नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा रेष्टुरेण्टहरु फुड पार्टनर

द एभरेष्ट पोष्ट
२८ वैशाख २०८३ ६:००
नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा रेष्टुरेण्टहरु फुड पार्टनर

कोलोराडो, १० मे ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) को आयोजनामा मे तेस्रो साता अमेरिकाको कोलोराडोमा हुन लागेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्यतापूर्वक सम्पन्न गर्न कोलोराडोस्थित व्यवसायीक प्रतिष्ठान, संघसंस्था र व्यक्तिहरुको सहयोग र साथ प्राप्त भईरहेको छ ।

यसैक्रममा यो अभियानमा कोलोराडोस्थित रेष्टुरेण्टहरु पनि जोडिएका छन् ।

सम्मेलनमा सहभागी अतिथिहरुलाई स्वादिष्ट भोजन उपलब्ध गराउने प्रतिबद्धता गर्दै कोलोराडोस्थित टिफिन्स मःम कर्नर, करी एण्ड ग्रिल, ईण्डियाज क्यासल रेष्टुरेण्ट एण्ड बार र बाजेको सेकुवा फुड पार्टनरका रुपमा जोडिएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको संयोजनमा मे २२ देखि २५ सम्म हुन लागेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्यमा संसारभरीबाट दुई सयभन्दा बढि नेपाली भाषी साहित्यकार, लेखक र पत्रकारहरुको अभूतपूर्व जमघट हुने अनुमान गरिएको छ ।

सम्मेलनका संयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले सम्मेलनलाई भव्यतापूर्वक सहयोग गर्न कोलोराडोस्थित व्यवसायीक प्रतिष्ठान, संघसंस्था र व्यक्तिहरुसंगै रेष्टुरेण्ट व्यवसायीहरुको समेत साथ प्राप्त भएको बताए ।

उनले फुड पार्टनरका रुपमा सम्मेलनमा जोडिएका रेष्टुरेण्ट व्यवसायीसंगै सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिए ।

अधिकारीले फुड पार्टनरका रुपमा रेष्टुरेण्ट व्यवसायीहरुलाई जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्मेलनको भोजन व्यवस्थापन कोर्डिनेटर चन्द्र गुरुङलाई समेत धन्यवाद दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस