थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति

काठमाडौं । भारत सरकारले नेपालबाट थप  २०० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयातका लागि भारत सरकारले अनुमति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यसअघि नेपालबाट ८१०.९ मेगावाट विद्युत आयातका लागि भारतले अनुमति दिएको थियो । अब नेपालबाट भारतमा १०११ मेगावाट विद्युत निर्यातको बाटो खुलेको छ ।

बंगलादेशमा समेत नेपालले ४० मेगावाट विद्युत निर्यात गर्दै आएको छ । यस हिसाबले नेपालको कुल निर्यात स्विकृति १०५०.९ मेगावाट पुगेको छ  ।

अहिले स्वीकृति प्राप्त २ सय मेगावाट विद्युत निर्यातको अनुमति ३१ अक्टोबरसम्म कायम रहने प्राधिकरणले जानकारी दिएको छ ।

लिखु-२, लिखु खोला ए , लोअर सोलु,  ठुलो खोला , सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली यसअन्तर्गत निर्यात हुनेछ ।

गत आर्थिक वर्ष ०८१/८२ मा  नेपालले भारत विद्युत निर्यात गरेर १७ अर्व ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

भारत सरकारबाट थप निर्यात अनुमति प्राप्त भएको र यो आगामी दिनमा बढ्दै जाने अपेक्षा रहेकाले यस आर्थिक वर्षमा विद्युत निर्यात दोब्बर हुने अनुमान गरिएको प्राधिकरणले जनाएको छ।

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिँदै

काठ्माण्डौँ- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभामा विश्वासको मत लिँदै छन्।

मंगलबार अपराह्न ४ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गरी ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि मुख्यमन्त्री बानियाँले मंगलबार विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधार ४ तथा प्रदेशसभा नियमवाली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने प्रस्ताव अघि बढाएका हुन्।

यसैबीच कांग्रेस र एमालेले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन ह्विप जारी गरेका छन्।

कांग्रेस संसदीय दलका सदस्य सचिव मीनकृष्ण महर्जन र एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले सूचना जारी गरी प्रदेश सभाको आजको बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन ह्विप जारी गरेका हुन्।

कुलिङ पिरियड गडबडी छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग छलफल गर्दै सभामुख

काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनबारे सभामुख देवराज घिमिरे छलफलमा छन् ।

उनले राजनीतिक दलका नेताहरूको समेत राय मागेका छन् । यस निम्ति उनले आज बिहान ११ बजे संसद्मा रहेका दलहरूका प्रमुख सचेतकहरूसँग संयुक्त बैठक राखेका छन् ।

सभामुख घिमिरेले यसअघि पनि दलका नेताहरूसँग संवाद गरेका छन् । संसद् सचिवालयकै अधिकारीहरूसँग छलफल गरेका छन् ।

कुलिङ पिरियडको प्रावधान निश्कृय हुने भाषा समेत विधेयकको प्रतिवेदनमा परेको भनेर प्रश्न उठेपछि गठित संसदीय छानबिन समितिले गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ । यसमा संलग्न व्यक्तिलाई नैतिक प्रश्न उठाएको छ । प्रचलित ऐन अनुसार आवश्यक कारबाही हुन सक्ने भनेर समेत सुझाएको छ ।

यो अवस्थामा छानबिन प्रतिवेदन कार्यान्वयनको सम्बन्धमा सभामुख घिमिरेले सरोकारवाला पक्षसँग छलफल गरिरहेका हुन् ।

युवाको ऊर्जा र सपना राष्ट्रको भविष्य हो : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले युवाको ऊर्जा र सपना राष्ट्रको भविष्य भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आज युवा दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत युवाहरूलाई शुभकामना दिँदै यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य रहेको उल्लेख गर्दै भनेका छन्, “हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुनेछ।”

ओलीले युवा दिवसले युवालाई राजनीतिक क्षेत्रमा सशक्त रुपमा लाग्न प्ररणा दिएकोसमेत बताएका छन्। ‘आज अन्तरराष्ट्रिय युवा दिवस। सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा गर्यो’, उनको शुभकामना सन्देशमा भनिएको छ, पहिलोपटक सन् २००० मा युवा दिवस मनाइएको थियो। यसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ।’

आज नेपालसहित विश्वभरि नै युवा दिवस मनाइँदै छ। राष्ट्रिय युवा परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो।

एभरेष्ट क्रेडिट युनियनले जित्यो सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्ड कप

बाल्टिमोर, ११ जुलाई ।
सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डद्धारा बाल्टिमोरमा सञ्चालित सुदूरपश्चिम समाज मेरिल्याण्ड कप २०२५ कोे उपाधी एभरेष्ट क्रेडिट युनियनले जितेको छ ।

दुई दिनसम्म सञ्चालित अन्तरराज्यीय भलिबल प्रतियोगितामा मेरिल्याण्ड नेपाली भलिबल क्लव उपबिजेता भएको छ ।

आईतवार सम्पन्न प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि मेरिल्याण्ड राज्यका डेलिगेट ह्यारी भण्डारीले उपाधी बिजेता टीमलाई ७७७७ डलर र उपबिजेता टीमलाई ४४४४ डलर पुरस्कार र ट्रफी प्रदान गरे ।

सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डका अध्यक्ष बिक्रम शाहीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा विशिष्ट अतिथिका रुपमा बानाका निवर्तमान अध्यक्ष सुबोध विलास पन्त र सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डका संस्थापक अध्यक्ष दमन विक्रम शाह, पूर्व राष्ट्रिय भलिबल खेलाडी तथा क्याप्टेन सुनिल चौधरी, राष्ट्रिय भलिबल टीमका पूर्व क्याप्टेन कैलाश भट्ट, बानाका ट्रष्टी अध्यक्ष प्रभु थापा विशिष्ट अतिथि रहेका थिए ।

समापन समारोहमा नेपाली डायस्पोराका विभिन्न संघ–संस्थाका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डका अध्यक्ष शाहीले अन्तरराज्यीय भलिवल प्रतियोगिता भव्य रुपमा सफल पार्न सहयोग गर्ने सम्पूर्ण संघसंस्था, प्रतियोगी टीम, प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सबैलाई धन्यवाद दिए ।

सुदूर पश्चिम नेपाली समाज मेरिल्याण्डद्धारा प्रथम पटक आयोजित अन्तरराज्यीय भलिवल प्रतियोगितामा अमेरिकाका बिभिन्न राज्यका १४ वटा टीम सहभागी थिए ।

 

सशक्त एनआरएनए मेरो पहिलो प्राथमिकता– भानु खरेल

न्यूयोर्क, ११ जुलाई ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार भानु खरेलले टुटफुट र बिभाजनको शिकार भएको एनआरएनएलाई बलियो बनाउने आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

आईतवार न्यूयोर्कमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै खरेलले चुनावी एजेण्डाका बारेमा जानकारी दिने क्रममा आफ्नो पहिलो प्राथमिकतामा एनआरएनलाई एकताबद्ध र बलियो बनाउनु भएको बताए ।

एक समय यस्तो थियो, एनआरएनएको कार्यक्रममा सयौंको सहभागिता हुन्थ्यो । जब व्यक्तिगत स्वार्थ हावी भयो । तव हामी कमजोर भयौ । त्योसंगै हाम्रा मुद्दा पनि कमजोर भए, खरेलले भने, बिभाजित भएर हामी लक्ष्यमा पुग्न सक्दैनौ । सबै एकजुट हुनुको बिकल्प छैन् ।

एनआरएनए एक ढिक्का हुदा संविधानमा गैर आवासीय नेपालीका हकहीत र अधिकारका कुरा समेट्न सकेको चर्चा गर्दै खरेलले एनआरएनएको बिकल्प खोज्न नसकिने बताए । उनले भने, एनआरएनएको बिकल्प सुधारिएको एनआरएन नै हो । यसको बिकल्प अरु संस्था हुन सक्दैनन् ।

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एनआरएनएलाई एक ढिक्का र बलियो बनाउनु आजको आवश्यकता हो । एनआरएनएका विषयमा नकारात्मक प्रचार धेरै भयो । उनले भने, एनआरएनए बलियो हुदा गैर आवासीय नेपालीका पक्षमा भएका कामका विषयमा चर्चा नै हुदैन् । राम्रा कामको चर्चा गर्न जरुरी छ ।

खरेलले दोस्रो प्राथमिकतामा, बंशजको नागरिकताको निरन्तरताका लागि सरकारलाई दवाव दिनु भएको बताए ।

‘एक पटकको नेपाली, सधैको नेपाली’ भन्ने नारा व्यवहारमा कार्यान्वयन हुन सकेको छैन् । नेपाल सरकारबाट प्राप्त भएको गैर आवासीय नागरिकता कार्यान्वयनमा कठिनाई छ । घरजग्गा पास गर्न झञ्झट छ । सम्पत्तीमाथिको अधिकार सुनिश्चित हुन सकेको छैन्, उनले भने, गैर आवासीय नागरिकताको कार्यान्वयन र बंशजको नागरिकताको निरन्तरताका लागि सरकारलाई दवाव   दिनेछु ।

उनले विदेशमा नेपाली, भाषा, धर्म, संस्कृतिको संरक्षण तथा सम्बद्र्धनका लागि आफूले काम गर्ने प्रतिबद्धता गरे ।

खरेलले गैर आवासीय नेपालीहरुको आर्थिकस्तर उकास्न उद्यमशीलताको विकास र व्यवसायको प्रबद्र्धनमा जोड दिने बताए ।

उनले सूचना प्रविधिका क्षेत्रमा संसारका ख्यातिप्राप्त व्यवसायीक प्रतिष्ठानहरुमा नेपालीहरु उच्च ओहोदामा रहेको चर्चा गर्दै उनीहरुको ज्ञान, अनुभव, पूँजी र अन्तर्राष्ट्रिय सम्बन्धलाई नेपालको विकास र समृद्धिका लागि सदुपयोग गर्ने बताए ।

युवा, महिला र सीमान्तकृत समुदायको सहभागितामा एनआरएनलाई समावेशी बनाउने खरेलको प्रतिबद्धता थियो ।

उनले व्यक्तिगत स्वार्थ त्यागेर गैर आवासीय नेपालीको मुद्दामा एकमत हुनुको बिकल्प नभएको बताए ।

यतिबेला हामी अलमलमा छौ । अलमलले गन्तव्यमा पुग्न सक्दैनौ । पारदर्शिता र जवाफदेहिता पनि उत्तिकै अपरिहार्य छ । हो, हाम्रा निर्णयहरु र आर्थिक गतिबिधि पारदर्शी हुनुपर्छ । र, सबैभन्दा महत्वपूर्ण कुरा, समुदायले के चाहेको छ ? त्यसमा केन्द्रित हुनै पर्छ, खरेलले भने, तवमात्र हामी बलियो हुनेछौ ।

खरेलले चुनावी अभियानका क्रममा आफूले प्रस्तुत गरेका एजेण्डा निर्वाचित भएपछि पुरा गर्ने प्रतिबद्धता गरे ।

अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले टीम भानुको एजेण्डाप्रति समर्थन जनाउदै एनआरएनएलाई बलियो बनाउन टीम भानुलाई मतदान गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा एनआरएनए आईसीसीका सहकोषाध्यक्ष कृष्ण पोखरेल, भिजन क्लवका अध्यक्ष मोहन श्रेष्ठ, हामी ग्लोवल नेपालीका अध्यक्ष शोभाकान्त पाण्डे, एनआरएनएका रिजनल को–अर्डिनेटर आङ छिरिङ शेर्पा, नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव, मुनिन्द्र नेम्वाङ, राप्ती समाजका सचिव तुलसी राम ओली, जनसम्पर्क समिति मकाउका संस्थापक अध्यक्ष अम्बिर जोशी, गिरिजा प्रसाद कोईराला फाउण्डेसनका प्रवक्ता रामचन्द्र अधिकारी, एनआरएनए न्यूयोर्क च्याप्टरका निर्विरोध अध्यक्ष डण्डपाणी लामिछाने, ‘बासु’ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सुदूर पश्चिम समाज न्यूयोर्कका अध्यक्ष दानसिंह बिष्ट, हामी ग्लोवल नेपालीका पूर्व अध्यक्ष ध्रुव कुँवर, सामाजिक अभियन्ता श्याम कार्की लगायत बिभिन्न संघसंस्थाका अगुवाहरुको उपस्थिति रहेको थियो ।

खरेलको प्यानलबाट बोर्ड अफ डाईरेक्टर पदका उम्मेदवार राम बहादुर देउवाले संयोजन गरेको अन्तरक्रिया कार्यक्रमको सञ्चालन सचिव पदका उम्मेदवार बासुदेव भट्टले गरेका थिए ।

बढ्दो आर्थिक दबाबले चीन अमेरिकासँग सम्झौता गर्न बाध्य, सी जिनपिङको शक्ति घट्दै

ताइपेई। चीनले अमेरिकालाई हालै दिएको व्यापार छुटले झोङनानहाई भित्रको विश्वास होइन तर निराशालाई प्रतिबिम्बित गर्दछ।वाशिंगटनसँगको लामो समयको गतिरोध पछि राष्ट्रपति सी जिनपिङले राष्ट्रपति ट्रम्पसँग कुरा गर्न अस्वीकार गर्नु सहित, बेइजिङ वार्ताको टेबलमा फर्किएको छ। रणनीतिक अवज्ञाको आफ्नो पुरानो अडान त्यागेर। यो उल्टो दुई महत्त्वपूर्ण विकासहरूलाई जोड दिन्छ: बढ्दो आर्थिक दबाबले चीनलाई सम्झौता गर्न बाध्य पारिरहेको छ र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) भित्र सी जिनपिङको अधिकार घट्दै गएको छ।

ऐतिहासिक रूपमा, चीनले अमेरिकी शत्रुता, प्रतिबन्ध र रणनीतिक नियन्त्रणलाई उद्धृत गर्दै आर्थिक र सुरक्षा दुवै मोर्चामा वार्ताको प्रतिरोध गरेको छ। ओबामाको कार्यकालमा रक्षा विभागको हटलाइन अस्वीकार गर्नेदेखि ट्रम्पको ट्यारिफ आक्रमणको समयमा व्यापार वार्ता अस्वीकार गर्ने र बाइडेनको कार्यकालमा कार्य-समूह छलफल ढिलाइ गर्नेसम्म, चीनले अमेरिकालाई लगातार आक्रमणकारीको रूपमा चित्रण गरेको छ। तर अब, ट्रम्पको दोस्रो कार्यकालमा, बेइजिङले आफ्नो खुट्टा तानिरहेको देखिन्छ।

 

किन? यस विषयको केन्द्रबिन्दु चीनको कमजोर अर्थतन्त्र हो। आर्थिक वृद्धि सीपीसीको वैधताको केन्द्रीय स्तम्भ रहेको छ। सी जिनपिङको नेतृत्वमा, चीनले कूटनीतिक र राजनीतिक परिणामहरू सहितको प्रमुख आर्थिक सङ्कटको सामना गरिरहेको छ। जसले सीपीसीको दीर्घकालीन अस्तित्वलाई खतरामा पारेको छ। २०२५ को पहिलो त्रैमासिकमा मात्र, अमेरिकामा चीनको निर्यात १०८.७ अर्ब अमेरिकी डलरमा झरेको छ। जबकि आयात ३१.८२ अर्ब अमेरिकी डलरमा झरेको छ। अमेरिकी शुल्क, प्राविधिक अलगाव र घट्दो विदेशी लगानीको प्रभावले बेइजिङलाई घरेलु उपभोगलाई पुनर्जीवित गर्न, रोजगारी बढाउन र गहिरो सङ्कटबाट बच्न सङ्घर्ष गरिरहेको छ। तैपनि, अर्थपूर्ण संरचनात्मक सुधारहरू बिना राजनीतिक नियन्त्रणलाई कडा बनाउने विशेषता रहेको सी जिनपिङको आर्थिक व्यवस्थापनले थोरै सुधार ल्याएको छ।

यस उथलपुथलको बीचमा, रिपोर्टहरू देखा परेका छन् कि सीको सत्तामा पकड खुकुलो हुन सक्छ। हालैका आन्तरिक सुधारहरूले धेरै “अग्रणी साना समूहहरू” र “केन्द्रीय आयोगहरू” को प्रभावलाई कम गरेको छ। जुन संस्थागत संरचनाहरू थिए जसले एक पटक सी जिनपिङको नेतृत्वमा शक्ति केन्द्रीकृत गरेका थिए। यस्ता कटौतीहरू दुर्लभ छन् र सीपीसी भित्र आन्तरिक पुनः सन्तुलनलाई सङ्केत गर्छन्। समग्रमा, व्यापार रियायतहरू दिने चीनको अचानक तत्परता र यी वार्ताहरूको नेतृत्व कसले गरिरहेको छ भन्ने कुरामा अस्पष्टताले सी जिनपिङको वर्तमान भूमिका र प्रभावमाथि गम्भीर प्रश्नहरू खडा गर्छ। के उनी अझै पनि चीनको अमेरिकी नीतिलाई निर्देशित गरिरहेका छन्, वा शक्ति पुनर्वितरण गरिएको छ?

चीनका वाणिज्य मन्त्री वाङ वेन्ताओका बयानहरूले बेइजिङको दबाबको हदलाई अझ जोड दिन्छन्। दुर्लभ मेलमिलापपूर्ण स्वरमा, वाङले भने, “अभ्यासले प्रमाणित गरेको छ कि संवाद र परामर्श मार्फत, उच्चतम स्तरमा नेतृत्व र सञ्चारको साथ, हामी विरोधाभासहरूलाई उचित रूपमा व्यवस्थापन गर्न र हाम्रा मतभेदहरू समाधान गर्न सक्छौँ।” उनले जोड दिए कि जेनेभा र लन्डनमा अघिल्ला वार्ताहरूले नयाँ व्यापार युद्ध अनावश्यक थियो भनेर प्रमाणित गरे, र टकराएको सट्टा स्थिरताको लागि बेइजिङको चाहनालाई सङ्केत गरे।

सम्झौताको विवरण खुलासा गरिएको छैन, वाणिज्य मन्त्रालयले पुष्टि गरेको छ कि दुई पक्ष व्यापार ढाँचामा सहमतिमा पुगेका छन् र प्रारम्भिक जानकारीले असमानताको स्पष्ट तस्बिर चित्रण गर्दछ। अमेरिकाले चिनियाँ सामानहरूमा कर ५५% मा घटाउनेछ, जबकि चीनले अमेरिकी आयातहरूमा सामान्य १०% शुल्क लगाउनेछ। चीनले दुर्लभ पृथ्वी चुम्बक र अन्य महत्त्वपूर्ण खनिजहरूको निर्यात पनि पुनः सुरु गर्नेछ, जुन स्रोतहरू उसले पहिले व्यापार तनावको समयमा हतियारको रूपमा प्रयोग गरिसकेको छ। बदलामा, अमेरिकाले चिनियाँ विद्यार्थी भिसामा प्रतिबन्धहरू कम गर्नेछ, तर महत्त्वपूर्ण रूपमा, उन्नत एआई चिप्सको निर्यातमा आफ्नो प्रतिबन्ध कायम राख्नेछ। अहिलेसम्म, चीनलाई विजेताको रूपमा हेरिएको छैन र सी जिनपिङको चीनमा, छुटहरू कमजोरीको सङ्केत हुन्।

तैपनि, बेइजिङले सार्वजनिक रूपमा सम्झौतालाई छुटको रूपमा प्रस्तुत गर्ने सम्भावना छैन। आन्तरिक रूपमा, यसले राष्ट्रवादी लचिलोपन बढाउन अमेरिकी दबाबलाई आर्थिक “धम्की” को रूपमा प्रस्तुत गर्न जारी राखेको छ। तैपनि, “सहमतिलाई गहिरो बनाउने” र “सहयोग बढाउने” मा वाङको बारम्बार जोडले गहिरो जरुरीतालाई सङ्केत गर्दछ। शासनलाई आर्थिक स्थिर करण चाहिन्छ, र यो व्यावहारिक राहतको लागि प्रतीकात्मक अवज्ञा व्यापार गर्न इच्छुक छ।

जब पनि सम्झौताको विषयवस्तु सार्वजनिक हुन्छ, चिनियाँ राज्य मिडियाले यसलाई एक अदम्य प्रभुत्व विरुद्ध रणनीतिक विजयको रूपमा प्रस्तुत गर्ने प्रयास गर्न सक्छ। तर जतिसुकै प्रयास गरे पनि, अन्तर्निहित वास्तविकता लुकाउन सकिँदैन कि यी छुटहरूले सी जिनपिङको दृढ आर्थिक राष्ट्रवादबाट आधारभूत पछि हट्ने प्रतिनिधित्व गर्दछ। यसले चीनको विदेश नीतिमा व्यापक परिवर्तनको सङ्केत गर्छ वा अस्थायी सङ्कट प्रतिक्रियाको सङ्केत गर्छ, त्यो हेर्न बाँकी छ।

छोटकरीमा भन्नुपर्दा, पछिल्लो व्यापार वार्तामा चीनको सहुलियत केवल रणनीतिक समायोजन मात्र होइन, तर तिनीहरूले चिनियाँ अर्थतन्त्र र कम्युनिस्ट पार्टीको आन्तरिक पदानुक्रम दुवै भित्र गहिरो संरचनात्मक तनावको सङ्केत गर्छन्। बेइजिङको परिवर्तन, जतिसुकै अस्थायी भए पनि, यसको आत्मनिर्भरता रणनीतिको सीमा र सी जिनपिङको केन्द्रीकृत दृष्टिकोणको बढ्दो प्रभावकारितालाई हाइलाइट गर्दछ।

यो परिवर्तनले कमजोर देखिने जोखिमका कारण अमेरिकाले वार्ता वा सञ्चार नगर्ने आफ्नो प्रमुख रणनीति उल्टाएको छ।

यसले पार्टी सदस्यहरूद्वारा सीको शक्तिको दमनलाई पनि सङ्केत गर्दछ, जसले चिनियाँ नेतृत्वमा परिवर्तनको सङ्केत गर्दछ। यद्यपि, व्यापार सम्झौता अगाडि बढ्दै जाँदा, विश्वले पुनः परिभाषित चिनियाँ रणनीतिको लागि तयार हुनुपर्छ जसले दक्षिण चीन सागर र ताइवान वरिपरि सैन्य मुद्रा, कूटनीतिक प्रभाव, वा प्राविधिक आत्मनिर्भरता जस्ता अन्य क्षेत्रहरू मार्फत आफ्नो शक्ति पुनः स्थापित गर्न खोज्न सक्छ। अन्ततः, चीनको पछि हट्नुले निराशा भन्दा बढी प्रकट गर्दछ; यसले तनावपूर्ण राजनीतिक-आर्थिक मोडेलको कमजोरीलाई पनि उजागर गर्दछ।

 

रवि लामिछाने बसेको कोठामा झ्याल समेत बन्द गरिएको छ : मानव अधिकार आयोग

काठमाडौं ।  राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राखिएको भैरहवा कारागारको अनुगमन गरेका छन् । अनुगमनपछि मानवअधिकार प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरे ।

राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको, कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताएकी छन् ।

यस्तै रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको, कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठूलो गरी दुई ओटा पंखा रहेको जानकारी दिइन् । थापाले भनिन्, ‘उहाँ बस्ने कोठामा पंखा छ । तर झ्यालहरू टालिएको रहेछ । जेल प्रशासनले सुरक्षाका लागि टालिएको भन्नुभयो । हाम्रो आग्रहपछि त्यसलाई खोल्न तयार हुनुभएको छ ’

आधारभूत अस्पताल निर्माणका लागि बजेट अभाव

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा निर्माण गरिएको आधारभूत अस्पताल बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेको छैन । पूर्वाधार निर्माण भएको करिब डेढ वर्ष बितिसक्दा पनि १० शय्याको उक्त अस्पताल सञ्चालन हुन सकेको छैन ।

विक्रम संवत् २०७७ मङ्सिर १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका ३०९ स्थानीय तहमा आधारभूत अस्पताल उद्घाटन गरेका थिए ।सोही कार्यक्रमअन्तर्गत लालझाडी–३ नन्दगाउँमा आधारभूत अस्पतालका लागि पूर्वाधार निर्माण गरिएको हो । करिब रु ६ करोडको लागतमा पूर्वाधार निर्माण गरिएको हो ।

“बजेट र जनशक्ति नहुँदा सञ्चालन गर्न समस्या भएको छ”, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले भने । स्थानीय तहसँग आन्तरिक आयस्रोत न्यून रहेकाले अस्पताल सञ्चालन गर्न सङ्घीय र प्रदेश सरकारको सहयोग आवश्यक भएको उनको भनाइ छ । सो स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल नहुँदा स्थानीयले उपचारका लागि धनगढी र महेन्द्रनगर धाउनुपर्ने बाध्यता छ ।

लालझाडी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले आधारभूत अस्पताल सञ्चालन गर्न मन्त्रालयले कार्यविधि तयार गरेको भए पनि त्यसअनुसार उपकरण र जनशक्ति व्यवस्थापन हुन नसकेको बताए ।

उनका अनुसार आधारभूत अस्पतालका लागि दुई चिकित्सकसहित २२ कर्मचारीका लागि अस्थायी दरबन्दी स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको छ । “अस्पताल सञ्चालनका लागि हामीले अघिल्लो वर्ष नै पाँच जना माग गरेका थियौँ, उपकरण उपलब्ध नभएकाले पद आपूर्ति प्रक्रिया पनि रोकिएको छ”, उनले भने,“यस वर्ष पालिकाले अस्पताल सञ्चालन गर्न रु ८० लाख विनियोजन गरेको छ ।”

कैलाली कारागार घटना : मृतकका परिवारले दिए जाहेरी, शव बुझ्ने तयारी

कैलाली । कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणमा मारिएका धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय भरत चौधरीको शव आफन्तले बुझ्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारीसहितको छलफलमा उनीहरूले माग सम्बोधन भएपछि मात्रै शव बुझ्ने बताएका थिए ।

मृतकका परिवारले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, उनकी १५ वर्षीया छोरीलाई सरकारले निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका मागहरू उनीहरूले प्रमुख जिल्ला अधिकारी गोगन हमाललाई सुनाए ।

प्रमुख जिल्ला अधिकारी माग सम्बोधन गर्न तयार भएपछि आफूहरू शव बुझ्न तयार भएको मृतकका भाइ विजय चौधरीले बताए ।

‘छोरीको निःशुल्क शिक्षा दिनुपर्ने र हत्यामा संलग्नको पहिचान गरी शीघ्र कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका थियौँ सरकारले त्यो पुरा गर्छ भनेपछि हामी शव बुझ्न तयार भएका हौँ’, उनले भने ।

छलफल पछि जिल्ला प्रहरी कार्यालयका मृतकका परिवारले जाहेरी पनि दिएका छन् ।

उक्त जाहेरी दर्ता भएर अनुसन्धान अघि बढिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए । जाहेरी दर्ता पछि मृतकका आफन्तहरू शव बुझ्न तयार भएको र पोस्टमार्टम प्रक्रिया सुरु भएको उनले जानकारी दिए ।

लागुऔषध मुद्दामा ६ महिनादेखि कैद भुक्तान गरिरहेका चौधरीको कारागारभित्रै कैदीबन्दी समूहबिच झडपमा हत्या मृत्यु भएको थियो ।

कारागारको पुरुष ‘ए’ ब्लकमा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ‘बी’ ब्लकमा रहेका चौधरीसहितका ४९ जना कैदीबन्दीमाथि साङ्घातिक आक्रमण गरेका थिए ।

राति सेती प्रादेशिक अस्पताल पु¥याइएका चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यसअघि सुदूरपश्चिम प्रदेश सरकारले मृतकको परिवारलाई ५ लाख उपलब्ध गराउने निर्णय गरिसकेको छ । मृतककी १५ वर्षीया छोरी अहिले ८ कक्षामा पढिरहेकी छन् ।

सीडीओ हमालले धनगढी उपमहानगरपालिकाले मृतककी छोरीलाई पढाउने बचन दिइसकेको र सहयोगका लागि आफूले अन्य संघसंस्थामार्फत पहल गर्ने मौखिक प्रतिबद्धता जनाएका छन् । ‘धनगढी उपमहानगरपालिकाले मृतकको छोरीलाई निःशुल्क पढाउने व्यवस्था मिलाउने भनेको छ । प्रमुख जिल्ला अधिकारीको हैसियतमा मैले पनि पहल गर्छु । विभिन्न संघसंस्थाले सहयोग गर्छन्,’ सीडीओ हमालले मृतक चौधरीका परिवारसँग भने, ‘उहाँलाई कुटपिट गरेर हत्या गर्ने कैदीबन्दीको पहिचान गरेर कानुनबमोजिम कारबाही गछौँ ।’

कारागारभित्र भएको हिंसात्मक घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याइने उनले बताए ।

प्रहरी प्रमुखले घटनाको सूक्ष्म अनुसन्धान गरी कुटपिटमा संलग्नहरूलाई थप कारबाही गर्ने बताएपछि उनीहरू शव बुझ्न सहमत भएका हुन् ।

घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा समेत पाँच सदस्यीय समिति गठन गरिएको छ ।

उक्त समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज पन्त सदस्य छन् । त्यस्तै अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी पनि सदस्य रहेको छानबिन समितिलाई १० दिनको समय दिइएको छ ।

शुक्रवारको घटनापछि कैदीबन्दीले ४० घण्टासम्म कसैलाई भित्र छिर्न दिएका थिएनन् । मानवअधिकार आयोगको रोहबरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ४० घण्टापछि घटनास्थल भित्र छिरेर कैदीबन्दीको गणना गरेको थियो ।

पुनर्जन्मबारे ओली: ‘सन्तान नै पुनर्जन्म हो, मान्छे मरेपछि अणु-परमाणुमा बदलिन्छ’

काठ्माण्डौँ- प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुनर्जन्मको परम्परागत धार्मिक मान्यतालाई अस्वीकार गर्दै यसको वैज्ञानिक र भौतिकवादी व्याख्या गरेका छन्।

उनले मानिसको पुनर्जन्म उसको सन्तानको रूपमा हुने र मृत्युपछि शरीर अणु-परमाणुमा रूपान्तरित हुने तर्क प्रस्तुत गरे।

सोमबार मदन-आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले भने, ‘हाम्रा कथाहरूले परिकल्पना गरेको पुनर्जन्म हुन्थ्यो भने त्यो बेग्लै हुन्थ्यो होला। तर पुनर्जन्म होइन, पुनर्जन्म भनेको सन्तानलाई पुनर्जन्म भन्न सकिएला।’

उनले जीवन र मृत्युको चक्रलाई भौतिक विज्ञानको दृष्टिकोणबाट व्याख्या गर्दै मानिसको मृत्युपछि उसको भौतिक अस्तित्व समाप्त नहुने तर रूपान्तरण हुने बताए। ‘व्यक्ति चाहिँ रूपान्तरित हुन्छ। एक वस्तुबाट अन्य वस्तुमा, मान्छेबाट अरू चीजमा रूपान्तरण हुन्छ। विभिन्न अणु, परमाणु, अरू चीजहरूमा हुँदै जान्छ र क्वान्टममा पुग्छ,’ उनले सुनाए।

अध्यक्ष ओलीले धार्मिक श्लोक ‘या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता’ लाई समेत आफ्नो भौतिकवादी व्याख्यासँग जोडे। उनका अनुसार मृत्युपछि मानिसको शरीर ऊर्जा (शक्ति) को रूपमा सबै प्राणीमा रहन्छ र विभिन्न रूप लिँदै जान्छ।

‘ऊ (व्यक्ति) एउटा सबभन्दा सानो झिल्कोको रूपमा कायम रहन्छ। रूपान्तरित त्यसरी हुँदै जान्छ र त्यसले फेरि अर्को के रूप लिन्छ, के रूप लिन्छ, त्यो अनेक रूप लिँदै जान सक्छ,’ उनले थपे।

कैलाली कारागार प्रकरणमा राजेन्द्र महताेकाे पार्टीले गृहमन्त्रीकाे राजीनामा माग्याे

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीले सरकारको लापरबाहीकै कारणले कैलाली कारागारभित्र कैदीबन्दीहरुको दुई समूहबीच भएको हिंसात्मक झडप भएको आरोप लगाएको छ। झडपमा परेर भरत चौधरी मृत्यु हुनुका साथै ४८ जना कैदीबन्दी घाइते भएका थिए।

पार्टीका प्रवक्ता रवीन्द्र कुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कारागार प्रशासनको गम्भीर सुरक्षा लापरवाही र राज्यको उदासीनताले एउटा जीवन समयअगावै समाप्त भयो । राज्यको सुरक्षा नियन्त्रण भित्र यसरी मृत्यु हुनु सामान्य घटना होइन। सुरक्षा संयन्त्रको नियन्त्रणमा पनि नागरिक सुरक्षित नहुने अवस्था गृह प्रशासनको चरम लापरबाहीको रूपमा लिएका छौँ ।‘

यो घटनालाई केवल अचानक भएको झडप भनेर लुकाउन खोज्ने प्रयासलाई अस्वीकार गर्ने बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘५९० भन्दा बढी कैदीबन्दीको हस्ताक्षरसहित कारागारभित्रको सुरक्षा अभाव र तनावबारे राज्य पक्षलाई अग्रिम जानकारी दिइएको थियो, तर आवश्यक सतर्कता, व्यवस्थापन र सुरक्षाको कदम चालिएन।यसको सम्पूर्ण जिम्मेवारी गृह प्रशासनले लिनुपर्नेछ । उपरोक्त घटना स्पष्ट प्रमाण हो, कि यो केवल दुर्भाग्य होइन, बरु गम्भीर लापरवाही र संवेदनहीनताको परिणाम हो ।’

घटनाबारे छानबिन गर्नको लागि ६ बुँदे माग पनि अघि पारेको छ।

– तत्काल स्वतन्त्र तथा निष्पक्ष छानबिन आयोग गठन गरी घटनाका सम्पूर्ण कारण, पृष्ठभूमि र दोषीहरूको पहिचान गरियोस् ।

– दोषीलाई कुनै राजनीतिक या प्रशासनिक संरक्षण बिना कानुनी कारबाहीको दायरामा ल्याइयोस् ।

– घाइते कैदीबन्दीहरूको तत्काल उपचार, पुनः स्थापना र स्वास्थ्य सुरक्षा सुनिश्चित गरियोस् ।

– देशभरका कारागारहरूमा सुरक्षा, स्वास्थ्य र मानवअधिकार मापदण्डअनुसारको सुधार तत्काल सुरु गरियोस् ।

– मृतक भरत चौधरीका परिवारलाई उचित राहत र दीर्घकालीन न्यायको पूर्ण सुनिश्चितता गरियोस् ।

– सुरक्षा संयन्त्र गम्भीर रूपले असफल भएकोले गृह प्रशासनको प्रमुखको हैसियतले सम्पूर्ण घटनाको जिम्मा लिँदै नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा गरियोस् ।

रवि लामिछानेको निवेदनमाथि सुनुवाइ सकियो

भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दायर गरेको निवेदनमाथि सुनुवाइ सकिएको छ। निवेदनमाथि सुनुवाइ सकिएकाले आजै आदेश आउने संभावना छ।

सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनमाथि न्यायाधीश नारायण सापकोटाको इजलासमा सुनुवाइ सकिएको हो।

निवेदन उपर लामछिाने र सरकारी वकिलको तर्फबाट बहस सकिएपछि सुनुवाइ सकिएको हो। अब लामिछानेलाई थुनामै राख्ने कि धरौटीमा छोड्ने भन्ने आदेश आउनेछ।

मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिइ ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै उनले साउन १९ गते अदालतमा निवेदन दिएका थिए। उनले बिगो बराबरको रकम बैंक ग्यारेण्टी लिएर रिहाइ माग गर्दै अदालतमा निवेदन दिएका छन्।

निवेदन दर्ता भएको साउन १९ गते नै अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पक्षहरूलाई पेशीको सूचना दिने आदेश गरेको थियो। साउन २० गते न्यायाधीश प्रल्हाद कुमार योगी र साउन २१ न्यायाधीश दिपेन्द्र थापा मगरको इजलासमा चढेको पूरक पेशी निवेदकको (लामिछाने) को कानुन व्यवसायीबाट दुवै दिन स्थगित भएको थियो।

अनलाइन सञ्चारमाध्यम दर्ता प्रावधानविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं– अनलाइन सञ्चारमाध्यम दर्ता तथा नविकरण जिल्ला प्रशासन कार्यालयमार्फत मात्र गर्नुपर्ने व्यवस्था र त्यसकै आधारमा सूचना तथा प्रसारण विभागले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ता अनिल आचार्य, ‘कानून खबर’का प्रधान सम्पादक सुमन कुमार लुइटेल, र ‘बिड मिडिया’का अध्यक्ष बिकल गिरीले संयुक्त रूपमा दायर गरेको रिटमा २०८२ साउन १४ गते राजपत्रमा प्रकाशित “नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०८२” मार्फत छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा थपिएको दफा
७ (ख) खारेज गर्न माग गरिएको छ।

रिटमा भनिएको छ कि संशोधित दफाले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नविकरणको अधिकार जिल्ला प्रशासन कार्यालयमा सीमित गरेको छ, जसले संविधानको धारा १७ (२) (क) र १९ मा प्रदत्त प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमा प्रत्यक्ष अतिक्रमण गर्छ।

निवेदकहरूले संशोधनकै आधारमा सूचना तथा प्रसारण विभागले २०८२ साउन २० गते जारी गरेको पत्रद्वारा अनलाइन पत्रिका दर्ता तथा नविकरणको कार्य स्थगित गर्ने निर्णय पनि बदर गर्न माग गरेका छन्। रिट अनुसार,सो निर्णयले सञ्चारमाध्यमको स्वतन्त्रता मात्र होइन, व्यवसायिक गतिविधि, रोजगारी, र जनतालाई समयमै सूचना उपलब्ध गराउने अधिकारसमेत प्रभावित गरेको छ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, संघीय संसद सचिवालय, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई विपक्षी बनाइएको छ।

निवेदकहरूले अदालतसँग तत्काल परमादेश जारी गरी दफा ७९ख० खारेज गर्न, अनलाइन दर्ता स्थगनको निर्णय बदर गर्न, र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नविकरणको पूर्ववत् व्यवस्था कायम राख्न आदेश दिन माग गरेका छन्।

यस मुद्दाको प्रारम्भिक सुनुवाइका लागि २०८२ साउन २७ गते पेशी तोकिएको सर्वोच्च अदालतको आदेशमा उल्लेख छ।

प्रतिष्ठानहरू ‘ठगी खाने भाँडो’ बन्न हुँदैन: ओली

काठ्माण्डौँ- प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनका केही पदाधिकारीहरूको अभिव्यक्ति र गतिविधिप्रति प्रश्न उठाएका छन्।

पार्टीका सम्मानित नेताको नाममा स्थापित संस्थाहरूले आफ्नो आदर्श र उद्देश्य नबिर्सन चेतावनी दिँदै उनले त्यस्ता प्रतिष्ठानहरू ‘ठगी खाने भाँडो’ बन्न नहुनेमा जोड दिए।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘पार्टीका सम्मानित नेताको नाममा स्थापना गरिएका संस्थाहरू सही बाटोमा हिँड्नुपर्छ। साँच्चिकै काम गर्छ कि ठगी खाने भाँडो बन्छ भन्ने हेर्न जरुरी छ। नेताहरूको नाममा बनाइएको प्रतिष्ठानहरू ठगी खाने भाँडो बनाउने परिपाटी हुनुहुन्न।’

उनले त्यस्ता संस्थाहरू सामूहिक हुनुपर्ने र नेताको आदर्शलाई पछ्याउन सक्नुपर्नेमा जोड दिए।

मदन भण्डारी फाउन्डेसनको पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीले उक्त संस्था पार्टीले नभई केही व्यक्तिहरू मिलेर बनाएको स्मरण गराए। ‘मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको होइन, हामीहरू मिलेर बनाएको हो,’ उनले भने।

अध्यक्ष ओलीले मदन–आश्रित स्मृति प्रतिष्ठानको स्थापनाको औचित्यबारे प्रस्ट्याउँदै भने, ‘एक समय मदन भण्डारी र जीवराज आश्रितको जन्मदिन मनाउनसमेत नपाइने अवस्था सिर्जना गरिएपछि मदन–आश्रित स्मृति प्रतिष्ठान बनाउनु परेको हो।’

फाउन्डेसनका पदाधिकारीका अभिव्यक्ति र त्यस मातहत सञ्चालित अनलाइनको प्रस्तुतिप्रति संकेत गर्दै अध्यक्ष ओलीले भविष्यमा फाउन्डेसन कसरी अगाडि बढ्छ भन्नेमा शंका व्यक्त गरे। ‘आगामी दिनमा मदन भण्डारी फाउन्डेसन कसरी जान्छ ? त्यो भने हेर्न बाँकी छ,’ उनले भने।

भारतमा विपक्षी नेता राहुल गान्धीसहितका दर्जन बढी सांसद् दिल्लीस्थित निर्वाचन आयोगबाट पक्राउ

एजेन्सी : मतदाता सूचीको मुद्दामा संसददेखि निर्वाचन आयोगसम्म विरोध मार्च गरिरहेका विपक्षी सांसदलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ।

दिल्लीका डीसीपी देवेश कुमारका अनुसार निर्वाचन आयोगले करिब ३० जना सांसदलाई मात्र भेट्ने अनुमति दिएको भए पनि त्यसभन्दा धेरै संख्या पुगेकाले प्रहरीले नियन्त्रणमा लिएको हो।

निर्वाचन सदनको मुख्य गेटमा पत्रकारलाई जान प्रतिबन्ध गरिएको छ। बीबीसीले एक प्रहरी अधिकृतलाई उद्धृत गर्दै भनेको छ, ‘हामीलाई प्रदर्शनकारीलाई नियन्त्रणमा लिन र मिडियालाई आयोगको मुख्य गेटबाट टाढा राख्न निर्देशन दिइएको छ।’

मार्चको नेतृत्व राहुल गान्धीले गरेका थिए। मार्चमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, एनसीपी प्रमुख शरद पवार, प्रियंका गान्धी लगायतका नेताहरू सहभागी थिए। दिल्ली प्रहरीको अवरोधका बीच पनि सांसदहरूले सरकार र निर्वाचन आयोगविरुद्ध नारा लगाउँदै अगाडि बढ्ने प्रयास गरेका थिए।

प्रहरीले सुरक्षाका लागि ब्यारिकेड र सुरक्षा घेरा कायम गरे पनि विपक्षी सांसदहरूले ब्यारेकेड तोड्दै आयोगतर्फ बढ्ने कोसिस गरे। लोकसभामा नेता प्रतिपक्ष राहुल गान्धीको नेतृत्वमा संसददेखि आयोगसम्मको मार्चमा सहभागी सांसदहरूले मुख्य चुनाव आयुक्त तथा अन्य दुई आयुक्तसँग भेट्ने समय मागेका थिए।

भारतमा ‘क्राइम ब्युरो’ चलाउने नक्कली प्रहरी पक्राउ

काठमाडौं- भारतीय प्रहरीले ‘क्राइम इन्भेस्टिगेटिभ ब्युरो’ लेबल गरिएको भाडाको कार्यालयबाट प्रहरीको भेषमा ‘चन्दा’ असुलेको आरोपमा छ जनालाई पक्राउ गरेको छ ।

‘प्रहरी जस्तै रङ र लोगो’ ले सजाइएको कार्यालयबाट सञ्चालित ‘अन्तर्राष्ट्रिय प्रहरी र अपराध अनुसन्धान ब्युरो’ नयाँ दिल्लीको स्याटेलाइट सहर नोएडामा अवस्थित रहेको प्रहरीले आइतबार राति एक विज्ञप्तिमा बताएको छ । प्रहरीका अनुसार अभियुक्तहरूले नक्कली कागजात र प्रमाणपत्रहरू बनाएका थिए र पीडितहरूबाट ‘चन्दा’ माग्ने वेबसाइट चलाएका थिए ।

उनीहरूले आफ्नो ‘इन्टरपोल’ र अन्य अन्तर्राष्ट्रिय अपराध एकाइहरूसँग सम्बद्धता रहेको दाबी गरेका थिए । “अपराधीहरूले आफूलाई सरकारी कर्मचारीका रूपमा प्रस्तुत गरेका थिए”, प्रहरीले भन्यो । प्रहरीले धेरै मोबाइल फोन, चेकबुक, स्ट्याम्प सिल र परिचय पत्रहरू बरामद गरेको छ ।

नयाँ दिल्ली नजिकैको भाडाको घरबाट नक्कली दूतावास चलाएको र विदेशमा रोजगारी दिने वाचा गरेर जागिर खोज्नेहरूलाई पैसा ठग्ने आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको केही हप्तापछि यो पक्राउ गरिएको हो ।

अभियुक्तले अवैध ‘पश्चिम आर्कटिक दूतावास’ सञ्चालन गरिरहेको थियो र ‘पश्चिम आर्कटिका, सबोर्गा, पोल्भिया, लोडोनिया’ लगायत काल्पनिक राष्ट्रहरूको राजदूत भएको दाबी गरेको थियो ।

आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येय छ : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येयका साथ नागरिकतासम्बन्धी कानुनलाई संशोधनअघि बढाइएको बताएका छन् ।

सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता विधेयक २०८१ मा सैद्धान्तिक छलफलका क्रममा गृहमन्त्री लेखकले सन्तानको आमा नै पहिलो संरक्षक हुने गरेको बताउँदै आमालाई नै जिम्मेवार बनाइएको जानकारी दिए ।

‘सन्तानको पहिलो संरक्षक आमा नै हुन् । आमाले यो मेरो सन्तान हो । त्यसको बुबाको पत्ता छैन अथवा म ल्याउन सक्दैन भनेर भनेको अवस्थामा आमाले स्वघोषणा गरेको अवस्थामा त्यसको सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येय छ’, गृहमन्त्री लेखकले भने, ‘यसले आमा-महिलाको मात्रै हक स्थापित गरेको होइन । संविधानको सीमारेखाभित्र महिलाको हकलाई पूर्णमा स्थापित गर्ने उद्देश्य पनि हो । सन्तानको पनि हक सुरक्षित गरिएको छ ।’

उनले आमाको स्वघोषणा गलत सिद्ध भएमा नागरिकताका बारेमा प्रश्न गर्ने र सजायको व्यवस्थासमेत गरिएको बताए। नागरिकता नहुँदा धेरै बालबालिकाहरूले अध्ययन-वृद्धिविकासमा समस्या भएको उनको भनाइ छ ।

त्यसैगरी, अङ्गीकृत नेपाली नागरिकता प्राप्तिसम्बन्धी व्यवस्थामा बाबुका आधारमा विदेशको नागरिकता नलिएको भन्ने नागरिकता प्राप्त गर्ने व्यक्तिले मात्र स्वघोषणा गर्ने व्यवस्था भएकामा निजको आमाले समेत स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको मन्त्री लेखकले जानकारी दिए ।

‘बुबाको मृत्यु भएको, जीवित रहँदा पनि नागरिकता प्राप्तिमा सहयोग नगरेमा तथा अर्को विवाह गरेर गएको अवस्थामा सन्तानलाई आमाकै नामबाट नागरिकता दिने व्यवस्था विधेयकमा राखिएको छ,’ लेखकले भने, ‘आमाको नामबाट नागरिकता पाउने कुरालाई हामीले अहिले सरलीकृत गरेका छौँ ।’

आमाका नामबाट नागरिकता उपलब्ध गराउने विषयमा सर्वोच्च अदालतबाट सरकारलाई निर्देशनात्मक आदेशसमेत भएको अवस्थामा विधेयक अगाडि बढाएको मन्त्री लेखकको भनाइ थियो ।

पशुपति पुगेर एलिनाले गरिन् विपिन जोशीको रिहाइको कामना

काठमाडौं । गायिका एलिना चौहानले विपिन जोशीको रिहाइको लागि पशुपति पुगेर कामना गरेकी छन् । त्यहाँ आयोजित संकटमोचन ज्ञान महायज्ञमा पुगेर उनले कामना गरेकी हुन् ।

विपिनको फोटो राखिएको फ्रेम समात्दै गरेको फोटो सामाजिक संजालमा सेयर गर्दै उनले लेखेकी छन्, ‘ आज ऐतिहासिक श्री पशुपति मनकामना पुर्ति तथा शंकटमोचन ज्ञान महायज्ञ मा विपिन भाइ चाडि भेटिनुहोस भनेर कामना गरियो । हामी सबैको मनकामना पूर्ति होस जय होस मंगलहोस ।’

विपिन लगायत विदेशी भूमिमा बेपत्ता भएका अन्य खोजी गर्न पनि उनले आग्रह गरेकी छन् । गायिका राधिका हमालले पनि एलिनासँगै यस्तो कामना गरेकी छन् ।

प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल सोमबार त्यता लागेका छन् ।

 

कृषिका विद्यार्थी विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका थिए । हमालसले इजरायलमा आक्रमण गरेपछि उनी २०८० असोज २० गतेदेखि सम्पर्कमा छैनन् । उनलाई हमासले बन्धक बनाएको भनिएको छ । उनीसँगै रहेका साथीहरुले पनि हमासले लिएर गएको बयान दिएका थिए । सोही घटनामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

रवि लामिछानेले दिएको निवेदन दर्ताविरुद्ध सर्वोच्च र न्याय परिषदमा उजुरी दिने तयारी

काठमाडौँ । सहकारी ठगी र संगठित अपराधको कसूरमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले बिगो रकम बराबरको धरौटी बुझाएर थुनामुक्त गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा गराइएको निवेदन दर्तामाथि  न्याय परिषदमा छानबिन हुने भएको छ ।

उच्च अदालत र सर्वोच्च अदालतले पुर्पक्षका लागि लामिछानेलाई थुनामा राख्न दिएको आदेश विपरीत जिल्ला अदालत रुपन्देहीले दर्ता नै गर्न नमिल्ने निवेदन प्रभावमा परेर साउन १९ गते दर्ता गरिएकोबारे न्याय परिषदमा उजरी पर्ने भएको हो ।

उजुरी दिने तयारीमा रहेका एक जनाले भने, ‘रुपन्देही जिल्ला अदालतमा देखिएको न्यायिक विचनमाथि छानविनका लागि न्याय परिषदमा उजुरी दिने तयारी छु । रवि लामिछानेका मान्छेले रुपन्देही जिल्ला अदालतका केही न्यायधिशलाई प्रभावमा पारेर गैरकानूनी ढंगले निवेदन दर्ता गर्न लगाएको विशेष सूचना मलाई प्राप्त भएको छ । प्रमाणसहित न्याय परिषदमा उजुरी दिने तयारीमा छु ।’

यस्तै सामाजिक अभियन्ता युवराज सफलले पनि रुपन्देही जिल्ला अदालतमा देखिएको न्यायिक विलचनविरुद्ध उजुरी दिने तयारी गरिरहेको बताए । ‘सर्वोच्च अदालत र उच्च अदालतको आदेशको विपरीत सेटिङमा रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता भयो । यसबारे कानुनविद्ले पनि आ–आफ्नो धारणा राखिराख्नु भएको छ,’ उनले भने, ‘संगठित अपराधमा पनि मिलापत्रका लागि निवेदन दर्ता गर्ने अदालतका न्यायधिश र निवेदन दर्ता गर्ने अदालत प्रशासनका विरुद्धमा उजुरी दिन्छु । न्यायधीशका विरुद्धमा न्यायपरिषदमा र अदालत प्रशासनका विरुद्धमा सर्वोच्च अदालतमा नियमपूर्वक उजुरी दिने मेरो तयारी छ ।’

रवि लामिछानेले रुपन्देही जिल्ला अदालतका दुई जना न्यायधिश घोषित–अघोषित रुपमा किनेको भन्दै उनीहरुले सुनुवाई गर्ने गरी सेटिङ मिलाएको सफलको दाबी छ ।

यसअघि लामिछानेलाई गत माघ १३ गते एक करोड रुपैयाँ धरौटीमा छाड्न रुपन्देही जिल्ला अदालतबाट भएको आदेश शंकाको घेरामा थियो ।

रुपन्देही जिल्ला अदालतको आदेशलाई चैत २२ गते उच्च अदालत तुलसीपुरको बदर गर्दै लामिछानेलाई थुनामा पठाएको थियो ।

सर्वोच्च अदालतले पनि बैशाख ७ मा उच्च अदालतकै आदेशलाई सदर गरेपछि लामिछाने पुर्पक्षका लागि कारागार छन् ।

लामिछाने र रास्वपाका नेताहरुले जिल्ला अदालतका न्यायाधीशहरुलाई प्रभावमा पारेर बिगो बराबरको घरौटी बुझाएर थुनामक्त हुन पाउँ भनेर निवेदन गरेको विषयमा धेरैले आशंका गरेका छन् ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जिल्ला अदालतले दर्ता नै गर्न नमिल्ने निवेदन दर्ता गर्नु नै शंकाको घेरामा रहेको बताए । सर्वोच्च र उच्च अदालतको आदेश विपरीत जिल्ला अदालतले निवेदन दर्ता गर्ने नियतमाथि प्रश्न उब्जेको उनको दाबी छ ।

संगठित अपराधको कसूरमा कारागारमा रहेको व्यक्ति विगो बराबरको धरौटी बुझाएर थुनामुक्त हुनै नमिल्ने कानूनविद्हरुको मत छ ।

आर्थिक चलखेलका कारण दर्ता नमिल्ने विषय दर्ता हुनु र सेटिङ नमिलेपछि अहिले पेसी सरेको हो की भन्ने शंका उब्जाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा एक वर्षमा विभिन्न जिल्लामा एकसय वटा विद्यालय भवन निर्माण

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा प्रदेशका विभिन्न जिल्लामा एकसय वटा विद्यालय भवन निर्माण गरेको छ । सरकारले गत आर्थिक वर्ष २०८१–८२ मा एकसय वटा दुई कोठाको विद्यालय भवन निर्माण गरेको हो ।

प्रदेश सरकारले सबैभन्दा बढी कैलालीमा १९ वटा विद्यालय भवन निर्माण गरेको छ । त्यस्तै, बझाङमा १७, अछाममा १६, बैतडीमा १५, डडेल्धुरामा १४, डोटीमा आठ, दार्चुलामा छ र बाजुरामा पाँच वटा विद्यालय भवन निर्माण गरेको प्रदेश सरकारको एक वर्षको प्रगति विवरणमा उल्लेख छ ।

यसैगरी, सरकारले कैलालीमा २०, कञ्चनपुरमा एक, डोटीमा १२, डडेल्धुरामा दुई, बाजुरामा दुई, अछाममा १४, बझाङमा पाँच, बैतडीमा तीन गरी ५९ विद्यालय घेरबार तथा खेलमैदान निर्माणको काम गरेको छ । विभिन्न चार जिल्लाका विद्यालयमा सात वटा शौचालय निर्माण भएको जनाइएको छ ।

यस्तै, प्रदेश सरकारले डोटी बहुमुखी क्याम्पसको क्याम्पस भवन र प्रशासनिक भवन निर्माण गरेको छ । यसैगरी, अमरगढी बहुप्राविधिक शिक्षालय निर्माण सम्पन्न गरेको जनाइएको छ । अमरगढी बहुप्राविधिक शिक्षालयको प्रशासनिक भवन निर्माणको क्रममा रहेको प्रदेश सरकारले जानकारी दिएको छ ।

सिक्दै कमाउँदै कार्यक्रमका लागि प्राविधिक धार सञ्चालन भएका छ वटा विद्यालयलाई अनुदान दिइएको जनाइएको छ । प्रदेश सरकारले छ वटा सामुदायिक विद्यालयहरुमा लघु सङ्ग्रहालय स्थापना गरेको छ । डडेल्धुराको भुवनेश्वरी माध्यमिक विद्यालय, डोटीको रामपुर मावि बुडर, कञ्चनपुरको लक्ष्मी मावि जगदिया, डडेल्धुराको जगदीश मावि बडाल र कञ्चनपुरकै सत्यवती मावि बनगाउँमा लघु सङ्ग्रहालय स्थापना गरिएको हो ।

प्रदेश निर्वाचन क्षेत्रभित्रका ३२ वटा सामुदायिक विद्यालयलाई प्रदेश नमुना विद्यालयको रुपमा सरकारले छनोट गरेको छ । छनोट भएका सबै विद्यालयको विकास गुरुयोजना तयार भइ डिपिआरसहित भौतिक र शैक्षिक विकासमा नमुनायोग्य कार्य प्रारम्भ गरेको जनाइएको छ ।

साक्षर प्रदेश घोषणा गरिएको यो प्रदेशको १० वर्षे शिक्षा योजनाको प्रदेश सरकारले तयारी गरिरहेको छ । यसैगरी, प्रदेश शिक्षा नीति तर्जुमाको क्रममा रहेको जनाइएको छ । त्यस्तै, प्रदेश नमुना विद्यालय सञ्चालन निर्देशिकाको प्रारम्भिक ड्राफ्ट तयार भइसकेको जनाइएको छ । प्रदेश नमुना विद्यालय कार्यसम्पादन अनुदान मापदण्ड तयारीको अन्तिम चरणमा रहेको जनाइएको छ ।

नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थी प्रधानले पत्नी र छोरापछि आफैँलाई हाने गोली

न्यूयोर्क, १० जुलाई ।
नेपालबाट अमेरिका आएका एकजना भुटानी शरणार्थीले पत्नी र छोरालाई गोली हानी हत्या गरेपछि आफैले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सन् २००८र०९ मा शरणार्थी पुनर्स्थापना कार्यक्रमअन्तर्गत अमेरिकी राज्य टेक्ससको ड्यालस आएका ५३ वर्षीय ललित प्रधानले आफ्ना श्रीमती ३७ वर्षीया रजनी श्रेष्ठ प्रधान र छोरा ३ वर्षीय प्रनिशलाई गोली हानी मारेका हुन्। पहिले पत्नी र छोरालाई गोली हानेर मारेका उनले अन्तिममा आफैलाई गोली हानेका थिए ।

फक्स फोर न्युजका अनुसार घटना १९०० ब्लक अफ डडली स्ट्रिटमा शनिबार बिहान भएको हो। प्रहरी घटनास्थल पुग्दा रजनी र प्रनिश मृत अवस्थामा फेला परेका थिए भने गम्भीर घाइते ललितलाई तत्काल अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको बताइएको छ।

ललित लामो समय नेपालका विभिन्न भुटानी शरणार्थी शिविरमा बसेर डेढ दशकअघि आईओएम र अमेरिकी सरकारको कार्यक्रमअन्तर्गत अमेरिका गएका थिए। अमेरिका जानुअघि भने उनको परिवार मोरङको पथरी शिविरमा बस्थ्यो।

यसअघि ललितले शनिबार मात्र फेसबुकमा मेडिकेटलगायत सुविधा नहुँदा समस्या भइरहेको भनी स्टाटस लेखेका थिए।  रजनीको माइती काठमाडौँ भएको एक भुटानी अगुवाले स्थानीय सञ्चारमाध्यमसँग बताएका छन्।

रविको अवस्था बुझ्न कारागार पुगेको आयोगको टोलीले दुईवटा पंखा र सोफा भेट्यो, एसी भेटेन

रुपन्देही — सहकारीको करोडौं रुपैयाँ ठगी आरोपमा भैरहवा कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राष्ट्रिय मानवअधिकार आयोगको टोलीले सोमबार भेट गरेको छ।

हालैका दिनमा लामिछानेको स्वास्थ्य र कारागारभित्रको अवस्थाबारे विवादित समाचारहरू बाहिरिएपछि आयोगकी सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) की रिमा बिसी लगायतको टोली कारागार पुगेको हो।

टोलीले लामिछानेलाई राखिएको ४ नम्बर ब्लकको अवस्था प्रत्यक्ष अवलोकन गरेको थियो। झ्याल बन्द गरिएको कोठामा दुईवटा पंखा राखिएको भेटिएको आयुक्त थापाले बताइन् । एउटा विवाह समारोहमा प्रयोग हुने ठूलो पंखा र अर्को स्ट्यान्ड पंखा राखिएको उनले बताइन् ।

रूसले ७२ लाख डलरमा बेचेको थियो अलास्का

काठमाडौं । दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किनुअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध तत्काल रोक्ने दाबी गरेका  थिए। उनले राष्ट्रपति बनेको २४ घण्टाभित्र युद्ध रोक्ने बाचा पनि गरेका थिए। राष्ट्रपति बनेपछि उनले रूसी भ्लादिमिर पुटिनसँग धेरैपटक टेलिफोन वार्ता गरेका छन्। महिनौँ बितिसक्दा पनि युद्ध रोकिएको छैन।

वार्ताका लागि दुवै नेताको प्रत्यक्ष भेटको कुरा उठेपछि भेट हुने ठाउँका बारे अड्कलबाजी सुरु भए। संयुक्त अरब इमिरेट्सदेखि इस्तानबुल र भारतसम्म सम्भावित स्थानले चर्चा भए पनि अन्ततः अलास्काको नाम तय भयो र तुरुन्त सहमति बन्यो। पुटिननले यस स्थानलाई वार्ताका लागि ‘पूर्णतया तार्किक’ भनेका छन्। आउँदो शुक्रबार १५ अगस्टमा डोनाल्ड ट्रम्प र पुतिन युक्रेन युद्ध रोक्ने विषयमा छलफल गर्न अलास्कामा भेट्नेछन्।

अलास्का कुनै समय रूसी साम्राज्यको हिस्सा थियो, जुन पछि अमेरिकालाई बेचिएको हो। यो कथा १५० वर्षभन्दा पुरानो हो।

उत्तर अमेरिकाको उत्तर-पश्चिमी कुनामा ५८६,४१२ वर्गकिलोमिटरमा फैलिएको अलस्का सन् १८६७ मा अमेरिकाको अलास्का राज्य बन्यो। त्यसअघि यो रूसको हिस्सा थियो। रूसले यसलाई बेच्ने प्रस्ताव धेरैपटक राखे पनि वार्ता धेरै लम्बिएको थियो। अमेरिकामा गृहयुद्ध सुरु भएपछि त यो विषयमा छलफल रोकियो।

रूसले किन बेचेको थियो अलास्का

विशाल समुद्रतट, हिमाल, घना जंगल र टुन्ड्रा क्षेत्रमा फैलिएको अलास्का धेरै हिमनदीको घर हो। सुदूरपूर्वी भागमा रहेको अलास्कालाई आफ्नो नियन्त्रणमा राख्नु रूसी शासकका लागि खर्चिलो र कठिन बन्दै गइरहेको थियो। यो रूसको कब्जामा भए पनि त्यहाँ रूसी बस्ती थिएनन्।

त्यहाँ रूसीहरूको सम्पत्ति भने थियो तर त्यसको सुरक्षा र आवश्यक सामग्री आपूर्ति गर्न रूसलाई निकै मेहनत गर्नुपर्थ्यो। स्थानीय दुई प्रमुख समुदायमध्ये एक अल्युटसँग रूसको सम्बन्ध थियो भने अर्को ठूलो समुदाय ट्लिंगित समय–समयमा रूसका लागि समस्याका रूपमा प्रस्तुत हुन्थ्यो।

सन् १८५३ देखि १८५६ सम्म चलेको क्रिमियाको युद्धमा ठूलो क्षति बेहोरेपछि रूसी सम्राट् अलेक्जान्द्र द्वितीयको स्थिति कमजोर भयो। त्यसबेलासम्म रूसले आफ्नो ध्यान एसियातर्फ केन्द्रित गरिसकेको थियो र अलास्कामा स्रोत खर्च गर्न इच्छुक थिएन। यसबाहेक ब्रिटेनको हडसन बे कम्पनीसँग पनि उसको प्रतिस्पर्धा बढ्दै गएको थियो। अलास्काको दक्षिणी भागको केही भूभाग हडसन बे कम्पनीले लिजमा लिएको थियो।

त्यस समयमा अमेरिका ‘म्यानिफेस्ट डेस्टिनी’ नीतिमा चलिरहेको थियो, जसअन्तर्गत प्रशान्त क्षेत्रतर्फ अमेरिकी प्रभुत्व बढाउने प्रयास भइरहेको थियो। अलास्काको सीमा क्यानाडासँग जोडिएको छ। त्यतिबेलाका अमेरिकी नेताहरू एक दिन क्यानाडालाई पनि आफ्नोमा मिलाउने चाहना राख्थे। यही चाहना केही समयअघि ट्रम्पको बोलीमा पनि सुनिएको थियो।

रूसलाई पनि अन्ततः अलास्का अमेरिका नै पुग्ने महसुस हुन थालेपछि रूसी सम्राट्ले यसलाई अमेरिकालाई सुम्पने निर्णय गरे।

दुई सेन्ट प्रतिएकडमा अलास्का बिक्री

सन् १८६६ मा अमेरिकी गृहयुद्ध समाप्त भएपछि अलास्का विषयमा रूस र अमेरिकाबीच फेरि वार्ता सुरु भयो। रूसी सम्राट्ले यो जिम्मा मन्त्री बेरन एडुआर्ड स्टोएकललाई दिए। स्टोएकलले अमेरिकी परराष्ट्रमन्त्री विलियम हेनरी सेवार्डसँग कुरा गरे। सेवार्ड अमेरिकी विस्तारवादका प्रबल समर्थक थिए। उनी लामो समयदेखि अलास्कालाई देशमा मिलाउन चाहन्थे।

११ मार्च १८६७ मा वार्ता सुरु भयो। धेरै चरणको मोलमोलाइपछि २९ मार्च १८६७ मा सहमति भयो। रूसलाई ७२ लाख डलर अर्थात् प्रतिएकड २ सेन्टका दरले रकम तिर्ने निर्णय गरियो। ३० मार्चमा दुवै देशका अधिकारीहरूले सम्झौतामा हस्ताक्षर गरेका थिए।

अमेरिकी सेनेटमा यो प्रस्ताव पेस हुँदा केही सदस्यहरूले विरोध गरे। अलास्काका प्राकृतिक स्रोतबारे दाबीमा प्रश्न उठाए। तर लामो बहसपछि ९ अप्रिलमा यो पारित भयो। रकम विनियोजनमा पनि संसद्‌मा खिचातानी भयो, किनभने केही सांसद राष्ट्रपति एंड्र्यु जोन्सनका कदमबाट असन्तुष्ट थिए। यद्यपि जनतामा यसको उत्साह उच्च थियो र अन्ततः संसद्ले अनुमोदन गर्‍यो। १८ अक्टोबरमा अमेरिकाले सिट्कामा झन्डा परिवर्तन गरेर आधिकारिक रूपमा अलास्काको अधिग्रहण गर्‍यो।

यो शिखर बैठक युक्रेन युद्धमा निर्णायक मोड ल्याउन सक्ने अनुमान छ। युद्ध करिब साढे तीन वर्षअघि रूसले आफ्नो पश्चिमी छिमेकी मुलुकमाथि आक्रमण गर्दा सुरु भएको हो, जसमा दसौँ हजार मानिसको मृत्यु भइसकेको छ। तर मस्को र किभबीच शान्तिका सर्तमा गहिरो मतभेद भएकाले युद्ध तुरुन्तै अन्त्य हुने निश्चित छैन।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सम्भावित सहमतिको एउटा अंश ‘केही भूभागको आदान-प्रदान’ हुनसक्ने बताएका छन् तर विवरण भने दिएका छैनन्। क्रेमलिन नजिकका केही विश्लेषकहरू रूसले आफूले कब्जा गरिराखेका तर अतिक्रमित प्रदेशबाहिरका केही भूभाग फिर्ता गर्न प्रस्ताव गर्न सक्ने बताउँछन्।

ट्रम्पले पुटिनसँगको भेट युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्कीको सहभागिता बिना नै हुने बताएका छन्। यसअघि पनि उनले पुटिनले जेलिन्स्कीलाई भेट्न अस्वीकार गरे पनि आफू पुटिनलाई भेट्न तत्पर रहेको बताएका थिए। यसले युरोपमा युक्रेनलाई वार्ताबाट पन्छाउने चिन्ता बढाएको छ।

ट्रम्पले पुटिनलाई अमेरिकामा स्वागत गर्ने घोषणा अपेक्षितभन्दा फरक कदम हो। दुवै नेताहरूको भेट तेस्रो मुलुकमा हुने अड्कल थियो। यो कदमले युक्रेन युद्धका कारण लामो समयसम्म पश्चिमबाट अलग्याइएका पुटिनलाई कूटनीतिक मान्यता दिने विश्लेषण गरिएको छ। पुतिन सन् २०१५ मा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेपछि पहिलोपटक अमेरिका जान लागेका हुन्।

यसअघि ट्रम्प र पुटिनबीच २०१९ मा जापानमा भएको जी–२० सम्मेलनका क्रममा भेट भएको थियो। त्यतिबेला ट्रम्पको पहिलो कार्यकाल चलिरहेको थियो। दुई नेताबीच सन् २०१८ मा हेलसिन्कीमा भेटवार्ता भएको थियो। जनवरी २०२५ मा ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि यी दुई नेताबीच अहिलेसम्म टेलिफोनमा धेरैपटक कुरा भएको छ। अमेरिकामा पुटिनको अमेरिकी राष्ट्रपतिसँग अन्तिम भेट २०१५ मा संयुक्त राष्ट्रसंघको महासभामा भएको थियो। त्यसबेला बराक ओबामा अमेरिका राष्ट्रपति थिए।

भारतको बाढीपहिरोमा बाजुराका एक दम्पतीको मृत्यु, एउटै पालिकाका २४ जना घाइते

धनगढी : रोजगारीका सिलसिलामा भारत पुगेका बाजुराका एक दम्पती बाढीपहिरोमा परी ज्यान गुमाएका छन् । भारतको उत्तराखण्डमा साउन २० गते आएको विनाशकारी बाढीपहिरोले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ का २३ वर्षीय रमेश बुढा र उनकी २१ वर्षीया पत्नी प्रिया बुढाको ज्यान लिएको हो ।

उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा आएको आकस्मिक बाढीपहिरोले उनीहरूको जीवन अकालमा अन्त्य गरिदिएको हो । रोजगारीका लागि छिमेकी मुलुक पुगेका रमेश र प्रिया दुबै जना प्राकृतिक प्रकोपको चपेटामा परेर सदाका लागि संसारबाट बिदा भए ।

उक्त घटनामा सोही गाउँपालिकाका २४ जना घाइते भएका छन् । घाइते हुनेमा स्वामीकार्तिक खापर–१ का प्रकाश बुढा (३६), पछना बुढा (२४), धन बुढा (२७), महेन्द्र महतारा (२८), जयन्द्र बुढा, वडा नम्बर २ का पसे बुढा (४९), दिनेश बुढा (२९), मानबहादुर बुढा (४२), रजबहादुर महतारा (३२), जनेश बुढा, पछी महतारा, बिर बुढा, वर्षनी बुढा रहेका छन् ।

यस्तै ७ महिनाकी बालिका अपसरा बुढा, बादल बुढा (३), मादप महतारा (२९), विपना बुढा, दिपेन्द्र महतारा (३४), मानबहादुर बुढा (३०), विष्णा बुढा, पल्लव महतारा, रुप्सा बुढा, पुष्पराज बुढा र रुप्स बुढा रहेका छन् । गाउँपालिकाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

सुदूरपश्चिमका नागरिकहरू छोराछोरीको पालनपोषण र घरखर्चका लागि रोजगारीका सिलसिलामा भारतसहित अन्य मुलुक पुग्ने गरेका छन् । तर, वर्षेनी यस्ता दुर्घटनामा परी कैयौँ नेपाली घाइते हुने वा ज्यान गुमाउने घटनाहरू दोहोरिँदै आएका छन् ।

वडाध्यक्षले दलित युवकमाथि दुर्व्यवहार गरेको आरोप

काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिका–८ का वडाध्यक्ष दिनेशप्रसाद जोशीले एक दलित युवकलाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।  वडाध्यक्ष जोशीले

सोही वडाका २४ वर्षीय लोकेन्द्र लुहार (विक)लाई स्थानीय द्वारिक चोक नजिकै दुर्व्यवहार गरेको आरोप लागेको हो । बिरामी भाइलाई मोटरसाइकलमा राखेर अस्पताल लैजादै गर्दा वडाध्यक्षले अभद्र व्यवहार गरको उनले बताए ।  अभद्र व्यवहार भएको विषयमा इलाका प्रहरी कार्यालय जोगबुढामा छलफल समेत भएको पाइएको छ । यद्यपि आपसी छलफलबाट विवाद समाधान भइसकेको अध्यक्षजोशीले बताए ।

तर, नेपाल दलित मुक्ति मोर्चा डडेल्धुराका अध्यक्ष धर्मेन्द्र नेपालीले आफ्नो सामाजिक संञ्जाल फेसबुक मार्फत घटनाबारे कडा आपत्ति जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न चेतावनी दिएका छन् । ‘यसरी सार्वजनिक स्थान  बाटोघाटोमा दलितका छोराछोरी माथि चप्पल हानिन्छ, न्यायका लागि प्रहरीमा जाँदा पनि न्याय मिल्दैन भने यस्तो विभेद र हिंसा कदापि सह्य हुने छैन’, भनेर प्रतिक्रिया दिएका छन् ।

वडाध्यक्ष जोशीले जुहारसँग सामान्य विवाद भएको तर  घटनालाई अनावश्यक उचाल्न खोजिएको रातोपाटीलाई प्रतिक्रिया दिए । ‘बाटो हिँडिरहेको मलाई आइतबार ३ जनाले अशोभनीय टिप्पणी गरेका थिए । यसमा सामान्य विवाद भएको हो । अनावश्यक उचाल्ने काम राम्रो होइन’, उनले भने।  उनले घटनापछि प्रहरी चौकीमा छलफल हुँदा लुहारले गल्ती स्वीकारेको समेत बताए ।

भारतको बाढीपहिरोमा बाजुराका एक दम्पतीको मृत्यु, एउटै पालिकाका २४ जना घाइते

धनगढी– रोजगारीका सिलसिलामा भारत पुगेका बाजुराका एक दम्पती बाढीपहिरोमा परी ज्यान गुमाएका छन् । भारतको उत्तराखण्डमा साउन २० गते आएको विनाशकारी बाढीपहिरोले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ का २३ वर्षीय रमेश बुढा र उनकी २१ वर्षीया पत्नी प्रिया बुढाको ज्यान लिएको हो ।

उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा आएको आकस्मिक बाढीपहिरोले उनीहरूको जीवन अकालमा अन्त्य गरिदिएको हो । रोजगारीका लागि छिमेकी मुलुक पुगेका रमेश र प्रिया दुबै जना प्राकृतिक प्रकोपको चपेटामा परेर सदाका लागि संसारबाट बिदा भए ।

उक्त घटनामा सोही गाउँपालिकाका २४ जना घाइते भएका छन् । घाइते हुनेमा स्वामीकार्तिक खापर–१ का प्रकाश बुढा (३६), पछना बुढा (२४), धन बुढा (२७), महेन्द्र महतारा (२८), जयन्द्र बुढा, वडा नम्बर २ का पसे बुढा (४९), दिनेश बुढा (२९), मानबहादुर बुढा (४२), रजबहादुर महतारा (३२), जनेश बुढा, पछी महतारा, बिर बुढा, वर्षनी बुढा रहेका छन् ।

यस्तै ७ महिनाकी बालिका अपसरा बुढा, बादल बुढा (३), मादप महतारा (२९), विपना बुढा, दिपेन्द्र महतारा (३४), मानबहादुर बुढा (३०), विष्णा बुढा, पल्लव महतारा, रुप्सा बुढा, पुष्पराज बुढा र रुप्स बुढा रहेका छन् ।

गाउँपालिकाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

सुदूरपश्चिमका नागरिकहरू छोराछोरीको पालनपोषण र घरखर्चका लागि रोजगारीका सिलसिलामा भारतसहित अन्य मुलुक पुग्ने गरेका छन् । तर, वर्षेनी यस्ता दुर्घटनामा परी कैयौँ नेपाली घाइते हुने वा ज्यान गुमाउने घटनाहरू दोहोरिँदै आएका छन् ।

रवि लामिछाने रहेको कारागारको अनुगमन गर्दै मानव अधिकार आयोगको टोली

काठमाडौं । पूर्वगृहमन्त्रीलाई रवि लामिछाने रहेको कारागारको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगसहितको टोली भैरहवा पुगेको छ ।

आयोग सदस्य लिली थापाका साथै इन्सेक प्रतिनिधिसहितको टोली कारागारको अनुगमनका लागि त्यहाँ पुगेको हो । उनीहरु अनुगमनका लागि कारागार प्रवेश गरिसकेका छन् ।

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ । त्यहाँ उनको बसाइ व्यवस्थापन राम्रो नभएको समाचार प्रकाशित भएपछि मानव अधिकार आयोगको टोली अनुगमन गर्न पुगेको हो ।

खोज्नुहोस