सुदूर पहाडका ‘भगवान’

सुदूर पहाडमा दिनहूँ भीरबाट खसेर घाईते हुनेहरु अस्पताल नपुग्दै बित्छन् । गन्तव्यमा पुग्न सवारी साधन चढेकाहरु उवडखावड बाटोमा कहाँनिर दुर्घटनामा पर्छन, थाहै हुदैन् । सुविधाका लागि पहाड उक्लेका ती सवारी साधनहरु बेलाबेला मृत्यु बोकेर हिड्छन् ।
केही साधन नमिले सुदूर पहाडका मान्छेहरु ट्याक्टर चढ्छन् । त्यही दुर्घटनामा पर्छ । गन्तव्य होईन, उनीहरुलाई त्यसले अस्पतालको शैयामा पु¥याउछ । कतिपयले बाटोमै सास छोड्छन् ।
भीरमा मेलापात गर्दै व्यथाले च्यापेपछि कति महिला त्यही भीरमा बच्चा जन्माउछिन् । व्यथा सहन नसकेर कतिले त्यही अन्तिम सास फेर्छिन् ।
बाख्रा चराउदा भीरबाट खसेकाहरु हुन् वा जंगली जनावर भालु, चितुवाको आक्रमणबाट घाईते भएकाहरु सबैको एउटै आग्रह हुन्छ, बयालपाटा पु¥याईदेउ । अन्तिम सास फेर्नुअघि एउटै आस हुन्छ सबैको, बयालपाटा अस्पताल पु¥याउन पाए बाँच्थे कि ?
सुदूर पहाडमा बयालपाटा अस्पतालप्रतिको यो विश्वास त्यसै कायम भएको होईन, समयमै त्यहाँ पु¥याएका महिला र तमाम नवजात शिशुले संसार देख्न पाएका छन् । कैयौले पुनर्जीवन पाएका छन् ।
हो, यी सबै ठोकिने र पुग्ने ठाउँ सुदूर पहाडमा एउटै छ, त्यो हो बयालपाटा अस्पताल । ती सबैको घाउ र दुःखाईको शल्यक्रिया गर्ने नाम हो, हाडजोर्नी तथा अंकोलोजी (हाडजोर्नी क्यान्सर) बिशेषज्ञ, डा. मन्दिप पाठक ।
दुःखको शल्यक्रिया गर्न मिल्छ कि मिल्दैन डाक्टर साप ? पंक्तिकारको प्रश्नमा उनी घोत्लिए । हो मिल्ने भए उनी पहाडका दुःख र बाटोले दिने दुःखाईको शल्यक्रिया गरिदिन्थे ।
‘डाक्टर साप म चामल बेचेर ओखती गर्न आएको हूँ । मलाई खाली पेट खाने औषधी दिनुहोला ।’ उपचारका लागि गएका सुदूर पहाडका विरामीले डाक्टरसंग बिसाउने बिन्ति हो, यो । कहिले भोकले दुःखाउछ । कहिले घाउले । कहिले भोक र घाउले सुदूर पहाडलाई संगै दुःखाउछ । कहिले यसरी पहिरो आउछ । न भोक रहन्छ, न पीडा । सबै लैजान्छ आफूसंगै ।
भरीपेट खान पाउने भाग्यमा लेखेको भए विवाहको भोलिपल्ट बैकिनीलाई रुवाएर बैकान मुग्लान पस्दैनथ्यो ।
जसले बयालपाटा सञ्चालनमा ल्याए, सायद उनले सुदूर पहाडको त्यो भोकको पीडा बुझे । र, सबैचिज निशुल्क गरिदिए ।
पीडा भनिसाध्ये छैन् । गनीसाध्ये हुने कुरै भएन् । थला परेर छटपटाईरहेकी आमालाई मृत्यु दिन कुन छोराले डाक्टरसंग अनुनय गर्छ होला ? सर्जरी गर्दा कहिल्यै हात नकापेका डा. मन्दिपका शरीरमा त्यो बिन्तिले अहिले पनि काँडा उमार्छ ।
न कुनै चर्चा । न प्रशंसाको भोक । न सम्मानको आस । बस् कर्म गरिरहन्छन्, उनी । सरल व्यवहार, बिनम्र बोली, कामप्रतिको समर्पणले उनले बिरामी र सुदूर पहाडका जनताको मन जितेका छन् । न कुनै घमण्ड । न लोभ । न कसैको टिप्पणी । उनलाई यी कुराको फुर्सद कहाँ ? बस्, कर्म गरिरहन्छन् ।
हुन् त उनी नभए पनि बयालपाटा अस्पताल चल्छ । बिगतमा पनि चलेकै थियो । तर अस्पतालसंगको लगाव र बिरामी प्रतिको चिन्ताले काम विशेषले बाहिर गएपछि जति सक्दो चाँडो फर्किहाल्छन् ।
सेमिनार सकेर अमेरिकाबाट फर्किदा हरेक पटक साथमा अप्रेशनका लागि नयाँ उपकरण बोकेर आउछन् । त्यहाँ सिकेको सीप, ज्ञान र अनुभव बयालपाटामा प्रयोग गर्छन् ।
२०४० साल चैत २८ गते काठमाण्डौं बानेश्वरमा जन्मिएका उनी रामजी पाठक र मञ्जु पाठकका जेठो सन्तान थिए । उनीपछि एक बहिनी जन्मिईन ।
काठमाण्डौं साउथ प्वाईन्ट स्कुलमा ६ कक्षासम्म पढेका उनले ललितपुर माध्यमिक विद्यालयबाट २०५६ सालमा एसलएलसी गरे । त्यसपछि भीएस निकेतनबाट प्लस टु सके । सानैदेखि मामाघरका हजुरबुवा पशुपती लोहनीको ईच्छा थियो, नाती डाक्टर बनोस । हजुरबुवाको त्यो ईच्छाको प्रभाव उनमा प¥यो । उनले काठमाण्डौं युनिभर्सिटी मेडिकल स्कुलबाट एमबीबीएसको पढाई पुरा गरे ।
२००९ मा एमडी गर्न पुगे, फिलिपिन्स । २०१५ मा पढाई सकेर फर्के । उनी बयालपाटा अस्पताल सञ्चालन गर्दै आएको न्याय हेल्थ नेपालका बोर्ड सदस्य अर्थोपेडिक सर्जन डा. भाष्कर पन्तको नियमित सम्पर्कमा थिए । पन्तको सीटमा उनी फिलिपिन्सबाट पढेर फर्केका थिए । पन्तले उनलाई बयालपाटा अस्पतालमा अर्थोपेडिक सर्जनको आवश्यकता भएको बताए । त्यहाँ जोडी दिए । र, २०१५ मा डा. मन्दिप बयालपाटा पुगे ।
नेपालको पहिलो महिला अर्थोपेडिक सर्जन डा. आराधना झा बयालपाटामा काम गर्थिन् । उनी अमेरिका गईन् । उनकै ठाउँमा काम गर्न पुगे, डा. मन्दिप । नियुक्ति हुदा उनको पद थियो, कन्सलट्याण्ट अर्थोपेडिक सर्जन ।
त्यसअघि बयालपाटा अस्पतालले हड्डी भाँचिएकाहरुलाई लगेर नेपालगञ्जमा उपचार गथ्र्यो । उपचार खर्च अस्पतालले व्यहोथ्र्यो । जव उनी जोडिए,त्यसपछि भने हड्डी भाँचिएकाहरुको उपचार बयालपाटामै हुन थाल्यो । उनी लामो समय सुदूर पहाडका एक्लो अर्थोपेडिक सर्जन थिए । छ महिना बयालपाटा काम गर्थे । छ महिना दोलखा । त्यहाँ पनि न्याय हेल्थद्धारा सञ्चालित अस्पताल थियो ।
२०१६ अर्थोपेडिक अंकोलोजीको एक वर्षे फेलोशिप पाएर मलेशिया पुगे । त्यहाँबाट फर्किएर उनी रातदिन नभनी बिरामीको सेवामा खटिए । हड्डी भाँचिएकाहरुले उपचारका लागि तराई झर्नुपर्ने बाध्यताको अन्त्य भयो । पदोन्नतीसंगै उनको जिम्मेवारी थपिदै गयो । उनी मेडिकल डाईरेक्टर र शल्यचिकित्सा निर्देशक भए । २०८१ साउन भए, अस्पताल निर्देशक ।
उनी नेपालकै दोस्रो हड्डीको क्यान्सर स्पेशलिष्ट हुन् । उनी हड्डीको क्यान्सरका चिकित्सकको संस्था टीम सार्कोमा पनि आवद्ध छन् । यस्तो लाग्छ, आराम र विदा उनको शब्दकोषमै छैनन् । विदामा काठमाण्डौं घर जादा उनी हड्डीको क्यान्सर भएका बिरामीहरुको शल्यक्रिया गर्छन् । टीम सार्कोले हालसम्म त्यस्ता ६०० जनाको उपचार गरिसकेको छ ।
उनकी पत्नी प्रतिक्षा ढुंगाना दाँतको चिकित्सक हुन् । दुई वर्षदेखि उनी पनि बयालपाटा अस्पतालमै कार्यरत छिन् । उनीहरुकी दुई वर्षकी छोरी छिन् । पारिवारीक गफ, घुमघाम र रमाईलो गर्ने समय उनलाई कहाँ ? भन्छन्, कहिलेकाही हामीबीच ठाकठुक हुदा, त्यसको विषय र कारण अस्पताल नै हुन्छ ।
बुवाआमा काठमाण्डौं बस्छन् । पत्नी र छोरीसंगै उनी छन्, सुदूर पहाडको अछाममा । बुवाआमासंग भेट्ने मन हुन्छ होला कि नाई ? घाउहरुको शल्यक्रिया गर्दा उनको त्यो मन दुख्छ होला कि नाई ? विवाहित पुरुषसंग उसकी पत्नीका पनि आकांक्षा, अपेक्षा र सपनाहरु हुन्छन् । र, स्वयमका सपना हुने नै भए । केही दिन सबै काम छोडेर निस्फिक्री भएर घुम्न निस्किन मन हुन्छ कि हुदैन ? डाक्टर साप तपाईका सपनाहरु छन् कि, तिनको पनि शल्यक्रिया गरिदिनुभयो ? यस्ता तमाम प्रश्नहरु एकसाथ सोधी रहदा उनी बस्, मुस्कुराईरहे ।
घुम्न टाढा के जान्थे ? बिरामी बचाउन बयालपाटा अस्पताल बचाउनु प¥यो । त्यही अस्पताल बचाउन उनी धनगढीमा मुख्यमन्त्री कार्यालय, सामाजिक विकास र अर्थमन्त्रालयको चक्कर काटिरहन्छन् । उसको आस हुन्छ, शासकहरुले बजेट निकासा गरिदिन्थे कि ?
उता ट्याक्टर दुर्घटनामा परी गम्भीर घाईते भएकाहरु अस्पतालमा भर्ना भएको खबरले बेचैन भएपछि अस्पताललाई बचाउने कुरा बिर्सिएर हानिन्छन्, अछाम । सोच्छन्, पहिले घाईते त बचाउ,अस्पताल पछि बचाउला ।
………….
उनी केही दिन पहाडबाट बाहिर जादा घाईतेहरु उनलाई कुरिरहन्छन् । उनी अस्पताल छोडेर बिरलै बाहिर निस्किन्छन् । जहाँ गएपनि उनको मन भने बयालपाटामा हुन्छ ।
एउटा कार्यक्रममा भाग लिन अमेरिका गएका उनी त्यहाँबाट महिना दिनपछि फर्किए । उनलाई कालिमाटीकी ९० वर्षीया घाईते महिला एक महिनादेखि कुरिरहेकी थिईन । उनको हेरचाह नातिनी बुहारीले गर्थिन् । आमा घाईते भएपछि उनका छोरा भारतबाट आए ।
डा. मन्दिप आएको थाह पाएपछि छोराले आमालाई अस्पताल लिएर आए । महिलाको हीपको गेडीको हड्डी भाँचिएको थियो । मुटुको चाल थिएन । जसले २० प्रतिशत मात्र काम गरिरहेको थियो ।
भ¥याङबाट खसेर घाईते भएकी उनी हिड्दा दुखाईले रुन्थिन । दुःखाई सहन नसकेर भन्थिन्, मलाई मारिदेउ ।
दुःखाईले थला परेकी आमाको एक महिनादेखि मृत्यु कुरिरहेका छोरा आग्रह गर्थे, डाक्टर साप, की आमालाई मारिदेउ, की अप्रेशन गरिदेउ ।
डा. मन्दिप सम्झाउथे, यो उमेरमा अप्रेशन गर्दा ज्यान तलमाथि हुन सक्छ । अप्रेशन गर्न जिद्दी गर्दै उनका छोरा भन्थे, मृत्य भए होस । लाग्ने खर्च म दिन्छु ।
त्यो उमेरकी महिला, त्यसमाथि मुटुको चाल थिएन । अप्रेशन थियटरमै कुनै पनि बेला उनको सास बन्द हुन सक्थ्यो । उनीसंग अप्रेशन बाहेक अर्को विकल्प पनि त थिएन ।
उनले सोचे, कुनै पनि हालतमा यी आमालाई बचाउन पाए हुन्थ्यो । जोखिम लिए । अप्रेशन थियटरमा हाले । वेहोस गरे । अप्रेशन गरेर भगवानलाई सम्झिए, यिनलाई बचाई दिनु ।
ती आमाको होश खुल्यो । तेस्रो दिनपछि त उनी हिडिन् । बोकेर ल्याएकी आमा हिडेर घर गईन् । फर्किदा भनिन्, डाक्टर साप तपाई बाँचिरहनु ।
………….
अछामकी एक २७/२८ वर्षीय महिला रक्ताम्य अवस्थामा अस्पताल आईन् । मिलमा बेरिएर उनको हात क्षतबिच्छेद भएको थियो । छुट्टिन मात्र बाँकी हातबाट बगिरहेको रगत रोकिएको थिएन । त्यस्तो अवस्थामा पनि ती महिला आठ महिनाको छोरालाई स्तनपान गराईरहेकी थिईन । उनलाई त्यो दृष्यले भावुक बनायो । सोचे- आमा त्यसै भनिएको होईन,जसलाई आफ्ना दुःखाईले भन्दा सन्तानको भोकले दुःखाउछ । आफ्ना दुःख बिर्सिएर सन्तानलाई स्तनपान गराउने क्षमता अरु कसैमा हुदैन्, आमा बाहेक । डा. मन्दिपले बिलम्ब नगरी उनलाई अप्रेशन थियटर भित्र लगे । एकै अप्रेशनले उनको हात जोडिने अवस्था थिएन । तीन पटक अप्रेशन गरे । र, उनको हात जोडिदिए । र, जोगाए अपांग हुनबाट ।
जव अस्पताल बन्द हुने कुरा सोच्छन् । तव यस्ता अनगिन्ती घट्नाहरु उनका आँखाका अघिल्तिर आउछन् । उनी घोत्लिन्छन्, ओहो ! तिनको हालत के होला ? जो बेखर्ची छन्, सुदूर पहाडका ती मान्छेहरु, जोसंग रोग छ, दुखाई छ । तर छैन, उपचारका लागि पैसा ।
नौ वर्षमा उनले चार हजारभन्दा बढि अप्रेशन गरे । गतवर्ष मात्र उनले ७४८ वटा मेजर अप्रेशन गरे । हरेक अप्रेशनसंग एउटा जीवन र कैयौ परिवार जोडिएका हुन्छन् । उनले त्यस्ता सयौ जीवनहरु जोगाए, समयमै अप्रेशन नगरेको भए जो चुडिन सक्थे ।
………..
माघको पहिलो साता दुईटै हात भाँचिएकी एक महिला आईन् । डा. मन्दिपले सोधे, कसरी भाँचियो । महिलाले जवाफमा भनिन्, लडेर । उनले विश्वास गरेनन् । फेरि सोधे । अन्तिममा उनले खोलिन्, श्रीमानले कुटे । हात भाँचेर उपचारका लागि श्रीमानले नै ल्याएका थिए ।
ती महिलाले न त कही उजुरी दिईन् । न कसैलाई गुहारिन् । बस्नु पर्ने श्रीमानसंगै हो, प्रहरीमा उजुरी दिएर के गर्नु, उनले लाचारी प्रकट गरिन् । डा. मन्दिपले चुपचाप अप्रेशन गरे । हातमा रड हालेर उनलाई घर पठाए ।
रोग लुकाउने र अन्याय सहने संस्कृति सुदूर पहाडमा कहिल्यै जाला ? उनी सोचिरहे ।
…………
बयालपाटा अस्पताल संकटमा छ । आर्थिक अभावसंग जुधिरहेको छ । सरकार सहयोग गर्न तयार छैन । आनाकानी गर्छ । वहाना गर्छ । कहिलेकाही त आरोप नै लगाउछ । अपराध नै गरेजस्तो ।
पदमा नहुदा बजेट दिएन भनेर सरकारको विरोधमा कुर्लिनेहरु सत्तामा पुगेपछि मौनता साँध्छन् । र, बजेट दिन नसकेको आफ्नो असक्षमता लुकाउन उल्टै लाज पचाएर भनिदिन्छन्, त्यहाँ पारदर्शिता भएन ।
सत्ताले रंग बदलेका नेताहरु देख्दा डा. मन्दिप र न्याय हेल्थको टीमलाई उदेक लाग्छ । एउटा डा. मन्दिप छन्, अर्को कुन्द दीक्षित र उनको टीम । जो आफ्नो व्यस्तता, काम छोडेर बयालपाटा अस्पतालको भविश्यलाई लिएर चिन्तित भईरहन्छन् । कही अस्पताल बजेटकै अभावमा बन्द हुने त होईन् । कामना गर्छन, सुदूर पहाडका जनताले उपचार नपाएर मर्नु नपरोस ।
अर्को सरकारी कर्मचारीको संयन्त्र छ । जसले सरकारलाई भन्छ्, त्यहाँ कार्यरत चिकित्सक र कर्मचारीहरुले तलव धेरै खान्छन् ।
तर उनीहरु यो कुरा लुकाउछन्, अझ भन्न चाहदैनन, कि बयालपाटा अस्पतालका डाक्टर र कर्मचारीहरु ईमान्दारीपूर्वक बिरामीको सेवा गर्छन । त्यहाँ बाहेक अन्यत्र कही काम गर्दैनन् ।
भन्न मन हुन्छ, हो, डा.मन्दिप खराव छन् । जो घाईतेहरु देख्दा सुत्दैनन । जसलाई उनीहरुको दुःखाईले पोल्छ, भतभती । रात भन्दैनन् । दिन भन्दैनन् । बस्, अप्रेशन थियटरमा व्यस्त हुन्छन्, घाईतेहरुको शल्यक्रियामा ।
घाईते निको भएर घर नफर्केसम्म उनी छटपटीमै हुन्छन् । उनी राउण्डका लागि दोस्रो दिन कुर्दैनन् । जुनसुकै बेला बिरामीको वार्डमा पुग्छन् । र, सोध्छन्, तपाईलाई कस्तो छ अहिले ?
दशैं भन्दैनन् । तिहार भन्दैनन् । नयाँ वर्ष त उनको पनि आउछ होला । तर उनलाई नयाँ वर्ष आएको गएको सम्झना हुदैन ।
सुदूर र मध्य पहाडका विकटबाट आउने बेखर्ची घाईतेहरुको सेवामा यसरी तल्लिन हुन्छन्, बुवाको मुख हेर्ने दिन सम्झिन छोडी सके । आमाको मुख हेर्ने दिन पनि काठमाण्डौंमा रहेकी आमासंग सञ्चो विसञ्चोका कुरा गर्दै गफिन पाउदैनन । सुदूर पहाडकी घाईते बुढी आमामा उनी आफ्नी आमा देख्छन् । र, उनको दुःखाईको शल्यक्रिया गरेर सोध्छन्, आमा तपाईलाई अहिले कस्तो छ ?
जसको अप्रेशन गरेर उनले जीवन र आयु बढाई दिए । उसैले आशिर्वाद दिन्छ, डाक्टर तपाईलाई मेरो आयु पनि लागोस ।
हो, उनलाई त्यही आशिर्वाद र स्नेहले बाँधेर राखेको छ, बयालपाटा अस्पतालमा । पैसा कमाउन उनी त्यहाँ बसेकै होईनन् । संसारका जुन सुकै देशमा उनको विज्ञता र अनुभव सजिलै त्यो भन्दा महंगो मूल्यमा बिक्री हुन्छ । उनलाई पैसाको छु मतलव ।
तर विरलै मान्छेलाई प्राप्त हुने सेतो कोट र डाक्टरीलाई उनी कुनै मूल्यमा बेच्न तयार छैनन् । र त, अछाममा छन् । त्यही अछाम र सुदूर पहाडमा जन्मिएका डाक्टरहरु कहाँ छन् ? कस्ले सोधोस ? कस्ले खोजोस ?
कतिपयलाई उनले खाने तलवको चिन्ता छ । उनलाई भने बिरामीको चिन्ता छ ।
नेताहरु बयालपाटा अस्पतालको उत्कृष्ट सेवाको तारिफ गरेर थाक्दैनन । अर्ति दिनेहरु धेरै छन् । उनीहरु भन्छन्, निशुल्क सेवा दिन संभव छैन् । पर्ची र अप्रेशनको त न्यूनतम शुल्क लिनु पर्ने । यसरी निशुल्क कति दिन चल्छ ?
बयालपाटा अस्पताल अछाम र बाजुराका बिरामीको केन्द्र हो नै । डोटी, डडेल्धुरा,बझाङ,बैतडी, दार्चुला, दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगुका बिरामी पनि उपचारका लागि यहाँ आउछन् । पछिल्लो समय कैलाली र कञ्चनपुरबाट समेत उपचारका लागि बिरामीहरु पहाड उक्लेर अछाम पुग्न थालेका छन् ।
उनले देखेका छन्, सुदूर पहाडको गरीवी । बेजोर चप्पलमा जुनी काट्नेहरुका पीडा । वर्षौ देखि नफेरेका मैलो कछाड ।
त्यसैले उनलाई भन्न मन हुन्छ, बेखर्ची भएर वर्षौदेखि रोग लुकाएर बसेकाहरुलाई सोध्नु नि, एउटा पर्चीको मूल्य उसका लागि कति महंगो हुन्छ ।
भोको पेट अस्पताल आउनेहरुलाई सोध्नु नि । अस्पतालको शैयामा रहेका बिरामीसंगै कुरुवाले भरी पेट खान पाउनुको आनन्द । जहाँ सबै सेवा निशुल्क छ । न पर्चीको पैसा लाग्छ । न अप्रेशनको । र जहाँ, निशुल्क छ औषधी । बिरामी र उसका कुरुवालाई खाना निशुल्क थियो । तर बजेटको अभावमा भएपछि एक वर्षयता कुरुवाले खानाको पैसा तिर्नु परिरहेको छ ।
नेताहरुले सबैचिज निशुल्क दिन्छु भनेर, गफ मात्र निशुल्क दिईरहदा, बयालपाटा अस्पतालले भने सबै चिज निशुल्क दिईरहेको छ ।
गर्नुपर्ने काम कति बाँकी थियो । डा. मन्दिपलाई चिन्ता त कही यो सेवा र सुविधाबाट सुदूर पहाडका नागरिक बञ्चित हुने त होईन । जहाँ जीवनका १० वर्ष बिताए । त्यो भूगोल र त्यहाँको माटोको त माया लाग्छ । मान्छेको लाग्ने नै भयो ।
सर्जन र मायासंगै हुदैनन । कठोर हुन नसक्ने सर्जन हुनै सक्दैन । मन नै नहुने सर्जनले मान्छेको जीवन कसरी बचाउन सक्छ ? उनीभित्र पनि त मन छ । त्यही मनको बयालपाटासंग अटुट लगाव छ । बयालपाटाको भविश्यलाई लिएर उनी बेचैन छन् । सुत्न सकेका छैनन् । शासक भन्छन्, चलाउन नसक्ने भए सरकारलाई हस्तान्तरण गरे हुन्छ ।
अहिले जस्तै चलाउने भए सरकारलाई बयालपाटा अस्पताल हस्तान्तरण कुनै आईतवार पर्खिदैनथे । न्याय हेल्थको टीम त्यसका लागि तयार पनि छ ।
जव यसको स्थापनाकाल तर्फ फर्किन्छन्, र यसको स्थापनाको उद्देश्य र स्थापना भएयता अस्पतालले दिएको सेवा सम्झिन्छन्, तव उनी आत्तिन्छन् । कही त्यो ईतिहास र उपलब्धी नामेट हुने त होइन ?
………………
२००६ मा अमेरिकीन चिकित्सक जेसन एन्ड्र्यु र नेपालीमूलकी पत्नी रोशनी एन्ड्र्युसंग हनिमुन मनाउन सुदूर पश्चिम आए । रोशनी फिल्म मेकर थिईन् । उनीहरु सोही क्रममा एचआईभी संकटको डकुमेन्ट्री बनाउन अछाम पुगे ।
त्यहाँ उनीहरुले एचआईभीसंगै अन्य समस्या भयावह देखे । र, जीर्ण रहेको बयालपाटाका भवनहरुमा अस्पताल सञ्चालन गर्ने सोच बनाए । त्यसको दुई वर्षपछि सरकारसंग सहमती गरे । २००८ मा न्याय हेल्थ नेपाल मार्फत संघीय सरकारसंगको साझेदारीमा बयालपाटा अस्पताल सञ्चालनमा ल्याए ।
उनी अमेरिकाको कनेक्टिट स्थित एल युनिभर्सिटीमा कार्यरत थिए । उनले चिकित्सक साथीहरु डंकन मारु, सञ्जय बासु पनि बयालपाटा अस्पतालमा जोडिए । पछि बिजय आचार्य र बिभव आचार्य थपिए । पोखराका आचार्य दाजुभाई धरानबाट एमवीवीएस पुरा गरेर एल युनिभर्सिटीमा आवासीय चिकित्सकका रुपमा कार्यरत थिए । चिकित्सकहरु थपिनेक्रम जारी रह्यो, त्यहीबीचमा थपिए, ड्यान स्वार्जस् र रुमाराज भण्डारी ।
अछाममा एचआईभीभन्दा कुपोषण, सुत्केरी र दीर्घरोगीहरुको समस्या देखेपछि जेसन एन्ड्र्यु अस्पताल सञ्चालन गर्ने निष्कर्षमा पुगेका थिए । उनले केही वर्ष आफ्नै युनिभर्सिटीको फण्ड ल्याएर चलाए । शुरुवाती चरणमै २६२ जना संस्थापक दाताहरु थपिएपछि उनलाई अस्पताल चलाउन सहज भयो । पछि दातृसंस्थाहरु यो अभियानमा जोडिए । मुख्य डोनर थिए, स्कुनर फाउण्डेसन, निक साईमन फाउण्डेसन, नेसनल ईन्स्टिच्यूट अफ हेल्थ अमेरिका ।
बयालपाटा अस्पतालले १६ वर्षमा १३ लाख १७ हजार दुई सय २५ जनालाई सेवा दियो । गत वर्ष यो संख्या ८१ हजार तीन सय ७८ थियो । सोही अवधिमा ७८९ वटा मेजरी सर्जरी भए । र, ४८४ डेलिभरी । त्यस्तै एक वर्षमा अस्पतालका कर्मचारीहरुले समुदायमा गएर १ लाख ५२ हजार आठ सय ७९ व्यक्तिलाई भेटे । र बुझे, गर्भवती, दुई वर्ष मुनिको बच्चाको पोषण, परिवार नियोजन प्रयोगको अवस्था, दीर्घ तथा मानसिक रोगीले औषधी खाए नखाएको । र दिए, उनीहरुलाई रोग अनुसार परामर्श ।
शल्यक्रियापछि जटिलता पाँच प्रतिशतभन्दा बढि हुनु हुदैन भनिन्छ । बयालपाटाको त्यो दर दुई प्रतिशत छ ।
७० को दशकमा अछाममा संस्थागत प्रसुती दर ५८ प्रतिशत थियो । अछाममा पाँच वर्षअघि त्यो दर ९८ प्रतिशत पुग्यो । जवकी दिगो विकास लक्ष्य अनुसार सरकार सन २०३० सम्म त्यो दर ९२ प्रतिशत पु¥याउन कोसिस गरिरहेको छ ।
………………
जनताका नाममा सपथ खाएर सरकारमा बस्नेहरुले पाँच वर्षको अवधिमा मन्दिरमा अढाई अर्व रुपैया खर्च गरे । अढाई अर्व रुपैया भन्दा बढि सामुदायीक भवनमा खर्च गरे । जहाँ खोला छैन्, र छैन तटबन्धको आवश्यकता । त्यही तटबन्धका नाममा अर्बौ रुपैया खर्च गरे । शहीद गेटहरु बनाउनलाई सरकारसंग अथाह पैसा छ । तर सरकारमा बस्नेहरु भन्छन्, अस्पताललाई पैसा दिन सकिदैन् । अख्तियारले समात्छ ।
मन्दिरका नाममा बाडेको रकमले बयालपाटा अस्पताल १५ वर्ष चल्थ्यो । सामुदायीक भवनका नाममा गरेको खर्चले थप १५ वर्ष । तर उनीहरु अस्पताललाई पैसा दिन तयार छैनन् । नीति बाधक हो भने त्यो बनाउनु । त्यसका लागि पनि तयार छैनन् । किनकी त्यहाँ कमिसन जो आउदैन् ।
………..
दाता र दातृ संस्थाको सहयोगका कारण अस्पतालले डेढ दशकदेखि सम्पूर्ण सेवा निशुल्क प्रदान गर्दै आएको छ ।
कोभिडपछि भने सहयोगी संस्थाहरुको बजेट कटौती हुदै गयो । यता बिरामीको संख्या थपिदै गयो । मुलुक प्रदेश संरचनामा जानुअघि संघीय सरकारले पर्फमेन्स बेस्ड फन्ड दिन्थ्यो । मुलुक संघीयतामा गएपछि त्यो बजेट पनि रोकियो । यता प्रदेश सरकार बजेट दिन बहानाबाजी गर्न थाल्यो । त्यसयता अस्पताल आर्थिक संकटसंग जुधिरहेको छ ।
अस्पतालले अछामका छ वटा पालिकामा समुदाय कार्यक्रम सञ्चालित छ । अस्पतालमा दैनिक तीन सयभन्दा बढि बिरामी सेवा लिन आउछन् । एउटा बिरामीको खर्च औसतमा दुई हजार चार सय रुपैया छ । समुदाय कार्यक्रममा प्रतिव्यक्तिका लागि खर्च ३०० रुपैया हुन आउछ।
स्पाईन सर्जरी नहुदा बयालपाटाले वर्षेनी ६५ देखि ७० घाईते अन्यत्र रेफर गर्छ । उनले सोचे, ट्रमा सेन्टर सञ्चालन भए सुदूर पहाडका नागरिकले भौतारिनु पर्ने थिएन । उनी छिट्टै स्पाईन सर्जरी शुरु गर्दैछन् । मृगौलाका बिरामीका लागि डायोलिसिस शुरु गर्ने अर्को योजना छ ।
प्रदेश सरकार बयालपाटा अस्पताल आफ्नो मातहतमा लिन हतार गरिरहेको छ । उनी भने अस्पतालमा सेवा सुविधा थप्ने सूची बोकेर कुदिरहेका छन् ।
भन्न्, मन लाग्छ, डा. मन्दिप खराव छन्, उनले बचाउने काम मात्र गर्छन् । आउ, सबै मिलेर बयालपाटा अस्पताल बन्द गरौ ।
बन्दको व्यापार चलेको मुलुकमा डा. मन्दिप अस्पताल चलाउने कुरा गर्छन्, मान्छे बचाउने कुरा गर्छन् । उनलाई बाँकी कुराको छु मतलव । सक्नेले बन्द गरी हेरुन । उनी अन्तिम समयसम्म बचाउने प्रयत्न गर्न छोड्ने छैनन् ।
एक ===
दुःखको शल्यक्रिया गर्न मिल्छ कि मिल्दैन डाक्टर साप ? पंक्तिकारको प्रश्नमा उनी घोत्लिए । हो मिल्ने भए उनी पहाडका दुःख र बाटोले दिने दुःखाईको शल्यक्रिया गरिदिन्थे ।
दुई ====भरीपेट खान पाउने भाग्यमा लेखेको भए विवाहको भोलिपल्ट बैकिनीलाई रुवाएर बैकान मुग्लान पस्दैनथ्यो ।
तीन ====भरीपेट खान पाउने भाग्यमा लेखेको भए विवाहको भोलिपल्ट बैकिनीलाई रुवाएर बैकान मुग्लान पस्दैनथ्यो ।
चार ====मन्दिरका नाममा बाडेको रकमले बयालपाटा अस्पताल १५ वर्ष चल्थ्यो । सामुदायीक भवनका नाममा गरेको खर्चले थप १५ वर्ष । तर उनीहरु अस्पताललाई पैसा दिन तयार छैनन् । नीति बाधक हो भने त्यो बनाउनु । त्यसका लागि पनि तयार छैनन् । किनकी त्यहाँ कमिसन जो आउदैन् ।
आँखाबाटा आंसू आए इन पंक्तिहरु पढ़ेर 🥺🥺🥺🥺🥺
कोई व्यक्ति इतनी निस्वार्थ सेवा भी कर सकता है, आज के मतलबी संसार मे?🥺
इस विषय मे तो डॉक्यूमेंटरी बननी चाहिए थी just like हेर्ने कथा की तरह।
इसको एक visual बनाकर सारे संसार के आगे लाना चाहिए….
जैसे डॉ “संन्दुक रुईत ” के बारे मे हमको तब पता चला जब भारत सरकार ने उनका मूल्यांकन किया।
जिनके हाथों मे कलम की ताकत है उनको इसके बारे मे और ज्यादा लिखना चाहिए…..
पंक्तिकार को दिल से सलाम🙏🙏🙏
और डॉ साहब को कोटि कोटि नमन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मेरा अत्यन्त प्रिय र सम्मानित डाक्टर मन्दिप पाठक प्रति समर्पित यस लेख पढ्न पाउँदा साह्रै नै खुसी लाग्यो। दीर्घराज सरलाई हार्दिक धन्यवाद। डाक्टर मन्दिपको विषय विज्ञताको साथसाथै उहाँको मेहनत र समर्पण अभूतपूर्व छ। सुदूरपश्चिमको दुर्गम पहाडी क्षेत्रमा उहाँको योगदान अवर्णनीय छ।
Salute to Dr. Pathak for his incredible work, and heartfelt thanks to Dirgha Raj Upadhya for the touching story/
देशकाे सेवामा संधै समर्पित रहिरहनु बधाई छ भतिज
डाक्टर साप म चामल बेचेर ओखती गर्न आएको हूँ । मलाई खाली पेट खाने औषधी दिनुहोला ।’
Heart touching line
निकै मार्मिक लेख ।
नेताहरुले सबैचिज निशुल्क दिन्छु भनेर, गफ मात्र निशुल्क दिईरहदा, बयालपाटा अस्पतालले भने सबै चिज निशुल्क दिईरहेको छ ।