उपाध्याय नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको मिडिया कोर्डिनेटर

द एभरेष्ट पोष्ट
११ वैशाख २०८३ ४:४२
उपाध्याय नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको मिडिया कोर्डिनेटर

कोलोराडो, ११ बैशाख ।

नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको मिडिया तथा प्रमोशन कोर्डिनेटरको जिम्मेवारी पत्रकार दीर्घराज उपाध्यायलाई दिईएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिले आगामि मे २२ देखि २५ (जेठ ८–११) सम्म अमेरिकाको कोलोराडो आयोजना गर्न गईरहेको सम्मेलनका लागि पत्रकार उपाध्यायलाई मिडिया तथा प्रमोशन कोर्डिनेटरको जिम्मेवारी दिएको हो ।

पत्रकारितासंगै साहित्य लेखनमा सक्रिय उपाध्यायलाई नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य  सम्मेलनको प्रचार प्रसार तथा प्रबद्र्धनका लागि मिडिया तथा प्रमोशन कोर्डिनेटरको जिम्मेवारी दिएको अनेसास केन्द्रीय समितिले जनाएको छ ।

सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न नौ वटा उपसमिति गठन गरिएका छन् । जसमध्ये मिडिया तथा प्रमोशन प्रमुखको जिम्मेवारी उपाध्यायले पाएका छन् । अढाई दशकदेखि पत्रकारितामा सक्रिय उपाध्यायका दुई कविता संग्रह, एक गजल संग्रह र ‘द्धन्द्ध पत्रकारिताको एक दशक’ सहित चार वटा पुस्तक प्रकाशित छन् ।

सम्मेलनमा संसारभरीबाट दुई सयभन्दा बढि नेपाली साहित्यकारहरु सहभागी हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस