सुनको भाउ घट्यो, चाँदी बढ्यो

काठमाण्डौ- आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ भने सामान्य बढेको छ । सुनको भाउ हिजोको तुलनामा एक हजार ४ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको २ लाख ९८ हजार ५सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ २ लाख ९९ हजार ९ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ भने थोरै बढेको छ । चाँदीको भाउ आज ६५ रुपैयाँले बढेर तोलाको ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ ५ हजार २ सय ७५ रुपैयाँ थियो ।

निजी क्षेत्रको पुँजीबिना देशको विकास सम्भव नहुने : अर्थमन्त्री वाग्ले

काठमाण्डौ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको विकासका लागि निजी क्षेत्रको पुँजी अपरिहार्य रहेको बताएका छन् । नेपाल उद्योग परिसङ्घले आगामी आर्थिक वर्षको बजेटका लागि पेस गरेको सुझाव ग्रहण गर्दै उनले कानुनी तथा कर प्रणालीमा सुधार आवश्यक रहेको बताए ।

उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिँदै उद्योग, लगानी, रोजगारी र आयआर्जन वृद्धि हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गरे । परिसङ्घले उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि उद्योग, विदेशी लगानी, कर प्रणाली, भन्सार, पर्यटन, ऊर्जा, सूचना प्रविधि, कृषि, बिमा तथा पुँजीबजारलगायत क्षेत्रमा क्षेत्रगत सुधार आवश्यक रहेको सुझाव दिएको छ

परिसङ्घले उद्योगमैत्री नीति, कर प्रणाली स्थायित्व, उत्पादन र रोजगारी केन्द्रित बजेट, कच्चापदार्थमा कर छुट, तथा औद्योगिक कच्चापदार्थको भन्सार फिर्ता प्रणाली लागू गर्न सुझाव दिएको छ । साथै, स्वदेशी उत्पादन प्रोत्साहनका लागि कम्तीमा ४० प्रतिशत स्थानीय कच्चापदार्थ प्रयोग गर्ने उद्योगलाई कर छुट दिनुपर्ने माग पनि गरिएको छ ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सहभागिता बिना विकास सम्भव नभएको उल्लेख गर्दै पूर्वाधार, लगानी र औद्योगिक विस्तारका लागि अनुकूल वातावरण निर्माण गरिने प्रतिबद्धता जनाए ।

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम स्वीकृत

काठमाण्डाै- सरकारकाे आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएकाे छ ।

आज बसेकाे बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री सस्मित पाेखरेलले जानकारी दिए ।

आज दिउँसाे ४ बजे राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि शुरू हुँदैछ ।

 

टीकापुरमा खुला महिला फुटबल प्रतियोगिता सुरु

टीकापुर। युथ अफ टीकापुरको आयोजनामा टीकापुरमा खुला महिला फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा कालिकोट, बर्दिया र कैलालीका नौ वटा टीम सहभागी छन् । आइतबार सुरु भएको खेल जेठ ३ गते सम्म चल्नेछ ।

आयोजकका अनुसार टीकापुरमा पुरस्कार र खेलका हिसाबले यो प्रतियोगितालाई महत्वपूर्ण मानिएको छ । ‘खुला महिला फुटबल प्रतियोगिता टीकापुरमा पहिलो पटक भएको हो’ कोषाध्यक्ष दीपक रिमालले भने, ‘प्रतियोगितामा प्रथम हुने टीमले दुई लाख, दुई हजार २२२ रुपियाँ र दोस्रो हुने टीमले एक लाख एक हजार १११ रुपियाँ पुरस्कार पाउने छन् ।’

राष्ट्रिय फुटबल खेलाडी सिद्ध ठकुल्ला देशका राम्रा खेलाडी उत्पादन गर्ने टीकापुरको फिल्डमा लामो समयपछि महिला फुटबल हेर्न पाउँदा खुसी लागेको बताए । फुटवल खेलाडी सिमा बयक यसरी आफ्नै होम ग्राउण्डमा खुल्लाव्यापी क्लवस्तरीय छात्रा फुटवल प्रतियोगिता आयोजना हुनु आफ्नो लागि खुशी र सुनौलो अवसरको विषय भएको बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख रामबहादुर नगार्जीले खेल प्रतियोगिताले टीकापुरको पहिचान र विकासमा सहयोग पुगेको र खेल क्षेत्र नगरपालिकाको प्राथमिकतामा रहेको बताए ।

उद्घाटन खेलमा भजनी विजयी

आइतबार भएको उद्घाटन खेलमा भजनीले लम्कीचुहालाई १ गोलले पराजित गरेको  छ । खेल सुरु भएको २ मिनेटमा भजनीका खेलाडी अमिता चौधरीले गरेको गोल नै निर्णायक भएको छ । प्रतियोगिता वीरेन्द्र विद्यामन्दिर मावि टीकापुरको खेल मैदानमा भइरहेको छ ।

प्रतियोगितामा आयोजक युथ अफ टीकापुर, कालिकोट एफटी, एनवाइएमइएस बर्दिया, लम्की फुटबल एण्ड ट्रेनिङ सेन्टर, शैपाल युथ क्लव, घोडाघोडी क्लव, भजनी युवा क्लव, बाघमारा स्पोर्टस, फोरटिन जीआर गरी नौ वटा टीम सहभागी छन् ।

सुदूरपश्चिममा मनसुन पूर्वतयारीः सशस्त्र प्रहरीद्वारा विपद् उद्धार बेस सञ्चालन

धनगढी: आगामी मनसुनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा विपद् पूर्वतयारीका काम तीव्र पारिएका छन् । सम्भावित बाढी, पहिरो तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले सशस्त्र प्रहरी बलले प्रदेशका विभिन्न जिल्लामा विपद् उद्धार बेस स्थापना गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालयका अनुसार तराईदेखि पहाडी जिल्लासम्म रणनीतिक स्थान छनोट गरी उद्धार बेस सञ्चालनमा ल्याइएको हो । ती बेसमा आवश्यक उद्धार सामग्रीसहित तालिमप्राप्त जनशक्ति खटाइएको छ, जसले विपद्का बेला तत्काल उद्धार तथा सूचना व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

कैलालीको धनगढी, लम्कीचुहा र चुरेमा तीन वटा बेस स्थापना गरिएको छ भने कञ्चनपुरको बेलौरी, डडेल्धुराको सदरमुकाम र जोगबुढा, बैतडीको सदरमुकाम र पुर्चौडी, दार्चुलाको सदरमुकाम र बलाँच, बझाङको सदरमुकाम र कालंगा, डोटीको सदरमुकाम र बुडर, अछामको साँफे र बुढाबगर तथा बाजुराको मार्तडी र कोल्टीमा विपद् उद्धार बेस सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार विपद् सुरक्षा बेस तथा मनसुन प्रतिकार्य टोलीले नियमित सुरक्षा जिम्मेवारीसँगै उद्धार तथा राहत कार्यमा केन्द्रित भएर काम गर्नेछन् । प्रदेशभर ११ जना गोताखोरलाई तयारी अवस्थामा राखिएको छ भने ३०० जना विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मीलाई आवश्यकताअनुसार विभिन्न जिल्लामा परिचालन गरिने जनाइएको छ ।

स्थानीय तहसँग समन्वय गरेर समुदायस्तरमा विपद् स्वयंसेवक तालिम सञ्चालन गरिनुका साथै वडा तहसम्म सूचना सहज रूपमा पुग्ने गरी विपद् सूचक समूह गठन गरिएको छ ।

मनसुन सुरु हुनुअघि नै सुरक्षा निकायले पूर्वतयारीलाई प्रभावकारी बनाउँदै लगेपछि सम्भावित प्राकृतिक विपद्बाट हुने मानवीय तथा भौतिक क्षति कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको समन्वयलाई थप प्रभावकारी बनाउन सके विपद् व्यवस्थापन अझ प्रभावकारी हुने सरोकारवालाको विश्वास छ ।

कैलाली र कञ्चनपुरमा डेढ लाखभन्दा बढी परिवार भूमिहीन, अव्यवस्थित बसोबासी

धनगढी: सरकारले देशभर सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणमुक्त बनाउने अभियान अघि बढाइरहँदा सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा यसको कार्यान्वयन जटिल बन्दै गएको छ।

भूमि समस्या समाधान आयोग र स्थानीय तहका विवरणअनुसार यी दुई जिल्लामा मात्रै डेढ लाखभन्दा बढी परिवार भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीका रूपमा रहेका छन्। सरकार एकातिर जग्गा खाली गराउन चाहन्छ भने दशकौँदेखि बसोबास गर्दै आएका नागरिकलाई वैकल्पिक व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती स्थानीय तहसामु खडा भएको छ।

आयोगको पछिल्लो तथ्यांकअनुसार कैलाली जिल्लामा ऐलानी जग्गा दर्ताका लागि १ लाख १८ हजार ९१३ परिवारका निवेदन प्रमाणीकरण भइसकेका छन्। तीमध्ये २१ हजार ५४५ परिवार पूर्ण रूपमा भूमिहीन रहेका छन्, जसमा ७ हजार ६३९ दलित र १३ हजार ९१४ सुकुमबासी परिवार छन्। बाँकी परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका छन्। उता कञ्चनपुरमा ५८ हजार ६३५ निवेदन प्रमाणीकरण भएका छन्, जसमा २ हजार २९ दलित भूमिहीन, २ हजार ४०० सुकुमबासी र ५३ हजार ५०६ अव्यवस्थित बसोबासी रहेका छन्। यी दुई जिल्लाका सबै तथ्यांक जोड्दा डेढ लाखभन्दा बढी परिवारको भविष्य अन्योलमा परेको देखिन्छ।

कैलालीको भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी सरकारी जग्गा खाली गर्ने अभियानको सैद्धान्तिक पक्षमा सहमत भए पनि व्यवहारिक कठिनाइप्रति चिन्ता व्यक्त गर्छन्। उनका अनुसार भूमि माफियाले कब्जा गरेका जग्गा फिर्ता लिनु सकारात्मक भए पनि २०–२५ वर्षदेखि बस्दै आएका मुक्तकमैया र सुकुमबासीलाई विकल्पविना विस्थापित गर्नु न्यायोचित हुँदैन।

उनले जिल्ला प्रशासनलाई समेत हालै वन अतिक्रमण गरेर बसेकालाई मात्र हटाउन र वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकको हकमा वैकल्पिक व्यवस्था खोज्न आग्रह गरिएको बताए। भजनी नगरपालिकाले हाल वडा–वडामा टोली खटाएर वास्तविक सुकुमबासी र नयाँ अतिक्रमणकर्ताबीच छुट्याउन तथ्यांक संकलन गरिरहेको छ। तर बाटो, नदी किनार र सार्वजनिक स्थल मिचेर बनाइएका संरचना हटाउने काममा भने नगरपालिकाले कडाइ गर्ने जनाएको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा समस्या अझै जटिल देखिन्छ। शुक्लाफाँटा राष्ट्रिय आरक्षबाट विस्थापित भएका परिवारहरूको मुद्दा दशकौँदेखि समाधानविहीन छ। नगर प्रमुख रणबहादुर महराका अनुसार नगरपालिकाले ७० प्रतिशतभन्दा बढी अव्यवस्थित बसोबासीको नापजाँच सम्पन्न गरिसकेको छ, तर उनीहरूलाई बसाल्ने सुरक्षित जग्गा नहुनु मुख्य समस्या हो।

उनका अनुसार डडेलधुराको परशुराम र आलिताल क्षेत्रबाट पहिरोका कारण विस्थापित भएर आएका परिवारहरू पनि नदी किनार र वन क्षेत्रमा बसोबास गरिरहेका छन्। स्थानीय तहसँग प्रत्यक्ष रूपमा जग्गा वितरण गर्ने अधिकार नभएकाले संघीय सरकारले स्पष्ट नीति र कानुन नबनाएसम्म समस्या झन् जटिल बन्दै जाने उनको भनाइ छ।

यसअघि भूमि आयोगले भूमिहीन दलित र सुकुमबासीलाई आवासका लागि १ कठ्ठा र कृषिका लागि ५ कठ्ठासम्म जग्गा दिने तथा अव्यवस्थित बसोबासीलाई १० प्रतिशत राजस्व लिएर लालपुर्जा दिने योजना अघि सारेको थियो। तर आयोग विघटन, पुनर्गठन र सरकारको प्राथमिकता फेरिँदै जाँदा ती योजना बीचैमा रोकिएका छन्।

अहिले स्थानीय तहले एकातिर जग्गा नापजाँच गरिरहेका छन् भने अर्कोतिर गृह मन्त्रालयको निर्देशनले सार्वजनिक जग्गा खाली गर्न दबाब बढाइरहेको छ। विकास आयोजना, सडक र सार्वजनिक कार्यालयका नाममा रहेका जग्गा खाली गर्नु आवश्यक भए पनि सुकुमबासी र आरक्ष पीडितका बस्तीलाई मानवीय आधारमा पहिले व्यवस्थापन गरेर मात्र हटाउनुपर्ने स्थानीय तहको जोड छ। सुदूरपश्चिमका अत्तरिया जस्ता प्रमुख बजार क्षेत्रसमेत ऐलानी जग्गामै रहेको र त्यहाँका धेरै परिवारसँग लालपुर्जा नहुँदा समस्या झन् संवेदनशील बनेको छ।

अन्नपूर्ण मिडिया नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको अफिसियल मिडिया

कोलोराडो, १० मे ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) को आयोजनामा मे तेस्रो साता अमेरिकाको कोलोराडोमा हुन लागेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्यतापूर्वक सम्पन्न गर्न कोलोराडोस्थित व्यवसायीक प्रतिष्ठान, संघसंस्था र व्यक्तिहरुको सहयोग र साथ प्राप्त भईरहेको छ ।

यसैक्रममा यो अभियानमा अन्नपूर्ण मिडिया नेटवर्क प्रा.लि काठमाण्डौं पनि जोडिएको छ । ।

अन्नपूर्ण मिडिया नेटवर्क प्रा.लि र आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)बीच भएको समझदारी अनुसार अन्नपूर्ण मिडिया सम्मेलनको अफिसियल मिडिया भएको छ ।

सम्मेलनका मिडिया तथा प्रोमोशन कोर्डिनेटर दीर्घराज उपाध्याय र अन्नपूर्ण मिडिया नेटवर्क प्रा.लिका महाप्रबन्धक मनोज बस्नेतबीच यस्तो समझदारी भएको हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको संयोजनमा मे २२ देखि २५ सम्म हुन लागेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्यमा संसारभरीबाट दुई सयभन्दा बढि नेपाली भाषी साहित्यकार, लेखक र पत्रकारहरुको अभूतपूर्व जमघट हुने अनुमान गरिएको छ ।

सम्मेलनका संयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले सम्मेलनको मिडिया पार्टनरका रुपमा जोडिएकोमा अन्नपूर्ण मिडिया नेटवर्क प्रा.लिलाई धन्यवाद दिए ।

वेलकम ईभेण्ट नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सजावट पार्टनर

कोलोराडो, १० मे ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) को आयोजनामा मे तेस्रो साता अमेरिकाको कोलोराडोमा हुन लागेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्यतापूर्वक सम्पन्न गर्न कोलोराडोस्थित व्यवसायीक प्रतिष्ठान, संघसंस्था र व्यक्तिहरुको सहयोग र साथ प्राप्त भईरहेको छ ।

यसैक्रममा यो अभियानमा वेलकम ईभेण्ट पनि जोडिएको छ । ।

सजावट पार्टनरका रुपमा सम्मेलनमा जोडिएको वेलकम ईभेण्टले सम्मेलन आयोजनास्थल र मञ्चको सजावटको जिम्मा लिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको संयोजनमा मे २२ देखि २५ सम्म हुन लागेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्यमा संसारभरीबाट दुई सयभन्दा बढि नेपाली भाषी साहित्यकार, लेखक र पत्रकारहरुको अभूतपूर्व जमघट हुने अनुमान गरिएको छ ।

सम्मेलनका संयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले सम्मेलनको सजावट पार्टनरका रुपमा जोडिएकोमा वेलकम ईभेण्टलाई धन्यवाद दिए ।

नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा रेष्टुरेण्टहरु फुड पार्टनर

कोलोराडो, १० मे ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) को आयोजनामा मे तेस्रो साता अमेरिकाको कोलोराडोमा हुन लागेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्यतापूर्वक सम्पन्न गर्न कोलोराडोस्थित व्यवसायीक प्रतिष्ठान, संघसंस्था र व्यक्तिहरुको सहयोग र साथ प्राप्त भईरहेको छ ।

यसैक्रममा यो अभियानमा कोलोराडोस्थित रेष्टुरेण्टहरु पनि जोडिएका छन् ।

सम्मेलनमा सहभागी अतिथिहरुलाई स्वादिष्ट भोजन उपलब्ध गराउने प्रतिबद्धता गर्दै कोलोराडोस्थित टिफिन्स मःम कर्नर, करी एण्ड ग्रिल, ईण्डियाज क्यासल रेष्टुरेण्ट एण्ड बार र बाजेको सेकुवा फुड पार्टनरका रुपमा जोडिएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको संयोजनमा मे २२ देखि २५ सम्म हुन लागेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्यमा संसारभरीबाट दुई सयभन्दा बढि नेपाली भाषी साहित्यकार, लेखक र पत्रकारहरुको अभूतपूर्व जमघट हुने अनुमान गरिएको छ ।

सम्मेलनका संयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले सम्मेलनलाई भव्यतापूर्वक सहयोग गर्न कोलोराडोस्थित व्यवसायीक प्रतिष्ठान, संघसंस्था र व्यक्तिहरुसंगै रेष्टुरेण्ट व्यवसायीहरुको समेत साथ प्राप्त भएको बताए ।

उनले फुड पार्टनरका रुपमा सम्मेलनमा जोडिएका रेष्टुरेण्ट व्यवसायीसंगै सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिए ।

अधिकारीले फुड पार्टनरका रुपमा रेष्टुरेण्ट व्यवसायीहरुलाई जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्मेलनको भोजन व्यवस्थापन कोर्डिनेटर चन्द्र गुरुङलाई समेत धन्यवाद दिए ।

 

काभा महिला भलिबल च्याम्पियनसिप आगामी जेठ ८ देखि

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा आगामी जेठ ८ गतेदेखि काभा महिला भलिबल च्याम्पियनसिप लिग हुने भएको छ । आइतबार नेपाल भलिबल संघले पत्रकार सम्मलेन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । काठमाडौंको दरबार मार्गस्थित रोयल सिंगी होटेलमा आयोजित उक्त कार्यक्रममा संघले प्रतियोगिताको ट्रफी समेत सार्वजनिक गरेको थियो ।

संघका अनुसार, प्रतियोगिता आगामी जेठ ८ देखि १५ गतेसम्म काठमाडौंको त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ । प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, काजकास्तान, कीर्गिस्तान र इरान गरी आठ राष्ट्रको सहभागिता रहनेछ ।

यो प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी)को विश्व वरीयता कार्यक्रम समेत हो । यो प्रतियोगिताको आधारमा अन्तर्राष्ट्रिय भलिबलको सर्वाेच्च निकाय एफआईभीबीले राष्ट्रहरूको वरीयता निर्धारण गर्नेछ ।

प्रतियोगिताको अनुमानित बजेट दुई करोड ५० लाख रुपैयाँ रहेको छ । जसका लागि संघले राखेपबाट एक करोड रुपैयाँ र काठमाडौं महानगरपालिकाबाट ३० लाख रुपैयाँ प्राप्त भएको जनाएको छ ।

प्रधानन्यायाधीश नियुक्ति विवादमा रवि- मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् ह’तियार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिस प्रक्रियालाई लिएर कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले व्यक्त गरेको असन्तुष्टिलाई चुनौती दिएका छन्।

आइतबार पार्टीका सांसदहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै उनले न्यायपालिकाको नेतृत्वबाट आएका अभिव्यक्तिले जग हँसाएको टिप्पणी गरे ।

कामु प्रधानन्यायाधीश मल्लले शनिबार कानुन दिवसका अवसरमा प्रधानन्यायाधीश सिफारिस प्रक्रिया परम्पराभन्दा बाहिर गएको र असंवैधानिक भएको संकेत गरेकी थिइन्।

त्यसको जवाफ दिँदै लामिछानेले ६ जना न्यायाधीशको नाम सिफारिस हुनु संवैधानिक प्रक्रिया नै भएको दाबी गरे।

‘प्रधानन्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गयो र असंवैधानिक भनियो। यदि ६ जनाको साटो वरिष्ठतम् हुने नै व्यवस्था भएको भए सोझै नियुक्ति हुन्थ्यो, संवैधानिक परिषद्को आवश्यकता नै पर्दैनथ्यो,’ सभापति लामिछानेले भने, ‘त्यसरी आएका नामहरूमध्येबाटै हाम्रो पार्टीका वरिष्ठ नेताले प्रस्ताव गर्नुभएको हो। परम्परा भत्काइयो भनिएको छ, यदि पुरानै परम्परामा जाने हो भने त आज त्यहाँ भागबन्डाको छलफल चलिरहेको हुन्थ्यो।’

सम्बोधनका क्रममा लामिछानेले आफूमाथि प्रहार गर्न खोज्नेहरूलाई चुनौती समेत दिए। उनले भने, ‘मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार। तर, अदालतले पनि यसलाई हाँसोको विषय नबनाओस्।’

उनले न्यायालयको गरिमा सडकमा ल्याउन नहुने भन्दै न्याय प्रक्रियालाई नागरिक केन्द्रित बनाउन सुझाव दिए।

उनले न्यायालयभित्रको आन्तरिक खिचातानी र राजनीतिक स्वार्थका कारण न्याय ढिलो हुने गरेको उल्लेख गर्दै कागजमा बन्दी न्यायको अवस्था अन्त्य हुनुपर्नेमा जोड दिए। ‘आम नागरिकलाई कसरी न्याय दिन सकिन्छ भन्ने कुरामा अदालत केन्द्रित हुनुपर्छ,’ लामिछानेले थपे, ‘न्याय कागजमा मात्र सीमित नहोस्, यसले व्यवहारमा नतिजा दिनुपर्छ।’

सभापति लामिछानेले रास्वपा सरकारमा रहेसम्म कुनै पनि हालतमा भागबन्डाको राजनीतिलाई प्रश्रय नदिने प्रतिवद्धता समेत दोहोर्‍याए। उनले न्यायालय जस्तो संवेदनशील संस्थामा हुने नियुक्तिहरूमा योग्यता र संवैधानिक मर्मलाई नै मुख्य कसी बनाइनुपर्ने तर्क गरे।

यसअघि उनले पार्टीभित्रको गुटबन्दी, सुकुम्बासी समस्या र आगामी बजेटका विषयमा समेत आफ्ना सांसदहरूलाई निर्देशन दिएका थिए। उनले सांसदहरूलाई कुनै पनि विवादमा नफसी जनहितका पक्षमा कानुन निर्माणमा लाग्न र पार्टीको आधिकारिक लाइनभन्दा बाहिर नजान सचेत गराएका छन्।

सुकुम्बासीले लालपूर्जा नपाएसम्म छाती हटाउँदैनौं : रवि

काठमाडौं : नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीका कारण कोही सुकुम्बासी नभएको बताएका छन् ।
जावलखेलस्थित स्टाफ कलेजमा हिजोदेखि शुरु भएको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपा सुकुम्बासी समस्या सुल्झाउन लागिरहेको बताउँदै प्रश्न गरे, ‘रास्वपाका कारण सुकुम्बासी भएको कुनै एउटा घर छ ?’

उनले देशभरमा रास्वपाका कारण सुकुम्बासी भएको एउटा परिवार र एउटा मान्छे देखाउन समेत चुनौती दिए । उनले पुराना दलहरुले भोट बैंकका लागि उनीहरुका समस्यालाई आफ्ना लागि प्रयोग गरेको जगजाहेर रहेको बताए । उनले सुकुम्बासी समस्या समाधान गर्न आफूहरु लागिरहेको बताउँदै यसलाई अझ राम्रो तरिकाले समाधान गर्न सकिने बताए । खोला किनारमा जोखिममा रहेका र हाकाहाडी जग्गा हडपिएका कारण बस्ती खाली गर्ने कदम चालिएकोले त्यस भन्दा बाहेकका कसैले पनि आत्तिन नपर्ने बताए ।

उनले भने, ‘त्यसैका लागि छाती थाप्छु भनिएको हो, सरकारले सबैलाई लालपूर्जा दिन्छ ।’ पुराना दलहरुले ३० वर्षदेखि सुकुम्बासी समस्या खडा गरेको बताउँदै सभापति लामिछानेले छाती आफूहरुले थापिरहेको बताएका छन् । उनले भने, ‘जबसम्म भूमिहीनले लालपूर्जा पाउँदैनन्, हामी छाती हटाउँदैनौं, हाम्रो छाती त्यहि छ ।’ उनले सरकारले व्यवहारिक रुपमा सुकुम्बासी समस्या समाधान गर्ने समेत दावी गरे ।

एसईई नतिजा२९ गतेसम्ममा सार्वजनिक गर्ने तयारी

काठमाण्डाै- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पर्सि मङ्गलवार अर्थात् वैशाख २९ गतेसम्ममा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का सूचना अधिकारी लक्ष्मी मरासिनीले जानकारी दिए ।

कार्यालयले यसअघि नै १ महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो । विगतमा परीक्षा सम्पन्न भएको झन्डै ३ महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो । यस पटक एक महिनामा नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच भएको छ । कतिपय केन्द्रमा उत्तरपुस्तिका परीक्षण सम्भव नभएकाेमा जिल्ला तहमा पठाइएकाे हो ।

यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइटसहितको सूचीसमेत सार्वजनिक गरेको छ । एसएमएस, आईभीआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिने छ । विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक शर्टकोडमार्फत नतिजा थाहा पाउन सक्नेछन् । नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र यूएसएसडीमार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाएको सूचनामा भनिएको छ ।

रविको निर्देशन– पार्टीभित्र रवि कि बालेनको भनेर नहिँड्नू

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसदहरूलाई अभिव्यक्ति दिँदा ध्यान पुर्‍याउन निर्देशन दिएका छन् । आइतबार प्रशिक्षण कार्यक्रममा उनले अन्तर्वार्ता, सामाजिक सञ्जालमा लेख्दा विवाद आउने कुरामा ध्यान दिन आग्रह गरे । “पार्टीको एउटा लाइनभन्दा बाहिर गएर । कुनै झुण्ड समूह, ग्रुपमा विश्वास नगर्न अनुरोध गर्न चाहन्छु,” उनले भने ।

उनले बालेन कि रवि भनेर हिँड्दा केही सांसदको मन्त्री बन्ने सम्भावना गुमेको खुलासा गरे । कहिलेकाहीँ बालेन–रवि, रवि–बालेन म यताको र उताको भन्ने कुरा गर्छन् । प्रधानमन्त्रीजी र म एकअर्कालाई कुरा गरेर बढो हास्छौँ । फलानोले यसो भन्यो भन्ने हामीलाई थाहा हुन्छ । यस्ता कुरा छ, यस्ता कुरा छलफल गर्ने भनेर,” उनले भने, “म यताको हो नि उताको हो नि भनेर हेरेका कारणले मन्त्री नभएको साथी पनि हुनुहुन्छ ।”

उनले दुईजना फुट्छन् कि भन्नेमा गुञ्जायस नै नभएको बताए । “कसैलाई रहर लागेर मिडियाका साथीहरू फुट्छन् कि क्या यिनीहरू भनेर मुख मिठ्याउनुहुन्छ, सरी । वी आर पोलिटिकल्ली मेच्योड इन अफ । हामी राजनीतिक रूपमा हुर्किसकेका छौँ,” उनले भने ।

उनले यताको र उताको भन्दै झुक्किए अर्को पटक टिकट पनि नपाइने चेतावनी दिए ।

जीवनी होइन, इतिहास लेख्न हिँडेको हुँ : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू इतिहास लेख्ने यात्रामा हिँडेको बताएका छन् । आइतबार सांसदहरूलाई गरिरहेको प्रशिक्षण कार्यक्रममा उनले पार्टीको पदमा वा सरकारमा मन्त्री र प्रधानमन्त्री बन्ने मात्रै ठूलो कुरा नभएको बताए ।

“कसैलाई लाग्ला, पार्टी सभापति प्रधानमन्त्री बन्न हिँडेको लाग्छ भने त्यो पूर्णतया भ्रममात्रै हो । म जीवनी लेख्न हिँडेको होइन । इतिहास लेख्न हिँडेको हो,” उनले भने, “मलाई जीवनीमा ठूलो इन्ट्रेस्ट छैन । जीवनी लेख्नु ठूलो कुरा होइन ।”

उनले आफूहरू इतिहास लेख्ने ठाउँमा नै भएको बताए । चुनावमा जाँदा नै बहुमत ल्याइन्छ भन्ने आफूहरूलाई थाहा भएको बताए । सजिलो संघर्षबाटै आफूहरू यहाँ आइपुगेको बताए ।

कञ्चनपुरका ७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस चन्द हरेक दिन बिहान महेन्द्रनगरस्थित कबर्डहलमा भेटिन्छन्। उमेरले ज्येष्ठ नागरिक भए पनि उनको ब्याडमिन्टन खेलप्रतिको जाँगर, मेहनत र मोह भने लोभलाग्दो छ।

विसं २०५६ देखि यस खेलमा लागेका चन्द ब्याडमिन्टन ‘कार्ट’ मा नपुगी आफ्नो दैनिकी सुरुआत नै नहुने गरेको बताउँछन्। ‘ब्याडमिन्टन एकप्रकारले लत जस्तै भइसक्यो, खेल्न नआएको दिन त बेचैन भइन्छ’, चन्दले भने,‘यहाँ मेरो उमेर समूहको खेलाडी कोही पनि छैनन्।’

उनले हरेक दिन बिहान ४ः०० बजेदेखि योग साधनामा बिताउने गरेको र त्यसपछि ब्याडमिन्टन खेल्न कबर्डहलमा आउने गरेको सुनाए। व्यायाम, योगसाधना र स्वस्थ्य खानपिन स्वस्थ जीवनका लागि महत्त्वपूर्ण भएकाले आफू पहिलेदेखि नै यसमा सचते रहेको चन्दको भनाइ छ।

भन्सार अधिकृतबाट २०७० सालमा सेवानिवृत्त भएका उनको अधिकांश समय खेल र योगसाधनामा बित्ने गरेको छ।  ‘जागिरमा हुँदा धनगढी, नेपालगञ्ज, भैरहवा र वीरगञ्जसम्म पनि ब्याडमिन्टन खेलेँ। नेपालगञ्ज र वीरगञ्जमा जिल्लास्तरीय खेलमा तेस्रो स्थान हासिल गरेको सर्टिफिकेट अहिले पनि सुरक्षित राखेको छु’, चन्दले भने।

आँखामा केही समस्या भएकाले टाढाको कर्क देख्न समस्या भए पनि अझै धेरै वर्षसम्म खेल्न सक्ने हिम्मत रहेको उनको भनाइ छ। ‘नियमित व्यायाम र खानपिनमा ध्यान दिइरहेको छु । शरीरले साथ दिएसम्म ब्याडमिन्टन खेलिरहने सोच छ’, चन्दले भने।

उनले सुदूरपश्चिममा आफ्नो उमेर समूहको ब्याडमिन्टन खेलाडी पाउन गाह्रो रहेको दाबी गरे।

भीमदत्त नगरपालिका–६ का ६९ वर्षीय प्रेमसिंह भाट पनि दशकौँदेखि यहाँ ब्याडमिन्टन खेलमा नियमित सहभागी छन्। पछिल्लो समय युवा पुस्तामा यस खेलप्रति केही आकर्षण बढे पनि पाको पुस्ताका खेलाडी भने घट्दै गएको उनले बताए।

विसं २०६४ यता कबर्डहलमा नियमित खेल्ने गरेको बताउँदै भाटले भेट्रानतर्फ राष्ट्रियस्तरमा उपाधि जितिसकेको जानकारी दिए। ‘अब हाम्रो उमेरले राष्ट्रका लागि भन्दा पनि आफ्नो स्वास्थ्यका लागि खेल्ने हो। पछिल्ला दिनमा ब्याडमिन्टन खेल गाउँ÷गाउँमा विस्तार हुँदै गएको देख्दा खुसी लाग्छ।’ रासस

स्वच्छ प्रशासनको नयाँ संकल्प : वैशाख २८ देखि देशभर ‘सरसफाइ सप्ताह’ मनाइने

सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आगामी वैशाख २८ देखि जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ।

यस राष्ट्रिय अभियानको औपचारिक उद्घाटन आगामी वैशाख २८ गते बिहान ८:३० बजे वीर अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताको उपस्थितिमा हुने तय भएको छ। यस अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३’ समावेश छ।

सरकारी कार्यालयहरूमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो।

‘सरकारी निकायहरूमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रभावकारी सरसफाइ व्यवस्थापन आवश्यक छ,’ मार्गदर्शनको पृष्ठभूमिमा उल्लेख गरिएको छ।

मार्गदर्शन अनुसार सरकारी सूचना बोर्ड, नागरिक वडापत्र र संकेत चिन्हहरू स्पष्ट र व्यवस्थित हुनुपर्नेछ। चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रंगरोगन गरिनेछ। मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक र सफा राखिनेछ।

यस्तै सबै शौचालयहरूलाई दुर्गन्धरहित बनाइनेछ र नियमित पानीको व्यवस्था सुनिश्चित गरिनेछ। हात धुने स्थानमा साबुन अनिवार्य गरिएको छ र दैनिक सफाइको अभिलेख राख्नुपर्नेछ। शौचालयहरू महिलामैत्री, स्यानिटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्गतामैत्री हुनुपर्नेछ।

त्यति मात्रै होइन, कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्नेछ। पुराना काम नलाग्ने सामानहरूको उचित व्यवस्थापन गरिनुका साथै खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।

कार्यालय परिसरको १०० मिटर वरिपरिको क्षेत्र, नाली र ढलहरू सफा हुनुपर्नेछ। पार्किङ क्षेत्रको सुधार र अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने सूचक राखिएको छ।

कार्यालयमा हेल्प डेस्कको व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण बनाइनेछ। सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ।

यो अभियानलाई दिगो बनाउन प्रत्येक निकायले एक ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्नेछ। प्रत्येक हप्ताको सरसफाइ कार्यतालिका निर्माण गरी मासिक रूपमा स्व-मूल्यांकन गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ।

यस अभियानको कार्यान्वयन र अनुगमनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायका प्रमुखलाई सुम्पिएको छ, जसले यसको नियमित अभिलेख राख्नुपर्नेछ।

​यो अभियानले सबै संघीय, प्रादेशिक र स्थानीय कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थाहरूलाई समेत समेट्नेछ।

महाकालीमा किनारमा भइरहेको उत्खननमा बैतडी प्रशासनको निगरानी

बैतडी। महाकाली किनारमा भइरहेको उत्खननप्रति जिल्ला प्रशासन कार्यालय बैतडीले निगरानी थालेको छ । पञ्चेश्वर गाउँपालिका–४ जंगल्तडा क्षेत्रमा हाल उत्खननको काम भइरहेको छ ।

पाटन–पञ्चेश्वर सडकखण्ड स्तरोन्नतिको लागि महाकाली नदीबाट बालुवाजन्य सामग्री निकाल्ने काम भइरहेको छ । मेलौलीदेखि पञ्चेश्वरसम्मको सडक स्तरोन्नतिको जिम्मा पाएको कन्काइ कुमार जेभीले नदी उत्खनन गरिरहेको बताइएको छ ।

गाउँपालिकाका अनुसार सडक निर्माणका लागि आवश्यक बालुवाजन्य सामग्री संकलन गर्न मात्रै कार्यपालिका बैठकबाट निर्णय गरेर गत पुसदेखि निर्माण कम्पनीलाई उत्खननको अनुमति दिइएको हो ।

उत्खनन गरी ल्याइएको सामग्रीमा प्रति ट्याक्टर २ हजार ५ सय रुपैयाँ र प्रति टिप्पर ५ हजार ५ सय रुपैयाँ राजस्व उठाउने व्यवस्था गरिएको छ ।

निर्माण कम्पनीले स्काभेटर मेसिन प्रयोग गरेर नदीजन्य सामग्री संकलन गरिरहेको छ । तर, निर्माण कार्यका नाममा ढुंगा, गिट्टीलगायत अन्य सामग्री समेत उत्खनन भइरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले निगरानी कडा बनाएको हा ।

स्थानीयवासीका अनुसार महाकाली नदी क्षेत्रमा जेसीबी तथा स्काभेटर प्रयोग गरी ढुंगा, गिट्टी र बालुवा निकाल्ने काम भइरहेको छ । केही स्थानमा क्रसर सञ्चालन गरेर उत्खनन भइरहेको आरोप समेत लगाइएको छ ।

यिनै गुनासोका आधारमा जिल्ला प्रशासन कार्यालयले यस महिनाभित्र मात्रै चार वटा टिप्पर नियन्त्रणमा लिएर सम्बन्धित पालिकाको जिम्मा लगाएको जनाएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई ले अवैधरूपमा उत्खनन भइरहेको गुनासो आएपछि प्रशासनको तर्फबाट निगरानी बढाइएको जानकारी दिए ।

यसअघि नियन्त्रणमा लिइएका टिप्पर पालिकालाई बुझाएर राजस्व संकलन गराइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

दार्चुला । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ११:५५ बजे भूकम्प गएको हो।

दार्चुला जिल्लाको तपोवन आसपास केन्द्रबिन्दु भएर ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको धक्का दार्चुला र आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो। यसबाट भएको क्षतिको विवरण भने तत्काल प्राप्त हुन सकेको छैन।

१ हजारले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा एक हजारले घटेको छ भने चाँदी २५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ९०० र चाँदीको मूल्य ५ हजार ३०० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९९ हजार ९०० र चाँदी ५ हजार २७५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

विजय थलपतिले लिए नयाँ मुख्यमन्त्रीको शपथ

नयाँ दिल्ली । तमिलगा वेत्री कझगम (टीभीके)का अध्यक्ष सी.जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । यसले दुई प्रमुख द्रविड पार्टीहरू डीएमके र एआईएडीएमकेको लगभग ६ दशक लामो शासन अन्त्य गरेको छ  ।

तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले आइतबार विजयलाई पद र गोपनीयताको शपथ दिलाएका हुन् । विजयले बिहान १० बजे चेन्नईको नेहरु स्टेडियममा पदको शपथ लिए । टिभीकेका केही वरिष्ठ नेताहरू सहित ९ जनाले पनि मन्त्रीको रूपमा शपथ लिए ।

विजयले कांग्रेसको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन् । राज्यपालले विजयलाई मे १३ मा वा सोभन्दा अगाडि विधानसभामा विश्वासको मत लिन निर्देशन पनि दिएका छन् । मन्त्रीको रूपमा शपथ लिने नौ मन्त्रीहरू ‘बुसी’ एन.आनन्द, आधव अर्जुन, के.जी. अरुणराज, के.ए. सेनगोटैयन, पी. वेंकटरमणन, सी.टी.आर. निर्मलकुमार, ए. राजामोहन, टी.के. प्रभु र एस. कीर्तना हुन् ।

शपथ ग्रहण कार्यक्रममा राहुल गान्धी र अन्य धेरै प्रमुख नेताहरू उपस्थित थिए । वीसीके विधायक छन् । विजयलाई अब १२० विधायकको समर्थन छ । तमिलनाडु विधानसभामा बहुमत प्रमाणित गर्न ११८ विधायक आवश्यक छ । आईयूएमएलले विजयको पार्टीलाई आफ्नो निःशर्त समर्थन घोषणा गरेका छन् । दुवै दलका दुई–दुई जना

विजयले शनिबार साँझ तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरलाई भेटेर १२० विधायकहरूको समर्थन पत्र बुझाएका थिए । त्यसपछि राज्यपालले विजयको पार्टी टीभीकेलाई तमिलनाडुमा सरकार बनाउने अनुमति दिए । यसले चार दिनको राजनीतिक अन्योलको अन्त्य गरेको छ ।

रास्वपा सचिवालय बैठक बैस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्ने भएको छ।

आज (आइतबार) साँझ ६ बजे सचिवालय बैठक बस्ने भएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने छ।

बैठकमा पार्टीको भेला, अधिवेशन विशेष तालिकालगायतका विभिन्न विषयमा छलफल हुने बताइएको छ। यस्तै, पार्टीका आयोग, विभागमा पदाधिकारी मनोनयनबारे छलफल हुने र जिल्ला समिति विघटनबारे पनि सचिवालयबाट निर्णय गर्ने तयारी गरिएको बताइएको छ।

नेकपाको सुदूरपश्चिम इन्चार्ज भानुभक्त जोशी, के भने रावलले ?

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता डा. भीमबहादुर रावलले सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी भानुभक्त जोशीलाई दिएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । भर्खर सम्पन्न केन्द्रीय संयोजन समितिको बैठकले रावललाई इन्चार्ज, जोशी र खगराज भट्टलाई सहइन्चार्जको जिम्मेवारी तोकेको थियो ।

तर वरीयतामा असन्तुष्टि जनाएका रावलले आफूसँग पार्टीले कुनै सल्लाह नगरी इन्चार्जको जिम्मेवारी दिएकोमा असन्तुष्टि जनाएका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रदेशको इन्चार्जको जिम्मेवारी युवालाई दिन नेतृत्वलाई सुझाव दिएका थिए ।

शनिबार संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशन(अपानी)–३ मा रावलको नाम हटाएर जोशीलाई सुदूरपश्चिमको इन्चार्ज बनाइएको छ । सहइन्चार्जमा भट्ट, प्रदेश संयोजक हरिराम चौधरी र सहसंयोजकमा लालबहादुर खड्का रहेका छन् । यद्यपि वरीयताको विषयमा आफू काठमाडौँ आएर कुराकानी गर्ने  बताए ।

‘म अहिले अछाममा छु । प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको विषयमा मलाई थाहा छैन । वरियताको विषयमा काठमाडौँ आएपछि कुराकानी गरौँला’, रावलले भने ।

पार्टी एकताको बेला रावलले आफूलाई छैटौँ नम्बरको वरीयता मागेका थिए । तर उनको प्रस्ताव अस्वीकार भएपछि संयोजन समितिको बैठकमै सहभागी भएनन् । वरीयता सम्बन्धी विवाद हुने देखिएपछि संयोजक प्रचण्ड, सहसंयोजक माधव, वरिष्ठ नेताहरू झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसम्म तोकेर बाँकी नेताहरूको वर्णानुक्रम अनुसार वरीयता निर्धारण गरेको छ । -रातोपाटीबाट

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्राप्त गर्न सक्ने सूची सार्वजनिक गरेको छ।

एसइईको नतिजा सार्वजनिक गर्ने तयारीसँगै नतिजा प्राप्त गर्न सक्ने सूची सार्वजनिक गरिएको हो। कार्यालयले एक सूचना प्रकाशित गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको हो।

यसरी हेर्न सकिन्छ नतिजा

कोहलपुरका सुकुमवासी बस्तीमा चल्यो डोजर

कोहलपुर २७ वैशाख ।   कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान नजिकको सुकुमवासी बस्तीमा डोजर चलाएको छ। २५ वैशाखसम्म बस्ती खाली गर्न सूचना जारी गरेको नगरपालिकाले शनिबारबाट डोजर चलाएको हो।

नगरपालिकाले सूचना जारी गरेपछि केहीले घर खाली गर्नुका साथै जस्तापाता र घरमा प्रयोग भएका सामान उठाएर लगेको मेयर पूर्णप्रसाद आचार्य ले जानकारी दिए ।

`पहिलो चरणमा खाली भएका घरमा डोजरले भत्काइएको छ । सामान र घर खाली नभए आइतबारदेखि त्यस्ता घरमा पनि डोजर चल्नेछ,´ उनले भने ।

शनिबार झन्डै ५० घर भत्काइएको बताउँदै उनले बस्ती खाली गराउने काम निरन्तर जारी रहने बताए। कोहलपुर नगरपालिका–११, शान्तिनगरमा ७ सय ५३ परिवार बस्दै आएको उनले जानकारी दिए। वास्तविक सुकुमवासीको पहिचान गर्ने काम जारी रहेको उनको भनाइ छ ।

उक्त बस्तीमा नगरपालिकाको स्वामित्वमा २८ बिघा जमिन रहेको छ । त्यहाँ ३० वर्षदेखि सुकुमवासी, अव्यवस्थित बसोबासी तथा दलित सुकुमवासी बस्दै आएका थिए ।

`वास्तविक सुकुम्बासीलाई आवेदन दिन भनेका छौँ। निवेदकको वास्तविकता बुझ्ने काम जारी छ,´ मेयर आचार्यले भने।

सुकुमवासीलाई बसपार्कको भवनमा राखिएको छ ।

“एरिस्टो एसईई आइडल”का फाइनलिस्टहरुको नामावली सार्वजनिक

धनगढी २७ वैशाख ।  सुप प्रदेश स्तरीय गायन विधाको प्रतियोगिता “एरिस्टो एसईई आइडल” को पाँचै संस्करणमा फाइनलमा पुग्नेहरुको नामावली शनिबार सार्वजनिक गरिएको छ । एरिस्टो इ.बो. स्कूलका प्रबन्ध निर्देशक शान्ति अधिकारीले फाइनलमा पुग्नेहरुको नामावली सार्वजनिक गरेकी हुन् ।

प्रभात मिडिया एण्ड ईभेन्टको आयोजनामा संचालनमा रहेको एसईई आईडलको २०८२ को असोजबाट सुपका विभिन्न विद्यालयहरुमा अडिसन आयोजना गरिएपछि त्यसबाट छनोट भएका उत्कृष्ट ४० जना  प्रतिस्पर्धीहरुका बिचमा यहि बैशाख १८ गते धनगढीको ओम प्यालेसमा अडिसन सम्पन्न भएको थियो । सेमिफाइनलको अनलाइन भोटिङ बैशाख २५ गते सम्म रहेको थियो भने नतिजा शनिबार प्रकाशन गरिएको हो ।  जस अनुसार २० जना प्रतिस्पर्धीहरुले फाइनलमा प्रवेश पाएका छन् ।

२० जनाका बिचमा यहि जेठ ७ गते फाइनल आयोजना हुनेछ । फाइनलको विजेता र उप विजेता जनही नगद रु ७५ हजार र ३० हजार सहित ट्रफि र कक्षा ११/१२ मा पूर्ण छात्रवृत्ति हासिल गर्नेछन् भने म्युजिक भिडियोमा गाउने अवसर प्राप्त गर्नेछन् ।

बजेटका लागि सुझाव संकलन गर्न सरकारद्वारा पोर्टल सञ्चालन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ ।

आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो ।

यस पोर्टलका माध्यमबाट देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीतिनिर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण रायसुझाव सिधै सरकारसमक्ष पेस गर्न सक्नेछन्।

प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सरकारको नीतिनिर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आमजनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीको मुख्य योजनाअनुरूप यो कदम चालिएको हो ।

दाहालले यो पोर्टलले नागरिक र राज्यबपचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने र प्राप्त भएका सुझावलाई प्रशासनिक तहमा गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमै कार्यान्वयनमा लगिने स्पष्ट पारेका छन् ।

जनताले पोर्टलमा दिएका आफ्ना सुझावको पछिल्लो अवस्था र सरकारले चालेको कदमका बारेमा जानकारी लिन सकिने गरी ‘सुझाव ट्रयाक’ गर्ने विशेष सुविधा यस प्रणालीमा समावेश गरिएको छ ।

सरकारले यस महत्वपूर्ण डिजिटल पहलमा सक्रियताका साथ सहभागी भई ‘समृद्ध नेपाल’ निर्माणको महाभियानमा रचनात्मक योगदान पुर्‍याउन सम्पूर्ण नेपालीमा हार्दिक अनुरोध गरेको छ ।

नागरिकले मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत यो पोर्टल प्रयोग गरी आफ्ना रायसुझाव सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्‍याउन सक्नेछन् ।

रास्वपा सांसदका लागि प्रशिक्षण सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनप्रतिनिधिहरूलाई आजदेखि दिने दोस्रो चरणको प्रशिक्षण सुरु भएको छ । शनिबार स्टाफ कलेज जाउलाखेल ललितपुरमा प्रशिक्षण सुरु भएको हो ।

बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण राखिएको रास्वपाले जनाएको छ । प्रशिक्षण कार्यक्रम आज र भोलि हुनेछ ।

यसअघि चैत ३ र ४ गते रास्वपाले ललितपुरस्थित ग्वार्कोमा जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण कार्यक्रम राखेको थियो । त्यतिबेला विषय विज्ञ सहित पार्टीका शीर्ष नेताले प्रशिक्षण दिएका थिए ।

खोज्नुहोस