‘भटटको राजिनामा स्वीकृत नभएपनि गभर्नर नियुक्त गर्न मिल्ने’

काठमाण्डौं, २० बैशाख ।
नेपाल राष्ट्र बैंककी कामु गभर्नर निलम ढुंगाना तिम्सिनाले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजिनामा स्वीकृत नगरेर गभर्नर नियुक्तिको प्रकृया गिजोल्न खोजेको कानूनवीदहरुको आरोप छ ।

यद्दपि कामु गभर्नर तिम्सिनाले डा. भट्टको राजिनामा स्वीकृत नगरेपनि गभर्नर नियुक्ति गर्न कुनै कानून अडचन नहुने समेत कानूनवीदहरुले सल्लाह दिएका छन् ।

पूर्व महान्यायधिवक्ता बरिष्ठ अधिवक्ता खम्मबहादुर खातीले कामु गभर्नर ढुंगानाले भट्टलाई गभर्नर बन्नबाट रोक्न राजिनामा स्वीकृत नगरेपनि त्यही कारण गभर्नर नियुक्ति प्रकृया नरोकिने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको सहमती अनुसार भट्टले राजिनामा दिनुभएको हो । ढुंगानाले भट्टको राजिनामा स्वीकृत गर्नुपथ्र्यो, अर्थमन्त्री विष्णु पौडेलले पनि भट्टको राजिनामा स्वीकृत गर्न ढुंगानालाई निर्देशन दिनुभएको छ । त्यसबा बाबजुद पनि उहाँले किन राजिनामा स्वीकृत गरिरहनु भएको छैन्, पूर्व न्यायधिवक्ता खातीले भने, यो तहको सहमतीलाई चुनौती दिने सामथ्र्य ढुंगानामा कहाँबाट आयो ? त्यसमा शंका छ ।

डा. भट्टले बैशाख ५ गतदेखि लागु हुने गरी बैशाख ४ गते कार्यकारी निर्देशक पदबाट राजिनामा दिएका थिए । १६ दिन बित्दा पनि भट्टको राजिनामा स्वीकृत भएको छैन् ।

नेपाली काँग्रेसका सभापति देउवा, गृह मन्त्री रमेश लेखक लगायतका काँग्रेसका नेता र मन्त्रीहरुलाई पूर्व न्यायधिवक्ता खातीले राजिनामा स्वीकृत नभएपनि भट्टलाई गभर्नर नियुक्त गर्दा कुनै कानून अडचन नआउने सल्लाह दिएका छन् ।

काँग्रेस नेतृत्वले प्रधानमन्त्री ओलीको आडमा ढुंगानाले भट्टको राजिनामा स्वीकृत नगरेको आंकलन गरेको छ ।

यस विषयमा गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री डा. आरजु राणासंग छलफल गरेपछि गभर्नर नियुक्तिको प्रकृया अघि बढ्ने खातीले बताए । यद्दपि यसअघि नै उनले गृहमन्त्री र गृहमन्त्री लेखक र परराष्ट्र मन्त्री राणालाई भट्टलाई गभर्नर नियुक्त गर्दा कुनै कानून अड्चन नआउने सुझाव दिईसकेका छन् ।

पर्ख र हेरको नीतिमा रहेको काँग्रेस नेतृत्वले भट्टको राजिनामा स्वीकृत नगरे ढुंगानालाई काम गभर्नरको जिम्मेवारीबाट मुक्त गर्न प्रधानमन्त्री ओलीलाई दवाव दिने भएको छ ।

 

केआईआईटीले भन्यो: प्रिसाले आत्महत्या गरेकी हुन्

काठमाण्डु– भारतको ओडिसाको भुवनेश्वरस्थित कालिंगा इन्स्टीच्युट अफ इण्ड्रिष्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली छात्रा प्रिसा साहले आत्महत्या गरेको बताएको छ ।

विज्ञप्तिमा बी.टेक कम्प्युटर साइन्समा पहिलो वर्षमा अध्ययनरत प्रिसाले आत्महत्या गरेको उल्लेख छ ।

घटना थाहा पाउनासाथ कलेज प्रशासनले प्रहरीलाई खबर गरेको र त्यसपछि छात्रालाई किम्स अस्पताल लगिएको चिकित्सकले मृत घोषित गरेको विज्ञप्तिमा उल्लेख छ ।

कलेजले विद्यार्थीको परिवारलाई घटनाबारे जानकारी गराइएको भन्दै प्रहरीको अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताउँदै दुःखको घडीमा कलेज विद्यार्थीको परिवार तथा नेपाली विद्यार्थीसँग साथमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

वीरगन्ज घर भएकी १८ वर्षीया साह बिहीबार साँझ कलेजको होस्टलमा झुण्डिएर आत्महत्या गरेको अवस्था मृत भेटिएकी थिइन् । अहिलेसम्म आत्महत्याको कारण खुल्न सकेको छैन ।

केआईआईटीमा पछिल्लो तीन महिनामा दोस्रो नेपाली विद्यार्थीको मृत्यु भएको हो । यसअघि बुटवलकी प्रकृति लम्साल सो क्याम्पसको होस्टलमा मृत भेटिएकी थिइन् ।

सुदूरपश्चिम प्रदेशको विकासमा सहयोग गर्न भारतलाई आग्रह

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतले नेपालको विकास निर्माणमा गरेको सहयोगको प्रशंसा गरेका छन् ।

भारतको दिल्लीमा भारतीय विदेश राज्यमन्त्री किर्तीवद्र्धन सिंहसँगको भेटवार्तामा उनले नेपालको विकास निर्माणमा भारतको धेरै ठुलो सहयोग रहेको भन्दै यसलाई निरन्तरता दिनेमा आफू विश्वस्त रहेको बताए ।

उनले सुदूरपश्चिम प्रदेशको विकासका लागि थप सहयोग गर्न भारतलाई आग्रह गर्दै भारतको तिकुनियादेखि कैलालीको खक्रौलासम्मको सडक चाँडै सम्पन्न गर्ने सम्बन्धमा पनि राज्यमन्त्री सिंहसँग छलफल गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

उनले दार्चुलामा निर्माणाधीन पुलको काम छिटै सम्पन्न गर्न आग्रह गर्दै बैतडी, डडेलधुरामा पुल निर्माणको प्रक्रिया चाँडै सुरु गर्नु पनि उनले आग्रह गरे । मुख्यमन्त्री शाह वैशाख २२ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभामा नीति कार्यक्रममाथि छ दिन छलफल हुने

काठमाडौं । सङ्घीय संसद्मा प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छ दिन छलफल हुने भएको छ ।

प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीबाट जवाफका लागि यही वैशाख २२, २३, २४, २५, २६ र २८ गतेका दिन तोकेको जानकारी गराए ।

उनले नीति तथा कार्यक्रममाथिको छलफल दलीय प्रतिनिधित्वको आधारमा गर्न सांसदको नाम बैठक प्रारम्भ हुनुभन्दा एक घन्टा अगावै कार्यव्यवस्था शाखामा उपलब्ध गराउन सम्बन्धित दलका पदाधिकारीलाई आग्रह गरे ।सभामुख घिमिरेले नीति कार्यक्रममाथि संशोधन राख्न चाहने सांसदले सोको सूचना यही वैशाख २० र २१ गते बिहान ११ देखि अपराह्न ३ बजेभित्र कार्यव्यवस्था शाखामा दिन सक्ने जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २२ गते बिहान ११ बजे बस्नेछ ।

 

सुविधा सम्पन्न बसमा लगानी बढाउँदै सुन्दर सुदुरपश्चिम यातायात

कैलाली । सुन्दर सुदुरपश्चिम यातायात प्रालीले स्तरीय एसी सहितको बस सेवा थप गर्ने अभियानलाई जारी राखेको छ ।

सार्वजनिक यातायातलाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित अगाडि बढेको प्रालीले देशका विभिन्न शहरलाई यातायातको माध्यमबाट जोड्ने काम गरिरहेको छ ।

हाल ६१ जिल्लाका सडकसम्म प्राली अन्तर्गतका बसहरुले यात्रुलाई सेवा प्रदान गरिरहेका छन् । धनगढी काठमाडौंदेखि देशका अन्य शहरहरुलाई स्तरीय एसी सहितको बस मार्फत जोड्न प्राली सफल भएको छ ।

प्रालीले अन्य बस सेवा सरह नेपालकै उत्कृष्ट स्तरको बससम्म सञ्चालनमा ल्याइसकेको छ । कम्पनीसँग ४२ बर्षको अनुभव छ । रुपान्तरित प्राली भन्दा अगाडि समितिबाट सेवा प्रवाह हुँदै आइरहेको थियो । राज्यको नीति अनुसार २०७६ मा कम्पनी प्रालीमा रुपान्तरण भएर प्रालीले व्यवसायीलाई सेयर सदस्यका रुपमा जोडेर सेवा प्रदान गरिरहेको छ । प्राली अन्तर्गत हाल झण्डै साढे ५ सय बस सञ्चालनमा रहेको अध्यक्ष पदमराज सापकोटाले जानकारी दिए ।

‘हामीले पछिल्लो समय स्तरीय बस सेवा थप गर्ने अभियानलाई प्राथमिकता दिइरहेका छौं,’ उनले भने, ‘यात्रुले सर्वसुलभ भाडादरमा स्तरीय बसबाट सेवा लिन पाउने वातावरण बनाउन हामी सफल भइरहेका छौैं ।’

व्यवसायीले स्तरीय बसमा लगानी बढाइरहेपनि सवारी गुड्ने सडकको अवस्था भने दयनीय रहेको बताउँदै उनले सार्वजनिक यातायात र सडक राज्यको प्राथमिकतामा कहिल्यै पर्न नसकेको भन्दै चिन्ता व्यक्त गरे । ‘सडकको दुर्दशा सबैलाई जानकारी नै छ । तरपनि हामीले स्तरीय बसमा लगानी बढाउने अभियान जारी राखेका छौं । आगामी दिनमा पनि स्तरीय बस सेवा सञ्चालनमा अभियानलाई निरन्तरता दिनेछौं ।’

प्रालीले सबै प्रकारका यात्रुहरुलाई मध्यनजर गर्दै सेवा सञ्चालन गरिरहेको छ । सामान्य बसदेखि अति स्तरीय बसहरु सञ्चालनमा छन् । सोफा सिटमा बसेर यात्रुले यात्रा गर्न सक्ने वातावरण बनेको छ । पछिल्लो समय यात्रुहरुले आफ्नो चाहना अनुसारको बस छनोट गरेर यात्रा गर्नसक्ने वातावरण बनेको अध्यक्ष सापकोटाले बताए ।

आन्तरिक तथा बाह्य पर्यटक तथा यात्रुलाई स्तरीय सेवा प्रदान गर्न प्रालीका बसहरुले योगदान गरिरहेको अध्यक्ष सापकोटाले बताए ।

प्रालीले धनगढीलाई केन्द्रमा राखेर आसपासका जिल्लाहरुबाट समेत देशभरका विभिन्न शहर जोड्ने गरी बससेवा थप गरिरहेको छ । धनगढीलाई देशको राजधानी काठमाडौंसम्म जोड्ने ‘महेन्द्र राजमार्ग’को निर्माण अवस्थादेखि यातायातका साधनहरु सञ्चालन शुरुवातसँगै २०४० साल चैत्र १४ गते सुदुरपश्चिम यातायात ब्यबसायी संघको स्थापना भएको थियो । २०७६ साल जेठ १९ गते संग रुपान्तरित भई सुन्दर सुदुरपश्चिम यातायात प्रालीमा दर्ता भएको हो ।

समयको माग एवं सडक विस्तारको क्रम तथा लगानी कर्ताहरुको बढ्दो अभिरुचिसँगै आफ्नो सेवालाई विस्तार गर्न प्राली अग्रसर बनिरहेको अध्यक्ष सापकोटा बताउँछन् ।

प्रालीले प्रधान कार्यालय धनगढी लमा राखी सुदुरपश्चिम प्रदेशलार्ई केन्द्रविन्दु बनाई देशको पूर्व मेचीदेखि पश्चिम महाकालिसम्मका मुख्य तथा सहायक राजमार्गका साथै ग्रामीण कच्ची सडकहरुमा लामो तथा छोटो दुरीका यातायात सेवा प्रदान गरिरहेको छ ।

वातानुकुलित एसी स्तरीय सेवा, माइक्रो बस, भिडियो तथा स्तरिय एवं मध्यम स्तरीय मिनी, द्रुत डांक सेवा, नन् स्टप सेवा लगायत दिवा तथा रात्री सेवा र ग्रामीण कच्ची सडकहरुका लागि स्थानीय सेवाहरु समय सापेक्ष बस तथा जिप सेवा कम्पनीले सञ्चालन गरेर यात्रुलाई निरन्तर सेवा प्रदान भइरहेको अध्यक्ष सापकोटाले बताए ।

शहरमुखी यातायात सेवा मात्रै संचालन नगरी प्रालिले ग्रामीण भेगदेखी देशको राजधानी सम्म स्तरीय बससेवा संचालन गरिरहेको बताउदै अध्यक्ष सापकोटाले सुदुरका अन्य पहाडी जिल्लाबाट समेत प्रदेश र देशको राजधानी सम्म स्तरीय बससेवा संचालना रहेको बताए ।

प्रालीले काठमाण्डौ लगायत पोखरा, बुटवल, बिराटनगरसम्म स्तरिय सोफा एसी बस सेवा संचालनमा ल्याइसकेको बताउदै अध्यक्ष सापकोटाले निकट भबिस्यमा नै अन्य स्थानहरुमा समेत स्तरिय बस सेवा संचालनमा ल्याइने बताए । “स्तरीय सेवा हाम्रो चाहना, सुरक्षीत यात्रा हाम्रो कामना” भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै प्रालीले आगामी दिनमा अझै स्तरीय सेवा प्रवाह गर्ने लक्ष्य लिएको अध्यक्ष सापकोटाले बताए ।

कक्षा १२ पास गरेकाका लागि दुई वर्षे जनरल नर्सिङ कार्यक्रम ल्याइने

काठमाडौं- सरकारले कक्षा १२ पास गरेका विद्यार्थीहरुले पढ्न पाउने जनरल नर्सिङ कार्यक्रम सुरु गर्ने भएको छ। आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।

उनले स्वास्थ्य क्षेत्रको जनशक्तिको आपूर्ति सुनिश्चित गर्न जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने बताएका हुन् । जनरल नर्सिङ कार्यक्रमको पढाइ अवधि दुई वर्षको हुने बताइएको छ।

एसईई पास गरेपछि पीसीएल नर्सिङ पढ्न पाइने व्यवस्था छ। साथै स्नातकमा ब्याचलर अफ नर्सिङ साइन्स (बीएनएस) ३  र  चारवर्षे बिएसी नर्सिङ कार्यक्रम सञ्चालनमा छ ।

सिकिस्त भएपछि कुवेतबाट उद्धारको माग गर्दै मल्ल

बाजुरा, वैशाख १९ गते । बाजुराको पूर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नं –४ फैतीकी मनपुरा मल्लले कुवेतबाट नेपालमा उद्धार गरिदिन विभिन्न सहयोगी मनहरूमा आग्रह गर्दै आएकी छन् ।

२०८० साल तिर धन कमाउन भन्दै कुवेत उडेकी मल्ल त्यहाँ पुगेको दुई वर्षपछि बिरामले थला परेपछि अहिले उहाँले सामाजिक सञ्जालमार्फत कुवेतदेखि नेपालमा उद्धारको माग गर्दै आएकी हुन।

बिरामीले थला परेको दुई महिना भयो । उपचारका लागि यहाँ मेरो आफन्त कोही नभएकोले मलाई कुवेतबाट नेपाल उद्धार गरिदिनका लागि सबैमा आग्रह गर्दै आएको हिमाली गाउँपालिका वडा नं –४ की फैतीकी हात कुवेतमा बिरामी भएर थलापरेकी मनपुरा मल्लले बताए ।

उनले भनिन् , “ आफूले कम्पनीको काम छोडेको पनि एक महिना भयो । आफू सँग  न पैसा छ नत कोही सहयोग गर्ने आफन्त नै छ । मैले यो बिरानो देशमा मर्नुभन्दा नेपालमै मर्न चाहाएकोले मलाई यहाँदेखि नेपाल लगिदिन सबैमा आग्रह गरेकी हुँ ।”

मलाई यतादेखि नेपाल लैजानका लागि सबैमा सहयोगको अपेक्षा गर्दै आएको भए पनि अहिलेसम्म कुवेतबाट कसैले मलाई उद्धार नगरेकोले यति बेला मैले सामाजिक सञ्जालबाट नेपाल सरकारलाई उद्धारका लागि आग्रह गर्दै आएकी मल्लले बताए ।

धन कमाएर घरपरिवारलाई खुसी पारौंला भन्ने सोचमा कुवेतमा पुगेकी मल्ललाई अहिले आफ्नै ज्यान जोगाउन निकै सकस भएको छ । उनलाई यतिबेला न त उपचार गर्न  पैसा छ न त नेपालमा फर्काइदिन कम्पनीको सहयोग मिलेको छ ।

त्यसैले कुनै विकल्प नभएपछि यतिबेला उनले सामाजिक सञ्जालमार्फत कुवेतदेखि नेपाल फर्काइदिन सबैमा आग्रह गर्दै आएकी छन् । रहरले नभई बाध्यताले कुवेतमा पुगेकी मल्ल अहिले त्यहाँ जीवन मरणको दोधारमा बाँच्न बाध्य भएकी हुन ।

आफूबाट र आफन्तबाट केही सहयोग नभएकोले उनले अहिले सामाजिक सञ्जालदेखि नेपाल सरकारलाई कुवेतबाट उद्धार गरिदिन आग्रह गर्दै आएकी छन् ।

Elevate Your Experience with Thousands of Titles, Lightning-Fast Payouts & Daily Bonuses at vincispin

Fortune Favors the Bold – Experience Limitless Wins & VIP Treatment with vincispin, Featuring 5000+ Games & Instant Cashouts.

In the dynamic world of online entertainment, vincispin emerges as a premier destination for players seeking an unparalleled casino experience. Boasting a diverse collection of over 5000 games, convenient deposit options including Visa, Mastercard, Apple Pay, Google Pay, and various cryptocurrencies, and a commitment to swift payouts, vincispin caters to both seasoned gamblers and newcomers alike. With a vibrant selection of slots and live games, engaging missions, exciting tournaments, a rewarding loyalty program, and dedicated 24/7 support, vincispin sets a new standard for online casino gaming.

A Galaxy of Games: Exploring the vincispin Library

The cornerstone of any exceptional online casino is its game selection, and vincispin truly excels in this area. With a portfolio exceeding 5000 titles, players are presented with an almost limitless array of options. From classic slots with timeless appeal to cutting-edge video slots boasting immersive graphics and innovative features, vincispin caters to every preference. Moreover, the extensive collection of live games, including blackjack, roulette, baccarat, and game shows, provides an authentic casino experience from the comfort of your own home. Players searching for the newest releases can be confident they’ll find them here.

Game Category Approximate Number of Games
Slots 3500+
Live Casino 800+
Table Games 400+
Jackpot Games 300+

The Thrill of Live Gaming

Live casino games are a defining feature of the modern online gambling landscape, and vincispin provides a premier selection. These games utilize real-time video streaming to connect players with professional dealers, creating an immersive and interactive experience that closely mimics playing in a brick-and-mortar casino. Whether you prefer the strategic challenge of blackjack, the spinning wheel of roulette, or the elegance of baccarat, vincispin’s live casino offers something for everyone. The human touch adds an element of excitement and realism that enhances the overall gaming experience. Skill and strategy are welcomed alongside luck, creating an environment that appeals to both casual and serious players.

The variety doesn’t stop at the game type. vincispin also hosts several live game shows which are an exhilarating departure from traditional casino games, offering a unique blend of entertainment and potential winnings. It really elevates your gaming enjoyment.

Slot Selection: From Classics to Cutting-Edge

For those who favor spinning the reels, vincispin’s slot library is a true treasure trove. Featuring titles from leading software providers, players can explore a vast spectrum of themes, features, and payout structures. From the timeless charm of fruit machines to the captivating narratives and bonus rounds found in modern video slots, vincispin has a slot to suit every taste. Many slots offer progressive jackpots, giving players the chance to win life-altering sums of money with a single spin. vincispin assures a fantastic experience for all slot enthusiasts.

Seamless Deposits and Rapid Withdrawals

Managing your funds should be effortless, and vincispin prioritizes convenience and security in this regard. The casino supports a wide range of deposit options, including major credit and debit cards (Visa, Mastercard), popular digital wallets (Apple Pay, Google Pay), and, increasingly, various cryptocurrencies. This flexibility allows players to fund their accounts quickly and easily, regardless of their preferred payment method. Furthermore, vincispin is known for its speedy withdrawal processing times, ensuring that players can access their winnings promptly. The combination of flexible deposit options and rapid withdrawals contributes to a smooth and hassle-free gaming experience.

  • Visa/Mastercard: Instant deposits, withdrawals typically processed within 1-3 business days.
  • Apple Pay/Google Pay: Instant deposits, withdrawals processed similarly to credit/debit cards.
  • Cryptocurrencies: Fast and secure transactions, often processed within hours.

Understanding Wagering Requirements

It’s essential to understand wagering requirements when utilizing bonuses or promotions offered by vincispin. Wagering requirements dictate the amount of money you must wager before being able to withdraw any winnings earned from a bonus. Typically expressed as a multiple of the bonus amount (e.g., 30x bonus), these requirements ensure fair play and prevent abuse of promotional offers. Always review the terms and conditions associated with any bonus before claiming it to fully understand the wagering requirements and any other restrictions that may apply. Careful planning will indefinitely improve your success rate.

At vincispin, transparency is key and all terms and conditions are clearly laid out to eliminate confusion. This dedication to clarity builds a stronger relationship between the casino and its player base.

The Convenience of Cryptocurrency Deposits

Embracing modern payment solutions, vincispin allows players to deposit and withdraw funds using a variety of cryptocurrencies. Cryptocurrencies like Bitcoin, Ethereum, and Litecoin offer several advantages, including increased security, faster transaction times, and lower fees compared to traditional banking methods. Utilizing cryptocurrency provides an additional layer of privacy for players, as transactions are not directly linked to personal banking information. vincispin’s acceptance of cryptocurrencies signals a commitment to innovation and meeting the evolving needs of its player base. It’s the smart option for those in the know, and it offers many advantages above classic methods.

Rewards and VIP Treatment

vincispin recognizes and rewards its loyal players through a comprehensive VIP program. As players accumulate points by wagering on games, they progress through various tiers, unlocking increasingly valuable benefits. These benefits can include personalized bonuses, higher withdrawal limits, dedicated account managers, exclusive invitations to events, and even cashback rewards. The VIP program is designed to enhance the gaming experience and show appreciation for the players’ continued patronage. The goal is to nurture a long-term relationship built on mutual trust and reciprocity. It’s a continuous cycle of rewards where your loyalty is acknowledged and appreciated.

  1. Bronze Tier: Basic benefits, including welcome bonus and access to exclusive promotions.
  2. Silver Tier: Increased bonus offers and a slightly higher withdrawal limit.
  3. Gold Tier: Personalized bonuses, dedicated account manager, and higher withdrawal limits.
  4. Platinum Tier: Exclusive invitations to events, enhanced cashback rewards, and priority support.
  5. Diamond Tier: The highest level of VIP treatment, with the most generous benefits and personalized service.

Navigating the Missions and Tournaments

vincispin amplifies the excitement with regular missions and tournaments. Missions present players with specific tasks to complete, offering rewards upon successful completion. These missions add an extra layer of engagement to the gaming experience, encouraging players to explore different games and features. Tournaments pit players against each other in a competitive environment, where they can vie for leaderboard positions and significant prize pools, the dynamic events on vincispin provide a compelling incentive to keep playing and pushing for bigger wins.

These create a vibrant community where players can test their skills and compete for glory. It’s a fun and engaging format for players to enjoy some friendly rivalry.

The “Wheel of Fortune” – A Spin of Luck

Adding an unpredictable element of excitement, vincispin features a “Wheel of Fortune” that players can spin for a chance to win instant prizes. These prizes can range from bonus funds and free spins to physical gifts and even cash rewards. The Wheel of Fortune provides an element of spontaneity and a thrilling opportunity to boost your winnings. The wheel is available at random times and is a delightful addition to vincispin’s already impressive range of promotional offerings. It’s the perfect element of surprise to brighten your day and offer a chance at something extra.

Unwavering Customer Support

vincispin prioritizes player satisfaction, and its dedicated 24/7 customer support team is a testament to this commitment. Whether you have a question about a game, need assistance with a deposit or withdrawal, or encounter a technical issue, the support team is available around the clock to provide prompt and helpful assistance. Players can reach support via live chat, email, or phone, ensuring that help is always within reach. The support team is highly trained, knowledgeable, and dedicated to resolving issues quickly and efficiently. vincispin consistently strives to provide a seamless and stress-free gaming experience for all its players.

Support Channel Availability Response Time
Live Chat 24/7 Instant
Email 24/7 Within 24 hours
Phone 24/7 Minimal wait time

राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकामा खुसी व्यक्त गर्दै दुई देशबीचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने बताए ।

उनले कोप–२९ मा आफ्नो सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे। उपविदेशमन्त्री मामेडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणका कारण दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताउँदै ३० वर्षसम्म कुनै समझदारीपत्रमा हस्ताक्षर हुन नसके पनि अब कुनै न कुनै समझदारीपत्रमा चाँडै हस्ताक्षर हुनेगरी काम भइरहेको जानकारी दिए।

देशमा फेरि राजनीतिक क्रान्ति गर्छौँ : प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि नयाँ क्रान्तिको सुरु गर्न लागेको भन्दै सबै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

बिहीबार एक सय ३६ औँ मे दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्ना मुद्दाहरूमा फेरी एकचोटी शान्तिपूर्ण क्रान्ति गर्न लागेको भन्दै सरकारबाट दमन भएमा दुनियाँका कुनै तागतले रोक्न नसक्ने चेतावनी दिए ।

उनले भने,‘तपाईँहरू राम्रो तयारीमा बस्नुहोस् । हामी छिट्टै अब ठूलो आन्दोलनमार्फत देशमा एउटा नयाँ राजनीतिक क्रान्तिको तयारी गर्नै पर्छ । एकचोटी क्रान्ति गर्ने छौँ । त्यो क्रान्ति शान्तिपूर्ण हुन्छ । तर राज्य र सरकारमा भएकाहरूले यदि शान्तिपूर्ण आन्दोलनलाई बल प्रयोग गर्ने गल्ती गरे भने दमनद्वारा रोक्न खोजे भने त्यहाँ जनताको विद्रोहको अधिकारलाई दुनियाँको कुनै तागतले रोक्न सकेको छैन । नेपालमा पनि सक्दैन ।’

उनले श्रमिक वर्ग इतिहासको निर्माता र समाज विकासको प्रणेता भएको उल्लेख गरे । उनले भने,‘श्रमसँग श्रमिक जोडिएका छन् । हाम्रो विश्वका जे जति प्रगति भएको छ त्यो भौतिक वा अन्य सबैखाले प्राविधिक प्रगति मजदुरहरूको मेहनतको बलमा नै भएको छ । त्यसैले इतिहासको निर्माता र समाज विकासको प्रणेता पनि श्रम र श्रमिकहरू नै हुन् ।’

अध्यक्ष प्रचण्डले नेपालमा श्रमिक वर्गका हितका लागि २००६ सालदेखि निरन्तर आन्दोलन हुँदै आएको र त्यसकै महत्त्वपूर्ण निरन्तरता २०५२ सालमा माओवादी नेतृत्वमा भएको जनयुद्ध रहेको बताए ।

उनले जनयुद्धकै जगमा मजदुर र श्रमजीवी वर्गका हक अधिकार संविधानमा सुनिश्चित गरिएको भए पनि ती अधिकार व्यवहारमा अझै कार्यान्वयन नसकेको हुँदा संविधानमै समीक्षा आवश्यक रहेको धारणा राखे ।

अध्यक्ष प्रचण्डले ठेकेदारी प्रथा, आउटसोर्सिङ र न्यून ज्यालाजस्ता श्रमिक विरोधी प्रवृत्ति नियन्त्रण गर्न नसकिएकोप्रति चिन्ता व्यक्त गरे ।  उनले राम्रो काम गर्दागर्दै बिचौलियाको घरमा मध्यरातमा सेटिङ गरेर सरकारबाट हटाउन बाध्य पारिएको स्मरण गरे ।

सगरमाथाको अर्काे नाम छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको अर्को नाम नरहेको बताएका छन् । सगरमाथालाई माउण्ट एभरेष्ट भनिन्छ । कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथाको अर्को नाम माउन्ट एभरेष्ट नक्कली भएको दाबी गरे ।

‘एभरेष्टसँग माउन्ट एभरेष्टको समगरमाथाको कुनै लिनदिनु छैन, त्यसकारण यो नक्कली नाम हो,’ उनले भने, ‘हामीले सगरमाथा नै भन्नुपर्छ, प्रपर नाउन भनेको अर्को हुँदैन, त्यसैले सगरमाथा इज सगरमाथा ।’

हिमालको चर्चा गर्ने क्रममा प्रधानमन्त्री ओलीले माउन्ट एभरेस्टसँग सगरमाथाको कुनै साइनो नभएको दाबी गरे । ‘माउन्ट एभरेष्ट भनेर सगरमाथाको नाम जसको नाममा राखियो । उनी एउटा ब्रिटिस एभरेष्ट नाम गरेका व्यक्ति हुन् । ती व्यक्तिले सगरमाथा होइन, ल्होत्से चाहिँ अग्लो छ भनेर हिसाब निकालेका थिए,,’ उनले भने, एभरेष्टसँग सगरमाथाको कुनै लिनुदिनु छैन ।’

यथास्थितिमा बजेट अधिवेशन चल्न नदिने प्रतिपक्षीको अडान

धनगढी। विभिन्न माग राख्दै सुदूरपश्चिम प्रदेश सभामा विरोध जनाएको प्रतिपक्षी दलले यथास्थितिमा सभाको छैटौं अर्थात् बजेट अधिवेशन चल्न नदिने अडान लिएका छन्।

प्रतिपक्षीले उठाएको विषयलाई सरकारले सम्बोधन नगरेको भन्दै प्रतिपक्षीले यथास्थितिमा बजेट अधिवेशन चल्न नदिने बताएका हुन।प्रतिपक्षीको अडान यथावत रहेकाले सुदूरपश्चिम प्रदेश सभाको छैटौँ अधिवेशन अन्योल बनेको छ।

सदनमा अवरोध गर्दै आएको प्रतिपक्ष र सरकारबिच अहिलेसम्म कुनै पनि सहमति नभएकाले प्रदेश सभाको अघिल्लो अधिवेशन अन्योल बनेको हो।प्रतिपक्षको अवरोधकाबिच गत चैत २५ गते प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य गरिएको थियो।प्रतिपक्षी दलले सदनमा विरोध जनाउँदै बैठक चल्न नदिएपछि सरकारको सिफारिसमा सूचना प्रकाशित गरेर अधिवेशन अन्त्य गरिएको थियो।

सरकार छलफलबाटै भागेर रातारात प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य गरेको प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० का प्रदेश सभा सदस्य ओमविक्रम भाट ९सरल० को आरोप छ।“मन्त्रीको अडियो काण्डका कारण सरकारको नैतिकतामाथि नै ठुलो प्रश्न खडा भएको छ”, उनले भने,“हामीले उठाएको विषय सम्बोधन नभएसम्म यथास्थितिमै सदन चल्दैन।हाम्रो विरोध यथावत छ ।”

विवादित अडियो काण्डमा मन्त्री चौधरीलाई राजीनामा दिन लगाएर घटनाको वास्तविकता ढाकछोप गर्न खोजिएको प्रतिपक्षको जिकिर छ।अडियो काण्डमा सत्ता घटकका नेतासमेत जोडिएको विषय गम्भीर रहेको भाटले बताए ।उनले संसद् सार्वभौम संस्था रहेकाले संसदीय समिति बनाएर छानबिन गर्नुपर्नेमा जोड दिए।“अरु निकायले पनि छानविन गरिरहेका होलान तर, संसदीय समितिले गरेको छानविन अझ विश्वसनीय हुनेछ”, भाटले भने।

बजेटको बेला आएकाले चाँडै नै सदन सञ्चालन गर्नुपर्ने नैतिक दबाबमा प्रदेश सरकार छ।तर, यथास्थितिमा कुनै हालतमा सदन चल्न नदिने प्रतिपक्षको अडान कायमै रहेको छ।प्रतिपक्षी दलले प्रदेश सरकारले फजुल खर्च घटाउनु पर्ने, सुशासन कायम गर्नुपर्ने लगायतका माग राखेका थिए।यसैगरी, तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको लेनदेन विषय जोडिएको विवादित अडियो काण्डको उच्च स्तरीय संसदीय छानविन समिति गठन गरेर छानविन गर्नु पर्ने माग राखिएको थियो।

प्रदेश सरकारले भने आगामी जेठ पहिलो साताबाटै प्रदेश सभाको अघिल्लो अधिवेशन सञ्चालन हुने दाबी गरेको छ।भारत भ्रमणमा जानू अगाडि पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री कमलबहादुर शाहले जेठ पहिलो साताबाट सदन सञ्चालन हुने बताए।

“सदनप्रति हामी सबै उत्तरदायी बन्नु पर्छ”, उनले थपे,“प्रतिपक्षी दलहरुले पनि चाँडै सदन सञ्चालन होस भन्ने चाहेका छन्।सदन सञ्चालनमा प्रतिपक्षीले सहयोग गर्नै पर्छ ।”

चालु आर्थिक वर्ष अबको दुई महिनापछि सकिदैँ छ।आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट असार १ गतेभित्रै प्रदेश सभामा प्रस्तुत गरि सक्नू पर्ने कानुनी प्रावधान रहेको छ।

आर्थिक विकास, सुशासन र समृद्धिका लागि ८० को दशक

-देब राज ओझा

आजको समयमा बाँचिरहेका संसारका हरेक मान्छेले सुख, शान्ति, समृद्धि र आनन्दको जीवन जिउने जिजिविषा पालिरहेका हुन्छन । यो भोग हामि नेपालिहरुमा पनि तिक्ष्ण रुपमा व्यापक कुना काप्चासम्म फैलिएको छ, जसका कारण अब नेपालि समाज विगत र कोरा सपनाका नाममा धेरै कुर्ने पक्षमा देखिदैँन । त्यसैले हाम्रा लागि वि.सं. २०८० को दशक आर्थिक विकास, सुशासन र समृद्धिको बलियो आधार बन्न सक्ने थुप्रै सम्भावनाहरु छन् । विशेष गरेर आम युवा जमातले विकासका सबै आयामहरुमा सकारात्मक परिवर्तनको अपेक्षा गहिरो गरि राखेका छन् । विकास हुँदै नभएको पनि होइन्, पहिलाको भन्दा प्राय सबै आयाममा प्रगति भएको छ तर गति निकै सुस्त छ । यसले अहिलेका नवीन आकाङक्षाहरुलाई थेग्न सक्दैन् । अब टालटुले कामचलाउ भाषणले मात्र कोहिँ पर्खन सक्ने अवस्था छैन । यसका लागि सबै राजनीतिक दलहरु, प्रशासनिक निकायहरु तथा आम सरोकारवालाहरु इमान्दार, प्रतिबद्ध, जवाफदेहि, उत्तरदायि र पारदर्शि बन्न अपरिहार्य छ । यो दशक नेपाल देशका लागि समृद्धि र समुन्नतिको आधारशिला बनाउने ठुलो अवसर हाम्रा सामु छ । असिको दशक पार गर्दै गर्दा नेपाल यस्तो देश बनोस् जहाँ समान सपना भएकाहरूको जिजिविषा र आकाङ्क्षा खुला आकाशमा निर्वन्ध उडान भरिरहेको हास् । आशा, भरोसा, विश्वास र अपेक्षाका रङगमञ्चहरू सदैव खुला र स्वतन्त्र बनुन । देशको समग्र राजनीति सुसंस्कृत, सुसंगत, आदर्श र विचारका चक्षुहरूले विनिर्माण भएको होस् । सहअस्तित्व, सहकार्य, समन्वय, सहयोगी भावना, एक अर्का प्रतिको आदर, फरक मत र विचारको सम्मान जस्ता ससाना यावत कुराहरू सहज, सरल र संस्कारयुक्त बनुन । हामिले ससाना कुराहरूलाई सुधार गर्दै जाने हो भने अवश्य पनि असिको दशकमा देशले अपेक्षित सुधारको नयाँ काचुली फेर्नेनै छ । नवीन आशा, भरोसा र अपेक्षाको लामो बाटो यो दशकले तय गरोस् । विशेष गरि तरूण युवा, विद्यार्थी तथा आम नेपालीको सुन्दर सुदुर भविष्य, भरोसा र विश्वासको दशक बन्न सकोस् । सबैमा यो दशक हाम्रो उन्नयनको आधार हो, समृद्धिको आधार हो, सुखको आधार हो र राष्ट्र निर्माणका लागि एकताको आधार हो भन्ने, भावना, चेतना र उर्जा हरेकमा उत्पन्न भएको होस् । राजनीतिक अधिकार, संवैधानिक अधिकार तथा व्यवस्था परिवर्तनका चरणहरु देशले पार गरिसकेको छ । अब असिको दशकलाई सफल, फलदायी र परिणाम मुखि बनाउन मुलत तिनवटा विशिष्टकृत क्षेत्रहरूमा सुधारको टड्कारो घनिभुत छ ।

पहिलो क्षेत्र – शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि,उद्यम, नवप्रवर्तन र पर्यटन

शिक्षा 

सरकारले शिक्षा क्षेत्रलाई अझै पनि प्राथमिकतामा राख्न सकेको छैन कुरा विधितै छ। शिक्षकहरू पटक पटक सडकमा आएर आन्दोलन गरिरहनुपर्ने अवस्था अझै पनि विद्यमान छ। शिक्षा क्षेत्रका अग्रणि नेतृत्वकर्ताका रूपमा चिनिने शिक्षकहरू नै मौजुदा शिक्षा ऎनसँग पुर्ण असहमत देखिन्छन्। यो ऎनले हामिलाई उपेक्षा गर्‍यो, अन्याय गर्‍यो भन्ने आवाज काठमाडौँका सडकमा पछिल्लो केहिदिन देखी चर्को रूपमा उठिरहेको छ। सरकारले यो मुद्दालाई दीर्घकालीन समाधान अविलम्ब दिनु अपरिहार्य छ। खास गरेर शिक्षकहरूको वृतिविकास, सेवा,सुविधा तथा अन्य गैर मौद्रिक सुविधाहरू समयानुकूल बनाउन कुरामा सरकार उदार हुनुपर्छ। तर्जुमामा रहेको शिक्षा ऎनमा विगतमा भएका सहमति सम्झौताहरूलाई यथाशीघ्र सम्बोधन गर्दै शिक्षकहरूलाई शिक्षाको गुणस्तरीयताको सवालमा अधिकारका साथसाथै जिम्मेवारी र कर्तव्यबोधका साथ कार्य क्षेत्रमा फर्किने वातावरण सरकारले अविलम्ब गरोस्। यसको दीर्घकालिन समाधानबाट मात्रै शिक्षा क्षेत्रलाई पुर्णतः गुणस्तरीय, व्यबहारिक, सर्वसुलभ र सबैको समान पहुँचयोग्य बनाउन टेवा पुग्नेछ। ग्रामीण कुना कन्दरा देखि शहरका कम्जोर आर्थिक अवस्था झेलिरहेका छोराछोरीहरूले चाहेको शिक्षा आर्जन गर्नका लागि सरकारको सहजीकरणिय भुमिका रहोस् । नागरिक चेतनाको विकास गराउने तथा चरित्रवान एवम् राष्ट्रका लागि जिम्मेवार र समर्पित भएर लाग्ने नागरिक निर्माण गर्नुमा पनि शिक्षा क्षेत्रको महत्त्वपूर्ण योगदान रहने भएकाले आफ्नो माटो, परिवेश र विश्व बजार सुहाउँदो शिक्षा देशले अंगिकार गरोस् । जसरी अहिले विद्यार्थीहरू बाहिरीरहेका छन् नब्बेको दशक आउदै गर्दा शिक्षा क्षेत्रमा विदेशी विद्यार्थीहरुको उपस्थिति सानदार रहोस् । शैक्षिक क्षेत्रमा कुनैपनी राजनीतिक क्रियाकलाप र हस्तक्षेप पुर्णतः बन्द भएको होस्। गुणस्तरीय शिक्षाको पहुँचबाट मात्रै आम मानिसलाई असल, चरित्रवान्, चेतनशील, स्वतन्त्र, आत्मनिर्भर, मर्यादित र सम्मानित जीवन निर्वाह गर्न प्रेरित गर्ने प्रस्थान बिन्दु नै शिक्षा हो ।

स्वास्थ्य

स्वास्थ्य क्षेत्रमा अहिले थुप्रै सुधारका कामहरु अघि बढेका छन् तापनि आजको समयसम्ममा ऋण नबोकी, घर जग्गा नबेची चन्दा सङ्कलन नगरी आफनै कमाईबाट छोराछोरीलाई पढाउन सक्ने वा जहानको उपचार गर्ने हैसियत सामान्यतया एकाध घर बाहेक कसैसँग पनि त्यो सामथ्र्य छैन । स्वास्थ्य क्षेत्रमा गुणस्तरीयता, सर्वसुलभता, सहजता, पहुँचताको सुनिश्चितता कायम रहेको होस् । पैसाकै अभावमा अकालमै कसैको पनि मृत्युुवरण नहोस् । डा. नवराज केसिको शुन्यको मुल्यमा भनिए झै पैसा सकियो तर सास सकिएनू भन्ने वास्तविकताबाट असिको दशकमा यो देश माथी उठेको होस् । स्वास्थ्य क्षेत्र गर्व गर्न लाएक बनाउन पर्याप्त दक्ष जनशक्ति उत्पादन गरि तिनिहरूको सुरक्षा, आर्थिक सुविधा लगायतका पक्षमा आमूल सुधार भएको होस् । स्वास्थ्य विमा मार्फत सबैलाई सहज, सरल र सुविधायुक्त उपचार प्रणालीको सुनिश्चितता भएको होस् ।

रोजगारी

बेरोजगारी सबैभन्दा ठुलो समस्याका रूपमा विद्यमान छ । बेरोजगारी कारण थुप्रै समस्यहरू निम्तिएका छन् । रोजगारीको समान पहुँच र वातावरण सबैलाई प्राप्त हुने अवसर बनोस । कसैले पनि भनसुन, नातागोता र शक्तिका आडमा भन्दापनी आफ्नो दक्षता र क्षमताको प्रतिस्पर्धाबाट रोजगारीको उपलब्धतामा सहभागी बन्ने अवसरको सुनिश्चितता चाहिएको छ । दशक ढल्कदै गर्दा रोजगारीका विभिन्न विकल्पहरूको उपलब्धता सहज बन्दै जाउन । जस्तो कि पढ्दै र सिक्दै, आर्टिकलसिप, पार्ट टाइम, आवर्र्ली वेसिस, शिक्षा सँगसँगै जिविकोपार्जनका आधारहरु खडा गर्न सकिनेछ । नब्बेको दशक टेक्दै गर्दा कोहि पनि देश बाहिर जाने अहिलेको जुन बाध्यात्मिक परिस्थिति छ, त्यसबाट मुक्त भइ यहीँ देशमा मेरो भविष्य र भाग्य सुरक्षित छ भन्ने आम युवा भावना जागृत भएको होस् । सम्मानित र मर्यादित रोजगारीको सुनिश्चितता असिको दशकले बोक्न सकोस् ।

कृषि, उद्यम तथा नवप्रवर्तन

कृषि तथा उद्यम पेशा सबैभन्दा सम्मानको पेशा बनाउनु अपरिहार्य छ । आज पनि देशको कुल जनसंख्याको ६२ प्रतिशत नागरिक कृषि पेशामा आवद्य छन् । कृषि क्षेत्रमा पर्याप्त सिचाई सुविधा, मल, बिऊ, विमा, अनुदान प्रदान गर्दै उत्पादित वस्तु तथा सेवाको उचित मूल्य, बजार व्यवस्थापन, वितरणजस्ता समग्र पक्षहरूलाई प्रणालीगत प्रकृयाको सरलिकरण, प्रवद्र्धन गर्दै कृषि, तथा उद्यम विकासको दशक बनोस् । परम्परागत तथा घरेलु ज्ञान्, सिप र अनुभवलाई नवीन प्रविधिसँग जोड्दै इलम, उद्यम तथा नवप्रवर्तनलाई सबैभन्दा आकर्षकको पेशा तथा व्यवसायको रूपमा स्तरोन्नति भएको दशक बनोस् । कृषिलाई जीवन निर्वाह भन्दा पर व्यवसायिक र आर्थिक उपार्जनको सशक्त आकर्षक पेशाको रूपमा रूपान्तरण होस् । नेपालिहरूले बाहिर सिकेको सीप, ज्ञान्, अनुभव र दक्षतालाई अधिकतम प्रयोग गर्ने गरि देशको कृषि, उद्यम तथा नवप्रवर्तन क्षेत्रलाई सबैभन्दा आकर्षक पेशाको दशक बनोस् । सामुहिक खेती प्रवद्र्धन, बाझो जमिनको भुउपभोग नीति अवलम्बन गर्दै कृषिमा समग्र देश आत्मनिर्भर भएको दशक बनोस् ।

पर्यटन

नेपाल पर्यटन रोजाईका लागि सर्वाधिक आकर्षकको गन्तव्य रूपमा चिनिदैँ आएको छ । असिको दशकमा हाम्रो पर्यटन क्षेत्रमा पर्याप्त पुर्वाधारको विकास, सुरक्षित सहज पर्यटन यात्रा, गुणस्तरीय होटल, आवास र स्थानीय परम्परा तथा संस्कृतिसँग जोडेर भव्य, सव्य र पर्यटनमैत्री नेपाल बनोस् । पर्यटन व्यवसायलाई हाम्रो स्थानिय पहिचानसँग जोडि नविन रोजगारिका अवसर तथा विदेशी मुद्रा आर्जनका लागि पर्यटन क्षेत्रमा दिगोपना कायम रहोस् । नयाँ नयाँ पर्यटन क्षेत्रको पहिचान गरि आगन्तुक आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पर्यटकीय क्षेत्रमा सरल, सहज, आरामदायी र सुन्दर अथिती सत्कारको संस्कार निर्माण होस् ।

दोस्रो क्षेत्र – आर्थिक अनुशासन, सार्वजनिक क्षेत्र व्यवस्थापन, सार्वजनिक वित्त व्यवस्थापन, दिगो विकास, जलवायु परिवर्तन तथा हरित उर्जा

आर्थिक अनुशासन

कुनै पनि देशको समृद्धिको पहिलो आधार भनेको आर्थिक अनुशासन हो । आर्थिक अनुशासनको परिधिभित्र रहेका देशहरूले आर्थिक विकास तथा आर्थिक वृद्धि मार्फत समृद्धिको लक्ष्य हासिल गरेका छन्। हामी जस्तो अति कम विकसित भएको राष्ट्रले आर्थिक अनुशासन तथा पारदर्शिताको पक्षलाई दृढतापुर्वक अवलम्बन गरि असिको दशक आर्थिक वृद्धि, आर्थिक बिकास, आशा, भरोसा र विश्वासको दशक बनोस् । कुनैपनी विकास र समृद्धिको पहिलो आधार आर्थिक बन्दोबस्त भएकोले नै उपलब्ध आर्थिक साधन स्रोतको विवेकपुर्ण परिचालन गर्ने परिपाटी बनोस् । आन्तरिक तथा बाह्र अर्थतन्त्रलाई सन्तुलनमा राख्दै समग्र मौद्रिक तथा वित्तीय क्षेत्रमा स्थायित्व कामय रहोस् ।

सार्वजनिक क्षेत्र व्यवस्थापन

नेपालमा सार्वजनिक क्षेत्रहरू एक किसिमले अस्तव्यस्त ढिलासुस्ती अवस्थामा छन् । जस्तो कि सार्वजनिक यातायात, मालपोत कार्यालय, अड्डा अदालत, राजस्व कार्यालय लगायत थुप्रै क्षेत्रहरूमा आर्थिक हिनामिना तथा अपचलनका घटनाहरु दिनहु घटिरहेका सुनिन्छन् तरपनि सम्बन्धित सरकारी निकायहरुले पर्याप्त नियन्त्रका कार्यहरु नगरेको जनगुनासो व्याप्त छ । हाम्रा बनेका कतिपय सार्वजनिक संरचनाहरु अहिले पनि नकाम अवस्थामा व्यवारिसे छन् । असिको दशकमा नागरिकहरुको आकाक्षांको प्राथमिकिकरण अनुसार

सार्वजनिक क्षेत्र

व्यवस्थित, सर्वसुलभ, पारदर्र्शी, सहज, सरल, मितव्ययी, गुणस्तरीयतामा सुनिश्चिता बनोस् । विकसित देशमा सार्वजनिक यातायात तथा थुप्रै सार्वजनिक सेवाहरूको गुणस्तरीयता तथा सहजता र प्रणालीगत प्रवद्र्धनमा ठूलो फट्को मारेका छन् । सार्वजनिक क्षेत्रमा आम भुइँ मान्छेहरू जोडिएका हुन्छन्। हाम्रो जस्तो गाउँ नै गाउँले भरिएको देशमा सामान्य बाटोघाटो, झोलुङ्गे पुल समेत सुविधायुक्त छैन् । बर्सेनि तुइनबाट आवतजावत गर्दा थुप्रै मान्छेले ज्यान गुमाईरहेका खबरहरु आउछन् । असिको दशक सार्वजनिक क्षेत्र आम भुइँ मान्छेहरुका जीवनसँग प्रत्यक्ष रुपमा जोडिन सकोस् ।

सार्वजनिक वित्त व्यवस्थापन

सार्वजनिक वित्त व्यवस्थापनको कौशलता नेपाल जस्तो अति कम विकासित मुलुकका लागि धेरै महत्वपूर्ण छ । देश बिकासका निम्ति आवश्यक पर्ने वित्तीय स्रोत साधनको जोहो, सोको परिचालन र व्यवस्थापनको सहि प्रयोग भयो भने मात्रै देशले विकासको गति पक्रिन सक्दछ । असिको दशक वित्दै गर्दा हाम्रो आयात तथा उपभोगमुखी राजस्वको स्रोतलाई आन्तरिक उत्पादन तथा औद्योगिकरणका चक्रहरूमा प्रवेश गरि वित्तीय स्रोतको दरिला, भरपर्दो र दिगो वित्त व्यवस्थापनका लागि स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको बाटो यो दशकले समात्न सकोस् । हाम्रो जस्तो अति कम विकसित देशलाई आन्तरिक साधन स्रोतले नधान्ने भएकोले देशको सर्वोत्तम हितलाई प्रधानता दिई मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय संघ, संस्था र नियोगहरूसँग सौहार्दपुर्ण मझबुत आर्थिक तथा व्यवसायिक कुटनैतिक सम्बन्ध मार्फत बढिभन्दा बढी मौद्रिक तथा गैर मौद्रिक र प्राविधिक लगानी सहायता जस्ता कार्यहरुको अधिक प्रयासको दशक बनोस् ।

दिगो विकास

विकास केवल भौतिक संरचनाको निर्माण मात्रै कदापी होइन, विकास त्यो हो जसले समाजमा सकारात्मक परिवर्तन ल्याउदछ र आम मानिसको जीवन स्तरलाई सम्मानित रूपमा जिउन सक्ने सामथ्र्य दिन्छ । दीर्घकालीन सोच तथा योजना अनुरूप आवधिक योजना, आवधिक योजना अनुरूप मध्यमकालीन खर्च संरचना तयार गर्नुपर्ने र मध्यमकालीन खर्च संरचनाअनुरूप वार्षिक विकास कार्यक्रम तर्जुमा गर्नु आजको दशकको अपरिहार्यता हो । वार्षिक योजना कार्यक्रमले बजेट कार्यान्वयन तथा तिनको निरन्तर प्रभावकारि सञ्चालन, व्यवस्थापन, अनुगमन र मुल्याङ्कबाट निर्दिष्ट अपेक्षित लक्ष्यहरु हासिल गर्न सहयोग पुग्दछ । दिगो विकासको खाका तथा योजना तर्जुमा गर्दा कम्तिमा पनि ५०/१०० वर्ष सम्मका लागि भोतिक संरचनाहरुको अवधारणको दशक बनोस् । दिगो विकासका उद्देश्य तथा लक्ष्य प्राप्त गर्न मानवीय न्युनतम आधारभूत आवश्यकता र आकाङ्क्षासँग एकाकार भई आर्थिक विकास, सम्मुनत तथा समृद्धिको दशक बनोस् ।

जलवायु परिवर्तन तथा हरित उर्जा

२१औं शताब्दिमा विश्वभर जलवायु परिवर्तन प्रथम तथा प्रमुख उदयिमान समस्याको रुपमा आएको छ । मुख्यत हिमालय पर्वतमालाहरु हिँउ विहिन सुख्खा खण्डहरमा परिणत हुदैँ गईरहोका छन् । आज जलवायु परिवर्तन विकराल समस्याका रूपमा दर्ज छ । जलवायु परिवर्तनको मारले अति कम आय स्तर भएका तथा हिमालय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले ठूलो क्षती व्यहोरिरहेका छन् । यसको प्रत्यक्ष मार नेपालले सबैभन्दा बढि खेपिरहेको छ । हिऊँले ढाकेका हिमालहरू रित्तिदै जानु, पानिका मुल सुक्ने, सुख्खा पना बढ्दै जानू, अधिक कार्बन उत्सर्जन, प्राकृतिक विपत्ति, प्रकोप र बाढि पहिरो जस्ता घटनाहरु दिनानुदिन बढ्दो क्रममा छन् । हिमालयहरूको संरक्षण गर्नका लागि नेपाले अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर आवाज बुलन्द गरिरहनु पर्नेछ । असिको दशकसँगसँगै जलवायु परिवर्तनबाट परेको प्रभावलाई कम गर्दै हरित व्यवसायिक उत्पादन, उपभोग, वितरण तथा सफा उर्जाका क्षेत्रमा अधिक वातावरणमैत्रि व्यवसायिक लगानि प्रवद्र्धन गर्दै हरित अर्थतन्त्रको दशक बनोस् ।

तेस्रो क्षेत्र – प्रवृत्ति, पद्धति, प्रणाली, प्रविधि,  कानुनी शासन, राजनीति, राष्ट्रियता, विदेश नीति,सामाजिक सुरक्षा तथा न्याय

प्रवृत्ति, पद्धति, प्रणाली

हाम्रो आम प्रवृत्ति बेहिसाबले चलिराखेको छ ।  खासमा भन्नू पर्दा प्रवृत्ति, पद्धति र प्रणालीको सुधार तथा सञ्चालनमा हामी पुरापुर कम्जोर बन्दै गएका छौँ । अहिलेको प्रवृत्ति यस्तो सम्म छ कि हर मान्छे सकारात्मक भन्दा पनि नकारात्मकता तिर बढी ढल्केको छ । परिणाममा भन्दा पनि ब्ततभलतष्यल क्भभपष्लन वा स्टन्टबाजमा नेपाली समाज रूमल्लिरहेको छ । सत्यलाई बुलन्दित गर्नु भन्दा पनि विक्ने के भन्नेमा हामि पस्दै गईरहेका छौँ । आशा, अपेक्षा र भरोसाका बाटाहरू सबै अन्योलताको अवस्थामा  छन् । कार्यशैली, कार्यव्यबहार र जवाफदेहितामा पद्धति र प्रणालीसँग एकाकार हुन सकेका छैंनौँ । समग्रमा हाम्रा व्यक्तिगत, सामुहिक तथा संस्थागत आचरणहरू, कार्यगत व्यबहारहरूमा व्यापक सुधार र परिमार्जन गर्दै असिको दशक सुहाउँदो संस्कार, पद्धति र प्रणाली अवलम्वन गरियोस् जस्तो कि सबै समयमा प्रणालीले काम गर्छ भन्ने भनाईसँग चरितार्थ होस् ।

प्रविधि

आजको युगलाई प्रविधिले नेतृत्व गरिरहेको छ । जुन देशले नवीन प्रविधिको प्रयोग, सञ्चालन, व्यवस्थापन प्रवद्र्धन र लगानी गर्छ उही देशले नै विकास तथा समृद्धिमा प्रगती गर्ने हो । तसर्थ असिको दशक ढल्कदै गर्दा हाम्रा सार्वजनिक, निजि, साझेदारी, आर्थिक तथा मौद्रिक र राजस्व लगाय समग्र क्षेत्रहरूमा पुर्ण डिजिटाइजेसन गर्ने दशक बनोस् । प्रविधिको प्रयोगले लागत, समय, पारदर्शिता र वातावरणमा सकारात्मक भुमिका निर्वाह गर्दछ । प्रविधिको प्रयोग सँगसँगै विभिन्न प्रकारका जोखिमहरु सिर्जना हुने हुनाले सम्भावित जोखिम व्यवस्थापन र नियन्त्रका कामहरु गर्नु पनि उत्तिकै आवश्यक छ ।

कानुनी शासन

देशको शासकिय ढाँचा अनुरुप राज्य सञ्चालन, व्यवस्थापन र शक्ति सन्तुलनका लागि कानुनी शासन अपरिहार्य मानिन्छ । कानुनको अक्षरस अनुपालना तथा समान कानुनी व्यबहार नै विकास, समृद्धि र शान्ती अमनचयनको मुल आधार हो । कानुन सबैका लागि बराबरी हो भन्ने सिद्धान्तलाई व्यबहारमा लागू गर्नु हामि सबैको उत्तिकै जिम्मेवारि र दायित्व हो । अरू संयन्त्रको जति कम्जोर उपस्थिति छ हाम्रो न्याय निरुपण प्रणालीको कार्यसम्पादन प्रकृयामा ढिलासुस्तिको अवस्था आज पनि विद्यमान छ । न्यायीक फैसलामा हुने ढिलासुस्ति, फेरबदल तथा न्यायीक कार्यसम्पादन प्रक्रियामा हुने सबै राजनीतिक तथा लेनदेनको हस्तक्षेपबाट मुक्त भइ असिको दशकमा न्यायिक सिद्धान्तको मुल मर्म, धर्म र मान्यता अनुसार हाम्रो सुदृढ न्याय प्रणाली तथा सबल र सक्षम कानुनी शासन स्थापित होस् ।

राजनीति

सबै नीतिको मुल नीति राजनीति भएकाले यो सबैभन्दा अब्बल, संस्कारयुक्त, विचारमा जीवन, आदर्शयुक्त, आड भरोसायुक्त र  सुदुर सुन्दर भविष्ययुक्त हुन सकोस् । राजनीति चाहिन्छ तर सबैतिर चाहिदैँन भन्ने ज्ञान् राजनीतिक दल, नेता तथा कार्यकर्ता सबैमा सुसूचित होस् । जब देशमा राजनीति सङ्लो हुदैँन अनि  नीतिगत अस्थिरता, भ्रष्टाचार, व्यापक निरासा, अन्योलता र सबैतिर असहज परिस्थिति निर्माण हुन जान्छ परिणामस्वरुप देश तन्नम अवस्थामा नै रुमल्लिरहेको हुन्छ । नेपालमा बनेका प्रत्येक गठबन्धनका प्रधानमन्त्रीहरूले, मन्त्रीहरूले, सत्तारूढ दलका नेता तथा कार्यकर्ताहरूले प्रत्येक दिन एक पटक सरकार टिक्छ भन्नुपर्ने अवस्था नेपाली राजनीतिमा अहिलेसम्म विद्यमान छ। समयसापेक्ष राजनीति, राजनीतिक संस्कार र प्रवृतिमा व्यापक सुधार सहितको परिमार्जित आवश्यकता यो दशकको हो । राजनीतिक भाषामा भन्ने हो भने हाम्रो राजनीति मुलतः मनि म्याटर्स, प्याट्रनेज पोलिटिक्स र डग लोयल्टीमा फसेको छ । असिको दशकमा सबै राजनीतिक कर्मिहरु यस्ता आलोच्य कुराहरूबाट माथि उठेको होस् । देशको राजनीति जमीन, जीवन र भुइ मान्छेका अभिलाषासँग जोडिएको होस् । देशको समग्र क्षेत्रलाई राजनीतिले प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारेको हुन्छ । देश तथा समाजलाई परिवर्तन, विकास र समृद्धिकोे प्रक्रियामा जोड्ने कार्य राजनीतिले गरेको हुन्छ । जुन समाज वा देशका मानिसको शैक्षिक विकास अवस्था कमजोर हुन्छ, त्यहाँको राजनीति पनि पिछडिएको र गएगुज्रेको हुन्छ । किताब पढ्दैमा व्यक्ति शिक्षित हुँदैन । उसँग चेतना हुनुपर्छ, विवेक हुनुपर्छ । नेपाली समाजमा जुन किसिमको शिक्षा विकास छ, राजनीतिक संस्कार पनि त्यस्तै खालको छ । राजनीतिक चेतना फैलाउन शिक्षा प्रभावकारी हुनुपर्छ । शिक्षाले राजनीतिलाई नयाँ परिपाटी विकास गर्न, राजनीतिलाई सफा बनाउन र राजनीतिक संस्कार विकास गर्न सघाँउछ । यो दशकको उत्तरार्धमा राजनीतिक, सामाजिक तथा आर्थिक विकृति र निरासाको आहालबाट यो देश माथी उठोस् ।

राष्ट्रियता तथा विदेश नीति

राष्ट्रियता केवल भुगोल मात्र होईन । विपिले एक ठाँउमा भनृका छन् राष्ट्रियताको कुनै सिमा नै हुँदैन यो त मानिसको भावनामा समेटिएको हुन्छ, चाहे त्यो देश भित्र होस् या सुदुर समुन्द्र पारिको देश । जो जहाँ भएपनी नेपाल देशको कल्याणका निम्ति सबैले सक्दो असल कर्म गर्ने र समान आकाङ्क्षाको, सपनाको भावनाको एकीकृत स्वरूप नै राष्ट्रियता हो । विविधताको सम्मान, सहअस्तित्वको स्वीकार, समान पहुँचले राष्ट्रियताको अभिवृद्धि तथा सुदृढीकरण गर्दछ । विदेश नीतिमा हाम्रो समान र स्थिर धारणा कामय राख्न सकियोस् । असिको दशकले विदेश नीतिमा देशको सर्वोत्कृष्ट हित अनुकुल छिमेकी तथा अरू मित्र राष्ट्रहरूसँग आर्थिक, सामाजिक साँस्कृतिक, प्रविधि, वातावरणिय तथा नवप्रवर्तन क्षेत्रमा सौहार्द र विश्वासनिय कुटनैतिक सम्बन्ध कायम गर्दै देश भित्र लगानी, पर्यटन, प्रविधि लगायतका पक्षहरूको प्रवद्र्धन भएको दशक बनोस् ।

सामाजिक सुरक्षा तथा न्याय

सामाजिक सुरक्षा तथा न्याय हाम्रो जस्तो विविधता भएको समाजमा बढी सान्दर्भिक छ । दबिएका, पछाडि परेका, कम्जोर आर्थिक हैसियत भएका, एकल व्यक्ति, विपन्न, लोपोन्मुख, राज्यको सेवा, सुविधा र अवसरबाट बञ्चितिकरणमा परेकाहरूको उत्थान, उन्नयन, संरक्षण र प्रवद्र्धन गर्दै राज्यका संयन्त्रहरूमा सहभागिता भएको होस् । सामाजिक न्याय सम्पादन प्राथमिकताका आधारमा शिघ्र, सरल, सहज पहुँच सबैको समान होस् । न्यायीक हकको उपेक्षामा कोहि पनि नपरून ।

अन्त्यमा, असिको दशकबाट नब्बेको दशकमा टिक्दै गर्दा यो देश सपनाको, आशाको, अपेक्षाको र भरोसाको देश बनोस् । सहअस्तित्व, सहकार्य, सहयोग, समन्वय, सदाचार, समभाव, समानता, सामुहिकता, जनताको सहभागिता तथा लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शको चक्षुबाट चलेको होस् । यो देश हाम्रो हो हामिले बनाउनु पर्छ, यो जिम्मेवारी हाम्रो काँधमा छ भन्ने सकारात्मक भावाना सबैमा जागृत भएको होस् । हरेक मान्छे असल, अनुशासित, उच्च नैतिक मुल्य, मान्यता, चरित्रवान् तथा आदर्शको प्रेरितले ढाकिएको होस् । हरेकले गर्ने कर्ममा इमानदारीता, लगनशिलता, कर्तव्यबोध र जवाफदेहीताको संस्कार निर्माण भएको होस् । अहंकार, अज्ञानता, अहमता र घमण्डको तापबाट नम्रता, शिष्टता, उदारता, शालीनता र धैर्यताका मणिहरूले घेरिएको होस् । व्यक्तिगत हितको लागि मात्र नभएर सामुहिक कल्याणका लागि आफ्नो कर्म, विवेक र चेतनाका पाइलाहारू अघि सरिरहुन ।

देश विकासको मुल आधार भनेको मानव जनशक्ति नै हो । हाम्रा विचारहरू, कर्महरू, चेतता, ज्ञान्, दृढसंकल्प, अनुशासन, इमानदारीता, शिक्षा र सकारात्मक आकाङ्क्षाको सामुहिक एकताको आधार नै देशको बिकास तथा समृद्धिको आधार हो । असिको दशक समग्रमा जमिन, जीवन र जिजिविषासँग जोडिन सकोस् । हामि जो जहाँ जहाँ छौँ, जुन जुन ओहदामा, पेशामा छौँ वा जहाँसुकै भएपनि हामिले सम्पादन गर्ने कर्ममा इमान्दारीता, जवाफदेहीता र कर्तव्यबोधबाट आगनमा प्रयत्नशील रह्यौ भने असिको दशक पक्कै पनि हाम्रा लागि सुन्दर सुदुर भविष्यको आशा, अपेक्षा र भरोसाको दशक बन्ने छ ।

 

पाकिस्तानी विमानलाई भारतीय हवाई क्षेत्र बन्द

नयाँदिल्ली । पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावका बीच भारतले बुधबार जवाफी कारबाही गर्दै पाकिस्तानी विमानका लागि आफ्नो ‘एयरस्पेस’ हवाई क्षेत्र बन्द गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यो बन्द १ मेदेखि २३ मेसम्म लागू हुनेछ । यस सम्बन्धमा बुधबार साँझ एयरपोट्र्स अथोरिटी अफ इण्डिया ९एएआई० ले एक नोटम ९नोटिस टू एयरमेन० जारी गरेको छ ।

यो बन्द पाकिस्तानमा पञ्जिकृत विमान, पाकिस्तानी एयरलाइन्स र अपरेटरका तर्फबाट चल्ने, यसको स्वामित्व, या भाडामा दिइएका विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गर्न पाउने छैनन् । यो प्रतिबन्द पाकिस्तानी सैन्य विमानमा पनि लागू हुने एक वरिष्ठ सरकारी अधिकारीले पीटीआईसँग भनेका छन् ।

भारत र पाकिस्तानबीच सिधा उडान छैन । पाकिस्तानी एयरलाइन्स सिंगापुर, मलेशिया र अन्य पूर्वी एशियाली देशमा आफ्नो उडानका लागि भारतीय हवाई क्षेत्रको प्रयोग गर्छन् । २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणपछि पाकिस्तानविरुद्ध भारतले २३ अप्रिलमा कयौं कदम उठाएको थियो । यसमा सिन्धु जल सम्झौता निलम्बित, अटारीमा एक मात्र सञ्चालनमा रहेको क्रसिङ बोर्डर बन्द र राजनीतिक सम्बन्धलाई कम गरिएको थियो ।

यसको जवाफमा पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्दै तेस्रो देशमार्फत् भारतसँगको सबै व्यापार सम्बन्ध निलम्बित गरेको थियो । सिन्धु जल सम्झौतालाई लिएर पाकिस्तानले यदि पानी रोकियो भने त्यसलाई युद्धको सुरुवात मानिने चेतावनी दिएको छ ।

 

ध्वनीको गतिभन्दा तीव्र थियो म्यानमारको भूकम्प

 काठमाडौं। गत मार्च २८ को दिन आएको ७।७ म्याग्नेच्युडको विनाशकारी भूकम्पले म्यानमारमा ठूलो क्षति पुर्‍याएको थियो ।

पृथ्वीकै सबैभन्दा ठूलो मध्येको एक भौगर्भिक फल्टमा टुट्दा गएको उक्त भूकम्पका कारण म्यानमार तथा थाइल्याण्डमा उल्लेख्य भौतिक तथा मानवीय क्षति भयो। उक्त भूइँचालोमा परेर ५ हजार भन्दा धेरै मानिसहरुले ज्यान गुमाए । भूकम्पको केन्द्र चाहीँ म्यानमारको मन्डले नजिकै थियो ।

उक्त भूकम्पको प्रकार तथा भौतिक संरचनामा क्षति पूराउने तिव्र कम्पनका बारेमा वैज्ञानिकहरुले केही अनौठा तथ्यहरु सार्वजनिक गरेका छन् ।

४ सय किलोमिटर लामो दरार

वास्तवमा म्यानमार भूकम्पीय रुपमा सक्रिय क्षेत्रमा पर्दछ । त्यहाँ भारतीय र युरेसियन प्लेटहरु आपसमा ठोक्किन्छन् ।

सेस्मोलोजिकल सोसाइटी अफ अमेरिकाको वार्षिक बैठकमा अमेरिकन जियोलोजिकल सर्भेका भूकम्प वैज्ञानिक सुसास हफले प्रस्तुत गरेको तथ्य अनुसार उक्त म्यानमार भूकम्पले सागांग फल्टको ४ सय किलोटिमर भन्दा धेरै भागलार्य तोडिदिएको थियो । यो प्रमुख स्ट्राइक स्लिप फल्टलाइन म्यानमारको मध्य भाग हुँदै गुज्रिएको छ ।

अमेरिकी जियोलोजिकल सर्भेका शोधकर्ता नादिन रिटम्यानका अनुसार सो दरार विश्वको सबैभन्दा ठूलो सतही दरारमध्ये एक हो । सागांग फल्टले अघिल्लो सताब्दीमा ६ म्याग्नेच्युड र त्यसभन्दा ठूला कैयन् भूकम्पहरु पैदा गरेको थियो । तर सन् १८३९ पछि पहिलोपटक ७ म्याग्नेच्युड भन्दा ठूलो भूकम्प गएको हो ।

जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीका झिगांग पेंगका अनुसार उक्त दरार सुरुवातमा सुस्त गतिमा अघि बढेको भएपनि पछि चाहीँ यो ध्वनीको गतिभन्दा पनि तिव्र गतिमा फाट्यो । उनका अनुसार म्यानमार भूकम्प पछि थाइल्याण्ड तथा चीनको युनान र ग्वांगडोन प्रान्तमा भूकम्पीय गतिविधिमा उल्लेख्य वृद्धि देखिएको छ ।

 

खोज्नुहोस