एनआरएनए सचिवमा सुदूरपश्चिमका भट्टको उम्मेदवारी

न्यूयोर्क, १३ जुलाई ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको सचिव पदमा सुदूरपश्चिमका बासुदेव भट्टले उम्मेदवारी दिएका छन् ।
बैतडीको पाटन नगरपालिका–४ पाटन स्थायी घर भएका भट्ट भानु खरेलको प्यानलबाट सचिवमा उम्मेदवारी दिएका हुन् ।
२०१३ मा अमेरिका आएका भट्ट २०१५ मा एनआरएन अभियानमा जोडिएका हुन् । त्यसयता निरन्तर रुपमा एनआरएनएमा जोडिएर गैर आवासीय नेपालीहरुको पक्षमा काम गर्दै आएका छन् ।
२०१९–२१ सम्म एनआरएनए नर्थ क्यारोलिना च्याप्टरको सचिव रहेका भट्टले २०२१–२३ अध्यक्षको भूमिका कुशलतापूर्वक निर्वाह गरेका थिए । त्यस्तै २०२३–२५ मा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको बोर्ड अफ डाईरेक्टरको जिम्मेवारीमा रहेका भट्टले २०२५–२७ का लागि सचिव पदमा उम्मेदवारी दिएका हुन् ।
अर्थशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर भट्टसंग १७ वर्ष लामो शिक्षण पेशाको अनुभव छ । नेपालमा बिभिन्न संघसंस्थाको नेतृत्व गरेका भट्टले सामाजिक तथा शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको अवस्मरणीय छ ।
उनले सचिव पदमा निर्वाचित भएमा आफ्नो ज्ञान, अनुभव, योग्यता र सामाजिक सम्बन्धलाई गैर आवासीय नेपालीको पक्षमा सदुपयोग गर्ने बताए ।
एनआरएनलाई सबैको साझा संस्था बनाउन आवश्यक भएको बताउदै उनले त्यसका लागि आफूलाई मतदान गरेर बिजयी गराउन भट्टले सबैलाई आग्रह गरे । उनले भने, एनआरएनएमा सबैलाई जोड्ने मेरो कोसिस हुनेछ ।
संस्थाको उद्देश्य र विधानमा व्यवस्था भए अनुसार सचिवालयका सबै कामकाजहरू ईमान्दारीपूर्वक र पारदर्शी ढंगले सम्पन्न गर्ने मेरो दृढ संकल्प छ, एभरेष्ट पोष्टसंगको कुराकानीमा भट्टले भने, सचिवालयबाट दिइने सेवाहरूलाई तिब्र र व्यवस्थित बनाउनेछु ।