काठमाडौं : मन्त्रिपरिषद्को बैठक सुरू भएको छ। बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ।
बैठकमा सरकारका नियमित कामकारवाहीमाथि हुने जनाइएको छ।
काठमाडौं : मन्त्रिपरिषद्को बैठक सुरू भएको छ। बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ।
बैठकमा सरकारका नियमित कामकारवाहीमाथि हुने जनाइएको छ।
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता–कार्यकर्ताको कार्यविभाजन गरिँदै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा यति बेला जारी संयोजन समितिको बैठकबाट कार्यविभाजन गरिने नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
पार्टी एकता घोषणाको सात महिनापछि कार्यविभाजनको तयारी गरिएको हो । ०८२ कात्तिक १९ गते काठमाडौंमा बृहत् कार्यक्रम गरी १० वामपन्थी दल मिलाएर संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा घोषणा गरेका थिए ।
तत्कालीन नेकपा (माओवादी केन्द्र) र त्यति बेलाको नेकपा (एकीकृत समाजवादी)सहित १० घटक मिलेर नेकपा घोषणा गरिएको थियो । पछि अरू दल/समूहलाई पनि मिसाइएको थियो ।
वाम एकताको चर्चा भइरहँदा पार्टीभित्रैकाले जिम्मेवारी नपाएको गुनासो बढेको थियो ।
नेकपाले कार्यविभाजन टुंगो लगाएर विचार, सिद्धान्त मिल्ने कम्युनिस्ट दलहरूबीच एकताका निम्ति प्रस्ताव गर्ने तयारी गरेको छ ।
नेकपाका संयोजक प्रचण्डले पछिल्लो समय फेरि पनि कम्युनिस्ट एकताको आवश्यकता रहेको बताउँदै आएका छन् ।
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरण गरिँदा मर्कामा परेका विद्यार्थीको सुरक्षा र सहजीकरणका विषयमा ६ बुँदे ‘सर्कुलर’ जारी गरेका छन् ।
मन्त्रीको निर्देशनपछि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरण गरिँदा त्यहाँ विद्यार्थीको परीक्षा व्यवस्थापन, सोही ठाउँमा विद्यालय समायोजन तथा समन्वयलाई प्रभावकारी बनाउन विभिन्न निर्देशन तथा अनुरोध जारी गरेको हो ।
केन्द्रले सुकुम्वासी बस्ती हटाउँदा प्रभावित विद्यार्थीलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न सहजीकरण सबै स्थानीय तहलाई आग्रह गरेको छ । खासगरी सोमबार (वैशाख १४)देखि सुरु कक्षा–१२ को परीक्षामा सहभागी हुने परीक्षार्थीलाई परीक्षा केन्द्रसम्म जान आवश्यक सहजीकरण गर्न र विद्यालय नै प्रभावित भएको ठाउँमा वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
सुकुम्वासी बस्तीका विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित अरू कुनै गुनासो, समस्या वा सुझाव भए केन्द्रमा पठाउन स्थानीय तहहरूलाई मन्त्रालयले आग्रह गरेको छ ।
टीकापुर। टीकापुर नगरपालिकाले बजार, सडक र नदी किनारमा क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरेका टहरा छाप्राहरू हटाउन सुरु गरेको छ ।
चैत २६ गते अतिक्रमण हटाउन १५ दिने सूचना जारी गरेको नगरपालिकाले टीकापुर उद्योग वाणिज्य सङ्घको अनुरोधमा केही दिनका लागि अतिक्रमण हटाउने समय बढाएको थियो ।
सोमबार टीकापुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीसहित प्रशासनसँगको समन्वयमा अनधिकृत रूपमा बनाएका छाप्रा टहरा हटाउन थालेको हो ।
जमरा पुलको आसपासमा बनाएका छाप्रा हटाएर अतिक्रमण हटाउने कामको सुरु गरिएको छ । टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले अतिक्रमण पहिचान भएका क्षेत्रमा हटाउन थालिएको र छोटो समयमा आफै भत्काउने प्रतिबद्धता गर्नेलाई एक दिनको समय दिएको बताए ।
टीकापुर नगरपालिकामा २०६२/६३ को जनआन्दोलन सम्पन्न भइसकेपछि सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशबाट हजारौँको सङ्ख्यामा मानिसहरू आएर बस्न सुरु गरेका हुन् ।
२०६४ सालमा भएको संविधान सभाको निर्वाचनका बेला सबै नागरिकले बसेकै ठाउँमा मत हाल्न पाउनुपर्छ भन्ने सरकारको निर्णय अनुसार जो जहाँबाट आएको भए पनि बसाइसराइ दर्ता भएको थियो ।
त्यस यता बाहिरबाट मानिसहरू आउने र टीकापुर बहुमुखी क्याम्पस, वीरेन्द्र विद्या मन्दिर, टीकापुर नगर विकास समितिका जग्गाहरूमा बस्ने क्रम जारी छ ।
टीकापुर नगरपालिकाको तथ्याङ्क अनुसार टीकापुर नगरपालिका–१ मा मात्रै करिब पाँच हजार परिवार विभिन्न संस्था र नगर विकासका जग्गामा बसिरहेका छन् ।
उनीहरूले भूमि आयोगमा निवेदन दिएका छन् ।यसअघिका निर्वाचनमा हरेक दलले बसेकै ठाउँमा जग्गा दिन्छु भन्ने प्रतिबद्धता जनाउँदै भोट माग्दै गरेका कारण टीकापुरमा पहिले जग्गा ओगटनेहरू बेच्दै नयाँले किन्दै गरेका छन् ।
यसरी किनबेच गर्दा शिविरका अगुवाले पैसा सङ्कलन पनि गरेका छन् । जग्गा अतिक्रमणमा परेको क्याम्पसले पटकपटक आफ्नो तीन सय बिघा जमिन अतिक्रमणमा परेका कारण शैक्षिक कार्यक्रम बिस्तार गर्न कठिन भइरहेकाले जग्गा खाली हुनुपर्ने माग गर्दै सुदूरपश्चिम विश्वविद्यालय, विश्वविद्यालयमार्फत प्रधानमन्त्री कार्यालयसम्म अनुरोध गरिरहेको छ ।
यहाँ तत्कालीन टीकापुर विकास समितिका कर्मचारीले आफूहरूले जग्गा पाउनुपर्ने माग राखी नगर विकास समितिको जग्गामा बसिरहेका छन् ।
यस्तै मोहना, कर्णाली नदीको बाढीबाट बिस्थापित, मुक्त कमैया, भूमिहिन, सुकुमवासीहरू पनि बसिरहेका छन् । नगर क्षेत्रमा अनधिकृत निर्माण गरिएका घर टहरा भत्काउन थालेपछि शिविरमा बसेका मानिसहरू पनि त्रसित भएका छन् ।
घरजग्गा अन्यत्र भएता पनि जग्गा पाउने आसमा वर्षौदेखि छाप्रोमा बसिरहेका मानिसहरू भने समस्यामा पर्ने भएका छन् ।
बस्टन (अमेरिका) । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई भुपरिवेष्ठित राष्ट्रबाट अब क्लाउड लिंक्ड (क्लाउडबाट जोडिएको) राष्ट्रको रुपमा रुपान्तरण गर्नुपर्ने बताएका छन् ।
हार्भर्ड विश्वविद्यालय तथा म्यासाचुसेट्स इन्सटिच्यूट अफ टेक्नोलोजी (एमआइटी)का विद्यार्थी संगठनले अप्रिल २४ देखी २५ सम्म आयोजना गरेको द नेपाल डिस्कोर्स २०२६ कार्यक्रममा सम्बोधनका क्रममा अर्थमन्त्री डा. वाग्ले रिमोट भिडियो मार्फत उपस्थित थिए ।
यो सम्मेलनमा डिजिटल प्रविधि र कृत्रिम बौद्धिकता(एआइ) र नेपालमा उद्यमशीलताको स्थिति र सम्भावनाको बारेमा नेपाल र अमेरिकाका आइटी सम्बन्धी विज्ञहरु, उद्यमी, पेशाकर्मीबीच १६ वटा फरकफरक सत्रहरुमा २ दिनसम्म छलफल गरिएको थियो ।
मुख्य वक्ता अर्थमन्त्री वाग्लेले भने, “विगतमा भौगोलिक अवश्थितिका कारण भोग्नुपरेको आर्थिक सीमिततालाई डिजिटल प्रविधिले तोड्ने ऐतिहासिक अवसर हामीलाई प्राप्त भएको छ ।”
बालेन्द्र शाहको प्रधानमन्त्रीत्वमा बनेको नयाँ सरकारले आफ्ना प्राथमिकताका १०० शासकीय सुधारका बुँदामा १०० अर्ब डलर बराबरको अर्थतन्त्रको आकार बनाइने लक्ष्य अर्थमन्त्रीले दोहोर्याए । कम्तिमा वार्षिक ७ प्रतिशतका दरले आर्थिक वृद्धिदर हासिल गरे ५ वर्षमा उक्त लक्ष्यमा पुगिने अर्थमन्त्रीको भनाइ थियो ।
विदेसमा बस्ने नेपालीहरुलाई रेमिट्यान्सको सहज स्रोतको रुपमा मात्र हेरिनु नहूने अर्थमन्त्रीले बताए ।
वाग्लेले अहिले नेपाल सरकारसँग रहेको २३ अर्ब डलर बराबरको विदेशी मुद्रा सञ्चितिले १८ महिनासम्म आयात धान्ने बताए ।
“धेरै देशहरुले सामना गरिरहेको अल्पकालीन मूद्रासंकटबाट हामी सुरक्षित छौं,” अर्थमन्त्रीले भने, “तर हामीसँग अहिले इन्टरनल स्टाग्नेशन(आन्तरिक निश्क्रियता) रहेको छ । यसलाई हटाउनका लागि नयाँ कानून, नीतिगत र शासकीय सूधारका लागि शिघ्र कदम चालिने छ ।”
वाग्लेले प्रवासको नेपाली समूदायलाई विभिन्न छिमेकी मुलुकहरुमा जस्तै पहिले पानी जाँच गर्ने समूहका रूपमा परिभाषित गर्दै भने, “उनीहरूले लगानीको लागि उपयुक्त वातावरण भएको सङ्केत दिएपछि मात्र मूलधारका वैदेशिक लगानीकर्ता आउने गर्छन् ।”
एकपटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई दोहोर्याउँदै वाग्लेले नेपाली विद्यार्थी, उद्यमी र पेशाकर्मीहरु हाम्रो देशका मुख्य सम्पत्ति भएको उल्लेख गरे । राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा पत्र बनेदेखि नै यो डायस्पोरा मैत्री पार्टी भएको उनले दोहोर्याए ।
द नेपाल डिस्कोर्स आयोजना गर्ने भन्नेबारेमा हार्भडमा अध्ययनरत सलोमी भट्ट, हार्भडका अर्का विद्यार्थी उत्सव खरेल र लिडरसिप अकाडमी नेपालका सीइओ तथा हार्भड एलुम्नाइ डा. अरुण जोशीबीच सबैभन्दा पहिले गतवर्षको सेप्टेम्बर महिनामा सल्लाह भएको कार्यक्रममा जानकारी दिइएको थियो ।
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने भएका छन् ।
संसदीय दलको नेता सर्वसम्मतिमा टुंगो लगाउन पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरिएको थियो ।
गएको शुक्रबार (वैशाख ११) गठित कार्यदलले आङ्देम्बेकै नाममा निर्णय गर्दा पार्टी एकताको सन्देश जाने निष्कर्ष निकालेको हो । आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सहमति जुटिसकेको कार्यदलमा रहेका एक पदाधिकारीले जानकारी दिए ।
काठमाण्डौ- सरकारले आर्थिक वर्ष २०९२/९३ सम्ममा सरकारी, सार्वजनिक तथा निजी क्षेत्रको संयुक्त लगानीमा कुल २४ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सार्वजनिक गरेको छ ।
रणनीतिमा यसअघि प्रस्तावित, अध्ययन सम्पन्न, निर्माणाधीन तथा निर्माणको तयारीमा रहेका आयोजनाहरू समावेश गरिएको छ । जलाशय तथा अर्धजलाशय प्रकृतिका आयोजनासँगै सौर्य ऊर्जा परियोजनालाई पनि प्राथमिकतामा राखिएको छ ।
सरकारले बहुचर्चित बुढीगण्डकी जलाशययुक्त आयोजना २०९१ सालसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ । त्यसैगरी, ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना आर्थिक वर्ष २०८५/८६ सम्म सम्पन्न गर्ने लक्ष्य छ ।
रणनीतिअनुसार ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’, १८.२ मेगावाटको माथिल्लो मोदी तथा ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ‘बी’ आयोजना पनि सम्पन्न गरिनेछ । ६ सय ७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त आयोजना २०९१ सालसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
त्यही अवधिमा १ हजार ६१ मेगावाटको माथिल्लो अरुण र ४१७ मेगावाटको नलगाड आयोजना पनि सम्पन्न गरिने कार्ययोजना रहेको छ । यस्तै, ४ सय ९० मेगावाट क्षमताको अरुण–४ तथा ४ सय ३९ मेगावाटको बेतन कर्णाली आयोजना २०९० सालसम्म सम्पन्न गरिने लक्ष्य छ । २ सय १० मेगावाट क्षमताको चैनपुर सेती २०८७ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
९९ मेगावाटको तामाकोशी–५, २८१ मेगावाटको नौमुरे तथा ८ सय २८ मेगावाटको उत्तरगंगा आयोजना पनि प्राथमिकतामा छन् । नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धन गर्ने १ हजार मेगावाट क्षमताको सौर्य परियोजना २०८५ सालसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सरकारी तथा सहायक कम्पनीहरूले प्रवद्धन गर्ने ३५ सय मेगावाट र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल अन्तर्गत झण्डै १४ हजार मेगावाट क्षमताका आयोजना पनि २०९२ सालसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
कृषि क्षेत्रका लागि विद्युत् महसुलमा सहुलियत प्रदान गर्दै शतप्रतिशत विद्युतीय सिँचाइ प्रणाली लागू गर्ने लक्ष्य राखिएको छ । साथै, रासायनिक मल उद्योग, डेटा सेन्टरलगायत ऊर्जा–गहन उद्योगका लागि विशेष विद्युत् महसुल निर्धारण गरिने सरकारको योजना छ ।
काठ्माण्डौ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच सोमबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधिको क्षेत्रमा चीन सरकारको सहयोग विशेष गरी विद्यालयको पूर्वाधार, पठनपाठनमा डिजिटल प्रणाली लगायत संस्थागत विकास एवं समसामयिक विषयमा छलफल भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।
काठमाण्डौ- नेपालमा सुरक्षित गर्भपतन सेवा कानुनी रूपमा सुनिश्चित भए पनि कमजोर अनुगमन, जनचेतनाको अभाव र असूचीकृत स्वास्थ्य संस्था तथा औषधि पसलको प्रयोगका कारण असुरक्षित गर्भपतनका घटना रोकिएका छैनन् ।
पछिल्ला वर्षहरूमा चितवन, पर्सा र बुटवलजस्ता ठाउँमा अनधिकृत सेवा र औषधि सेवनका कारण महिलाको अकालमै ज्यान गुमाउने गरेका घटनाले समस्या झन् गम्भीर देखिएको छ । नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले आर्थिक लाभका लागि विना रेकर्ड गर्भपतन गराउने प्रवृत्ति बढिरहेको देखाएको छ । यसकै कारण महिलाहरू जोखिममा परी मृत्युदर समेत बढेकाले यसलाई रोक्नका लागि आवश्यक नीति बनाई कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव एवं निवर्तमान प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार गर्भपतन सेवाका लागि सेवाप्रदायक स्वास्थ्य संस्था अनिवार्य सूचीकृत हुनैपर्छ र स्वास्थ्यकर्मीले आवश्यक तालिम लिएकै हुनुपर्छ । अध्ययनअनुसार झण्डै ५२ प्रतिशत गर्भपतन अझै असुरक्षित रूपमा हुने गरेका छन् । जसका कारण दैनिक औसत २ महिलाले ज्यान गुमाउने गरेका छन् ।
सरकारले निःशुल्क तथा सूचीकृत स्वास्थ्य संस्थाबाट सेवा उपलब्ध गराए पनि गोपनीयता अभाव, जानकारीको कमी र कमजोर नियमनका कारण सेवाग्राही निजी क्लिनिक वा औषधि पसलमा निर्भर हुने प्रवृत्ति कायम छ । विशेषज्ञहरूले कानुन कार्यान्वयन, प्रभावकारी अनुगमन, जनचेतना अभिवृद्धि र सूचीकृत संस्थाबाट मात्र सेवा लिनुपर्ने सन्देश व्यापक रूपमा प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
बैतडी- बैतडीको पुर्चौडी नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविरबाट ज्येष्ठ नागरिकलगायत सयौँ नागरिक लाभान्वित भएका छन् । ग्रामीण भेगमा बसोबास गर्ने तथा नियमित रूपमा उपचार सेवा पहुँचबाहिर रहेका बिरामीलाई लक्षित गरेर सञ्चालन गरिएको सो शिविरमा १२२ जनाको आँखा शल्यक्रिया गरिएको छ ।
शुक्रबार र शनिबार सञ्चालन भएको शिविरमा आँखा जाँच, औषधी वितरण, चस्मा उपलब्ध गराउनेदेखि शल्यक्रियासम्मका सेवा प्रदान गरिएको बताइएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरका अनुसार शिविरमा २३० जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने ४३५ जनालाई आवश्यक औषधी उपलब्ध गराइएको छ ।
शिविरबाट पुर्चौडी नगरपालिकाका सात सयभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुँवरले ग्रामीण क्षेत्रमा आँखासम्बन्धी समस्या भएका नागरिकले समयमै उपचार सेवा नपाउने अवस्थालाई दृष्टिगत गर्दै शिविर सञ्चालन गरिएको जानकारी दिए । सेवा लिन आएका अधिकांश बिरामीमा उमेरका कारण हुने दृष्टिसम्बन्धी समस्या देखिएको कुँवरले बताए ।
घरनजिकै नै विशेषज्ञसहितको सेवा उपलब्ध भएपछि स्थानीयवासी, विशेषगरी वृद्धवृद्धा निकै खुसी भएका छन् । पुर्चौडी नगरपालिका–८ की झिमा बोहोराले शिविरमार्फत आफ्नो आँखाको ज्योति फर्किएको बताए ।
शिविर पुर्चौडी नगरपालिका र च्यारिटी हेल्थ फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालन गरिएको धनगढी नेत्रालयले प्राविधिक सहयोग प्रदान गरेको नेत्रालयका प्रमुख गजेन्द्रबहादुर चन्दले बताए । शिविर सञ्चालनअघि वडास्तरमै पुगेर आँखाको परीक्षण गरिएको थियो र सो क्रममा शल्यक्रिया आवश्यक भएका बिरामीलाई पहिचान गरी शिविरमा ल्याएर निःशुल्क उपचार गरिएको नगरप्रमुख दीपकबहादुर बमले बताए ।
यसले सेवा प्रभावकारी र लक्षित समूहसम्म पुग्न सहज भएको नगरप्रमुख बमको भनाइ छ ।
नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन दुई लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यसरी सुनको मूल्य एक हजार ३०० रुपैयाँ वृद्धि भएको हो।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। आइतबार चार हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५० रुपैयाँ वृद्धि भएर पाँच हजार ४५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री शाहले आज दिउँसो २ बजेका लागि बैठक बोलाएको शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
खेम राज उपाध्याय, धनगढी । सुदूरपश्चिम प्रदेश कराते महासंघले 2nd Sudurpashchim Province Junior, Cadet U-14, U- 12 & U-10 Karate Championship घोडाघोडी नगरपालिका वडा नं १०, पहलमानपुरमा सम्पन्न गरेको छ। प्रतियोगिता मार्फत महासंघले आफ्नो १८ वर्ष मुनिका विभिन्न उमेर र तौल समूहको टोली छनौट गरेको छ।

प्रतियोगितामा कैलाली जिल्ला प्रथम, कञ्चनपुर जिल्ला दोस्रो र डडेल्धुरा जिल्लाले तेस्रो स्थान हाँसिल गरेका छन् ।
प्रतियोगिता सँगै महासंघले २०८३ वैशाख ८ गते देखि दोस्रो सुदूरपश्चिम प्रदेश स्तरिय रेफ्री तथा प्रशिक्षक सेमिनार पनि आयोजना गरेको थियो। दुवै कार्यक्रमहरूको संयुक्त उद्घाटन वैशाख १० गते सुदूरपश्चिम प्रदेश सभाका सदस्य माननिय खुशीराम डँगौराले एक कार्यक्रमका बीच गर्नु भएको थियो। उक्त अवसरमा एसिया प्यासिफिक सितोरियो कराते महासंघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष दावा गुरुङ, सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्का, प्रदेश युवा परिषद, सुदूरपश्चिम प्रदेशका कार्यकारी उपाध्यक्ष तथा नेपाल कराते महासंघका केन्द्रिय सदस्य गजेन्द्र सावद, नेपाल कराते महासंघका केन्द्रिय उपाध्यक्ष एवम् राष्ट्रिय रेफ्री कमिसनका संयोजक प्रकाश मोहन धौभडेल, प्रदेश खेलकुद परिषदका सदस्य लिला सिंह सँगै सुदूरपश्चिम प्रदेश र विभिन्न जिल्ला खेलकुदमा कार्यरत कर्मचारीका साथै प्रदेश भरका कराते प्रशिक्षक तथा खेलाडीहरूको उपस्थिति रहेको थियो। सेमिनारमा सुदूरपश्चिम प्रदेशका ९० जना कराते रेफ्रीहरुको सहभागिता रहेको थियो भने सम्पूर्ण कार्यक्रममा गरी करिब ५०० जना खेलाडी तथा प्रशिक्षकको उपस्थिति थियो।
उद्घाटन कार्यक्रममा वर्ष २०८२ का लागि उत्कृष्ट महिला र पुरुष खेलाडीका रूपमा क्रमशः मनिषा कुमारी बोहरा र आनन्द कामी तथा ” गोपाल खड्का स्मृति उत्कृष्ट स्वयंसेवक प्रशिक्षक अवार्ड २०८२” दार्चुलामा कार्यरत स्वयंसेवक प्रशिक्षक राजेन्द्र अवस्थीलाई जनही नगद रु. दस हजार र प्रशंसा पत्र सहित सम्मान गरिएको थियो भने घोडाघोडी नगरपालिकामा प्रशिक्षण गरेर U-20 राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा स्वर्ण पदक जित्ने २ जना खेलाडीलाई जनही ५-५ हजार नगद सहित प्रदान गरिएको थियो तथा उनीहरूका प्रशिक्षक तेजेन्द्र देउवालाई पनि उत्कृष्ट कार्यका लागि प्रसंशा पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो।

कार्यक्रममा चैत्र २९ र ३० गते काठमाडौंमा सम्पन्न चौथो गणेशमान सिंह स्मृति राष्ट्रिय कराते प्रतियोगिता’मा स्वर्ण पदक प्राप्त गरेका यस प्रदेशको प्रतिनिधित्व गरेर ५ जना खेलाडीहरु आनन्द कामी, पूजा सुनार, पुष्पा बोहरा, जानकी सार्की र विष्णु बि. क. लाई जनही नगद ५ हजार प्रदान गरिएको थियो। यो पुरस्कार नेपाल कराते महासंघका केन्द्रिय उपाध्यक्ष मकेन्द्र बहादुर सिंहले प्रयोजन गर्नु भएको थियो।
प्रदेश स्तरिय यो प्रतियोगिताको समापन वैशाख १२ गते मा. खुशी राम डँगौरा लगायत अन्य अतिथिहरुले विजेताहरुलाई पदक, प्रमाणपत्र र ट्रफी प्रदान गरेर गर्नुभएको थियो।

महासंघले आफ्नो सिनियर प्रतियोगिता २०८२ चैत्र १० र ११ मा धनगढीमा सम्पन्न गरिसकेको थियो। यो प्रतियोगिता बाट छनौट भएर गएको टोलीले काठमाडौँमा सम्पन्न ‘ चौथो गणेशमान सिंह स्मृति राष्ट्रिय कराते प्रतियोगिता’मा ५ स्वर्ण पदक प्राप्त गरी सुदूरपश्चिम प्रदेशलाई दोस्रो स्थान दिलाएका थिए भने उत्कृष्ट महिला खेलाडीको उपाधि समेत हाम्रै प्रदेशका खेलाडी जानकी सार्कीले प्राप्त गरेकी थिइन्।
काठमाडौँ — वालेन्द्र शाहको नेतृत्वमा १३ चैतमा नयाँ सरकार गठन भएयता काठमाडौंले छिमेकी र अमेरिकाका उच्च अधिकारीहरूको आतिथ्य गर्ने क्रम जारी छ । अमेरिका र चीनबाट उच्च अधिकारीको भ्रमण भएलगत्तै नयाँदिल्लीले पनि सरकारसँग सम्बन्ध विस्तार गर्न वैशाख अन्तिम साता उच्च अधिकारीलाई काठमाडौं पठाउने भएको छ ।
परराष्ट्र मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार भारतीय पक्षले विदेश सचिव विक्रम मिश्रीको भ्रमणका लागि ३०–३१ वैशाखको मिति प्रस्ताव गर्दै पत्राचार गरेको छ । भ्रमणलाई औपचारिकता दिन परराष्ट्र सचिव अमृतबहादुर राईका तर्फबाट मिश्रीलाई औपचारिक निमन्त्रणा पठाउनुपर्ने हुन्छ । भारतीय पक्षको प्रस्तावको जवाफमा परराष्ट्र सचिव राईले औपचारिक निम्तो पठाइसकेको सरकारी अधिकारीहरूले बताएका छन् ।
यसअघि २७ चैतमा मोरिससमा नवौं हिन्द महासागर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय समकक्षी एस जयशकंरलाई भेटका थिए । उक्त भेटमा आगामी दिनमा दुवैतर्फबाट हुने उच्चस्तरीय भ्रमणअघि नेपालका प्राथमिकताका आयोजना र कार्यक्रमलाई टुंगो लगाउने विषयमा छलफल भएको थियो ।
खनालसँगको भेटमा भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको भ्रमणलाई उपलब्धिमूलक बनाउन नयाँ सरकारका प्राथमिकता बुझ्नु आवश्यक रहेकाले त्यसका लागि विदेश सचिव मिश्रीलाई काठमाडौं पठाउने प्रस्ताव गरेका थिए ।
मिश्रीको काठमाडौं भ्रमणका एजेन्डा भने सार्वजनिक भइसकेका छैनन् । भ्रमणबारे जानकार अधिकारीहरूका अनुसार मिश्रीले काठमाडौंमा रहँदा नयाँ सरकारको प्राथमिकता र दिल्लीबाट गरिएको अपेक्षाबारे परामर्श गर्नेछन् ।
शनिबार नयाँदिल्लीमा नेपाली पत्रकारहरूसँगको अन्तरक्रियामा मिश्रीले आफू ‘निकै चाँडै’ काठमाडौं जाने बताएका छन् ।
काठमाडौं । राजधानी उपत्यकाभित्रका सुकुमवासी बस्तीहरू भत्काउन अग्रसरता देखाएको सरकारले देशका अन्य भूभागमाका पनि अतिक्रमित पनि डोजर चलाउँदैछ ।
स्थानीय सरकार, प्रशासन एवं अन्य निकायहरूबाट अव्यवस्थित बसोबास, अतिक्रमण संरचना र सुकुमवासी वस्तीहरू हटाउने प्रक्रिया अगाडि बढाइएको छ ।
गृह प्रशासन स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय मार्फत अतिक्रमित क्षेत्रको लगत संकलन कार्य तीव्र पारिएको छ ।
‘अतिक्रमित भूमिको लगत संकलन गरेर त्यस्ता संरचनामा हटाउने कार्य गर्नु भनेर माथिबाट निर्देशन आएको छ,’ एक जना प्रमुख जिल्ला अधिकारीले भने, ‘निर्देशन बमोजिम अतिक्रमित क्षेत्रहरुको लगत संकलन कार्य भइरहेको छ ।’
काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह प्रधानमन्त्री निर्वाचित भए लगत्तै जारी १०० बुँदे कार्यसूचीमै अतिक्रमित भूमि कब्जा तत्काल हटाउने प्रतिबद्धता गरिएको थियो ।
‘सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्न डिजिटल अभिलेख तयार गर्ने, निगरानी प्रणाली सुदृढ गर्ने तथा अवैध कब्जा हटाउने कार्य तत्काल प्रारम्भ गर्ने,’ प्रतिबद्धताको ९२ नम्बरमा भनिएको छ, ‘नयाँ अतिक्रमणमा कडाइका साथ रोक लगाउने र अवैध कब्जा हटाउने विशेष अभियान सञ्चालन गर्ने ।’
प्रतिबद्धतामा ६० दिनभित्र लगत संकलन गरिसक्ने र एक हजार दिनभित्र भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या हल गर्ने प्रतिबद्धता जनाएको सरकारले शनिबार (१२ वैशाख) देखि राजधानीभित्रका सुकुमबासी वस्तीहरूमा डोजर चलायो ।
यसका निम्ति गृहमन्त्रीको जिम्मेवारी आफैं सम्हालिरहेका प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखहरूलाई बुधबार निर्देशन दिएका थिए ।
प्रधानमन्त्री बालेनकै अग्रसरतामा राजधानीमा डोजर चल्दा अन्य शहरहरूमा भने संघ सरकारको निर्देशन अथवा साथ पाउने विश्वासकै आधारमा डोजर चलिरहेको छ ।
विराटनगर, दुहवी, वीरगञ्ज, बुटवल, पोखरा लगायत शहरहरूमा डोजर चलाउने निकाय भने एउटै छैन । कतै प्रदेश, कतै स्थानीय सरकार र कतै अरु निकायको अग्रसरतामा डोजर चलाइदैछ ।
बाजुराः बाजुरा जिल्लाको तल्लो क्षेत्र त्रिवेणी र बुढीगङ्गाका बासिन्दाले लामो समयदेखि नेटवर्क समस्याको सामना गर्दै आएका छन् ।
नेटवर्क सहज बनाउन नेपाल टेलिकमले तोली र बानेगाउँको माथिल्लो डाँडामा टावर निर्माण गरे पनि स्थानीयले अझै पनि प्रभावकारी सेवा पाउन नसकेको गुनासो गरेका छन् ।
गाउँगाउँमा टेलिफोन टावर निर्माण भए पनि प्रभावकारी रूपमा सञ्चालन नहुँदा त्रिवेणी र बुढीगङ्गा क्षेत्रका बासिन्दा समस्यामा परेका हुन् । यसअघि छिमेकी त्रिवेणी नगरपालिका–४, तोलीमा रहेको टावरको भरमा स्थानीयले फोन सेवा प्रयोग गर्दै आएका थिए ।
बुढीगङ्गा नगरपालिका–४, बानेगाउँकी स्थानीय गोमती कटुवालका अनुसार पहिले तोलीको टावरले राम्रो काम गरे पनि अहिले गाउँमै टावर बनेपछि झन् समस्या बढेको छ ।
उनले भनिन्, “तोलीको टावरले पहिले राम्रो काम पथ्र्यो, अहिले गाउँमै टावर बनेपछि फोन लाग्ने ठाउँमा पनि नलाग्ने भएको छ । यो समस्या गत वर्षदेखि देखिन थालेको हो ।” स्थानीयले पटक–पटक नेपाल टेलिकम शाखा बाजुरामा जानकारी गराए पनि समस्या समाधान नभएको उनको भनाइ छ ।
यस विषयमा नेपाल टेलिकम शाखा बाजुराका प्रमुख ईश्वर सिंहले बानेगाउँ क्षेत्रमा नेटवर्क सहज बनाउन सब–टावर राखिएको भए पनि समस्या आएकोबारे औपचारिक जानकारी प्राप्त नभएको बताए।
उनले भने, “पहिले टावरले राम्रो काम गरेको थियो, अहिले केही समस्या आएको हुन सक्छ । स्थानीयले समस्या भएको हो भने औपचारिक रूपमा पत्राचार गर्नुपर्छ ।”
यता बुढीगङ्गा नगरपालिका प्रमुख रामबहादुर बानियाँका अनुसार विगत पाँच महिनादेखि क्षेत्रमा नेटवर्क समस्या रहँदै आएको छ ।
उनले भने, “हामीले नेपाल टेलिकम शाखा बाजुरालाई धेरै पटक निवेदन पठाएका छौँ, तर अहिलेसम्म सुनुवाइ भएको छैन ।” स्थानीयका अनुसार पछिल्ला केही दिनयता फोन सेवा अझै कमजोर भएको छ ।
काठमाडौं : नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघले रिक्त रहेका राहत तथा अस्थायी कोटाहरूलाई दरबन्दीमा रूपान्तरण गरी खुला प्रक्रियाबाट पदपूर्ति गर्न माग गरेको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अनुभवका आधारमा विद्यमान जनशक्तिको व्यवस्थापन गर्नुपर्ने र रिक्त रहेका राहत तथा अस्थायी कोटाहरूलाई दरबन्दीमा रूपान्तरण गरी खुला प्रक्रियाबाट पदपूर्ति गर्न माग गरेको हो। त्यस्तै अस्थायी प्रकृतिका शिक्षक कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने, आगामी शिक्षा ऐनमार्फत विद्यमान समस्याहरू समाधान गर्नुपर्ने लगायतमा उनीहरूको माग छ।
पत्रकार सम्मेलनमा महासंघका संयोजक विष्णु खत्रीले आफ्ना मागका बारेमा पहिलो चरणमा सरकारलाई ध्यानाकर्षण गराउने र त्यसपछि संघर्षका कार्यक्रमहरू अगाडि बढाउने चेतावनी दिए। विगत लामो समयदेखि आफूहरूले विभिन्न माग राखेर आन्दोलन गर्दै आएको तर सरकारले सम्बोधन नगरेको उनको भनाइ छ। उनले नेपाल शिक्षक महासंघले अस्थायी तथा राहत शिक्षक कर्मचारीहरूलाई बेवास्ता गरेसँगै आफूहरू छुट्टै महासंघ बनाउन बाध्य भएको उल्लेख गरे।
त्यस्तै नेपाल राहत शिक्षक राष्ट्रिय समितिका संरक्षक खेमराज अधिकारीले वर्षौंदेखि राज्य तथा स्वयम् शिक्षक महासंघबाटै अस्थायी शिक्षकहरू अपहेलित भएकाले अस्थायी प्रकृतिका शिक्षक कर्मचारीहरूको छुट्टै महासंघ गठन गर्नुपरेको जानकारी दिनुभयो। महासंघले दलगत गतिविधिमा पूर्ण असंलग्नता, ट्रेड यूनियन अधिकारको रक्षा, गोल्डेन हेण्डसेकको व्यवस्था लगायतका १५ बुँदे घोषणापत्र समेत जारी गरेको छ।
काठमाडौं । नेपालले आईसीसी वुमन्स च्यालेन्ज ट्रफीमा अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको छ ।
आइतबार रुवान्डाको किगालीस्थित गहंगा क्रिकेट रंगशाला टस जित्दै अमेरिकी कप्तान अदितिबा चुडासमाले नेपाललाई ब्याटिङको निम्ता दिइन् ।
जारी प्रतियोगितामा नेपाल र अमेरिका दोस्रो पटक प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो भेटमा नेपालले अमेरिकासँग ४४ रनको हार व्यहोरेको थियो ।
खेलमा नेपाल तेस्रो जितको खोजीमा छ । चार अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको नेपालले चार खेल खेल्दा समान दुई जित र हार व्यहोरेको छ ।
अमेरिका भने लगातार तेस्रो जितको खोजीमा हुनेछ । ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाले चार खेल खेल्दा तीन जित र एक हार व्यहोरेको छ ।
सान्या : छैटौं बीच एसियन गेम्स २०२६ अन्तर्गत नेपाल कबड्डीको सेमिफाइनलमा श्रीलंकासँग पराजित भएको छ।
आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्दै समूह विजेताको रूपमा सेमिफाइनल खेलेको नेपालले सेमिफाइनलमा श्रीलंकासँग ४६-२३ ले पराजित भएको हो।
पहिलो हाफमा नै २४-१२ ले पछि परेको नेपालले दोस्रो हाफमा पनि पुनरागमन गर्न सकेन।
नेपालले समूह चरणको पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दै ४८-३२ को जित दर्ता गरेको थियो। समूह चरणको दोस्रो खेलमा थाइल्याण्डलाई हराएको हो। नेपालले थाइल्यान्डलाई ४९-३३ ले हराएको हो।
समूह चरणको तेस्रो खेल आइतबार बिहान नेपालले बंगलादेशलाई ३८-३६ ले हराएको थियो। महिलातर्फको पहिलो सेमीफाइनल खेलमा भारतले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ। भारतले बंगलादेशलाई ५०-३१ ले पराजित गरेको थियो।
यो सँगै फाइनल खेलमा भारत र श्रीलंकाले उपाधिका लागि भेट्ने भएका छन्।
काठमाडौं । विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पीएम कप एनभीए महिला भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ ।
आइतबार (वैशाख १३) काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा एपीएपले सुदूरपश्चिमलाई सोझो सेटमा हराउने क्रममा पहिलो, दोस्रो र तेस्रो सेटमा क्रमशः २५–१७, २५–१० र २५–९ को नतिजा हासिल गर्यो ।
प्रतियोगितामा एपीएफको यो दोस्रो जित हो । एपीएफले यसअघि अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई हराएको थियो । एपीएफले एभरेस्ट भलिबल क्लबसँग भने पराजय व्यहोरेको थियो ।
आइतबारै प्रतियोगिताको महिला स्पर्धातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लबले आर्मीलाई सोझै सेटमा पराजित गर्यो । न्यु डायमन्डले खेल २५–१८, २५–१६, २५–१९ ले आफ्नो पक्षमा पारेको थियो ।
न्यु डायमन्डले आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म कायम राखेको छ । न्यु डायमन्डले यसअघि सुदूरपश्चिम र एभरेस्टलाई हराएको थियो ।
काठमाडौं । छैटौँ एसियन बिच गेम्स २०२६ अन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा नेपालले बंगलादेशलाई हराएको छ । नेपालले बंगलादेशलाई ३८–३६ ले पराजित गरेको हो ।
यो जितसँगै नेपालले समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनल खेल्ने भएको छ । नेपाल समूहमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो । नेपालले अब श्रीलंकाको सामना गर्नेछ ।
बंगलादेशविरुद्ध नेपालले पहिलो हाफमा १९–१७ ले अग्रता बनाएको थियो । दोस्रो हाफमा अग्रतालाई कायम राख्दै नेपालले जित दर्ता गरेको हो ।
नेपालले समूह चरणको पहिलो खेलमा चाइनिज ताइपेईलाई ४८–३२ ले हराएको थियो । नेपालले समूह चरणको दोस्रो खेलमा थाइल्यान्डलाई ४९–३३ ले पराजित गरेको थियो ।
खेम राज उपाध्याय।
आगामि जेठ महिनाको दोस्रो साता अमेरिकाको कोलोराडोमा आयोजना हुन गईरहेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी तिब्र रुपमा भईरहेको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्द्रीय समितिले हरेक दुई वर्षमा आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको नवौ श्रृंखला यस पटक अमेरिकाको कोलोराडो राज्यमा हुदैछ । सम्मेलनमा संसारभरीबाट दुई सयभन्दा बढि नेपाली साहित्यकारहरु सहभागी हुने अनुमान गरिएको छ ।
अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेले संसारभरी छरिएर रहेका ख्यातिप्राप्त नेपाली साहित्यकारहरुलाई सम्मेलनमा सहभागिताका लागि पत्राचार गरिएकोमा थुप्रै साहित्यकारहरुले सहभागी हुने प्रतिबद्धता जनाएको बताए ।
उनले संसारभरीबाट आउने नेपाली साहित्यकारहरुलाई स्वागत गर्न आफूहरु आतुर रहेको बताए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टि (बीओटी)का सभापति पदम विश्वकर्माले सम्मेलन आयोजनाका लागि कोलोराडोको वेष्टमिनिष्टरस्थित होटल ड्रुरी इन प्लाजा चार दिनका लागि बुक गरिएको जानकारी दिए ।
उनले सम्मेलन आयोजनाका लागि झण्डै ५० हजार डलर खर्च हुने अनुमान गरिएको बताए ।
नेपाली साहित्यकारको अभूतपूर्व जमघट हुने विश्वास गरिएको सम्मेलनमा नेपाली, अंग्रेजी भाषासंगै नेवारी, डोटेली लगायतका भाषाका शत्रहरु सञ्चालन गरिने छन् ।
सम्मेलनमा नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमका साहित्यकारहरुको मात्र सहभागिता रहने छैन, बिओटी सभापति विश्वकर्माले भने, भारतको आसाम, सिक्किम, दार्जिलिङ, भुटान, म्यानमार र विश्वका विभिन्न मुलुकमा रहेका नेपाली साहित्यकारहरुले सहभागिता जनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
नेपाली साहित्यकारको अभूतपूर्व जमघट हुने विश्वास गरिएको सम्मेलनमा नेपाली, अंग्रेजी भाषासंगै नेवारी, डोटेली लगायतका भाषाका शत्रहरु सञ्चालन गरिनेछन् ।
ख्यातिप्राप्त अंग्रेजी लेखिका डा. ज्याकलिन ज्याकलिन केरबेक, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, मदन पुरस्कार बिजेता साहित्यकार डा. नवराज लम्साल, रामलाल जोशी, निलम कार्की निहारिका, छुदेन काविमो, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी,पूर्व अध्यक्षहरु पुरु सुवेदी, मोहन सिटौला, गीता खत्री, राधेश्याम लेकाली, गोबद्र्धन पूजा,अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, पूर्व अध्यक्ष सन्ध्या पहाडी, पूर्व महासचिव ऋषभदेव घिमिरे, श्रीओम श्रेष्ठ रोदन, चर्चित साहित्यकार महेश पौडेल, श्रेष्ठ प्रिया पत्थर, गंगा लामिटारे, डा. टीका लम्साल, डा. तुलसी आचार्य, डा. खेम अर्याल, डा. संगीता स्वेच्छा, बाबा बस्नेत, तीर्थ अधिकारी, मोहन सिटौला, तुलसी आचार्य, टीका लम्साल, केशव बैरागी माईला लगायत दर्जनौ साहित्यकारहरुले सहभागी हुने प्रतिबद्धता जनाएको आयोजकले जनाएको छ ।
सम्मेलनमा सहभागिताका लागि भारतको सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङलाई समेत पत्राचार गरिएको छ ।
उनले भाषिक विविधता र त्यही विविधतामा हुर्किएको नेपाली समाजको प्रतिबिम्ब सम्मेलनमा देख्न र महशुस गर्न पाईने बताए ।
अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनमा विश्वका झण्डै ४० मुलुकबाट दुई सयभन्दा बढि साहित्यकारहरु सहभागी हुने अनुमान गरिएको बताए ।
सम्मेलनमा नेपाल सहित विश्वका विभिन्न मुलुकमा रहेका साहित्यकारहरुलाई आमन्त्रण गरिएको जानकारी दिदै थुप्रै साहित्यकारहरुलाई सम्मेलनमा सहभागी हुने प्रतिबद्धता गरेको सिटौलाले सुनाए ।
सम्मेलनमा नेपाली साहित्यका विषयमा मात्र चर्चा गरिने छैन्, विश्वका पछिल्ला चर्चित साहित्यिक कृति र स्रष्टाका बारेमा समेत चर्चा गरिनेछ, उनले भने, जसले युवा पुस्तालाई उत्कृष्ट साहित्यिक कृति सृजनाका लागि उत्प्रेरित गर्ने छ ।
नेपाली भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरुसंग साक्षात्कार गर्न पाउने यो दुर्लभ अवसर साहित्यको महाकुम्भ हो, अनेसासकी केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीले भनिन्, यो अवसर नगुमाउन साहित्यप्रेमी र स्रष्टाहरुलाई आग्रह गर्दछौ ।
अनेसासकी कोषाध्यक्ष अधिकारीका अनुसार सम्मेलनमा सहभागी हुन ईच्छुक व्यक्तिहरुका लागि तीन दिनको रजिष्टे«शन शुल्क ५० डलर निर्धारण गरिएको छ । अमेरिकाभन्दा बाहिरबाट आउनेहरुलाई निशुल्क खान र बस्न सुविधा छ । अमेरिकाका सहभागीहरुले भने होटलको शुल्क तिर्नुपर्नेछ ।
अनेसास केन्द्रीय समितिको आयोजनामा सञ्चालन हुने सम्मेलनको संयोजन अनेसास कोलोराडो च्याप्टरले गरिरहेको छ ।
अनेसास कोलोराडो च्याप्टर अध्यक्ष किरण अधिकारीले सम्मेलन आयोजनाका लागि मूल समितिसंगै विभिन्न नौ वटा उपसमिति गठन गरिएको जानकारी दिए ।
उनले सम्मेलन भव्य रुपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी तिव्र रुपमा भईरहेको बताए । सम्मेलनमा सहभागिताका लागि विश्वका बिभिन्न मुलुकबाट ख्यातिप्राप्त साहित्यकारहरुले देखाएको चासो र कोलाराडोस्थित नेपाली समुदायबाट प्राप्त भईरहेको सकारात्मक प्रतिक्रिया र सहयोगले आफूहरु निकै उत्साही भएको अधिकारीले सुनाए ।
अधिकारीका अनुसार सम्मेलनमा तीन दिन साहित्यका विविध विषयमाथि विभिन्न सत्रहरुमा छलफल र बहस हुनेछ । अन्तिम तथा चौथो दिन सम्मेलनका सहभागीहरुलाई कोलोराडोका विभिन्न स्थानको पर्यटकीय र ऐतिहासिक क्षेत्रको भ्रमण गराउने कार्यक्रम तय गरिएको छ ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्षसहित २४ जनाको पासपोर्ट कालोसूचीमा परेको छ। गृह मन्त्रालयले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा राखेको हो। यससँगै उनीहरू विदेश यात्रा गर्न नपाउने भएको छ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एन्फा पदाधिकारीहरूमाथि छानबिन अगाडि बढाएपछि पासपोर्ट कालोसूचीमा राखिएको हो। कालोसूचीमा पर्नेमा नेम्वाङसहित उपाध्यक्ष दावा लामा, दीर्घबहादुर केसी, दीपक खतिवडा, विराट जंग शाही र सदस्यहरू दीपेन्द्र धिमाल, भरतबहादुर बुद्ध थापा, टिकाराम लामा, मनिराज विष्ट, रमेश ब्यञ्जनकार, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, भोजराज शाही, विकास नारायण श्रेष्ठ, रविन्द्र चान्द, अनिल मल्ल, मनिष जोशी, पेमा डोल्मा लामा, सरिला श्रेष्ठ मलेकु र रुपेश अधिकारी छन्। त्यस्तै किरण राई, रविन्द्र जोशी र इन्द्रमान तुलाधारको पासपोर्ट पनि रोक्का गरिएको छ।
राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको थियो। सोही समितिले गृहमा निवेदन पठाएपछि अध्यागमन विभागले उनीहरूको पासपोर्ट कालोसूचीमा राखेको स्रोतले बताएको छ।
काठमाण्डौ- उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले नेपाल अल्पविकसित देश (एलडीसी) बाट विकासशील देशमा स्तरोन्नति भएपछि औषधि र खोपको मूल्यमा उल्लेख्य वृद्धि हुनसक्ने खतरा रहेको बताएका छन् ।
विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा आज काडमाण्डौमा आयोजित एक कार्यक्रममा उनले अल्पविकसित देशबाट हुने स्तरोन्नति (एलडीसी ग्र्याजुएशन) पछि नेपालले अन्तर्राष्ट्रिय व्यापारमा पाउँदै आएका विभिन्न छुट र सुविधाहरू कटौती हुने भन्दै यसले विशेषगरी औषधि उत्पादन क्षेत्रमा ठूलो प्रभाव पार्ने बताए ।
महानिर्देशक बस्नेतका अनुसार नेपाल अहिले अल्पविकसित देशको सूचीमा रहेकाले औषधि र खोप उत्पादन गर्दा बौद्धिक सम्पत्तिको प्याटेन्ट अधिकार नलिइकनै उत्पादन गर्न पाउने विशेष सुविधा उपभोग गरिरहेको छ । तर स्तरोन्नति भएपछि नेपालले प्याटेन्ट अधिकार भएका कम्पनीहरूलाई रोयल्टी तिर्नुपर्ने हुन्छ । यसले गर्दा नेपालमै उत्पादन भइरहेका औषधिको मूल्य उल्लेख्य बढ्न सक्ने अवस्था रहने उनको भनाइ छ ।
नेपालले भारत र अन्य तेस्रो देशसँगको व्यापारमा पाउँदै आएका सुविधाहरू पनि एलडीसी ग्र्याजुएशनपछि नपाउने स्थिति रहने महानिर्देशक बस्नेत बताउछन् । उनका अनुसार यो चुनौती औषधि क्षेत्रमा मात्र सीमित नभई अन्य थुप्रै क्षेत्रमा पनि देखिनेछ ।
भविष्यमा आउन सक्ने यस्ता जोखिमहरूलाई सम्बोधन गर्न सरकारले अहिले नै जोखिम न्यूनीकरण रणनीति बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । यस्ता परिवर्तनले व्यावसायिक वातावरण र उपभोक्ताको क्रयशक्तिमा समेत प्रभाव पार्ने भएकाले यसबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको उनको भनाइ छ ।
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । सोमबार (वैशाख १४) बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामै बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिकलगायत विषयमा छलफल गरिने दुलालले बताए ।
काठमाडौँ-काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन सुरु गरेको हो ।
शनिबार काठमाडौँका थापाथली, सिनामङ्गल–गैरीगाउँ र शान्तिनगर क्षेत्रमा नदी किनारमा अवैध संरचना हटाइएको थियो । यस्तै, आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहितका सुरक्षा निकायको सहयोगमा सरकारी टोलीले मनोहरा नदी किनारका अतिक्रमित संरचना हटाइरहेका छन्।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले सुरुआती चरणमा जोखिमयुक्त क्षेत्रका वस्ती हटाइने र दोस्रो चरणमा भूमिहीनको पहिचान गरी बसोबासको उचित व्यवस्थापन गरिने बताइन् । अतिक्रमित जमिन खाली गराउने क्रममा घरबारविहीन भएका नागरिकको प्रारम्भिक विवरण सङ्कलन गर्ने र बसोबासको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटार बुद्धचोक र वडा नं ९ को मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीहरू खाली गर्न थालिएको छ । वस्तीमा रहेका भौतिक संरचना भत्काउनुपूर्व त्यहाँ रहेका नागरिकका सरसामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरिरहेका छन्।
अतिक्रमित वस्ती खाली गर्ने क्रममा हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका प्राधिकरणले जनाएको छ । यसरी सम्पर्कमा आएकाहरूलाई तत्कालका लागि विभिन्न होटलमा बसोबास र खानपानको व्यवस्था मिलाइएको छ।
अभियानअन्तर्गत काठमाडाैँ उपत्यकाका साथै रुपन्देही, नुवाकोट, पर्सालगायत देशका विभिन्न स्थानमा अवैध रूपमा निर्माण गरिएका संरचना धमाधम हटाउन थालिएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ स्थित सरकारी जग्गा अक्रिमण गरी निर्माण गरिएका घरटहरा आज हटाइको छ । बुटवल उपमहानगरपालिकाले शनिबार नै सूचना जारी गर्दै सरकारी जग्गामा बनेका संरचना आफैँ हटाउन आग्रह गरेको थियो।
आजै नुवाकोटको विदुर नगरपालिकाका विभिन्न स्थानमा सरकारी जग्गा कब्जा गरी निर्माण गरिएका एक दर्जन सरकारी तथा ८६ निजी संरचना ‘गल्छी–रसुवागढी सडक योजनाको कार्यालय’ले हटाएको छ ।
यस्तै, नारायणी सिँचाइ तथा व्यवस्थापन कार्यालयले आज पर्साको गण्डक नहरको डिलमा अतिक्रण गरेर निर्माण गरिएका घर, टहरालगायत संरचना हटाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायको समन्वयमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने काम गरिएको वीरगन्ज महानगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिलकुमार कर्णले जानकारी दिए।
अर्थपूर्ण संवाद गर्न मानवअधिकार एलायन्सको आग्रह
मानवअधिकार एलायन्सले सुकुमवासी तथा भूमिहीनलाई वैकल्पिक व्यवस्थाविना हटाइनु मानवीय र मानवअधिकारको दृष्टिले उचित नभएको जनाएको छ । सङ्गठनका अध्यक्ष विदुर सुवेदीद्वारा जारी विज्ञप्तिमा बस्तीबाट हटाइएका परिवारमा देखिएको भय, असुरक्षा र अनिश्चतताले राज्य र नागरिकबीचको विश्वासलाई कमजोर बनाउने उल्लेख छ।
एलायन्सले प्रभावित समुदायसँग खुला, विश्वासपूर्ण र अर्थपूर्ण संवादको सुरुआत गरी बलपूर्वक विस्थापन नगर्न आग्रह गरेको छ। -रासस
सरकारले आइतबार पनि काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ।
शनिबार बाँकी रहेका संरचनाहरू भत्काउन र जग्गा खाली गर्न सरकारी टोली बिहानैदेखि कार्यक्षेत्रमा खटिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थित गोठाटार बुद्धचोक र वडा नं. ९ को मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीहरू खाली गर्न थालिएको हो।
बस्तीमा रहेका भौतिक संरचना भत्काउनुपूर्व त्यहाँ रहेका मानिसहरूका सरसामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरेका थिए। यस क्षेत्रका संरचनाहरू भत्काइसकेपछि हिजो बाँकी रहेका काठमाडौं वडा नं. ९ स्थित गैरीगाउँ र वडा नं. ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गरिने सचिवालयले जनाएको छ।
शनिबार काठमाडौं वडा नं. ११ स्थित थापाथलीमा रहेको जग्गा खाली गरिएको थियो। उक्त स्थानको जग्गा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा खाली गरिएको थियो।
बस्तीहरू खाली गर्ने क्रममा हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका छन्। उनीहरूलाई तत्कालका लागि विभिन्न होटलहरूमा बसोबास र खानपानको व्यवस्था मिलाइएको छ।
काठमाडौँ। अभिनेत्री स्वस्तिमा खड्काले फिल्म ‘लाली बजार’ ले आफूलाई धेरै वर्षसम्म चिनाउने बताएकी छन् । फिल्मको हिस्सा बन्न पाएकोमा आफूलाई भाग्यमानी ठानेको उनको भनाइ छ ।
प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको विभिन्न पक्षबारे जानकारी दिन राजधानीमा आयोजित एक कार्यक्रममा उनले फिल्ममा अडिसन दिएर छानिएको जानकारी दिइन् । ‘राम्रो फिल्म बनाउने ब्यानर षट्कोण आर्ट्सले फिल्म निर्माण गर्ने भएकै कारण अभिनय यात्राको दश वर्ष पुरा भएपछि मैले ‘लुक टेस्ट’ का लागि अडिसन दिएँ’, उनले भनिन्– ‘फिल्ममा आमा र छोरीको कथा छ, तर मैले यसमा बादी महिलाको भूमिका निर्वाह गरेकी छु ।’
फिल्मको अभिनयका लागि आफैँ बर्दिया पुगेर अनुसन्धान गरेकी उनले त्यसका लागि थुप्रै आमाहरूलाई भेटेर कुराकानी गरेको बताइन् । ‘मैले देखेको र बुझेको भन्दा भिन्नै संसारमा एउटा ‘मधुवाला’ पात्र भएर बाच्न पाएँ’ उनले थपिन् । कार्यक्रममा फिल्मको विषयमा निर्माता म्याक्स दीपेश खत्री, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई, रवीन्द्रसिंह बानियाँ, अभय बराल, गोविन्द सुनार, आशा पौडेल, समाइरा थापासँगै डेब्यु कलाकार विशाल देवकोटा र प्रशंसा सुवेदीले पनि फिल्मको विभिन्न पक्षबारे बताए ।
निर्माता म्याक्स दीपेश खत्रीले ‘टल्कजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’, ‘महाजात्रा’ देखि ‘लालीबजार’ सम्म आइपुग्दा आफूहरु विषयवस्तु उठानमा झनै गम्भीर भएको बताए ।
‘हामीले आफ्ना कामहरूमार्फत आफूलाई झनै परिपक्व बनेको महसुस ‘लाली बजार’ मा आइपुग्दा भएको छ’, खत्रीले भने– ‘यसपटक हामीले एउटा समुदायको पृष्ठभूमिमा रहेर आमा र छोरीको कथालाई दर्शकसामू ल्याएका छौँ ।’ विषयवस्तुका हिसाबले आफ्नो निर्माण रहेको फिल्ममध्ये ‘लाली बजार’ उत्कृष्ट भएको उनले सुनाए ।
कलाकार रवीन्द्रसिंह बानियाँले षट्कोण आर्ट्सबाट सामाजिक विषयमा फिल्म बनाउने तयारी गरिरहेकै समयमा ‘लाली बजार’ आफू कहाँ आइपुगेको बताए । ‘फिल्मले एउटी आमाको सङ्घर्षसँगै उसको ममतालाई देखाएको छ । यसमा मैले ‘टल्कजंग भर्सेस टुल्के’ पश्चात नकारात्मक भूमिका निर्वाह गरेको छु’, बानियाँले भने– ‘म एउटा शोषक र सामन्तको भूमिकामा छु । मलाई त्यो पात्र निर्वाह गर्दा नै गाह्रो भयो भने त्यहाँका दिदी बहिनीहरूले कसरी सहेर बस्नु भएको होला ? ।’ विषयको गम्भीरतालाई ध्यानमा राखेर फिल्म तयार पारिएको बाँनियाको भनाइ छ ।
डेब्यु कलाकार विशाल देवकोटाले षट्कोण आर्ट्सको फिल्म र स्वस्तिमा खड्का जस्तो कलाकारसँग काम गर्न पाउने भएकाले अभिनय गरेको बताए । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म यम थापाले निर्देशन गरेका हुन् ।