“एरिस्टो एसईई आइडल”का फाइनलिस्टहरुको नामावली सार्वजनिक
जेठ ७ मा फाइनल आयोजना हुने
धनगढी २७ वैशाख । सुप प्रदेश स्तरीय गायन विधाको प्रतियोगिता “एरिस्टो एसईई आइडल” को पाँचै संस्करणमा फाइनलमा पुग्नेहरुको नामावली शनिबार सार्वजनिक गरिएको छ । एरिस्टो इ.बो. स्कूलका प्रबन्ध निर्देशक शान्ति अधिकारीले फाइनलमा पुग्नेहरुको नामावली सार्वजनिक गरेकी हुन् ।
प्रभात मिडिया एण्ड ईभेन्टको आयोजनामा संचालनमा रहेको एसईई आईडलको २०८२ को असोजबाट सुपका विभिन्न विद्यालयहरुमा अडिसन आयोजना गरिएपछि त्यसबाट छनोट भएका उत्कृष्ट ४० जना प्रतिस्पर्धीहरुका बिचमा यहि बैशाख १८ गते धनगढीको ओम प्यालेसमा अडिसन सम्पन्न भएको थियो । सेमिफाइनलको अनलाइन भोटिङ बैशाख २५ गते सम्म रहेको थियो भने नतिजा शनिबार प्रकाशन गरिएको हो । जस अनुसार २० जना प्रतिस्पर्धीहरुले फाइनलमा प्रवेश पाएका छन् ।
२० जनाका बिचमा यहि जेठ ७ गते फाइनल आयोजना हुनेछ । फाइनलको विजेता र उप विजेता जनही नगद रु ७५ हजार र ३० हजार सहित ट्रफि र कक्षा ११/१२ मा पूर्ण छात्रवृत्ति हासिल गर्नेछन् भने म्युजिक भिडियोमा गाउने अवसर प्राप्त गर्नेछन् ।
