मुस्लिम समुदायमा सशक्तीकरण आवश्यक : प्रदेश प्रमुख मियाँ

कैलाली: सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायको सशक्तीकरण अपरिहार्य रहेको बताएका छन्। धनगढीमा आयोजित मुस्लिम जागरण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले संविधान जारीपछि मुस्लिम समुदायले महत्त्वपूर्ण अधिकार प्राप्त गरेको बताए। उनले अब ती अधिकारलाई संस्थागत गर्दै समुदायको जीवनस्तर उकास्न आवश्यक रहेको धारणा व्यक्त गरे।

नेपाल बहु९धार्मिक, बहु९जातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सबै समुदायबीच पारस्परिक सम्मान र सद्भाव आवश्यक रहेको पनि प्रदेश प्रमुख मियाँले उल्लेख गरे। कार्यक्रम धनगढी–१ स्थित धर्मोदय सभा शाखाको बुद्ध विहारमा सम्पन्न भएको हो। कार्यक्रममा मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले मुस्लिम समुदायमा देखिएका समस्या समाधान गर्न आयोग प्रतिबद्ध रहेको बताए।

नुरी जामे मस्जिद सङ्घ अध्यक्ष डा।मेराज आलम अन्सारीले आर्थिक, सामाजिक र सांस्कृतिक सशक्तीकरणमा जोड दिनुपर्ने बताए। महिलाको नेतृत्व विकास र समावेशी नीति आवश्यक रहेको उनको भनाइ थियो। कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालले बौद्ध विहारमा मुस्लिम समुदायको कार्यक्रम आयोजना हुनु धार्मिक सहिष्णुताको उत्कृष्ट उदाहरण भएको बताए।

अर्का वक्ता मस्कुर अहमदले मुस्लिम समुदायमा शिक्षाको गुणस्तर सुधार गर्नु आजको आवश्यकता भएको बताए। कार्यक्रमका सहभागीहरूले मदरसाको स्तरोन्नति, मुस्लिम नागरिकताको समस्या, शिक्षा तथा स्वास्थ्यमा पहुँच अभाव र लागू औषध प्रयोग बढिरहेको जस्ता विषयमा आवाज उठाएका थिए। आयोगले यी समस्याहरू समाधानका लागि पहल गर्ने जनाएको छ।

त्यसै आजै सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पनि बुझेका छन्। सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष अलीले आर्थिक वर्ष २०८०र०८१ को प्रतिवेदन प्रदेश प्रमुखलाई हस्तान्तरण गर्दै आयोगका क्रियाकलाप, उपलब्धि र आगामी योजनाबारे जानकारी गराएका थिए।

प्रदेश प्रमुख मियाँले प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्रदेश सभामा छलफलका लागि पेश गरिने जानकारी दिए। यस्ता प्रतिवेदनहरू नीति निर्माणमा मार्गदर्शक बन्न सक्ने उनको विश्वास थियो। कार्यक्रममा निमित्त सचिव शेखर कुमार रोकाया, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली, अधिकृतहरू शमशेर बहादुर रावल, दीर्घराज भट्ट, कानुन अधिकृत पूजा रतौकी लगायतको उपस्थिति रहेको थियो।

 

भारतमा कोरोनाका कुल १ हजार ९ सक्रिय सङ्क्रमित

एजेन्सी–भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशमा कोभिड-१९ का कुल १ हजार ९ सक्रिय केसहरू छन्।

यसमध्ये केरलामा सबैभन्दा धेरै सक्रिय केसहरू ४३० छन् । त्यसपछि महाराष्ट्रमा २०९ र दिल्लीमा १०४ पुष्टि भएका केसहरू छन्।

यसैगरी, गुजरातमा ८३, तमिलनाडुमा ६९, कर्नाटकमा ४७, उत्तर प्रदेशमा १५, राजस्थानमा १३ तथा पश्चिम बंगालमा १२ जना रहेका छन् ।

समाचार एजेन्सी पीटीआईसँग कुराकानी गर्दै कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुन्डु रावले भने, ‘चिन्ता गर्नुपर्ने केही छैन। अवश्य पनि, हामीले दक्षिण पूर्वी एसियाली देशहरूमा कोभिडका केसहरू बढ्दै गएको सुनेका छौँ । तर त्यहाँ पनि सङ्क्रमण हल्का रहेको छ। भारतमा रिपोर्ट गरिएका कोभिड-१९ का केसहरू पनि सामान्य छन्।’

उनले थप भने, “महाराष्ट्र र अन्य केही ठाउँमा केही मृत्यु भएका छन्, तर यी मृत्युहरू कोभिडसँग प्रत्यक्ष रूपमा सम्बन्धित छैनन्। यी केसहरूमा अन्य रोगहरू पनि थिए। तैपनि, हामी सतर्क र सतर्क रहनुपर्छ। हामी परिस्थितिलाई निगरानी गरिरहेका छौँ।’

नेपाल-बेलायत संसदीय समूहको बैठक सम्पन्न

काठमाडौं– नेपाल–बेलायत संसदीय मैत्री समूहको पहिलो बैठक सम्पन्न भएको छ ।

बैठकको संयोजन प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले गरेका थिए । संयोजक श्रेष्ठले नेपाल र बेलायतबीचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित संसदीय मैत्री समूहलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय भएको जानकारी दिए ।

बैठकमा समूहका सदस्य सांसदहरूबीच नेपाल–बेलायत सम्बन्धका विविध आयामहरूबारे छलफल भएको थियो । संयोजक श्रेष्ठले समूहले आगामी दिनमा दुवै देशका सांसदहरूबीच नियमित संवाद, अनुभव आदानप्रदान र आपसी समझदारी अभिवृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकता दिने जानकारी दिए ।

बैठकमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप गहिरो बनाउँदै संसदीय कूटनीतिलाई संस्थागत र सशक्त बनाउन अग्रसर हुने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाल–बेलायत संसदीय मैत्री समूहले आगामी दिनमा दुवै देशका हितमा काम गर्ने रणनीतिसहित योजनाबद्ध गतिविधि सञ्चालन गर्ने तयारी गरेको छ ।

रुसले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको युक्रेनको दाबी

कीएभ । युक्रेनी वायुसेनाले आइतबार रातिदेखि सोमबार बिहानसम्म रुसले युक्रेनमा ३५५ ड्रोन र ९ वटा मिसाइल प्रहार गरेको बताएको छ। युक्रेनी वायुसेनाका प्रवक्ताले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार यो आक्रमण युद्धको क्रममा अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन हमला थियो।

युक्रेनी वायुसेनाले सबै क्षेप्यास्त्रहरू खसालेको बताएको छ भने २८८ वटा युएभी र ड्रोनहरू ‘निष्क्रिय’ पारिएको दाबी गरेको छ । यसअघि युक्रेनले शनिबार रातिदेखि आइतबार बिहानसम्म रुसले २९८ ड्रोन र ६९ वटा मिसाइल प्रहार गरेको बताएको थियो।

यता, अमेरिकी राष्ट्रपति ट्रम्पले रुसले युक्रेनमा निरन्तर बमबारी गरिरहेकोमा असन्तुष्टि व्यक्त गरे। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘पागल’ भनेका छन्। ट्रम्पले रुस विरुद्ध थप प्रतिबन्ध लगाउने बारेमा विचार गरिरहेको बताएका छन्।

एसियालाई अब शान्तिको प्रवक्ता बनाउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । चीनको भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गरेकी छिन्।

सोमबार बेइजिङमा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँग संवाद सम्मेलनलाई  सम्बोधन गर्दै उनले नेपालका दल र चिनियाँ कम्युनिस्ट पार्टीबीच नीति संवादका लागि संस्थागत संरचना बनाउनुपर्नेमा जोड दिइन्।

त्यस्तै युवा नेताहरूबीच आदान–प्रदान बढाउनुपर्ने, क्षेत्रीय शान्ति र स्थायित्वमा दलहरूको भूमिका खोजिनुपर्नेमा पनि भण्डारीको जोड थियो। एसियालाई अब शान्तिको प्रवक्ता बनाउनुपर्ने मत समेत उनले राखेकी थिइन्।

भण्डारीको भनाइ थियो–एसियालाई अब शान्तिको प्रवक्ता, आपसी सहयोगको केन्द्र र विकासको इन्जिन बनाउनुपर्छ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओले पनि सम्बोधन गरेको कार्यक्रममा भण्डारीले नेकपा एमाले र सिपिसीबीच विचार, व्यवहार र रणनीतिक सम्बन्ध रहेको भनाइ राखेकी थिइन्।

कार्यक्रममा उनले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको समेत चर्चा गरेकी थिइन्।

भण्डारी नेतृत्वको १० दिने भ्रमण टोलीमा  एमाले सचिव तथा परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, एमाले नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापा लगायत छन्।

सुदूरपश्चिम प्रदेश सरकारको दस महिनाको तेत्तिस प्रतिशत खर्च

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८२ को १० महिनाको खर्च ३३.२० प्रतिशत मात्रै देखिएको छ। चालुतर्फ ४३.८८ प्रतिशत र पुँजीगततर्फ २५.९५ भएको छ। यसको औसत ३३.२० प्रतिशत हुन्छ। प्रदेश सरकारले ३१ अर्ब ५३ करोड ६६ लाख रुपियाँ बजेट विनियोजन गरिएकोमा वैशाख मसान्तसम्म १० खर्ब ४७ करोड चार लाख रुपियाँ खर्च भएको छ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय धनगढीका अनुसार ३६ करोड ४७ लाख रुपियाँ बजेटमध्ये चार करोड ७५ लाख रुपियाँ मात्रै खर्च गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रगतिको पुछारमा छ। २० करोड २४ लाख रुपियाँ बजेटमा नौ करोड ६१ लाख रुपियाँ खर्च गरेर आर्थिक मामिला मन्त्रालय सबैभन्दा अगाडि छ। आर्थिक मामिलाका लागि ३१ करोड ४१ लाख रुपियाँ बजेट विनियोजन भएर १४ करोड ३९ लाख रुपियाँ खर्च गर्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय दोस्रो स्थानमा छ।

सबैभन्दा ठुलो बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च ३१ प्रतिशत पुगेको छ। यस मन्त्रालयमा १४ अर्ब ६६ करोड ८३ लाख रुपियाँ बजेट विनियोजन भएकोमा चार अर्ब ५१ करोड ८० लाख रुपियाँ खर्च भइसकेको छ। यस्तै छ अर्ब ७१ करोड ४८ लाख रुपियाँ बजेट भएको सामाजिक विकास मन्त्रालयको दुई अर्ब ३६ करोड ९० लाख रुपियाँ खर्च भएको छ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको एक अर्ब ९१ करोड ७३ लाख रुपियाँ बजेट रहेकोमा ७८ करोड ६० लाख रुपियाँ खर्च भएको छ। दुई अर्ब ८५ लाख ७१ हजार रुपियाँ बजेटमध्ये ७० करोड ८७ लाख रुपियाँ खर्च भएको छ। स्थानीय तहका लागि विनियोजन गरेको तीन अर्ब ७४ करोड १९ लाखमध्ये एक अर्ब ६५ करोड ८७ लाख रुपियाँ खर्च भएको छ।

प्रदेश व्यवस्थापिकालाई १८ करोड १७ लाख रुपियाँ विनियोजन भएकोमा १२ करोड १२ लाख रुपियाँ खर्च भएको छ। प्रदेश योजना आयोगलाई चार करोड ३१ लाख रुपियाँ विनियोजन भएकोमा एक करोड ७३ लाख रुपियाँ खर्च भएको छ। ७२  लाख ५८ हजार रुपियाँ बजेट विनियोजन भएको प्रदेश लोक सेवा आयोगले ३९ लाख २३ हजार रुपियाँ खर्च गरेको छ।

सुदूरपश्चिममा गत आवमा पनि ६४ प्रतिशत मात्रै बजेट खर्च भएको थियो। यस वर्ष साउन २१ मा मात्रै नयाँ सरकार बनेको र बजेट ल्याउन दुई महिना ढिलो भएको थियो। “यस वर्ष गत वर्षको तुलनामा छ प्रतिशत पुँजीगत खर्च कम देखिन्छ, बजेट पनि ढिला आयो,’ प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले भने, ‘ठेक्कापट्टा लागेका कामको भुक्तानी वर्षको अन्त्यमा लिने परिपाटीले अबको दुई महिना खर्च बढ्छ तर जम्मा खर्च गत वर्षकै हाराहारीमा हुने अनुमान छ।’

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव यज्ञ पुरीले पनि दरबन्दी अनुसारको जनशक्ति नभएका कारण चालु खर्च र जनशक्ति अभावका कारण भुक्तानीमा ढिलाइ भएकाले खर्च प्रगति कम देखिएको बताए। सचिव पुरीले भने, ‘मुख्यमन्त्रीले मन्त्रीहरूलाई हरेक बैठकमा कामको प्रगति बढाउन निर्देशन भइरहेको छ तर आव सकिन लाग्यो भनेर बजेट सिध्याउने काम गर्न नहोस् भन्नेमा पनि सचेत छौँ।’

कैलाली भन्सार प्रमुखमाथि कुटपिटमा संलग्न चार नगर प्रहरी पक्राउ

धनगढी :  कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट गरेको आरोपमा धनगढी उपमहानगरका चार जना नगर प्रहरीलाई जिल्ला प्रहरी कार्यालयले कैलालीले पक्राउ गरेको छ ।

सुदूरपश्चिमको प्रमुख भन्सारका रुपमा रहेको कैलाली भन्सार कार्यालयको हाताभित्रै प्रवेश गरेर भन्सार प्रमुख तिम्सिनामाथि नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीसहित नगर प्रहरीको टोलीले कुटपिट गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले नगर प्रहरी निरीक्षक धामी, नगर प्रहरी हवल्दार मणिदत्त भट्ट, नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र सवारी चालक रतनबहादुर मल्ललाई पक्राउ गरिएको छ । भन्सार कार्यालय प्रमुख तिम्सिनाले उनीहरुविरुद्ध किटानी जाहेरी दिएका थिए ।

शनिबार राति तीव्र गतिमा गुडाइएको गाडीले धनगढी–अत्तरिया छ लेन सडकको ट्री गार्डेनमा लगाइएको जाली जीपले भत्काएको सूचनापछि नगर प्रहरी प्रमुख धामीको टोली उक्त गाडीको खोजीका लागि भन्सार नाकासम्म पुगेको थियो । त्यही क्रममा भेटिएका भन्सार कार्यालय प्रमुख तिम्सिना र नगरप्रहरीको टोलीबीच विवाद भएको थियो । विवाद चर्किएपछि नगर प्रहरीको टोलीले तिम्सिनामाथि कार्यालय परिसरभित्रै पुगेर कुटपिट गरेको सीसीटिभी फुटेज सार्वजनिक भएको थियो ।

घटनाको चौतर्फी आलोचना भएपछि धनगढी उपमहानगरपालिकाले पनि नगर प्रहरी प्रमुख धामीलाई आइतबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा चिनियॉ कम्युनिष्ट पार्टीको सम्मेलनलाई सम्बोधन

काठमाडौ – चीनको दश दिने भ्रमणका क्रममा आइतबार राजधानी बेइजिङ आएकी पूर्वराष्टपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागद्धारा आयोजित छिमेकी देशका राजनीतिक दलहरुसँग संवाद सम्मेलनलाई  आज सम्बोधन गरेकी छन्।

उनले एमाले स्वर्गीय नेता मदनकुमार भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनबाददेखि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तमत गरेको सम्बृद्ध नेपाल खुशी नेपालीको नाराको चर्चा गरेकी छन्।

उनले नेपालका दल र चिनियॉ कम्युनिष्ट पार्टीबीच नीति संबादका लागि संस्थागत संरचना बनाउनुपर्ने , विषयगत संवाद वृद्धि हुनुपर्नेमा जोड दिएकी छन् । युवा नेताहरूबीच आदनप्रदान बढाउनुपर्ने, क्षेत्रीय शान्ति र स्थायित्वमा दलहरूको भूमिका खोजिनुपर्नेमा पनि उनको सुझाव थियो ।  चिनिया कम्युनिष्ट पार्टीले सुरु गरेको छिमेकका दलहरूसॅगको संवाद  एसीयाको पुनर्जागरण रहेको उनको भनाई थियो । उनले भनिन्,‘एशियालाई अव शान्तिको प्रवक्ता, आपसी सहयोगको केन्द्र र विकासको इन्जिन बनाउनुपर्छ ।’  देशहरूभिन्न अस्तित्वमा रहे पनि विकासमा एकआपसको अभिन्न अंग बनाउनुपर्ने उनको सुझाब थियो ।

उनले चिनसॅग बराबरी, पारदर्शी, दीर्घकालिन सम्बन्ध चाहेको पनि बताए। उनले एमाले र सिपिसीबीच विचार, व्यवहार र रणनीतिक सम्बन्ध रहेको पनि उनको भनाइ थियो । उनले नेपाल एक चीन सिद्धान्तमा प्रतिबर्ध रहेको पनि स्पस्ट पारेकी छन्। पूर्वराष्ट्रपति भण्डारीले आज उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ।   चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओले पनि कार्यक्रमलाई सम्बोधन  गरेका थिए ।

पूर्वराष्ट्रपतिको भ्रमण दलमा एमाले सचिव तथा परराष्ट्र विभाग प्रमुख रहेका पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, एमाले नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापा, एमाले सांसद देवी भट्टचन, एमाले नेतृ एवं पूर्वसांसद गोमा देवकोटा, स्वर्गीय मदन भण्डारीका भाइ डा कैलाश भण्डारी, भण्डारी राष्ट्रपति हुँदाका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी र सार्वजनिक प्रसारण संस्थानका अध्यक्ष डा महेन्द्र विष्ट सहभागी छन् ।
भण्डारी मंगलबार गान्सु प्रान्त हुँदै सिचुआनको छेन्दु भएर १९ जेठमा स्वदेश फर्किने  कार्यक्रम छ ।

गृहमन्त्रीले राजीनामा दिनुपर्दैन : नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिननपर्ने बताएको छ ।

सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले गृहमन्त्रीबाट राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको हो ।

“राजीनामाको कुरै छैन । उहाँ संलग्न रहेको कुनै आधार छैन,” बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने ।

रास्वपाले स्वीकृत गर्‍यो सुमनाको राजीनामा

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ।

आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो।

श्रेष्ठले गत चैत १८ गते नै पार्टी सभापति रवि लामिछानेलाई सम्बोधन गरेर राजीनामा बुझाएकी थिइन्। पार्टी सभापति लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनको राजीनाबारे छलफल भएको थिएन। त्यसै थाति रहेको थियो।

तीनकुने घटना : ६१ जनालाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता

काठमाडौं  । तीनकुने भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न ६१ जनालाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता भएको छ । बाँकी ४ जनाको भने सोमबार मुद्दा दर्ता हुने भएको छ ।

सरकारी वकिल कार्यालयका अनुसार घटनामा ३० जना बिरुद्ध आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ भने बाँकी ३१ जनालाई राज्य विरुद्धको अपराध, कर्तब्य ज्यान र ज्यान मार्ने उद्दोग अन्तर्गत मुद्दा दर्ता भएको छ ।

वकिल कार्यालयका प्रमुख सहन्यायधिवक्ता रामहरी काफ्लले घटनामा संलग्न ६१ जना विरुद्धको मुद्दा अदालतमा दर्ता भएको बताए । उनले भने,‘तीनकुने घटनासँग सम्बन्धित मुद्दा अदलतमा दर्ता भएको छ ।

मुद्दामा ६१ जनालाई प्रतिवादी बनाइएको छ । अन्य चार जना बालक पनि छन् । उनीहरु विरुद्धको मुद्दा भने भोली दर्ता हुनेछ । प्रहरीले १०८ जना विरुद्ध मुद्दा चलाउनु पर्ने भन्दै राय पेश गरेको थियो ।

पूर्वसभामुख महरा प्रकरणमा जोडिएकी रोशनी शाही बालकोटमा मृत फेला

काठमाडौं : भक्तपुरको बालकोटमा एक महिला मृत फेला परेकी छन्। सूर्यविनायक नगरपालिका(३ स्थित एक घरमा ५० वर्षीय रोशनी शाही मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।
बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज नेउपानेका अनुसार आइतबार दिउसोसम्म पनि उनी बसेको कोठाको ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए।

जनप्रतिनिधिको रोहवरमा कोठा फोडेर हेर्दा सुत्ने कोठाको भुइमा उनको शव फेला परेको थियो। उनका श्रीमान उपत्यका बाहिर गएका थिए। केही दिनदेखि उनी कोठामा एक्लै रहेकी थिइन्।

प्रहरीका अनुसार भित्रबाट चुकुल लगाएको अवस्थामा उनी कोठाभित्रै मृत भेटिएकी हुन्। जाजरकोट स्थायी घर भएकी शाहीका छोराछोरी विदेशमा रहेको बुझिएको छ। उनको शरीरमा कुनै चोटपटक भने छैन। घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ। के कति कारणले मृत्यु भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
पूर्व सभामुख एवं माओवादी नेता कृष्णबहादुर महराले जबर्जस्ती करणी गरेको भन्दै शाहीले ६ वर्ष अगाडि प्रहरी कार्यालयमा निवेदन दर्ता गराएकी थिइन्।

प्रधानमन्त्री ओली र देउवा छलफलमा, दोस्रो तहका नेता पनि सहभागी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस एमालेका शीर्ष नेताहरूबीच छलफल शुरु भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा प्रधानमन्त्री ओली र देउवा बाहेक उपप्रधानमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले उपाध्यक्ष इश्वर पोखरेल लगायत सहभागी रहेका छन् ।  छलफलमा जेठ १५ गते सरकारले ल्याउन लागेको बजेट लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

युवा संघको सचिवमा कैलाली अरुणको बलियो दाबी, जितिरहेका छन् युवाको मन

धनगढी । पोखरामा जारी राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनले देशभरका युवाहरूको ध्यान तान्न सफल भएको छ। प्रतिनिधिहरूको उल्लेख्य सहभागिता, उत्साह र प्रतिस्पर्धात्मक माहोलले महाधिवेशन एक निर्णायक मोडमा प्रवेश गरेको छ।

युवा संघको महाधिवेशनमा देशभरका पालिका, जिल्ला र प्रदेशस्तरबाट १ हजार ८३६ जना प्रतिनिधि सहभागी भएका छन्। महाधिवेशनको मूल आकर्षण बनेका छन् सुदूरपश्चिमबाट केन्द्रीय सचिव पदका उम्मेदवार अरुण कुँवर । सुदूरपश्चिम प्रदेशका युवाहरूको नेतृत्व गर्दै केन्द्रीय सचिव पदमा उम्मेदवारी दिएका अरुण कुँवरले संगठनभित्र मात्रै होइन, देशभरका युवाहरूको मन जित्दै आएका छन्।

निष्ठावान, जुझारु र स्पष्ट दृष्टिकोण बोकेका कुँवरले युवाहरूको भविष्य निर्माणमा आफ्नो संकल्प प्रस्तुत गर्दै आएका छन्। उनले भनेका छन्, “युवाहरूको शक्ति केवल नारामा सीमित हुनुहुन्न, अब युथ फोर्सलाई वर्क फोर्स बनाउँदै देश निर्माणको अगुवा बनाउने समय आएको छ।”

उनले युवाहरूका मुद्दामा निरन्तर आवाज उठाउँदै आएको इतिहास रहेको उल्लेख गर्दै संगठनलाई नयां उचाइमा पुर्‍याउने अठोट दोहोर्‍याएका छन्। महाधिवेशन स्थलमा कुँवरको पक्षमा नाराबाजी र समर्थन देखिन थालेको छ। सचिव पदमा निर्वाचन नहुँदासर्वसम्मत हुने चर्चा छ । निर्वाचत हुँदा पनि अत्याधिक मतले जित्ने दाबी गर्छन्।

१ हजार ८३६ जना प्रतिनिधिहरूको उपस्थितिले पोखरालाई राजनीतिक र सांगठनिक बहसको केन्द्रमा पुर्‍याएको छ। युवाहरूको आवाज, नेतृत्वको अपेक्षा र भावी रणनीतिहरूको दिशानिर्देशन यस महाधिवेशनबाट हुने अपेक्षा गरिएको छ। महाधिवेशनमा नीति–निर्माण, सांगठनिक समायोजन, तथा भावी कार्यदिशा निर्धारणसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू गरिने तयारी छ। यति धेरै युवा प्रतिनिधिको सहभागितासँगै यो महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई, समग्र युवा आन्दोलनको मार्गचित्र तय गर्ने अवसरका रूपमा हेरिएको छ।

पूर्वराष्ट्रपतिलाई चीनद्वारा विदेशी सरकार प्रमुख सरहको सम्मान

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई चीन सरकारले विदेशी सरकार प्रमुख सरहको सम्मान दिएको छ । नेपाल सरकार र नेकपा एमालेको संयुक्त टोलीको नेतृत्व गरेर बेइजिङ पुगेकी भण्डारीलाई चीनले उच्चस्तरीय नेताको सम्मान दिएको हो ।

राष्ट्रपति सी जिनपिङसहित चिनियाँ नेताहरूसँग व्यक्तिगतरूपमा पनि राम्रो सम्बन्ध भएकी पूर्वराष्ट्रपति भण्डारीलाई बेइजिङमा चीनका सरकारी अधिकारी र कम्युनिस्ट पार्टीका नेताहरूले स्वागत गरेका छन् ।

नेकपा एमालेका विदेश विभाग सचिव रघुवीर महासेठ र उद्योगमन्त्री दामोदर भण्डारीसमेत रहेको प्रतिनिधि मण्डलको सम्पूर्ण तालिका र कार्यक्रमको योजना चीन सरकारले नै तय गरेको छ ।

पूर्वराष्ट्रपति भण्डारीको भ्रमणदललाई चीन सरकारको राजकीय आवास गृह दियाओ थाईमा राखिएको छ । चीन सरकारले उनलाई विदेशी सरकारप्रमुख सरहको सम्मान, सुरक्षा र आवासगृह प्रदान गरेको छ ।

आजै साँझ पूर्वराष्ट्रपतिको सम्मानमा चिनियाँ पक्षले बैंक्वेट डिनर आयोजना गरेको छ । सो समारोहमा चीनका सरकारी तथा कम्युनिस्ट पार्टीका नेताहरूका साथै अन्य छिमेकी देशका नेताहरू समेत सहभागी हुनेछन् ।

बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिका रूपमा उनको सहभागिता रहनेछ

सुदूरपश्चिममा मुख्यमन्त्रीले बोलाएको बैठकमा निस्किएन निकास

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट अधिवेशनको पूर्वसन्ध्यामा बोलाएको सर्वदलीय बैठक विनानिष्कर्ष टुङ्गिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले आइतबार प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरिसकेका छन् । अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनेछ ।

आगामी नीति तथा कार्यक्रम र बजेटलगायतका विषयमा मुख्यमन्त्रीले बोलाएको छलफलमा माओवादी केन्द्रले आफ्नो पुरानै अडान दोहोर्‍याएपछि सहमति हुन नसकेको हो ।

सरकारले जथाभावी नियुक्ति गरेर राज्यमाथि व्ययभार बढाएको, सुशासनको नारा लगाउँदै आए पनि अनियमित खर्च गर्दै आएको, वनमन्त्रीको विवादित अडियो सार्वजनिक हुँदा पनि छानबिन नगरेकोलगायतका आरोप माओवादी केन्द्रसहितका विपक्षी दलहरूले लगाइरहेका छन् ।

उनीहरूले आफूहरुको माग सम्बोधन नहुँदासम्म प्रदेशसभा बैठक सुचारु गर्न नदिने भन्दै निरन्तर अवरोध गर्दै आएका थिए ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलको लगातारको अवरोधपछि चैत २५ मा प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गरिएको थियो । शनिबार मुख्यमन्त्रीले बजेट अधिवेशनको लागि छलफल गर्न बोलाउँदा माओवादी केन्द्रले आफ्ना पुरानै माग र अडान दोहो¥याएको छ ।

‘हामीले प्रदेशलाई व्ययभार बढ्ने गरी गरिएको नियुक्ति बदर गर्न र आर्थिक अनियमितता ठहर हुने अडियोको विषयमा छानबिन गर्न सरकारसँग आग्रह गरेका थियौं’, माओवादी संसदीय दलका उपनेता अक्कल रावलले भने, ‘हाम्रो माग सरकारले सम्बोधन गरेको छैन । हामी सरकारको प्रस्तावमा संसद सुचारु हुन दिने पक्षमा छैनौँ ।’

उनले आफूहरू संसद अवरुद्ध गर्ने पक्षमा नभएको उल्लेख गर्दै सरकार गम्भीर नभएको हुँदा आन्दोलन गर्न बाध्य भएको बताए ।

‘हामीले कैयौँ माग र मुद्दा संसदभित्रै उठाएका छौँ । त्यसको चित्तबुझ्दो जवाफ सरकारले दिन सकेको छैन । सरकार गम्भीर बन्नुपर्छ’, उनले भने, ‘सरकारले माग सम्बोधन नगर्दासम्म हामी आन्दोलन फिर्ता लिने पक्षमा छैनौँ ।’

बैठकमा मुख्यमन्त्री शाहले अधिवेशन नियमित सञ्चालन गर्न नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दा प्रतिपक्ष दलको पनि साथ मागेका थिए । उनले सहभागी दलका नेताहरूसँग संसदलाई प्रभावकारी बनाउने र नागरिकका समस्याहरू समाधानमा केन्द्रित रहने गरी परिणाममुखी कार्यसम्पादनमा सरकार प्रतिबद्ध रहेको समेत जनाएका थिए ।

चालु आर्थिक वर्षमा देखिएका समस्या सुधार गर्दै विकास खर्चलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रयत्नशील रहेको मुख्यमन्त्री शाहले बताउँदा पनि प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र आफ्नो अडानबाट पछि नहटेको कांग्रेस प्रमुख सचेतक विक्रमसिंह धामीले जानकारी दिए ।

विवादित अडियो प्रकरणको विषयमा अख्तियारले छानबिन गरिरहेको बताउँदा पनि सहमति नजुटेको उनको भनाइ थियो ।

‘सरकारको तर्फबाट महत्त्वपूर्ण विषयमा मुख्यमन्त्रीज्यूले जानकारी गराइसक्नु भएको थियो । अडियोको छानबिन अख्तियारले गरिरहेकोबारे पनि बैठकमा कुरा आएको हो, तर माओवादी केन्द्रले आफ्नो पुरानै माग सुनाएर सम्बोधन हुनुपर्ने बताएपछि बैठक विनानिष्कर्ष टुङ्गिएको थियो’, धामीले भने ।

शनिबार भएको छलफलले निकास नदिएपछि आइतबार बिहान १०ः३० बजे कार्य व्यवस्था परामर्श समितिमा यस विषयमा निकास खोज्ने सहमति भएको प्रमुख सचेतक धामीले जानकारी दिए ।

स्वदेशमै गुणस्तरीय उपचार गरिनुपर्छ : मन्त्री खड्का

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले नेपालीहरूले स्वदेशमै गुणस्तरीय उपचार सेवा पाउनुपर्ने बताउनुभएको छ । अन्य मुलुकमा उपचार गराउदा नेपाली रुपियाँ बाहिरिने गरेको बताउनुहुँदै मन्त्री खड्काले बिरामीको उपचार नेपालमै गरिनुपर्ने बताउनुभएको हो ।

पछिल्लो समय राज्यले निजी क्षेत्र सँगसँगै सहकार्य गरेर अगाडि बढिरहेको पनि मन्त्री खड्काले बताउनुभयो । शनिबार महेन्द्रनगरमा नेसनल प्याथ ल्याबको उद्घाटन गर्नुहुँदै मन्त्री खड्काले  सामान्य रोगको परीक्षणका लागि पनि भारत दौड्नुपर्ने अवस्थाको अन्त्य हुनेमा विश्वास व्यक्त गनुभयो ।

वि.सं. २०७० सालमा बुटवलबाट सुरु भएको नेसनल प्याथ ल्याबले महेन्द्रनगरसहित देशका १२ सहरमा शाखा विस्तार गरेको छ । काठमाडौा, बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, घोराही, तुलसीपुर, पोखरा, धनगढी हुँदै १२ औं सहरका रूपमा महेन्द्रगनरमा पनि नेसनल प्याथ ल्याबले प्रयोगशाला स्थापना गरेको हो ।

संस्थाका अध्यक्ष रुद्रबहादुर कार्कीले गुणस्तरीय ल्याब सेवा प्रदान गर्नका लागि महेन्द्रनगरमा सुविधा सम्पन्न प्रयोगशाला स्थापना गरिएको बताउनुभयो । ‘‘स्वास्थ्य परीक्षणका लागि डिजिटल प्रविधिद्वारा घरबाटै नमुना सङ्कलन गर्ने व्यवस्था पनि मिलाइएका छौं । बिरामीका आफन्तले अनलाइनबाटै रिपोर्ट हेर्न सक्ने छन् ।’’ कार्कीले भन्नुभयो ।

महेन्द्रनगरमा पनि नेसनल प्याथ ल्याबले सेवा सुरु गरेसँगै अब प्रयोगशाला सम्बन्धी परक्षिणका लागि धनगढी अथवा भारत जानुपर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाइ छ । नमुना परक्षिण गर्न बाहिर पठाउदा धेरै समय पर्खनुपर्दा बिरामीको उपचार समेत प्रभावित हुने गरेको अध्यक्ष कार्की बताउनुहुन्छ ।

प्रयोगशालामा आर्थिक अवस्था कमजोेर भएका विपन्न वर्गका बिरामीका लागि निःशुल्क जाँचको व्यवस्था मिलाइएकोे महेन्द्रनगरका शाखा प्रमुख ज्ञान देव जोशीले बताउनुभयो । ग्रामीण क्षेत्रमा स्वास्थ्य सम्बन्धि जनचेतना जगाउने र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने उहाँले बताउनुभयो ।

नेसनल प्याथ ल्याबले १२ सयभन्दा बढी इनहाउस परीक्षण सेवा दिँदै आइरहेको छ । नमुना परीक्षण, कर्मचारी सङ्ख्याका हिसाबले नेसनल प्याथ ल्याब नेपालकै ठुलो प्रयोगशाला पनि हो । नेसनल प्याथ ल्याब महेन्द्रनगरले प्रत्येक महिना तीन दिन सुगर र मिर्गौला रोगसम्बन्धी जाँच निःशुल्क रूपमा गर्ने शाखा प्रमुख जोशीले बताउनुभयो ।

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

काठमाडौं–  सरकारले चालु आर्थिक वर्ष २०८१-८२ को १० महिनामा करिब चार खर्ब बराबर सार्वजनिक ऋण उठाउँदा तीन खर्ब आठ अर्ब हाराहारी साँवा ब्याज भुक्तानी गरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको वैशाख मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा पछिल्लो १० महिनामा एक खर्ब ८८ अर्ब ३० करोड थप वृद्धि भई कूल ऋण दायित्व २६ खर्ब २२ अर्ब ४० करोड पुगेको छ । जुन कूल गार्हस्थ्य उत्पादनको ४२.९४ प्रतिशत हुन आउँछ । कूल सार्वजनिक ऋणमा वैशाख मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१.६९ प्रतिशत अर्थात् रू १३ खर्ब ५५ अर्ब ६९ करोड रहेको छ ।

आन्तरिक ऋणको हिस्सा ४८.३१ प्रतिशत अर्थात् १२ खर्ब ६६ अर्ब ७० करोड रहेको छ । वैशाख महिनामा सार्वजनिक ऋण प्राप्तिभन्दा साँवा भुक्तानी बढी गरेकाले अघिल्लो महिनाको तुलनामा कूल सार्वजनिक ऋण दायित्व घट्न गएको कार्यालयले जनाएको छ । गत चैत मसान्तसम्ममा कूल सार्वजनिक ऋण रू २६ खर्ब ६७ अर्ब २६ करोड बराबर थियो ।

सरकारको वार्षिक लक्ष्यअनुसार आन्तरिक ऋण उठाउन प्रगति देखिए पनि बाह्य ऋण भने वार्षिक लक्ष्यको तुलनामा कम मात्र उठेको छ ।

‘चालु आर्थिक वर्षमा जम्मा रू पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्ममा तीन खर्ब ९० अर्ब ८३ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कूल ऋण प्राप्ति ७१.४५ प्रतिशत रहेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘जसमध्ये आन्तरिक ऋण प्राप्तिको प्रगति ९१.२५ र बाह्य ऋण प्राप्तिको प्रगति ४१.३३ प्रतिशत रहेको छ । कूल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक ऋण ७७.०५ र बाह्य ऋण २२.९५ प्रतिशत रहेको छ ।’

चालु आर्थिक वर्षका लागि सरकारले रू तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेकोमा हालसम्म तीन खर्ब एक अर्ब १४ करोड उठाएको छ भने २८ अर्ब ८५ करोड आन्तरिक ऋण उठाउन बाँकी छ ।

त्यसैगरी यस वर्ष दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने सरकारी लक्ष्य रहेकामा हालसम्म ८९ अर्ब ६८ करोड उठिसकेको छ भने एक खर्ब २७ अर्ब ३१ करोड उठ्न बाँकी छ ।

सरकारले यस वर्ष सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीका लागि रू चार खर्ब दुई अर्ब ८५ करोड बजेट छुट्याएको थियो । जसमध्ये गत वैशाख मसान्तसम्ममा तीन खर्ब आठ अर्ब १४ करोड साँवाब्याज भुक्तानी भएको छ ।

यो वार्षिक बजेट विनियोजनको आधारमा ७६.४९ प्रतिशत हो । कूल गार्हस्थ्य उत्पादनका आधारमा वैशाख मसान्तसम्ममा कूल ऋण सेवा खर्च पाँच दशमलव ०५ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

अमेरिकामा विमान दुर्घटना : पाइलटसहित ६ जनाको मृत्यु

सान डिएगो । अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा बाक्लो कुहिरोबीच एक सानो निजी विमान आवासीय क्षेत्रमा खस्दा पाइलटसहित त्यसमा सवार सबै ६ जनाको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा निकायका अनुसार, ‘सेसना ५५० सिटेसन’ नामक उक्त विमान गएको बिहीबार बिहान ३ः४७ बजे विद्युत्को तारमा ठोक्किएर सिधै आवासीय क्षेत्रमा खसेको थियो । विमानमा आगो लागेपछि आसपासका थुप्रै घरहरूमा क्षति पुगेको बताइएको छ ।

उक्त विमान चर्चित संगीत व्यवसायी डेभ शापिरोको स्वामित्वमा थियो । दुर्घटनामा उनीसहित अरू पाँचजनाको ज्यान गएको छ ।

सान डिएगोको मर्फी क्यान्यन क्षेत्रका कम्तीमा १० घरमा विमानका भाग खस्दा सामान्य क्षति पुगेको जनाइएको छ । तर, जमिनमा रहेका मानिसमा गम्भीर चोटपटक नपरेको जानकारी प्राप्त भएको छ ।

संघीत संस्था साउन्ड ट्यालेन्ट समूहले एक वक्तव्य जारी गर्दै भन्यो, “हामी हाम्रो सहसंस्थापक, प्रिय सहकर्मी र साथीहरूको असामयिक निधनबाट अत्यन्त मर्माहत भएका छौँ । यो कठिन घडीमा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।”

दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको एनटीएसबीले जनाएको छ । त्यस समयमा विमानस्थलमा अवतरण मार्गका बत्ती र मौसम मापन यन्त्रले काम नगरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । विमानका चालकले आपत्कालीन सन्देश पनि नपठाएको जनाइएको छ ।

सुरक्षा निकायले प्रारम्भिक अनुसन्धानको प्रतिवेदन आउन केही सातासम्म लाग्ने जानकारी गराएको छ ।

विश्वविद्यालय सञ्चालन गर्न बजेटका लागि छलफल

धनगढी । नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय चाँडै सञ्चालनका लागि शनिबार छलफल गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रियसभा सदस्यसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गरेको हो ।

छलफलको क्रममा राष्ट्रियसभा सदस्य गरिमा शाहले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न पूर्ण बजेटको व्यवस्थाका लागि पहल गर्ने बताए ।

कैलालीको गेटामा नेपालकै पहिलो सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि गएको आइतबार प्रतिनिधिसभाबाट विधेयक पारित भएको थियो ।

सो कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरेकोमा प्रतिनिधि सभा र प्रतिनिधि सभा सदस्यलाई धन्यवाद ज्ञापन गरे। यसैगरी, ऐन अनुसार विश्वविद्यालय सञ्चालन गर्न लागि आगामी आर्थिक वर्ष २०८२र८३ मा पूर्ण बजेट छुट्याउनु पर्ने मुख्यमन्त्री शाहको जोड थियो ।

छलफल कार्यक्रममा राष्ट्रियसभा सदस्य नारायदत्त भट्ट, रेणु चन्द, आर्थिक मामिलामन्त्री सुरेन्द्र पाल, प्रदेशसभा सदस्य, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेय आगो लगायतको उपस्थिति रहेको थियो ।

कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौं : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री एवं कांग्रेस सांसद रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन् ।

शनिबार जनकपुरमा पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै मन्त्री लेखकले कांग्रेसका नेता, कार्यकर्ताहरूले लामो समयसम्म पनि कांग्रेसको सरकार नबनेको भन्ने गुनासो गरेको भन्दै गृहमन्त्री लेखकले यो सही कुरा भएको बताएका हुन् ।

कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरु गम्भीर रहेको र लागिपर्ने उनको भनाइ थियो। अहिले आफूहरु संयुक्त सरकारमा रहेको बताउँदै दुई प्रतिस्पर्धी पार्टीहरुबीचको संयुक्त सरकार बनाउन केही जटिलताहरु रहेको उल्लेख गरे।

उनले भने, ‘मधेस प्रदेशको सरकार पनि हामीले पालो पालो गर्ने भनेर समझदारी गरेका छौँ। मधेस प्रदेशको सरकार पनि पालो पालो परिवर्तन गर्ने कुरा छ, परिवर्तन हुन्छ। लामो समयसम्म कांग्रेसको सरकार बनेन भन्ने कुरा छ। साथीहरुले सही कुरा भन्नुभएको छ। यो कुरालाई हामीले केन्द्रमा गम्भीरतापूर्वक लिएका छौँ। यो कुरालाई सम्बोधन गर्नका लागि हामी लागिपर्छौं।’  हामी अहिले संयुक्त सरकारमा छौँ । नेपाली कांग्रेस र एमालेको सरकार छ । सरकार सञ्चालनमा एकै पार्टीको सरकार हुँदा पनि केही जटिलता हुन्छन् । दुई वटा पार्टी र दुई वटामा पनि प्रतिस्पर्धी पार्टीका बिचमा सरकार संयुक्त रूपमा सञ्चालन गर्ने कुरामा केही समस्या, जटिलताहरू उत्पन्न हुन्छन् । त्यसलाई तपाईँहरूले गम्भीरतापूर्वक हेर्नुहोला।’

ट्रम्पद्वारा आयातमा भारी करको घोषणा

न्युयोर्क । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली सङ्घबाट आयात हुने सम्पूर्ण वस्तुमा ५० प्रतिशत कर लगाउने र यदि एप्पल कम्पनीले आफ्ना फोनहरू अमेरिकाभित्र उत्पादन नगरेमा ती सामानमा २५ प्रतिशत कर लगाइने चेतावनी दिएका छन ।

उनले सामाजिक सञ्जालमा उल्लेख गरे,“हाम्रो वार्ता युरोपेली सङ्घसँग अघि बढिरहेको छैन । त्यसैले, म आगामी सन् २०२५ देखि युरोपेली सङ्घका सबै वस्तुहरूमा सोझै ५० प्रतिशत कर लगाउने सिफारिस गर्दैछु । तर यदि ती वस्तुहरू अमेरिकामै निर्माण गरिन्छ भने कुनै पनि शुल्क लाग्ने छैन ।”

गृहमन्त्री लेखकले राजीनामा दिँदा नैतिकता देखिन्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका डा. शेखर कोइरालाले ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । गृह नगर विराटनगरमा शनिबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताएका हुन् ।

‘सबभन्दा इम्पोटेन्ट (महत्वपूर्ण) के छ भने अहिले रमेशजीको जुन आएको छ, किन भने गृहमन्त्रालय उहाँकै अन्डरमा छ नि त,’ नेता कोइरालाले भने, ‘उहाँले नैतिकताको हिसाबमा म क्लिन छु, मैले राजीनामा गरेँ, छानबिन समिति बनाउनुस्, गर्नुस् तपाईंहरू भने भइहाल्यो ।’

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको गृहमातहतको अध्यागमन कार्यालयबाट ‘भिजिट भिसा’ भइरहेको भनिएको अनियमिततामा मुछिएको अवस्थामा राजीनामा दिए गृहमन्त्री लेखकको नैतिकता प्रदर्शन हुने उनको भनाइ थियो । ‘त्यसले मोरल स्टेटस देखिन्छ,’ नेता कोइरालाले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको गृहमातहतको अध्यागमन कार्यालयका प्रमुख सच-सहचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकसमेत ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका छन् ।

गृहमन्त्री लेखकले तत्कालीन अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव सुरेश पन्थीलाई हटाएर गत असोज २३ मा भट्टराईलाई जिम्मेवारी दिएका थिए । विवादास्पद पृष्ठभूमिका भट्टराईलाई पठाएलगत्तै अध्यागमनमा ‘भिजिट भिसा’ को सेटिङ बढेको थियो ।

अख्तियारले छापा हान्ने तयारी गरेको सुइँको पाएपछि गृहले मंगलबार साँझ भट्टराईलाई जोगाउनका लागि अध्यागमनबाट हतार–हतार मन्त्रालयमा तानेको थियो । तर, सरूवाको रमाना पत्र नबुझ्नै सहसचिव भट्टराई अख्तियारको अनुसन्धानमा तानिएसँगै गृहमन्त्री लेखकको पनि नाम जोडिएको छ ।

कांग्रेसमा सच्चा त्यागी नेता-कार्यकर्ता भेट्टाउन मुस्किल छ : सभापति देउवा

काठमाडौँ, १० जेठःनेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र सच्चा अर्थमा त्याग र समर्पण गर्ने व्यक्तिहरूको खडेरी रहेको कटु यथार्थ औंल्याएका छन् । उनले दिवंगत नेता खगेन्द्रराज रेग्मीजस्ता निस्वार्थ र निष्ठावान् कार्यकर्ता पार्टीमा विरलै पाइने गरेको तितो सत्य स्वीकार गरेका हुन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै सभापति देउवाले उक्त विचार व्यक्त गरेका छन् । स्व. रेग्मीको व्यक्तित्वको चर्चा गर्दै सभापति देउवाले उनलाई कुनै पनि प्रकारको लोभलालच नभएको, निष्कलंक र पार्टीप्रति पूर्ण समर्पित नेताको रूपमा स्मरण गरे ।

सभापति देउवाले स्व. रेग्मी अत्यन्तै त्यागी, कुनै किसिमको लोभ लालच नभएको व्यक्ति भएको बताए । ‘धेरै कम नेपाली काँग्रेसीहरु यस्ता छन्, जो सच्चा मानेमा नेपाली काँग्रेसको हृदयबाटै समर्पित भएर काँग्रेस बढाउन र बनाउन लागेका छन्,’ उनले भने, ‘त्यस्ता साथीहरु हाम्रो पार्टीमा नगण्य छन् भनेपनि हुन्छ ।’

स्व. रेग्मीलाई जीवनको उत्तरार्धमा भेट्न नपाएकोमा आफूलाई दुःख लागेको पनि उनले बताए । सभापति देउवाले स्व. रेग्मीको निस्वार्थ योगदान र आदर्श व्यक्तित्वबारे विभिन्न लेखरचनाहरू मार्फत आम जनमानसमा प्रकाश पार्न र उनको सम्मानित छविलाई थप उजागर गर्नुपर्नेमा जोड दिए । उनको जीवनबाट वर्तमान पुस्ताले प्रेरणा लिनुपर्ने आवश्यकता औंल्याउँदै सभापति देउवाले पार्टी संगठनमा रेग्मीजस्ता समर्पित योद्धाहरूको अभाव खड्किरहेकोतर्फ संकेत गरे ।

भारतमा कोरोना संक्रमित निरन्तर बढ्दै

एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोनाका घटनाहरू निरन्तर बढिरहेका छन्। यो वर्षको सुरुमै मुम्बईमा कोरोनाका बिरामीहरू पुष्टि हुन थालेका थिए । शनिबार बिहान ६ बजेसम्ममा कोरोनाका ३१२ केसहरू दर्ता भएका छन्। यद्यपि, यो संख्या विश्वका अन्य देशहरूको तुलनामा धेरै कम छ। कोरोनाका कारण २ जनाको मृत्यु भएको छ।

शुक्रबार भारतमा २९ नयाँ केसहरू पत्ता लागेका छन् । गुजरातको अहमदाबादमा २०, उत्तर प्रदेशमा ४ र हरियाणामा ५ वटा मुद्दा दर्ता भएका छन्। यसैबिच, बिहीबार बेंगलुरुमा ९ महिनाको बच्चाको रिपोर्ट पनि कोरोना पोजेटिभ आएको छ।

दिल्ली सरकारले शुक्रबार सबै अस्पतालहरूको लागि एक स्वास्थ्य एड्भाइजरी जारी गरेको छ, जुन मान्य छ। नयाँ निर्देशन अनुसार, सबै अस्पतालहरूले बेड, अक्सिजन, औषधि र खोप सुविधा उपलब्ध गराउनु पर्नेछ। यदि कसैलाई कोरोना पोजेटिभ छ भने, उसलाई जीनोम सिक्वेन्सिङको लागि एलएनजेपी अस्पताल पठाउन पनि आदेश दिइएको छ।

भारतको महाराष्ट्र राज्य सबैभन्दा बढी खतरामा छ, विशेष गरी मुम्बई। यहाँ कोरोनाका सबैभन्दा धेरै सक्रिय केसहरू रिपोर्ट गरिएका छन्। हालै गरिएको एक सर्वेक्षणले राज्यमा धेरै परिवारहरू छन् जहाँ एक वा अर्को सदस्यलाई रुघाखोकी वा फ्लू जस्तो लक्षण देखिएको खुलासा गरेको छ। यद्यपि, धेरैजसो मानिसहरू अझै पनि परीक्षण गराएका छैनन्। जनवरी २०२५ देखि महाराष्ट्रमा जम्मा १३२ कोरोनाका केसहरू पुष्टि भएका छन्।

केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जका अनुसार त्यहाँ कोरोनाका १८२ घटनाहरू रिपोर्ट गरिएका छन्, जसका कारण राज्यमा संक्रमणको अवस्था झनै गम्भीर बनेको छ। यससँगै ओडिशा, आन्ध्र प्रदेश र तमिलनाडुमा कोरोनाको १ नयाँ केस भेटिएको छ। यी नयाँ केसहरूले देशका विभिन्न भागहरूमा संक्रमण बिस्तारै फेरि फैलिरहेको संकेत गर्दछ।

जेएन. १ भेरियन्ट कति खतरनाक छ :
स्वास्थ्य विज्ञहरूका अनुसार कोरोनाको यो भेरियन्ट ओमिक्रोनको उप९भेरियन्ट हो। यो रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूलाई खतरनाक मानिएको छ, विशेष गरी वृद्धवृद्धा, बालबालिका र पहिले नै कुनै रोगबाट पीडित बिरामीहरू। यो प्रजातिलाई पिरोला पनि भनिन्छ। यो नयाँ संस्करण होइन। सन् २०२३ मा भारतमा पनि यसका केसहरू फेला परेका थिए। जेएन। १ मा लगभग ३० उत्परिवर्तनहरू छन्, जसले यसलाई अझ खतरनाक बनाउँछ।

पुरानो भेरियन्टसँग मिल्दोजुल्दो लक्षणहरू
कोरोनाको यो भेरियन्टका लक्षणहरू पुरानो कोरोना स्ट्रेनसँग मिल्दोजुल्दो छन्। यसमा रुघाखोकी, खोकी, टाउको दुख्ने, आँखा पोल्ने, ज्वरो आउने, नाकबाट पानी बग्ने र घाँटी दुख्ने जस्ता समस्याहरू समावेश छन्। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार, जेएन.१ भेरियन्ट पहिलेका भेरियन्टहरू भन्दा छिटो फैलिन्छ, तर यसको गम्भीरता कम छ।

हाल, यो भेरियन्ट विश्वका धेरै भागहरूमा सबैभन्दा सामान्य रूपमा देखा परिरहेको छ। यसको लक्षण केही दिनदेखि एक हप्तासम्म रहन सक्छ।

सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको काङ्वोन युनिभर्सिटीबीच शैक्षिक सहकार्यका लागि समझदारी

काठमाडौं– सुदूरपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ सङ्काय र दक्षिण कोरियाको काङ्वोन नेशनल युनिभर्सिटी अन्तर्गतको इलेक्ट्रोनिक तथा एआई प्रणाली इन्जिनियरिङ विभागबीच आपसी शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारीपत्र (एमओयु) आदानप्रदान गरिएको छ ।

काङ्वोन युनिभर्सिटीकातर्फबाट विभाग प्रमुख प्राध्यापक डाक्टर वाङ चो र सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ सङ्कायका डिन किसन दत्त भट्टद्वारा हस्ताक्षर गरिएको उक्त समझदारीपत्र  सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तको उपस्थितिमा आदानप्रदान गरिएको हो ।

दीर्घकालीन शैक्षिक तथा अनुसन्धान सहकार्यको उद्देश्यले गरिएको समझदारीमा संयुक्त अनुसन्धान परियोजना सञ्चालन, अनुसन्धानका लागि संयुक्त प्रस्ताव तयारी, तथा गोष्ठी, सम्मेलन र कार्यशालाजस्ता शैक्षिक कार्यक्रमहरू आयोजना गर्ने व्यवस्था गरिएको छ ।

समझदारीपत्र पाँच वर्षसम्म प्रभावकारी रहने छ । यस अवधिमा दुवै विश्वविद्यालयले आपसी विश्वास, मित्रवत् सम्बन्ध र साझा हितका आधारमा सहकार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौँ : गृहमन्त्री रमेश लेखकको बर्खास्तीको मागसहित सर्वोच्च अदालतमा रिट आएको छ। यद्यपि उक्त रिट दर्ता हुने वा नहुनेबारे आइतबारमात्र निर्णय हुने सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।

अधिवक्ता मधु चौलागाईले गृहमन्त्री लेखकलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश गरेकी हुन्।

पैसा खाएर भिजिट भिसा दिने प्रकरणमा गृहमन्त्रीको सचिवालयका व्यक्तिहरू नै संलग्न भएको भन्दै छानबिनको माग आएका बेला गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै रिट आएको हो।

कम्बोडियामा अलपत्र परेका नेपालीको उद्धार

काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा अलपत्र परेका दुई नेपालीको उद्धार गरेको छ ।उद्धार गरिएका दुई नेपालीलाई शुक्रबार काठमाडौं फर्काइएको बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।

“लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकलाई -एक महिला र एक पुरुष) नेपाली राजदूतावास थाइल्यान्डले उद्धार गरी ०८२ जेठ ९ गतेका दिन नेपाल फर्काइएको छ,” दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दूतावासले नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ ।

कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतुले कम्बोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउनका लागि पनि दूतावासले अनुरोध गरेको छ ।

खोज्नुहोस