किशोरीलाई अपहरण गरेर बन्धक बनाउने कञ्चनपुरका २ जना पक्राउ

धनगढीः कञ्चनपुरमा एक किशोरीलाई अपहरण गरेर बन्धक बनाउने २ जना पक्राउ परेका छन्। यही पौष १३ गते दिउँसो एक १६ वर्षीया किशोरीलाई अपहरण गरेर बन्धक बनाउने २ जना पक्राउ परेका हुन्।

जिल्लाको भीमदत्त नगरपालिका–६ स्थित शिव मन्दिर नजिक नहरमा साथीसँग जादै गरेको अवस्थामा हामी प्रहरी हौँ भन्दै नम्बर एकिन नभएको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिले अपहरण गरेरका थिए। यो सूचना कञ्चनपुर प्रहरीले प्राप्त गरेपछि पिडित किशोरीलाई पौष १४ गते बिहान भीमदत्त नगरपालिका–१६ वसन्तपुरबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बताए।

उनका अनुसार भीमदत्त नगरपालिका–१६ का ३५ वर्षीय महेशसिंह खत्री र सोही स्थानका ३३ वर्षीय धुर्व जोशीलाई प्रहरीले पक्राउ गरेको छ। दुबै जनाले कसूर गर्दा प्रयोग गरेको बा ५५ प ९६१३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेर अपहरण तथा शरीर बन्धक लिन नहुने कसूर अन्तर्गत जिल्ला अदालत कञ्चनपुरबाट ७ दिनको ७ म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वन वातावरण संरक्षण र व्यवस्थापनमा कानुन नै बाधक

रञ्जना बि.सी/ धनगढी । वन तथा वातावरण संरक्षण र व्यवस्थापनमा कानुन नै बाधक रहेको सरोकारवालाहरूले औँल्याएका छन् । एफएमडीसि (विकास र सामाजिक परिवर्तनका लागि सञ्चार) द्वारा आयोजित एक कार्यक्रममा वन संरक्षण सँग सम्बन्धित कैलाली र कञ्चनपुरका सामुदायिक वनका प्रतिनिधि, सरोकारवाला, र पत्रकारहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिमका प्रदेश वन निर्देशक हेमराज बिष्टले वन व्यवस्थापन कार्यविधि प्रदेश सभाबाट पारित भए वन भित्रका अधिकांश समस्या समाधान हुने बताए । वन सँग जोडिएका घटना, मानव र वन्यजन्तुबिचको द्वन्दलाई ठुलो चुनौतीका रूपमा लिँदै क्षतिपूर्तिको तत्काल व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

वरिष्ठ पत्रकार उमिद बागचन्दले समयअनुसार नीति नियम परिवर्तन गर्दै वनको संरक्षण र विकासलाई सन्तुलित बनाउन आवश्यक रहेको बताएका छन् । उनले वन वातावरण र जैविक विविधता संरक्षणमा सक्रिय पत्रकारिता गर्न पत्रकारहरूलाई समेत सुझाव दिएका छन् ।

बागचन्दले भने “वन वातावरणमा पत्रकारहरूका लागि पनि थुप्रै अवसरहरू छन् । तपाइहरूले वन वातावरण र जैविक विविधता संरक्षणमा सक्रिय पत्रकारिता गरी सकारात्मक स्टोरी लेखे विभिन्न सङ्घ संस्थाबाट सम्मानित हुनु हुनेछ ।”

डब्लुडब्लुएफ नेपाल  (विश्व वन्यजन्तु कोष) जस्ता संस्थाले वातावरण पत्रकारहरूलाई सम्मान गरेको उद्धत गर्दै वातावरण संरक्षण पत्रकारिता गर्ने पत्रकारहरूका लागि थुप्रै अवसर रहेको बागचन्दले बताए ।

कार्यक्रममा कैलाली र कञ्चनपुरका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका पदाधीकारीहरुले सामुदायिक वन संरक्षणमा आउने चुनौतीहरू सरोकारवालाहरूलाई जानकारी गराएका थिए ।

कञ्चनपुरको जानकी सामुदायिक वनका अध्यक्ष सिबी भट्टले वनको उचित व्यवस्थापन गर्न सरकारले नीति निर्माणमा उचित ध्यान नदिएको गुनासो गरे ।

यस्तै कञ्चनपुर कै अर्को अमर बस्ती सामुदायिक वनका अध्यक्ष प्रेम बानियाले तीन वर्षमा मात्र काठ सङ्कलन गर्न पाउने नियमका कारण वन व्यवस्थापनमा कठिनाइ भइरहेको दुखेसो पोखेका थिए । मानव र वन्यजन्तुबिचको बढ्दो द्वन्द्व समाधानका लागि विशेष नीति निर्माणको आवश्यकता रहेकाले सरोकारवाला निकायले यसबारे पहल गर्नुपर्ने बानियाँको जोड छ ।

​​​​​​​

सामुदायिक वन जस्तै चुरे संरक्षणमा पनि सरकारका नीतिले अवरोध पुर्‍याएको बताउँदै चुरे संरक्षण सञ्जालका सदस्य राजेन्द्र प्रसाद भण्डारीले सरकारले बारम्बार नीति परिवर्तन नगर्नु पर्ने बताए । उनले खेर गइरहेका वन स्रोतहरूको उपयोगमा सरकारलाई विशेष ध्यान दिन समेत आग्रह गरेका छन् ।

शुक्लाफाँटा नगरपालिकाको सुनदेवी उपभोक्ता समितिका कोषाध्यक्ष हवल्दार चौधरीले तस्करहरूका कारण वन जङ्गलको दुरुपयोग भइरहेको गुनासो व्यक्त गरे । चुरे दोहन रोकी वातावरणमैत्री विकासलाई प्राथमिकता दिनुपर्ने चौधरीको माग छ ।

सरकार र स्थानीयबाट वन संरक्षणका प्रयास भए पनि कैलाली र कञ्चनपुरका कतिपय वन अतिक्रमणमा पर्ने गरेका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय महासचिव डन्डीराज सुवेदी पनि वन अतिक्रमणमा परि रहेको कुरा स्विकार्छन् । भारतीयहरूले कैलालीको भजनी नगरपालिका–५ स्थित घाँसे मैदान मासेर खेतीयोग्य जमिन बनाएको र वनको संस्थागत अतिक्रमण बढेकोप्रति सुवेदीले चिन्ता व्यक्त गरे  । उनले संरक्षणको जिम्मेवारी सामुदायिक वनलाई दिइने तर फाइदा स्थानीय तहले मात्रै लिने गरेको बताए ।

डिभिजन वन कार्यालय कैलालीका प्रवक्ता तथा वन अधिकृत  समीर थापाले वन संरक्षणमा जोड दिइए पनि व्यवस्थापनमा ध्यान नदिइएको बताए । उनले  स्रोतहरूको उचित उपयोग नहुँदा स्थानीय उपभोक्ताले सहजरुपमा वन स्रोतको उपभोग गर्न नपाउँदा वनमा चोरी सिकारी तथा तस्करी बढेको बताए ।

एफएमडीसिका अध्यक्ष निर्मला बागचन्द अध्यक्षतामा सम्पन्न भएको वन वातावरण र जैविक विविधतामा देखिएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सबै सरोकारवालहरूले वन सँग सम्बन्धित कानुन परिमार्जन गरी वन, वातावरण र जैविक विविधताको संरक्षण र व्यवस्थापनमा जोड दिनु पर्ने निष्कर्ष निकालेका छन् ।

नवौं मानसान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाललाई ४ स्वर्ण

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडीले एसियाली आमन्त्रण तथा नवौं मानसान तेक्वान्दो खुला च्याम्पियनसिपमा ४ स्वर्ण जितेका छन्। यसबाहेक नेपालले थप समान १–१ रजत र कांस्य पनि प्राप्त गरेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन्।

पुरुष पुम्से ३० वर्षमाथि चन्द्र राना मगर, ह्यान्ड ब्रेकिङमा नन्दराज बाँस्कोटा, सिनियर पुरुष ८० केजीमुनि भीमबहादुर खड्का र १४ वर्षमुनि महिला पुम्सेमा निरोशा राणाले स्वर्ण जिते। निरोशाले जुनियर ५२ केजीमुनि कांस्य पनि जितिन्।

सिनियर महिला ४९ केजीमुनि वर्षा थापाले रजत हात पारिन्। चीनको नान्जिङमा भएको प्रतियोगितामा नेपालकी अस्मिता खड्का उत्कृष्ट निर्णायक बनिन्। नेपालका विकेश बिडारी टोलीका प्रशिक्षक हुन्।

सन् २०२४ : प्राकृतिक प्रकोपले २२८ अर्ब डलरको क्षति

काठमाडौँ- सन् २०२४ मा जलवायु प्रकोपले विनाश ल्यायो । यस्ता घाउ दियो, जुन संसारले भुल्न सक्ने छैन ।

यी प्रकोपहरूले २००० भन्दा बढी मानिसको ज्यान लिएको छ । यति मात्र होइन २२८ अर्ब डलरभन्दा बढीको घाटा भएको छ । यी प्रकोपहरूले गरिब देशहरूमा सबैभन्दा बढी विनाश गरेको छ।

‘काउन्टिङ द कस्ट २०२४: ए इयर अफ क्लाइमेट ब्रेकडाउन’ प्रतिवेदनमा विश्वमा भएका ठूला विपद्का कारण हुने आर्थिक क्षति र मानिसको मृत्युको जानकारी दिइएको छ ।

यस प्रतिवेदनमा सन् २०२४ मा विश्वको कुनै पनि भाग विनाशकारी घटनाबाट अछुतो रहने छैन भनिएको छ । यद्यपि, उत्तरी अमेरिकामा ४ र युरोपमा ३ घटनाले १० सबैभन्दा महँगो प्रकोपमध्ये ७ वटा घटनाको परेका छन्। अन्य भने ३ वटा चीन, ब्राजिल र दक्षिणपूर्वी एसियाली देशमा रेकर्ड भएका छन् ।

रिपोर्टका अनुसार यो वर्ष मिल्टन आँधीले अमेरिकामा ठूलो क्षति पुर्‍याएको छ । अक्टोबरमा आएको यो हावाहुरीले ६० अर्ब डलरको नोक्सान भएको थियो । तर, वायनाड पहिरोसँग तुलना गर्दा यहाँ मृत्यु हुनेको संख्या २५ मात्रै छ । यसका बाबजुद पनि यो प्रकोपलाई पहिलो स्थानमा राखिएको छ ।

मिल्टन बाहेक हेलेन आँधीले अमेरिका, क्युबा र मेक्सिकोमा विनाश ल्याएको थियो । यो आँधीले २३२ जनाको ज्यान लिएको थियो । जसमा, ५५ अर्ब रुपैयाँ घाटा भएको छ । बोरिस आँधीले युरोपमा विनाश मच्चाएको थियो । स्पेन र जर्मनीमा बाढीका कारण १३ अर्ब ८७ करोड डलरको नोक्सानी भएको थियो ।

यस प्रतिवेदनमा आगामी आर्थिक वर्षको सन्दर्भमा सरकारलाई ठूलो सल्लाह दिइएको छ । सरकारले सन् २०२५ मा वातावरणीय समाधानमा जोड दिनु पर्ने प्रतिवेदनले जनाएको छ ।

 

बैतडी केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

बैतडी: बैतडी केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः५४ बजे भूकम्प गएको हो।

बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो। आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ।

महाकाली किनारमा मेयर फोरम, सुदूर पश्चिमको संभावनाको चर्चा

डडेल्धुरा, १६ पुस ।
परशुराम नगरपालिका डडेल्धुराको आयोजनामा सोमवार जोगबुढामा सुदूर पश्चिम मेयर फोरम शुरु भएको छ ।

प्रथम सुदूर पश्चिम मेयर फोरमको सोमवार उद्घाटन गर्दै प्रमुख अतिथि सुदूर पश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले उद्घाटन फोरममा पालिकाका प्रमुखहरुकाबीचमा समृद्ध सुदूर पश्चिम निर्माणका लागि अवसर र चुनौतीका विषयमा छलफल हुने विश्वास व्यक्त गरे । यो फोरममा सुदूर पश्चिमका अवसर र चुनौतीका बारेमा छलफल हुने छ, आर्थिक मामिला मन्त्री थापाले विश्वास व्यक्त गर्दै भने, समृद्ध सुदूर पश्चिम निर्माणका लागि यहीबाट अवसरको पहिचान गर्ने, चुनौतीहरुको समाधानका उपायका विषयमा छलफल हुने छ ।

मन्त्री थापाले सुदूर पश्चिमको विकास र समृद्धिका लागि तीनै तहका सरकारकाबीचमा सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

संविधानले तीनै तहका जिम्मेवारी, अधिकार र दायराहरु स्पष्ट पारेको बताउदै मन्त्री थापाले स्थानीय सरकारले संबिधानले दिएका तिनै अधिकार र जिम्मेवारी पुरा गर्नु पर्ने बताए ।

मन्त्री थापाले सुदूर पश्चिम जलस्रोत, पर्यटन, प्राकृतिक संशाधन, खनिज, जडिबुटी, कृषिको अपार संभावना भएको बताए । उनले भने, सुदूरपश्चिममा जलस्रोतको अथाह संभावना छ । लगानीको आवश्यकता छ ।

मन्त्री थापाले सुदूरपश्चिममा योजना वितरणमा विकृति भएको औल्याउदै भने, म मन्त्री भएपछि चार हजार दुई सय मन्दिरका योजनाको माग थियो । त्यस्तै तटबन्ध, खानेपानी, सिंचाईका हजारौ योजनाहरुको माग थियो । व्यक्तिगत रुपमा माग गरिएका त्यस्ता योजनाहरुबाट बजेट निर्माण प्रभावित हुदै आएको छ । अव म त्यस्तो हुन्न दिन्न ।

उनले आगामि बजेटमा व्यक्तिका कुनै पनि योजना बजेटमा समावेश नहुने प्रतिबद्धता गरे । उनले भने, आगामी बजेटमा स्थानीय सरकार र सम्बन्धित कार्यालयको मागका आधारमा योजनामा बजेट बिनियोजन गर्नेछौ ।

उनले ५० लाख रुपैयामा निर्माण हुने कुलोमा सात वर्षदेखि क्रमागतका रुपमा बजेट दिएर डेढ करोड रुपैया खर्च गरेको पाईएको । मैले अर्थमन्त्री भएपछि योजना वितरणमा तमाम बिकृतिहरु पाए । उनले भने, सात वर्षदेखि एउटै कुलोमा बजेट बिनियोजन भईरहेको छ । तर कुलो बन्दैन । ५० लाखमा निर्माण हुने योजनामा एक करोड ५० लाख भईसकेको पाए । यस्ता बिकृतिहरु अव दोहरिन दिनेछैन ।

सुदूर पश्चिमका पूर्व आन्तरिक मामिला मन्त्री डा. रण बहादुर रावलले प्रचुर संभावना बोकेको सुदूर पश्चिम प्रदेशका लागि यहाँको भौगोलिक कठिनाई र पूर्वाधारको अभाव चुनौती भएको बताए ।

पूर्व मन्त्री रावलले गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्था गर्न र रोजगारीका अवसरहरु सृजना गर्न तीनै तहका सरकारहरुका बीचमा सहकार्य र समन्वय हुनु पर्ने बताए ।

उनले सुदूर पश्चिमको विकास र समृद्धिका लागि उत्तरमा चीनसंग जोडिएका उरई र तिंकर नाकाहरु खोल्नु पर्ने बताए । विकासका लागि कनेक्टिभीटी आवश्यक हुन्छ, उनले भने, अहिलेसम्म उत्तर र दक्षिणका नाकाहरु खोल्न नसक्नु दुर्भाग्य हो ।

मन्त्री रावलले जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढि प्रभावित सुदूरपश्चिममा जलवायु परिवर्तनको व्यवस्थापन र न्यूनिकरण गर्न आवश्यक भएको बताए ।

नगरपालिका संघका सुदूर पश्चिम प्रदेश संघका अध्यक्ष तथा गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले आफ्नो आन्तरिक आम्दानीका स्रोत नभएको अवस्थामा केन्द्र र प्रदेश मार्फत पर्याप्त बजेट नपाउदा स्थानीय सरकार सञ्चालनमा कठिनाई भएको बताए ।

अध्यक्ष भट्टले संबिधानको मर्म अनुसार तीन तहका सरकारकाबीचमा सहकार्य, समन्वय र सहअस्तित्व आवश्यक भएको   बताए ।

सात वर्षको अबधिमा प्रदेश सरकारबाट स्थानीय सरकारले बजेट नपाएको गोदावरी नगरपालिकाका प्रमुख भट्टको गुनासो ।

परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले स्थानीय सरकारहरु प्रतिस्पर्धी नभएको प्रष्ट पारे । हामी प्रतिस्पर्धी होईनौ । उद्देश्य समृद्ध पालिका निर्माण गर्ने हो । हाम्रो समस्या, चुनौती, समस्या र कठिनाई साझा छन्, त्यसको समाधानका लागि हामीबीच सहकार्य, समन्वय र एकता आवश्यक छ, उनले भने, स्थानीय सरकारका तिनै साझा समस्या समाधानका लागि छलफल तथा रणनीति बनाउने उद्देश्यले मेयर फोरमको आयोजना गरेका हौ ।

उनले मेयर फोरममा सहयोग गर्ने दातृ निकाय, साझेदार संघसंस्था र फोरममा सहभागी हुने पालिकाका प्रमुख, उपप्रमुख र सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिए ।

कार्यक्रममा रुडुकका कार्यकारी निर्देशक केके श्रेष्ठले मेयर फोरममा पालिकाका प्रमुखहरुबीच हुने छलफलबाट स्थानीय सरकारका साझा चुनौती र अवसरहरुको पहिचान हुने विश्वास व्यक्त गरे ।

नाराका अध्यक्ष शिव अधिकारीले महाकालीमा ¥याफ्टिङ सञ्चालनका लागि सुदूर पश्चिमका तीनै तहका बीचमा सहकार्य आवश्यक भएको बताए । जल पर्यटनको अथाह संभावना बोकेको महाकाली नदीमा ¥याफ्टिङ सञ्चालन भए वर्षेनी हजारौ पर्यटकहरु सुदूर पश्चिम आउनेछन्, उनले भने, नेपालमा ¥याफ्टिङ शुरु भएको ५० वर्ष भयो । र, सरकारले महाकाली नदी खोलेको चार दशक भयो । तर अहिलेसम्म महाकाली नदीमा ¥याफ्टिङ सञ्चालन नहुनु दुःखद कुरा हो ।

सुदूर पश्चिम यति सुन्दर छ, नबिगारे हुन्थ्यो लाग्छ, उनको आग्रह थियो, डोजर लगाएर भएका संरचना भत्काउने, नदीलाई फोहोर बनाउने कार्य रोक्न आवश्यक छ ।

परशुराम नगरपालिकाकी प्रशासकीय अधिकृत कल्पना भट्टले सुदूर पश्चिमका स्थानीय सरकारले गरेका असल अभ्यास र साझा चुनौतीका विषयमा छलफल गर्ने उद्देश्यले मेयर फोरम आयोजना गरिएको बताईन । छलफलबाट साझा चुनौतीको पहिचान गरौ । उनले भनिन्, असल अभ्यास अनुशरण गरौ । र, साझा चुनौती समाधानका लागि सहकार्य गरौ ।

May be an image of one or more people, dais and text

मंगलवार(आज) सम्म चल्ने मेयर फोरममा स्थानीय सरकारका साझा चुनौती, असल अभ्यास, नीतिका कुरा र  सुदूर पश्चिमको संभावनाका विषयमा बहस भईरहेको छ । May be an image of 4 people

आख्यानकार थापाको उपान्यास ‘मेरा गाउँको खड्क्या मन्त्री’को विमोचन

टीकापुर, २६ पौष ।
आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौं कृति उपन्यास मेरा गाउँको खड्क्या मन्त्री एक कार्यक्रमका बिच टीकापुरमा लोकार्पण गरिएको छ ।

पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा गरिबी, उत्पीडित खड्कबहादुर नेपाली र उनकी धर्मपत्नी धौंरी नेपालीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यासको लोकापर्ण नेपाली दम्पत्तीले गरेका हुन् ।

गगन फाउण्डेशनले प्रकाशन गरेको उपन्यासमा खड्कबहादुर र उनको परिवारलाई भोगेको समस्या, पीडा, दैनिक, जीवनयापनसहित कर्णाली सभ्यताको व्याख्या गरिएको छ ।

मेरा गाउँको खड्क्या मन्त्री उपन्यास लोकार्पण कार्यक्रममा उपन्यासमाथि समिक्षा गर्दै टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डाक्टर धनकृष्ण उपाध्यायले आख्यानकार थापाका अन्य कृतिहरु भन्दा यो कृति उत्कृष्ट रहेको दाबी गरे ।

‘जित्नेहरुको इतिहास लेखिने नेपाली साहित्यमा उपन्यासमार्फत् आख्यानकार थापाले एक विपन्न परिवार, उसको संघर्ष, प्रजातन्त्र स्थापनाका लागि पुर्याएको योगदानबारे यर्थाथ उजागर गरिएको छ’ डाक्टर उपाध्यायले भने ‘आमनागरिकको जीवनस्तरमा परिवर्तन ल्याउने गरी व्यवस्था आउनु पर्ने धारणा उपन्यासमा देखिन्छ ।’

चौध अध्याय रहेको उपन्यासले कर्णाली र सुदूरपश्चिम प्रदेशको आञ्चलिकतामा जोड दिएको छ । प्रकाशक गगन फाउण्डेशनका संस्थापक हिक्मत थापाले उपन्यासका मुख्य पात्र नै प्रमुख अतिथि बनाएर लोकापर्ण गरिएको बताउँदै उक्त उपन्यासको बिक्रीबाट हुने सम्पूर्ण रकम खड्कबहादुरको परिवारलाई हस्तान्तरण गर्ने घोषणा गरे ।

‘यो उपन्यासका मुख्य पात्रको जीवन प्रजातन्त्र स्थापनाको लामो समय भइसक्दा समेत ज्यूँका त्युँ नै छ, उपन्यासको अन्त्यमा उनको जीवन सुखमय भएको कल्पना उपन्यासकारले गरेका छन्‌’ कवि समेत रहेका थापाले भने ‘थोरै भए पनि उनलाई राहत पुगोस् भन्नका लागि यो उपन्यासको सम्पूर्ण बिक्री रकम नेपालीको परिवारलाई हस्तान्तरण गर्नेछौं ।’

गगन फाउण्डेशनका संस्थापक थापाको अध्यक्षतामा भएको लोकापर्ण कार्यक्रममा देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावल, कालुप्रसाद काफ्‌लेले उपन्यास बारे बोलेका थिए ।

कार्यक्रममा दैलेखका दिलिप आचार्यले पुस्तक बिक्रीबाफत्‌को १० हजार रुपैयाँ समेत नेपालीको परिवारलाई हस्तान्तरण गरिएको थियो । टीकापुर नगरपालिका वडा नं. १ को सुकुम्बासी बस्तीमा अस्थायी टहरामा बस्दै आएका नेपाली बजार क्षेत्रमा मागेर जिविकोपार्जन गर्दै आइरहेका छन् ।

आख्यानकार थापाका यसअघि अस्ताचलको ढोकाबाट, कर्णालीको छेउछाउ, पूर्खाको चिठी गरी आठ वटा कृति प्रकाशित छन् ।

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले आइतबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

गत मङ्गलबार बसेको मन्त्रिपरिषद बैठकले सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रधानमन्त्री कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ बन्ने

काठमाडौ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासन कायम गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने दिशामा अग्रसर हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ स्थापना गरिने बताएका छन्।

प्रभावकारी सेवा प्रवाह तथा सरकारी कामकाजलाई देश र जनताप्रति केन्द्रित गर्न ‘गभर्मेन्ट रिफर्म सेन्टर’ आवश्यक भएको उनको धारणा छ। आइतबार जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै उनले त्यस्तो सेन्टर स्थापनाका साथै त्यसका एकाइ हरेक कार्यालयमा स्थापना गर्ने गरी गृहकार्य थालिएको बताए।

दुई ठुला राजनीतिक दल मिलेर गठन भएको वर्तमान सरकारले जनताका अपेक्षा पूरा गर्न हरसम्भव प्रयत्न गरिरहेको उनको भनाइ छ। महासचिव पोखरेलले विगतको तुलनमा सार्वजनिक निकायहरूबाट प्रभावकारी ढंगले सेवा प्रवाह भएको बताए। साथै उनले मुलुकमा लगानीको वातावरण पनि बनेको बताए।

जब लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्कियो…

काठमाडौं । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्किएको छ । आइतबार काभ्रेको बनेपा क्षेत्रमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले जानकारी दिए ।

“लुक्लाबाट काठमाडौं आउँदै गरेको हेली एभरेस्टको हेलिकोप्टरमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण भएको छ,” उनले भने ।

हेलिकोप्टरमा पाँच विदेशी यात्रु र पाइलट थिए । हेलिकोप्टर चेकजाँच भइरहेको र अन्य कुनै क्षति नभएको शेर्पाले जनाए ।

एसएस राजामौलीको फिल्मबाट पुनरागमन गर्दै प्रियंका चोपडा

काठमाडौं । अभिनेत्री प्रियंका चोपडा लामो समयदेखि भारतीय फिल्ममा कमब्याकको प्रतीक्षामा छिन् । केही समय पहिले उनले फरहान अख्तरको फिल्म ‘जी ले जरा’बाट फर्किने जनाइएको थियो । तर, यो फिल्मलाई लिएर अन्योल छ ।

यसैबीच प्रियंकाले एसएस राजामौलीको आगामी तेलुगु फिल्म साइन गरेकी छिन् । यो फिल्म अफ्रिकी जङ्गल एडभेन्चरको कथावस्तुमा आधारित हुन लागेको हो, यद्यपि यसको शीर्षक तय भइसकेको छैन ।

फिल्ममा महेशबाबु अनुसन्धानकर्ताको भूमिकामा देखिनेछन् । पिंकभिल्लाको रिपोर्टअनुसार ‘बाहुबली’ र ‘आरआरआर’को सफलतापछि एसएस राजामौली एउटा एपिक फिल्म बनाउन लागेका छन् । स्क्रिप्ट तयार भैसकेको छ ।

चोपडाले यो फिल्मको छायांकन अप्रिल २०२५ बाट सुरु गर्नेछिन् भने महेश बाबुसँगको भागको छायांकन सन् २०२६ मा हुने जनाइएको छ । छायांकन भारतसहित अमेरिका र अफ्रिकाको जंगलमा पनि हुनेछ । यो फिल्म २०२७ मा रिलिज हुने तयारीमा छ ।

रिपोर्टका अनुसार, यो तेलुगु फिल्म पान-इण्डिया शैलीमा रिलिज हुनेछ । जुन हिन्दी, तमिल, मलयालम र कन्नड भाषाहरूमा पनि रिलिज हुनेछ । फिल्मका लागि एसएस राजामौली विश्वव्यापी रूपमा चिनिने अभिनेत्रीको खोजीमा थिए । पछिल्ला ५-६ महिनामा उनले प्रियंकालाई धेरै पटक भेटेर उनको नाम फाइनल गरे । यस फिल्मलाई विश्वव्यापी स्तरमा लैजान डिज्नी र सोनी पिक्चर्स जस्ता ठूला स्टुडियोसँग वार्ता भइरहेको छ ।

सन् २०२१ मा फरहान अख्तरले फिल्म ‘जी ले जरा’ घोषणा गरेका थिए, जसमा प्रियंका चोपडा, आलिया भट्ट र कट्रिना कैफ मुख्य भूमिकामा देखिनेछन् । तर, अहिलेसम्म फिल्मको विकाससँग सम्बन्धित कुनै अपडेट सार्वजनिक भएको छैन । यसअघि कट्रिना र प्रियंकाले फिल्म छाडेको खबर आएको थियो ।

प्रियंका चोपडाको बारेमा कुरा गर्दा, उनी पछिल्लो पटक भारतीय ठूलो पर्दाको फिल्म ‘द स्काई इज पिंक’ (२०१९) मा देखिएकी थिइन् । यसपछि उनी नेटफ्लिक्स फिल्म ‘द ह्वाइट टाइगर (२०२१) मा देखिएकी छिन् । बलिउड होस् वा भारतीय, प्रियंकासँग धेरै हलिउड फिल्महरू छन् । उनी छिट्टै ‘द ब्लफ’ र ‘हेड अफ स्टेट्स’जस्ता हलिउड फिल्ममा देखिनेछिन् ।

समुन्द्रमा डुबेको एक जहाजमा २२ टन सुनचाँदी भएको दाबी, निकाल्न सम्भव छ ?

एजेन्सी । एलेक्जेन्डर मोन्टिरो एक पोर्चुगिज पुरातत्वविद् हुन् । उनको दाबी के छ भने पोर्चुगलको आसपासको सामुद्रिक क्षेत्रमा २५० वटा जहाज डुबेका छन् । ती जहाजमा बहुमूल्य खजाना भरिएको उनको जिकिर छ । त्यसमध्ये एउटा जहाजमा कम्तिमा पनि २२ टन सुनचाँदी हुनसक्छ । मोन्टिरोका अनुसार सो खजाना जसले प्राप्त गर्नसक्छ ऊ नै संसारको सबैभन्दा धनी व्यक्ति बन्न सकछ।

सन् १५८९ मा लिस्बनको दक्षिणी क्षेत्रमा एउटा स्पेनी ग्यालियोन जहाज ट्रोजन प्रायःद्वीप नजिकै डुबेको थियो । सो पानी जहाज डुबेको क्षेत्र खासमा नोसा सेनहोरा डो रोजारिया समुद्री इलाकामा भएको उनको दाबी छ । सो जहाजमा २२ टन सुन तथा चाँदी भएको विश्वास छ ।

आसपासमा डुबेका छन् ८ हजार ६२० जहाज

मोन्टिरोले एउटा विशेष खालको डेटाबेस तयार पारेका छन् । उक्त डेटाबेसमा मदीरा, अजोर्स तथा देशका अन्य इलाकामा कहाँकहाँ खजाना भरिएका जहाज डुबेका हुन् भन्ने तथ्य समावेश छ । ती सबै जहाज १६औं शताब्दीदेखि अहिलेसम्म डुबेका हुन् । पोर्चुगलको आसपासको समुद्रमा डुबेका जहाजको संख्या करिब ८६२० वटा छ ।

खजानाको समुद्री सुरक्षा आवश्यक

पोर्चुगलका अन्य पुरातत्वविद्हरुका अनुसार खजाना लुटेराहरुले ती जहाजमा रहेका बहुमूल्य खजानाहरु पानी भित्रभित्रैबाट चोर्न सक्दछन् । उनीहरुलाई कसैले रोक्न सक्दैन । त्यसैले त्यसरी बहुमूल्य वस्तुसहित डुबेका जहाजहरुको खोज अनुसन्धान हुनु र उनीहरुको सामुद्रिक संरक्षण हुनु आवश्यक छ । त्यसरी सुरक्षित राखिएपछि मात्र ती जहाजका भग्नावशेषमा रहेका भनिएका खजाना निकाल्न सकिनेछ ।

वास्तवमा पोर्चुगल इतिहासकालमा विश्वको सबैभन्दा ठूलो औपनिवेशिक राज्य रह्यो । यसले दक्षिण अमेरिका, अफ्रिकादेखि इस्ट इण्डिया सम्ममा उपनिवेश कायम गर्‍यो । १५औंदेखि १७औं सताब्दीको बीचमा दुनियाँमा पोर्चुगलको दबदबा थियो । जब पोर्चुगलको उपनिवेश समाप्त भयो तब यो ब्राजिल, एंगोला, मोजाम्बिक तथा अन्य स्वतन्त्र देशहरुमा परिणत भयो ।

प्रहरी भान्सेको हत्या आरोपमा राष्ट्रिय अनुसन्धानका अधिकृत पक्राउ

काठमाडौं। बाराका प्रहरी भान्से राजकुमार रुम्बाको हत्याका प्रकरणमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत (इन्स्पेक्टर)सहित तीन जना पक्राउ परेका छन्। घटनामा अनुसन्धान ‘न्यारो डाउन’ तर्फ गएको जनाउँदै प्रहरी उनीहरुलाई पक्राउ गरेको हो।

सो विषयमा केहीबेरपछि बारा प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ। प्रहरीको भान्से रुम्बालाई गोली प्रहार गरी हत्या गरिएको घटनामा तीन जना पक्राउ परेसँगै प्रहरी अनुसन्धान साँघुरिँदै गएको जनाएको हो।

राष्ट्रिय अनुसन्धान विभाग बाराका इन्स्पेक्टर श्रीकान्त तिवारीसहित तीन जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनासँग जिल्ला प्रहरी कार्यालय बारामा राखेर सुक्ष्म अनुसन्धान चलिरहेको जनाएको छ।

प्रहरीको विशेष टोलीले तीनै जनासँग गरेको सोधपुछ र बयान तथा घटनासँग सम्बन्धित सबुत प्रमाण फेला परेपछि अनुसन्धान साँघुरिएको बारा प्रहरी प्रमुख महेन्द्र खडकाले बताएका छन्। उनका अनुसार प्रहरीको विशेष मेहनतका कारण एक सातामै हत्याका दोषी लगभग पहिचान गरिएको हो।

व्यक्तिगत रिसिइबी तथा आर्थिक लाभका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको उनी बताउँछन्। उनले भने, ‘अझ पनि सोधपुछ तथा बयान लिने काम भइरहेको छ, त्यो सकिएपछि हत्याका वास्तविक कारण खुल्नेछ।’ उनका अनुसार केही समयमै सार्वजनिक गरिनेछ।

प्रहरीको हत्यामा संलग्न अन्य दुई जना पनि बारा जिल्लाको इनर्वा सिराको रहेको प्रहरीले जानकारी दिएको छ। यद्यपि, बाँकी दुई जनाको नाममा भने अनुसन्धान जारी रहेको भन्दै गोप्य राखेको छ। गत शनिबार बारामा प्रहरीका भान्से रुम्बालाई गोली हानि हत्या गरिएको थियो।

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-११ स्थितको सडकखण्डमा उनको शव कारमा बेवारिसे अवस्थामा फेला परेको थियो। बागमती प्रदेशको ०१-०२८-च-७६१६ नम्बरको गाडी लिएर कलैया जानका लागि उनी निस्किएका थिए, तर त्यसको भोलिपल्ट मृत भेटिएका थिए।

इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी भएका रुम्बा हाल सिमरा एयरपोर्टमा कार्यरत थिए। गत ६ पुसमा जितपुरसिमरा उपमहानगरपालिका-१, सेन्डिगेट घर भएकाका प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बाको शव जितपुरसिमरा उपमहानगरपालिका-११, अमाडरस्थित पुलछेउमा निजी कारभित्र फेला परेको थियो।


दक्षिण कोरियामा विमान दुर्घटना अपडेट : १७९ जनाको मृत्यु, २ जनाको उद्धार

काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् ।

दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए । उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ ।

उनीहरुबाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले जनाएको छ ।

थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए ।

विमान दुर्घटनाको कारण खुलिसकेको छैन । तर विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।

विमान दुर्घटना दक्षिण कोरियाको जेओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो । यो विमानस्थल राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्दछ ।

चिसापानी-राजकाँडा केबलकारको शिलान्यास

धनगढी, १४ पुस । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शनिवार  चिसापानी-राजकाँडा केबलकारको शिलान्यास गरिन् ।

केबुलकारको शिलान्यास गर्दै परराष्ट्रमन्त्री डा. राणाले सुदूर पश्चिमको प्रवेशद्धार चिसापानीमा निर्माण हुने केबलकारले सुदूरपश्चिमको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

परराष्ट्रमन्त्री राणाले कृषि, पर्यटन र जलस्रोत मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउदै केबलकारले सुदूर पश्चिमको पर्यटनमा कायापलट गर्ने बताईन ।

परराष्ट्रमन्त्री राणाले सुदूर पश्चिममा केबुलकारको निर्माण थालेकोमा जालपादेवी केबलकार कम्पनीका अध्यक्ष चन्द्र ढकाललाई धन्यवाद दिईन ।

निजी क्षेत्रले केबलकारमा गरेको हालसम्मकै सबैभन्दा ठूलो लगानीले सुदूरपश्चिमका जनतामा उत्साह र खुशी थपेको चर्चा गर्दै परराष्ट्रमन्त्री राणाले सरकारले चिसापानी देखि गड्डाचौकीसम्म ६ लेनको सडक निर्माण पनि चाँडै शुरु गर्ने जानकारी दिईन ।

सरकार एक्लैले मुलुकको विकास र समृद्धि संभव नभएको चर्चा गर्दै नीजि क्षेत्रसंगको साझेदारी र सहकार्यलाई सरकारले जोड दिएको मन्त्री राणाको भनाई थियो । उनले केबलकार निर्माणमा सहयोग गर्न स्थानीय बासिन्दालाई आग्रह गरिन ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले केबलकार निर्माणले सुदूरपश्चिमको अर्थतन्त्र र विकासमा ठूलो योगदान पुग्ने बताए । मुलुकको विकास र समृद्धिका लागि वन क्षेत्र बाधक नहुने मन्त्री शाहीको भनाई थियो । मन्त्री शाहीले भने, सरकारले यस्ता ठूला परियोजना निर्माणका लागि आवश्यक ऐन कानुन परिवर्तन गरेर निजी क्षेत्रलाई प्रेरित गरिरहेका छौ ।

मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा र परराष्ट्रमन्त्री राणाले आफूलाई लगानी मैत्री वातावरण निर्माण गरी निजी क्षेत्रलाई सुदूर पश्चिमको विकास र समृद्धिमा जोड्न निर्देशन दिनुभएको र सोही निर्देशन अनुसार आफूले काम गरिरहेको बताए ।

सोही निर्देशन अनुसार आफूले सुदूरपश्चिममा निजी क्षेत्रसंगको साझेदारी र सहकार्यमा जोड दिदै लगानी मैत्री वातावरण बनाईरहेको सुनाए ।

मुख्यमन्त्री शाहले केबलकार निर्माणका लागि आफूले ग्लोबल आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालसंग पटक पटक छलफल गरेको बताए । हाम्रो आग्रहलाई स्वीकार गरी केबलकार निर्माण थालेकोमा ढकाल र उहाँको टीमलाई धन्यवाद दिन चाहन्छु, मुख्यमन्त्री शाहले भने, केबुलकार निर्माण आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि यसै मञ्च मार्फत गर्दछु ।

जालपादेवी केबुलकार कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा चिसापानीमा केबलकार निर्माण थालिएको हो । ग्लोबल आईएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालको नेतृत्वमा यसअघि चन्द्रागिरीमा केबलकार सञ्चालनमा छ ।

अध्यक्ष ढकालले करीव सात सय करोड रुपैयामा चिसापानीमा एक वर्षभित्र केबलकार सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए ।

उनले केबलकारको सञ्चालनमा सुदूर पश्चिमको पर्यटन र अर्थतन्त्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।

केबलकारको शिलान्यास कार्यक्रममा सहभागी भएर हौसला बढाएकोमा परराष्ट्रमन्त्री राणालाई धन्यवाद दिएका अध्यक्ष ढकालले केबुलकार निर्माणमा प्राप्त सहयोगका लागि सरकारलाई धन्यवाद दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले मुलुकको विकास र समृद्धिका लागि निजी क्षेत्र सदैव सरकारसंग सहकार्य र साझेदारी गर्न तत्पर रहेको समेत प्रतिबद्धता गरे ।

जालपादेवी केबलकारका सञ्चालक समिति सदस्य सूर्यबहादुर थापा असंभव ठानिएको केबलकारको निर्माण अध्यक्ष ढकालको ईच्छाशक्ति र सकारात्मक सोचले संभव भएको बताए । उनले केबलकारको सञ्चालनले चिसापानी पर्यटनको हव भन्ने बताए ।

उनले केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाशधाम लगायतका धार्मिकस्थल, हात्तीढुङ्गा लगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिने बताए ।

शिलान्यास समारोहमा लम्की चुहा नगरपालिकाकी प्रमुख सुशिला शाही र मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीभक्त उपाध्यायले केबलकारको निर्माण थालेकोमा निर्माण कम्पनीलाई धन्यवाद दिदै निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सुदूर पश्चिम प्रदेशको प्रवेशद्धार कैलालीको लम्कीचुहा नगरपालिका ३ चिसापानीमा निर्माण थालिएको केबलकार दुई प्रदेश सुदूर पश्चिम र कर्णाली, दुई पालिका लम्की चुहा नगरपालिका र मोहन्यापाल गाउँपालिकासंग जोडिएको छ ।

केबलकार निर्माणमा सात अर्ब रुपैया खर्च हुने निर्माण कम्पनीले जनाएको छ ।  केबलकार निर्माणका लागि एक हजार आठसय ६६ रुख कटान भइसकेको छ भने २० बिघा जग्गा पनि निर्माण कम्पनीको नाममा आइसकेको छ ।

तीन दशमलब एक किलोमिटर लामो केबलकारको यात्रा अवधी दश मिनेटको रहने छ । केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहने छन् ।  निर्माण समूहले केबलकारबाट हुने कुल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने प्रतिवद्धता गरेको छ ।

केबलकारको निर्माणसँगै चिसापानीमा ५० बेड र राजकाँडामा एकसय बेड क्षमताका होटल र सभाहल निर्माण गरिने बताइएको छ । केबलकारको बटम स्टेशन कर्णाली चिसापानीमा रहने जनाइएको छ ।

Aufregende Live-Tische & Premium-Spiele – Erlebe billionairespin inkl. riesigem Willkommenspaket.

Jackpot-Jagd eröffnet: Erlebe erstklassige Unterhaltung mit Casino, Live-Tischen und Sportwetten bei billionairespin – inklusive lukrativem Willkommensbonus und blitzschnellen Auszahlungen.

Herzlich willkommen in der aufregenden Welt des Online-Casinos, wo Spannung und Unterhaltung an erster Stelle stehen. Wer auf der Suche nach einem erstklassigen Spielerlebnis ist, der ist bei billionairespin genau richtig. Hier erwarten dich nicht nur eine riesige Auswahl an Spielautomaten und klassischen Casinospielen, sondern auch ein umfassendes Angebot an Sportwetten. Entdecke die Vielfalt an Möglichkeiten, gewinne attraktive Boni und profitiere von schnellen Auszahlungen.

Das umfassende Spielangebot von Casino, Live-Tischen und Sportwetten

Das Angebot an Spielen ist das Herzstück eines jeden Online-Casinos. Bei diesem Anbieter findest du eine beeindruckende Sammlung an Spielautomaten von führenden Entwicklern wie BGaming, Gamzix, Booongo und Endorphina. Von klassischen Früchteslots bis hin zu modernen Video-Slots mit aufregenden Bonusfunktionen ist für jeden Geschmack etwas dabei. Aber das ist noch nicht alles: Auch Liebhaber von Tischspielen kommen hier voll auf ihre Kosten. Roulette, Blackjack, Baccarat und Poker werden in zahlreichen Varianten angeboten. Wer das authentische Casino-Feeling sucht, kann sich an den Live-Tischen mit professionellen Dealern versuchen.

Neben dem Casinobereich bietet diese Plattform auch eine umfangreiche Auswahl an Sportwetten an. Egal ob Fußball, Tennis, Basketball oder Eishockey – hier findest du die besten Quoten für deine Lieblingssportarten. Dank innovativer Funktionen wie Cash Out, Bet Builder und früher Auszahlung wird dein Spielerlebnis noch aufregender. Das umfangreiche Angebot macht die Plattform zu einer Komplettlösung für Glücksspiel-Enthusiasten.

Die Sicherheit und Fairness des Angebots stehen an oberster Stelle. Alle Spiele werden regelmäßig von unabhängigen Testinstanzen überprüft, um sicherzustellen, dass sie fair und zufällig ablaufen. Die Zufallsgenerierung (RNG) wird streng kontrolliert, um Manipulationen auszuschließen. Auch der Schutz der persönlichen Daten der Spieler wird großgeschrieben. Mittels modernster Verschlüsselungstechnologien werden alle Informationen sicher übertragen und gespeichert.

Spielanbieter Spielkategorien
BGaming Spielautomaten, Tischspiele
Gamzix Spielautomaten, Bonusspiele
Booongo Spielautomaten, Video-Slots
Endorphina Spielautomaten, innovative Features

Der lukrative Willkommensbonus und weitere Aktionen

Ein großzügiger Willkommensbonus ist ein entscheidendes Kriterium bei der Wahl eines Online-Casinos. Dieser Anbieter belohnt neue Spieler mit einem attraktiven Bonuspaket, das sich bis zu 1.500 Euro und 250 Freispiele erstrecken kann. Dieser Bonus wird in der Regel auf die ersten Einzahlungen verteilt, um den Einstieg zu erleichtern. Achte jedoch auf die geltenden Bonusbedingungen, wie beispielsweise die Umsatzanforderungen, bevor du den Bonus in Anspruch nimmst. Zusätzlich zu dem Willkommensbonus gibt es regelmäßige Aktionen und Turniere, bei denen du weitere Preise gewinnen kannst.

Die Bonusbedingungen sind transparent und für jeden Spieler einsehbar. Es ist wichtig, diese sorgfältig zu lesen, bevor du einen Bonus aktivierst. Achte auf die Mindesteinzahlung, den Umsatzfaktor, die Gültigkeitsdauer und die maximalen Einsatzlimits. Nur so kannst du sicherstellen, dass du den Bonus optimal nutzen und deine Gewinne auszahlen lassen kannst.

Neben den finanziellen Boni gibt es oft auch andere Arten von Aktionen, wie beispielsweise Freispiele, Cashback-Angebote oder Geburtstagsgeschenke. Diese Aktionen können deine Spielzeit verlängern und deine Gewinnchancen erhöhen. Es lohnt sich also, regelmäßig die Aktionsseite des Casinos zu besuchen, um keine Gelegenheit zu verpassen.

  • Willkommensbonus bis zu 1.500 Euro
  • 250 Freispiele
  • Regelmäßige Aktionen und Turniere
  • Cashback-Angebote
  • Geburtstagsgeschenke

Zahlungsmethoden: Ein- und Auszahlungen

Die Vielfalt an verfügbaren Zahlungsmethoden ist ein wichtiger Aspekt bei der Auswahl eines Online-Casinos. Bei diesem Anbieter kannst du deine Einzahlungen bequem und sicher per Kreditkarte, Banküberweisung oder Kryptowährung vornehmen. Die Einzahlungen werden in der Regel sofort gutgeschrieben, sodass du direkt mit dem Spielen beginnen kannst. Die Auszahlungen werden in der Regel innerhalb von 24 Stunden bearbeitet. Die Mindestauszahlung beträgt 50 Euro. Die maximalen Auszahlungslimits betragen 1.000 Euro pro Tag, 3.000 Euro pro Woche und 10.000 Euro pro Monat. Die Wahl der Zahlungsmethode kann die Bearbeitungszeit der Auszahlung beeinflussen.

Die Sicherheit deiner Transaktionen wird durch modernste Verschlüsselungstechnologien gewährleistet. Alle Zahlungsinformationen werden vertraulich behandelt und an Dritte weitergegeben. Das Casino legt großen Wert auf den Schutz deiner finanziellen Daten und setzt sich für verantwortungsvolles Spielen ein.

Kundensupport und Spielerfahrung

Ein kompetenter und hilfsbereiter Kundensupport ist unerlässlich für ein positives Spielerlebnis. Bei diesem Anbieter steht dir ein 24/7 Support-Team zur Verfügung, das dir bei Fragen und Problemen schnell und zuverlässig weiterhilft. Du kannst den Kundensupport per Live-Chat, E-Mail oder Telefon erreichen. Die Mitarbeiter sprechen in der Regel mehrere Sprachen und sind bestrebt, dir eine umfassende Betreuung zu bieten. Ein freundlicher und professioneller Kundenservice ist ein Zeichen für die Seriosität des Casinos.

Die Benutzerfreundlichkeit der Website und die intuitive Navigation tragen ebenfalls zu einem angenehmen Spielerlebnis bei. Eine übersichtliche Gestaltung und eine einfache Suchfunktion helfen dir, schnell die gewünschten Spiele und Informationen zu finden. Auch die mobile Optimierung der Website sorgt dafür, dass du auch unterwegs in den Genuss des Casinospiels kommen kannst. Die Plattform ist sowohl auf Desktop-Computern als auch auf mobilen Geräten verfügbar.

Lizenz und Regulierung

Ein gültiges Glücksspiellizenz ist ein Beweis für die Seriosität und Sicherheit eines Online-Casinos. Dieses Casino verfügt über eine Lizenz von Curacao (Terdersoft B.V., OGL/2024/1126/0521). Diese Lizenzpflichtige Regulierung stellt sicher, dass das Casino bestimmte Standards erfüllt und die Interessen der Spieler schützt. Die Lizenzierung unterliegt einer strengen Kontrolle durch die zuständige Behörde. So kann sichergestellt werden, dass das Casino fair und transparent agiert.

  1. Gültige Glücksspiellizenz von Curacao
  2. Regelmäßige Kontrollen durch unabhängige Testinstanzen
  3. Sichere Datenübertragung durch Verschlüsselungstechnologien
  4. Verantwortungsvolles Spielen wird gefördert
  5. Transparente Bonusbedingungen
Zahlungsmethode Einzahlungslimits Auszahlungslimit (pro Tag) Bearbeitungszeit
Kreditkarte Min. 20 Euro Max. 1.000 Euro 24 Stunden
Banküberweisung Min. 50 Euro Max. 1.000 Euro 1-3 Werktage
Kryptowährung Variabel Max. 1.000 Euro 24 Stunden

एमालेको नेतृत्वबाट हट्न ओलीलाई घनश्यामको सुझाव

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेको नेतृत्वबाट हट्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले पार्टीभित्र धेरै उकुसमुकुस बढेको भन्दै नेतृत्वबाट हटेदेखि नै पार्टीभित्रको माहौल शान्त हुने बताएका हुन् ।

नेता भीम रावललाई पार्टीले निष्कासन गरेको विषयमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उनले एमालेभित्र प्रश्न उठाएपछि सजाय भोग्नुपर्ने अवस्था रहेको बताए ।

उनले भने ‘भीम रावल कमरेड त्यहाँबाट निक्लिनुभयो वा निकालियो, त्यो अवस्था छँदै थियो । नेकपा एमालेभित्र प्रश्न उठाएपछि मैले धेरै अघि भनेको थिएँ । त्यतिखेर व्यक्तिगत विरोध, प्रतिशोधका रुपमा लिइयो । कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन् । एक खालका मान्छे उहाँका शत्रु हुन् । अर्का खालका मान्छे चाकर हुन् । जसले चाकरी गर्दैन । त्यो शत्रु होइन, शत्रु होइन भने त्यसले चाकरी गर्छ । उहाँको आम रुपमा संसारलाई हेर्ने दृष्टिकोण त्यस्तो छ । भीम रावलले चाकरी गरेनन्, यद्यपि त्यहाँ बसेका सबैले चाकरी गर्दछन्, यस्तो पनि नठान्नुस् । नेकपा एमाले हामीले लडेर आफैँ बनाएको पार्टी हो । त्यहाँ तमाम साथीहरू छन् । अहिले उकुसमुकुसमा छन् । भनेका छैनन् । यो घटना जसरी घट्दैछ । यसले नेकपा एमालेभित्र यो समस्या अझै बढ्नेछ । कमरेड ओलीको यो प्रयोग असफल भइसकेको छ । उहाँको प्रयोग असफल भएको छ । निर्वाचनमा, पार्टी सञ्चालनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा उहाँको प्रयोग असफल भयो । उहाँले त्यहाँ छोड्नु उहाँका लागि र हाम्रो लोकतन्त्रका लागि सबैभन्दा राम्रो कुरा हुन्थ्यो । भीम रावलजीको कुरा रह्यो । उहाँले के गर्नुहुन्छ भन्न सक्दिन । नेपाल पार्टी नभएर दुःख पाएको हो की पार्टी राम्रो नभएर हो भन्दा राम्रो पार्टी नभएर दुःख पाएको हो । म हाम्रो पार्टीमा आउन आह्वान गर्दछु ।’

उनले नेता भीम रावललाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन् ।

तालिबानी सेनाको आक्रमणमा १९ पाकिस्तानी सैनिकको मृत्यु

काठमाडौं । तालिबान सेनाले पाकिस्तानी सेनालक्षित भीषण आक्रमण गरेको छ । पाकिस्तानी वायुसेनाले अफगानिस्तानमा गरेको हवाई हमलाको जवाफस्वरुप तालिबान सेनाले पाकिस्तानी सेनाको पोस्टलक्षित भीषण आक्रमण गरेको हो ।

तालिबान सेनाले बिहान करिब साढे चार बजे आक्रमण गरेको हो जसमा पाकिस्तानी सेनातर्फ ठूलो क्षति भएको बताइएको छ । उक्त हमलामा कम्तीमा १९ पाकिस्तानी सैनिकको मृत्यु भएको छ भने थुप्रै घाइते भएको अफगान मिडियाले जनाएको छ । डुरान्ड लाइनमा रहेको खोस्ट र पक्तिया प्रान्तमा दुवै सेनाबीच भिडन्त भएको तालिबान रक्षा मन्त्रालय स्रोतलाई उद्धृत गर्दै टोलो न्युजले उल्लेख गरेको छ ।

तालिबानले यस हमलापछि पाकिस्तानी सेनाका दुईवटा पोस्ट कब्जा गरेको दाबी गरेको छ । तालिवानको यो भीषण हमलापछि पाकिस्तानी सेनाले अहिलेसम्म प्रतिक्रिया दिएको छैन । पाकिस्तानी सेनाले भने आक्रमणमा एक सैनिकको मात्र मृत्यु भएको दाबी गरेको छ । साथै जवाफी हमलामा कम्तीमा ३ अफगानी मारिएको र ९ जना घाइते भएको समेत पाकिस्तानी सेनाले जनाएको छ ।

 

फेसबूकको एकाधिकार रोक्न टिकटकमाथि प्रतिबन्ध नलगाउने ट्रम्पको तयारी

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को शपथअघि टिकटकलाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्ध लगाउने कानून रोक्न सर्वोच्च अदालतलाई आग्रह गर्दै शुक्रबार एक संक्षिप्त निवेदन दर्ता गरेका छन् ।

ट्रम्पको कानूनी टोलीले लेखेको छ, “यस मुद्दाको नवीनता र कठिनाईलाई ध्यानमा राख्दै अदालतले यी मुद्दाहरूलाई सम्बोधन गर्न थप समय प्रदान गर्न हालको वैधानिक समयसीमालाई स्थगन गर्न विचार गर्नुपर्छ ।”

ट्रम्पले सन् २०१७/०२१ को पहिलो कार्यकालमा टिकटकको चर्को विरोध गरेका थिए र राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भिडिओ एपमाथि प्रतिबन्ध लगाउने असफल प्रयास गरेका थिए ।

चिनियाँ सरकारले अमेरिकी टिकटक प्रयोगकर्ताको तथ्याङ्क चोर्न सक्ने वा प्लेटफर्ममा जे देखिन्छ त्यसमा हेरफेर गर्न सक्ने भन्दै रिपब्लिकनले चिन्ता व्यक्त गर्दै प्लेटफर्ममाथि प्रतिबन्ध लगाउन माग माग गरेको थियो ।

अन्य अमेरिकी अधिकारीहरूले पनि युवाहरूमाझ भिडियो सेयरिङ एपको लोकप्रियतामा चिन्ता व्यक्त गरेका थिए र यसको मूल कम्पनी चीनको अधीनमा रहेको र एपको प्रयोग प्रोपोगान्डा फैलाउनका लागि गरिएको आरोप लगाएका थिए ।

ट्रम्पले बिक्री मूल्यमा सरकारको साझेदारीको साथ एक अमेरिकी कम्पनीलाई टिकटक खरिद गर्न प्रस्ताव गरेका छन् । समयक्रमसँगै ट्रम्पको टिकटकप्रतिको धारणालाई पछ्याउँदै वर्तमान राष्ट्रपति जो बाइडेन एक चरण अगाडि बढेका छन् । उनले ट्रम्पले लगाएका समान कारणहरू देखाउँदै एपलाई प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गरेका छन् तर, अहिले ट्रम्पले आफ्नो बाटो परिवर्तन गरे ।

ब्लुमबर्गसँगको कुराकानीमा उनले भनेका छन्, “अहिले मेरो टिकटकबारे धारणा फरक बनेको छ । म टिकटकको पक्षमा छु किनकि हामीलाई प्रतिस्पर्धाको आवश्यकता छ ।

उनले भने, “यदि हामीसँग टिकटक छैन भने यसको विकल्पमा जुकरबर्गको फेसबूक र इन्स्टाग्राम हुनेछ । यसको एकाधिकारले सामाजिक सञ्जालमा प्रतिस्पर्धाको वातावरण रहने छैन ।”

मार्क जुकरबर्गले स्थापना गरेको फेसबुक र मेटा सामाजिक साम्राज्यको एक हिस्सा हो । फेसबुकले सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद्‌मा ट्रम्पका समर्थकहरूले आक्रमण गरेपछि ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध ट्रम्पले थप हिंसालाई बढावा दिनको लागी प्लेटफर्मको उपयोग गर्ने चिन्ता को कारण प्रेरित रहेको दाबी मेटाको थियो ।

ट्रम्पमाथि सामाजिक सञ्जाल प्लेटफर्ममा लगाइएको प्रतिबन्ध पछि हटाइएको थियो । एएफपी

त्रिभुवन विश्वविद्यालयबाट १४ हजार विद्यार्थी दीक्षित

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित ५०औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरे ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पीएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृतसमेत गरिएको छ । यस वर्षको त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक व्यवस्थापन शङ्कायका हीरा श्रेष्ठलाई र श्री इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टका सुधा काफ्लेलाई प्रदान गरिएको छ ।

यसैगरी, अमृत पदक रसायनशास्त्र केन्द्रीय विभागका सुशील पोखरेललाई, मदन विद्या वातावरण विज्ञान पुरस्कार वातावरण विज्ञान केन्द्रीय विभागका रिकिता भण्डारीलाई, नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिं स्वर्णपदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार काठमाडौँ मोडल कलेजका रेविका भण्डारीलाई प्रदान गरिएको छ ।

इटालीकी पत्रकार इरानमा पक्राउ

तेहरान । इटालियन पत्रकार सेसिलिया सालालाई इरानमा पक्राउ गरिएको छ । इटालीका विदेशमन्त्री एन्टोनियो तजानीले सिसिलिया सालालाई आठ दिनअघि इरानको राजधानी तेहरानबाट हिरासतमा लिइएको जानकारी दिए ।

इटालियन पत्रिका इल फोग्लियोका अनुसार सेसिलिया सालालाई एविन जेलमा राखिएको छ । उनीमाथि लागेको आरोपबारे कतै पनि उल्लेख छैन ।

यसै महिनाको सुरुमा पत्रकार भिसा पाएर इरान पुगेकी सेसिलिया सालाले ‘पितृसत्ताबारे कुराकानी’ शीर्षकको पोडकास्ट एपिसोड अपलोड गरेकी थिइन्। रिपोर्टका अनुसार इटालियन कूटनीतिज्ञहरूले उनलाई जेलमा भेटेका छन् र उनको रिहाइ सुनिश्चित गर्ने प्रयास गरिरहेका छन्।

फेरि कैलालीमै आएर चुनाव लड्छु: परराष्ट्रमन्त्री राणा

धनगढी । नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले अबको निर्वाचनमा कैलालीबाट उम्मेदवार बन्ने बताएकी छिन् ।

शनिबार बिहान कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले कैलालीबाटै चुनाव लड्ने बताएकी हुन् । ‘म यहाँ आएर चुनाव लडेकी थिएँ,’ उनले भनिन्, ‘तपाईँहरू सबैले त्यो बेला पनि सहयोग गर्नुभएको हो । प्राविधिक कारणले हारियो । फेरि पनि यहीँ आएर चुनाव लड्ने मेरो विचार छ ।’

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राणा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा निर्वाचन लडेकी थिइन् । त्यसबेला राणा एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन् । मन्त्री राणाले आपसी विवादमा नअल्झिन कार्यकर्तालाई निर्देशन पनि दिइन् । देश बनाउन दुई ठूला दल मिलेको उनको भनाइ छ ।

हिउँ परे पछिको खप्तड (फोटो फिचर)

हिउँद याम सुरु भए सँगै पश्चिम नेपालका हिमाली क्षेत्रमा हिउँ पर्न सुरु भएको छ ।अहिले हिमालका काखदेखि खप्तडका फाँटसम्म हिउँको चादरले वातावरणलाई जादुमय बनाएको छ। सायद यहिँ हरियाली र हिमपातको  मिलनले खप्तडलाई धर्तीको स्वर्गको उपमा दिएको हो। शान्ति खोज्ने तीर्थयात्रीदेखि प्रकृति प्रेमी र फोटोग्राफी पारखीहरूलाई खप्तडको यो सुन्दरताले सधैँ लोभ्याउने गर्छ !!

(सबै तष्विर हिमालय भट्ट -फेरुवाको फेसबुकबाट लिइएका हुन् । )

 

Dompel Jezelf Onder in een Wereld van Kansspelen bij vincispin be, waar 5000+ casino games klaarstaan voor jou, met directe stortingen en snelle cash-outs, exclusieve VIP-voordelen en een ongeëvenaarde spelervaring.

Speel, win & profiteer: jouw toegang tot duizenden kansen begint bij vincispin login, met wekelijkse cashback, snelle transacties en 24/7 service voor een ongeëvenaarde spelbeleving.

Ben je op zoek naar een online casino met een breed spelaanbod, aantrekkelijke bonussen en een uitstekende klantenservice? Dan is vincispin wellicht de perfecte keuze voor jou. Met meer dan 5000 spellen, waaronder populaire slots en live casino games, is er voor ieder wat wils. Het platform biedt diverse betaalmethoden aan, zoals Visa, Mastercard, Apple Pay, Google Pay en zelfs cryptocurrencies. Daarbij kun je profiteren van wekelijkse cashback tot 25%, snelle uitbetalingen en 24/7 support. De vincispin login opent de deur naar een wereld van spanning en entertainment.

Een Uitgebreid Spelaanbod bij vincispin

vincispin onderscheidt zich door de enorme selectie aan spellen. Van klassieke fruitmachines tot de nieuwste videoslots, je vindt het allemaal. Daarnaast is er een uitgebreid live casino met games zoals blackjack, roulette en baccarat, gepresenteerd door professionele dealers. De spellen worden aangeboden door gerenommeerde softwareproviders, wat zorgt voor een eerlijke en betrouwbare speelervaring.

De diversiteit aan spellen betekent dat er voor elke speler iets te beleven valt, ongeacht hun voorkeur of ervaringsniveau. Nieuwe spelers kunnen beginnen met eenvoudige slots, terwijl ervaren spelers hun strategie kunnen testen in het live casino.

Spelcategorie Aantal Spellen Softwareproviders
Slots 3500+ NetEnt, Microgaming, Play’n GO
Live Casino 300+ Evolution Gaming, Pragmatic Play Live
Tafelspellen 200+ Diverse

Storten en Uitbetalen: Gemak en Snelheid

Het storten en uitbetalen van geld bij vincispin verloopt soepel en efficiënt. Je kunt gebruikmaken van verschillende betaalmethoden, waaronder creditcards (Visa, Mastercard), moderne betaaldiensten zoals Apple Pay en Google Pay, en verschillende cryptocurrencies. De transacties worden snel verwerkt, en uitbetalingen gebeuren meestal binnen 24 uur.

De aanbieder zorgt ervoor dat je geld veilig is dankzij de modernste encryptietechnologie. Je kunt dus zonder zorgen genieten van je spelletjes bij vincispin.

Diverse Betaalmethoden Beschikbaar

De mogelijkheid om uit een breed scala aan betaalmethoden te kiezen is een groot voordeel bij vincispin. Het toegankelijke betaalsysteem zorgt ervoor dat je snel en makkelijk geld kunt storten en uitbetalen. Dit biedt flexibiliteit en gemak, en maakt het mogelijk om te spelen op een manier die het beste bij jou past.

De snelle verwerking van transacties zorgt ervoor dat je geen tijd verspilt. Zo kun je direct terug zijn bij het spelen van je favoriete spelletjes.

Snelle Uitbetalingen en Betrouwbaarheid

Een van de grootste voordelen van vincispin is de snelheid waarmee uitbetalingen worden verwerkt. Dit is een belangrijk aspect voor veel spelers, omdat het zorgt voor een gevoel van veiligheid en betrouwbaarheid. De uitbetalingen worden binnen 24 uur afgehandeld. Dit maakt vincispin een aantrekkelijke optie voor spelers die snel toegang willen tot hun winsten.

De betrouwbaarheid en transparantie van de uitbetalingsprocedure dragen bij aan een positieve spelervaring. Dit is essentieel voor een optimale speelbeleving.

Profiteer van Exclusieve Bonussen en Promoties

vincispin biedt aantrekkelijke bonussen en promoties aan zowel nieuwe als bestaande spelers. Nieuwe spelers kunnen een welkomstbonus verwachten, terwijl vaste spelers kunnen profiteren van wekelijkse cashback tot 25%, lucratieve toernooien en een spannend “Rad van Fortuin”, waar je extra prijzen kunt winnen. Het spaarsysteem zorgt voor VIP-levels met geweldige voordelen.

De bonussen en promoties zijn een extra reden om te kiezen voor vincispin. Ze verhogen je winkansen en maken het spelen nog leuker.

  • Wekelijkse cashback tot 25%
  • Dagelijkse en wekelijkse toernooien
  • VIP programma met exclusieve voordelen
  • Regelmatige promoties en speciale aanbiedingen

Klantenservice en Support

Een goede klantenservice is essentieel voor een prettige spelervaring. vincispin biedt 24/7 support via live chat en e-mail. Het vriendelijke en professionele ondersteuningsteam staat klaar om al je vragen te beantwoorden en je te helpen bij eventuele problemen.

De klantenservice is snel en efficiënt, wat zorgt voor een optimale oplossing van je vragen.

24/7 Beschikbaarheid

De 24/7 beschikbaarheid van de klantenservice is een groot pluspunt. Je kunt op elk moment van de dag of nacht contact opnemen met het team, ongeacht waar je je bevindt. Dit is vooral handig voor spelers die in verschillende tijdzones wonen en op verschillende tijdstippen willen spelen.

De continue beschikbaarheid van support zorgt voor een gevoel van veiligheid en zekerheid. Je weet dat je altijd hulp kunt krijgen als je die nodig hebt, en om welke tijd dan ook.

Meertalige Support

De meertalige support van vincispin is een belangrijk voordeel voor spelers uit verschillende landen. Je kunt contact opnemen met het ondersteuningsteam in jouw eigen taal, wat zorgt voor een betere communicatie en een snellere oplossing van je probleem.

Dit draagt bij aan een positieve spelervaring en zorgt ervoor dat je je gemakkelijker op je gemak voelt bij het spelen. Het is essentieel dat je in staat bent om je vragen te stellen in een taal die je goed begrijpt.

  1. Kies een betaalmethode.
  2. Vul het benodigde bedrag in.
  3. Bevestig je transactie.
  4. Geniet van het spelen!

Kortom, vincispin biedt een complete en aantrekkelijke online casino ervaring met een breed spelaanbod, handige betaalmethoden, royale bonussen en een uitstekende klantenservice. De mogelijkheid om via de vincispin login toegang te krijgen tot deze voordelen maakt het een aantrekkelijke keuze voor zowel beginnende als ervaren spelers.

जलवायु परिवर्तनले सन् २०२४ मा निम्त्याएका ५ विपत्ति

सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म, समृद्ध युरोपेली सहरहरूदेखि अफ्रिकाका भीडभाडयुक्त ग्रामिण बस्तीहरूसम्म कुनै पनि ठाउँ सन् २०२४ मा अत्यधिक जलवायु विपत्तिको विनाशकारी प्रभावबाट बच्न सकेन ।

यो वर्ष इतिहासकै सबैभन्दा तातो वर्ष हो । यहाँ वातावरण र महासागरहरूमा रेकर्ड–तोड्ने तापक्रमले विश्वभर चरम मौसमी घटना बढाउने काम गर्‍यो ।

विश्वव्यापी तापक्रमले चरम घटनाहरूलाई कसरी प्रभावित गर्छ भन्ने बारेको विशेषज्ञ विश्व मौसम एट्रिब्युसन (डब्लुडब्लुए) ले विगत १२ महिनामा विश्लेषण गरिएका लगभग हरेक विपत्ति जलवायु परिवर्तनका कारण निम्तिएको बताएको छ ।

‘जीवाश्म इन्धनका कारण तापक्रम वृद्धिको प्रभाव सन् २०२४ भन्दा बढी स्पष्ट वा विनाशकारी कहिल्यै भएको छैन । हामी एउटा खतरनाक नयाँ युगमा बाँचिरहेका छौँ’, डब्लुडब्लुए सञ्जालको नेतृत्व गर्ने जलवायु वैज्ञानिक फ्रेडेरिक ओटोले भने ।

१. गर्मी

जुन महिनामा साउदी अरबमा मुस्लिम हज यात्राका क्रममा एक हजार तीन सयभन्दा बढी मानिसको मृत्यु भएको थियो । त्यहाँ तापक्रम ५१.८ डिग्री सेल्सियस (१२५ डिग्री फरेनहाइट) पुगेको थियो । कहिलेकाहीँ ‘साइलेन्ट किलर’ (मौन हत्यारा) भनिने चरम गर्मी थाइल्यान्ड, भारत र संयुक्त राज्य अमेरिकामा पनि घातक साबित भयो ।

मेक्सिकोमा अवस्था यति तीव्र थियो कि रुखबाट हाउलर बाँदरहरू खसेर मरेका थिए भने पाकिस्तानले पारो ५० डिग्री सेल्सियसभन्दा माथि पुगेका कारण लाखौँ बालबालिकालाई घरमै राखेको थियो । ग्रिसले आफ्नो सबैभन्दा प्रारम्भिक गर्मीको लहर रेकर्ड ग्रयो र यसको प्रसिद्ध एक्रोपोलिसलाई बन्द गर्न बाध्य तुल्यायो । युरोपको अहिलेसम्मकै सबैभन्दा गर्म गृष्म ऋतुको सुरुआतमा भयानक डढेलो फैलियो ।

२. बाढी

जलवायु परिवर्तन केवल तातो तापक्रम मात्र होइन, तातो महासागरहरूले बढी वाष्पीकरण गर्छन् र तातो हावाले बढी आद्रता सोस्छ । यो भारी वर्षाको लागि अस्थिर सूत्र हो । अप्रिलमा संयुक्त अरब इमिरेट्समा एक दिनमा दुई वर्षको बराबर वर्षा हुँदा मरुभूमि–राज्यका भागहरूलाई समुद्रमा परिणत गर्‍यो र दुबईको अन्तर्राष्ट्रिय विमानस्थललाई अवरुद्ध गर्‍यो ।

केन्या एक पुस्ताकै सबैभन्दा ठूलो खडेरीबाट मुक्त हुन नपाउँदै दशकौँकै सबैभन्दा खराब बाढीले पूर्वी अफ्रिकी राष्ट्रमा लगातार विपत्तिहरू निम्त्यायो । ऐतिहासिक बाढीले पश्चिम र मध्य अफ्रिकामा एक हजार पाँच सयभन्दा बढी मानिसको ज्यान लिएपछि ४० लाख मानिसलाई सहायताको आवश्यकता परेको थियो । युरोप विशेषगरी स्पेनले ठूलो वर्षाको सामना गर्दा घातक बाढी निम्तियो ।

सन् २०२४ मा अफगानिस्तान, रुस, ब्राजिल, चीन, नेपाल, युगान्डा, भारत, सोमालिया, पाकिस्तान, बुरुन्डी र संयुक्त राज्य अमेरिकामा बाढी आएको थियो ।

३. चक्रवात

तातो महासागरीय सतहले उष्णकटिबन्धीय चक्रवातहरूलाई जमिनतर्फ बढ्दा ऊर्जा प्रदान गर्छ र यसले तीव्र हावा र विनाशकारी क्षमता बढाउँछ । सन् २०२४ सिजनमा प्रमुख आँधीबेहरीले संयुक्त राज्य अमेरिका र क्यारेबियन विशेष गरी मिल्टन, बेरिल र हेलेनलाई औसतभन्दा माथि आँधीबेहरी गतिविधिको धक्का दियो ।

फिलिपिन्सले दक्षिणपूर्वी एसियामा फैलिएको टाइफुन यागीको सामना गरेको दुई महिनापछि नोभेम्बरमा मात्रै छवटा ठूला आँधीबेहरीको सामना गर्‍यो । विश्वव्यापी तापक्रमले चक्रवात चिनोलाई श्रेणी ४ आँधीबेहरीमा तीव्र बनाउन मद्दत गरेको डिसेम्बरमा वैज्ञानिकहरूले बताए । यो फ्रान्सको सबैभन्दा गरिब समुद्रपारको क्षेत्रलाई तहसनहस पार्दै मायोटसँग ठोक्किएको थियो ।

४. खडेरी र डढेलो

जलवायु परिवर्तनले वर्षाको ढाँचा परिवर्तन गर्दा केही क्षेत्रहरू ओसिलो हुन सक्छन् तर अन्य सुक्खा र खडेरीका लागि बढी संवेदनशील बन्दै छन् ।

सन् २०२४ मा अमेरिकाले गम्भीर खडेरीको सामना गर्‍यो र सामान्यतया पृथ्वीको सबैभन्दा ओसिलो ठाउँहरू मध्ये एक पश्चिमी संयुक्त राज्य अमेरिका, क्यानाडा र अमेजन बेसिनमा लाखौँ हेक्टरमा डढेलो लाग्यो । जनवरी र सेप्टेम्बरको बीचमा दक्षिण अमेरिकाभरि चार लाखभन्दा बढी आगलागी रेकर्ड गरिएको थियो । आगलागीबाट महादेशलाई घाँटी अवरुद्ध गर्ने धुवाँले ढाक्यो ।

विश्व खाद्य कार्यक्रमले डिसेम्बरमा दक्षिणी अफ्रिकामा दुई करोड ६० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएको थियो । दक्षिणी अफ्रिकामा एक महिना लामो खडेरीले गरिब क्षेत्रलाई सुक्खा बनाएको थियो ।

५. आर्थिक क्षति

चरम मौसमले सन् २०२४ मा हजारौँको ज्यान लियो र अनगिन्ती मानिसलाई निराश गरिबीमा छाड्यो । यस्ता विपत्तिहरूको दीर्घकालीन क्षतिको मूल्याङ्कन गर्न असम्भव छ ।

जुरिचस्थित पुनर्बीमा दिग्गज स्विस रीले डिसेम्बरको सुरुआतमा जारी गरेको विज्ञप्तिमा आर्थिक नोक्सानीको हिसाबमा विश्वव्यापी क्षतिको बिल तीन खर्ब १० अरब डलर रहेको अनुमान गरेको छ । युरोपमा विशेष गरी स्पेनको भ्यालेन्सिया प्रान्तमा बाढी, तूफान हेलेन र मिल्टनले लागत बढाएको कम्पनीले जनाएको छ । भ्यालेन्सियामा अक्टोबरमा दुई सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

नोभेम्बर १ सम्म संयुक्त राज्य अमेरिकाले सन् २०२४ मा २४ वटा मौसम प्रकोपको सामना गरेको थियो । यसमा प्रत्येकले एक अर्ब डलरभन्दा बढी नोक्सान व्यहोरेको सरकारी तथ्याङ्कले देखाएको छ ।

ब्राजिलमा खडेरीले यसको कृषि क्षेत्रलाई जुन र अगस्टको बीचमा दुई अर्ब ७० करोड डलरको क्षति पुर्‍यायो । एक उद्योगका अनुसार ‘जलवायु चुनौतीहरूले’ विश्वव्यापी वाइन उत्पादनलाई सन् १९६१ पछि सबैभन्दा कम स्तरमा पुर्‍याएको छ ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित

दक्षिण कोरियाका विपक्षी नियन्त्रित संसद् (नेशनल एसेम्बली) ले शुक्रबार कार्यवाहक राष्ट्रपति हान डक–सोलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित भएका छन् ।

निवर्तमान राष्ट्रपति हान पदबाट निलम्बित भएपछि रिक्त हुन आएको उक्त पदमा अर्थतन्त्र चोई साङ मोकले शुक्रबारदेखि नै कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हालेका छन् ।

विपक्षी नियन्त्रित नेसनल एसेम्बलीले हानलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेपछि कार्यवाहक राष्ट्रपति हान पदबाट निलम्बित हुनुभएको र उक्त स्थानमा उपप्रधानमन्त्रीसमेत रहेका आर्थिक मामिलामन्त्री चोइले उक्त भूमिका सम्हाल्ने तयारी गरेको कोरियाली अधिकारीलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अर्थ मन्त्रालयका अनुसार चोईले हानसँग बैठक गर्ने र त्यसपछि सेना प्रमुखसँग फोनमार्फत् सम्वाद गरीसरकारका मन्त्रीहरूलाई निर्देशन दिने योजना बनाएका छन् ।

कार्यवाहक राष्ट्रपतिले जनताका नाममा लिखित सम्बोधन गर्ने र साथै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउने कार्यक्रम तय भइसकेको मन्त्रालयले जनाएको छ ।

विनोद चौधरीको निम्तोमा श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिंघे काठमाडौं आउँदै

काठमाडौं । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमासिंघे काठमाडौं आउने भएका छन् । निजी भ्रमणको सिशशिलामा उनी पुस १३ गतेदेखि काठमाडौं आउन लागेका हुन् । उनी १७ गतेसम्म नेपालमा रहने स्रोतले बतायो । कांग्रेस सांसद तथा उद्योगी विनोद चौधरीको निम्तोमा उनी नेपाल आउन लागेको स्रोतले जानकारी दिएको छ ।

सुरक्षा स्रोतका अनुसार उनी श्रीमतीसहित नेपाल आउन लागेका हुन् । उनी लुम्बिनी भ्रमणमा जाने समेत बताइएको छ। उनको नेपालमा हुने भेटघाट र भ्रमण कार्यतालिकाबारे जानकारी गराइएको छैन । विक्रमासिंघे श्रीलंकाका नवौं राष्ट्रपति र दशौं प्रधानमन्त्री हुन् । उनी ६ पटकसम्म श्रीलंकाको प्रधानमन्त्री बनेका थिए ।

पछिल्लो पटक श्रीलंकामा देखिएको आर्थिक संकटपछि प्रधानमन्त्री महिन्दा राजापक्षले राजीनामा दिएका थिए । त्यसपछि विक्रमासिंघे प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री भएको केही महिनामा उनी राष्ट्रपति निर्वाचित भएका थिए । अहिले श्रीलंकामा अनुरा कुमारा दिसानायके राष्ट्रपति छन् ।

 

भीम रावल: शक्तिमा हुँदा पेले, शक्तिहीन हुँदा पेलिए

कैलाली । नवौँ महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएर उपाध्यक्षमा विजय भएका भीम रावललाई अन्ततः एमालेले निष्कासन गरेको छ । ‘पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेकाले सङ्गठित सदस्यबाट हटाउने निर्णय गरिएको’ सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

 

नेकपा एमालेमा भीम रावलको छुट्टै ब्रान्ड थियो । सुदूरपश्चिममा पार्टीको लोकप्रिय नेता थिए रावल । पार्टी सरकारमा सहभागी हुँदा प्राय छुट्थेनन् । सुदूरपश्चिममा एमालेबाट पहिलो अध्यक्ष र भावि प्रधानमन्त्रीको रुपमा हेरिएका रावल अन्ततः पार्टीबाटै लखेटिएका छन् ।

‘नेकपाकाल’ सम्म पनि रावल प्रभावशाली नै थिए । प्रचण्ड–माधवले बैठकहरूमा अध्यक्ष ओलीविरुद्ध दर्ज गरेका आरोपपत्रका ‘मास्टर माइन्ड’ रावल हुन् भन्ने गरिन्थ्यो । माधव नेपाललाई पार्टी विभाजनसम्म उकास्ने मात्रै होइन, नयाँ पार्टीको विधान बनाउनेसम्म उनको हात रहेको बताउने गरिन्थ्यो । तर, रावल स्वयम्ले भने यी कुरामा सत्यता नरहेको बताउँदै आएका छन् ।

एमालेको शक्तिशाली उपाध्यक्ष हुँदाहुँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माणपछि सचिवालयमा नपरेपछि ‘ओली विरोधि’ का रुपमा उदाएका हुन् रावल । आफू नवौँ महाधिवेशनमा धेरै मत ल्याएर उपाध्यक्ष बनेकाले सचिवालयमा स्वतः समेटिनुपर्ने तर्क उनले गरेका थिए ।

तर ओलीले उनको कुरा सुनेनन् । पार्टीमा भूमिका नपाए पनि रावलको मन्त्री बन्ने चाहना थियो । त्यो चाहना पनि ओलीले पूरा गरेनन् । त्यसपछि ओलीसँग टाढिँदै र माधव नेपालसँग नजिकिँदै गए रावल । माओवादीसँग मिलेर बनेको तत्कालीन नेकपा अध्यक्षबाट ओलीलाई हटाउनुपर्ने पक्षमा उभिए ।

त्यसबेला ओलीलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा समेत रावलले हस्ताक्षर गरे । २०७८ मा माधव नेपालले एमालेमा विद्रोह गर्दा भने उनीसहितका नेताहरू रोकिए । उनीहरुले ओलीसँग दश बुँदे सहमति गरेर एमालेमै बसेका थिए । यसका बाबजुद ओलीसँग उनको कहिल्यै सौहार्दता भएन । रावलले पार्टीका विभिन्न नीति–निर्णयमाथि निरन्तर प्रश्न उठाइरहे र नेतृत्वको आलोचना गरिरहे । फलस्वरुप ओलीले निरन्तर उनलाई दपेटिरहे, लखेटिरहे ।

रावलले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेसँगै प्रधानमन्त्री ओलीलाई कुन पार्टीको हो भन्ने प्रश्न उठाएका थिए । ‘नेकपा होइन भने वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो ?’ प्रचण्ड–माधव समूहमा रहँदा रावलले सोधेका थिए ।

लामो समयसम्म सुदुरपश्चिमका सबैभन्दा शक्तिशाली र प्रभावशाली एमाले नेताको रुपमा स्थापित थिए रावल । सुदूरपश्चिम प्रदेश सभामा तत्कालीन सभामुखसहित एमालेका २५ सांसदमध्ये ओली समूहमा ७ जना मात्रै थिए । संसदीय दलका नेता प्रकाश शाहसहित १८ सांसद रावल पक्षमा थिए ।

नेकपा विवाद सुरु हुँदा सुदूरपश्चिममा माओवादीलाई दिएको समर्थन फिर्ता लिने निर्णय केन्द्रबाटै भयो । सोही निर्णय कार्यान्वयन गराउन एमाले तत्कालीन अध्यक्ष कर्ण थापा प्रदेशमा लागे । तर, रावल समूहमा रहेका अधिकांश सांसदले समर्थन फिर्ता नलिने बताए । बरु ओली समूहमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरे ।

ओली पक्षले तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिँदा रावल पक्षका १७ ले विश्वासको मत दिएका थिए । पछि १० बुँदे सहमति गरेर रावल एमालेमै रहे पनि अधिकांश उनका निकटस्थहरुले नेकपा एस रोजे । २५ मध्ये १४ सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए । रावल एमालेमा रहँदा पनि सुदूरपश्चिममा नेकपा एस सबैभन्दा ठुलो दल बनेको थियो । त्यसको नेतृत्व कुनै समय रावलका सबैभन्दा प्रियपात्र मानिने दीर्घ सोडारीले गरेका थिए । त्यसपछि प्रदेशमा पनि कमजोर हुँदै गए रावल ।

भीम रावललाई नजिकबाट चिन्नेहरू उनले शक्तिमा हुँदा अरुलाई पेलेको र शक्तिहीन हुँदा आफैं पेलिएको विश्लेषण गर्छन् । २०७० सालमा सुदूरपश्चिममा एमालेबाट निर्वाचित एक मात्र सांसद थिए मोहनसिंह राठौर । अहिले उनी कांग्रेसमा छन् । धेरैले रावलकै कारण राठौरले एमाले त्यागेको बताउँछन् ।

२०७४ सालको निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ मा भीम रावल नै चुनाव लड्नेगरि चर्चा गरिएको र पछि झपट रावललाई अघि सारेर आफूलाई पाखा लगाएको राठौरको बुझाइ छ । आन्तरिक मतदान गरेर झपट रावलको एकल नाम सिफारिस गर्दा राठौरले भीम रावललाई फ्लोरा होटेलमा भेटेर आफ्नो पनि नाम सिफारिस गर्न आग्रह गरेका थिए ।

तर, रावलले मानेनन् । पार्टीभित्रै गुटबन्दी गरेको आरोप लगाउँदै राठौर कृषि तालिम केन्द्रतर्फ हानिए । एमालेभित्रै रहेर त्यस्तै प्रवृत्तिको विरोध गर्ने बताएका राठोर केही दिनभित्रै कांग्रेस छिरे र प्रतिनिधि सभाको उम्मेदवार भए । एमाले माओवादीको तालमेलसहित भएको निर्वाचनमा झपट रावल २५, १५७ मत पाएर निर्वाचित हुँदा राठौरले २३,३१३ मत पाएका थिए ।

१८ सय ४४ मतको अन्तरले हारेका राठौर अहिले पनि काङ्ग्रेसमै छन् । उनले भीम रावलकै कारण आवेगमा पार्टी परित्याग गरेको महसुस गरेका छन् । २०६२ मा पार्टीले शिक्षामन्त्रीमा सिफारिस गर्दा उपयुक्त मन्त्रालय नपाएको भन्दै राठौरलाई राज्यमन्त्री बनाउन रावलले नै भूमिका खेलेका थिए । राठौर राज्यमन्त्री हुँदा भीम रावल निकट रहेका झपट रावल राठौरको स्वकीय थिए । २०७४ मा झपट रावललाई स्थापित गर्न भीम रावलले मोहनसिंह राठौरलाई पाखा लगाएको आरोप लाग्ने गरेको छ ।

२०५१ सालको प्रतिनिधिसभामा निर्वाचित भएका हिमाञ्चल भट्टराई पनि पछि रावलको पेलानमा परेका थिए । रावलले २०५६ मा पनि भट्टराईलाई टिकट दिन भूमिका मात्रै खेलेनन्, हेलिकप्टरसहित चुनावी गतिविधिमा पनि सहभागी भए । तर, त्यो निर्वाचनमा पराजित भएका भट्टराईलाई सदस्यता नवीकरण गर्नबाट पनि रावलले रोकेको आरोप छ । अहिले भट्टराई नागरिक उन्मुक्ति पार्टीमा छन् ।

प्रतिनिधिसभा सदस्य दयालबहादुर शाहले धनगढीबाट प्रकाशित हुने सुदूर सन्देश पत्रिकामा एउटा विचार प्रकाशित गरेका थिए । भीम रावललाई लक्षित गर्दै जनताको बहुदलीय जनवादबारे कडा कटाक्ष गरिएको उक्त लेख प्रकाशित गरेको भन्दै २०५९ सालमा पत्रिकाका प्रकाशक सम्पादक समेत रहेका प्रेस चौतारीका तत्कालीन केन्द्रीय सदस्य हेमन्त पौडेललाई स्पष्टीकरण सोध्दै १ वर्षको लागि रावलले निष्कासन गरिदिए । पत्रिकामा लेख प्रकाशित गरेका शाही अहिले सांसद छन् । शाही पनि त्यसअघि नै रावलको कारबाहीमा परिसकेका थिए ।

त्यो बेला चुनावमा टिकट बितरण गर्नेदेखि सरकारमा सहभागी गराउने सम्ममा रावलको एकलौटी निर्णय हुने गरेको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयरका रुपमा पार्टीका तत्कालीन सचिव रणबहादुर चन्दलाई हेरिएको थियो । तत्कालीन अध्यक्ष दीर्घ सोडारीकै सुझावमा रावलले मेयरको टिकट दुर्गा जोशीलाई दिए ।

कैलालीका अधिकांश पालिका जितेको एमाले धनगढीमा चौंथोमा पुग्यो । घोडाघोडी नगरपालिकामा पनि सोडारीको सिफारिसमा रावलले अमर साउदलाई टिकट दिएका थिए । थारु बाहुल्य क्षेत्रमा थारुले टिकट नपाएको भन्दै विरोध भएपछि ममता प्रसाद चौधरीले टिकट पाए । उनले जिते ।

माओवादीबाट तत्कालीन अवस्थामा लेखराज भट्टको सिफारिसमा मुख्यमन्त्री भएका त्रिलोचन भट्ट नेकपा हुँदा रावलसँग निकट भएपछि आफूलाई मुख्यमन्त्री बनाउने आफ्नै पार्टीका नेतासँग केही समय बोलचालसमेत बन्द गरे । प्राज्ञिक व्यक्तित्व पूर्णा जोशी रावलभन्दा घनश्याम भुसालनिकट भएकै कारण पहिलो चरणमा मन्त्री बन्न पाइनन् । रावल एमालेमा रहँदा जोशीले नेकपा एस रोजिन् । त्यसपछि भने उनी आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएकी थिइन् ।

१० बुँदे सहमति गरेर नेकपा एस जान रोकिए पनि सुदुरपश्चिममा रावलको हैकम समाप्त भयो । पार्टीलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काउन सहमति जनाएका ओली सुदूरपश्चिमको इन्चार्ज भने रावललाई दिन तयार भएनन् । २०७८ भदौ २७ गते ओली निवास बालकोटमा बोलाएर अध्यक्ष ओलीले भीम रावललाई उपाध्यक्षको हैसियतमा समन्वय गर्ने र लेखराज भट्टले इन्चार्जको रुपमा काम गर्ने बताएका थिए ।

‘जेठ २ कार्यान्वयनको लागि उपाध्यक्षको हैसियतमा तपाईँले संयोजनकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी हो,’ अध्यक्ष ओलीले रावललाई भनेका थिए ।

छलफलमा रावलले भने आफू अन्यायमा परेको बताएका थिए । ‘सबै ठाउँमा जेठ २ कार्यान्वयन भयो सुदूरपश्चिममा मात्रै किन नहुने ?’ उनले ओलीलाई भनेका थिए, ‘ममाथि अन्याय हुँदै छ ।’

रावललेको प्रश्नमा ओलीले जेठ २ हुबहु लागू हुन नसक्ने बताएका थिए । ‘एमाले जेठ २ पनि हो जेठ ३ पनि हो र फागुन २३ पनि हो,’ ओलीले भनेका थिए, ‘सङ्कटमा पार्टी जोगाउन भूमिका खेलेकाहरूमाथि अन्याय हुन दिन्नँ ।’

फागुन २३ गते भट्ट इन्चार्ज तोकिएका थिए ।

सोही दिन प्रदेश पार्टी कार्यालयमा प्रदेश इन्चार्जको कार्यकक्ष बाहिर लेखराज भट्टको नेमप्लेट राखियो । त्यसलगत्तै माधव नेपाल पक्षका कार्यकर्ताले नेमप्लेट हटाए । उक्त पक्षले नेकपाको सुदूरपश्चिम इन्चार्ज भीम रावल भएको भन्दै भट्टको नेमप्लेट हटाएका थिए । नेमप्लेट हटाएपछि दुई पक्षबिच कुटाकुट भएको थियो । त्यो बेला भट्टको नेमप्लेट हटाउन लागेका दीपकबहादुर सिंहलाई घटनाको दुई साता नबित्दै चैत्र २ गते प्रदेश सरकारले प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त गरेको थियो ।

त्यो बेला रावल ओलीविनाको नेकपा रहने बताउँदै आइरहेका थिए । वैशाख ४ गते धनगढी पुगेका रावलले निर्वाचनभन्दा अघि पार्टी अलग हुन सक्ने सङ्केत दिएका थिए ।

‘निर्वाचनमा जाने कामको लागि पार्टीको कुनै एउटा स्थिति आइप¥यो भने जुनसुकै कदम पनि चाल्नुपर्छ,’ नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेशको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले भनेका थिए ।

नेकपाभित्रको विवादमा रावल माधव–प्रचण्डसँगै हुँदा ओली समूह निकै कमजोर भइसकेको थियो । संसद् विगठनपछि खुलेरै विरोधमा लागेका रावल ओलीको ठाउँमा देउवालाई प्रधानमन्त्री बनाउने भूमिकामा सक्रिय देखिएका थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि भने उनले सांसदबाट राजीनामा घोषणा गरे ।

२०७७ साल फागुन २३ सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि ओली बलियो हुँदै गए र रावल कमजोर पर्दै गए । माधव नेपालसँग समेत सम्बन्ध चिस्सिएपछि रावल ओली र माधव दुबैबाट किनारामा परे । पार्टी एकताको लागि नेपाल पक्षबाट रावलको नेतृत्वमा कार्यदल तयार गरिएको थियो । तर, कार्यदलले तयार गरेको सहमतिमा माधव नेपालले असन्तुष्टि व्यक्त गरेपछि रावल र नेपालबीच दूरी बढेको थियो ।

विगतमा फर्कने हो भने रावल अधिकांस समय ओलीकै निकट थिए । नवौँ महाधिवेशनमा माधव नेपाल समूहबाट उपाध्यक्षमा निर्वाचित भए पनि त्यसपश्चात् उनले ओलीसँगै निकट रहेर काम गरेका थिए । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहमा सुदूरपश्चिम प्रदेशमा रावलले उठाएका अधिकांश उम्मेदवारले टिकट पाए । त्यो बेलासम्म रावल ओलीका विश्वासपात्र झैँ देखिएका थिए ।

तत्कालीन एमाले सुदूरपश्चिम संयोजक रहेका रावलले सुदूरपश्चिम प्रदेशमा आफू निकटका नेताहरूलाई प्रत्यक्षमा भन्दा बढी समानुपातिकमा व्यवस्थापन गरे । तत्कालीन प्रदेश सहसंयोजक रहेका कर्ण थापालाई समानुपातिकको पहिलो नम्बरमा राखिए पनि प्रत्यक्षमा कोही महिला उम्मेदवार नहुँदा सुदूरपश्चिममा आठ जना समानुपातिक उम्मेदवारले प्रदेशसभामा पाइला टेके ।

कञ्चनपुरमा मर्यादा विष्टको टिकट खोसेर कुलवीर चौधरीलाई दिँदा थापा प्रदेश सभा सदस्य हुन पाएनन् । त्यो बेला समानुपातिकमा आएका ८ मध्ये नेकपा विवादमा ७ जनाले रावललाई साथ दिएका थिए । उनीहरुले एमालेले माओवादीलाई दिएको फिर्ता लिने केन्द्रको निर्णय विरुद्ध माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान गरे ।

ओली र रावलको टकराब सुदूरपश्चिम सरकार सञ्चालनबाट बढ्दै गयो । केन्द्रमा पनि आफ्नै सरकारको विरोध मात्रै गर्ने गरेको आरोप झेलेका रावललाई सुदूरपश्चिममा ओली समूहलाई कमजोर पारेको, केन्द्रको निर्देशन नमानेको आरोप बढ्दै गयो ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य थिए । त्यसमा सभामुख सहित २५ जना एमालेका सांसद थिए । माओवादीलाई दिएको समर्थन फिर्ता गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने भनेको केन्द्रीय सर्कुलर उलङ्घन गर्न लगाएको, माओवादीको सरकारलाई सहयोग गरेको र एमाले ओली पक्षका सांसदहरूलाई कारबाही गरेको विषयले पनि ओली–रावलको दुरी बढाउनमा काम गर्‍यो । रावलकै निर्देशनमा नेकपा प्रदेशको खातामा रहेको लाखौँ रकम झिकियो । त्यसपछि रावलप्रति ओली थप क्रुद्ध भए ।

त्यसबेला ओली र रावलको ‘वाक युद्ध’ नै चलेको थियो । धनगढीमा ओलीले रावललाई ‘अछामको केटो’ भन्दा त्यही ठाउँमा आयोजना गरेको कार्यक्रममा रावलले ओलीलाई ‘झापाको केटो’ भने । केन्द्रमा माधव नेपाललाई बलियो साथ दिएर आफ्नै सरकार ढलाउन लागिपरेको भन्दै ओली चिढिइरहे ।

२०७८ मङ्सिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा रावलले ओलीसँग अध्यक्ष पदमै प्रतिस्पर्धा गरे । रावलको त्यो निर्णयले निर्विरोध अध्यक्ष हुने ओलीको चाहनामा ठेस लाग्यो । तर रावलले २२३ मत पाउँदा १ हजार ८३७ मत पाएर ओली नै एमाले अध्यक्ष दोहोरिए । त्यस्तो नतिजा स्वाभाविक थियो ।

किनकि ओलीले पढेर सुनाएको सूचीमा नपर्नेहरू पदाधिकारीदेखि केन्द्रीय सदस्य समेत जित्ने अवस्था त्यो महाधिवेशनमा थिएन । चुनाव नजित्ने निश्चित रहेको महाधिवेशनमा रावल, घनश्याम भुसाल, भीम आचार्य र टंक कार्कीले पदाधिकारीमै उम्मेदवारी दिएर हारे । महाधिवेशनपछि त रावलले केन्द्रीय सदस्यको शपथ नै लिएनन् । पदाधिकारीमा उम्मेदवारी दिनेको प्रतिस्पर्धा केन्द्रीय सदस्यमा पनि हुने व्यवस्था एमाले विधानमा छ । तर रावलले त्यस्तो व्यवस्थाकै विपक्षमा अडान लिए ।

रावललाई गत चुनावमा अछाम–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो । प्रदेश, जिल्ला हुँदै प्रदेश कमिटीले समेत रावललाई उम्मेदवार बनाउने निर्णय गरे पनि ओलीले टिकट दिएनन् । रावलको साटो झपट बोहरालाई ओलीले एमालेको टिकट दिए । टिकट खोसिँदा रावलको संसदीय बाटो बन्द भयो । रावलले बोहरालाई हराउन पनि भूमिका खेलेको आरोप लाग्ने गरेको छ । रावल भने यो स्वीकार गर्न तयार छैनन् ।

२०४६ सालमा नेता झलनाथ खनालको स्वकीय हुँदै ०५२ सालमा पर्यटन राज्यमन्त्री, २०५५ मा पर्यटनमन्त्री बनेका रावललाई २०६२ मा पार्टीले शिक्षामन्त्रीमा सिफारिस गरेको थियो । तर चाहेको मन्त्रालय नपाएपछि सरकारमै सहभागी भएनन् । २०६४ सालमा समानुपातिक सभासद्, २०६६ मा गृहमन्त्री र २०७२ मा उपप्रधानसहित रक्षामन्त्री बनेका थिए ।

२०६५ सालको आठौँ महाधिवेशनमा एउटै गुटबाट अध्यक्ष र उपाध्यक्षको उम्मेदवार भएर ओली र रावलले चुनाव लडे । झलनाथ खनालविरुद्ध प्यानल बनाएर चुनाव लड्दा ओलीले रावललाई उपाध्यक्षको उम्मेदवार बनाएका थिए । तर ओली र रावल दुवै हारे ।

उपाध्यक्ष हारेपछि रावल गृहमन्त्री भए । २०६६ सालमा माधव नेपाल प्रधानमन्त्री र रावल गृहमन्त्री थिए । ३ असोज २०७२ मा संविधान जारी भएपछि रावललाई ओलीले उपप्रधान एवं रक्षामन्त्री बनाए । २०७४ सालको चुनावपछि भने ओली र रावलबीच खटपट देखिन थाल्यो । भीम रावल छोडेर केपी ओलीले बिना मगरलाई मन्त्री बनाएपछि समस्या आउन थालेको हो ।

२०७४ सालको चुनावमा सुदूरपश्चिमको दुई सिट (शेरबहादुर देउवा र रेशम चौधरी) बाहेक सबै क्षेत्र वाम गठबन्धनले जितेको थियो । यसको स्वाभाविक हकदार भीम रावलले आफूलाई ठान्थे । तर, सरकारमा ओलीले ल्याएनन् । जसको असर तत्कालीन नेकपाभित्र खटपट हुँदा देखियो । एमसीसीको चर्को आलोचक भएर रावलले सरकारको नेतृत्व गरिरहेका ओलीविरुद्ध सार्वजनिक दबाब सिर्जना गरे ।

एमालेको ग्रास रुट अभियानअन्तर्गत अछामको साँफेबगरमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपस्थित रहेको कार्यक्रम भीम रावलको विषय उठान भएपछि उनका समर्थकहरूले विवाद गरेका थिए । त्यसलगत्तै रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरिएको थियो ।

उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा प्रदेश इन्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समितिसँगको छलफलपछि रावलले ओलीसँगै कुरा राख्ने बताएका थिए । साउन ३० गते अध्यक्ष ओली र नेता रावलबीच भेटघाट भएको भयो । सम्भवत् औपचारिक रुपमा दुई जनाको त्यही भेट नै अन्तिम भेट थियो । उक्त भेटपछि ओलीले अर्काे निम्तो दिएनन्, रावल फेरि भेट्न गएनन् ।

खोज्नुहोस