१६ वटा युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन पहल

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागिएको बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले श्रम सम्झौताका लागि मन्त्रालयबाट पहल गर्दा सम्बन्धित देशबाट जवाफ आउन ढिलाई भएकाले परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागिएको बताएका हुन्।

उनले अहिले १३ देशसँग मात्रै द्विपक्षीय श्रम सम्झौता भएपनि १७८ देशमा नेपाली श्रमिकहरू रहेको उल्लेख गरे। मन्त्री यादवले वैदेशिक रोजगार प्रक्रियामा भइरहेको आर्थिक ठगी र श्रम शोषण नियन्त्रण गर्ने प्रयास भइरहेको बताए। श्रमका लागि विभिन्न देशमा जाने नागरिकमध्ये ४८ प्रतिशतले व्यक्तिगत श्रम स्वीकृति लिने गरेको उनले बताए।

मन्त्री यादवले विभिन्न देशमा महिला घरेलु श्रमिकहरू गैरकानुनी बाटोबाट जाने गरेकाले समस्या पर्दा राज्यले केही गर्न नसकेको उल्लेख गरे। उनले पछिल्लो समय युद्धका कारण विदेशमा मृत्यु भएका श्रमिकहरूको शव ल्याउन केही ढिलाइ भएको भन्दै अब भने ढिलाइ नहुने स्पष्ट पारे।

मन्त्री यादवले स्थानीय तहमा नै रोजगारी सिर्जना गर्नका लागि मन्त्रालय योजनाका साथ अघि बढिरहेको धारणा राखे। बैठकमा समिति सदस्यहरूले वैदेशिक रोजगारमा जाने नेपालीहरूलाई ठगिनबाट रोक्नका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने सुझाव दिएका थिए। बैठकमा समिति सभापति रहबर अन्सारीले मन्त्री यादवलाई समितिको यसअघिको निर्देशन तथा सुझावहरू हस्तान्तरण गरेका थिए।

सीमामा भन्सार कडाइः महेन्द्रनगरमा चहलपहल, वनबासा सुनसान

कञ्चनपुर । पश्चिम नेपालका नेपाल–भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात हुने मालसमानमा कडाइ गरेपछि कञ्चनपुरको महेन्द्रनगर बजारमा मालवस्तु किनमेलका लागि चहल पहल बढेको छ ।

भारतबाट आायत हुने सामानमा गड्डाचौकी नाकामा भन्सार कडाइ गरेपछि दैनिक उपभोेग्यदेखि मालसमान खरिदका लागि सीमावर्ती भारतीय बजार वनबासा जाने क्रम घटेको छ । यसरी हेर्दा दैनिक मालवस्तु किनमेलका लागि लाग्ने गरेको वनबासा बजार सुनसान हुँदा यता नेपालतर्फका पसलहरुमा चहलपहल बढेको हो ।

गड्डाचौकी र आसपासका क्षेत्रमा केही समययता सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले भन्सार जाँचमा कडाइका साथै रु १०० भन्दा बढीको सामान आयात गर्दा भन्सार राजश्व बुझाउनुपर्ने विषयमा सतर्कता बढाएपछि महेन्द्रनगर बजारमा चहलपहल बढेको हो ।

महेन्द्रनगरका व्यवसायी इन्द्रबहादुर बमले सीमामा भएको भन्सार कडाइका कारण यता नेपालतर्फको महेन्द्रनगर बजारमा किनमेल बढेको बताए । उनले मानिसहरु पहिले भारतीय बजारमा सामान सस्तो पाइनेभन्दा स्थानीयहरु बजारका लागि पारि जाने गरेकोमा अहिले त्यस्तो नहुने रहेछ भन्ने तथ्य पनि उनीहरुले बझ्न थालेको बताए ।

“सामान सस्तो भए पनि भन्सारदेखि जाँदा मोटरसाइकलमो तेलको मुल्य जोड्ने हो भने बराबरजस्तै हुन्छ”, उनले भने, “सीमामा भन्सारले कडाइ गरे नेपालमा व्यवसाय गर्न मानिसहरुको आकर्षण बढ्छ ।” उनले सामान्य घरायसी सामान खरिद गर्न पनि पारि बजार जाने प्रचलनजस्तै रहेको बताए ।

विगतका तुलनामा बजारमा गतिविधि बढे पनि भन्सार कडाइमा सुरक्षा निकायदेखि उद्योग वाणिज्य सङ्घको समेत सशक्त भूमिका हुनुपर्ने उनको भनाइ छ । उहाँले पछिल्लो समय पुनः घरका लागि पुजाका लागि भनेर सामान ल्याउन खोज्नेहरु सलबलाउन थालेको पनि बताए ।

उता सीमावर्ती भारतीय बजार वनबासा सदियौँदेखि नेपाली उपभोक्ताहरुमा आश्रित बजार हो । नेपाली भन्सारमा कडाइ हुँदा वनबासा बजारको व्यापार भने प्रभावित बनेको भारतीय व्यापारीहरुको भनाइ छ ।

“गर्मी याममा पङ्खादेखि फ्रिज, कुलर खरिदका लागि नेपालबाट दैनिक मान्छेहरु यहाँ आउँथे”, वनबासाका एक बिजुली पसलेले भने “सीमामा कडाइ हुँदा अहिले त यहाँका धेरैको व्यापार चौपट हुने अवस्था छ । हाम्रो बजार नै लगभग नेपालतर्फबाट त्यहाँका स्थानीयहरु नै हुने गर्दथे । तर अहिले आउन नै छोडेका छन् । आए पनि सानोतिनो सामान किनेर गइहाल्छन् । नेपाल भित्र्याउँदा भन्सार लाग्छ सामानको मूल्य आखिर उस्तै पर्न जानेछ भन्ने गर्दछन् ।”

उनले नेपाल–भारत सीमामा दशकौँदेखि किसनमेलका लागि आवतजावत हुँदै आएकाले सीमामा भन्सार तिरेर भए पनि वातावरण सहज हुनुपर्नेमा जोड दिए । कञ्चनपुरस्थित सशस्त्र प्रहरी बल ३५ नंं गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले कृषकका लागि मल ल्याउने विषयमा सहजीकरण गरिने भएपनि अन्यको हकमा भन्सार दाखिला नै गरेर मालसमान ल्याउनुपर्नेमा जोड दिए ।

“सीमामा भन्सार कडाइ गर्दा अहिले भन्सार दाखिला बढेको छ”, उनले भने, “पहिलेको जस्तो सीमावर्ती बजारमा आउने जाने क्रम पनि भन्सार क्षेत्रमा घटेको देखिन्छ ।” भारतबाट उपभोक्ताले रु १०० भन्दा बढीको मालसामान ल्याउँदा भन्सार लाग्ने विगतको व्यवस्थालाई कार्यान्वयन कडाइका साथ गर्दा नेपाल बजारमा व्यापारिक हिसाबले पनि चहलपहल बढेको उनको भनाइ छ ।

वनबासाबाट साइकलमा क्यारिङ गरेर मालसमान महेन्द्रनगर र आसपासका बजारसम्म पुर्याउने गतिविधि पनि बन्द भएको छ । “विवाह, व्रतबन्ध, आदि पूजाआजा तथा घरायसी प्रयोजनका लागि भन्दै सामान ल्याउने तर भन्सार दाखिला नगर्ने विगतको क्रियाकलाप अब हुनुहुँदैन”, उनले भने “व्यापारिक हिसावलाई व्यवहारिक हो भन्न मिल्दैन ।” गड्डाचौकी भन्सारबाट दैनिक उपभोग्य सामानका साथै लत्ताकपडा, इलेक्ट्रिक सामानलगायतका हुने गरेको छ ।

नेपाल–भारत मैत्री सङ्घका महासचिव माधव जोशीले सीमामा भएको कडाइले केही समय नागरिकलाई असहज भएकोजस्तो देखिए पनि समग्रमा राज्यलाई फाइदा पुगेको बताए । “भन्सार कडाइले नेपालतर्फ व्यापार बढ्नु र पारि प्रभावित हुनु स्वभाविक हो”, जोशीले भने“अहिलेको कडाइले नेपालमा उत्पादन भएका वस्तुको प्रयोग बढ्यो । स्वदेशी उत्पादले बजार पाउनु र कारोबार बढ्नु राम्रो हो ।”

उनले व्यापारका साथै स्वदेशमा रोजगारीसमेत बढ्ने भएकाले भन्सार कडाइलाई नियमनकारी निकायलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । “कोरोना महामारीका बेला पनि नेपाली वस्तु उपयोग गरेर जीवनयापन गरेकै हुन”, उनले भने, “अहिले भारतबाट आयात कम हुँदा भन्सारको राजस्वमा असर गरेपनि समग्रमा राज्यको राजस्व घट्दैन । विगतमा दैनिक उपभोग्य सामान घरका लागि ल्याउने नाममा भइरहेको तस्करी अहिले नियन्त्रण भएको छ ।”

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले भारतमा मजदुरी गरेर फर्किरहेका नेपाली नागरिकहरुलाई सीमामा कडाइका नाममा सास्ती दिन नहुने बताए । “भारतमा मजुदरी गरेर फर्किरहेका दाजुभाइहरुसित पनि सर–सामानहरु हुन्छ, भन्सार दाखिलाका नाउँमा उनहरुले दुखः पाउनुहुँदैन ।” अध्यक्ष मल्लले भने, “क्यारिङ्क गरेर सामान ल्याउने विषयमा पनि कडाइ गर्नुपर्ने देखिन्छ ।” -रासस 

 

नेपाल ‘ए’ ले स्कटल्यान्डलाई दियाे २७८ रनको लक्ष्य दियो

काठमाण्डाै- नेपालको ‘ए’ टोलीले एकदिवसीय अभ्यास शृङ्खलाको पहिलो खेलमा स्कटल्यान्डलाई २७८ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ‘ए’ ले ५० ओभरमा ८ विकेट गुमाएर २७७ रन बनायो । नेपाल ‘ए’ का देव खनालले ६३, मयन यादवले ४५, सन्दीप जोराले ३४, दीपक डुम्रेले ७ बलमा नटआउट २३ रन बनाए । स्कटल्यान्डका ब्राडली करी र सफयान शरिफले २/२ विकेट लिए ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्ड टोलीसँग नेपाल ‘ए’ ले एकदिवसीय अभ्यास शृङ्खला खेल्न लागेको हो । नेपाल ‘ए’ ले स्कटल्यान्ड र अमेरिकासँग दुई/दुई वटा अभ्यास खेल खेल्नेछ ।

नेपाल ‘ए’ ले शृङ्खलाको दोस्रो खेलमा भोलि अमेरिकासँग, पर्सि स्कटल्यान्डसँग र आउँदो सोमवार अमेरिकासँग खेल्नेछ ।

आउँदो वैशाख २८ देखि जेठ ८ गतेसम्म नेपाल, अमेरिका र स्कटल्यान्डबीच कीर्तिपुरको त्रिवि मैदानमा लिग–२ प्रतियोगिता हुँदैछ ।

 

लिपुलेकबारे असहमति राखेर मात्रै पुग्दैन, वार्ता गर्नुपर्छ : सांसद

काठ्माण्डौ । सांसदहरूले लिपुलेकबारे सरकारले कूटनीतिक नोट पठाएर मात्रै नपुग्ने टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा विपक्षी सांसदहरूले भूमि फिर्ताका लागि कूटनीतिक पहल गर्नुपर्ने बताए ।

“असहमतिले मात्रै पर्याप्त हुँदैन । जुन भू–भाग मिचेका छन् । फिर्ता लिन कूटनीतिक प्रयास गर्नुपर्छ,” नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले भने ।

उनले विगतका सरकारले पनि पटक–पटक कुरा अघि बढाएका स्मरण गरे । राजनीतिक दलसँग सहमति गरेर वार्तामार्फत समस्या समाधान गर्न उनको सुझाव छ ।

सांसद गणेश विश्वकर्माले असंग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्ने धारणा राखे । “लिपुलेक कालापानीको विषयमा कूटनीतिक नोट पठाएको भनिएको छ । कूटनीतिक नोट ध्यानाकर्षण मात्र हो । वार्तामार्फत समस्या  समाधान गर्नुपर्छ,” उनले भने ।

कांग्रेस सांसद सन्दीप रानाले पनि वार्ताबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिए । “लिपुलेकको बारेमा कूटनीतिक नोट पठाइएका छौँ । छिमेकी राष्ट्रले पर्याप्त चासो दिएको छैन । हामीले एक कदम अघि बढेर दुवै देशसँग टेबल टक गर्नुपर्छ,” रानाले भने ।

नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राबारे सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत–चीन दुवै पक्षलाई कूटनैतिक माध्यमबाट पुनः अवगत गराएको जनाएको थियो । परराष्ट्र मन्त्रालयले दुवै देशलाई ६ बुँदे कूटनीतिक नोट पठाएको थियो ।

वाणिज्य महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ।

महासङ्घको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानअनुसार अञ्जन श्रेष्ठ उक्त संस्थाको नेतृत्वमा पुगेका हुन्। अध्यक्ष श्रेष्ठसँगै निर्वाचित पदाधिकारीले कार्यभार सम्हालेका हुन्।

निजी क्षेत्रको मनोबल बढाउने वातावरण निर्माण गर्न सरकारसँग निरन्तर संवाद र सहकार्य गर्ने पद बहालीपछि अध्यक्ष श्रेष्ठले बताएका छन्।

अध्यक्ष श्रेष्ठलाई निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घमा बिहीबार आयोजित एक सङ्क्षिप्त कार्यक्रममा पद हस्तान्तरण गरेका हुन्।

परराष्ट्रमन्त्रीसँग सार्क महासचिव बीच भेट

काठ्माण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव मोहम्मद गोलाम सरवारले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

एसईईको नतिजा : धमाधम रुजु हुँदै, वैशाख २९ भित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा वैशाख २९ भित्र ल्याउनेगरी काम भइरहेको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार इन्ट्री सकिएर रुजुगर्ने काम भइरहेको छ । ‘हिजोदेखि रुजु गरिरहेका छौं । काम धमाधम भइरहेको छ । २९ गतेभित्र नतिजा सार्वजनिक हुन्छ’, उनले भने ।

एसईई गत चैत १९ देखि २९ सम्म सञ्चलान भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएको थियो । परीक्षा सकिए लगत्तै केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको थियो ।

यसवर्ष परीक्षाका लागि ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् । -अनलाइनखबरबाट

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ।

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा  महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा लोकविजय अधिकारीले बताए । भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको जनाइएको छ।

संघीय संसद्का सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु

काठ्माण्डौ। संघीय संसद्का सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य थालिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकहरूमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका निम्ति बिहीबार (वैशाख २४)देखि यो कार्य सुरु गरिएको हो ।

संघीय संसद्का विषयगत समितिहरू अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, विकास, आर्थिक मामिला तथा सुशासन, अर्थ, विधायन व्यवस्थापन समितिका सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य सकिएको छ ।

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानव अधिकार समितिका सांसदहरूको विवरण संकलनको कार्य भइरहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

शुक्रबार (वैशाख २५) कृषि, सहकारी तथा प्राकृतिक स्रोत, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, पूर्वाधार विकास, सार्वजनिक नीति तथा प्रत्योजित विधायन, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन समिति सदस्यका उक्त विवरण संकलन गरिनेछ ।

यस्तै, वैशाख २८ गते सार्वजनिक लेखा र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सांसदहरूको उक्त विवरण संकलन गरिने संसद् सचिवालयले जनाएको छ । -न्युज एजेन्सी नेपाल

३४ वर्षपछि स्वास्थ्य सेवामा ९७७ नयाँ स्थायी दरबन्दी थप्दै मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साढे तीन दशकपछि ठूलो संरचनात्मक सुधारको कदम अघि बढाएको छ । मन्त्रालयका अनुसार स्वास्थ्य सेवामा ९७७ नयाँ प्राविधिक तथा विशेषज्ञ स्थायी दरबन्दी सिर्जनाका लागि अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ ।

स्वास्थ्यमन्त्री निशा मेहताको नेतृत्वमा अघि बढाइएको यो प्रस्ताव अब मन्त्रिपरिषद्बाट अन्तिम निर्णय हुने चरणमा पुगेको मन्त्रालय स्रोतले जनाएको छ । प्रस्ताव पारित भएमा नेपालको स्वास्थ्य प्रशासनिक इतिहासमा ३४ वर्षपछि पहिलोपटक यति ठूलो संख्यामा स्थायी दरबन्दी थपिनेछ ।

मन्त्रालयका अनुसार नेपालको स्वास्थ्य संरचना तथा दरबन्दी अन्तिमपटक विसं. २०४८ मा निर्धारण गरिएको थियो । ०४८ मा नेपालको जनसंख्या करिब एक करोड ८० लाख रहेकोमा अहिले बढेर तीन करोड पुगेको छ । तर, स्वास्थ्य सेवाको स्थायी जनशक्ति संरचना भने पुरानै ढाँचामा सीमित रहँदा अस्पताल, स्वास्थ्य संस्था तथा विशेषज्ञ सेवामा जनशक्ति अभाव रहँदै आएको छ ।

नयाँ दरबन्दी सिर्जनासँगै संघीय अस्पताल, प्रदेशस्तरीय स्वास्थ्य संस्था तथा विशेषज्ञ सेवामा चिकित्सक, नर्स, प्राविधिक र अन्य स्वास्थ्यकर्मीको अभाव कम हुने अपेक्षा छ ।

स्वास्थ्य क्षेत्रका विज्ञहरूले पनि लामो समयदेखि जनसंख्या वृद्धि, रोगको बदलिँदो स्वरूप तथा स्वास्थ्य सेवाप्रतिको बढ्दो मागअनुसार नयाँ स्थायी संरचना आवश्यक रहेको बताउँदै आएका थिए ।

मन्त्रालयका अनुसार क्याबिनेटबाट अन्तिम स्वीकृति प्राप्त भएपछि पदपूर्ति प्रक्रिया अघि बढाइनेछ । यसलाई नेपालको स्वास्थ्य क्षेत्रमा दशकौँपछिको सबैभन्दा ठूलो संरचनात्मक सुधारका रूपमा हेरिएको छ ।

मलेसियामा हुने टी–२० प्रतियोगिताका लागि महिला राष्ट्रिय क्रिकेट टोली घोषणा

काठमाण्डौ- नेपाल क्रिकेट सङ्घ (क्यान)ले मलेसियामा हुने महत्त्वपूर्ण दुई अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिताका लागि महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

यही मे र जुनमा हुने एशियाली खेलकुद महिला छनोट र एसीसी महिला प्रिमियर कपका लागि क्यानले हिजो टोलीको घोषणा गरेको हो । क्यानले घोषणा गरेका टोलीमा १४ तथा वैकल्पिकमा चार जना रहेका छन् ।

टिममा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतोसहित विन्दु रावल, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, रुवी पोद्दार, रिया शर्मा, सीता राना मगर, अनु कडायत, मनीषा उपाध्याय, रुविना क्षेत्री, सोनी पाख्रिन र सीमा केसी छन् । त्यस्तै वैकल्पिक खेलाडीमा सावित्री धामी, सोमु विष्ट, सना प्रवीण र लक्ष्मी साउद छन् ।

क्यानका अनुसार यो टोलीले यही मे २३ देखि ३१ सम्म मलेसियामा हुने ‘एशियन गेम्स महिला छनोट–२०२६’ र त्यस लगत्तै जुन १ देखि १३ सम्म हुने ‘एसीसी महिला प्रिमियर कप–२०२६’ मा नेपालको प्रतिनिधित्व गर्नेछ ।

 

आर्थिक गणनामा सहभागी हुन व्यावसायिक प्रतिष्ठानलाई आह्वान

काठमाण्डौ- राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हुन आह्वान गरेको छ ।

आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार–व्यवसाय गर्ने संस्थालाई गणना प्रक्रियामा सहभागी हुन राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत आर्थिक गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले आग्रह गरेका हुन् ।
देशको आर्थिक गतिविधि प्रस्तुत गर्ने र आर्थिक नीति निर्माणमा आधार प्रदान गर्ने उद्देश्यले यही वैशाख २ देखि असार ७ गतेसम्म गणना कार्य भइरहेको छ ।
उनका अनुसार गणनाका क्रममा व्यावसायिक कृषि, खानी, उत्पादन, उद्योग, व्यापार, निजी व्यवसाय, बैङ्क तथा सहकारीलगायत वित्तीय संस्था, व्यापारसम्बन्धी प्रतिष्ठानलगायतको तथ्याङ्क सङ्कलन गरिएको छ ।

व्यावसायिक रूपमा दर्ता भएका करिब चार लाख ८० हजार व्यापारिक संस्था हालसम्म आर्थिक गणनामा समावेश भएका छन् । यही वैशाख २२ गतेसम्म देशभर ३२ प्रतिशत आर्थिक गणना सम्पन्न भएको निर्देशक डा ढकालले जानकारी  दिए । विसं २०७५ मा पहिलो पटक गणना गरिएकामा यस पटक दोस्रो गणना भइरहेको छ ।

सबै प्रकारका औपचारिक तथा अनौपचारिक उद्योग, व्यापार–व्यवसाय र सेवा क्षेत्रलाई समेट्न गणकले देशभर स्थलगत विवरण सङ्कलन गरिरहेका छन् । सात हजार ४५३ व्यावसायिक प्रतिष्ठानले आफ्नो विवरण आफैँ ‘अनलाइन’बाट भर्ने प्रतिबद्धता जनाएका र तीमध्ये एक हजार ६१५ विवरण भरेर गणनामा सहभागिता भएका कार्यालयले जनाएको छ । -रासस

 

२ हजार रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ – आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

भाउ बढेर सुन आज तोलाको २ लाख ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९६ हजार ८०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १०० रुपैयाँले बढेको छ । चाँदी आज तोलामा ५ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ५५ रुपैयाँ थियो ।

 

६६ अर्बको आईपीओको पालो कुर्दै ९८ कम्पनी

काठमाडौँ — प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीको संख्या ९८ पुगेको छ । विगतमा कहिले धितोपत्र बोर्ड अध्यक्षविहीन हुनु, लामो समय कर्मचारी आन्दोलनमा उत्रिनु, निवर्तमान अध्यक्ष सन्तोषनारायण श्रेष्ठ आएपछि पनि विभिन्न बहानामा धेरै कम्पनीले सेयर निष्कासन अनुमति नपाउनु आदि कारणले आवेदन दिएर पालो कुर्दै गरेका कम्पनीको सूची ९८ पुगेको हो ।

यी कम्पनी ६६ अर्ब २३ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओका लागि बोर्डबाट अनुमति पाउने पखाईमा छन् । यी कम्पनीले बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । लामो समयसम्म बोर्डबाट सेयर निष्कासन अनुमति नपाउँदा कम्पनीको पुँजी वृद्धिको आयोजना अलपत्र परेको, आयोजना निर्माण र व्यवसाय विस्तार गर्न नसकिएको सरोकारवालाको गुनासो छ ।

तोकिएको समयमा सेयर जारी गर्न नपाउँदा आयोजनामा स्रोतको समस्या भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का उपाध्यक्ष उत्तम भ्लोन लामाले बताए । ‘

देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ मा इन्टरपोलले माग्यो थप कागजात

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारीका लागि इन्टरपोलले थप कागजात माग गरेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले थप कागजातको विवरण एनसीबी (नेसनल सेन्ट्रल ब्यूरो) काठमाडौंसँग माग गरेको हो ।

‘रेड नोटिस अहिले प्रक्रियामै छ । इन्टरपोलले थप आवश्यक कागजात माग गरेको छ’ एक उच्च प्रहरी अधिकारीले भने ।

गत २४ चैतमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएसँगै देउवा दम्पतीलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको थियो ।

देउवा दम्पतीविरुद्ध रेड नोटिसका लागि एनसीबी काठमाडौं (नेसनल सेन्ट्रल ब्युरो)ले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको थियो । तर इन्टरपोलले भने कागजात नपुगेको भन्दै रेड नोटिस जारी गरेको छैन ।

पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती भने विदेशमा छन् । चुनावको पूर्वसन्ध्यामा १४ फागुनमा देउवा दम्पती उपचारका लागि भन्दै सिंगापुर उडेका थिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयन

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घमा नयाँ कार्यसमिति चयन भएको छ । महासङ्घको विधान अनुसार अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । उनी चन्द्रप्रसाद ढकाल नेतृत्वको निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए।

वरिष्ठ उपाध्यक्ष स्वतः अर्को महाधिवेशनबाट अध्यक्ष हुने प्रावधान यस पटक नै अन्तिम हो । महासङ्घको वर्तमान विधान अनुसार आउँदो महाधिवेशनमा अध्यक्ष पदका लागि चुनाव हुनेछ । अध्यक्ष श्रेष्ठको कार्यकाल तीन वर्षको हुनेछ ।

यस्तै अस्ति सोमवारदेखि शुरू भएको महासङ्घको ६०औँ साधारणसभा तथा चुनावबाट नयाँ कार्यसमिति चयन भएको छ । महासङ्घको जिल्ला, नगर उद्योग वाणिज्य समूहतर्फका दुई उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भए।

यस्तै वस्तुगततर्फ उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र एसोसिएटतर्फ उपाध्यक्षमा प्रबलजङ्ग पाण्डे विजयी भए।

यस्तै जिल्ला, नगर उद्योग वाणिज्य सङ्घतर्फ कार्यसमिति सदस्यमा १५ जना निर्वाचित भएका छन् ।

प्रदेशतर्फ जिल्ला/नगर उद्योग वाणिज्य समूहबाट कार्यसमिति सदस्यमा १४ जना निर्वाचित भएका छन् ।

वस्तुगत समूहतर्फ कार्यसमिति सदस्यमा १३ जना निर्वाचित भएका छन् ।

एसोसिएटतर्फ कार्यसमिति सदस्य १७ जना निर्वाचित भएका छन् ।

द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घबाट एक कार्यसमिति सदस्य र संस्थापक सदस्य समूहबाट दुई कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।

 

सुदूरपश्चिम प्रदेश सरकारले दिएको एम्बुलेन्स तीन वर्षदेखि अलपत्र

बैतडी । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीको डिलाशैनी गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स तीन वर्षदेखि अलपत्र छाडिएको छ । सो एम्बुलेन्स हाल डिलासैनी गाउँपालिका–३ को पसेरामा अलपत्र अवस्थामा छ ।

बेलाबेलामा बिग्रने र मर्मत खर्च धेरै आउने समस्या आउनथालेपछि २०७९ देखि त्यो एम्बुलेन्स सञ्चालनमा ल्याउन नसकिएको गाउँपालिकाले जनाएको छ । मर्मत खर्च धेरै आउने र पहाडको कच्ची सडकमा सहज ढंगले चल्न पनि नसकिने भएपछि त्यो एम्बुलेन्स चलाउन नसकेर थन्काइएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख गणेशसिंह बोहराले जानकारी दिए ।

गाउँपालिकाले २०७९ मा कार्यपालिका बैठकबाटै प्रदेश सरकारलाई फिर्ता पठाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए । ‘प्रदेश सरकारलाई उपलब्ध गराउन धनगढीसम्म लैजाने विषयमा कुरा भएको थियो । ट्रेलरसँग भाडाको कुरा मिलेन,’ अध्यक्ष जोशीले भने, ‘बिग्रिएको एम्बुलेन्स गुडाएर लैजान सकिने कुरा पनि भएन । त्यसैले त्यहीँ थन्किएर बसेको छ ।’ अहिले डिलाशैनीमा अर्को एउटा पनि एम्बुलेन्स छैन ।

सामाजिक विकास मन्त्रालयले २०७६ कात्तिक १७ गते बैतडीको डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकालाई एम्बुलेन्स हस्तान्त्रण गरेको थियो । पञ्चेश्वरले २०७९ मा नै फिर्ता पठाइसकेको थियो ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएका एम्बुलेन्स ग्रामीण सडकमा सञ्चालनमा समस्या आएको भन्दै पञ्चेश्वर जस्तै अन्य पालिकाले पनि फिर्ता पठाइसकेका थिए ।

निजामती र स्वास्थ्य सेवाका राष्ट्रिय स्तरका ट्रेड युनियनहरू खारेज

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एक सार्वजनिक सूचना जारी गर्दै नेपालका सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी र स्वास्थ्य सेवाका कर्मचारीका ट्रेड युनियनहरू खारेज गरिदिएको छ।

सरकारले हालै जारी गरेको नयाँ अध्यादेशको जगमा विभागले बुधबार यस्तो निर्णय लिएको हो।

यो खारेजी निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन, २०६४) र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन, २०७०) अन्तर्गत विभागमा दर्ता भई क्रियाशिल रहेका सम्पूर्ण राष्ट्रिय स्तरका ट्रेड युनियनहरूको हकमा लागू भएको छ।

सरकारले जारी गरेको संवत् २०८३ सालको अध्यादेश नम्बर ७ ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ को व्यवस्थालाई मुख्य कानुनी आधार बनाएर यी युनियनहरूको दर्ता खारेज गर्ने निर्णय गरिएको विभागका प्रवक्ता इन्जिनियर मणिनाथ गोपले जानकारी दिएका छन्।

यस निर्णयसँगै निजामती सेवा ऐनको दफा ५३ को उपदफा (२) बमोजिम दर्ता भई लामो समयदेखि कर्मचारी राजनीतिमा सक्रिय रहेका प्रमुख युनियनहरूको अस्तित्व समाप्त भएको छ। खारेजीमा पर्ने राष्ट्रिय स्तरका निजामती कर्मचारी संगठनहरूमा नेपाल निजामती कर्मचारी संगठन (दर्ता नम्बर २१४), नेपाल निजामती कर्मचारी युनियन (दर्ता नम्बर २१५), नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन (दर्ता नम्बर २२१), नेपाल मधेशी निजामती कर्मचारी मञ्च (दर्ता नम्बर २३१), नेपाल स्वास्थ्यकर्मी संघ (दर्ता नम्बर २७२), मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल (दर्ता नम्बर २८४), एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल (दर्ता नम्बर ५२३) र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल (दर्ता नम्बर ५७०) रहेका छन्।

यसैगरी, नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९२ क (१) बमोजिम दर्ता भएर स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहेका राष्ट्रिय स्तरका ट्रेड युनियनहरू पनि खारेजीमा परेका छन्। यसरी खारेज हुने स्वास्थ्यकर्मीका युनियनहरूमा नेपाल स्वास्थ्यकर्मी युनियन (दर्ता नम्बर ३६०), स्वास्थ्यकर्मी युनियन नेपाल (दर्ता नम्बर ३६१), राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल (दर्ता नम्बर ३६४) र राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन (दर्ता नम्बर ५५२) रहेका छन्।

सरकारले एकैपटक देशका प्रमुख राजनीतिक दलहरूसँग आस्था राख्ने र वर्षौँदेखि कर्मचारी प्रशासनमा बलियो पकड जमाएका ट्रेड युनियनहरू खारेज गरेपछि यसले प्रशासनिक र राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरिदिएको छ। कतिपयले यस कदमलाई कर्मचारीतन्त्रमा हुने अनावश्यक राजनीतिक हस्तक्षेप रोक्ने प्रयासका रूपमा हेरेका छन् भने कतिपयले यसलाई कर्मचारीहरूको संवैधानिक अधिकारमाथिको प्रहार भन्दै विरोध सुरु गरेका छन्।

CamScanner-06-05-2026-16

प्रधानन्यायाधीश नियुक्तिमा सरकारले जालझेल गर्दैछ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानन्यायाधीश नियुक्तिमा सरकारले जालझेल गर्न खोजेको आरोप लगाएका छन् ।
पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । आफूले प्रस्ताव गरेको पात्रलाई नै संवैधानिक परिषद्बाट अनुमोदन गराउन रास्वपा नेतृत्वको सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको उनले बताए । ”प्रधानन्यायाधीश कसलाई बनाउने भन्नेमा रास्वपाले एउटा सोच बनाएको छ । आफूले गोजीबाट प्रस्ताव गरेको पात्रबारे निर्णय गराउन जालझेल गरिएको छ,” उनले भने ।

संवैधानिक परिषद्माथि नियन्त्रण राख्नका लागि संसद् आह्वान गर्ने र स्थगित गर्ने प्रपञ्च रचिएको उनको आरोप छ । यसअघिको प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस्तै कार्य गर्दा कांग्रेसले रोकेको बताउँदै उनले हाल कांग्रेस रोक्ने स्थितिमा नरहेको बताए । ”अहिले अध्यादेश जारी भइसकेको छ । हामीले यस्ता गतिविधि रोक्न सकेनौँ,” उनले भने ।
बालेन सरकारको शैली पनि अघिल्लो सरकारको भन्दा फरक नरहेको उनको भनाइ छ ।

संसद् स्थगित गर्दै अध्यादेश जारी गरेर संवैधानिक परिषद्मा नियन्त्रण राख्ने सरकारको कदम आपत्तिजनक रहेको थापाले बताए ।
नियुक्तिमा सरकार प्रमुखको मनोमानी नचलोस् भनेरै संवैधानिक परिषद्मा सन्तुलन कायम गरिएको उनको भनाइ छ ।

सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दै चार जनाको  उपस्थितिलाई गणपूरक संख्या मान्ने र तीन जनाको समर्थनलाई बहुमत मान्ने प्रबन्ध गरेको छ । संवैधानिक परिषद् ६ सदस्यीय छ ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा संसद्‌मा विमति राख्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि संसद् बैठकमा विमति राख्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको संसदीय दल बैठकले सरकारले ल्याएको संवैधानिक अध्यादेशमाथि विमति राख्ने निर्णय गरेको प्रमुख समेचत वासना थापाले जानकारी दिइन् ।

‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा हामी विमति राख्नेछौं,’ उनले भनिन् ।

संसद्मा आफूहरूको विमतिपछि सरकार कसरी अघि बढ्छ भन्ने कुराबाट आगामी रणनीति तय हुने उनले बताइन् ।

‘हामीले राखेपछि उहाँहरूले कसरी लिनुहुन्छ, त्यसपछि अघि बढ्छ,’ उनले भनिन् ।

साथै, सार्वजनिक खरिद र सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी सरकारले ल्याएका अध्यादेशबारे पनि आजको बैठकमा छलफल भएको उनले बताइन् ।

त्यसबारे पनि आफूहरूको धारणा संसद्मा राख्ने उनले बताइन्  ।

नेप्से परिसूचकमा सामान्य गिरावट

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । आज नेप्से परिसूचक १.६४ अंक (०.१७%) ले घटेर २,७११.२२ विन्दुमा झरेको छ ।

बुधबारको बजारमा कुल ३३६ वटा कम्पनीका ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर खरिदबिक्री भए । जसबाट कुल ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ रुपैयाँ बराबरको कारोबार भएको छ । दिनभरमा कुल ४७ हजार ८४१ वटा कारोबार भएका थिए ।

बजारमा आज १०४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज धेरै कमाउने कम्पनीमा फरवार्ड माइक्रोफाइनान्स, अपर लोहर खोला हाइड्रोपावर, एनआइसी एसिया ग्रोथ फण्ड–२, एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ रहेका छन् ।

यस्तै, सबैभन्दा बढी गुमाउनेमा भगवती हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, एनआइसी एसिया ब्यालेन्स्ड फन्ड, मोदी इनर्जी लिमिटेड र शिखर पावर डेभलपमेन्ट रहेका छन् ।

यसदिन बैंकिङ, फाइनान्स होटल, इन्भेष्टमेन्ट, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा समूहको सेयर बढ्यो भने यसबाहेकका घटेको नेप्सेले जनाएको छ ।

अमेरिकासँग बृहत् सम्झौता चाहन्छाैँ : इरान

इरानले अमेरिकासँगको वार्तामा ‘बृहत् सम्झौता’ चाहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा ठूलो प्रगति भएको दाबी गरेपछि इरानी विदेशमन्त्री अब्बास अराघचीले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने सम्बन्धमा ‘निष्पक्ष र व्यापक सम्झौता’ मात्र स्वीकार गर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

चिनियाँ समकक्षी वाङ यीसँगको भेटपछि अराघचीले इरानले वार्तामा आफ्ना वैध अधिकार र हितहरूको रक्षा गर्न सक्दो प्रयास गर्ने बताएका खबरमा उल्लेख छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमा अलपत्र परेको जहाजहरूलाई गन्तव्यमा पठाउन सैन्य कारबाही रोक्ने प्रस्तावबारे इरानी विदेशमन्त्री अराघचीले कुनै प्रतिक्रिया दिएनन् ।

सामाजिक सञ्जालको एक पोस्टमा ट्रम्पले इरानसँगको शान्ति सम्झौतालाई अन्तिम रूप दिन सकिन्छ कि सकिँदैन भनेर हेर्नका लागि थोरै समयका लागि सैन्य कारबाही रोक्ने उल्लेख गरेका छन् । यद्दपि उनले इरानका बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी जारी रहने बताएका छन् ।

गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि द्वन्द्व शुरू भएयता हर्मुज जलमार्ग लगभग बन्द छ । हर्मुज अवरुद्ध हुँदा विश्वको झन्डै २० प्रतिशत तेल र ग्यास आपूर्ति प्रभावित भएको छ र विश्वव्यापी ऊर्जा सङ्कट निम्त्याएको छ । एजेन्सी

 

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले थप १२ दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको हो ।

अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायी भट्टको पाँचौँपटक र अग्रवालको छैटौँपटक समान १२ दिन म्याद थप गरिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।

dipak-bhatta-1778058176.JPG

प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा अग्रवाल नियुक्त

काठमाडौं । सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदीशप्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्वडिन समेत रहेका डा. अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनेछन् ।

उक्त नियुक्तिबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले भनिन्, “स्वास्थ्य क्षेत्रका अनुभवी र विज्ञ व्यक्तित्व प्रा.डा.जगदीशप्रसाद अग्रवालको नियुक्तिले प्रधानमन्त्रीज्यूलाई मुलुकको स्वास्थ्य नीति र सेवा सुधारका लागि महत्त्वपूर्ण प्राविधिक सहयोग र सुझाव प्राप्त हुने विश्वास लिएका छौँ । आईओएम जस्तो गरिमामय संस्थाको नेतृत्व गरिसक्नुभएका उहाँले अवैतनिक रूपमा आफ्नो विज्ञता र समय राज्यलाई उपलब्ध गराउनुहुनेछ ।”

प्रधानमन्त्री शाहले सार्वजनिक स्वास्थ्यलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राखेको सन्दर्भमा डा. अग्रवालको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । डा. अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई केवल विशेषज्ञका रूपमा आफ्नो सेवा पुर्‍याउनेछन् ।

गगन, विश्व र खड्काबीच भेटवार्ता

काठ्माण्डौ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । खड्का निवास गल्फुटार पुगेका सभापति थापाले पार्टी एकताको विषयमा संवाद गरेका हुन् ।

कांग्रेस सभापति थापा, उपसभापति शर्मा र नेता खड्काबीच पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति भएको एक नेताले बताए ।

१५ दिनभित्र अतिक्रमित क्षेत्र हटाउन डिभिजन वन कार्यालय बैतडीको आग्रह

 बैतडी। बैतडी जिल्लामा वन क्षेत्र अतिक्रमणको समस्या गम्भीर बन्दै गएको छ ।

जिल्लाका विभिन्न स्थानमा ११०.४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको पाइएपछि डिभिजन वन कार्यालय बैतडीले सम्बन्धित व्यक्ति, संस्था र निकायलाई १५ दिनभित्र अतिक्रमित क्षेत्र खाली गर्न आग्रह गरेको छ ।

कार्यालयले जारी गरेको सूचना अनुसार जिल्लाभर वन क्षेत्र अतिक्रमण गरी विभिन्न व्यक्ति, संस्था तथा निकायहरूले अनधिकृत संरचना निर्माण गरेका छन् ।

कार्यालय प्रमुख भक्तराज गिरीका अनुसार ढोल्यामोड, गिरिजाबगर, जमिटाँड, रसेडाखाली, रुइनचौर बजार, साँफे बजार, उचापत्थर, टकरे, जुकेपानी, भड्या खोला, गर्जे, ठाँड, चाप, लमखोला, सिरोडा, मुस्याचौर, बुढीचौर, डडिया र खोचलेक लगायत क्षेत्रमा वन जमिनमाथि संरचना निर्माण गरिएका छन् ।

राष्ट्रिय वन मात्र नभई सामुदायिक वन क्षेत्र समेत अतिक्रमणको चपेटामा परेको पाइएको छ । गिवाखोला र भूमिराज सुनुवागढी लगायतका सामुदायिक वनहरूको क्षेत्र पनि अतिक्रमणमा रहेकाले ती क्षेत्र खाली गर्न सूचनामार्फत आग्रह गरिएको गिरीले बताए ।

अतिक्रमित क्षेत्रमा विभिन्न व्यक्ति तथा निकायहरूले घर टहरा, पक्की घर निर्माण गरेका र खेतीपाती गर्दै आएका छन् ।

वन ऐन २०७६ को दफा ४९ (ग)ले वन क्षेत्र अतिक्रमण स्पष्टताः निषेध गरेको छ । सोही व्यवस्था अनुसार तोकिएको म्यादभित्र अतिक्रमित क्षेत्र खाली नगरेमा प्रचलित कानुन बमोजिम कारबाही अगाडि बढाइने कार्यालयले जनाएको छ ।

अतिक्रमित वन क्षेत्र खाली गराउने अभियानमा स्थानीय सरकारहरूलाई समेत सक्रिय सहयोगका लागि आग्रह गरिएको गिरीले थप जानकारी दिए ।

यसअघि जिल्ला प्रशासन कार्यालय बैतडीले पनि सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन स्थानीय तहलाई कार्ययोजना तयार गर्न आग्रह गरेको थियो ।

 

सुदूरपश्चिमका एमाले सांसदसँग छलफल गर्दै ओली

दल नेता फेर्नेबारे विवाद चर्किएपछि सुदूरपश्चिमका सांसदसँग अध्यक्ष केपी शर्मा ओलीले छलफल गर्दैछन्।

एमाले सुदूरपश्चिमका सांसदसँग अहिले छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएको छ।

सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने ११ सांसद अहिले गुण्डुमा छन्।

एमाले सुदूरपश्चिम दल नेता राजेन्द्र रावल छन्।

उनलाई दल नेताबाट हटाउनुपर्ने भन्दै एमाले सांसदहरूले छलफल थालेका थिए। त्यसपछि अध्यक्ष ओलीले उनीहरूसँग कुराकानी गर्ने भन्दै निवासमा बोलाएका हुन्।

 

कांग्रेस संसदीय दलको बैठक सुरु

काठ्माण्डौ। नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक जारी छ ।

बैठकमा सरकारको पछिल्लो कामकारबाही र संसद्‌मा कांग्रेसको भूमिकालगायत विषयमा छलफल भइरहेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन् ।

 

खोज्नुहोस