एभरेष्ट क्रेडिट युनियनले जित्यो सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्ड कप

द एभरेष्ट पोष्ट
२८ साउन २०८२ ५:१७
एभरेष्ट क्रेडिट युनियनले जित्यो सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्ड कप

बाल्टिमोर, ११ जुलाई ।
सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डद्धारा बाल्टिमोरमा सञ्चालित सुदूरपश्चिम समाज मेरिल्याण्ड कप २०२५ कोे उपाधी एभरेष्ट क्रेडिट युनियनले जितेको छ ।

दुई दिनसम्म सञ्चालित अन्तरराज्यीय भलिबल प्रतियोगितामा मेरिल्याण्ड नेपाली भलिबल क्लव उपबिजेता भएको छ ।

आईतवार सम्पन्न प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि मेरिल्याण्ड राज्यका डेलिगेट ह्यारी भण्डारीले उपाधी बिजेता टीमलाई ७७७७ डलर र उपबिजेता टीमलाई ४४४४ डलर पुरस्कार र ट्रफी प्रदान गरे ।

सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डका अध्यक्ष बिक्रम शाहीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा विशिष्ट अतिथिका रुपमा बानाका निवर्तमान अध्यक्ष सुबोध विलास पन्त र सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डका संस्थापक अध्यक्ष दमन विक्रम शाह, पूर्व राष्ट्रिय भलिबल खेलाडी तथा क्याप्टेन सुनिल चौधरी, राष्ट्रिय भलिबल टीमका पूर्व क्याप्टेन कैलाश भट्ट, बानाका ट्रष्टी अध्यक्ष प्रभु थापा विशिष्ट अतिथि रहेका थिए ।

समापन समारोहमा नेपाली डायस्पोराका विभिन्न संघ–संस्थाका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डका अध्यक्ष शाहीले अन्तरराज्यीय भलिवल प्रतियोगिता भव्य रुपमा सफल पार्न सहयोग गर्ने सम्पूर्ण संघसंस्था, प्रतियोगी टीम, प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सबैलाई धन्यवाद दिए ।

सुदूर पश्चिम नेपाली समाज मेरिल्याण्डद्धारा प्रथम पटक आयोजित अन्तरराज्यीय भलिवल प्रतियोगितामा अमेरिकाका बिभिन्न राज्यका १४ वटा टीम सहभागी थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस