जनसम्पर्क समिति क्यालिफोर्नियाको सभापतिमा लामिछाने निर्वाचित

द एभरेष्ट पोष्ट
८ पुष २०८२ १:५२
जनसम्पर्क समिति क्यालिफोर्नियाको सभापतिमा लामिछाने निर्वाचित

क्यालिफोर्निया, २१ डिसेम्बर ।
नेपाली जन सम्पर्क समिति क्यालिफोर्नियाको सभापतिमा रामचन्द्र लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

शनिवार सम्पन्न अधिवेशनले लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

उपसभापतिमा अजितबाबु घिमिरे, प्रविण घिमिरे र उपसभापति (महिला) मा सरिता प्रसाई उप्रेती निर्विरोध निर्वाचित भईन् ।

त्यस्तै महामन्त्रीमा बिकेक श्रेष्ठ, सहमहामन्त्रीमा युग गुरुङ र कोषाध्यक्षमा सम्शेर बहादुर भण्डारी निर्विरोध निर्वाचित भए ।

त्यसैगरी सदस्यमा महेन्द्रराज भट्टराई, सुजिता भट्टराई कार्की, छत्र बहादुर बिष्ट, केशव पौडेल, अमृत महतो, प्रभाकर सिग्देल, रत्न क्षेत्री र देवीचरण घिमिरे निर्विरोध निर्वाचित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस