काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ ।
विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ ।
विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।
काठमाडौं । राष्ट्रपति र नेपाली सेनाले वार्ताका निम्ति आह्वान गरेसँगै तीन हजारभन्दा बढी ‘जेनजी’ पुस्ताका युवा ‘भर्चुअल’ छलफलमा जुटेका छन् । उनीहरूबीच आधिकारिक वार्तामा को सहभागी हुने र कुन विषयलाई प्राथमिकतामा राख्ने भन्नेबारे बहस भइरहेको छ ।
डिस्कर्डमार्फत चलिरहेको छलफलमा संलग्न एक युवाका अनुसार, संसद् विघटन हुनुपर्ने, आउँदो ६ महिना वा बढीमा एक वर्षभित्र आमनिर्वाचन गरिनुपर्ने प्रस्ताव अघि सारिएको छ ।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रधानमन्त्रीको कार्यकाल चारदेखि पाँच वर्षमा सीमित र एक व्यक्ति बढीमा दुई कार्यकाल वा आठ–दश वर्ष मात्र प्रधानमन्त्री हुन पाउनेजस्ता सुझाव पनि छलफलमा आएको छ ।
युवाबीचको यो छलफललाई औपचारिक वार्तामा परिणत गर्ने तयारी भइरहेको जनाइएको छ ।
काठमाण्डाै – एशिया कप टी–२० क्रिकेटमा आज भारत र संयुक्त अरब इमिरेट्स (यूएई) खेल्दैछन् । यो खेल राति सवा ८ बजे दुबईमा शुरू हुनेछ ।
भारत र यूएईबीच अहिलेसम्म एक पटक मात्रै टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता भएको छ । सन् २०१६ को एशिया कपमा भारतले यूएईलाई ९ विकेटले हराएको थियो ।
हिजोदेखि शुरू भएको १६औं संस्करणको प्रतियोगितामा हङकङलाई हराउँदै अफगानिस्तानले विजयी शुरुआत गरेको छ ।
८ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान छन् । यस्तै समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् ।
एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ मा हुनेछ ।
काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले जेन–जी आन्दोलनमा भएको सम्पदा र सम्पत्तिको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
बुधबार सामाजिक सन्जाल फेसबुकमा लेख्दै देशको अमूल्य सम्पदा र सम्पत्तिमा भएको क्षतिले सारा नेपालीको मन रोएको बताएका छन् ।
संक्रमणकालीन अवस्थालाई बुदद्धिमानी, धैर्यता र सयंमित भएर अघि बढेर भोलिको उज्वल भबिष्य बनाउन सबै जुट्नु आवश्यक रहेको उनको भनाइ छ ।
उनले लेखेका छन्, ‘नेपाली जनताको चाहना भ्रष्टाचारको जरा उखेल्नु हो । जेनजी आन्दोलनले अब भविष्यमा पनि कसैले पनि त्यो दुस्प्रयास नगर्नेगरि उखेल्दिएको छ । तर, देशको अमूल्य सम्पदा र सम्पतिमा भएको क्षतिले सारा नेपालीको मन रोएको छ । त्यो सम्पत्ति कुनै भ्रष्टाचारीको थिएन । सारा नेपाली जनताको सम्पत्ति हो ।’
काठमाडौं । निजी वायुसेवा कम्पनीहरूले आज बुधबारदेखि सबै आन्तरिक उडान बन्द गरेका छन् । दुई दिनयता उत्पन्न विषम परिस्थितिका कारण सबै उडान बन्द गरिएको उनीहरूको भनाइ छ ।
निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले बुधबार विज्ञप्ति जारी गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएपछि मात्र उडान पूर्ववत् सञ्चालनमा आउने जनाएका छन् ।
मुलुकमा सोमबार र मंगलबार भएका आन्दोलन र हिंसाका घटनाका कारण यात्रुहरूलाई विमानस्थल आवतजावतका लागि बाधा उत्पन्न भएको देखिएका कारणले विमानस्थलहरूबाट हुने उडान सबै बन्द गरिएको संघले जनाएको छ ।
‘विमानस्थल खुल्नासाथ संघका सदस्य वायुसेवा कम्पनीहरूले आफ्ना उडानहरू पूर्ववत् सञ्चालन गर्नेछन्,’ विज्ञप्तिमा छ, ‘सम्पूर्ण यात्रुहरूलाई सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी समयमा नै विमानस्थल पुग्न सहयोग गरिदिन अनुरोध छ ।’
संघमा बुद्ध एयर, यती एयरलाइन्स, सिम्रिक एयरलाइन्स, तारा एयर, सीता एयर, समिट एयर, एयर डाइनेस्टी, माउन्टेन हेली सर्भिसेस, प्रभु हेलिकप्टर्स, सिम्रिक एयर लगायत वायुसेवा कम्पनी सदस्य छन् ।
संघले केही अराजक तथा उछृङ्खल मनोवृत्तिका व्यक्तिहरूले निजी क्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनीका कार्यालयमा समेत आगजनी गरेको घटना निन्दनीय भएको जनाएको छ।
काठमाण्डाै – ‘जेन जी’ आन्दोलनलाई जोडेर ‘बेपत्ता भएका ३२ जना संसद् भवनभित्र मृत फेला’ भन्ने खबर असत्य भएको प्रहरीले जनाएको छ ।
भ्रामक प्रचार भएको भन्दै प्रहरीले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्वीरलाई प्रयोग गरी सामाजिक सञ्जालमा भ्रम फैलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
प्रहरीले यस्तो विषम परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका भ्रामक समाचार सिर्जना गरेर स्थितिलाई थप भड्काउने कार्य नगर्न सबैलाई अनुरोध गरेको छ ।
यसैबीच ‘जेन जी’ आन्दोलनकारीको आगजनीमा परेकी नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार उपचाररत रहनुभएको पार्टीले जनाएको छ । उहाँको पनि जलेर ज्यान गएको हल्ला चलेको थियो । आन्दोलनकारीले डल्लुमा रहेको खनालको घरमा आगो लगाउँदा जलेकी चित्रकारको अवस्था खतरामुक्त रहेको पनि पार्टीले जनाएको छ ।
काठ्माण्डौँ- कक्षा १२ को मौका (पूरक) परीक्षा अनिश्चिकालसम्म स्थगित भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्दै देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो।
कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ गते सञ्चालन हुने तालिका रहेको थियो।

काठमाडौं : एमाले नेता महेश बस्नेतले ‘जेनजी’ आन्दोलनका कारण मंगलबार शरणार्थी जीवन बिताएको भन्दै बिलौना पोखेका छन्।
घरपरिवारले ‘बोल्यौं भने, भेटे भने हत्या गर्छन्’ भनेपनि आफू मौन बस्न नसकेको भन्दै सामाजिक सञ्जालमा स्ट्याटस राखेका छन्।
बुधबार सामाजिक संजाल फेसबुक मार्फत आफ्नो जलेको घरको भिडियो बनाउँदै उनले राजनीतिमा चासो नै नराख्ने आफ्नो परिवारलाई जिउँदै जलाउने प्रयास भएको बताएका छन्। उनले सार्वजनिक गरेको घरको भिडियोमा तोडफोड भएको र घर जलेर पुरै कालो भएको देखिन्छ।
‘७७ वर्षका मेरा निर्दोष बुबा, ओपन हर्ट सर्जरी गराएकी ७२ वर्षकी आमा, राजनीति चासो नै नराख्ने मेरी श्रीमतीलाई आफ्नै घरमा आगो लगाउँदै त्यही भुंग्रोमा जिउँदै जलाउने प्रयास गरियो’ उनले लेखेका छन्, ‘आमाबुबालाई खुवाउने औषधि र एक जोर फेर्ने कपडा पनि झिक्न नदिई। घरभित्रका सम्पूर्ण सामग्री जलाएर ध्वस्त पारिएको छ।’
उनले आफू सुकुम्बासी नै नभए पनि घरबार विहीन भएको भन्दै दुःख पोखेका छन्। पीडामा भए पनि पीडा देखाउन नमिल्ने ठाउँमा भएको भन्दै उनले आफू सांसद र मन्त्रीको जिम्मेवारीमा आउनु भन्दा १४ वर्ष अगाडि आफ्नो बुबाले बनाएको घर ध्वस्त भएको लेखेका छन्।
‘अब जमिन नबेची नयाँ घर बनाउन सम्भव छैन। राजनीतिक यात्रा, छोरीको विवाह, अन्य घर व्यवहारमा भएको खर्च जोड्दा मैले २ करोड ५० लाख रुपैयाँ ऋण (बाणिज्य बैंक बानेश्वर शाखाबाट १ करोड, शंखधर सहकारी ठिमीबाट ६५ लाख, साना किसान सहकारी गुण्डुबाट ८५ लाख) बोकेको छु,’ उनले लेखेका छन्।
यसै बीच उनले आन्दोलनमा भएको घुसपैठ र रास्वपा सभापति कारागारबाट निस्किएकोमा समेत आपत्ति जनाएका छन्।
‘भयावह त के भयो भने रवि लामिछाने सहित हजारौं गम्भीर अपराधमा संलग्न कैदीहरू जेल जीवनबाट मुक्त गरिए। मैले पहिले पनि भनेको थिएँ गलत मानिसहरूले घुसपैठ गरे भने जेनजी को नाममा हिंसा हुन्छ। त्यो आज प्रमाणित भयो। धेरै अपराधी जेलबाट बाहिर आएका छन्। सेना सडकमा आउन बाध्य भएको छ,’ उनले लेखेका छन्।
देश १०/१२ वर्ष पछाडि धकेलिएको भन्दै अब देशलाई बर्बादीतिर लाने कि बचाउने आन्दोलनकारीको हातमा भएको उनले लेखेका छन्। त्यस्तै आफूमाथि शंका भए अनुसन्धान गर्न भन्दै दोषी ठहरिए सजाय समेत भोग तयार रहेको बताएका छन्।
‘तर निर्दोष ठहरिए भने हाम्रो घर जलेर, जीवनभरको कमाइ खरानी भएर, परिवार असहाय भएर भोगेको यो पीडाको उपचार कसरी हुन्छ ? मेरो घरको लकर फेला परेको भनेर हल्ला फैलाइयो। म आग्रह गर्दछु आन्दोलनका कमाण्डरहरूले पत्रकारहरूको सामु त्यो लकर खोलून्। यदि त्यहाँ एक हजार रुपैयाँ भेटिन्छ भने मलाई दोषी ठहराउनुस्,’ उनले लेखेका छन्।
काठ्माण्डौँ- नेपाल प्रेस युनियनले वर्तमान संसद र संविधानकै परिधिमा रहेर सरकार गठनलगायतका प्रक्रिया अघि बढाई संविधान प्रदत्त नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारका विश्वव्यापी मान्यताहरूको अभ्यास गर्न सबै पक्षलाई आग्रह गरेको छ ।
जेन–जीको आन्दोलनपछि उत्पन्न जटिल परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा भएको राज्यको दमन, २३ जनाभन्दा बढी निहत्था नागरिकको मृत्यु, प्रधानमन्त्रीको राजीनामा, र सार्वजनिक तथा निजी सम्पत्तिको व्यापक तोडफोडले देश संकटपूर्ण अवस्थामा पुगेको उल्लेख छ । यस्तो अवस्थामा सबै देशवासीलाई संयमित र संवेदनशील भई देशको रक्षा गर्न सक्रिय हुनुपर्नेमा जोड दिइएको छ ।
नेपाली सेनाले सुरक्षा व्यवस्थाको जिम्मेवारी आफैँले लिने घोषणापछि सिर्जित नयाँ परिवेशलाई उचित ढंगले व्यवस्थापन गर्नुको विकल्प नभएको विज्ञप्तिमा उल्लेख छ । संक्रमणकाल लम्ब्याउने र कुशल व्यवस्थापन गर्न नसक्ने हो भने मुलुकले थप क्षति व्यहोर्नुपर्ने जोखिमप्रति सबै पक्षलाई सचेत रहन आग्रह गरिएको छ ।
लम्सालले लोकतान्त्रिक प्रक्रियालाई आत्मसात गर्दै संवादमार्फत तत्काल निकास निकाल्न र लोकतन्त्रको अभ्यास सुनिश्चित गर्न सबै पक्षलाई जिम्मेवार हुन अपिल गरेका छन् । ‘लोकतन्त्रको विकल्पमा अरु कुनै विकल्प हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ ।
यस्तो संवेदनशील अवस्थामा नागरिकको सत्य र तथ्यपूर्ण सूचना प्राप्त गर्ने अधिकारलाई जोड दिँदै सही सूचनाको अभावमा अफवाह फैलने र थप समस्या उत्पन्न हुने जोखिमप्रति सचेत रहन पत्रकारहरूलाई आग्रह गरिएको छ । सूचनाको सहज प्रवाहका लागि नेपाली सेना र राज्यका सबै संरचनालाई सहयोग गर्न पनि अनुरोध गरिएको छ ।

पोखरा। आन्दोलनकारीले मंगलबार जलाइदिएको पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला भेटिएको छ । भवनमा बिहान जलेको अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।
विन्दुकुमार थापाका भाइ ध्रुवो नयाँबजारस्थित भरमा रहेको गाडीको स्वरूममा पनि बिहान एक महिलाको शव फेला परेको थियो । शरीर पूरै जलेको अवस्थामा बिहान शव फेला परेको प्रहरीको भनाइ छ ।
आन्दोलनकारीले मन्त्री थापाको घर, व्यावसायिक प्रतिष्ठान अशुंभरा र बगैंचा रिसोर्टमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए । उनकै भाइ ध्रुवको भर र गाडीको स्वरूममै आगो लगाइदिएका थिए ।
मंगलबार आन्दोलनकारीले पोखराका प्रमुख कार्यालय सबै जलाइदिएका छन् भने मन्त्री थापा, मेयर धनराज आचार्य, नेता राजीव पहारीको घर र बगैंचासँगै भरत पहारीको होटल सरोबर र जितु गुरूङको बरपिपल रिसोर्टसमेत तोडफोड र आगजनी गरेका थिए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको शव फेला परेको छ ।
प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेको थियो ।
ललितपुरका एसपी श्यामकृष्ण अधिकारीका अनुसार जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको र उनको पहिचान हुन बाँकी रहेको छ ।
काठ्माण्डौँ- संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै सभामुख देवराज घिमिरेले अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरेको जानकारी दिएका छन् ।
‘मिति २०८२ साल भदौ २५ गते बुधबार दिनको १.०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ महासचिव पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ ।
यसअघि भदौ २३ गतेका लागि बोलाइएको राष्ट्रियसभा बैठक पनि सूचना टाँस गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।
काठमाडौं : आज र भोलि पुँजी बजारमा शेयर कारोबार नहुने भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो।
काठ्माण्डौँ- जेनजी प्रदर्शनकारीको आक्रमणमा परेर महारागजञ्जमा मृत्यु भएका ३ जना प्रहरीको पहिचान खुलेको छ । मंगलबार प्रदर्शनकारीहरूले प्रहरी वृत्त महाराजगञ्जमा आगजनी गर्दा ३ जनाको मृत्यु भएको थियो ।
प्रहरी स्रोतका अनुसार मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, वरिष्ठ हवल्दार पवित्रा गौली र जवान उत्तम थापा छन् ।
जेनजी प्रदर्शनकारीहरूले प्रहरी वृत्तमा आगजनी सुरु गरेपछि निसास्सिएर उनीहरूको मृत्यु भएको बताइएको छ । आगजनी सुरु भएपछि त्यहाँ फसेका केही प्रहरीहरूलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
भदौ २५, काठमाडौं । नेपाली सेनाले जेन-जी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीहरूबाट लुटिएका वा हराएका हातहतियार, गोलीबारुद तथा अन्य सुरक्षा सामग्री बुझाउन आग्रह गरेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले ती हातहतियार तथा गोलीगट्ठा सेनामा वा सम्बन्धित सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘ती हातहतियारको दुरुपयोग भई जनधनको क्षति हुन सक्ने भएकाले प्राप्त गर्ने व्यक्तिहरुले नजिकैको सुरक्षा निकायलाई जानकारी गराउन र तत्काल बुझाउन अनुरोध गरिन्छ ।’
यसैगरी सेनाले यस्तो संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीको पोशाक (युनिफर्म) को अनधिकृत प्रयोग नगर्न पनि आग्रह गरेको छ।
सेनाले चेतावनी दिँदै भनेको छ, ‘उक्त हातहतियार वा गोलीबारुद नबुझाई कसैसँग फेला परेमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ।’
काठमाडौं । पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको छ ।
मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवासयी विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुवको गाडी सोरूम र घर जलाइदिएका थिए ।
आगजनी भएको घरको गाडी सोरुममा जलेको अवस्थामा महिलाको शव फेला परेको हो । उनी यही घरमा काम गर्ने महिला रहेको प्रहरीले जनाएको छ ।
काठ्माण्डौँ- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले देश इतिहासकै गम्भीर संकटमा परेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको ‘स्टाटस’मा उनले मुलुक र समाज भयानक अस्थिरतामा रहेको बताउँदै सबैलाई संयमित र विवेकपूर्ण ढंगले अघि बढ्न आग्रह गरेका छन् ।
भट्टराईले उत्तेजनामा लिएर गरिने निर्णयले सही मार्ग नदिने चेतावनी दिँदै पार्टीभित्र आत्मालोचना, कमजोरीको समीक्षा र संगठनलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले पार्टी एकता, पारदर्शिता र लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउन जोड दिएका छन् ।
उनले जनतासँग निरन्तर सम्पर्कमा रहनु, उनीहरूको आवाज सुन्नु र त्यसअनुसार निर्णय लिनु अहिलेको मूल आवश्यकता भएको बताएका छन् । साथै, लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता र कानुनको शासनलाई पार्टीले आधारभूत मूल्यका रूपमा अंगिकार गर्नुपर्ने धारणा राखेका छन् ।
भट्टराईले सबै जाति, भाषा, संस्कृतिबीचको एकतालाई बलियो बनाउन र खरानीबाट उठेर देशको पुनर्निर्माण गर्न आह्वान गरेका छन् । उनले भ्रष्टाचार र बेथिती अन्त्य गर्ने जेन–जी समूहका मागलाई समर्थन गर्ने समेत स्पष्ट पारेका छन् ।
उनले अहिलेको संकट टार्न १० बुँदे सुझाव पेस गरेका छन्:
१. विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरौँ, हामीबाट भएका कमजोरीको समीक्षा गरौँ । गल्तीप्रति आत्मालोचित होऔँ ।
२. पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौँ । यो काम होसियारीपूर्वक गरौँ, जसले हाम्रो पार्टी एकता कायम गरोस् ।
३. पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागिता सुनिश्चित गरौँ ।
४. पार्टीका आन्तरिका प्रक्रियाहरूलाई पूर्णत: पारदर्शी र लोकतान्त्रिक बनाऔँ ।
५. जनतामा जाऔँ, जनतालाई सुनौँ र त्यसअनुसार निर्णय गरौँ ।
६. लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानुनको शासन यो जवजको आत्मा हो, यसबाट दायाँ–बाँया नजाऔँ ।
७. खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ । नेपालको हित चिताउने सबैसँगको समन्वयबाट यो काम समपन्न गर्ने अठोट गरौँ ।
८. हिमाल, पहाड, तराई, सबै जात, जाति र भाषा, भाषीबीचको एकतालाई बलियो बनाऔँ ।
९. देशभित्रको आन्तरिक सहमति अनि संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्दछ । विश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नुपर्दछ । यही आधारमा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरौँ ।
१०. जेन–जी समूहले अघि सारेका भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौँ ।
काठमाडौं । जेन जीको आन्दोलनपछि अलपत्र परेका विदेशी नागरिकलाई सहयोग गर्न नेपाली सेनाले आह्वान गरेको छ ।
सेनाले बुधबार एक सूचना जारी गर्दै विदेशी नागरिकको उद्धार तथा राहतका लागि सहयोग गर्न पर्यटन तथा होटलसँग सम्बन्धित संघसंस्थाहरूलाई आग्रह गरेको छ ।

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार नेपालमा भएको घटनाको गहिरो छानबिन र संयमता अपनाउन आह्वान गरेका छन् । नेपालमा जेनजीको आन्दोलनमा भएको घातक प्रदर्शनमा १९ जनाको ज्यान गएपछि र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि संयुक्त राष्ट्रसंघले यस्तो बताएको हो ।
“मैले नेपालको स्थितिलाई नजिकबाट नियालिरहेको छु र जीवन गुमेकोमा मलाई गहिरो दुःख लागेको छ,” सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन् ।
उनले घटनाको गहन छानबिन गर्न, थप हिंसालाई रोक्न संयमता अपनाउन र रचनात्मक मार्ग पहिल्याउन संवादको लागि आग्रह गरेका छन् ।
गुटेरेसले अधिकारीहरूलाई मानव अधिकार कानुनको पालना गर्न आह्वान गर्दै प्रदर्शनहरू शान्तिपूर्ण ढंगले, जीवन र सम्पत्तिको सम्मान गर्दै हुनुपर्ने जोड दिएका छन् ।
दुई दिनको व्यापक जनधनको क्षति हुनेगरी भएको प्रदर्शनपछि मंगलबार राति नेपाली सेनाले सुरक्षा व्यवस्था आफ्नो नियन्त्रणमा लिएको छ ।
२५ भदौ, काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ ।
जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको बताइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरे ।
काठमाडौं। दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी)ले तीन दिनका लागि भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क गरेको छ।
हाल देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै एनटीसीले डाटा तथा भ्वाइस सहितको प्याकेज निशुल्क गरेको हो।
बुधबारदेखि प्रत्येक उपभोक्ताहरुलाई सन्देश मार्फत डाटा तथा भ्वाइस सहितको प्याकेज दिएको हो।
डाटा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गरी भ्वाइस कलको सेवा लिन सकिने एनटीसीले जानकारी दिएको छ।
यस्तै एनटीसीका अनुसार डाटाको लागि स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गरी सेवा लिन सकिन्छ।
काठमाडौँ- विमानस्थलका साथै काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज साँझ ६ः०० बजेसम्म नखुल्ने भएको छ ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् । यसअघि आज मध्याह्न १२ः०० बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो ।
धनगढी । जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमको बाजुराबाहेक सबै जिल्ला करागारमा रहेका कैदीबन्दी भागेका छन् । मंगलबार जेनजी युवाको प्रदर्शनका क्रममा सुरक्षास्थिथि नियन्त्रण बाहिर गएपछि प्रदर्शनकारीहरुले नै कारागारमै पुगेर कैदीबन्दीहरुलाई निकालेर भगाएका हुन् ।
बाजुरा बाहेकका सबै कारागारबाट कैदीबन्दी भागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) डम्बर विश्वकर्माले कैलाली कारागारका कम्तीमा पनि सात सयजनासहित ८ वटा कारागारबाट करिब १४०० कैदीबन्दी भागेको बताए ।
कञ्चनपुर कारागारमा रहेका ४७६ कैदीबन्दीमध्ये २२ जनाबाहेक सबैलाई प्रदर्शनकारीले निकालेर आफैूसँगै लगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बोहराले १३ पुरुष र ९ जना महिला कैदीबन्दीले आफूहरु कानुनको उल्लङ्घन गरेर नभाग्ने भन्दै बाहिर ननिस्किएको बताए ।
उनीहरु अहिले पनि कारागारमै बसिरहेका छन् । जिल्ला कारागार बझाङमा रहेका ८५ जना कैदीबन्दीमध्ये ६६ जना भागेका छन् भने अन्य कैदीबन्दी कारागारमै बसिरहेका छन् । भागेकामध्ये मंगलबार तीन र बुधबार दुई गरेर पाँच जना कैदीबन्दीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
यी बाहेकका प्राय: जिल्ला कारागारका कैदीबन्दी भागेपछि कारागार नै खाली भएका छन् ।
काठमाडौं : नेपाली सेनाले लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। आज सूचना जारी गर्दै सेनाले विषम परिस्थितिको अनुचित फाइदा उठाएर लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको जनाएको हो।
सेनाले तीनवटा वारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भइरहेको पनि जनाएको छ।
यस्तै काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३,७०,००० रुपैयाँ बरामद गरिएको सेनाले जनाएको छ।
यस्तै सेनाले काठमाडौँको विभिन्न स्थानबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठा बरामद गरेको छ।
यस्तै २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैरसैनिक व्यक्तिको सैनिक अस्पतालमा उपचार भइरहेको सेनाले जनाएको छ।
काठमाडौं । सर्वोच्च अदालतमा लागेको आगो निभाउन काठमाडौंको महानगरपालिकाको दमकल आएको छ । मंगलबार दनदनी आगो बल्दा दमकल प्रयोग भएको थिएन ।
आज बिहान भने बँचेखुचेको आगो निभाउन दमकल आएको हो ।
जेनजी प्रदर्शनको क्रममा युवाहरुको एक समूहले आगो लगाइदिँदा सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।
मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ ।
कागजात र प्रमाण हेरेर मुद्दाको फैसला गर्ने सर्वोच्च अदालत मंगलबारको आगजनीले खरानी भएको छ । काठमाडौं र हेटौंडाको डाटा सेन्टरमा एकसाथ आक्रमण भएपछि मुलुकको न्यायप्रणालीमा ठूलो क्षति पुगेको छ ।
काठमाडौं । सर्वोच्च अदालतले तत्काल सुनवाइ हुन नसक्ने बताएको छ ।
मिसिल, सर्भर, इजलास सबै जलेको भन्दै सर्वोच्चले अर्को सूचना नभएसम्म सुनवाइ हुन नसक्ने जानकारी गराएको छ । मंगलबार जेनजीको आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको थियो ।
उक्त आगजनीको क्रममा मुद्दाका सम्पूर्ण कागजात नष्ट भएको अदालतले बताएको छ ।

काठमाडौं २४ भदौ, । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन जी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् ।
उनले सामाजिक सञ्जालबाट जेन-जी प्रदर्शनकारीहरूलाई अपिल गर्दै भनेका छन्, प्लिज, जेन-जी, देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो ।’
उनले अगाडि थपे, ‘अब जति क्षति हुन्छ, तपाईं हाम्रो हुने हो । अब घर फर्कनुस् ।’
आन्दोलनकारीहरू कारागारभित्र प्रवेश गर्न खोजेपछि कारागार प्रशासनले कैदीहरूलाई छोडिदिएको छ।
कैलाली कारागार भित्र रहेका सात सय कैदी नै बाहिर निस्किएका छन् ।