोक्न सफल भयो। तर, ९०औं मिनेटमा समालिन सकेन र लगातार दोस्रो हार सुम्पिन बाध्य भयो।

 

देउवाले बक्सभित्र कटब्याकमा दिएको बललाई मियाले गोल गर्दै नेपाललाई १–० को पहिलो जित दिलाइन्। अब नेपालले समूहको तेस्रो खेलमा यसै उमेरसमूहमा विश्व च्याम्पियन टोली उत्तर कोरियासँग आगामी आइतबार खेल्नेछ। सोही दिन नै साउदी घरेलु टोली भुटानविरुद्ध सान्त्वना जितको खोजीमा हुनेछ।

कैलाली कारागारमा झडप : १० दिन भित्र प्रतिवेदन बुझाउनेगरि छानबिन समिति गठन

कैलाली । कैलाली कारागारमा भएको झडपको विषयमा छानबिन समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

उक्त समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज जोशी सदस्य छन् । त्यस्तै अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी पनि सदस्य रहेको छानबिन समितिलाई १० दिनको समय दिइएको छ ।

‘उपयुक्त विधि अपनाई के कसो भएको हो आवश्यक छानबिन गरी प्रतिवेदन पेस गर्न’ समितिलाई निर्देशन दिइएको छ ।

हिजो राति कैलाली कारागारभित्र भएको झडपमा १ जनाको मृत्यु हुनुका साथै ४७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ । एक जनाको आइसियुमा उपचार भइरहेको छ ।

कैदीबन्दीहरुले जिल्लाका सुरक्षा प्रमुखहरुलाई कारागार प्रवेश गर्न रोके

धनगढी, २४ साउन
झडपपछि कैलाली कारागारभित्रको अवस्था बुझ्न गएका कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल सहितका जिल्लाका सुरक्षा प्रमुखहरुलाई कैदीबन्दीहरुले कारागार प्रवेशमा रोक लगाएका छन् ।

कारागारभित्र कैदीहरुबीच भएको सामूहिक झडपमा एक जनाको मृत्यु र ४७ जना घाईते भएपछि चार वटै सुरक्षा निकायका प्रमुखहरु बिहान करीव १० बजे कारागारको अवस्था बुझ्न गएका थिए । कैदीबन्दीहरुले कारागारभित्र प्रवेश गर्न नदिएपछि जिल्लाका सुरक्षा प्रमुखहरु कारागार परिसरबाटै फर्किएका छन् ।

१५० कैदीबन्दी क्षमता भएको कैलाली कारागारमा हाल ७०० बन्दी छन् ।

केही दिन पहिले पनि विवाद भएपछि बिहीबार प्रमुख जिल्ला अधिकारी गोगन हमालले समस्या समाधान गरेको बताएका थिए । तर त्यसको भोलि पल्टनै १ जनाको मृत्यु र ४७ जना घाइते हुनेगरी झडप भएको हो ।

दुई दिनयता कारागारभित्र झडपका सूचना बाहिर आएपनि प्रहरी प्रशासनले समयमै समस्या समाधानका लागि चासो नदेखाएका कारण मानवीय क्षति भएको हो ।

 

झडपपछि कैलाली कारागार पुगे चार वटै सुरक्षा निकायका प्रमुख

धनगढी, २४ साउन ।
कैदीबन्दीबीचको झडपपछि तनावग्रस्त बनेको कैलाली कारागारमा कैलाली जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखहरु पुगेका छन् ।

कारागारको पछिल्लो अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु पुगेका हुन् ।

गएराति कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएका थिए । घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

कारागारमा आफन्त र मिडियालाई रोक लगाइएको छ ।

कैलाली कारागारमा कैदीबन्दीबीचको झडपमा एक जनाको मृत्यु, ४७ घाईते, समाचार संकलनमा मिडियाकर्मीलाई रोक

खेमराज उपाध्याय,धनगढी, २४ साउन ।
कैलाली कारागारमा दुईदिन देखि जारी कैदीबन्दीबीचको झडपमा एक जनाको मृत्यु भएको छ । झडपमा परी ४७ जना घाइते छन् । तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाईतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । गम्भीर रुपमा घाईते भएका एक जनाको आइसीयुमा उपचार भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले झडपमा परी धनगढी उपमहानगरपालिका- ४ का भरत चौधरीको मृत्यु भएको बताए ।

उपचारका लागि घाईतेहरु भर्ना गरिएको सेती प्रादेशिक अस्पतालको ईमर्जेन्सी वार्ड रक्ताम्य भएको छ । प्रहरीले अस्पतालमा उपचारार्थ भर्ना गरिएका घाईतेहरुको समाचार संकलनमा मिडियाकर्मीहरुमाथि रोक लगाएका छन् । अस्पताल परिसर प्रहरीले नियन्त्रणमा लिएको छ । ईमर्जेन्सी वार्डमा सर्वसाधारण र मिडियाकर्मीलाई जान रोक लगाईएको छ । प्रहरीले परिवारजनलाई समेत भेटन रोक लगाएको छ ।

कारागारभित्र बिहीवारदेखि नै कैदीबन्दीहरुबीच झडप भएपनि जिल्ला प्रशासन  कार्यालय र प्रहरी कार्यालयले सामान्य रुपमा लिदा गम्भीर क्षति भएको हो ।

झडपमा परी केही कैदीको टाउकोमा गम्भीर चोट लागेको छ । केहीको टाउको फुटेको छ । केहीको खुट्टा भाँचिएको छ ।  कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको थियो ।

कैलाली कारागारमा कैदीबन्दीबीचको झडपमा एक जनाको मृत्यु, ४७ घाइते

धनगढी, २४ साउन ।
कैलाली कारागारमा कैदीबन्दीबीचको झडपमा एक जनाको मृत्यु भएको छ । झडपमा ४७ जना कैदीबन्दी घाइते छन् ।

बिहीबार रातिदेखि नै कारागारमा कैदीबन्दीबीच कुटाकुट भइरहेको छ । कुटपिट हुँदा घाइते भएका धनगढी उपमहानगरपालिका- ४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए ।

घाईतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे छानबिन भइरहेको जनाएको छ । प्रहरीले कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको बताइएको छ।

विगत केही समयदेखि यहाँ दुई समुहबीच विवाद र झडप हुदै आएको छ ।

युवा नेता संशाक ‘छत्रपति संभाजी महाराज रत्न सम्मान–२०२५’ बाट सम्मानित

नयाँ दिल्ली, २३ साउन ।
अखिल (क्रान्तिकारी)का नेता सशांक जैशी ‘छत्रपति संभाजी महाराज रत्न सम्मान २०२५’ बाट सम्मानित भएका छन्।

भारतको राजधानी नयाँदिल्लीस्थित प्रतिष्ठित ‘भारत मण्डपम’ मा आयोजित विशेष समारोह ‘जयघोष कार्यक्रम’ मार्फत उनलाई यो सम्मान प्रदान गरिएको हो।

समारोहमा भारतीय जनता पार्टी (भाजपा) का केन्द्रीय महामन्त्री तरुण चुग र दिल्ली प्रदेशका कला, संस्कृति तथा भाषा मन्त्री कपिल मिश्रको प्रमुख आतिथ्य रहेको थियो। सम्मान कार्यक्रमको आयोजना छत्रपति संभाजी महाराजको आदर्श र योगदानलाई स्मरण गर्दै गरिएको हो।

अखिल (क्रान्तिकारी) विदेशी विश्वविद्यालय समिति अध्यक्षका रूपमा सक्रिय जैशीलाई विद्यार्थी आन्दोलन र सामाजिक न्यायको पक्षमा पुर्‍याएको उदाहरणीय योगदानका आधारमा यो सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।
कैलाली जिल्लाको टीकापुर निवासी जैशीले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली युवाको आवाज बुलन्द गर्दै सामाजिक रुपान्तरणका पक्षमा उल्लेखनीय काम गर्दै आएका छन्।

छत्रपति संभाजी महाराज रत्न सम्मान भारतको एक प्रतिष्ठित नागरिक सम्मान मानिन्छ, जुन समाज, राष्ट्र र युवाको नेतृत्व विकासमा योगदान दिने विशिष्ट व्यक्तित्वहरूलाई प्रदान गरिन्छ।

रवि लामिछानेको पक्षमा ३२ लाखले गरे हस्ताक्षर, ६२ लाख सहयोग संकलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति पार्टी सभापति रवि लामिछानेको पक्षमा ३२ लाख भन्दा धेरै हस्ताक्षर गरेको जनाएको छ।

साउन २३ गते सम्म ३२ लाख ६ हजार ६०८ जनाले सभापति लामिछानेको पक्षमा हस्ताक्षर गरेको प्रवक्ता मनिष झाले बताए। उनका अनुसार अहिलेसम्म ६२ लाख १६ हजार ६६९ सहयोग संकलन भएको छ। सभापति लामिछानेमाथि प्रतिशोध साँधिएको भन्दै रास्वपाले अहिले हस्ताक्षर अभियान चलाइरहेको छ।

चीनमा बाढीका कारण १० जनाको मृत्यु, ३३ जना बेपत्ता

बेइजिङ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन् । ‘गान्सु क्षेत्रमा अगस्ट ७ देखि लगातार भारी वर्षा भइरहेको छ।अचानक बाढी आएको छ । अगस्ट ८ का दिन अपराह्न ३ः३० बजेसम्ममा वर्षापछि आएको बाढी र डुबानका कारण १० जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भइरहेका छन्,’ सरकारी प्रसारक सीसीटीभीले अधिकारीलाई उद्धृत गरी जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ताको उद्धारका लागि ‘सक्दो प्रयास’ गर्न आदेश दिएको सीसीटीभीले जनाएको छ । ‘चरम मौसमको कारण बारम्बार दोहोरिने’ घटनाप्रति चासो व्यक्त गर्दै राष्ट्रपति सी चिनफिङले सबै क्षेत्रहरूमा दृढतापूर्वक सावधानी अपनाउन र जोखिम पहिचान गर्ने प्रयासलाई बलियो बनाउन आदेश दिएका छन् ।

वेइबोमा चिनियाँ अग्नि नियन्त्रक अधिकारीहरूले साझा गरेको फुटेजमा उद्धारकर्ताहरूले एउटा गाउँमा धमिलो पानीको बहावमा मानिसहरूलाई डोर्‍याइरहेको देखाइएको छ। गान्सुको सरकारले पोस्ट गरेको फोटोहरूमा सडकहरू बाढीले थुपारेको हिलो माटो र ठूला ठुला ढुङ्गाहरूले ढाकिएको देखिन्छ।चीनमा विशेष गरी वर्षा याममा हुने प्राकृतिक प्रकोपहरूका कारण ठुलो धनजनको क्षति हुने गरेको छ ।

उत्तरी बेइजिङमा गत महिना भएको भारी वर्षाका कारण ४४ जनाको मृत्यु भएको थियो । चीन हरित गृह ग्याँसको विश्वको सबैभन्दा ठुलो उत्सर्जक हो जसले जलवायु परिवर्तनलाई बढवा दिन्छ र चरम मौसमलाई अधिक बारम्बार र तीव्र बनाउन योगदान पुर्‍याउँछ। चीन विश्वव्यापी नवीकरणीय ऊर्जाका लागि पनि ‘पावर हाउस’ मानिन्छ । चीनले आफ्नो विशाल अर्थव्यवस्थालाई सन् २०६० सम्ममा कार्बन–तटस्थ बनाउने लक्ष्य राखेको छ।

टिकटकले नेपालमा यौन दुर्व्यवहार सम्बन्धी जनचेतना जगाउन सुरु

काठमाडौं । टिकटकले शुक्रबारदेखि नेपालमा नयाँ ‘सर्च गाइड’ सार्वजनिक गरेको छ । यो फिचरको उद्देश्य यौन दुर्व्यवहारको जोखिममा परेका वा त्यसबाट प्रभावित प्रयोगकर्तालाई समयमै सहयोग प्रदान गर्नु हो । टिकटकले यो सुविधालाई प्लाटफर्मको समग्र सुरक्षा अभियानको हिस्सा रहेको बताएको छ, जसको उद्देश्य प्रयोगकर्तालाई सुरक्षित, सहयोगी र जानकारीमूलक वातावरण प्रदान गर्नु हो ।

अबदेखि नेपालका प्रयोगकर्ताहरूले ‘सेक्सअुल असल्ट, अब्युज हटलाइन, मी टू’जस्ता यौन दुव्र्यवहारसम्बन्धी शब्दहरू खोज्दा, उनीहरूलाई स्थानीय हेल्पलाइन नम्बर र टिकटकको सेफ्टी सेन्टरभित्रको सेक्सुअल अब्युज सपोर्ट पेजमा लैजाने विशेष सूचना देखाइनेछ । उक्त पेजमा शैक्षिक सामग्री, उजुरी गर्ने तरिका र प्रोफेसनल सपोर्ट सर्भिसको लिङ्क उपलब्ध गराइएको छ ।

‘टिकटकमा प्रयोगकर्ताको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ टिकटकका ‘ट्रस्ट एन्ड सेफ्टी’ विभागका आउटरीच तथा पार्टनरसिप म्यानेजर वास्कितो जटीले भने, ‘हामीलाई थाहा छ, कठिन परिस्थितिमा धेरै प्रयोगकर्ता अनलाइन प्लेटफर्ममा जान्छन् । त्यसैले हामीले अग्रसर भएर सहयोगका विकल्प देखाउन थालेका छौं, जसले पीडितलाई आवश्यक सहयोगतर्फ डोर्‍याउने र टिकटकको यौन दुव्र्यवहारप्रति शून्य सहनशीलताको नीतिलाई बलियो बनाउनेछ ।’

सेफ्टी सेन्टरमा रहेको सेक्सुअल अब्युज सपोर्ट पेजले यौन दुव्र्यवहारका विभिन्न स्वरूपहरू, जस्तै बाल यौनशोषण सामग्री, बहकाउने व्यवहार, यौन दुव्र्यवहार र सहमति बिना गरिने यौन क्रियाकलापबारे जानकारी दिन्छ र यस्ता सामग्री उजुरी गर्ने तरिका पनि सिकाउँछ ।

यसले हानिकारक सामग्रीसँगको सम्पर्कबाट टाढा बस्न प्रेरित गर्छ र प्रयोगकर्ताको गोपनीयताको पूर्ण रक्षा गरिने समेत उल्लेख गर्दछ ।

यस सुविधामा टिकटकको इन–एप उजुरी प्रणालीका साथै बाहिरी उजुरीका विकल्पबारे पनि जानकारी दिइन्छ । यस पेजले पीडित र उनीहरूलाई सहयोग गर्ने व्यक्तिका लागि सहायता खोज्न सजिलो बनाएको छ ।

यसमा पीडितको हेरचाह, ट्रमा व्यवस्थापन र कानुनी सहयोगमा विशेष दक्षता भएका स्थानीय संस्था र अन्तर्राष्ट्रिय सहयोगदाताको खोज्न मिल्ने डेटाबेसको पहुँच समावेश गरिएको छ ।

समुदायको साथ र सशक्तिकरण खोज्नेहरूका लागि टिकटकले उपचार र पुनःस्थापनासँग सम्बन्धित ह्यासट्याग र कन्टेन्टहरूलाई पनि प्राथमिकता दिएको छ ।

यो पहललाई टिकटकले कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट, शैक्षिक सहकार्य र प्लेटफर्म स्तरका उपायका माध्यमबाट डिजिटल सुरक्षा र प्रयोगकर्ताको वेल–बीइंग सुधार गर्न गर्दै आएको निरन्तर प्रयासको हिस्सा रहेको बताएको छ ।

प्रयोगकर्तालाई सुरक्षित र सशक्त बनाउने उद्देश्यले टिकटकले विशेषज्ञ, पीडितका पक्षमा काम गर्ने समूह र मानसिक स्वास्थ्यसँग सम्बन्धित संस्थासँग सहकार्य गरिरहेको जनाएको छ ।

तीन सयभन्दा बढी हेक्टरमा सिँचाइ विस्तार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा प्रदेशमा ३७८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरेको छ। प्रदेश सरकारले गत आर्थिक वर्ष २०८१र८२ मा एक हजार ५४७ साना सिँचाइ आयोजनामार्फत सिँचाइ सुविधा विस्तार गरेको हो।

यसैगरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बैतडीमा १०० रोपनी र दार्चुलामा १२।५ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार गरिएको छ। डोटीमा सुन्तला, बाजुरामा ४।१६ हेक्टर क्षेत्रफलमा ओखरखेती विस्तार भएको जनाइएको छ। डडेल्धुरामा २५० वर्ग किलोमिटर र कञ्चनपुरमा ४० हेक्टर जमिनमा तरकारी खेती विस्तार गरेको प्रदेश सरकारद्वारा सार्वजनिक गरिएको एक वर्षको कार्य प्रगति विवरणमा उल्लेख छ।

कैलालीमा तरकारी बीउ, कञ्चनपुरमा ४० हेक्टरमा तरकारी खेती र बझाङमा तरकारी, आलु गरी नौ वटा ब्लक स्थापना भएको प्रदेश सरकारले जानकारी दिएको छ। यसैगरी, अछाममा तीन हेक्टर, बझाङमा १५ हेक्टर, बैतडीमा नौ हेक्टर गरी २५ हेक्टर जमिनमा सुन्तला खेती प्रवद्र्धन गरिएको छ। यस्तै, अछाममा चार, दार्चुलामा एक गरी पाँच हेक्टर जमिनमा कागती बगैचा स्थापना गरिएको छ।

प्रदेश सरकारले एक वर्षको अवधिमा प्रदेशका १५१ कृषकलाई कृषि कर्जा अनुदान प्रदान गरेको छ। कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत सरकारले किसानलाई कृषि कर्जा अनुदान प्रदान गरेको हो। आफ्नो कार्यकालको एक वर्षको अवधिमा प्रदेश सरकारले ९७ लाख कृषि कर्जा अनुदान किसानलाई दिएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए। यसबाट प्रभावित भएर कृषकहरुले कृषि व्यवसायमा २३ करोड ४७ लाख रुपियाँ लगानी गरेको उनको भनाइ छ।

कृषि क्षेत्रको आधुनिकीकरणका लागि एक वर्षको अवधिमा सरकारले ७४ थान पावरटिलर, ४७९ थान मिनी टेलर, चार वटा मल्टिक्रप थ्रेसर, ८९ वटा कर्न सेलर किसानलाई वितरण गरेको छ। यसैगरी, ३० वटा कम्बाइर राइस मिल, २४५ वटा स्यालो ट्युबबेल, १४ वटा धान थ्रेसर, सात वटा मिनी थ्रेसर, २५ वटा रोटाभेटर, १४ वटा रिपर र सात वटा उखु पेल्ने मेसिन तथा उपकरणहरु किसानलाई दिइएको छ।

प्रदेशका पहाडी जिल्लाहरुमा जलवायुमैत्री नमुना गाउँ र प्राङ्गारिक मिसन कार्यक्रम सञ्चालन गरी कृषकमाझ जलवायु अनुकुलित प्रविधि पुर्‍याएको जनाइएको छ।

सुदूरपश्चिमका बाँझो जग्गा उपयोगमा ल्याइँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा बाँझो राखिएको खेतीयोग्य जग्गालाई व्यावसायिक कृषिका लागि प्रयोगमा ल्याउन थालिएको छ । बाँझो जग्गा उपयोगमा ल्याउने प्रदेश सरकारको नीतिबमोजिम यस्तो जग्गा उपयोग गरेर व्यावसायिक कृषि गरिरहेका कतिपय कृषकलाई गत आर्थिक वर्षमा अनुदान दिइएको छ । बाँझो जग्गालाई उपयोगमा ल्याउने क्रममा कञ्चनपुरको पुनर्वास क्षेत्रमा दशकौँदेखि बाँझो रहेको राष्ट्रिय आवास कम्पनी लिमिटेडको झन्डै ५५ बिघा जग्गा भाडामा लिएर कृषि कार्यका लागि उपयोगमा ल्याइएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले बाँझो रहेको उक्त कम्पनीको जग्गा मन्त्रालयले भाडामा लिएर स्थानीय कृषक समूह, सहकारी संस्थालाई ठेक्कामार्फत उपलब्ध गराई व्यावसायिक कृषिको काममा प्रयोगमा ल्याइएको बताए । उनले भने, ‘उक्त कम्पनीको भाडामा लिइएको जग्गामध्ये पाँच बिघा जग्गा कृषि अनुसन्धान निर्देशनालय (नार्क)लाई उपलब्ध गराएर उसले कृषि अनुसन्धानसम्बन्धी कार्य गरिरहेको छ, अरू जग्गा कृषक समूह, सहकारी, फार्मलाई व्यावसायिक कृषि गर्न ठेक्कामार्फत दिइएको छ ।’

प्रदेशका अन्य जिल्लामा बाँझो रहेको अन्य ठाउँको जग्गालाई पनि कृषि काममा उपयोगमा ल्याउन लागिएको छ । यस्तो जग्गामा व्यावसायिक कृषि गरिरहेका कृषकलाई सरकारले अनुदान रकम उपलब्ध गराउने गरेको छ । जग्गामा तोकिएको कुल भाडा रकममध्ये ५० प्रतिशतसम्म अनुदान दिन सकिने मापदण्ड बनाइएको छ । सरकारले जग्गा नभएका वा कम जग्गा भएका विपन्न कृषकलाई लक्षित गरेर यो योजना कार्यान्वयनमा ल्याएको हो । सरकारले उपयोगमा आउन नसकेको बाँझो जग्गालाई उपयोग गर्न यस्तो नीति ल्याए पनि प्रदेशभरि के–कति क्षेत्रफलको बाँझो जग्गा रहेको भन्ने तथ्याङ्क भने मन्त्रालयसँग छैन ।

राष्ट्रिय आवास कम्पनीको जग्गा भाडामा लिएका कृषक समूहका प्रवीन थापाले आफूहरूले भाडामा पाएको जग्गामा बर्खायाममा धानको बीउ र घाँस तथा हिउँदयामामा मकैको बीउ, तोरी, गहुँ, दलहनको खेती गर्ने गरेको बताए । कृषि निर्देशनालय दीपायलका निर्देशक खगेन्द्रप्रसाद शर्माले गत आर्थिक वर्षमा कैलाली र डोटीसहितका जिल्लामा भाडामा लिएर बाँझो जग्गा उपयोग गरिरहेका १२ किसानलाई तोकिएको भाडा रकममा अनुदान उपलब्ध गराइएको बताए ।

उनले भने, ‘सुरुको वर्षमा सरकारी र सार्वजनिक बाँझो जग्गा मात्र कृषि कामको उपयोगमा ल्याउने भन्ने थियो, गत वर्षदेखि व्यक्तिगत बाँझो जग्गालाई पनि इच्छुक कृषकमार्फत उपयोग गर्ने गराउने कार्यक्रम सञ्चालन भइरहेको छ ।’  पछिल्ला दशकमा बसाइसराइको चाप बढ्दै जाँदा प्रदेशका पहाडी जिल्लाका कतिपय गाउँको जग्गा बाँझो रही झाडीमा परिणत हुने समस्या बढ्दै गएको छ ।

नेपालले साउदी अरेबियालाई हरायो

काठमाडौं। एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै नेपालले साउदी अरेबियालाई १-० गोलअन्तरले हराएको हो। खेलको ९० औँ मिनेटमा नेपालकी शुक्रिया मियाँले निर्णायक गोल गर्दै नेपाललाई जित दिलाइन्।

नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ। प्रतियोगिताको हरेक समूहबाट समूह विजेता एसियन कपमा छनोट हुनेछन्।

राष्ट्रिय सभाबाट पारित भयो जलस्रोत विधेयक

काठमाडौं । जलस्रोतको उपयोग, संरक्षण र व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न ल्याइएको ‘जलस्रोत विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा उक्त विधेक सर्वसम्मत रुपमा पारित गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित आएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । त्यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि सभामा छलफल गरिएको थियो । छलफलका क्रममा सांसद विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, राधेश्याम पासवान, गोपाल भट्टराई र तारामान स्वाँरले विधेयकका विभिन्न प्रावधानप्रति सुझाव, जिज्ञासा र टिप्पणी व्यक्त गरे ।

सांसदहरूको जिज्ञासामा प्रतिक्रिया दिँदै मन्त्री खड्काले जलस्रोतको दीर्घकालीन र दिगो उपयोग तथा प्रभावकारी व्यवस्थापनलाई लक्ष्य गरी विधेयक ल्याइएको जानकारी दिए । उनका अनुसार संविधानले समावेशी अधिकार सुनिश्चित गरिसकेको सन्दर्भमा विधेयकमा थप रूपमा दलितसम्बन्धी पृथक व्यवस्था गर्नुपर्ने आवश्यकता नरहेको विषयमा समितिका सदस्यबीच सहमति जुटेकाले त्यसअनुसार विधेयक तयार पारिएको हो ।

मन्त्री खड्काले विधेयकमा बाँध तथा जलस्रोत संरचनाको सुरक्षासम्बन्धी प्रावधानलाई अझ स्पष्ट र कार्यान्वयनमैत्री बनाइएको पनि स्पष्ट पारे ।

यौन दुर्व्यवहार पीडितलाई सघाउन टिकटकले नेपालमा ल्यायो ‘सर्च गाइड’ फिचर

धनगढी । अछामको साँफेबगर नगरपालिका –७ स्थित बयालपाटा प्रादेशिक अस्पताल सञ्चालन गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारले कानुनी पूर्वाधार तयार पारेको छ ।

प्रदेश सरकारले अस्पताल चलाउन बयालपाटा प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन ९गठन० आदेश, २०८२ जारी गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले गठनादेश जारी गरेको हो । बयलपाटा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नति गर्न प्रदेश सरकारले नेपाल सरकारबाट स्वीकृति प्राप्त गरिसकेको छ ।

साउन मसान्तसम्म जनशक्ति व्यवस्थापन गरी आउँदो भदौ १ गतेबाट बयलपाटा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा सञ्चालन गर्ने प्रदेश सरकारले तयारी गरिरहेको छ । यसका लागि कानुनी पूर्वाधार तयार भइसकेको मुख्यमन्त्री कमलबहादुर शाहले बताए । उनले बयालपाटा अस्पताललाई प्रदेश सरकारले प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नति गर्ने कार्यमा अगाडि बढेको उल्लेख गरे ।

प्रदेश सरकार मातहत सञ्चालन गर्नेगरी स्वामित्व ग्रहण गरिएको बयालपाटा प्रादेशिक अस्पतालको सञ्चालन तथा व्यवस्थापन गर्दै अस्पतालको सेवा प्रवाहलाई गुणस्तरीय, प्रभावकारी र पहुँचयोग्य बनाउने प्रदेश सरकारको लक्ष्य छ । प्रशासकीय कार्यविधि (नियमित) गर्ने ऐन, २०७५ को दफा ३ ले दिएको अधिकार प्रयोग गर्दै सरकारले गठन आदेश जारी गरेको छ ।

सरकारले अस्पतालको कार्यकारी प्रमुखको रुपमा कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था गरेको छ । लोकसेवा आयोगको समन्वयमा चिकित्साशास्त्रमा स्नातकोत्तर गरी स्वास्थ्य क्षेत्रमा कम्तीमा १० वर्ष कार्य अनुभव भएका आवेदकहरुमध्ये छनोट गरिएको व्यक्तिलाई प्रदेश सरकार (मन्त्रिपरिषद्) ले कार्यकारी निर्देशकको रुपमा नियुक्त गर्ने कानुनी व्यवस्था गरिएको छ । कार्यकारी निर्देशकको पदावधि तीन वर्षको हुने र पारिश्रमिक तथा सेवासुविधा प्रदेश सरकारको एघारौं तहको कर्मचारीसरह हुने जनाइएको छ ।

अस्पतालको दैनिक आर्थिक, प्रशासनिक र व्यवस्थापकीय कार्य, अस्पतालको स्वीकृत वार्षिक कार्यक्रमको कार्यान्वयन गराउने लगायतका काम, कर्तव्य र अधिकार कार्यकारी निर्देशकको तोकिएको छ ।

अस्पतालमा प्रदेश सरकारबाट स्वीकृत सङ्गठन संरचना तथा दरबन्दी व्यवस्थापन सर्वेक्षणका आधारमा चिकित्सक, स्वास्थ्यकर्मी, प्रशासनिक र अन्य आवश्यक जनशक्ति रहने र स्वीकृत दरबन्दीको स्थायी पदपूर्ति प्रदेश लोकसेवा आयोगले गर्ने जनाइएको छ । प्रदेश लोकसेवा आयोगबाट स्थायी पदपूर्ति नभएसम्म दरबन्दीमा करारका जनशक्ति व्यवस्थापन गर्न सकिने कानुनी व्यवस्था गरिएको छ ।

अस्पतालको कामकाजलाई गुणस्तरीय, प्रभावकारी र स्वास्थ्य सेवालाई थप सुदृढ बनाउनका लागि अस्पताल व्यवस्थापन समिति गठन गरिने गठनआदेशमा उल्लेख छ । समितिको अध्यक्ष अस्पताल रहेको स्थानीय तहका प्रमुख रहने व्यवस्था गरिएको छ ।

यसैगरी, समितिको सदस्यमा अछामका प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत प्रतिनिधि, अस्पताल रहेको वडाका वडा अध्यक्ष, स्वास्थ्य कार्यालय प्रमुख, जिल्ला रेडक्रस सोसाइटीका प्रमुख र एक जना महिलासहित मनोनीत तीन जना रहने व्यवस्था गरिएको छ । समितिको सदस्य सचिवमा अस्पतालको कार्यकारी निर्देशक रहने उल्लेख छ ।

व्यवस्थापन समितिले प्रभावकारी ढङ्गले अस्पतालको व्यवस्थापन तथा सञ्चालनमा सहयोग लगायतको कार्य गर्ने जनाइएको छ । अस्पताल सञ्चालनको लागि आवश्यक पर्ने बजेट प्रदेश सरकारले उपलब्ध गराउने गठन आदेशमा उल्लेख गरिएको छ ।

नेपाली दूतावासले भन्यो : उत्तराखण्डमा हालसम्म कोही नेपाली मृत फेला परेका छैनन्

काठमाडौं : भारतस्थित नेपलाी दूतावासले उत्तराखण्ड प्रदेशको उत्तरकाशीमा आएको बाढीपहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको जानकारी दिएको छ।शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले बाढी पहिरोमा बेपत्ता भएपनि हालसम्म कुनै पनि नेपालीको शव फेला नपरेको स्पष्ट पारेको छ।

दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था,हराइरहेका नेपालीको खोजी तथा उद्दारका लागि नेपाली दूतावासले निरन्तररुपमा उत्तरखण्ड सरकारका सम्बन्धित निकाय र भारतको विदेश मन्त्रालयसँग समन्वयन गरिरहेको जनाएको छ।

‘बाढी पहिरोपछि त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था ,हराइरहेका नेपालीहरूको खोजि तथा उद्दार,घाइतेहरूको उपचार एवं अन्य आवश्यक सहयोगका लागि राजदूतावासले निरन्तर रुपमा उत्तरखण्ड सरकारका सम्बन्धित निकायहरू तथा सरकारको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको छ,’दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ ।

दूतावासका अनुसार हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट दुईजनाको शव फेला परेको छ। उत्तराखण्ड प्रदेश पौडी गढवालको बागोडामा अकस्मात आएको बाढीमा पाँचजना नेपाली बेपत्ता भएका छन्। घाइते भएका ४ जना नेपालीहरूमध्ये उपचारपछि ३ जना घर फर्किएको र एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ।

 

साउदी अरेबियाविरुद्ध पहिलो हाफमा रोकियो नेपाल

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको छ । शुक्रबार भुटानको चिङलिमिथाङ रंगशालामा नेपालले प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफ बराबरीमा समाप्त भएको हो ।

खेलको ३६औँ मिनेटमा प्राप्त पेनाल्टी अवसरलाई नेपालले सदुपयोग गर्न सकेन । नेपालकी फरवार्ड मिना देउवाले प्रहार गरेको पेनाल्टी पोस्टको बायाँ पोलमा लागेर मैदानमा फर्किएको थियो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यस समूहमा नेपालसँगै उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन् ।

भित्री वस्त्रभित्र लुका‍इएको दुई किलो कोकिनसहित ‍ब्राजिलियन महिला पक्राउ

काठमाडौं । महिलाले प्रयोग गर्ने भित्री वस्त्रभित्र लुकाएर ल्याएको कोकिनसहित एक ब्राजिलियन महिला पक्राउ परेकी छन् ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले इमेली माइकल सान्तोष फेरेरालाई विमानस्थलबाट पक्राउ गरेको हो । उनलाई ब्युरोको टोलीले दोहा हुँदै त्रिभुवन विमानस्थल आउँदै गर्दा पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले एक किलो ९५० ग्राम कोकिन बरामद गरेको हो । ब्युरोका सूचना अधिकारी जीवन निरौलाका अनुसार, उनी नेपाल हुँदै भुटान जान लागेकी थिइन् ।

एक हजारभन्दा बढी बिरामीलाई निःशुल्क रगत प्रदान

धनगढी, साउन २३ गते । सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा एक हजारभन्दा बढी बिरामीलाई निःशुल्कमा रगत उपलब्ध गराएको छ । प्रदेश सरकारले एक हजार १८७ जना बिरामीलाई दुई हजार १४८ पिन्ट रगत निःशुल्कमा उपलब्ध गराएको हो । सरकारी अस्पतालमा उपचार गराउने प्रदेशवासीलाई सरकारले नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रमार्फत निःशुल्क रुपमा रगत उपलब्ध गराउँदै आएको छ ।

यसैगरी, रैथाने बालीमा आधारित मुख्यमन्त्री वृद्धवृद्धा तथा असहाय लक्षित पोषण कार्यक्रम अन्तर्गत पोषण सामग्री आपूर्ति गरिएको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए। एक वर्षको अवधिमा ४८ जना महिलाको आङ खस्ने समस्याको निःशुल्क शल्यक्रिया गरिएको जनाइएको छ । अछामको बयलपाटा अस्पतालमा शल्यक्रिया गरिएको थियो । जसमध्ये एक जनाको क्यान्सर रोगको पहिचान भइ उपचार भइरहेको प्रदेश सरकारले जानकारी दिएको छ ।

यसैगरी, एक वर्षको अवधिमा एक लाख ४६ हजार ६१२ बालिकामा पाठेघर मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइएको छ । यस्तै, अटिज्म रोग पहिचानका लागि २८९ जनाको परीक्षण गरिएको र आठ जना बालबालिकाको शल्यक्रिया गरिएको छ । स्वास्थ्य निर्देशनालयमार्फत एआई प्रविधिद्वारा क्षयरोगका बिरामी पत्ता लगाउन चेकजाँच, परीक्षण गरिएको छ । २२ हजार जनाको परीक्षण गर्दा एक हजार ५०० जनामा सम्भावित क्षयरोग र १५२ जनामा क्षयरोग पुष्टि भएको प्रदेश सरकारले आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ ।

त्यस्तै, छ हजार महिला स्वास्थ्य स्वयम् सेविकाको स्वास्थ्य बिमा गरेको, शिविर सञ्चालन गरेर ११ हजार महिलालाई प्रजनन् स्वास्थ्य सेवा प्रदान गरेको, स्क्रिनिङ कार्यक्रममार्फत १४ हजारभन्दा बढीको नसर्ने रोगको स्क्रिनिङ गरिएको जनाइएको छ ।

घोरीघोरा स्वास्थ्य उपचार कार्यक्रमअन्तर्गत कैलालीमा ८४४ र कञ्चनपुरमा तीन हजार ५५३ जनाको सिकलसेल एनिमिया र थालेसेमिया रोग परीक्षण गरिएको छ ।

प्रदेश सरकारले आर्थिक रुपले विपन्न नागरिकको आर्थिक सहायता कार्यक्रम अन्तर्गत ६४५ जनालाई एक लाख रुपियाँको दरले सहायता गरेको छ । जसमा क्यान्सरका ४९३, मिर्गौला प्रत्यारोपणका १९, मस्तिस्क घातका १२, स्पाइनल सर्जरीका ४३, मुटु शल्यक्रियाका ६६ र बोनम्यारो प्रत्यारोपणका एक जनाले सहायता प्राप्त गरेको प्रदेश सरकारले जानकारी दिएको छ ।

भेनेजुएलाका राष्ट्रपति पक्राउ गर्नेलाई अमेरिकाले ५ करोड दिने

काठमाडौं : संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ गर्नेलाई ५ करोड डलर दिने भएको छ।  अमेरिकाले मादुरोलाई पक्राउ गर्नका लागि जानकारी दिनेलाई दिइने पुरस्कार रकम दोब्बर गरी ५ करोड डलर पुर्‍याएको हो।

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले पहिले घोषणा गरिएको २ करोड ५० लाख डलरको पुरस्कार दोब्बर गरिएको बताए।   अमेरिकी प्रशासनले मादुरोलाई विश्वको सबैभन्दा ठूलो लागूऔषध तस्करमध्ये एक भएको आरोप लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मादुरोको आलोचक रहँदै आएका छन्।

जनवरीमा भएको विवादास्पद चुनावपछि मादुरो सत्तामा फर्किएका थिए। यसको अन्तर्राष्ट्रिय समुदायले व्यापक विरोध जनाएको थिए।  भेनेजुएलाका विदेशमन्त्री इभान गिलले नयाँ पुरस्कारलाई अर्थहीन भनेका छन्। उनले यसलाई राजनीतिक प्रचार भनेका छन्।

दलाई लामाको पुनर्जन्ममाथि चीनको दाबी, निर्वासित लामाको अधिकार अस्वीकार

काठमाडौं । तिब्बतमाथि चीनको नियन्त्रणविरुद्ध प्रदर्शन गर्दै बेइजिङले फेरि एकपटक दलाई लामाको पुनर्जन्म प्रक्रियामाथि पूर्ण नियन्त्रणको दाबी गरेको छ । उसले यो विषयमा आध्यात्मिक नेताको अधिकारलाई खारेज गरेको छ । तिब्बत एन रिव्यूको रिपोर्टअनुसार यो भनाइ तिब्बत स्वायत्त क्षेत्र (टीएआर)का अध्यक्ष गामा सेडैनले टीएआरको स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसरमा बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको टीएआर समितिका उप–सचिव सेडैनले दलाई लामाको पुनर्जन्मबारे चीन सरकारको निर्णय अन्तिम र निर्विवाद हुने घोषणा गरे ।

उनले यो प्रक्रिया कम्युनिस्ट पार्टीले स्वीकृत गरेको विधि र बेइजिङको स्पष्ट अनुमोदनमार्फत मात्र पूरा हुनुपर्नेमा जोड दिएका छन् । यसमा विवादास्पद स्वर्ण कलश लटरी निकाल्ने परम्परा पनि समावेश छ । यो कट्टर दाबी दलाई लामाको अडानको ठीक विपरीत छ ।

गत महिना आफ्नो ९०औँ जन्मदिन समारोहमा निर्वासित तिब्बती आध्यात्मिक नेताले आफ्नो पुनर्जन्मको निर्धारण पूर्णरूपमा उनले नै स्थापना गरेको गैर–नाफामूलक संस्थामार्फत हुने र चिनियाँ कम्युनिस्ट पार्टीको नियन्त्रणमा नहुने दोहोर्‍याएका थिए ।

तिब्बती रिव्यूका अनुसार, सेडैनले बेइजिङको शासन रहेको क्षेत्रमा दलाई लामाको पुनर्जन्मको कुनै सम्भावना नै नरहेको स्पष्ट पारे ।

चीनले लामो समयदेखि नोबेल शान्ति पुरस्कार विजेता दलाई लामालाई पृथकवादीको संज्ञा दिँदै आएको छ । रिपोर्टअनुसार, बेइजिङ तिब्बतमाथि पूर्ण वैचारिक र धार्मिक नियन्त्रण चाहन्छ ।

चीनले विगतमा पनि तिब्बतको धार्मिक उत्तराधिकारीको विषयमा हस्तक्षेप गरेको छ ।

सन् १९९५ मा उसले ६ वर्षीय बालकलाई अपहरण गरी ११औँ पंचेन लामाको रूपमा मान्यता दिएको थियो र उनको स्थानमा आफ्नो वफादार व्यक्तिलाई नियुक्त गरेको थियो ।  मूल बालक, गेधुन चोएक्यी ङिमा भने बेपत्ता छन् । राेयटर्स

उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल शुरु भएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताएका छन् ।

सो बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएका समाचार आएलगत्तै उनीहरुको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु भएको उनले जानकारी दिएका हुन् ।सो बाढीमा परेर नेपाली नागरिक पनि बेपत्ता भएको भन्ने खबरले आफू निकै दुःखी भएको बताउँदै परराष्ट्रमन्त्री डा राणाले उनीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको सामाजिक सञ्जालमार्फत बताएका छन् ।

“हराएका नेपाली नागरिकको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा तदारुकताका साथ लाग्न नयाँदिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएकी छु”, मन्त्री डा राणाले सो बाढीपहिरामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दुःखको घडीमा रहेका परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।रासस

 

सुनको भाउ इतिहासकै उच्च

काठमाडौं । शुक्रबार सुनको मूल्य इतिहासकै उच्च भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार रुपैयाँ बढेको हो । यसअघि गत मंगलबार मूल्यले १ लाख ९८ हजार ५ सयको उच्चतम रेकर्ड बनाएको थियो । चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँ बढेसँगै २३२५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा भने यसअघि २३५० को रेकर्ड बनेको छ ।

रूसबाट तेल खरिद गर्ने विषयमा ट्रम्पको धम्की र भारतको अडान

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसबाट तेल खरिद गर्ने विषयमा भारतमाथि २५ प्रतिशत अतिरिक्त ट्यारिफ (आयात कर) लगाएपछि भारतले कडा अडान लिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किसानहरूको हितमा कुनै सम्झौता नगर्ने बताएका छन् ।

विश्लेषकहरूको अनुसार ट्यारिफ युद्धले पछिल्ला केही दशकमा भारत–अमेरिका कूटनीतिक सम्बन्धमा भएको प्रगतिलाई कमजोर पार्न सक्छ । हालको अवस्थामा दुवै देशबीचको सम्बन्ध सन् १९९८ मा भारतको परमाणु परीक्षणपछिको सबैभन्दा निम्न स्तरमा पुगेको विश्लेषकहरूको भनाइ छ ।

विश्लेषक र अधिकारीहरूका अनुसार आन्तरिक–राजनीतिक दबाबका कारण दुवै पक्ष आफ्नो अडानमा अडिग रहन बाध्य छन् । ट्रम्पले ट्यारिफ युद्धमार्फत आफ्नो ‘मेक अमेरिका ग्रेट अगेन’नारालाई बलियो बनाउन खोजेका छन् भने प्रधानमन्त्री मोदीले अमेरिकी धम्कीअघि भारतले घुँडा नटेक्ने प्रष्ट पारेका छन् । रूस र चीनसँग निकटता बढाउने भारतको प्रयास पनि करका कारण उत्पन्न संकटबाट उम्कने रणनीतिको हिस्सा हो ।

विश्लेषकहरूका अनुसार दुवै पक्षको कडा अडानले सहयोगका अन्य क्षेत्रमा पनि बाधा उत्पन्न हुनसक्छ । भारतीय सरकारी स्रोतहरूले भारतले आफ्नो कट्टर दुस्मन पाकिस्तानबाट तेल खरिद गर्नुपर्ने हुनसक्छ भन्दै गरेको ट्रम्पको टिप्पणी नयाँ दिल्लीका लागि अपमानजनक भएको बताएका छन् ।

यही कारण रूसबाट युरेनियम हेक्साफ्लोराइड, प्यालेडियम र मल खरिद गर्ने विषयमा अमेरिकाले दोहोरो मापदण्ड अपनाएको आरोप लगाउँदै भारतले कडा जवाफ फर्काएको छ । यद्यपि, नयाँ दिल्लीले तनाव थप बढ्दा व्यापारबाहेक अन्य मामिलामा असर पुग्नसक्ने राम्ररी बुझेको स्रोतहरूको भनाइ छ ।

विश्लेषकहरूले भारतका लागि यो समय निकै चुनौतीपूर्ण रहेको बताएका छन् । चीनको जस्तो भारतसँग दुर्लभ खनिजहरूको आपूर्तिजस्तो कुनै शक्ति छैन जसले ट्रम्पलाई व्यापार सम्झौताको सर्तमा सुधार गर्न बाध्य पार्न सकोस् । त्यसैगरी, प्राविधिक पेशेवरहरूका लागि वर्क भिसा र सेवाहरूको अन्तर्राष्ट्रियकरणजस्ता मुद्दाहरूमा पनि टकरावको सम्भावना छ ।

सरकारी स्रोतले अमेरिकासँगको सम्बन्धलाई बिस्तारै सुधार गर्नुपर्ने बताएका छन् । भारतले ट्रम्पको ट्यारिफबाट प्रभावित देशहरूसँग पनि कुराकानीमा ध्यान दिनुपर्ने आवश्यकता छ, जसमा अफ्रिकी संघ र ब्रिक्स समूह सामेल छन् । अब्जर्भर रिसर्च फाउन्डेसनका विश्लेषक अलेक्सी जखारोवले रूसले रूस–भारत–चीन त्रिकोणीय सम्बन्ध पुनस्र्थापना गर्ने प्रयास गर्नसक्ने बताएका छन् ।

भारतको विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव दम्मू रविले यो निर्णय एकतर्फी भएको बताए । उनले यस्तो कदम चाल्नुको कुनै तार्किक कारण नदेखिएको उल्लेख गरे । वरिष्ठ कूटनीतिज्ञले यो संकटबाट पार पाउनुपर्ने बताए ।

उनले भने, “हामी समाधानको नजिक थियौँ, तर यसमा केही समयका लागि अवरोध आएको छ । वार्ता अझै जारी छ । त्यसैले, पारस्परिक लाभकारी साझेदारीलाई ध्यानमा राख्दै समयसँगै समाधान निस्कने अपेक्षा छ ।” उनले भारतीय उद्योगहरूमा यसको खासै प्रतिकूल प्रभाव नपर्ने पनि बताए ।

वाशिंगटनको कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पिसका एश्ले टेलिसले भने, “हामी अनावश्यक संकटतर्फ अघि बढिरहेका छौँ, जसले पछिल्लो साढे दुई दशकको कठिन परिश्रमबाट प्राप्त भारत–अमेरिका सम्बन्धको उपलब्धिलाई धमिलो बनाउनेछ ।”

विश्लेषकहरूका अनुसार, ट्रम्पको पहिलो कार्यकालसहित पछिल्ला केही दशकमा अमेरिकी प्रशासनले चीनको बढ्दो प्रभावको सामना गर्न दीर्घकालीन प्रयासअन्तर्गत भारतसँग महत्वपूर्ण साझेदारको रूपमा सम्बन्ध विकास गरेको थियो । द बिजनेस स्टान्डर्ड

डेनमार्कमा नेपाली खेलकुद: लोकप्रियता, पारदर्शिता र क्रिकेट प्रतियोगिताहरूको विस्तार

कृष्ण धानुक ।

पछिल्ला वर्षहरूमा डेनमार्कमा बस्ने नेपाली समुदायबीच टेनिस बल सुपर सिक्स क्रिकेट, भलिबल, सेभेन–ए–साइड फुटबल, फुटसल र भेट्रान फुटबल जस्ता  खेल प्रतियोगिताहरू लोकप्रिय गतिविधिको रूपमा विकसित हुँदै गइरहेको छ। विभिन्न क्लब र संस्थाहरूले सप्ताहन्तमा खेलकुद प्रतियोगिता आयोजना गर्दै समुदायलाई रमाइलो र एकताबद्ध बनाइरहेका छन्। मैदानमा नेपाली खेलाडीको उत्साह देख्दा, समुदायमा खेलकुदले ल्याएको उर्जा र एकता सहजै अनुभूत गर्न सकिन्छ। खेलले अनुशासन, टीमवर्क, नेतृत्व जस्ता गुणहरू विकास गर्छ।

हिमालयन स्पोर्ट्स क्लबले हालै सेभेन–ए–साइड फुटबल र टेनिस बल सुपर सिक्स क्रिकेट प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको छ। प्रवासी नेपाली मञ्च डेनमार्कले नेपाली समुदायबीच भलिबल प्रतियोगिता आयोजना गर्ने गरेको छ। अहिले यो भलिबल प्रतियोगिता स्व. बिष्णु पौडेलज्यूको स्मृतिमा समर्पित प्रतियोगिताको रूपमा चित्रित छ। जनसम्पर्क समिति डेनमार्कले हालै बालबालिकाका लागि फुटबल प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको छ। जनसम्पर्क समिति डेनमार्कको फुटबल कार्यक्रम पहिले वयस्क र बालबालिकाका लागि समर्पित थियो। अहिले भने बालबालिकाको सहभागितामा मात्र केन्द्रित भएको छ।

भर्खरै राइजिङ फुटबल क्लबले अगस्ट महिनामा आयोजना हुने सात-ए-साइड फुटबल प्रतियोगिताको मिति घोषणा गरेको छ। डेनमार्कको छिटो र व्यस्त जीवनशैलीबीच पनि नेपाली समुदाय अहिले खेलकुदमा झन् रमाउन थालेको छ। काम, परिवार र जिम्मेवारीका बीच फुर्सदका क्षणमा खेल हेर्न वा खेल्न पुग्ने नेपालीहरूको संख्या बढ्दो छ।

खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र होइन, स्मृतिको झिल्को पनि हो, खेल हेर्दा वा खेल्दा उनीहरूले आफ्नो युवा उमेरका रमाइला क्षणहरू सम्झन्छन् र खेलकुद सधैं समुदायलाई एकताबद्ध बनाउने माध्यम बनेको छ। फुटबलको मैदानमा गोलको खुसी, क्रिकेटको मैदानमा चौका–छक्काको रोमाञ्चमयी क्षणहरूले डेनमार्कमा बसोबास गर्ने नेपालीलाई आफ्नै गाउँघरको खेल मैदान सम्झाउँछन्।

पुराना क्लब तथा संस्थाहरूले प्रतियोगिता आयोजना गर्नका लागि समुदायबाट चन्दा, स्पोन्सर र सहयोग संकलन गर्ने गरेका छन्। सबैजनाले खुला मनले प्रतियोगितामा सहयोग पनि गर्छन्। नेपाली समुदायमा खेलकुद कार्यक्रम सफल बनाउन प्रायः समुदायकै योगदान अपरिहार्य हुन्छ। मानिसहरूले सामुदायिक एकता, युवा र बालबालिकाको विकास, सामाजिक प्रतिष्ठा, योगदानको भावनाले र मनोरञ्जनको लागि प्रतियोगितामा खुला मनले सहयोग गर्छन्। जब कार्यक्रममा सहयोग गर्नेहरूको नाम सार्वजनिक रूपमा घोषणा गरिन्छ, उनीहरूको सामाजिक सम्मान बढ्छ। यसले अरूलाई पनि सहयोग गर्न प्रेरणा दिन्छ र समाजमा सहयोगको भावना फैलाउँछ। सहयोगीहरूलाई सम्मानित महसुस गराउँदा भविष्यमा पनि उनीहरू सक्रिय रुपमा सहभागी हुन्छन्।

तर, यसैबीच पुराना र स्थापित क्लबहरूको पारदर्शिताबारे प्रश्नहरू उठ्न थालेका छन्। समुदायबाट चन्दा र सहयोग संकलन गरेर प्रतियोगिता सञ्चालन गर्ने। तर, आय–व्यय विवरण  समयमै सार्वजनिक नगर्ने जस्ता अभ्यासले केही असन्तुष्टि र अविश्वास सिर्जना गरेको छ। भर्खरै जनसम्पर्क समिति डेनमार्कले बालबालिकाका लागि फुटबल प्रतियोगिता कार्यक्रममा लागेको खर्च र आम्दानीको विवरण सार्वजनिक गरेको छ। यसैगरी, अन्य पुराना क्लबहरूले पनि प्रतियोगिताहरू सकिएपछि नेपाली समुदायबीच निष्पक्ष हिसाब-किताब सार्वजनिक गरिएमा विश्वासको वातावरण बन्नेछ। पारदर्शिता र जवाफदेहीता देखाए खेलकुदको दायरा फराकिलो बनाउनेछ र खेलकुदमा पारदर्शिता हुनु भनेको समुदाय र क्लबबीचको विश्वासको पुल हो। पारदर्शिताले मात्र खेलकुद स्वस्थ, दिगो र सफल हुन्छ। खेलकुदमा संकलित चन्दा, अनुदान र सहयोगको उचित व्यवस्थापन भएको कुरा सबैले थाहा पाउँदा मात्र विश्वास बढ्छ। जब पारदर्शिता हुन्छ, दाताहरूलाई थाहा हुन्छ कि उनीहरूको योगदान कहाँ र कसरी खर्च हुँदैछ। यसले समुदायमा विश्वास कायम गर्छ र भविष्यमा पनि सहयोग प्राप्त गर्न सहज हुन्छ।

डेनमार्कमा रहेका नेपाली स्थापित क्लब र संस्थाहरूले आफ्नो भूमिकालाई नेपाली समाजको संरक्षकको जस्तै व्यवहार गर्न आवश्यक छ। यदि कुनै क्लबले प्रतियोगिताहरूमा एकाधिकार देखाउँदै त्यसप्रकारका प्रतियोगितालाई धन कमाउने साधनको रूपमा प्रयोग गरियो भने त्यो गलत हुन्छ।

नेपालले भर्खरै आईसीसीको डिजिटल फ्यान एंगेजमेन्ट अफ द ईयर २०२४ को  पुरस्कार जितेर विश्व क्रिकेट समुदायमा आफ्नो स्थान थप मजबुत बनाएको छ। नेपाल र विश्वभर फैलिएका नेपालीहरू माझ क्रिकेट खेलप्रति रुचि र उत्साह बढ्दै गएको छ। डेनमार्कमा धेरै नेपालीहरूले सकेसम्म धेरै क्रिकेट प्रतियोगिता आयोजना होस् भन्ने चाहना राख्छन् तर हाल हिमालयन स्पोर्ट्स क्लबले आयोजना गर्ने सुपर सिक्स क्रिकेट बाहेक अरू विकल्पहरू सीमित छन्। क्रिकेट प्रतियोगिताहरूको सङ्ख्या बढाउन थप पहलको आवश्यकता छ। क्रिकेट प्रेमीहरूको बढ्दो उत्साहलाई ध्यानमा राख्दै नयाँ क्लब र संस्थाहरूलाई अघि बढ्न प्रोत्साहित गर्नुपर्ने देखिन्छ। थप प्रतियोगिता सञ्चालन गर्न चाहने क्लब तथा संस्थाहरुलाई हौसला प्रदान गरी खेलकुदको विकासलाई तीव्रता दिन सकिन्छ। डेनमार्कमा रहेका क्रिकेटप्रेमी र क्लबहरूबीच सहकार्य, सहयोग र समर्थनको भावना बढाउनु अत्यन्तै आवश्यक छ। डेनमार्कमा बसोबास गर्ने भारतीयहरूले क्रिकेटमार्फत आफ्नो समुदायलाई सक्रिय राख्दै वर्षेनी ३-४ प्रतियोगिता गर्दै आइरहेका छन्।

जब नयाँ क्लबहरूलाई पुराना क्लबहरूले सहयोग र सुझाव दिने वातावरण तयार हुन्छ, तब मात्र खेलकुदले हाम्रो समुदायलाई अझ मजबुत बनाउन सक्छ। यस्तो सहकार्यले मात्र खेलकुदमा समर्पित नेपालीहरूलाई उत्साहित गर्ने मात्र होइन, समुदायभित्र एकता र आत्मविश्वास पनि जागृत गर्दछ। यस प्रकारका पहलहरूले डेनमार्कमा रहेका नेपालीहरूको सामाजिक र सांस्कृतिक जीवनलाई समृद्ध पार्ने साथै खेलकुदमा पनि नयाँ उचाइहरू छुन मद्दत गर्नेछन्। यसले हाम्रो खेलकुद र समाज दुवैलाई दीर्घकालीन रुपमा मजबुत बनाउनेछ।

अधिवक्ता ठकुराठी उच्च अदालतको न्यायधिशमा नियुक्त

काठमाण्डौं,
न्याय परिषद्ले अधिवक्ता प्रताप सिंह ठकुराठीलाई उच्च अदालतको न्यायधिशमा नियुक्त गरेको छ ।

मन्त्रीपरिषदको बैठकले २७ जनालाई उच्च अदालतको न्यायधिश नियुक्त गरेकोमा सुदूरपश्चिमबाट न्यायधिश नियुक्त हुने ठकुराठी एक्ला अधिवक्ता हुन् ।

न्याय परिषदले उच्च अदालतको न्यायधिश नियुक्त गरेको छ जना कानून व्यवसायीमध्ये उनी एक हुन् । उच्च अदालतको न्यायधिश हुने अन्यमा एक जना सरकारी वकिल, १६ जना जिल्ला अदालतका न्यायधिश रहेका छन् । त्यस्तै न्याय समूहबाट तीन जना र कानून समूहबाट एक जना उच्च अदालतको न्यायधिश नियुक्त भएका छन् ।

२०३१ साल असोज ९ गते डडेल्धुराको देवलदिव्यपुरको रुपालमा जन्मिएका ठकुराठीको बाल्यकाल गाउँमै बित्यो । गाउँकै विद्यालयबाट ८ कक्षाको पढाई पुरे । थप अध्ययनका लागि महेन्द्रनगर झरे ।

महेन्द्रनगरबाटै एसएलसी उत्तीर्ण भएका ठकुराठीले सिद्धनाथ बहुमुखी क्याम्पसबाट आईएलको पढाई पुरा गरे । त्यसपछि थप अध्ययनका लागि काठमाण्डौं पुगे । र, त्रिभुवन विश्वविद्यालयबाट बीएल र वाणिज्यशास्त्रमा एलएलएमको पढाई पुरा गरे ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजार स्थायी घर भएका ठकुराठी हाल काठमाण्डौं नागार्जुन नगरपालिका–९ स्युचाटार बस्दै आएका छन् ।

काठमाण्डौंको त्रिपुरेश्वरस्थित ठकुराठी ल एशोसियट्स मार्फत अढाई दशकभन्दा लामो समयदेखि वकालत क्षेत्रमा सक्रिय ठकुराठी सुदूर पश्चिम कानून समाजका निवर्तमान अध्यक्ष हुन् ।

खोज्नुहोस