रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्य समिति चयन
नैरोबी(केन्या), २३ डिसेम्बर ।
गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद केन्याको सातौ राष्ट्रिय महाधिबेसनबाट यज्ञमणी (भरत) रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
केन्याको राजधानी नैरोबीमा सम्पन्न अधिबेशनले वरिष्ठ उपाध्यक्षमा प्रभाकर भन्डारी, महिला उपाध्यक्षमा कल्याणी काफ्ले, उपाध्यक्षमा बिष्णु भुषाल, महासचिवमा दीपक अधिकारी, सचिवमा किशन राउत, कोषाध्यक्षमा कमलराज अधिकारी, महिला संयोजकमा कविता अधिकारी, युवा संयोजकमा सूर्य श्रेष्ठलाई चयन गरेको छ ।
१९ सदस्यीय कार्यसमितिको सदस्य पदमा पिताम्बर पाण्डे, सन्तोष कंडेल, आकृति खनाल, जोग मेहता, मदन श्रेष्ठ (हिमाल), जगन्नाथ रेग्मी, सबिता महर्जन, जेनी सुब्बा , अभिमन्यु कुमार सिंह, मदन श्रेष्ठ र अर्जुन भण्डारी निर्विरोध चयन भएका छन ।
अधिबेशनबाट संरक्षकमा कुलबहादुर कार्की, कृष्ण दत्त भट्ट, यादव काफ्ले र कृष्ण प्रसाद गैरे चयन भएका छन् । त्यसैगरी सल्लाहाकार समितिमा निवर्तमान अध्यक्ष शिव लाल अधिकारी, कृष्ण प्रसाद भण्डारी, लक्ष्मण गैरे, लक्ष्मी बुलुन, मान बहादुर कामी चयन भएका छन् ।
संघका अध्यक्ष शिवलाल अधिकारीको सभापतित्वमा सम्पन्न अधिबेशनमा प्रमुख अतिथि लक्ष्मण गैरे, संस्थापक अध्यक्ष कुल बहादुर कार्की, प्रमुख निर्वाचन अधिकृत कृष्ण प्रसाद गैरे, अफ्रिका क्षेत्रीय संयोजक कृष्णदत्त भट्टले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। साधारणसभामा शिव अधिकारीले संघको बार्षिक प्रतिबेदन र दिपक अधिकारीले आर्थिक बिवरणले प्रस्तुत गरेका थिए ।
केन्याका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको साधारण सभामा कविहरु गङ्गा बस्याल रेग्मी र कुल कार्कीले कविता वाचन गरेक थिए ।
नवनिर्वाचित अध्यक्ष यज्ञ मणि (भरत) रेग्मीले अधिबेशन सम्पन्न गर्ने सबैलाई धन्यवाद दिदै उनले सबैको साथ र सहयोगले आफ्नो कार्यकाल सफल हुने विश्वास व्यक्त गरे ।
