जापानमा सुदूरपश्चिमेली समाज कान्साईको दोस्रो अधिवेशन सम्पन्न, धर्मराज पाध्याय पुनः अध्यक्ष

द एभरेष्ट पोष्ट
२ कार्तिक २०८२ ११:४१
जापानमा सुदूरपश्चिमेली समाज कान्साईको दोस्रो अधिवेशन सम्पन्न, धर्मराज पाध्याय पुनः अध्यक्ष

जापान : सुदूरपश्चिमेली प्रदेश समाज जापान, कान्साई क्षेत्रीय समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले धर्मराज पाध्यायको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

अधिवेशनका प्रमुख अतिथि एनआरएनए जापानका केन्द्रीय उपाध्यक्ष दिलीप कंडेल तथा विशिष्ट अतिथि सुदूरपश्चिमेली प्रदेश समाज जापानका केन्द्रीय अध्यक्ष विकास रोकाया रहेका थिए। धर्मराज पाध्यायको अध्यक्षतामा सम्पन्न अधिवेशनमा कान्साई क्षेत्रमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा संस्थाको आगामी कार्ययोजना, प्रवासमा सुदूरपश्चिमेली नेपालीबीच एकता र सहयोग विस्तार, साथै सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनबारे विस्तृत छलफल गरिएको थियो।

अधिवेशनले पुनः धर्मराज पाध्यायलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै अन्य पदाधिकारीहरू यस प्रकार रहेका छन् — वरिष्ठ उपाध्यक्ष पुष्कर चैसर, उपाध्यक्षहरू कविता कुँवर, भक्तबहादुर बिक र कृष्ण पुन, महासचिव विनोद शाह, सचिव जिगर बिक, सह–सचिव राजेन्द्र ठगुन्ना, कोषाध्यक्ष भीम रावल, सह–कोषाध्यक्ष पारस मल्ल तथा सदस्यहरू मनोज जैसी, सन्ध्या ओखेडा, मेनुका कुँवर, अनुभव परियार, नरेश विश्वकर्मा, दिपेन्द्र विष्ट, रेहान भण्डारी, धनश्याम जोसी, नरेन्द्र साउद, डाइमण्ड ढुंगाना, लक्ष्मी शर्मा, टिकाराम साउद र सन्तोष पाण्डे रहेका छन्।

कार्यक्रमका अतिथिहरूले नव–निर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालका शुभकामना व्यक्त गरे। अधिवेशनको समापनमा अध्यक्ष पाध्यायले सबै अतिथि, सुभेच्छुक र सहभागीप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा संस्थाको गतिविधिलाई अझ प्रभावकारी र एकीकृत ढङ्गले अगाडि बढाउने प्रतिबद्धता जनाए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस