संस्थाको एकता र अमेरिकास्थित नेपाली समुदायको सम्मान उच्च बनाउने भानु खरेलको प्रतिबद्धता

द एभरेष्ट पोष्ट
२२ साउन २०८२ २२:२०
संस्थाको एकता र अमेरिकास्थित नेपाली समुदायको सम्मान उच्च बनाउने भानु खरेलको प्रतिबद्धता

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाको २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको भानु खरेलले आफु विजयी भएमा संस्थाको एकता र अमेरिकास्थित नेपाली समुदायको सम्मान उच्च बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

एनआरएनए एनसीसी अमेरिकाका सबै पंजीकृत सदस्यहरुलाई सम्बोधन गरिएको एक संदेशमा खरेलले यही अगष्ट १६ र १७ तारिखमा हुन गै रहेको निर्वाचनमा आफु र आफ्नो टिमलाई विजयी बनाउन अपिल गरेका छन् । सातवटा चुनावी प्रतिबद्धतासहि चुनावमा होमिएको खरेल टिमले सबैको साथ लिएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

उम्मेदवार खरेलले संस्थाको प्रतिष्ठालाई पुनः स्थापित गर्ने बताउँदै नेपालसँगको सम्बन्ध सुदृढीकरण गर्ने, आपसी एकता कायम गर्ने, अमेरिकामा रहेका नेपालीहरुले हासिल गरेको ज्ञान र सीपलाई नेपालसँग जोड्नुका साथै समुदायको सेवामा सधैं क्रियाशील रहने जनाएका छन् ।

गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, नेपालमा रहेको सम्पत्ति सुरक्षा, र भिसा समस्याको समाधानका लागि नेपाल सरकारसँग प्रभावकारी लबिङ गर्ने पनि उल्लेख गरेका छन् । उनले नेपाल र अमेरिकाबीच दोहोरो कर हटाउने सम्झौता ९डीटीएए० का लागि रचनात्मक पहल गर्ने साथै एनआरएनहरुलाई नेपाली नागरिकसरह नेपालमा लगानीको वातावरण बनाउन नेपाल सरकारसँग सहकार्य गर्ने एजेन्डामा उल्लेख छ ।

अमेरिकास्थित नेपाली समुदायको ज्ञान र अनुभव साझेदारीका लागि बलियो प्लेटफर्म स्थापना गर्ने र अमेरिकामा कार्यरत नेपाली उद्यमीहरूलाई सहयोग गर्न नेपाल बिजनेस फोरम गठन गर्ने पनि भानु टिमको प्रतिवद्धता छ ।

यस्तै अमेरिकामा नेपाली दूतावास र अन्य संघसंस्थासँग सहकार्य गरी समुदायका समस्या समाधानका लागि पहल गर्ने, नेपाली भाषा, संस्कृति, र सम्पदाको संरक्षण, तथा नेपाली पाठशालाहरूबीच समन्वय गर्ने पनि उनले प्रतिबद्धता गरेका छन् ।

अध्यक्षका उम्मेदवार खरेलले अमेरिकास्थित नेपाली समुदायको ‘भिजिविलिटी’ बढाउन र सम्मान उच्च बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन्। ‘हाम्रो समुदायको शक्ति हाम्रो एकतामा छ, र हामी सबै मिलेर उल्लेखनीय प्रगति हासिल गर्न सक्छौं,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस