शेर्पाको ‘बिहाइन्ड द मास्क’ अमेरिकाको बेष्ट बुक अवार्डको अन्तिम छनोटमा

द एभरेष्ट पोष्ट
१२ मंसिर २०८२ २३:४५
शेर्पाको ‘बिहाइन्ड द मास्क’ अमेरिकाको बेष्ट बुक अवार्डको अन्तिम छनोटमा

न्यूयोर्क ।

कोभिड १९ मा आधारित पासाङ नुरु शेर्पाको पुस्तक ‘बिहाइन्ड द मास्क’ अमेरिकाको बेष्ट बुक अवार्डको फाइनलिस्टमा छनौट भएको छ ।

अमेरिकन बुक फेस्टद्वारा प्रायोजित २२ औं वार्षिक अवार्ड कार्यक्रममा शेर्पाको पुस्तक नन–फिक्सन, क्रियटिभ विधा अन्तर्गत अन्तिम चारमा पर्न सफल भएको हो । अमेरिकन बुक फेस्टले ईमेल मार्फत लेखक शेर्पालाई सोको जानकारी दिएको हो ।

१०० भन्दा बढि श्रेणीमा ४०० भन्दा बढी विजेता र फाइनलिस्टहरूको घोषणा गर्ने क्रममा अमेरिकन बुक फेस्टले सार्वजनिक गरेको बेष्ट बुक अवार्डको फाइनलिस्टको सूचिमा ‘बिहाइन्ड द मास्क’ परेको हो ।

प्रतियोगितामा पेन्गुइन र्यान्डम हाउस, साइमन एण्ड शुस्टर, ह्याचेट यूके, विली, प्रिन्सटन युनिभर्सिटी प्रेस, अक्सफोर्ड युनिभर्सिटी प्रेस, लगायत सयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वतन्त्र प्रकाशकहरूले योगदान दिएका थिए ।

अमेरिकन बुक फेस्टका अध्यक्ष तथा सीईओ जेफ्री किनले विश्वभरका लेखक तथा प्रकाशकहरुबाट प्राप्त हजारौ निवेदनहरुमध्ये बिभिन्न बिधामा उत्कृष्ट बुकहरुको सूचि सार्वजनिक गरेको बताएका छन् ।

शेर्पाले आफ्नो पुस्तक ‘बिहाइन्ड द मास्क’ अमेरिकाको बेष्ट बुक अवार्डको फाईनलिष्टमा पर्नु आफ्ना लागि मात्र नभएर समग्र नेपाली समुदायका लागि गौरवको कुरा भएको बताए ।

कोभिडको जोखिमपूर्ण अवस्थामा ज्यानको परवाह नगरी नेपाली समुदायको उद्दार, उपचार र राहतमा खटिएका शेर्पाले आफ्नो त्यही अनुभवलाई समेटेर तयार पारेको ४४९ पृष्ठको ‘बिहाइन्ड द मास्क’ पुस्तक गत अगष्टमा प्रकाशित गरेका थिए ।

शेर्पाले ५५ वटा अनलाइन प्लेटफर्महरुमा उपलब्ध रहेको ‘बिहाइन्ड द मास्क’ पुस्तक अमेजन लगायतका प्लेटफर्ममा पेपरब्याक र हार्डकभरमा समेत उपलब्ध रहेको जानकारी दिए ।

सोलुखुम्बुमा जन्मिएका शेर्पा न्यूयोर्कमा बस्छन् । पेशाले हेयर स्टाईलिष्ट शेर्पाको ज्याक्सन हाईटमा पासाङ स्ट्राइकिङ स्टाईल  सञ्चालनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस