एनआरएनए अमेरिकाको बोर्ड अफ डाईरेक्टरमा ठकुल्लाको उम्मेदवारी

द एभरेष्ट पोष्ट
२३ साउन २०८२ ३:३४
एनआरएनए अमेरिकाको बोर्ड अफ डाईरेक्टरमा ठकुल्लाको उम्मेदवारी

न्यूयोर्क,६ जुलाई ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अन्तर्गत राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को अगष्ट १६–१७ मा हुन लागेको राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा हेमबहादुर ठकुल्लाले बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिएका छन् ।

डा. अर्जुन बञ्जाडेको अध्यक्षतामा रहेको एनआरएनए अमेरिकाको अगष्ट १६–१७ मा हुन लागेको निर्वाचनमा तीन वटा प्यानलबीच प्रतिस्पर्धा भईरहेको छ ।

ठकुल्लाले भानु खरेलको नेतृत्वमा रहेको प्यानलबाट उम्मेदवारी दिएका छन् ।बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिएका अछामका हेमबहादुर ठकुल्ला क्यालिफोर्नियाको लस एन्जलसमा बसोबास गर्दै आएका छन् । उनी सुदूरपश्चिम नेपाली समाज क्यालिफोर्नियामा लामो समयदेखि आबद्ध रही सामाजिक सेवामा सक्रिय छन् ।

नेपाली र नेपालको साझा हित र विकासका लागि ईमान्दारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरेका ठकुल्लाले गैरआवासीय नेपाली संघलाई सबैको अपनत्व हुने साझा संस्था बनाउने बताए । ठकुल्लाले सन् २०२१–२०२३ कार्यकालमा क्यालिफोर्निया च्याप्टरमा उत्कृष्ट योगदान पु¥याएका   थिए ।

क्यालिफोर्नियाको पशुपती नाथ बुद्ध मन्दिरको ट्रष्टी रहेका ठकुल्ला मन्दिर व्यवस्थापन समितिको सदस्य समेत रहिसकेका छन् । क्यालिफोर्नियामा समस्यामा परेका नेपालीहरुको उद्दार तथा सहयोगमा सक्रिय रहेका ठकुल्लाले नेपालमा दैव प्रकोप सहयोग गर्दै आएका छन् ।

विगतमा विभिन्न सामाजिक संस्थामा रहेर निभाएको समन्वयात्मक भूमिकाका कारण आफूलाई सबैले मतदान गर्ने विश्वास व्यक्त गरे ।

सुदूर पश्चिमको अछाम जन्मिएका ठकुल्लाको कैलालीको टीकापुरका बासिन्दा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस