भूतपूर्व प्रधानमन्त्री स्वर्गीय डा.के.आई. सिंहका माहिला छोरा भोगेन्द्रजीत शाहको निधन

द एभरेष्ट पोष्ट
१९ असोज २०८२ ८:२४
भूतपूर्व प्रधानमन्त्री स्वर्गीय डा.के.आई. सिंहका माहिला छोरा भोगेन्द्रजीत शाहको निधन

धनगढी, १९ असोज ।
भूतपूर्व प्रधानमन्त्री स्वर्गीय डा.के.आई. सिंहका माइला छोरा भोगेन्द्रजीत शाहको ६७ वर्षको उमेरमा शनिवार भारतको लखिमपुर खिरीको सिंगाहीमा मृत्यु भएको छ ।

डा. के.आई.सिंह प्रधानमन्त्री पदबाट मुक्त भएको एक वर्षपछि २०१५ साल कार्तिक २९ गते जन्मिएका शाह सिंगाहीमा बस्दै आएका थिए

डा.के.आई. सिंह डोटीको डुमराकोटे शाही ठकुरी भए पनि उनी आफ्नो थर सिंह लेख्थे । उनका तीनैजना छोराहरु चोलाजीत, भोगेन्द्रजीत र यज्ञजीतले शाह थर लेख्न थाले ।

डा.के.आई. सिंहले २००७ साल फाल्गुणमा भैरहवा विद्रोह र २००८ साल माघमा सिंहदरबार विद्रोह गरेर चीनमा निर्वासित भएर २०१२ सालमा स्वदेश फर्केपछि मात्रै ४७ वर्षको उमेरमा बिहे गरेका थिए । उनका तिनै छोराको जन्म त्यसपछि भएको थियो । डा.के.आई. सिंह ५० वर्षको उमेरको हुदा माहिला सन्तानका रुपमा भोगेन्द्रजीतको जन्म भएको थियो ।

शाह सामाजिक कार्यसंगै भारतीय जनता पार्टीको राजनीतिमा सक्रिय थिए ।

शाहको परिवारको भैरहवा र भारतको भैरहवामा बसोबास छ । पूर्व प्रतिनिधि सभा सदस्य उनका भाई यज्ञजित शाह भैरहवाबाट राजनीतिमा सक्रिय छन् ।

उनको परिवारको कैलालीको कैलारी गाउँपालिकामा समेत मौजा रहेको छ । बसन्ता बन क्षेत्रमा रहेको उनीहरुको परिवारको जग्गा रहेको क्षेत्रलाई केआईसिंह फाटा भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस